BK Murli 7 October 2016 Nepali

bk murli today

Posted by: BK Prerana

BK Prerana is executive editor at bkmurlis.net and covers daily updates from Brahma Kumaris Spiritual University. Prerana updates murlis in English and Hindi everyday.
Twitter: @bkprerana | Facebook: @bkkumarisprerana
Share:






    BK Murli 7 October 2016 Nepali

    २०७३ आश्विन २१ गते शुक्रबार 07.10.2016 वापदादा मधुवन

    “मीठे बच्चे– आफ्नो बुद्घिलाई ज्ञान मन्थनमा व्यस्त राख्यौ भने सबै चिन्ताहरूबाट मुक्त हुन्छौ, सदा खुशी भइरहन्छ।”  

    प्रश्न:

    जसले आफूलाई शिवबाबाको यज्ञको सेवाधारी सम्झन्छ, उसको लक्षण के हुन्छ?

    उत्तर:

    शिवबाबाले यस ब्रह्मामुखद्वारा जे बोल्नुहुन्छ, त्यसलाई उसले तुरून्त मान्छ। जे भनिन्छ त्यसलाई मान्नु, यसलाई नै श्रीमतमा चल्नु भनिन्छ। श्री-श्री शिवबाबाको मतमा चल्यौ भने तिमी श्रेष्ठ बन्छौ। श्रेष्ठ बन्नु अर्थात् विजय मालामा आउनु।

    गीतः–

    ओम् नमो शिवाए.......

    ओम् शान्ति।

    शालिग्रामहरूप्रति शिव भगवानुवाच। रुहानी बच्चाहरूप्रति रुहानी बाबाले सम्झाइरहनु भएको छ। अहिले तिमी बच्चाहरूले जानिसकेका छौ– हामी यहाँ आत्मा सम्झिएर बस्नु छ। सारा दुनियाँमा एक जना पनि यस्तो छैन, जसले आफूलाई आत्मा सम्झियोस्। आत्मा के हो, यो जान्दैन भने फेरि परमात्मालाई कसरी जान्दछ? बाबाद्वारा नै तिमीलाई आत्माको ज्ञान मिल्छ, मुख्य के चीज हो? मनुष्यलाई केही पनि थाहा नभएको कारणले कति दुःखी छन्। तिमी बच्चाहरूले जान्दछौ– यो ड्रामा अथवा सृष्टिरुपी कल्पवृक्षको आयु ५ हजार वर्ष हो। जसरी आँपको बीज हुन्छ, त्यो चैतन्य भएको भए सम्झिन्थ्यो– म बीज हुँ, मद्वारा यो वृक्ष यसरी निस्कियो। तर त्यो हो जड। चैतन्य वृक्ष एउटै मात्र छ। सुरूदेखि लिएर अन्त्यसम्म यो सारा वृक्षको तिमीलाई ज्ञान मिलेको छ। नम्बरवार पुरूषार्थ अनुसार बुझ्न सक्छौ। बाबा भन्नुहुन्छ– म यस मनुष्य सृष्टिको बीज सत चित आनन्द स्वरुप हुँ। मलाई ज्ञानको सागर भनिन्छ। यो निराकारको लागि महिमा हो। तिमीले जान्दछौ– बाबाको महिमा सबैभन्दा अलग्गै छ। मनुष्यले त बाबाको महिमा बिलकुलै जान्दैनन्। हुन त यी लक्ष्मी-नारायण आदि देवता हुन्। उनीहरूलाई पनि यो ज्ञान हुँदैन। यो ड्रामाको ज्ञान तिमीलाई मिलेको छ। तिमीले जान्दछौ– यो सृष्टिको चक्र कसरी घुम्छ फेरि देवता बनेपछि यो ज्ञान रहँदैन। अनौठो छ नि। तिमी यो ड्रामाका कलाकार हौ। तिमीलाई रचयिता र रचनाको आदि-मध्य-अन्त्यको ज्ञान छ। बाँकी नत शूद्रलाई, नत देवता वर्णलाई यो ज्ञान हुन्छ। यस्तो होइन– ज्ञानको परम्परा चल्छ। जसरी पर्वहरूको लागि भन्छन् परम्परादेखि चल्दै आएको हो। अहिले तिमीले जान्दछौ– सत्ययुगमा त यी पर्वहरूलाई कसैले जान्दैनन्। वहाँ केही पनि याद रहँदैन। वहाँ त राज्य गर्छन्। तिमीहरू हरेकको बुद्घिको ताला खुलेको छ। मुख्य रचयिता, निर्देशक, मुख्य कलाकारहरूलाई तिमीले जान्दछौ। तिमीलाई कति राम्रो ज्ञान मिल्छ, यो ज्ञानलाई जसले जान्दैन, ऊ हो बेसमझ। 

    तिमी पनि बेसमझ थियौ। अब देवता बनिरहेका छौ। यो ज्ञान जसको बुद्घिमा टप्किरहन्छ, उसलाई अपार खुशी हुन्छ। तिमी सिवाए कोही छैन, जसले यो ज्ञान बुझ्न सक्छ। परमेश्वर पितालाई नै विश्वको सर्वोच्च सत्ता, ज्ञानको सागर भनिन्छ। कुनचाहिँ ज्ञान छ? सबै वेद शास्त्रहरूको, सृष्टिको आदि-मध्य-अन्त्यको ज्ञान उहाँमा छ। शास्त्रहरूमा पनि रचयिता र रचनाको ज्ञान छैन, त्यसैले त ऋषि मुनि आदिले भन्दै आएका छन्– हामीले रचयिता र रचनालाई जान्दैनौं। सम्झाउने एक मात्र हुनुहुन्छ त्यसैले अरुले जानून् कसरी? यो ज्ञान तिमी बच्चाहरू सिवाय अरु कसैले दिन सक्दैन। तिमीलाई दिनेवाला फेरि बाबा हुनुहुन्छ। उहाँ कति महान् सर्वज्ञ हुनुहुन्छ। कति ठूलो पद तिमीले पाउँछौ। कति खुशी हुनुपर्छ! हामी बेहदका बाबाको सन्तान हौं। ज्ञानले बुद्घि भरपुर हुनुपर्छ। यस्तो कुनै वस्तु छैन, जसलाई तिमीले नजानेको होस्। अहिले तिमी मास्टर नलेजफुल बनिरहेका छौ। जुन आत्मा तमोप्रधान बनेको छ, उसले बाबालाई याद गर्दै-गर्दै सतोप्रधान बन्छ। नम्बरवार त हुन्छन् नि। कसैको तमोबाट रजो बुद्घि बनेको छ, कसैको रजोबाट सतो बनेको छ। अहिले नै सतोप्रधान बुद्घि कसैको छैन। सतो प्रधान जब बन्छ, अनि तिम्रो कर्मातीत अवस्था हुन्छ। फेरि त नयाँ दुनियाँ चाहिन्छ, राज्य गर्नको लागि। यो यज्ञ जब पूरा हुन्छ, यसमा सारा पुरानो दुनियाँको आहुति पर्छ। फेरि पढाइ पनि पूरा हुन्छ– नम्बरवार पुरूषार्थ अनुसार। जसरी विद्यालयमा विद्यार्थीहरूले जान्दछन्– हामीले यो परीक्षा पास गरेपछि फेरि अर्को कक्षामा जान्छौं। तिम्रो पनि जब कर्मातीत अवस्था हुन्छ, अनि यस मृत्युलोकबाट सरुवा भएर अमरपुरीमा जान्छौ। तिमीले जान्दछौ– अब यहाँबाट सरुवा हुनुछ। पवित्र भएर अमरलोकमा जान्छौं। वास्तवमा हामी शान्तिधामका निवासी थियौं फेरि पार्ट खेल्दा-खेल्दा अमरलोकबाट मृत्युलोकमा आइपुगेका छौं। यो सारा ज्ञान बुद्घिमा रह्यो भने खुशी रहन्छ। ज्ञान सिवाय अरु केही राम्रो लाग्दैन। अहिले हामी पढेर नयाँ दुनियाँको मालिक बन्छौं, यो पनि सम्झाउनुपर्छ। यहाँ छन् नै पतित। देवता त कोही छैन। 

    मनुष्यबाट देवता कसले बनाउँछ? बाबाले नै बनाउन सक्नुहुन्छ। अहिले तिमीले सम्झाउन सक्छौ– अवश्य स्वर्ग थियो, जहाँ लक्ष्मी-नारायणको राज्य थियो। त्यसको स्थापना कसले गर्यो? स्वर्गको रचयिता बाबाले वैकुण्ठ स्थापना गर्नु भयो। जहाँ देवी-देवताले राज्य गर्छन्, वहाँ अरु कुनै धर्म हुँदैन। यो विशाल बेहदको नाटक हो। तिमी चैतन्य हौ नि। जान्दछौ– यो वृक्षको बीज माथि हुनुहुन्छ। बाबा पनि अनादि अविनाशी हुनुहुन्छ। तिमी पनि अनादि हौ। अहिले सारा वृक्ष जीर्ण अवस्थामा पुगेको छ। यतिबेला सारा मनुष्य काँडा समान बनेका छन्। काँडाको जंगल हो नि। सबैले एक-अर्कालाई दुःख दिन्छन्। बाबा नै बगैँचाको मालिक हुनुहुन्छ, उहाँलाई तारनहार पनि भनिन्छ। तिमीले पनि नाउ चलाउन सिकिरहेका छौ। हरेकको नाउ पार कसरी हुन्छ, त्यो तिमीलाई बसेर सम्झाइन्छ। नाउ कुनै शरीर होइन। नाउ आत्मा र शरीर दुई चीजले बनेको छ। गाउँछन् पनि– नाउ मेरो पार लगाउनुहोस्। अहिले आत्मा पनि पतित छ, शरीर पनि पतित छ। अब पार कसरी हुन्छ, अनि जाने कहाँ? अहिले तिमीले मूलवतन, सूक्ष्मवतन.... सत्ययुगदेखि लिएर कलियुगसम्मको सबै रहस्यलाई जानेका छौ। फेरि पनि बुद्घिमा यो किन रहँदैन! तिमीले किन भुल्छौ? सदैव बुद्घिमा यो टप्किरहोस्, तब तिमी खुशीमा रहन्छौ, चिन्ताबाट मुक्त हुन्छौ।

    तिमीले जान्दछौ– बाबा आउनुभएको छ हामीलाई लिएर जान। जुन ज्ञान बाबासँग छ, त्यो हामीलाई दिइरहनु भएको छ। यो हो बिलकुल नयाँ कुरा, जुन बाबा सिवाए अरु कसैले सम्झाउन सक्दैन। निराकार बाबाले साकारद्वारा सुनाउनुहुन्छ। तिमीले पनि यो शरीरद्वारा सुन्छौ। बाबाले तिमी बच्चाहरूलाई पनि आफू समान बनाउनु हुन्छ। जुन बाबाको महिमा छ, त्यो तिम्रो पनि हुनुपर्छ। केही फरक छैन। बाबा भन्नुहुन्छ– केवल म जन्म-मरणमा आउँदिनँ, तिमी जन्ममरणमा आउँछौ। तिमीले मलाई भन्छौ– ज्ञानका सागर, सुखका सागर.... त्यसैले अवश्य मैले तिमीलाई ज्ञान दिन्छु र कल्प-कल्प दिन्छु। तिमीले बुझिसकेका छौ, वास्तवमा ८४ को चक्कर पूरा गरेर अहिले हामी अन्त्यमा छौं। फेरि बाबाले हामीलाई पहिलो नम्बरमा लैजानुहुन्छ। यो ज्ञान हो नि। ज्ञान हो आम्दानीको स्रोत। जसले जति-जति पढ्छ, उसको आम्दानी पनि त्यसै अनुसार हुन्छ। यो ज्ञान पनि हो, धन्दा पनि हो। तिमीले काम नलाग्ने फोहोर दिन्छौ बाबालाई। जब कोही मर्यो भने करनीघोरलाई दिन्छन् नि। यहाँ तिमीले जीवन छँदै दिनु छ। वास्तवमा कुरा अहिलेको हो। बाबा भन्नुहुन्छ– तिमीसँग जे जति छ, मर्नुभन्दा पहिला देऊ। तिमी निमित्त बन। नत्र तिम्रो पासमा जे रहन्छ, त्यो अन्त्यमा याद आउँछ। जस्तै कुनै धनी मानिस छ, उसले ज्ञान लिँदैन। उसको धन-सम्पत्ति पनि एक जन्मको लागि हो नि। शरीर त छोड्छ नै, थाहा हुँदैन कर्म अनुसार कहाँ गएर जन्म लिन्छ। तिमीले त जान्दछौ– हामीले अहिले जति पुरूषार्थ गर्छौ, त्यति प्रालब्ध पाउँछौ। यतिबेला छन् सबै लौकिक सेवा गर्नेवाला। रुहानी सेवालाई कसैले जानेकै छैनन्। परमात्मा आएर तिमीलाई ज्ञान सम्झाउनु हुन्छ। उहाँ हुनुहुन्छ सुखका सागर, दुःखहर्ता सुखकर्ता। उहाँको शिवजयन्ती पनि मनाउँछन्, तर बुद्घिमा केही आउँदैन। 

    अहिले तिम्रो बुद्घिमा यो ज्ञान छ– बाबाले हामीलाई फेरि ५ हजार वर्षपछि आएर सुनाउनुहुन्छ। सत्ययुगमा यो ज्ञान हुँदैन भने कलियुगमा फेरि कहाँबाट आउँछ? दुनियाँमा यो कसैले जान्दैन– लक्ष्मी-नारायणको मन्दिर हामीले किन बनाउँछौं? यिनीहरू को थिए? यिनीहरूलाई यो राज्य कसले दियो? यो कर्मको फल हो नि। बाबा बसेर अहिले तिमीलाई कर्म, अकर्म, विकर्मको गति सम्झाउनु हुन्छ। भगवानुवाच हो नि। गीताद्वारा नै आदि सनातन देवी-देवता धर्मको स्थापना हुन्छ। वहाँ मनुष्य थोरै हुन्छन्। बाँकी सबैले अवश्य मुक्ति पाउँछन्। महाभारत लडाई पनि लेखिएको छ, धेरै आपदहरू आउँछन्। प्राकृतिक प्रकोपहरू आउँछन्। पुरानो दुनियाँ समाप्त हुन्छ। यो उही बम्स, मिसाइल्स हुन्, यो त्यही विनाशको समय हो, जुनबेला भगवान आएर रूद्र ज्ञान यज्ञ रच्नुभएको थियो, जसबाट विनाश ज्वाला निक्लिएको थियो। भगवानले यज्ञ रच्नुहुन्छ सुख-शान्तिको लागि। बाँकी दुःख अशान्तिको अवश्य विनाश हुनुपर्छ। यो ईश्वरीय ज्ञान यज्ञमा सारा सृष्टि स्वाहा हुन्छ। यो कुरा तिम्रो बुद्विमा छ। 

    हामी ब्राह्मण हौं। यो शिवबाबाको यज्ञमा हामी ब्राह्मणहरू सेवाधारी हौं। हामी हौं सच्चा-सच्चा मुख वशांवली ब्राह्मण। तिमी बच्चाहरूलाई बाबाले जे मुखद्वारा भन्नुहुन्छ, त्यो मान्नुपर्छ। श्रीमतमा नै हामी चल्नु छ। यो पनि तिमीले जान्दछौ– श्री-श्री शिवबाबाको मतद्वारा हामी श्रेष्ठ बनेर मालाको दाना बन्छौं। मालाका दाना भनिन्छ वंशावलीलाई। वंशावली हुन्छ नि फेरि त्यो बढ्दै जान्छ। बाबाले स्वयं वंश बनाउनु भएको छ। यो पनि वंशावली हो। माथि हुनुहुन्छ निराकारी शिवबाबा, फेरि छन् आत्माहरू। निराकारी सिजरा फेरि साकारी हुन्छ। पहिलो नम्बरमा छन् प्रजापिता, जो लौकिक हुन्, उहाँ रुहानी हुनुहुन्छ। रुहानी पिता आएर प्रजापिता ब्रह्माद्वारा रच्नुहुन्छ। भन्छन् पनि– आएर पतित दुनियाँलाई पावन बनाउनुहोस्। प्रलय त कहिल्यै हुँदैन। विश्वको इतिहास-भूगोल दोहोरिन्छ। पुरानो दुनियाँ नै फेरि नयाँ बन्छ। अहिले तिमीले पुरूषार्थ गरिरहेका छौ, नयाँ दुनियाँको लागि। यो बेहदको ज्ञान बेहदको बाबाले नै दिनुहुन्छ। हदको वर्सा हुँदा-हुँदै पनि बेहदको बाबालाई याद गर्छन्। हे भगवान भन्छन् नि। जब कोही मर्छ भने भन्छन्– भगवानलाई याद गर। त्यसैले दुई पिता सिद्घ हुन्छ नि। सबै आत्माहरू भाइ-भाइ हुन्। आत्माले नै पुकार्छ– हे दुःखहर्ता, सुखकर्ता, हे मुक्तिदाता आउनुहोस्, हामीलाई घर जाने बाटो देखाउनुहोस्। हामीलाई घर याद छ, तर जान सक्दैनौं किनकि मायाले पँखेटा काटिदिएको छ। कोही पनि घर फर्किएर जान सक्दैन। अब तिमीले आफ्नो दीपकलाई जगाउनु छ। बाबालाई याद गर्नाले नै दीपकमा घिउ थपिन्छ। दीपक पूरै त निभ्दैन। कोही मर्यो भने दियो जलाउँछन्। खास त्यतिबेला एउटा अलग्गै मानिस राख्छन्, उसलाई भन्छन्– त्यसमा घिउ राख्दै गर, नत्र अँध्यारो हुन्छ। अहिले त तिमीले योगबलद्वारा घिउ राख्नु छ, अनि घोर अँध्यारोबाट उज्यालो दीपमाला हुन्छ। दीपमाला सत्ययुगमा हुन्छ। यहाँ होइन। चाडपर्व जे पनि मनाइन्छ, त्यसको पनि रहस्य तिमीले बुझेका छौ। उनीहरूले त केही पनि जान्दैनन्। फेरि पनि सम्झाइन्छ– यो रक्षा-बन्धन आदि हो पवित्रतामा रहनको लागि। 

    मनुष्यलाई ज्ञानको इन्जेक्सन यस्तो युक्तिले लगाउनुपर्छ, जसबाट अनुभव होस्– वास्तवमा हामी त भ्रष्टाचारी रहेछौं। श्रेष्ठाचारी बाबाले नै बनाउनु हुन्छ। बाबा भन्नुहुन्छ– मनमनाभव, यसबाट तिमी तमोप्रधानबाट सतोप्रधान बन्छौ। युक्तिले तीर लगाउनुपर्छ, कुरा गर्ने साहस चाहिन्छ। अहिले तिमीले सर्वशक्तिमान बाबाद्वारा शक्ति लिएर मायामाथि विजय प्राप्त गर्छौ। फेरि तिमीलाई राज्यभाग्य मिल्छ, बाबा सिवाय अरु कसैले विजय दिलाउन सक्दैन। बाबा भन्नुहुन्छ– हेर तिमीलाई केबाट के बनाउँछु! अब यस्तो बाबालाई निरन्तर याद अवश्य गर्नु छ, तब विकर्म विनाश हुन्छ। बाबा भन्नुहुन्छ– म एकलाई याद गर्यौ भने अन्त्य मति सो गति हुन्छ। जस्तो चिन्तन गरिन्छ, त्यस्तै बनिन्छ। त्यसैले बाबा भन्नुहुन्छ– मलाई याद गर्दै-गर्दै तिमी पनि सतोप्रधान बन्छौ। यादद्वारा विकर्म पनि विनाश हुन्छ र आफ्नो घर फर्किएर पनि गइन्छ। यो ज्ञान आम्दानीको स्रोत हो। स्वास्थ्य र सम्पति छ भने खुशी पनि रहन्छ। वहाँ कति लामो आयु हुन्छ। योगेश्वर कृष्णलाई भनिँदैन। योगेश्वर तिमी हौ। ईश्वरले तिमीलाई योग सिकाइरहनु भएको छ। यो राजयोग हो। उहाँसँग योग लगाएर तिमीले राज्य-भाग्य पाउँछौ। ईश्वरले तिमीलाई योग सिकाएर राजाईको वर्सा दिनुहुन्छ। तिमीलाई राज्य कसले दियो? बाबाले। बाबा भन्नुहुन्छ– अल्फलाई याद गर। बाबा र वर्सालाई याद गर्यौ भने पाप काँटिदै जान्छ। यो त धेरै सहज छ। तिम्रो बुद्धिमा कति ज्ञान छ। भगवानका बच्चा मास्टर भगवान ठहरियौ। बाबाको पासमा बसिराख्ने कहाँ हो र? तिमीले त पार्ट खेल्नु छ, यसमा देही-अभिमानी बन्नुपर्छ। अच्छा! 

    मीठे-मीठे सिकीलधे बच्चाहरूप्रति माता-पिता बापदादाको याद-प्यार एवं गुडमर्निङ्ग। रुहानी बाबाको रुहानी बच्चाहरूलाई नमस्ते। रुहानी बच्चाहरूको रुहानी बाबालाई गुडमर्निङ्ग, नमस्ते।


    धारणाको लागि मुख्य सारः

    १) बाबाले जे ज्ञान दिनुहुन्छ, त्यसको सदैव मन्थन गर्नु छ। युक्तिसँग कुरा गर्नु छ। धेरै प्यारले सम्झाउनु छ।

    २) आफूसँग जे छ, त्यो जीवन छँदै बाबालाई दिएर निमित्त बनेर एक बाबालाई याद गर्नु छ।

    वरदान:

    ड्रामाको प्वाइन्टको अनुभवद्वारा सदा साक्षीपनको स्थितिमा रहने अचल अडोल भव:-  

    ड्रामाको प्वाइन्टको जो अनुभवी छन्, उनीहरू सधैँ साक्षीपनको स्थितिमा स्थित रहेर एकरस, अचल-अडोल स्थितिको अनुभव गर्छन्। ड्रामाको प्वाइन्टको अनुभवी आत्मा कहिल्यै पनि नराम्रोलाई नराम्रो नदेखेर राम्रो नै देख्छन् अर्थात् स्व-कल्याणको मार्ग देख्छन्। अकल्याणको खाता समाप्त भयो। कल्याणकारी बाबाका सन्तान हौ, कल्याणकारी युग हो– यो ज्ञान र अनुभवको अधिकारले अचल-अडोल बन।

    स्लोगन:

    जसले समयलाई अमूल्य मानेर सफल गर्छ, उसले समयमा धोका खाँदैन।  



    ***OM SHANTI***