BK Murli 19 November 2016 Nepali

BK Murli 19 November 2016 Nepali

२०७३ मङ्सिर ०४ गते शनिबार 19.11.2016 बापदादा मधुवन

“मीठे बच्चे– तिम्रो चालचलन धेरै-धेरै मीठो रोयल हुनुपर्छ, क्रोधको भूत बिलकुल हुनु हुँदैन।”   

प्रश्न:

२१ जन्मको प्रारब्ध पाउनका लागि बच्चाहरूले कुन कुराको ध्यान अवश्य राख्नु छ?

उत्तर:

यस दुनियाँमा रहेर सबै कुरा गर्दा गर्दै पनि बुद्धिको योग एक सच्चा माशुकको साथमा रहोस्। बाबाको इज्जत जाने त्यस्तो कुनै खराब बानी नहोस्। घरमा रहँदा पनि यति प्यारसँग रहने गर, जसले गर्दा अरुले पनि सम्झिऊन्– यिनमा त धेरै राम्रो दैवीगुण छ।

गीतः–

जाग सजनियाँ जाग......

ओम् शान्ति।

मीठा प्यारा रुहानी बच्चाहरूले गीत सुन्यौ। यसको अर्थ पनि अवश्य बच्चाहरूले बुझ्यौ होला। बाबा आएर नयाँ-नयाँ कुरा सुनाउनुहुन्छ। नयाँ दुनियाँको नयाँ युगको लागि यी कुरा बच्चाहरूले ५ हजार वर्ष पहिले सुनेका थिए। अहिले फेरि सुनिरहेका छन्। बाँकी बीचमा केवल भक्तिमार्गका कुरा नै सुनेका छन्। सत्ययुगमा यी कुरा हुँदैन। वहाँ हुन्छ ज्ञान मार्गको प्रारब्ध। अब तिमी बच्चाहरू नयाँ दुनियाँको लागि सच्चा कमाई गरिरहेका छौ। ज्ञानलाई आम्दानीको स्रोत भनिन्छ। पढाइद्वारा कोही बेरिस्टर, इन्जिनियर आदि बन्छन्। आम्दानी पनि हुन्छ। तिमी यस पढाइद्वारा राजाहरूको राजा बन्छौ। यो कति जबरदस्त कमाई छ। अब तिमी बच्चाहरूलाई यो निश्चय छ, यदि थोरै संशय छ भने पछि गएर चल्दा-चल्दै निश्चय हुँदै जान्छ। सेकेन्डमा जीवनमुक्ति गाइएको छ। बाबाको बन्यो अनि वर्साको मालिक बन्यो। बाबा जो स्वर्गको रचयिता हुनुहुन्छ उहाँ आउनुभएको छ हामीलाई मालिक बनाउन। यो त बच्चाहरूलाई निश्चय हुनुपर्छ। यो पनि जान्दछौ– दुई बुवा हुनुहुन्छ। एक छन् लौकिक, अर्का हुनुहुन्छ पारलौकिक, जसलाई परमपिता परमात्मा भनिन्छ, ओ गड फादर। लौकिक बुवालाई कहिल्यै परमपिता भनिदैन। सबैका सुख दाता, शान्ति दाता उहाँ एकै पारलौकिक बाबा हुनुहुन्छ। सत्ययुगमा सबै सुखी रहन्छन्। बाँकी आत्माहरू शान्तिधाममा रहन्छन्। सत्ययुगमा तिमीलाई सुख-शान्ति, धन-दौलत, निरोगी काया सबै कुरा थियो। त्यसैले यस्तो परमप्रिय बाबालाई सबैले पुकार्छन्। साधु-सन्तहरूले पनि साधना गर्छन्, तर कसको साधना गर्छन्, यो जान्दैनन्। उनीहरूले गर्छन् ब्रह्मको साधना, जसद्वारा हामी ब्रह्ममा लीन हुन सकौं, तर ब्रह्ममा लीन हुन त सक्दैनन्। ब्रह्मलाई याद गर्नाले पाप कहाँ काटिन्छ र! बाबा भन्नुहुन्छ– मामेकम् याद गर। सर्वशक्तिमान म हुँ वा ब्रह्म, जुन रहने स्थान हो? ब्रह्म महतत्वमा सबै आत्माहरू निवास गर्छन्। त्यसैले ब्रह्मलाई उनीहरूले भगवान सम्झिएका छन्। जसरी भारतवासीहरूले हिन्दुस्तानमा रहने भएकाले आफ्नो धर्म हिन्दु मानेका छन्। त्यसगरी ब्रह्म तत्व रहने स्थानलाई परमात्मा मानेका छन्, त्यो हो ब्रह्माण्ड। वहाँ आत्माहरू, ज्योतिर्बिन्दु अण्डा आकारमा रहन्छन्, त्यसैले त्यसलाई ब्रह्माण्ड भनिन्छ। यो हो मनुष्य सृष्टि। ब्रह्माण्ड अलग हो, मनुष्य सृष्टि अलग हो। आत्मा के हो– यो कसैलाई पनि थाहा छैन। भन्छन् पनि– भृकुटीको बीचमा चम्कन्छ अजब सितारा। फेरि भन्छन् आत्मा अंगुष्ठ जस्तै छ। तर बाबा भन्नुहुन्छ– आत्मा बिलकुल सूक्ष्म बिन्दु छ, जसलाई यी आँखाले देख्न सकिदैन। यसलाई देख्न, समात्न धेरै कोसिस गर्छन्। 

तर कसैलाई थाहै हुँदैन। तिमी बच्चाहरूलाई थाहा छ– अब तिमीले विश्वलाई स्वर्ग बनाउनमा बाबाको सहयोगी पनि बन्नुपर्छ। बाबा आउनुहुन्छ नै यहाँ। शिव जयन्ती यहाँ नै मनाइन्छ। जसरी क्राइस्ट गएपछि क्रिश्चियनहरूले क्रिसमस मनाइरहन्छन्। क्राइस्ट कहिले आए त्यो पनि जान्दछन्। तर हिन्दूहरूलाई यो थाहा नै छैन– बाबा कहिले आउनुभएको थियो, कृष्ण कहिले आएका थिए? कसैलाई पनि उहाँको बारेमा थाहा छैन। महिमा सारा कृष्णको गाउँछन्। उनलाई झुलामा झुलाउँछन्, प्यार गर्छन् तर यो जान्दैनन्– उनको जन्म कहिले भयो? भनिदिन्छन्– द्वापरमा गीता सुनाए। तर कृष्ण द्वापरमा आउँदैनन्। लीला एक बाबाको हो। तब उहाँको लागि भन्छन् हजुरको गति मति कृष्ण हुन् सत्ययुगका राजकुमार। पहिलेदेखि नै मातालाई साक्षात्कार हुन्छ– योगबलद्वारा बच्चा पैदा हुनेवाला छ। वहाँ शरीर पनि यत्तिकै छोडिदिन्छन्। एउटा छोडेर अर्का लिन्छन् (सर्पको उदाहरण)। वास्तवमा संन्यासीले यो उदाहरण दिन सक्दैनन्। तिमीले विकारी मनुष्यहरूलाई बसेर ज्ञानको भूँ-भूँ गरेर तमोप्रधानबाट सतोप्रधान बनाइदिन्छौ। यो तिम्रो धन्धा हो– भूँ-भूँ गरेर मनुष्यलाई देवता बनाइदिनु। कछुवा आदिको उदाहरण पनि यस समयको हो। कर्म गरेर फेरि जति समय मिल्छ बाबालाई याद गर्नु छ। तिमीलाई थाहा छ– यो हाम्रो अन्तिम जन्म हो। अब नाटक पूरा हुनु छ, पुरानो शरीर हो। यसको कर्मभोग चुक्ता गर्नु छ। जब सतोप्रधान भएपछि फेरि कर्मातीत अवस्था हुनेछ, फेरि हामी यस शरीरमा रहन सक्दैनौं। कर्मातीत अवस्था भयो फेरि शरीर छोडिदिन्छौ, फेरि लडाईं शुरु हुन्छ। मच्छर जस्तै सबैको शरीर खत्तम भएर आत्मा जान्छ। पवित्र नबनी कोही जान सक्दैन। यो हो दुःखधाम रावणले स्थापना गरेको, र रामले स्थापना गरेको हो शिवालय। वास्तवमा परमात्माको नाम हो शिव, नकि राम। सत्ययुग शिवालयमा सबै देवताहरू रहन्छन्। फेरि भक्तिमार्गमा शिवको प्रतिमाको लागि मन्दिर, शिवालय आदि बनाउँछन्। अहिले शिवबाबाको यो तख्त हो। आत्मा यस तख्तमा विराजमान छ। बाबा पनि यहाँ नजिकै आएर विराजमान हुनुहुन्छ र आएर पढाउनुहुन्छ। सदैव त रहनुहुन्न। याद गर तब उहाँ आउनुहुन्छ। बाबा भन्नुहुन्छ– म तिम्रो बेहदका बाबा हुँ। तिमीलाई वर्सा मबाट मिल्छ। ब्रह्मा कहाँ बेहदको बाबा हुन् र! त्यसैले तिमीले मलाई याद गर। मीठा बच्चाहरूले जान्दछौ– बाबा ज्ञानका सागर हुनुहुन्छ, प्यारका सागर हुनुहुन्छ। त्यसैले तिमी बच्चाहरूलाई पनि प्यारको सागर बन्नु छ। स्त्री-पुरूषले एक-अर्कालाई सच्चा प्यार गर्दैनन्, उनीहरूले त काम विकारलाई नै प्यार सम्झन्छन् तर बाबाले भन्नुभएको छ– काम महाशत्रु हो। यो आदि-मध्य-अन्त्य दुःख दिनेवाला हो। 

देवताहरू निर्विकारी थिए, त्यसैले त भनिन्छ– कृष्णजस्तो बच्चा मिलोस्, कृष्णजस्तो पति मिलोस्। कृष्णपुरीलाई याद गर्छन् नि। अहिले बाबाले कृष्णपुरी स्थापना गरिरहनुभएको छ। तिमी स्वयं श्रीकृष्ण जस्तो अथवा मोहन जस्तो बन्न सक्छौ। राजकुमार-राजकुमारी अरु पनि हुन्छन्। त्यसैले यस्ता सबै यहाँ बनिरहेका छन्। उनीहरूको लिस्ट पनि रहन्छ। मालाका ८ दाना पनि छन् भने १०८ दाना पनि छन्। मानिसहरूले ९ रत्नको औंठी लगाउँछन्। अब यी ८ को हुन्? बीचमा को छन्? यो पनि तिमीलाई थाहा छ– अति मीठो बाबाद्वारा हामी रत्न बनिरहेका छौं। बाबा भन्नुहुन्छ– प्यारा बच्चाहरू आपसमा धेरै प्यारसँग चल्नु छ। नत्र बाबाको नाम बदनाम गर्नेछौ। फेरि सद्गुरूको निन्दा गराउनेले ठेगान पाउन सक्दैन। सबैलाई मन्त्र पनि बताउनु छ– एक बाबालाई याद गर्यौं भने मैला निस्कँदै जान्छ। घरमा पनि यति प्यारसँग चल्नुपर्छ, अरुले पनि सम्झिऊन्– यसमा क्रोध छैन। धेरै प्रेम छ। रक्सी, सिगरेट आदि पिउनु धेरै खराब बानी हो, यस्ता सबै खराब बानीहरूलाई छोडिदिनु पर्छ। दैवीगुण यहाँ नै धारणा गर्नु छ। राजधानी स्थापना गर्नमा मेहनत लाग्छ। अरु धर्मकाले राजधानी स्थापना गर्दैनन्। उनीहरू माथिबाट एकदम अन्त्यमा आइरहन्छन्। तिमीले २१ जन्मको प्रारब्ध बनाइरहेका छौ, यसमा मायाको तुफान धेरै आउँछन्। फेरि पनि पुरूषार्थ गरेर दैवी गुण धारण गर्नु छ। यदि क्रोधीसँग कुरा गर्यौ भने मानिसले भन्नेछन् यसमा भूत छ। मतलब बेहद बाबाको इज्जत गुमाउँछन्। फेरि यस्ताले उच्च पद कसरी पाउने? धेरै मीठो अनासक्त बन्नु छ। यहाँ रहँदै, सबै कुरा गर्दै योग माशुकसँग हुनुपर्छ। बाबाले भन्नुभएको छ– मलाई याद गर्यौ भने पाप भस्म भएर जान्छ, यसलाई योग अग्नि भनिन्छ। यहाँ हठयोगको आवश्यकता छैन। आफ्नो शरीर तन्दुरूस्त राख्नु छ, शरीर धेरै महत्वपूर्ण छ। भोजन पनि शुद्ध खानु छ। देवताहरूलाई कस्तो भोग लगाउँछन्। श्रीनाथद्वारेमा गएर हेर, बंगालमा त कालीलाई बाख्राको भोग लगाउँछन्। उनीहरूले आफ्ना पितृलाई पनि माछा खुवाउँछन्। नत्र सम्झन्छन् पितृ रिसाउँछन्। कसैले रिवाज बनाएको थियो, त्यो चल्दै आएको छ। देवी-देवताहरूको राज्यमा कुनै पाप हुँदैन। त्यो हो रामराज्य। यहाँ कर्म विकर्म बन्छ। वहाँ कर्म अकर्म बन्छ। अहिले हरिद्वारमा गएर बस्छन्। हरि कृष्णलाई सम्झन्छन्। अब कृष्ण त सत्ययुगमा हुन्छन्। वास्तवमा हरि नाम शिवको हो, दुःख हर्नेवाला। तर गीतामा कृष्णको नाम राखेर, हरि भनेर कृष्णलाई सम्झिएका छन्। वास्तवमा दुःख हर्नेवाला हुनुहुन्छ शिवबाबा। हरिको द्वार सत्ययुगलाई भनिन्छ। भक्तिमार्गमा जे-जे आउँछ त्यो बोलिरहन्छन्। 

बाबा भन्नुहुन्छ– म संगमयुगमा आउँछु, पुरानो दुनियाँलाई नयाँ बनाउन। रावण पुरानो दुस्मन हो। हर वर्ष उसलाई जलाउँछन्। कति पैसा खर्च गर्छन्। सबै समय गुमाउनु, पैसा गुमाउनु हो। बंगालमा कति देवीहरू बनाउँछन्, तिनलाई खुवाएर, पियाएर, पूजा गरेर फेरि लगेर डुबाउँछन्। यसमा एउटा गीत छ। बच्चाहरू धेरै प्यारो बन्नु छ। कहिल्यै रिसाएर कुरा गर्नु हुँदैन। बाबासँग कहिल्यै रिसाउनु हुँदैन। रिसाएर यदि पढाइ छोड्यो मतलब आफ्नो खुट्टामा बञ्चरो हान्यो। यहाँ तिमी आएका छौ विश्वको मालिक बन्न। महाराजा श्री नारायण, महारानी श्री लक्ष्मीलाई भनिन्छ। बाँकी श्री-श्री हो शिवबाबाको टाइटल। देवताहरूलाई श्री भनिन्छ। श्री अर्थात् श्रेष्ठ। 

अब तिमी विचार गर हामी के थियौं? मायाले हाम्रो शिर मोडेर हामीलाई के बनाइदिएको छ। पहिले कति धनवान थियौ। फेरि कसरी कंगाल बन्यौ? के भयो? केही पनि बुझ्दैनन्। अहिले तिमीलाई थाहा छ– हामी नै देवता थियौं, फेरि क्षत्रिय बन्यौं। उनीहरूले भन्छन्– आत्मा सो परमात्मा। नत्र हम सो को अर्थ कति सहज छ। उनीहरूले भन्छन्– मनुष्यको जन्म केवल एउटा हुन्छ। तर बाबा सम्झाउनुहुन्छ– मनुष्यको जन्म ८४ हुन्छन्। ती ८४ जन्म मध्ये तिम्रो यो संगमको एक जन्म दुर्लभ छ। तिमीले बेहदका बाबाबाट स्वर्गको वर्सा पाउँछौ। तिमी धेरै रोयल बाबाका बच्चाहरू हौ, त्यसैले तिमीहरूमा कति रोयल्टी हुनुपर्छ। रोयल मनुष्यले कहिल्यै जोडसँग कुरा गर्दैनन्। दुनियाँमा घर-घरमा कति हंगामा हुन्छ। स्वर्गमा यस्तो कुनै कुरा हुँदैन। यी बाबा पनि बल्लभाचारी कुलका थिए। फेरि पनि कहाँ उनी सत्ययुगका देवता, कहाँ आजकलका वैष्णवहरू! यस्तो होइन– वैष्णव हुन् त्यसैले विकारमा जाँदैनन्। रावण राज्यमा सबै विकारबाट पैदा हुन्छन्। सत्ययुगमा हुन्छन् सम्पूर्ण निर्विकारी। अहिले तिमी सम्पूर्ण निर्विकारी बनिरहेका छौ र विश्वको मालिक बन्छौ योगबलद्वारा। तिम्रो चलन धेरै मीठो रोयल हुनुपर्छ। कुनै डिबेट वा शास्त्रवाद नगर। उनीहरू जब शास्त्रवाद गर्न बस्छन्, तब एक अर्कालाई लट्ठीले पनि हान्छन्। ती बिचाराहरूको कुनै पनि दोष छैन। यस ज्ञानलाई जानेकै छैनन्। यो हो रुहानी ज्ञान, जुन रुहानी बाबाबाट मिल्छ। उहाँ ज्ञानका सागर हुनुहुन्छ। उहाँको शरीरको नाम छैन, उहाँ अव्यक्तमूर्त हुनुहुन्छ। भन्नुहुन्छ– मेरो नाम शिव हो। मैले स्थूल वा सूक्ष्म शरीर लिन्नँ। ज्ञानका सागर, आनन्दका सागर मलाई नै भन्दछन्। शास्त्रहरूमा के-के लेखेका छन्। हनुमान पवनपुत्र थिए, अब पवनबाट बच्चा कसरी पैदा होला! फेरि परमात्माको लागि भन्छन्, कछुवा, माछा अवतार। कति गाली गरेका छन्। बाबा आएर गुनासो गर्नुहुन्छ– तिमीले आसुरी मतमा मलाई यति गाली गर्यौ। २४ अवतारबाट पेट भरिएन फेरि कण कण, ढुङ्गा माटोमा राखिदिएका छन्। यी सबै शास्त्र द्वापरदेखि बनेका हुन्। पहिले-पहिले केवल शिवको पूजा हुन्थ्यो। गीता पनि पछि बनाइएको हो। अहिले बाबाले सम्झाइरहनु भएको छ– यो सबै अनादि खेल हो। अहिले म आएको छु तिमीलाई विश्वको मालिक बनाउन त्यसैले बाबालाई अनुसरण गर्नुपर्छ नि। लक्षण पनि धेरै राम्रो हुनुपर्छ। यो पनि आश्चर्य छ नि। कलियुगको अन्त्यमा के छ फेरि सत्ययुगमा के देख्नेछौ! कलियुगमा पतित, सत्ययुगमा पावन। त्यस समय अरु कुनै खण्ड हुँदैन। यो गीता युग दोहोरिइरहेको छ। अच्छा! 

मीठे-मीठे सिकीलधे बच्चाहरूप्रति माता-पिता बापदादाको याद-प्यार एवं गुडमर्निङ्ग। रुहानी बाबाको रुहानी बच्चाहरूलाई नमस्ते। रुहानी बच्चाहरूको रुहानी बाबालाई गुड मर्निङ्ग, नमस्ते। 


धारणाको लागि मुख्य सारः

१) हामी रोयल बाबाका बच्चा हौं त्यसैले आफ्नो चालचलन धेरै रोयल राख्नु छ। आवाजले बोल्नु हुँदैन। धेरै मीठो बन्नु छ।

२) कहिल्यै पनि बाबासँग वा आपसमा रिसाउनु हुँदैन। रिसाएर पढाइ कहिल्यै छोड्नु हुँदैन। जति पनि खराब बानी छन् त्यसलाई छोड्नु पर्छ।

वरदान:

एक बाबाको यादमा सदा मग्न रहेर एकरस अवस्था बनाउने साक्षी द्रष्टा भव:-  

अब यस्तो पेपर आउनेछ, जुन संकल्प, स्वप्नमा पनि छैन। तर तिम्रो अभ्यास यस्तो हुनुपर्छ जसरी हदको ड्रामालाई साक्षी भएर हेर्यो भने चाहे दर्दनाक होस् वा हाँसोको होस्, फरक पर्दैन। त्यस्तै चाहे कसैको रमणिक पार्ट होस्, चाहे स्नेही आत्माको गम्भीर पार्ट होस् हर पार्ट साक्षी द्रष्टा भएर हेर, एकरस अवस्था होस्। यस्तो अवस्था तब हुन्छ, जब सदा एक बाबाको यादमा मग्न हुन्छौ।

स्लोगन:

दृढ निश्चयद्वारा आफ्नो भाग्यलाई निश्चित गरिदियौ भने सदा निश्चिन्त रहनेछौ।   

 

***OM SHANTI***

Google+ Followers