BK Murli 9 October 2016 Nepali

bk murli today

Posted by: BK Prerana

BK Prerana is executive editor at bkmurlis.net and covers daily updates from Brahma Kumaris Spiritual University. Prerana updates murlis in English and Hindi everyday.
Twitter: @bkprerana | Facebook: @bkkumarisprerana
Share:






    BK Murli 9 October 2016 Nepali

    २०७३ आश्विन २३ गते आइतबार 09.10.2016 वापदादा मधुवन

    त्यागको पनि त्याग


    आज बापदादा कोसँग मिल्न आउनुभएको छ? जान्दछौ? आज अनेक भुजाधारी बाबा आफ्ना भुजाहरूसँग अर्थात् सदा सहयोगी बच्चाहरूसँग मिल्न आउनुभएको छ। कति विशेष सहयोगी आत्माहरू बाबाको राइट हेण्ड बनेर हर कार्यमा सदा एभररेडी छन्। बापदादाले डाइरेक्शनको इशारा दिनुभयो, राइट हेण्ड अर्थात् विशेष भुजाहरू अर्थात् आज्ञाकारी बच्चाहरूले सदा भन्छन्– “हुन्छ बाबा, हामी सदा तयार छौं।” बाबा भन्नुहुन्छ– “हे बच्चे।” बच्चाले भन्छन्, “हजुर बाबा”। यस्ता विशेष भुजाहरूलाई बाबाले देखिरहनु भएको छ। चारैतर्फका विशेष भुजाहरूद्वारा यही आवाज बच्चाहरूको सुनिरहनु भएको छ। “हुन्छ बाबा, आइहालें बाबा, हाजिर छु बाबा।” यस्ता बच्चाहरूको मधुर आलाप बापदादाको पास पुगिरहेको छ। बाबाले पनि यस्ता बच्चाहरूलाई सदा, “मुरब्बी बच्चा, सपूत बच्चा, विश्वका शृंगार बच्चा, मास्टर भाग्यविधाता, मास्टर वरदाता बच्चा” भनेर बोलाउनुहुन्छ। 

    आज बापदादाले यस्ता बच्चाहरूको नाम गनिरहनु भएको थियो। भन, कति माला बनाउनुभयो होला? छोटो माला वा लामो माला? र त्यस मालामा तिमी सबैको नम्बर कहाँ होला? लास्टको रिजल्ट मालाको भनेको होइन। वर्तमान समय यस्ता राइट हेण्ड कति छन्? त्यो माला बनाइरहनु भएको थियो। वर्तमानको नम्बर त सहज लगाउन सक्छौ नि? मालाको नम्बर गन्ती गर्दा-गर्दा ब्रह्मा बाबाले एक विशेष कुरा भन्नुभयो, के भन्नुभयो होला? आज विशेष विषय, राइट हेण्ड अर्थात् सहयोगको थियो। यसै सहयोगको बारेमा आज प्रवृत्तिमा रहेर, प्रवृत्तिको वृत्तिबाट पर रहनेवाला, व्यवहारमा रहेर अलौकिक व्यवहारको सदा ध्यान राख्नेवाला यस्ता न्यारा र बाबाका प्यारा विशेष बच्चाहरूको विशेषता देखिरहनु भएको थियो। वायुमण्डलको अग्निको रापबाट पनि पर। यस्ता अग्नि प्रुफ बच्चा बापदादाले देख्नुभयो। आज यस्ता डबल पार्टधारी लौकिकमा अलौकिकताको पार्ट खेल्ने बच्चाहरूको महिमा गरिरहनु भएको थियो। 

    डबल पार्टधारीहरूको एक यो विशेषता वर्णन भयो– केही यस्ता अनासक्त बच्चा पनि छन्, जसले कमाउँछन्, सुखको साधन जति जुटाउन चाह्यो जुटाउन सक्छन्, तर साधारण खान्छन्, साधारण चल्छन्, साधारण रहन्छन्। पहिला अलौकिक सेवाको विशेष हिस्सा निकाल्छन्। लौकिक कार्य, लौकिक प्रवृत्ति, लौकिक सम्बन्ध, सम्पर्क निर्वाह पनि गर्छन् तर आफ्नो विशाल बुद्धिको कारण दुःखी पनि गर्दैनन् र ईश्वरीय कमाईको जम्माको राज जानेर विशेष हिस्सा राजयुक्त भएर निकाल्छन्। यस विशेषतामा गोपिकाहरू नि कम छैनन्। यस्ता-यस्ता गुप्त गोपिकाहरू पनि छन्, जो लौकिकमा हाफ पार्टनर कहलाउँछन् तर बाबाको साथ सौदा गर्नमा फुल पार्टनर छन्। यस्ता सच्चा दिलवाला विशालदिल गोपिकाहरू पनि छन् भने पाण्डव पनि छन्। सुनाएँ नि– आज यस्ता बच्चाहरूको नाम गनिरहनु भएको थियो। यसरी नै वचत गरेर अलौकिक कार्यमा विशालदिल भएर लगाउँछन्। आफ्नो आरामको समय पनि, आफ्नो आरामको लागि होइन, धनको हिस्सा भएर पनि ७५ प्रतिशत अलौकिक कार्यमा लगाउँछन् र निमित्त मात्र लौकिक कार्यलाई निर्वाह गर्छन्। यस्ता त्यागवान बच्चा सदा अविनाशी भाग्यवान छन्। तर यस्ता युक्तियुक्त पार्ट खेल्ने धेरै संख्यामा थिएनन्। औंलामा गन्न सकिन्थ्यो। फेरि पनि डबल पार्टधारी यस्ता विशेष आत्माहरूको महिमा अवश्य वर्णन भयो। 

    दोस्रो नम्बरका बच्चा पनि थिए– जो गर्छन् पनि तर सेकेण्ड नम्बर बन्न जान्छन्। यसै गुप्त दान, महादान, गुप्त महादानीको विशेषता हो– त्यागको पनि त्याग। जुन श्रेष्ठ कर्मको फल मिल्छ, त्यो प्रत्यक्षफल हो– सबैद्वारा महिमा हुनु। सेवाधारीलाई श्रेष्ठ गायनको सीट मिल्छ, मान शानको सीट मिल्छ। यो सिद्धि अवश्य मिल्छ किनकि यी सिद्धिहरू मार्गका दृश्य हुन्। यो फाइनल गन्तव्य होइन त्यसैले यसको त्यागवान, भाग्यवान बन, यसलाई भनिन्छ– महात्यागी। 

    अहिले गर्यो, अहिले नै खायो, जम्मा हुँदैन। यो अल्पकालको सिद्धि कर्मको प्रत्यक्षफलको रुपमा प्राप्त अवश्य हुन्छ किनकि संगमयुग प्रत्यक्षफल दिने युग हो। भविष्यमा त अनादि नियम अनुसार मिल्नु नै छ तर संगमयुग वरदानी युग हो। अहिले गर्यो, अहिले नै मिल्यो तर अहिले नै खायो, यो नगर। यो प्रसाद मानेर बाँड या बाबाको आगाडि भोग लगाइदेऊ। एकको पदमगुणा जम्मा हुन्छ। सौदा गर्नमा होसियार बन, भोला नबन। सुन्यौ– यो हो सेकेण्ड नम्बर। अच्छा– तेस्रो नम्बर पनि सुन्छौ? तेस्रो नम्बर– सेवामा सहयोगी कम बन्छन् तर सीट पहिलाको जस्तै लिन चाहन्छन्। सर्व खजाना स्वयंको आराम प्रति ज्यादा लगाउँछन्। 

    पहिलो नम्बर एकनामी र एकानामीवाला, दोस्रो नम्बर कमायो अनि खायो अनि तेस्रो नम्बर कमाई कम खाने ज्यादा। अरुको पनि कमाई खानेवाला। ती हुन् ल्याऊ अनि खाऊवाला। श्रेष्ठ आत्माहरूको भाग्यको हिस्सा, त्यागवान बच्चाहरूको प्रत्यक्षफल, सर्व प्राप्तिहरूलाई त्यागवानले त्याग गर्छन्, तर तेस्रो नम्बर वाला उनीहरूको हिस्साको पनि स्वयं स्वीकार गरिदिन्छन्। कमाउनेवाला होइन केवल खानेवाला। यसकारण नम्बरवन बच्चा बोझ उतार्नेवाला र ती बोझ चढाउनेवाला किनकि आफ्नो मेहनतको कमाई खाँदैनन्। यस्ता खाने-पिउने आत्माहरू पनि देख्नु भयो। 

    सुन्यौ तीन नम्बर? अब सोच्यौ म कुन हुँ? अच्छा– फेरि पनि आजको रुहरिहानमा प्रवृत्तिमा रहेर एकनामी र इकोनामीवाला बच्चाहरूको बारम्बार महिमा गाउनुभयो। अच्छा! 

    यस्ता सदा हुन्छ बाबा, हाजिर बाबा भन्ने, सदा स्वयं त्यागको पनि त्याग गरेर अरुलाई भाग्यवान बनाउने, सदा बापदादासँग श्रेष्ठ सौदा गर्ने, सदा सेवामा सर्व खजाना लगाउने, यस्ता गुप्त दानी महादानी आत्माहरूलाई बापदादाको याद-प्यार एवं नमस्ते। रुहानी बच्चाहरूको रुहानी बाबालाई गुडमर्निङ्ग, नमस्ते। 

    राजस्थान (जयपुर) ग्रुपलाई सेवा वृद्धिको विशेष इशारा तथा योजना

    राजस्थानका पनि राजगद्दीको स्थानवाला हौ। राजगद्दीको स्थानमा के-के गरिरहेका छौ? यस पूरा वर्षमा के-के नवीनता गर्यौ? महातीर्थ गराउनको लागि यात्रीहरूको पार्टी ल्यायौ? लौकिक यात्रामा पनि संगठन बनाएर लिएर जान्छन्, पूरा ट्रेनका ट्रेन लिएर जान्छन्। राजगद्दी वालाले यस महातीर्थको यात्रा कतिलाई गरायौ? राजस्थानको राजगद्दीवाला हेडक्वाटरमा कतिलाई लिएर आयौ? बस भरेर ल्यायौ? या राजस्थानमा यात्री छँदै छैनन्, के सम्झन्छौ? यात्री छैनन् या पण्डा तयार छैनन्? यदि यतिका सबै पण्डा हौ भने यात्री कति हुनुपर्छ? यात्रीहरूलाई ल्याउँछौ या केवल आफू मात्रै आउँछौ? यस वर्ष प्रोग्राम बनाउँछौ या अर्को वर्ष? अच्छा– कुनै नयाँ योजना बनाएका छौ? जस्तै जयपुर इण्टरनेशनल स्थान हो त्यसैले कम्तीमा यो विशेषता अवश्य गर, जो अहिलेसम्म कसैले नगरेको होस्! मुख्य स्थानमा धेरै राम्रो सुन्दर ठूलो बोर्ड लगाऊ। यो त गर्न सक्छौ नि? बोर्ड यस्तो आकर्षक होस्, जसमा हिँड्दा डुल्दा सबैको नजर परोस्। त्यसको सजावट र म्याटर यस्तो होस्, जो नचाहेर पनि सबैले त्यसलाई हेरुन् र म्याटर पनि यस्तो बनाऊ, जुन सबैले पढेर बुझून्– यो गर्नुपर्छ। यहाँ जानुपर्छ। यसरी चल्दा फिर्दा सन्देश मिलिरहोस्। ठेगाना होस् र वहाँको विशेष निमन्त्रण पनि होस्। यस्तो कम शब्दमा आकर्षणवाला म्याटर पनि बनाऊ र बोर्डको सजावटको योजना बनाऊ। जसबाट अनेकलाई सन्देश मिलिरहन्छ। यस्ता मुख्य स्थानमा खर्च हुन्छ भने पनि कुनै हर्जा छैन। अब यो गरेर देखाऊ। कुनै नयाँ आविष्कार होस्, जो नचाहेर पनि सबैलाई आकर्षक लागोस्। यस्तो कुनै योजना बनाऊ, ठेगाना, फोन नम्बर सबै लेखिएको होस्, निमन्त्रण पनि होस्। कुनै न कुनै विशेष आत्मा जाग्नेछन्। जहाँ मुख्य सबैको आवत्-जावत् हुन्छ, नजर जान्छ, यस्तो स्थानमा केही गर, तर यस्तो आकर्षक होस्, जो हेरिरहन मन लागोस्। अच्छा– दोस्रो के गर्छौ? कुनै न कुनै विशेष आत्मालाई हर महिना यात्रा अवश्य गराउनु छ। यस्तो लक्ष्य राख। बस भरेर नआऊ तर एक दुईलाई त लिएर आउन सक्छौ नि। एक विशेष यस्तो आत्मा ल्याऊ, जो अनेकलाई सन्देश सुनाउने निमित्त बनोस्। साधन त सबै छ, केवल गर्नेले गरोस्, पछि सहज हुन्छ। एक पटक सम्पर्क गरेर छोडिदिने होइन। बारम्बार सम्पर्क गर्दै गर। यस्ता सम्पर्क वाला फेरि भनेको नमानून्, यो हुँदैन। अब के गर्छौ? सदैव सोच– मैले गर्नु छ। अरुलाई नहेर। यसमा जो ओटे सो अर्जुन। मलाई देखेर अरुले गर्नेछन् फेरि के हुन जान्छ? हरेकले यो पाठ पढून्– मैले गरेँ भने सबैले गर्न थाल्छन्। यसमा अरुलाई नहेरेर स्वयंलाई मैदानमा ल्याऊ। स्वमा त ठीक छौ तर सेवामा पनि नम्बरवन। सेवामा पनि पूरा अंक लिनु छ। 

    टिचरहरूसँग– टिचरहरूलाई डबल चान्स मिलेको छ। डबल यसैले मिलिरहेको छ– अनेकलाई बाँड्छन् किनकि शिक्षक अर्थात् सदा अरुको सेवाको लागि बाँच्नेवाला। शिक्षकको जीवन सदा अरुलाई सिकाउनको लागि हुन्छ। आफ्नो लागि होइन, सेवाको लागि। जब मास्टर शिक्षक वा सच्चा सेवाधारी, यो लक्ष्य राख्छौ– आफ्नो हर सेकेण्ड र हर संकल्प अरुलाई पढाउनको लागि हो। यस्ता मास्टर शिक्षक वा सेवाधारी सदा सफलतामूर्त हुन्छन्। जिउनु नै सेवा हुन्छ, चल्नु नै सेवा हुन्छ, बोल्नु, सोच्नु सबै सेवाको लागि हुन्छ। हर नस-नसमा सेवाको उमंग र उत्साह भरिएको होस्। जसरी नशामा रगत सञ्चार छ भने जीवन छ। यस्ता सेवाधारी अर्थात् हर नस अर्थात् हर संकल्प, कर सेकेण्डमा सेवामा उमंग-उत्साहको रगत भरिएको होस्। यस्तो सेवाधारी हौ नि? गुडनाइट गरे पनि सेवा, गुडमर्निङ्ग गरे पनि सेवा। यसमा स्वको सेवा स्वतः समाहित भएको हुन्छ। यसलाई भनिन्छ सच्चा सेवाधारी। सेवाधारीको स्वप्न पनि कुनचाहिँ हुन्छ? सेवाको। स्वप्नमा पनि सेवा गरिरहन्छन्। यस्तै छौ हैन? 

    सेवाधारीहरूको लिफ्ट पनि धेरै लामो छ। अनेक दुनियाँका बन्धनहरूबाट मुक्त छौ। यहाँ नै जीवनमुक्त स्थितिको प्राप्ति हुन्छ। सेवाधारीको अर्थ नै हो बन्धन मुक्त, जीवनमुक्त। कति हदको जिम्मेवारीहरूबाट छुटेका छौ र अलौकिक जिम्मेवारी पनि बाबाको हो, त्यसैले यसबाट पनि छुटेका छौ। केवल सेवा गर्यो, अगाडि बढ्यो। जिम्मेवारीको बोझ छैन। के कसैको शिरमा केही बोझ छ र? सेवाकेन्द्रको बोझ छ? सेवाकेन्द्रलाई चलाउने बोझ छैन? यो चिन्ता रहँदैन– जिज्ञासु कसरी आउलान्? (रहन्छ) बोझ भयो नि!

    सफलता पनि तब हुन्छ, जब यो सम्झन्छौ– म बढाउनेवाला होइन, बाबाको यादबाट स्वतः बढ्छ। म बढाउनेवाला हुँ भनी सम्झियौ भने बढ्न सक्दैन। बाबालाई बोझ दिन्छौ भने बढिरहन्छ, त्यसैले यसबाट पनि निश्चिन्त रहनु छ। जति स्वयं हल्का हुन्छौ, त्यति सेवा र स्वयं सदा माथि चढिरहन्छौ अर्थात् उन्नति गरिरहन्छौ। जब मै-पन आउँछ भने बोझ हुन जान्छ अनि तल आउँछौ त्यसैले यस बोझबाट पनि निश्चिन्त। केवल यादको नशामा सदा रहने गर। बाबासँग सदा कम्बाइण्ड रह्यौ भने जहाँ बाबा कम्बाइण्ड हुनुहुन्छ, त्यहाँ सेवा हुँदैन? स्वतः हुन्छ। अनुभवी छौ नि? 

    टिचर अर्थात् सेवाधारीलाई यो पनि लिफ्ट भयो नि। यादमा रहेर उडिराख। सेवाको निमित्त हौ। गराउने वालाले गराइरहनु भएको छ, यसबाट हल्का पनि रहन्छौ र सफलतामूर्त पनि रहन्छौ किनकि जहाँ बाबा हुनुहुन्छ, त्यहाँ सफलता अवश्य हुन्छ। 

    बापदादा आफ्ना साथीलाई देखेर खुशी हुनुहुन्छ। मास्टर भाग्यविधाता हौ। भाग्य-विधातालाई याद गरेर अनेकको भाग्यको रेखा खिच्नेवाला हौ। सन्तुष्ट त सदा छौ नै। सोध्ने आवश्यकता छ र? मास्टर टिचरसँग सोध्नु, यो पनि इन्सल्ट हुन जान्छ नि! सदा सन्तुष्ट छौ र सदा रहन्छौ। 

    महाराष्ट्र र राजस्थानको मेला पूरा भयो? यो दिन पनि ड्रामामा रेकर्ड भइरहेको छ। फेरि कहिले आउँछ? हर घडीको, हर सेकेण्डको आ-आफ्नो महत्व छ। संगमयुग हो नै महत्वको युग। महान् बन्ने युग र महान् बनाउने युग, त्यसैले संगमको हर सेकेण्डको महत्व छ। संगममा टिचर अर्थात् सेवाधारी बन्नेको पनि महत्व छ, प्रवृत्तिमा रहेर न्यारा रहनेको पनि महत्व छ। गोपिकाहरूको पनि महत्व छ, पाण्डवको पनि महत्व छ। सबैको आ-आफ्नो महत्व छ। तर निमित्त टिचरलाई चान्स धेरै राम्रो छ। सबै चान्स लिनेवाला हौ नि। अच्छा– ओम् शान्ति। 


    वरदान:

    ज्ञानका प्वाइन्टहरूलाई हरेक दिन रिभाइज गरेर समाधान स्वरुप बन्ने बेगमपुरको बादशाह भव:-  

    ज्ञानका प्वाइन्टहरू जो डायरीमा अथवा बुद्धिमा रहन्छ, त्यसलाई हरेक दिन रिभाइज गरेर अनुभवमा ल्याऊ। त्यसपछि कुनै पनि प्रकारको समस्या सहज नै समाधान गर्न सक्छौ। कहिल्यै पनि व्यर्थ संकल्पको हथौडाबाट समस्याको पत्थरलाई तोड्नमा समय नगुमाऊ। “ड्रामा” शब्दको स्मृतिद्वारा छलांग लगाएर अगाडि बढ। फेरि यी पुराना संस्कार तिम्रो दास बन्नेछन्, तर पहिला बादशाह बन। तख्तनशीन बन।

    स्लोगन:

    हरेकलाई सम्मान दिनु नै सम्मान प्राप्त गर्नु हो।  



    ***OM SHANTI***