BK Murli 6 October 2016 Nepali

bk murli today

Posted by: BK Prerana

BK Prerana is executive editor at bkmurlis.net and covers daily updates from Brahma Kumaris Spiritual University. Prerana updates murlis in English and Hindi everyday.
Twitter: @bkprerana | Facebook: @bkkumarisprerana
Share:






    BK Murli 6 October 2016 Nepali

    २०७३ आश्विन २० गते विहिबार 06.10.2016 वापदादा मधुवन

    “मीठे बच्चे– कर्म गर्दा स्वयंलाई आशिक सम्झिएर म एक माशूकलाई याद गर, यादबाट नै तिमी पावन बनेर पावन दुनियाँमा जान्छौ।”  

    प्रश्न:

    महाभारत लडाईको समयमा तिमी बच्चाहरूलाई बाबाको कुनचाहिँ हुकुम मिलेको छ?

    उत्तर:

    प्यारा बच्चाहरू! बाबाको हुकुम छ– देही-अभिमानी बन। सबैलाई सन्देश देऊ– अब बाबा र राजधानीलाई याद गर। आफ्नो चलनलाई सुधार। धेरै मीठो बन। कसैलाई दुःख नदेऊ। यादमा रहने बानी बसाऊ। स्वदर्शन चक्रधारी बन। कदम अगाडि बढाउने पुरूषार्थ गर।

    ओम् शान्ति।

    बच्चाहरू बसेका छन् बाबाको यादमा। यस्तो त कुनै सत्सङ्ग छैन, जहाँ सबैले भनून्– हामी बाबाको यादमा बसेका छौ। यो एकै स्थान हो, बच्चाहरूले जान्दछन्। बाबाले निर्देशन दिनुभएको छ– जबसम्म बाँच्छौ, तबसम्म बाबालाई याद गर्दै गर। यहाँ पारलौकिक बाबाले नै भन्नुहुन्छ– हे बच्चाहरू। सबै बच्चाहरूले सुनिरहेका छन्। न केवल तिमी बच्चाहरूलाई मात्र, सबैलाई भन्नुहुन्छ। प्यारा बच्चाहरू! बाबाको यादमा रहने गर, तब तिम्रो जन्म-जन्मान्तरको जुन पाप छन्, जसकारण कट चढेको छ, त्यो सबै निक्लिन्छ। तिम्रो आत्मा सतोप्रधान बन्छ। तिम्रो आत्मा वास्तवमा थियो नै सतोप्रधान फेरि पार्ट खेल्दा-खेल्दा तमोप्रधान बन्यो। यो महावाक्य बाबा सिवाय कसैले भन्न सक्दैन। लौकिक पिताका त दुई-चार बच्चाहरू हुन्छन्। उनीहरूलाई भन्छन्– राम-राम भन या पतित-पावन सीताराम भन अथवा भन्छन् श्रीकृष्णलाई याद गर। यस्तो भनिदैन– हे बच्चाहरू! अब म बाबालाई याद गर। पिता त घरमा नै हुन्छन्। याद गर्ने कुरा नै हुँदैन। यहाँ बेहदका बाबाले भन्नुहुन्छ जीवका आत्माहरूलाई। आत्माहरू नै बाबाको सामुन्ने बसेका छन्। आत्माहरूका बाबा एकै पटक आउनुहुन्छ, ५ हजार वर्ष पछि आत्मा र परमात्माको मिलन हुन्छ। बाबा भन्नुहुन्छ– म कल्प-कल्प आएर यो पाठ पढाउँछु। हे बच्चाहरू! तिमीले मलाई याद गर्दै आयौ– हे पतित-पावन आउनुहोस् भनेर। म आउँछु अवश्य। नत्र याद कहिलेसम्म गरिरहन्छौ! लिमिट त अवश्य हुन्छ नि! मनुष्यहरूलाई यो थाहा छैन– कलियुगको लिमिट कहिले पूरा हुन्छ? यो पनि बाबाले नै सम्झाउनुपर्छ। बाबा विना त कसैले भन्दैन– हे प्यारा बच्चाहरू, मलाई याद गर। मुख्य हो नै यादको कुरा। रचनाको चक्रलाई याद गर्न ठूलो कुरा छैन। केवल बाबालाई याद गर्न मेहनत लाग्छ। बाबा भन्नुहुन्छ– आधाकल्प हुन्छ भक्ति मार्ग, आधाकल्प हुन्छ ज्ञान मार्ग। ज्ञानको प्रारब्ध तिमीले आधाकल्प पाउँछौ फेरि आधाकल्प भक्तिको प्रारब्ध। वहाँ हुन्छ सुखको प्रारब्ध, यहाँ छ दुःखको प्रारब्ध। दुःख र सुखको खेल बनेको छ। नयाँ दुनियाँमा सुख, पुरानो दुनियाँमा दुःख। मनुष्यहरूलाई यी कुराको बारेमा केही पनि थाहा छैन। भन्दछन् पनि– हाम्रो दुःख हर्नुहोस्, सुख दिनुहोस्। आधाकल्प रावण राज्य चल्छ। यो पनि कसैलाई थाहा छैन– बाबा सिवाय अरु कसैले दुःख मेटाउन सक्दैन। शरीरको बिमारी आदि डाक्टरले मेटाउँछन्, त्यो भयो अल्पकालको लागि। यो त हो स्थायी, आधाकल्पको लागि। नयाँ दुनियाँलाई स्वर्ग भनिन्छ। अवश्य वहाँ सबै सुखी हुन्छन्। बाँकी यतिका सबै आत्माहरू कहाँ हुन्छन्? यो कसैको पनि ख्यालमा आउँदैन। तिमीले जान्दछौ– यो नयाँ पढाई हो, पढाउनेवाला पनि नयाँ हुनुहुन्छ। भगवानुवाच, मैले तिमीलाई राजाहरूको पनि राजा बनाउँछु। वास्तवमा सत्ययुगमा एकै धर्म हुन्छ, अवश्य बाँकी सबै विनाश हुन्छन्। नयाँ दुनियाँ र पुरानो दुनियाँ केलाई भनिन्छ, सत्ययुगमा को रहन्छन्– यो पनि अहिले तिमीले जान्दछौ। सत्ययुगमा एक आदि सनातन देवी-देवता धर्मको राज्य थियो। हिजोको त कुरा हो। यो कहानी हो– ५ हजार वर्षको। बाबा भन्नुहुन्छ– ५ हजार वर्ष पहिले यहाँ यी देवी-देवताहरूको राज्य थियो। उनीहरू ८४ जन्म लिँदा-लिँदा अहिले पतित बनेका छन्। त्यसैले अहिले पुकार्छन्– आएर पावन बनाउनुहोस्। निराकारी दुनियाँमा त सबै पावन आत्माहरू नै रहन्छन्। फेरि तल आएर पार्ट खेल्छन् अनि सतो रजो तमोमा आउँछन्। सतोप्रधानलाई निर्विकारी भनिन्छ। तमोप्रधानले आफूलाई विकारी कहलाउँछन्। सम्झन्छन्– यी देवी-देवताहरू निर्विकारी थिए, हामी विकारी हौं। त्यसैले बाबा भन्नुहुन्छ– देवताहरूका जो पुजारी छन्, उनीहरूलाई यो ज्ञान झट्ट बुद्धिमा बस्छ किनकि देवता धर्मका हुन्। अहिले तिमीले जान्दछौ– हामी जो पूज्य थियौं, हामी नै पुजारी बनेका छौं। जस्तै क्रिश्चियन क्राइस्टको पूजा गर्छन् किनकि त्यस धर्मको हुन्। तिमी पनि देवताहरूको पुजारी हौ त्यसैले त्यस धर्मको ठहरियो। देवताहरू निर्विकारी थिए, उनै अहिले विकारी बनेका छन्। विकारको लागि नै कति अत्याचार हुन्छ। 

    बाबा भन्नुहुन्छ– मलाई याद गर्यौ भने तिम्रो विकर्म विनाश हुन्छ र तिमी सदा सुखी बन्छौ। यहाँ छन् सदा दुःखी। अल्पकालको सुख छ। वहाँ त सबै सुखी हुन्छन्। फेरि पनि पदमा फरक हुन्छ नि। सुखको पनि राजधानी छ, दुःखको पनि राजधानी छ। बाबा जब आउनुहुन्छ, विकारी राजाहरूको राजाई पनि खतम हुन्छ किनकि यहाँको प्रारब्ध पूरा भयो। अहिले तिमी बच्चाहरूले जान्दछौ– बाबाको श्रीमतमा चल्नु छ। बाबा भन्नुहुन्छ– जसरी म शान्तिको सागर हुँ, प्यारको सागर हुँ, तिमीलाई पनि यस्तै बनाउँछु। यो महिमा एक बाबाको हो। कुनै मनुष्यको महिमा होइन। तिमी बच्चाहरूले जान्दछौ– बाबा पवित्रताको सागर हुनुहुन्छ। हामी आत्माहरू पनि परमधाममा रहँदा पवित्र हुन्छौं। यो ईश्वरीय ज्ञान तिमी बच्चाहरूको पासमा नै छ, अरु कसैले जान्न सक्दैन। जसरी ईश्वर ज्ञानको सागर हुनुहुन्छ, स्वर्गको वर्सा दिनेवाला हुनुहुन्छ। उहाँका बच्चाहरूले पनि आफू समान अवश्य बनाउनु छ। पहिले तिमीलाई बाबाको परिचय थिएन। अहिले तिमीले जान्दछौ– परमात्मा जसको यति महिमा छ, उहाँले हामीलाई यस्तो उच्च बनाउनुहुन्छ, त्यसैले आफूलाई यस्तो उच्च बनाउनुपर्छ। भन्छन् नि– यिनमा दैवीगुण धेरै राम्रो छ, मानौं देवता हो। कसैको शान्त स्वभाव छ, कसैलाई गाली आदि दिदैन भने उसलाई राम्रो मानिस भनिन्छ। तर उसले बाबालाई, सृष्टि चक्रलाई त जानेको हुँदैन। अब बाबा आएर तिमी बच्चाहरूलाई अमरलोकको मालिक बनाउनुहुन्छ। नयाँ दुनियाँको मालिक बाबा बाहेक कसैले बनाउन सक्दैन। यो हो पुरानो दुनियाँ, त्यो हो नयाँ दुनियाँ। वहाँ देवी-देवताहरूको राजधानी हुन्छ। कलियुगमा त्यो राजधानी छैन। बाँकी अनेक राजधानी छन्। अब फेरि अनेक राजधानीहरूको विनाश भएर एक राजधानी स्थापना हुनु छ। अवश्य जब राजधानी हुन्छ, तब बाबा आएर स्थापना गर्नुहुन्छ। त्यो त बाबा सिवाय अरु कसैले गर्न सक्दैन। तिमी बच्चाहरूको बाबामा कति लव हुनु पर्छ। जे बाबा भन्नुहुन्छ, त्यो गर्नु छ अवश्य। बाबा भन्नुहुन्छ– एक त मलाई याद गर। दोस्रो सेवा गर, अरुलाई बाटो बताऊ। देवी-देवता धर्मका जो होलान्, उनलाई असर अवश्य पर्छ। हामी महिमा गर्छौ नै एक बाबाको। बाबामा गुण छ त्यसैले बाबा नै आएर हामीलाई गुणवान बनाउनुहुन्छ। बाबा भन्नुहुन्छ– प्यारा बच्चाहरू! धेरै मीठो बन। प्यारसँग बसेर सबैलाई सम्झाऊ। भगवानुवाच– म एकलाई याद गर्यौ भने म तिमीलाई स्वर्गको मालिक बनाउँछु। तिमी अब फर्केर घर जानु छ। पुरानो दुनियाँको महाविनाश सामुन्ने खडा छ। पहिले पनि महाभारी महाभारत भएको थियो। भगवानले राजयोग सिकाउनु भएको थियो। अहिले अनेक धर्म छन्। सत्ययुगमा एक धर्म थियो, जुन अहिले प्रायः लोप भएको छ। अहिले बाबा आएर अनेक धर्महरूको विनाश गरेर, एक धर्मको स्थापना गर्नुहुन्छ। बाबा सम्झाउनु हुन्छ– म यो यज्ञ रच्छु, अमरपुरी जानको लागि तिमीलाई अमर कथा सुनाउँछु। अमरलोक जानु छ त्यसैले मृत्युलोकको अवश्य विनाश हुन्छ। बाबा हुनुहुन्छ नै नयाँ दुनियाँको रचयिता। त्यसैले बाबा अवश्य यहाँ नै आउनु पर्छ। अब त विनाश ज्वाला सामुन्ने खडा छ। फेरि बुझेपछि भन्नेछन्– तपाईंहरूले सत्य भन्नुहुन्छ। वास्तवमा यो उही महाभारत लडाई हो। यो प्रसिद्ध छ, त्यसैले अवश्य यस समय भगवान पनि हुनुहुन्छ। भगवान कसरी आउनुहुन्छ, यो त तिमीले बताउन सक्छौ। तिमीले सबैलाई भन– हामीलाई त डायरेक्ट भगवान सम्झाउनु हुन्छ। उहाँले भन्नुहुन्छ– तिमीले मलाई याद गर। सत्ययुगमा त सबै सतोप्रधान हुन्छन्, अहिले तमोप्रधान छन्। अब फेरि सतोप्रधान बन, तब मुक्ति-जीवनमुक्तिमा जान सक्छौ। 

    बाबा भन्नुहुन्छ– केवल मेरो यादबाट नै तिमी सतोप्रधान बनेर सतोप्रधान दुनियाँको मालिक बन्छौ। हामी रुहानी पण्डा हौं, यात्रा गर्छौं– मनमनाभवको। बाबा आएर ब्राह्मण धर्म, सूर्यवंशी चन्द्रवंशी धर्म स्थापना गर्नुहुन्छ। बाबा भन्नुहुन्छ– मलाई याद गर्दैनौ भने जन्म-जन्मान्तरको पापहरूको बोझ उत्रिन्छ कसरी? यो सबैभन्दा ठूलो चिन्ता हो। कर्म गर्दै, धन्धा गर्दै मेरा आशिकहरू म माशूकलाई याद गर। हरेकले आफ्नो पूरा सम्हाल गर्नु छ। बाबालाई याद गर। कुनै पतित काम नगर। घर-घरमा बाबाको सन्देश दिँदै जाऊ– सृष्टि स्वर्ग थियो। लक्ष्मी-नारायणको राज्य थियो। अहिले नर्क छ। नर्कको विनाशको लागि यो उही महाभारत लडाई हो। अब देही-अभिमानी बन। बाबाको आदेश हो, मान नमान। म त आएको छु तिमीलाई सन्देश सुनाउन। बाबाको हुकुम छ– सबैलाई सन्देश सुनाऊ। बाबासँग सोध्छन्– कुनचाहिँ सेवा गरौं? बाबा भन्नुहुन्छ– सन्देश दिँदै गर। बाबालाई याद गर, राजधानीलाई याद गर। अन्त मती सो गति हुनेछ। मन्दिरहरूमा जाऊ, गीता पाठशालाहरूमा जाऊ। पछि गएर तिमीलाई धेरै मिल्नेछन्। तिमीले उठाउनु छ देवी-देवता धर्मकालाई। 

    बाबा सम्झाउनु हुन्छ– धेरै मीठो बन। खराब चलन छ भने पद भ्रष्ट हुन्छ। कसैलाई दुःख नदेऊ, समय धेरै कम छ। परम प्रिय बाबालाई याद गर, जसबाट स्वर्गको राजाई मिल्छ। कसैले मुरली पढ्न सक्दैनौ भने सिँढीको अगाडि बसेर केवल यो ख्याल गर– यसरी-यसरी हामीले जन्म लिन्छौं, यसरी चक्र घुमिरहन्छ अनि आफैं वाणी खुल्छ। जो कुरा भित्र आउँछ, त्यो बाहिर अवश्य निक्लिन्छ। याद गर्नाले हामी पवित्र बन्छां र नयाँ दुनियाँमा राज्य गर्छौं। हाम्रो अहिले चढ्ती कला छ। त्यसैले भित्र खुशी हुनु पर्छ। हामी मुक्तिधाममा गएर फेरि जीवनमुक्तिमा आउँछौं। धेरै बेजोडको कमाई छ। ठीक छ, धन्धा आदि गर, केवल बुद्धिद्वारा याद गर। यादको बानी बसाउनुपर्छ। स्वदर्शन चक्रधारी बन्नु छ। चलन खराब छ भने फेरि धारणा हुँदैन। कसैलाई सम्झाउन सक्दैनौ। कदम अगाडि बढाउने पुरूषार्थ गर्नु पर्छ। पछाडि हट्नु हुँदैन। प्रदर्शनीमा सेवा गर्नाले धेरै खुशी हुन्छ। केवल भन्नु छ, बाबाले भन्नुहुन्छ– मलाई याद गर। देहधारीहरूलाई याद गर्नाले विकर्म हुन्छ। वर्सा दिनेवाला म हुँ। म सबैको बाबा हुँ। म नै आएर तिमीलाई मुक्ति जीवनमुक्तिमा लैजान्छु। प्रदर्शनी मेलाहरूमा सेवा गर्ने धेरै सोख हुनु पर्छ। सेवामा अटेन्शन दिनु पर्छ। बच्चाहरूलाई आफैं ख्याल आउनुपर्छ। अच्छा! 

    मीठे-मीठे सिकीलधे बच्चाहरूप्रति माता-पिता बापदादाको याद-प्यार एवं गुडमर्निङ्ग। रुहानी बाबाको रुहानी बच्चाहरूलाई नमस्ते। रुहानी बच्चाहरूको रुहानी बाबालाई गुडमर्निङ्ग, नमस्ते। 


    धारणाको लागि मुख्य सारः

    १) एक बाबामा नै पूरा लव राख्नु छ। सबैलाई सत्य बाटो बताउनु छ। धन्दा आदि गर्दै आफ्नो पूरा सम्हाल गर्नु छ। एकको यादमा रहनु छ।

    २) सेवा गर्ने धेरै सोख राख्नु छ। आफ्नो चलनलाई सुधार्नु छ, स्वदर्शन चक्रधारी बन्नु छ।

    वरदान:

    अलमाइटी बाबाको अथोरिटीद्वारा हर कार्यलाई सहज गर्ने सदा अटल निश्चयबुद्धि भव:-  

    हामी सबैभन्दा श्रेष्ठ अलमाइटी बाबाको अथोरिटीद्वारा सबै कार्य गर्नेवाला हौं– यो यति अटल निश्चय होस्, जसलाई कसैले टाल्न नसकोस्। यसबाट जस्तोसुकै ठूलो कार्य गर्दा पनि अति सहज अनुभव गर्छौ। जसरी आजकल विज्ञानले यस्तो यन्त्र तयार गरेको छ, जसद्वारा कुनै पनि प्रश्नको उत्तर सहजै मिल्छ, दिमाग चलाउनु पर्दैन। त्यस्तै अलमाइटी अथोरिटीलाई सामुन्ने राख्यौ भने सबै प्रश्नहरूको उत्तर सहज मिल्छ र सहज मार्गको अनुभूति हुन्छ।

    स्लोगन:

    एकाग्रताको शक्तिले परवश स्थितिलाई पनि परिवर्तन गरिदिन्छ।   

      

    ***OM SHANTI***