BK Murli 20 November 2016 Nepali

BK Murli 20 November 2016 Nepali

२०७३ मङ्सिर ०५ गते आइतबार 20.11.2016 बापदादा मधुवन

दूरदेशी बच्चाहरूसँग दूरदेशी बापदादाको मिलन


आज बापदादा आफ्ना लभली अर्थात् लभलीन बच्चाहरूसँग मिल्न आउनुभएको छ। दूरदेशबाट आउनुभएको छ। दूरदेशबाट आएका बच्चाहरूसँग दूरदेशी बापदादा मिलन मनाउनको लागि आउनुभएको छ। जति बच्चाहरूले बापदादालाई दिलदेखि याद गर्छन्, दिलको यादको रेस्पोन्ड दिनको लागि दिलाराम बाबा आउनुभएको छ। तिमी एक-एक लभलीन आत्माहरू देखिइरहेको छ। जसले टाढा भएर पनि आफ्नो यादप्यार पठाएका छन्, ती सबै प्यारा आत्माहरू आकारी रुपमा यस संगठनको बीचमा बापदादाको सामुन्ने इमर्ज छन्। बापदादाको सामुन्ने धेरै ठूलो सभा लागेको छ। तिमीहरू सबैभित्र जुन सबैको याद-प्यार भरिएको छ, त्यो यादको रुप आकार रुपमा सबैको साथमा छ। बापदादाले सबै बच्चाहरूको उमंग-उत्साह र खुशीको गीत सुनिरहनु भएको छ। यति प्यारको, खुशीको गीत बापदादाले केवल देखि मात्र रहनुभएको छैन। देख्नुको साथ-साथै गीतमाला पनि सुनि रहनुभएको छ। सबै बच्चाहरूभित्र, दिलमा वा नयनमा एकै बाबाको यादको एकरस स्थितिको झलक देखिइरहेको छ। 

“एक बाबा दोस्रो न कोही”– यसै स्थितिमा स्थित बच्चाहरूलाई देखिरहनुभएको छ। आज मेलामा आउनुभएको छ। वाणी सुनाउन आउनुभएको होइन। केवल तकदिरवान बच्चाहरूको तस्वीर हेर्न आउनुभएको छ। फक्रिएका रूहानी गुलाब बच्चाहरूको सुवास लिन आउनुभएको छ। सबै बच्चाहरूले हिम्मतको आधारमा, स्नेहको प्रत्यक्षफल सम्मुख मिलन राम्रो देखाएका छन्। भिन्न-भिन्न प्रकारका बन्धनहरूलाई पार गर्दै आफ्नो स्वीट होममा आइपुगेका छौ। यस्ता बन्धनमुक्त बच्चाहरूलाई बापदादाले पदमगुणा बधाई दिइरहनुभएको छ। 

साना-साना बच्चाहरूको पनि कमाल छ। यी साना बच्चाहरू संगमयुगको शृंगार हुन् अनि भविष्यमा के गर्छौ? अहिलेको शृंगार हौ, भविष्यको अधिकारी हौ। सबैको हत्केलामा स्वर्गको स्वराज्यको गोला देखिइरहेको छ नि, हैन? जो चित्र बनाइएको छ, त्यो एउटाको मात्र होइन, तिमीहरू सबैको हो। आफ्नो चित्र देखेका छौ? के सम्झन्छौ– हामी सबैको चित्र हो या एक श्रीकृष्णको मात्र हो? कसको हो? तिमीहरू सबैको हो कि होइन? सदा याद रहन्छ– आज ब्राह्मण र भोलि फरिश्ताबाट देव-पदधारी बन्यौं कि बन्यौं? ज्ञानको दर्पणमा आफ्नो यो चित्र “फरिश्ता सो देवता” सदा देखिन्छ? जसरी अहिले सबैको दिलको आवाज सदा निक्लिन्छ, कुन आवाज? “मेरो बाबा”। त्यसैगरी सदा ज्ञानको दर्पणमा आफ्नो चित्र देख्दा यो आवाज निक्लिन्छ– यो मेरै चित्र हो? “मेरा बाबा” मेरो चित्र! किनकि अब आफ्नो राज्य र राज्य गर्ने राज्य-अधिकारी स्वरुप धेरै समीप आइरहेको छ। जुन चीज समीप आउँछ, त्यो स्पष्ट अनुभव हुन्छ। यस्तो स्पष्ट आफ्नो फरिश्ता स्वरुप, देवता स्वरुप अनुभव हुन्छ? अच्छा! 

आज त विशेष बच्चाहरूले बोलायौ त्यसैले बापदादा बच्चाहरूको आज्ञाकारी हुनुको कारणले मिलन मनाउन आउनुभएको छ। विशेष एक-दुई आत्माहरूको कारण सबै बच्चाहरूसँग मिलन भयो। यही लगनको जबाफ हो। डबल विदेशीहरूको चाहना सदा अलग-अलग मिल्ने हुन्छ। जसरी पिताले बच्चाहरूको दिललाई देख्छन्, त्यसैगरी बाबाले पनि बच्चाहरूको दिलको रेस्पोन्ड गर्नुहुन्छ। त्यसैले मिल्दै रहनेछु। अब त अल्लाहको बगैंचामा आइपुगेका छौ। मिलन मनाइरहनेछौ। अच्छा! 

यस्तो स्नेहको बन्धनमा बाँधिने र बाँध्ने, सदा लभलीन बच्चाहरूलाई, सदा बाबाको गुणहरूको गीत गाउने मिलनसार बच्चाहरूलाई, सदा खुशीको झुलामा झुल्ने भाग्यवान बच्चाहरूलाई, सदा खुशी रहने मुबारकको साथ-साथै बापदादाको यादप्यार एवं नमस्ते। रुहानी बच्चाहरूको रुहानी बाबालाई गुडमर्निङ्ग, नमस्ते।

साना-साना बच्चाहरूसँगः– 

बापदादालाई साना-साना बच्चाहरूलाई देखेर धेरै खुशी हुन्छ। हरेक बच्चाहरूको मस्तकमा के देखिइरहेको छ? के छ तिमीहरूको मस्तकमा? आत्मा मणी समान चम्किरहेको छ। बापदादाले सबै बच्चाहरूको मस्तकमा चम्किरहेको मणी देखिरहनु भएको छ। तिमीहरू सबैको मनमा के संकल्प छ? साना-साना बच्चाहरू अर्थात् बापदादाको गलाको मालाको दाना। तिमी बच्चाहरू कुन नम्बरमा छौ, यो थाहा छ? (फस्ट नम्बरमा) लक्ष्य कति राम्रो राखेका छौ। बापदादाले त साना बच्चाहरूलाई अगाडि राख्नुहुन्छ। पछाडि होइन किनकि तिमीहरू सबै साना बच्चाहरू जन्मैदेखि पवित्र छौ र पवित्र आत्माहरूको संगतमा छौ। त्यसैले पवित्र आत्माहरूलाई सदा नयनमा राख्छन्। त्यसैले के भयौ तिमीहरू सबै? आँखाको तारा, नूरे रत्न भयौ नि! यस्तो सम्झन्छौ? बच्चाहरूको यादप्यार पुग्नु पहिले नै बापदादा आउनुभयो। सबैले धेरै राम्रा-राम्रा चित्र पनि पठायौ। राम्रो-राम्रो लक्ष्यको संकल्प पनि गर्यौ। 

जसले जे लक्ष्य राखेका छौ– कुनै टीचर बनेर जान्छु, कुनै नम्बरवन ब्रह्माकुमारी वा ब्रह्माकुमार बन्छु। त्यसैले नम्बरवन टीचर वा ब्रह्माकुमार कुमारीको विशेषता के लिएर जान्छौ? धेरै सहज छ। केवल एउटा सानो कुरा याद राख्नु छ। एक बाबाको यादमा रहनु छ। एक बाबाको सन्देश हरेकलाई दिनु छ। कुनै पनि परिस्थिति आओस्, कुरा आओस्, एकरस रहनु छ। यही नै नम्बरवन ब्रह्माकुमार कुमारी हो। सहज छ या मुश्किल छ? सबैले बिहान उठ्ने बित्तिकै गुडमर्निङ्ग गर्छौ? यादमा बस्छौ? अबदेखि सधैं अमृतबेला उठ्ने बित्तिकै पहिले यादमा बस। अच्छा! तिमीहरू सबै साना-साना बच्चाहरूलाई सबैभन्दा मीठो कुनचाहिँ चीज लाग्छ? (टोली) (त्यसपछि बापदादाले सबैलाई टोली खुवाउनुभयो)। 

डाक्टरहरूसँग अव्यक्त बापदादाको भेटघाटः– 

सबैले मिलेर सेकण्डमा निको पार्ने कुनै गोली निकालेका छौ? आजकलको समय र परिस्थिति प्रमाण अहिले सेकण्डमा निको हुने इच्छुक अनेक आत्माहरू छन्। प्रदर्शनीमा सम्झाऊ, चाहे भाषण गर तर सबै भाषण सुनेर, प्रदर्शनी हेरेर पनि इच्छा के राख्छन्? सेकण्डमा मुक्ति पाउने। दुई वटा इच्छाहरू सबै आत्माहरूको छ– एक त सदाको लागि मुक्ति मिलोस् र अर्को धेरै चाँडो भन्दा चाँडो मुक्ति होस् किनकि अनेक प्रकारका दुःख दर्द सहन गर्दा-गर्दा सबै आत्माहरू थाकेका छन्। तिमी डबल डाक्टरहरूको पासमा के इच्छाले आउँछन्? यी दुई वटा इच्छाहरूलाई लिएर आउँछन्। आपसमा जो मीटिंग गर्यौ, त्यसमा यस्तो कुनै चीज निकाल्यौ? मेडिटेशनमा पनि सहज तरीका निकाल्यौ? प्रदर्शनी त बनाउँछौ र बनेका पनि छन्। तर हर चित्रमा यस्तो सार भर जसमा अटेन्शन जानासाथ शान्ति र सुखको अनुभूति गरुन् किनकि विस्तार त सबैले जान्दछन् तर हर चित्रमा रुहानियत होस्। जस्तै कुनै पनि चीजमा सेन्ट लगाइदियौ, सुगन्ध छरिदियौ भने कुनै पनि चीजमा त्यो सुगन्धले आकर्षित अवश्य गर्छ। अनुभव गर्छन्– यो सुगन्ध कहाँबाट आइरहेको छ? चित्र त ठीकै छ बनाऊ तर चित्रको साथमा जुन प्रभाव पर्छ, त्यो चित्रमा पनि चैतन्यता भरिएको होस्। जस्तै हेर यहाँ मधुबनमा जडमा चैतन्यताको अनुभव गर्छौ नि! हर स्थानमा जाऊ, चाहे झुपडीमा जाऊ त्यहाँ कस्तो अनुभव गर्छौ? चैतन्यताको अनुभव गर्छौ हैन? यसैगरी वायुमण्डल यस्तो बनाऊ, वायब्रेशन यस्तो फैलाऊ, जसले गर्दा चित्रहरूमा पनि चैतन्यताको अनुभव होस्। जति पनि स्टल बनाउँछौ, जसरी विज्ञानले कहीँ हरियालीको अनुभूति दिलाउँछ, कहीँ सागरको, पानीको अनुभूति दिलाउँछ। यस्तो स्टल बनाऊ, अनुभव होस्– सागरमा आइपुग्यौं, पहाडमा आइपुग्यौं। त्यसैगरी वातावरण यस्तो होस्, जसले गर्दा अनुभव गरुन्– सुखको स्थानमा आइपुग्यौं। त्यसो त मेहनत जति गरेका छौ, त्यो राम्रो गरेका छौ। मिलन पनि भयो, प्लान पनि निकाल्यौ। अब आवश्यकता छ– प्वाइन्ट रुप बनेर प्वाइन्ट दिने। प्वाइन्टद्वारा प्वाइन्ट बताउनु– यस्तो समय अब छैन। अब प्वाइन्ट रुप बनेर प्वाइन्ट छोटकारीमा दिनु छ। यस्तो स्वयंलाई पनि शक्तिशाली स्टेजमा सदा ल्याऊ र अरुलाई पनि यस्तो स्टेजमा खिँच, जसले गर्दा तिम्रो सामुन्ने आउने बित्तिकै यस्तो अनुभव गरुन्– कहाँ यस्तो स्थानमा आइपुग्यौं! जहाँ जे प्राप्ति गर्न चाह्यो, त्यो मिल्छ। जस्तै स्थूल डाक्टरीद्वारा बिरामीलाई विश्वास दिलाउँछौ नि– डाक्टर धेरै राम्रो हुनुहुन्छ, यहीँबाट निको हुन्छ। त्यस्तै रुहानी डाक्टरीमा पनि यस्तो शक्तिशाली स्टेज होस्, जसले गर्दा सबैको विश्वास होस्– यहाँ आइपुगेको छु, त्यसैले प्राप्ति अवश्य हुन्छ। दुवै कुरा निकाल्यौ हैन? दुवैको सन्तुलन होस्। त्यो पनि आवश्यक छ किनकि आजकलको समय अनुसार, जुन धेरै जन्मको हिसाब-किताब अर्थात् कर्मभोग छ, त्यो समाप्त पनि अवश्य हुनु छ। कर्मभोगको हिसाब खतम गर्नको लागि स्थुल दबाई अनि कर्मयोगी बनाउनको लागि यो रुहानी दबाई। अब सबै भोगेर खतम गर्नेछन्। चाहे मनसाद्वारा, चाहे शरीरद्वारा। सबै आत्माहरू मुक्तिधाममा त जान्छन् नि। अब न रोगी रहन्छन्, न डाक्टर रहनेछन्। यसको अभ्यास अन्त्यमा पनि हुनेछ। डाक्टर भएर पनि केही गर्न सक्दैनन्। यति धेरै बिरामी हुनेछन्। त्यतिबेला केवल आफ्नो दृष्टिद्वारा, भायब्रेशनद्वारा, उनलाई अस्थायी वरदानद्वारा शान्ति दिन सक्छौ। मर्छन् पनि धेरै। मर्नेलाई जलाउने पनि समय हुँदैन किनकि अब अतिमा जानु छ। अतिमा गएर अन्त्य हुनेछ। अहिलेको समाचार अनुसार पनि हेर कुनै नयाँ बिमारी फैलियो भने कति छिटो फैलिन्छ। जबसम्म डाक्टरले त्यस नयाँ बिमारीको दबाई निकाल्दैनन्, तबसम्म कति खतम हुन्छन् किनकि अतिमा गइरहेको छ। र, जब यस्तो हुन्छ अनि डाक्टरले पनि बुझ्नेछन्– हामीभन्दा पनि कुनै श्रेष्ठ चीज छ। अहिले त अभिमानको कारणले भन्छन्– आत्मा-परमात्मा केही पनि छैन। डाक्टरी नै सबैथोक हो। फेरि त्यो पनि अनुभव गर्नेछन्। जब केही पनि कन्ट्रोल गर्न सक्दैनन् अनि कहाँ नजर जान्छ? अझै नयाँ-नयाँ रोग कति आउनेवाला छन्! यो नयाँ रोगले नयाँ परिवर्तन ल्याउनेछ। 

तिमीहरू त धेरै-धेरै भाग्यवान आत्मा हौ, जो विनाश भन्दा पहिले आफ्नो अधिकार प्राप्त गर्यौ। अरु सबै चिच्याउनेछन्, हामीले केही पाएनौं अनि तिमीले बापदादाको साथमा दिलतख्त नशीन भएर उनीहरूलाई वरदान दिनेछौ। त्यसैले कति भाग्यवान छौ। सदैव खुशी रहन्छौ हैन? सदा यसै मस्तीमा झुम्दै सबै बिरामीहरूलाई पनि सदा खुशीको झुलामा झुलाऊ। त्यसपछि तिमीलाई नै भगवानको अवतार मान्न थाल्नेछन् तर तिमीले फेरि इसारा गर्नेछौ यथार्थ तर्फ। यस्तो भावनामा आएपछि इसारा गर्न सक्छौ नि। सबै जना यस्तो तयार छौ हैन? सबै डाक्टरहरूको धेरै राम्रो ग्रुप छ। अब यसैगरी भी. आई. पीज ग्रुप ल्याऊ। जो जस्तो हुन्छ, उसले त्यस्तै ल्याउँछ। त्यसैले जति डाक्टर आएका छौ, त्यति भी. आई. पीज त आउँछन् नि, हैन? 

विदेशमा पनि अनुभवको अगाडि सबै झुक्छन्। विज्ञान शान्तिको शक्तिको अगाडि अवश्य झुक्नेछ। अहिले ठूला-ठूला वैज्ञानिकहरू पनि निराश हुन थालेका छन्। कहाँ जानेछन्? जहाँ तिमी शान्तिदूतहरूको किरण देखिन्छ, त्यहाँ नै नजर जानेछ। तिम्रो एटम (आत्मा)द्वारा नै उनीहरूले एटम बनाएका छन्। अनुसरण त तिम्रै गरेका हुन्। यदि आत्मिक शक्ति छैन भने यो एटमिक बम कसले बनाउने? 

जब चारैतिर अन्धकार छाउनेछ, अनि तिम्रो किरणहरू अन्धकारमा स्पष्ट देखिन्छ। ज्ञानको लाइट, गुणहरूको लाइट, शक्तिको लाइट, सबै लाइटहरूले लाइट हाउसको कार्य गर्नेछ। मधुबनमा आयौ, रिफ्रेश पनि भयौ र सेवा पनि भयो, अनि प्रत्यक्षफल पनि मिल्यो। योजनाहरू जे बनाएका छौ, त्यसलाई अगाडि बढाइराख। बापदादाको पासमा त तिम्रो संकल्प पनि आइपुग्छ। कागजमा त तिमीले पछि लेख्छौ। अच्छा! 

पार्टीहरूसँगः– संगमयुगी ब्राह्मणहरूको शृंगार हो– सर्वशक्ति र सर्वगुण। सदा बाबाको यादको छत्रछायाँ भित्र रहन्छौ? यस्तो अनुभव गर्छौ– सदा बाबाको छत्रछाया ममाथि छ? जस्तै कल्प पहिलेको यादगारमा देखेका छौ– पहाडलाई छत्रछाया बनाइदिनुभयो। त्यस्तै सारा कलियुगी समस्याहरूको पहाडलाई बाबाको यादद्वारा समस्या होइन, छत्रछाया बनाइदियौ। यस्तो समस्याहरूको समाधान गर्नेवाला मास्टर सर्वशक्तिवान हौ? कुनै पनि प्रकारका समस्याले स्वयंलाई कमजोर त बनाउदैन? विघ्न-विनाशक हौ नि? लगनको आधारमा विघ्न कस्तो अनुभव हुन्छ? एक खेलौना लाग्छ। यसलाई भनिन्छ– मास्टर सर्वशक्तिवान। सर्वशक्ति आफ्नो जीवनको एक शृंगार बन्यो? संगमयुगी ब्राह्मणहरूको शृंगार नै हो सर्वशक्ति। त्यसैले सर्वशक्तिद्वारा शृंगारिएको सजिसजाऊ। अहिले गुणहरू र शक्तिद्वारा सजिएको र भविष्यमा स्थूल गहनाहरूद्वारा सजिएको। तर अहिलेको शृंगार सारा कल्पको भन्दा श्रेष्ठ छ। १६ शृंगार, १६ कला सम्पन्न। त्यसैले अहिलेदेखि संस्कार भर्नु छ नि। यस्तो सजिसजाऊ छौ हैन। अच्छा! 


वरदान:

बेहदको वैराग्य वृत्तिद्वारा नष्टोमोहा स्मृति स्वरुप बन्ने अचल-अडोल भव:-  

जो सदा बेहदको वैराग्य वृत्तिमा रहन्छ, ऊ कहिल्यै कुनै पनि दृश्यलाई देखेर आत्तिदैन वा हल्लिदैन, सदा अचल-अडोल रहन्छ किनकि बेहदको वैराग्य वृत्तिद्वारा नष्टोमोहा स्मृति स्वरुप बन्छ। यदि अलिकति केही देखेर अंश मात्र पनि हलचल हुन्छ या मोह उत्पन्न हुन्छ भने अंगद समान अचल-अडोल भनिँदैन। बेहदको वैराग्य वृत्तिमा गम्भीरताको साथसाथै रमणिकता पनि भरिएको हुन्छ।

स्लोगन:

राज्य अधिकारीको साथ-साथै बेहदको वैरागी बनेर रहनु– यही राजऋषिको निशानी हो।   




***OM SHANTI***

 

Google+ Followers