BK Murli 2 November 2016 Nepali

bk murli today

Posted by: BK Prerana

BK Prerana is executive editor at bkmurlis.net and covers daily updates from Brahma Kumaris Spiritual University. Prerana updates murlis in English and Hindi everyday.
Twitter: @bkprerana | Facebook: @bkkumarisprerana
Share:






    BK Murli 2 November 2016 Nepali

    २०७३ कात्तिक १७ गते वुधबार 02.11.2016 बापदादा मधुवन

    “मीठे बच्चे– ज्ञानवान बन्यौ भने धनवान बन्छौ, जगदम्बा ज्ञान-ज्ञानेश्वरी नै राज-राजेश्वरी बन्छिन्।”  

    प्रश्न:

    बाबालाई आफ्ना बच्चाहरूमाथि दया आउँछ त्यसैले श्रेष्ठ तकदिर बनाउनको लागि कुनचाहिँ श्रीमत दिनुहुन्छ?

    उत्तर:

    मीठा-प्यारा बच्चाहरू! शिरमा पापको जुन बोझ छ, त्यसलाई मृत्युभन्दा पहिले यादको यात्रामा रहेर निकालिदेऊ। कुनै पनि विकर्म नगर। बाबा आउनुभएको छ तिमीलाई असुरहरूको फाँसीबाट छुटाउन, त्यसैले अब यस्तो कुनै कर्म नगर।

    गीतः–

    रात के राही थक मत जाना....

    ओम् शान्ति।

    मीठा-प्यारा रुहानी बच्चाहरूले यस गीतको अर्थ बुझ्यौ। बाबा आउनुभएको छ भक्ति रुपी रातको विनाश गरेर दिनको स्थापना गर्न किनकि बाबालाई नै बोलाउँछन्– हे पतित-पावन आउनुहोस्। सम्झन्छन्– कुनै समयमा हामी पावन थियौं, अहिले पतित छौं। चीज यस्तो मागिन्छ, जुन पहिले थियो अहिले छैन। तिमी बच्चाहरूले जान्दछौ– पवित्र देवी-देवताहरूको राजधानी थियो। ज्ञान-ज्ञानेश्वरी नै फेरि राज-राजेश्वरी बन्छिन्। जसरी जगत् अम्बा, लक्ष्मी अलग-अलग हुन्। लक्ष्मीलाई कहिल्यै जगत् अम्बा भनिदैन। लक्ष्मीलाई उनका दुई बच्चाहरूले मात्र मातेश्वरी भन्छन्। यहाँ जगत् अम्बालाई धार्मिक विचारका जति पनि छन्, सबैले माता भन्छन्। देवी-देवताको मन्दिरमा गएर उनीहरूको भक्ति गर्छन्। अहिले तिमीलाई थाहा भएको छ– हामीले सबैभन्दा धेरै भक्ति गरेका छौं। दान-पुण्य आदि जति तिमीले गरेका छौ, त्यति अरु कसैले गरेका छैनन्। तिमीले सबैभन्दा धेरै भक्ति गरेका छौ। अब तिमीले आफ्नो यादगार जीवन छँदै देख्छौ। आदिदेव र आदिदेवी छन्, जसलाई जगत् अम्बा भनिन्छ। अहिले तिमीले जान्दछौ– जगत् अम्बा धनवान बन्छिन्। तिमी उनका बच्चा हौ नि। अहिले तिमीले पढिरहेका छौ। उनी हुन् विद्याकी देवी। त्यस ज्ञानले कहिल्यै राजा-रानी बनिदैन। तिमीले जान्दछौ– हामी आत्माहरू शिवबाबाको बच्चा हौं र यी हुन् प्रजापिता ब्रह्मा। शिव बाबाले यिनीद्वारा नयाँ दुनियाँको स्थापना गरिरहनु भएको छ। गाइएको पनि छ ब्रह्माद्वारा स्थापना। यसलाई राम्रोसँग बुझेर धारण गर्नु छ। भन्छन् नि– बघिनीको दूधको लागि सुनको वर्तन चाहिन्छ। यो ज्ञान पनि हो सर्वशक्तिमान परमपिता परमात्माको। त्यसको लागि पनि बुद्धि रुपी वर्तन सुनको चाहिन्छ। नयाँ दुनियाँमा आत्मा र शरीर दुवै पवित्र हुन्छन्। अहिले तिम्रो आत्मा पत्थरको बर्तन हो। त्यसैले शरीर पनि यस्तै छ। यहाँ नै श्याम र सुन्दर, पतित र पावन भनिन्छ। अन्त कहीँ यस्तो भन्दैनन्– हामी पतितहरूलाई आएर पावन बनाउनुहोस्। भन्छन्– दुःखबाट छुटाएर शान्तिमा लैजानुहोस्। विवेकले पनि भन्छ– हामी पहिले पावन थियौं, यी लक्ष्मी-नारायणको राज्य थियो। चाहे जतिसुकै ठूला मानिस हुन्, उनीहरू पनि गुरूको पाउमा पर्छन् किनकि गुरूले संन्यास धारण गरेका हुन्छन्। ५ विकारलाई छोडेका छन्, त्यसैले विकारीहरूले निर्विकारीहरूलाई मान दिन्छन्। पवित्रताको नै मान हुन्छ। द्वापरदेखि राजा-रानी र मन्त्री हुन्छन्। सत्ययुगमा राजा-रानीका मन्त्रीहरू हुँदैनन्। जब पतित राजा-रानी हुन्छन्, एक मन्त्री राख्छन्। अहिले त धेरै पतित भएकाले सयौं मन्त्रीहरू राख्छन्। यो पनि हो ड्रामाको भावी। बाबाले बताउनुहुन्छ– हेर, ड्रामाको भावी कस्तो बनेको छ! अवश्य पहिले भारतखण्ड नै थियो पछि गएर अरु धर्मका आए। बाबाले सम्झाउनुहुन्छ– यस समय तिमी हौ ज्ञान ज्ञानेश्वरी। जगत् अम्बा हुन् ब्रह्माकी छोरी, विद्याकी देवी। जगत् अम्बा ज्ञानवान बन्छिन्, जो अर्को जन्ममा धनलक्ष्मी बन्छिन्। तिमीलाई अहिले बाबाले ज्ञान सिकाइरहनु भएको छ। तिमीले जान्दछौ– हामी वहाँ धनवान बन्छौं। दुनियाँमा यो कसैलाई पनि थाहा छैन– यी लक्ष्मी-नारायण धनवान कसरी बने? लक्ष्मी-नारायण उनै ब्रह्मा सरस्वती हुन्। ब्रह्मा जगत् पिता हुन् त्यसैले अवश्य ब्राह्मण-ब्राह्मणीहरू धेरै हुनुपर्छ। तिमी कति ब्राह्मण ब्राह्मणीहरू छौ। तिमीले जान्दछौ– हामी यस ज्ञानले भविष्यमा यस्तै धनवान बन्छौं। एकदम धनकी देवी, यिनको भन्दा बढी धन अरु कसैको पासमा हुन सक्दैन। त्यसैले गाइएको छ– ज्ञान आमदानीको स्रोत हो। न्यायाधीश, वकिल आदि ज्ञानले नै बन्छन् नि। त्यसैले यो आमदानी भयो नि। कुनै-कुनै डाक्टरलाई एक-एक केसको लाखौं रूपियाँ मिल्छ। कुनै राजा-रानी आदि बिरामी हुँदा डाक्टरले निको बनाए भने खुशी भएर ठूलो-ठूलो घर बनाउनको लागि पैसा दिन्छन्। कति आमदानी भयो। त्यसैले पढाइबाट नै पद पाउँछन्। यो तिम्रो पढाइ पनि हो, धन्दा पनि हो। 

    तिमी मीठा-प्यारा बच्चाहरू अब सौदा गर्न आएका छौ। कखपन दिएर लाख कमाउँछौ। बाबा अविनाशी सर्जन पनि हुनुहुन्छ, सदा स्वस्थ रहनको लागि बाबाले योग सिकाइरहनु भएको छ। बाबा भन्नुहुन्छ, मैले ग्यारेन्टी गर्छु– तिमी २१ जन्मको लागि सदा स्वस्थ बन्छौ। त्यसैले यस्ता सर्जनको दबाई अर्थात् श्रीमतमा किन नचल्ने? बाबाको मतलाई मान। मलाई याद गर। भन्छन् नि– सिमर-सिमर सुख पाऊ, तनका सबै कलह क्लेश मेटिन्छ। भक्ति मार्गमा कुनै कलह-क्लेश मेटिदैनन्। धेरै संन्यासीहरू पनि बिरामी हुँदा अर्धांग भएर पल्टिरहन्छन्। मानौं पागल हुन्छन्। तिमी बच्चाहरू जान्दछौ– बाबाको श्रीमतमा चल्नाले हामी सदा निरोगी बन्छौं। वहाँ आयु औसत १२५-१५० वर्ष हुन्छ। यस्तो होइन– द्वापरमा एकदम ३५ वर्षको भइहाल्छ। होइन, पहिले १००-१२५ हुन्छ। फेरि ७०-८० हुन्छ, हुँदा-हुँदा अहिले त ३५-४० वर्ष हुन पुगेको छ। सानो उमेरमा नै मर्छन् किनकि भोगी छन्। तिमीले जान्दछौ– अहिले भोगीबाट योगी बनिरहेका छौं। वहाँ आयु यति लामो हुन्छ, अकालमा मृत्यु कहिल्यै हुँदैन। बाबाले स्मृति दिलाउनुहुन्छ, तिम्रो कति राज्य-भाग्य थियो। अहिले रावणले लुटेको छ। वहाँ यी मन्दिर आदि हुँदैनन्। तिम्रो नारा पनि छ– आदि सनातन देवी-देवता धर्म जिन्दाबाद, बाँकी सबै मुर्दाबाद अर्थात् अनेक धर्मको विनाश। वहाँ केवल एउटै भारतखण्ड थियो। एक खण्डमा मनुष्यहरू पनि अवश्य थोरै होलान्। तिमीले लेख्न सक्छौ– केही समयमा नै जनसंख्या ९ लाख हुन्छ, अरु सबै खतम हुन्छन्। एक धर्मको स्थापना अहिले भइरहेको छ। नयाँ दैवी राज्यमा एउटै भाषा, एउटै रीति-रिवाज हुन्छ। यहाँ हरेकको चलन आफ्नै छ। वहाँ एक राज्य, एक समुदाय थियो। तिमीले यस्ता-यस्ता नाराहरू अखबारमा पनि छपाउन सक्छौ। बाबासँग सोध्छन्– पैसा खर्च गरेर अखबारमा छपाऔं? बाबा भन्नुहुन्छ– हुन्छ छपाऊ। मनुष्यहरूलाई थाहा होस्– के भइरहेको छ? भन्छन् पनि– क्राइस्टभन्दा ३ हजार वर्ष पहिले स्वर्ग थियो। एक धर्म, एक समुदाय थियो, सूर्यवंशी देवी-देवताहरूको। यस महाभारत लडाईं पछि स्वर्गको गेट खुलेको थियो। अखबारमा लेख, नाम बी.के. को होस्। तर बी. के. तब कहलाउन सक्छौ, जब पवित्र रहन्छौ। बाबालाई बोलाएका हौ। अब बाबा आउनुभएको छ, त्यसैले अब बाबासँग प्रतिज्ञा गर। भक्तिमार्गमा कति धक्का खायौ, यज्ञ, तप, दान आदि गर्यौ। पहिले एक शिवको भक्ति गथ्र्यौ फेरि देवताहरूको, अहिले त व्यभिचारी बन्न पुगेका छन्। अब बाबाले तिमीलाई सबै दुःखबाट छुटाउनुहुन्छ। बाबाले तिमीलाई ज्ञान दिएर कति उच्च, मनुष्यबाट देवता बनाउनुहुन्छ। सत्ययुगमा तिम्रो पासमा सबै कुरा सुनको हुन्छ। बाबाले तिमीलाई श्रीमत दिएर स्वर्गको मालिक बनाउनुहुन्छ। तिमी फेरि श्रीमतमा किन चल्दैनौ? बाबाले असुरहरूको फाँसीबाट छुटाउनुहुन्छ। गर्भजेलको सजायबाट छुटाउनुहुन्छ। तिमी स्वर्गमा गर्भ महलमा रहन्छौ। यहाँ छ जेल किनकि मनुष्यले पाप कर्म गर्छन्। वहाँ ५ विकार नै हुँदैन, फेरि पनि राजा-रानी प्रजाको पदमा त फरक हुन्छ नि। पैसा कमाउनको लागि मनुष्यले मेहनत त गर्छन् नि। वहाँ मन्त्री हुँदैनन् किनकि तिमीले यहाँको प्रारब्ध पाउँछौ। अब बाबा भन्नुहुन्छ– प्यारा बच्चाहरू तिमी मेरो श्रीमतमा चल। म दूर देशबाट आएको छु, पतित शरीरमा, पतित राज्यमा। यो हो रावणको देश, आएर तिमी बच्चाहरूलाई वर्सा दिन्छु। यस्तो बाबाको आज्ञालाई नमान्नु, ऊ त कपूत ठहरियो नि। विकारको पछाडि यति किन हैरान हुनुपर्छ र। बाबा भन्नुहुन्छ– यी विकारहरू दुःख दिनेवाला हुन्। पतितलाई पावन बनाउनु– यो मेरो काम हो। कति प्यारले सम्झाउनु हुन्छ– खाऊ, पिऊ, सुखी बन, यो याद राख हामी शिवबाबाको पासमा आएका छौं, उहाँबाट हाम्रो पालना हुन्छ। यदि मित्र-सम्बन्धीहरूको चीज लगाउँछौ भने उनीहरूको याद आइरहन्छ, पद भ्रष्ट हुन्छ। यहाँ शिवबाबाको भण्डाराबाट, पतित-पावन बाबाको यज्ञबाट पालना हुनु छ, नकि पतित घरबाट। अरु कसैले दिएको चीज छ भने उसको याद आउँछ। त्यसको लागि गायन छ– अन्तकाल जो स्त्री सिमरे... कति राम्रो अवस्था हुनुपर्छ। गृहस्थ व्यवहारमा रहेर पनि बुद्धिले सम्झनु छ– यी सबै खतम हुनु नै छ। हाम्रो त एक शिवबाबा हुनुहुन्छ। अब पिताको कहिल्यै माला जपिन्छ र? मैले तिमी बच्चाहरूलाई याद दिलाउँछु– मलाई याद गर्यौ भने तिमीलाई धेरै बल मिल्छ, विकर्म विनाश हुन्छन्, बलवान बन्छौ। यी लक्ष्मी-नारायण बलवान हुन्छन् नि। जो बलवान हुन्छन्, उनीहरूले राजाई पाउँछन्। बाबाले आफ्नो उदाहरण दिन्छन्। मैले १२ गुरू बनाएँ, गुरूले भन्नुभयो– बिहान उठेर १००० माला जप। मैले भन्थें– अरु कुनै समय बताउनुहोस्। सारा दिन काम-धन्दा गर्दा थाक्थें। जसरी तिमीले पनि भन्छौ– बाबा, बिहानै उठ्न सक्दिनँ। बाबा भन्नुहुन्छ– यस्तो नभन म पवित्र रहन सक्दिनँ, यादमा रहन सक्दिनँ। यादमा गर्दैनौ भने विकर्म विनाश कसरी हुन्छ? तिमी तमोप्रधानबाट सतोप्रधान अवश्य बन्नु छ। यो अन्तिम जन्म हो, जरुर पवित्र बन। बाबाको श्रीमतमा चल्दैनौ भने के पद पाउँछौ? आधाकल्पदेखि मलाई बोलायौ। अब म भन्छु– पावन बनेर मलाई याद गर। अरुलाई पनि बाटो बताउँदै गर, सन्देश दिँदै गर। बाबा भन्नुहुन्छ– मनमनाभव। मृत्यु सामुन्ने खडा छ। तिमीलाई नै मेसेन्जर अथवा पैगम्बर भनिन्छ। तिमी ब्राह्मणहरू बाहेक कोही मेसेन्जर बन्न सक्दैन। पतित-पावन शिवबाबा आउनुहुन्छ। कसमा प्रवेश गर्नुहुन्छ? यो पनि लेखिएको छ। ब्रह्माद्वारा स्थापना। यो कहाँ बुझेका छन् र? सूक्ष्म वतनमा प्रजापिता ब्रह्मा कहाँ हुन्छन् र! यहाँ नै पतितबाट पावन बन्छन्। साइलेन्स बलद्वारा स्थापना हुन्छ, साइन्स बलद्वारा विनाश। सबैले भन्छन्– शान्ति कसरी मिल्न सक्छ? आत्मा त हो नै शान्ति स्वरुप। यहाँ आएका छौं पार्ट खेल्न, यहाँ शान्त कसरी रहन सक्छौं। त्यो शान्ति त शान्तिधाममा मिल्छ, यहाँ त दुःख मिल्छ। सत्ययुगमा सुख-शान्ति दुवै मिल्छ। 

    अब तिमी बच्चाहरूले यहाँ सम्मुखमा सुन्छौ। बाबा भन्नुहुन्छ– पतित मसँग मिल्न नआओस्। नत्र लिएर आउने ब्राह्मणीमाथि पाप चढ्छ। (इन्द्र सभाको परीको उदाहरण) वास्तवमा इन्द्रसभा यो हो। यहाँ ज्ञान सब्ज परीहरू, पुखराज परीहरू छन्। त्यसैले झनै धक्का लाग्छ। बाबाले सख्त मनाही गर्नुहुन्छ। कुनै पतितलाई लिएर आउनु हुँदैन। पहिले बाबाले सदैव सोध्नुहुन्थ्यो– प्रतिज्ञा गरेका छौ? भन्थे पुरूषार्थ गरिरहेको छु। जब पक्का निश्चय हुन्छ, अनि मात्र भेट्नुपर्छ। यदि मिलेपछि पनि विकारमा जान्छन् भने सय गुणा दण्ड पर्छ। बाबाले सम्झनुहुन्छ– सायद यसको तकदिरमा छैन। बाबाले त पुरूषार्थ बताउनु हुन्छ तकदिर बनाउनको लागि। फेरि यस्तो बाबाले भनेको मानेन भने कस्तो गति होला! बाबालाई दया लाग्छ, बाबा भन्नुहुन्छ– आफूलाई सुधार्दै जाऊ। यस्तो नहोस् चल्दा-चल्दै मर्नु परोस्। डर रहनुपर्छ, मैले बाबालाई याद गरेर पापको बोझ उतार्नु छ। अच्छा! 

    सबैको सद्गति गर्नेवाला एक शिवबाबा नै हुनुहुन्छ, उहाँको त फोटो निकाल्न सकिँदैन। उहाँलाई दिव्य दृष्टिद्वारा नै देख्न सकिन्छ। बाँकी जान्न भने सकिन्छ। अच्छा! 

    मीठे-मीठे सिकीलधे बच्चाहरूप्रति माता-पिता बापदादाको याद-प्यार एवं गुडमर्निङ्ग। रुहानी बाबाको रुहानी बच्चाहरूलाई नमस्ते। रुहानी बच्चाहरूको रुहानी बाबालाई गुडमर्निङ्ग, नमस्ते। 


    धारणाको लागि मुख्य सारः

    १) यस्तो अवस्था बनाउनु छ, अन्तकालमा एक बाबाको याद आओस्। अरु कोही याद नआओस्, बुद्धिमा रहोस्– यो सबै विनाश हुनेवाला छ।

    २) आफूले आफैंलाई सुधार्नु छ। यस अन्तिम जन्ममा पवित्र अवश्य बन्नु छ। डर राख्नु छ– मबाट कुनै पाप कर्म नहोस्।

    वरदान:

    पहिलो श्रीमतमा विशेष ध्यान दिएर फाउन्डेसनलाई मजबुत बनाउने सहजयोगी भव:-  

    बापदादाको नम्बरवन श्रीमत हो आफूलाई आत्मा सम्झेर बाबालाई याद गर्नु। यदि आत्माको सट्टा आफूलाई साधारण शरीरधारी सम्झन्छौ भने याद टिक्न सक्दैन। जब कुनै दुईवटा चीजहरू जोडिन्छ भने पहिले समान बनाइन्छ, त्यस्तै आत्मा सम्झेर याद गर्छौ भने याद सहज हुन्छ। यो श्रीमत नै मुख्य आधार हो। यस कुरामा बारम्बार ध्यान दियौ भने सहजयोगी बन्छौ।

    स्लोगन:

    कर्म आत्माको दर्शन गराउने दर्पण हो, त्यसैले कर्मद्वारा शक्ति स्वरुपलाई प्रत्यक्ष गर   

     

    ***OM SHANTI***