BK Murli 31 October 2016 Nepali

BK Murli 31 October 2016 Nepali

२०७३ कात्तिक १५ गते सोमबार 31.10.2016 बापदादा मधुवन

“मीठे बच्चे– माता-पितालाई अनुसरण गरेर तख्तनशीन बन, यसमा कुनै मेहनत छैन, केवल बाबालाई याद गरेर पवित्र बन।”  

प्रश्न:

गरिब-निवाज बाबाले आफ्नो बच्चाहरूको भाग्य बनाउनको लागि कुनचाहिँ राय दिनुहुन्छ?

उत्तर:

प्यारा बच्चाहरू! शिवबाबालाई तिम्रो केही चाहिँदैन। तिमीले खाऊ, पिऊ, पढ– रिफ्रेश भएर जाऊ तर चामल मुठ्ठीको पनि गायन छ। २१ जन्मको लागि धनवान बन्नु छ भने गरिबको एक पैसा पनि धनवान्को १०० रूपियाँ बराबर हुन्छ। बाबा डाइरेक्ट आउनुभएको छ, त्यसैले आफ्नो सबैथोक सफल गर।

गीतः–

तुम्हीं हो माता पिता तुम्हीं हो....

ओम् शान्ति।

गीतको अर्थ त बच्चाहरूले बुझ्यौ। हुन त उनीहरूले पुकार्छन् तर बुझ्दैनन्। तिमीलाई थाहा छ– उहाँ हाम्रो पिता हुनुहुन्छ। वास्तवमा उहाँ केवल तिम्रो मात्र होइन, सबैको पिता हुनुहुन्छ। यो पनि बुझ्नु छ– जति पनि आत्माहरू छन्, ती सबैको बाबा परमात्मा अवश्य हुनुहुन्छ। बाबा-बाबा भन्नाले वर्सा अवश्य याद आउँछ। बाबालाई याद गर्नाले नै विकर्म विनाश हुन्छ। बाबा बच्चाहरूलाई भन्नुहुन्छ– तिम्रो आत्मा पतित बनेको छ, अब उसलाई पावन बनाउनु छ। सबैको बाबा हुनुहुन्छ, त्यसैले बच्चाहरू अवश्य निर्विकारी हुनुपर्छ। कुनै समय सबै निर्विकारी थिए। बाबा स्वयं सम्झाउनु हुन्छ– जब श्री लक्ष्मी-नारायणको राज्य थियो, तब सबै निर्विकारी थिए। यतिका सबै जो मनुष्य आत्माहरू देख्छौ, उनीहरू पनि निर्विकारी हुन्छन् किनकि शरीर त विनाश हुनेछ। बाँकी आत्माहरू गएर निराकारी दुनियाँमा रहन्छन्। वहाँ विकारको त नाम-निशान हुँदैन। शरीर नै हुँदैन। वहाँ देखि नै सबै आत्माहरू आउँछन्– यस दुनियाँमा पार्ट खेल्न। पहिला सुरूमा तिमी आउँछौ। यहाँ पहिला सुरूमा यी लक्ष्मी-नारायणको राज्य थियो, त्यतिबेला अरु सबै धर्मका निराकारी दुनियाँमा थिए। यस समय सबै साकारी दुनियाँमा छन्। अहिले बाबाले तिमी बच्चाहरूलाई निर्विकारी बनाउनु हुन्छ, निर्विकारी देवी-देवता बनाउनको लागि। जब तिमी देवी-देवता बन्छौ, तिम्रो लागि अवश्य नयाँ दुनियाँ चाहिन्छ। पुरानो दुनियाँ खतम हुनुपर्छ। शास्त्रहरूमा महाभारत लडाई पनि देखाइएको छ। देखाइएको छ– ५ पाण्डव बाँकी रहे, तिनीहरू पनि पहाडमा गले। कोही बचेन। ठीक छ, यतिका सबै आत्माहरू कहाँ गए त? आत्मा त विनाश हुँदैन। भन्दछन्– निराकारी, निर्विकारी दुनियाँमा गए। बाबाले विकारी दुनियाँबाट निराकारी, निर्विकारी दुनियाँमा लैजानु हुन्छ। तिमीले जान्दछौ– बाबासँग त अवश्य वर्सा मिल्नुपर्छ। अहिले दुःख बढेको छ। यस समय हामीलाई सुख-शान्ति दुवै चाहिन्छ। भगवानसँग सबैले माग्छन्– हे भगवान! हामीलाई सुख दिनुहोस्, शान्ति दिनुहोस्। हरेक मनुष्यले पुरूषार्थ गर्छ नै धनको लागि। पैसा छ भने सुख हुन्छ। तिमीलाई बेहदको बाबाले धेरै पैसा दिनुहुन्छ। तिमी सत्ययुगमा कति धनवान थियौ। हीरा जुहारतका महल थिए। तिमी बच्चाहरूलाई थाहा छ– हामी बेहदको बाबासँग बेहद स्वर्गको वर्सा लिन आएका छौं। सारा दुनियाँ त आउँदैन। बाबा यहाँ नै आउनुहुन्छ। भारतवासी नै यस समय नर्कवासी छन् फेरि स्वर्गवासी बाबाले बनाउनु हुन्छ। भक्तिमा दुःखको कारण बाबालाई जन्म-जन्मान्तर याद गर्यौ– हे परमपिता परमात्मा, हे कल्याणकारी दुःख हर्ता, सुख कर्ता बाबा। उहाँलाई याद गर्छन् त्यसैले अवश्य उहाँ आउनु पनि हुन्छ। यतिकै फोकटमा कहाँ याद गर्छन् र। सम्झन्छन्– भगवान बाबा आएर भक्तहरूलाई फल दिनुहुन्छ। त्यो त सबैलाई दिनुहुन्छ नि। बाबा त सबैको हुनुहुन्छ नि। 

तिमीले जान्दछौ– हामी सुखधाममा जान्छौं। बाँकी सबै शान्तिधाममा जान्छन्। जब सुखधाममा हुन्छौं, त्यतिबेला सुख-शान्ति सारा सृष्टिमा रहन्छ। बाबाको त बच्चाहरूमा प्यार रहन्छ नि। अनि फेरि बच्चाहरूको पनि माता-पितामा प्यार रहन्छ। यो पनि गाउँछन्– तिमी माता-पिता... शारीरिक माता-पिता भएर पनि गाउँछन्– तिमी माता-पिता.... तिम्रो कृपाले सुख अपार। लौकिक माता-बापको लागि त यसरी गाइँदैन। हुन त उनले पनि बच्चाहरूलाई सम्हाल्छन्, मेहनत गर्छन्, वर्सा दिन्छन्। विवाह गराउँछन्। फेरि पनि अपार सुख पारलौकिक माता-पिताले नै दिनुहुन्छ। अहिले तिमी हौ ईश्वरीय धर्मका बच्चा। ती सबै हुन् आसुरी धर्मका बच्चा। सत्ययुगमा कहिल्यै कसैले धर्मको बच्चा बनाउँदैन। वहाँ त सुख नै सुख हुन्छ। दुःखको नाम-निशान हुँदैन। बाबा भन्नुहुन्छ– म आएको हुँ २१ पीढीको लागि तिमीलाई स्वर्गको अपार सुख दिन। 

अहिले तिमीले जान्दछौ– बेहदको बाबासँग हामीले स्वर्गको अपार सुख पाइरहेका छौं। यो दुःखको सबै बन्धन समाप्त हुनेछ। सत्ययुगमा हुन्छ सुखको सम्बन्ध। कलियुगमा हुन्छ दुःखको बन्धन। बाबाले सुखको सम्बन्धमा लैजानु हुन्छ। उहाँलाई भनिन्छ नै दुःख हर्ता सुख कर्ता। बाबाले आएर बच्चाहरूको सेवा गर्नुहुन्छ। बाबा भन्नुहुन्छ– म आज्ञाकारी सेवक हुँ। तिमीले मलाई आधाकल्प याद गर्यौ, हे बाबा आएर हामीलाई अपार सुख दिनुहोस्। अब म आएको छु दिनको लागि, त्यसैले श्रीमतमा चल्नु छ। यो मृत्युलोक सबै खतम हुँदैछ। अमरलोक स्थापना हुन्छ। अमरपुरीमा जानको लागि अमरनाथ बाबासँग तिमीले अमरकथा सुन्छौ। वहाँ त कोही मर्दैन। मुखबाट कहिल्यै यस्तो भनिदैन– फलाना मर्यो। आत्माले भन्छ– म यो पुरानो शरीर छोडेर नयाँ लिन्छु। त्यो त राम्रो भयो नि। वहाँ कुनै बिमारी आदि हुँदैन। मृत्युलोकको नाम हुँदैन। म आएको हुँ तिमीलाई अमरपुरीको मालिक बनाउन। वहाँ जब तिमी राज्य गर्छौ, त्यतिबेला मृत्युलोकको केही पनि याद आउँदैन। तल झर्दै-झर्दै हामी के बन्छौं, त्यो पनि थाहा हुँदैन। नत्र सुख नै उड्छ। यहाँ त तिमीलाई सारा चक्र बुद्धिमा राख्नु छ। वास्तवमा स्वर्ग थियो, अहिले नर्क हो, त्यसैले त बाबालाई बोलाउँछन्। तिमी आत्माहरू शान्तिधामका निवासी हौ। यहाँ आएर पार्ट खेल्छौ। यहाँबाट तिमीले संस्कार लिएर जान्छौ, घरमा। फेरि वहाँबाट आएर नयाँ शरीर धारण गरेर राज्य गर्छौ। अहिले तिमीलाई निराकारी, आकारी र साकारी दुनियाँको समाचार सुनाउँछु। सत्ययुगमा कहाँ यो थाहा हुन्छ र। वहाँ त केवल राज्य गर्नेछौ। ड्रामालाई अहिले तिमीले जान्दछौ। तिम्रो आत्माले जान्दछ– सत्ययुगको लागि हामी पुरूषार्थ गरिरहेका छौं। स्वर्गमा जान योग्य अवश्य बन्छौ। आफ्नो पनि कल्याण र अरुको पनि कल्याण गर्छौ। फेरि उनीहरूको आशीर्वाद तिम्रो शिरमा आइरहनेछ। तिम्रो योजना हेर कस्तो छ। यस समय सबैको आ-आफ्नो योजना छ। बाबाको पनि योजना छ। तिनीहरूले ड्याम्स आदि बनाउँदा बिजली आदिमा कति करोडौं रूपियाँ खर्च गर्छन्। बाबा सम्झाउनु हुन्छ– अब ती सबै हुन् आसुरी योजना। हाम्रो हो ईश्वरीय योजना। अब कसको योजना विजयी हुन्छ? उनीहरू त आपसमा नै लड्छन्। सबैको योजना माटोमा मिल्नेछ। उनले कुनै स्वर्गको स्थापना त गर्दैनन्। उनले जे जति गर्छन् दुःखको लागि। बाबाको त योजना छ स्वर्ग बनाउने। नर्कवासी मनुष्य नर्कमा नै रहनको लागि योजना बनाउँछन्। बाबाको योजना स्वर्ग बनाउने चलिरहेको छ। त्यसैले तिमीलाई कति खुशी हुनुपर्छ। गायन पनि गर्छौ– हजुरको कृपाले अपार सुख मिल्छ। त्यो त पुरूषार्थ गरेर लिनु छ नि। बाबा भन्नुहुन्छ– जे चाहिन्छ, लेऊ। चाहे विश्वको मालिक राजा रानी बन, चाहे फेरि दास-दासी बन– जति पुरूषार्थ गर्नेछौ। बाबाले केवल भन्नुहुन्छ– एक त पवित्र बन, अनि हरेकलाई बाबाको परिचय दिइराख। बाबालाई याद गर्यौ भने विश्वको बादशाही तिम्रो। बाबालाई याद गर्दा नै मायाले धेरै विघ्न पार्छ। बुद्धियोग तोडिदिन्छ। बाबा भन्नुहुन्छ– जति मलाई याद गर्छौ, त्यति पाप पनि भस्म हुन्छ र उच्च पद पनि पाउँछौ। त्यसैले भारतवर्षको प्राचीन योग प्रसिद्ध छ। बाबालाई मुक्तिदाता पनि भनिन्छ। २१ जन्मको लागि बाबाले तिमीलाई दुःखबाट मुक्त गर्नुहुन्छ। तिमीहरू सुखधाममा हुन्छौ, बाँकी सबै शान्तिधाममा हुनेछन्। निराकारी दुनियाँ र साकारी दुनियाँको योजना देखाउनाले झट्ट बुझ्नेछन्, अरु धर्मका स्वर्गमा आउन सक्दैनन्। स्वर्गमा त हुन्छन् नै देवी-देवताहरू। यो ड्रामाको ज्ञान बाबा सिवाए कसैले सम्झाउन सक्दैन। बच्चाहरू आउँछन् नै बाबासँग वर्सा लिन। अपार सुख त हुन्छ नै सत्ययुगमा। पछि गएर रावण राज्य हुन्छ। त्यसमा हुन्छ अपार दुःख। अहिले तिमीले बुझेका छौ– बाबाले हामीलाई सच्चा-सच्चा कथा सुनाएर अमरलोकमा जान योग्य बनाउनु हुन्छ। अहिले यस्तो कर्म गर्छौ, तब त २१ जन्मको लागि धनवान बन्छौ। भन्दछन् पनि– धनवान भव, पुत्रवान भव.... वहाँ एक बच्चा, एक बच्ची तिमीलाई अवश्य मिल्छ। आयुष्मान् भव, तिम्रो आयु पनि १५० वर्ष हुन्छ। अकालमा मृत्यु कहिल्यै हुँदैन। यो बाबाले नै सम्झाउनु हुन्छ। तिमीले आधाकल्प मलाई पुकार्दै आयौ। संन्यासीले यस्तो कहाँ भन्छन् र? उनले के जानून्! बाबाले कति प्यारसँग बसेर सम्झाउनु हुन्छ। प्यारा बच्चाहरू! यो एक जन्म यदि पावन बन्छौ भने २१ जन्म पावन दुनियाँको मालिक बन्छौ। पवित्रतामा त सुख हुन्छ नि। तिमी पवित्र दैवी धर्मवाला थियौ। अब अपवित्र बनेर दुःखमा आइपुगेका छौ। स्वर्गमा निर्विकारी थिए, अहिले विकारी बनेकाले नर्कमा दुःखी भएका छौ। बाबाले त पुरूषार्थ गराउनुहुन्छ नि। स्वर्गको महाराजा-महारानी बन। तिम्रो बाबा मम्मा बन्नुहुन्छ नि। त्यसैले तिमीले पनि पुरूषार्थ गर, यसमा अलमलिने कुनै कुरा नै छैन। बाबाले त कसैलाई ढोग्न पनि दिनुहुन्न। 

बाबा सम्झाउनु हुन्छ– मैले तिमीलाई सुन हीराको महल दिएँ। स्वर्गको मालिक बनाएँ। फेरि आधाकल्प तिमी भक्ति मार्गमा टाउको टेक्दै, पैसा पनि दिँदै आयौ। त्यो सुन हीराको महल सबै कहाँ गयो? तिमी स्वर्गबाट झर्दै-झर्दै नर्कमा आइपुगेका छौ। अब तिमीलाई फेरि स्वर्गमा लैजान्छु। तिमीलाई कुनै मेहनत दिन्न। केवल मलाई याद गरेर पवित्र बन। ठीक छ एक पैसा पनि नदेऊ। खाऊ, पिऊ, पढ, रिफ्रेश भएर जाऊ। बाबाले त केवल पढाउनु हुन्छ। पढाइको पैसा केही लिनुहुन्न। भन्छन्– बाबा हामी अवश्य दिन्छौं, नत्र वहाँ महल आदि कसरी मिल्छ? भक्ति मार्गमा पनि तिमीले ईश्वर अर्थ दान गरिबलाई दिन्थ्यौ, फल पनि ईश्वरले दिनुहुन्छ। गरिबले कहाँ दिन्छन् र। तर त्यो मिल्छ एक जन्मको लागि। अब त बाबा हजुर डाइरेक्ट आउनुभएको छ। हामी यो थोरै पैसा दिन्छौं, हजुरले हामीलाई २१ जन्मको लागि स्वर्गमा दिनुहोला। बाबाले सबैलाई धनवान बनाइदिनुहुन्छ। पैसा दिन्छौ भने तिमीलाई नै रहनको लागि भवन आदि बनाइन्छ। नत्र यो सबै कसरी बन्छ? बच्चाहरूले नै यो भवन आदि बनाउँछन् नि। शिवबाबा भन्नुहुन्छ– म त यसमा रहने होइन। शिवबाबा त निराकार दाता हुनुहुन्छ नि। तिमीले दिन्छौ, तिमीलाई २१ जन्मको लागि फल दिनुहुन्छ। म त तिम्रो स्वर्गमा नै आउँदिनँ। मलाई नर्कमा आउनु पर्ने हुन्छ, तिमीलाई नर्कबाट निकाल्नको लागि। तिम्रो गुरूहरूले त अझै दलदलमा फँसाइदिन्छन्। उनले कुनै सद्गति दिँदैनन्। अब बाबा आउनुभएको छ पवित्र दुनियाँमा लैजान, फेरि यस्तो बाबालाई याद किन गर्दैनौ? बाबा भन्नुहुन्छ– केही पनि पैसा नदेऊ। केवल मलाई याद गर्यौ भने पाप नाश हुन्छ अनि मेरो पासमा आउँछौ। यो भवन आदि तिमी बच्चाहरूले आफ्नो लागि नै बनाउन लगाएका हौ। यहाँ चामल मुठ्ठीको गायन छ नि। गरिबले आफ्नो हिम्मत अनुसार जति दिन्छन्, त्यति उनीहरूको पनि बन्छ। जति धनवान्को पद, त्यति गरिबको। दुवैको एकै हुन्छ। गरिबको पासमा छ नै १०० रूपियाँ, त्यसबाट एक रूपियाँ दिन्छ। धनवान्को धेरै छ, उसले १०० दिन्छ। दुवैको एकै फल मिल्छ, त्यसैले बाबालाई गरिब-निवाज भनिन्छ। सबैभन्दा गरिब छ भारत। म आएर धनवान बनाउँछु। गरिबलाई नै दान दिइन्छ नि। कति क्लियर गरेर बाबाले सम्झाउनु हुन्छ। प्यारा बच्चाहरू! अब मृत्यु सामुन्ने खडा छ, अब छिटो-छिटो गर। यादको रफ्तार बढाऊ। परमप्रिय बाबालाई जति याद गर्छौ, त्यति वर्सा मिल्छ। तिमी धेरै धनवान बन्छौ। बाबाले तिमीलाई यस्तो भन्नुहुन्न– टाउको टेक, मेला, तीर्थमा जाऊ। पर्दैन। घरमा बसेर बाबा र वर्सालाई याद गर। पुग्यो। बाबा हुनुहुन्छ बिन्दु। उहाँलाई परमपिता परमात्मा भनिन्छ। सुप्रीम सोल, सबैभन्दा उच्च हुनुहुन्छ। बाबा भन्नुहुन्छ– म पनि बिन्दु हुँ, तिमी पनि बिन्दु हौ। केवल भक्ति मार्गको लागि मेरो ठूलो रुप बनाएर राखेका छन्। नत्र बिन्दुको पूजा कसरी गरुन्? उहाँलाई भनिन्छ पनि शिवबाबा। कसले भन्यो? अहिले तिमीले भन्छौ– शिवबाबाले हामीलाई वर्सा दिइरहनु भएको छ। आश्चर्य छ नि। ८४ को चक्र घुमिरहन्छ। अनेक पटक तिमीले वर्सा लिएका छौ र लिइ नै रहनेछौ। कति राम्रोसँग बाबा बसेर सम्झाउनु हुन्छ। अच्छा! 

मीठे-मीठे सिकीलधे बच्चाहरूप्रति माता-पिता बापदादाको याद-प्यार एवं गुडमर्निङ्ग। रुहानी बाबाको रुहानी बच्चाहरूलाई नमस्ते। रुहानी बच्चाहरूको रुहानी बाबालाई गुडमर्निङ्ग, नमस्ते। 


धारणाको लागि मुख्य सारः

१) मृत्यु सामुन्ने खडा छ, त्यसैले अब यादको रफ्तारलाई बढाउनु छ। सत्ययुगी दुनियाँमा उच्च पद पाउने पूरा पुरूषार्थ गर्नु छ।

२) आफ्नो र अरुको कल्याण गरेर आशीर्वाद लिनु छ। पवित्र दुनियाँमा जानको लागि पवित्र अवश्य बन्नु छ।

वरदान:

सदा मननद्वारा मगन अवस्थाको सागरमा समाहित हुनेवाला अनुभवीमूर्त भव:-  

अनुभवलाई बढाउने आधार हो मनन शक्ति। मननवाला स्वतः मगन रहन्छ। मगन अवस्थामा योग लगाउनु पर्दैन, निरन्तर लागिरहन्छ, मेहनत गर्नु पर्दैन। मगन अर्थात् स्नेहको सागरमा समाहित। यस्तो समाहित, जसलाई कसैले अलग गर्न सक्दैन। यसैले मेहनतबाट छुट, सागरका बच्चाहरू हौ, त्यसैले अनुभवहरूको तलाउमा नुहाउनु छैन, सागरमा समाहित होऊ तब भनिन्छ अनुभवीमूर्त।

स्लोगन:

जसको हर संकल्प, हर सेकेण्ड समर्थ हुन्छ, उही ज्ञान स्वरुप आत्मा हो।   


***OM SHANTI***

 

Google+ Followers