BK Murli 23 November 2016 Nepali

BK Murli 23 November 2016 Nepali

२०७३ मङ्सिर ८ गते बुधबार 23.11.2016 बापदादा मधुवन

“मीठे बच्चे– संगमयुगमा तिमीलाई बाबाद्वारा राम्रो बुद्धि र श्रेष्ठ मत मिल्छ, जसद्वारा तिमी ब्राह्मणबाट देवता बन्छौ।”  

प्रश्न:

तिमी बच्चाहरू कुन मस्तीमा रह्यौ भने चलन धेरै रोयल हुन्छ?

उत्तर:

तिमीलाई ज्ञानको मस्ती चढिरहनुपर्छ। ओहो! हामी भगवानको सम्मुख बसेका छौं। हामी यहाँबाट जान्छौं, गएर विश्वको मालिक, क्राउन प्रिन्स बन्छौं। जब यस्तो मस्ती रहन्छ, चलन स्वतः रोयल हुन्छ। मुखबाट धेरै मीठो बोली निक्लिन्छ। आपसमा धेरै प्यार रहन्छ।

गीतः–

महफिल में जल उठी शमा....

ओम् शान्ति।

मीठा-प्यारा बच्चाहरू! रुहानी बच्चाहरूले ब्राह्मण बनेर रुहानी बाबाबाट यो अवश्य बुझेका छन्– हामी संगमयुगी ब्राह्मण हौं। बाबाले हाम्रो बुद्धिको ताला खोल्नुभएको छ। अब हामीलाई थाहा छ– यो हो संगमयुग। मनुष्य जति पनि पतित भ्रष्टाचारी छन्, उनीहरू फेरि पावन बनेर भविष्यमा पावन श्रेष्ठाचारी पुरूषोत्तम कहलाउँछन्। यी लक्ष्मी-नारायण कुनै समयमा त पुरूषार्थ गरेर पुरूषोत्तम बनेका हुन् नि। यिनको इतिहास अवश्य हुनुपर्छ। यी लक्ष्मी-नारायणको राज्य कहिले स्थापना भयो? न कलियुगमा, न सत्ययुगमा। स्वर्गको स्थापना हुन्छ नै संगमयुगमा। यति विस्तारमा कोही जाँदैनन्। तिमीलाई थाहा छ– यो संगमयुग हो। कलियुगपछि सत्ययुग नयाँ दुनियाँ हुन्छ, त्यसैले अवश्य संगमयुग पनि हुन्छ। फेरि नयाँ दुनियाँमा नयाँ राज्य हुन्छ। बुद्धि चल्नुपर्छ। तिमीलाई थाहा छ– बाबाद्वारा हामीलाई राम्रो बुद्धि र श्रीमत मिलिरहेको छ। भन्दछन्– हे ईश्वर! यिनलाई सदा सुमत अथवा राम्रो मत दिनुहोस्। उहाँ सारा दुनियाँको पिता हुनुहुन्छ। सबैलाई राम्रो मत दिनेवाला हुनुहुन्छ। संगमयुगमा आएर आफ्ना बच्चाहरूलाई राम्रो मत दिनुहुन्छ, जसलाई शास्त्रमा पाण्डव सम्प्रदाय र दैवी सम्प्रदाय लेखिएको छ। ब्राह्मण सम्प्रदाय र दैवी सम्प्रदायलाई पनि कसैले जान्दैनन्। ब्रह्माद्वारा नै ब्राह्मण सम्प्रदाय बन्न सक्छ। परमपिता परमात्माले नै ब्रह्माद्वारा यो रचना रच्नुहुन्छ। प्रजापिता छन् त्यसैले यति सबै ब्रह्माकमार ब्रह्माकुमारीहरू छन्। जबसम्म कसैले आएर तिमी ब्राह्मणहरूबाट ज्ञान लिदैन, सद्गति कसरी हुन सक्छ? तिम्रो पासमा धेरै आउनेछन्। सन्यासी पनि आउनेछन् र अरु धर्मका पनि आउनेछन्, बाबासँग वर्सा लिन। स्वर्गमा उनीहरूको पार्ट छैन तर बाबा आउनु भएको छ– यो सन्देश सबैलाई दिनु छ। अहिले हिन्दू कहलाउनेवाला कसैले पनि देवी-देवता धर्मलाई जान्दैनन्। ती जो पहिले सतोप्रधान थिए, उनीहरू फेरि तमोमा आउनाले आफूलाई देवी-देवता कहलाउन सक्दैनन्। तिमी बच्चाहरूले जान्दछौ– रावणको राज्य पनि यहाँ नै हुन्छ र परमपिता परमात्मा जसलाई राम भनिन्छ उहाँको जन्म पनि यहाँ नै हुन्छ। गायन पनि छ– पतित-पावन सीताराम। तर पतित कसले बनायो, रावण को हो, किन पतित-पावन बाबालाई बोलाउँछन्? यो कसैलाई पनि थाहा छैन। यो कसैले पनि सम्झदैनन्– हामीमा जो ५ विकार छन्, त्यही रावण हो। जसमा ५ विकार छैनन्, उनीहरू राम सम्प्रदाय हुन्। अहिले रामराज्य छैन यसैले सबैले चाहन्छन् नयाँ दुनियाँ, नयाँ पवित्र राज्य। राम भनिन्छ शिवबाबालाई, तर उनीहरूले परमात्मा रामलाई सम्झेका छन् यसैले शिवबाबालाई बिर्सिएका छन्। तिमीले सम्झाउन सक्छौ– रामराज्य कसलाई भनिन्छ। शास्त्रहरूमा लेखिदिएका छन्– रामकी सीता अपहरण गरियो, तर राजाकी रानीलाई चोरेर लग्यो, के यो हुन सक्छ? शास्त्र पनि धेरै छन्। मुख्य शास्त्र हो गीता। शास्त्रहरूमा लेखिएको छ– ब्रह्माद्वारा ब्राह्मण, देवता, क्षत्रिय धर्मको स्थापना गरिन्छ। 

त्यसैले प्रजापिता पनि यहाँ नै हुनुपर्छ। ब्रह्माका यति धेरै बच्चाहरू छन्, त्यसैले यो हो मुख वंशावली, यतिका कोख वंशावली हुन सक्दैन। सरस्वती पनि मुख वंशावली हुन् त्यसैले ब्रह्माकी स्त्री हुन सक्दैन। अब बाबा भन्नुहुन्छ– ब्रह्मा मुखद्वारा तिमी ब्राह्मण बन्छौ, मेरा बच्चा बन्छौ। तिमीलाई थाहा छ– शिवबाबाको कति महिमा छ। बाबा पतित-पावन, लिबरेटर पनि हुनुहुन्छ। यो सबै गाउँछन् पनि तर बुझ्दैनन्, यसैले पहिले बाबाको परिचय दिनु छ– उहाँ पतित-पावन हुनुहुन्छ, गीताको भगवान पनि हुनुहुन्छ। निराकार शिवबाबा हुनुहुन्छ त्यसैले अवश्य आएर ज्ञान सुनाउनु भयो। अहिले जुन शरीरद्वारा ज्ञान सुनाउनुहुन्छ, उनको नाम राखिएको छ ब्रह्मा। नत्र ब्रह्मा कहाँबाट आऊन्! ब्रह्माको पिता को हो? ब्रह्मा-विष्णु-शंकरको रचयिता को हो? यो हो गहन प्रश्न। त्रिमूर्ति देवता त भन्छन् तर यी आए कहाँबाट! बाबा सम्झाउनुहुन्छ– यिनको पनि रचयिता सर्वोच्च भगवान नै हुनुहुन्छ, जसलाई शिव भनिन्छ। यी ३ देवताहरू प्रकाशका छन्, यिनमा हाड मासु छैन तर मोटो बुद्धिवाला बुझ्न सक्दैनन्। यसमा सम्झाउनु छ–सर्वोच्च भगवान हुनुहुन्छ। उहाँले ब्रह्माद्वारा स्वर्गको वर्सा दिनुहुन्छ। गाउँछन् पनि– मनुष्यबाट देवता.... फेरि देखाउँछन् विष्णुको नाभिबाट ब्रह्मा निक्ले। के नाभीबाट पनि बच्चा हुन्छ र? अब बाबा बसेर सबै रहस्य सम्झाउनुहुन्छ। तर जब कसैले बुझे तो हो। 

तिमीलाई थाहा छ– आत्मालाई नै पाप आत्मा, पुण्य आत्मा भनिन्छ। यस्तो होइन– पवित्र आत्मा सो परमात्मा हो। परमात्मा बाबा त सदा पावन हुनुहुन्छ। तमोप्रधानलाई पतित भनिन्छ। सत्ययुगमा जब सुख थियो, दुःखको नाम निशान थिएन। मनुष्यले त भनिदिन्छन् स्वर्ग अहिले नै छ। केही पनि बुझ्दैनन्। तर अन्त्यमा आएर बाबाबाट वर्सा लिन्छन्। तिमी बच्चाहरूले नै जान्दछौ– हामीले आफ्नो राजधानी स्थापना गरिरहेका छौं। विश्वको मालिक अरु कोही बन्न सक्दैन। विश्वमा राज्य सत्ययुगमा हुन्छ। कलियुगमा सारा विश्वमा राज्य गर्न सकिँदैन। यो पनि कसैलाई थाहा छैन। गीतामा पनि छ– महाभारत लडाई लागेको थियो, तब नै सबै धर्म विनाश हुन्छन्। जसरी एक बाँसको वृक्ष हुन्छ, त्यो जब सुक्छ भने आपसमा रगडिनाले आगो लाग्छ र सारा जंगल जल्छ। यो मनुष्य सृष्टि वृक्ष पनि जीर्ण भएको छ। यसलाई पनि अब आगो लाग्दैछ, एक आपसमा लडेर खतम हुन्छन्। आगोको समान बनाइरहन्छन्। अब आणविक बमद्वारा आगो लाग्नेछ। यो रहस्य उनीहरूले जादैनन्। अब कलियुग नर्क परिवर्तन भएर स्वर्ग बन्नेवाला छ। यस ज्ञानमा मस्ती धेरै हुनुपर्छ। आफूलाई देख्नु छ– म त्यो मस्ती वा नशामा रहन्छु? हामी परमात्माको सन्तान हौं, उहाँबाट स्वर्गको वर्सा पाइरहेका छौं। आपसमा कुरा गर्ने रोयल्टी चाहिन्छ। यहाँबाट सबै कुरा सिक्नु छ। पछि गएर त्यही संस्कार लैजान्छौ । अति मीठो बन्नु छ, बडो नशा चाहिन्छ। शिवबाबाको हामी बच्चा हौं। देवता पद पाउनेवाला हौ, त्यसैले एक-अर्कासंग कति प्यारले बोल्नुपर्छ। तर बच्चाहरूको मुखबाट अझै फूल निस्कदैन। तिमी कति उच्च हौ। तिमीलाई यो याद रहनुपर्छ– हामी शिवबाबाका सन्तान हौं फेरि सत्ययुगमा महाराजा बन्छौं। अर्थात् हामी विश्वको युवराज (क्राउन प्रिन्स) बन्छौं। तिमी बच्चाहरूलाई आन्तरिक खुसी हुनुपर्छ– हामी परमात्माको सम्मुख बसेका छौ, जसबाट स्वर्गको वर्सा मिल्छ उहाँको श्रीमतमा चल्नु छ। तिमीलाई थाहा छ– हाम्रो राजधानी स्थापना भइरहेको छ। राजधानीमा सबै चाहिन्छ। तर तिमी बच्चाहरूको मुखबाट सदैव रत्न निस्किनुपर्छ। बाबा रुप पनि हुनुहुन्छ भने वसन्त पनि हुनुहुन्छ। कथा सबै अहिलेका हुन्। बाबा हुनुहुन्छ ज्ञानका सागर। उहाँले ज्ञानको वर्षा गर्नुहुन्छ। बाँकी ती इन्द्र देवताले बर्सात बर्साउनुहुन्छ, यस्तो कुरा होइन। यी बादल स्वाभाविक बन्छन्, बर्सात गर्छन्। सत्ययुगमा यी ५ तत्वहरू पनि तिम्रो दास बन्छन् र यहाँ मुनुष्य सबैको दास बन्न पुगेका छन्। यहाँ हरेक कुरामा मेहनत गर्नुपर्छ। वहाँ सबै कुरा स्वतः हुन्छ। त्यसैले बच्चाहरूलाई बाबाको याद सदा रहनुपर्छ। 

यसले खुसीको पारा सदा चढिरहन्छ। उनीहरूले (वैज्ञानिकहरूले) पनि मन्थन गर्छन्। तिमी बच्चाहरूलाई वाणीको मन्थन गर्नु छ। वाणीको प्रवाह कहिलेकाहीँ धेरै राम्रो रहन्छ, कहिले कम– यसलाई भनिन्छ मन्थन गर्नु। बच्चाहरूले बाबाको अवस्थालाई हेरिरहेका छन् र बाबाले आफ्नो अनुभव सुनाउँछन्। कहिले धेरै उत्साहको प्रवाह रहन्छ, कहिले कम। कहिले धेरै राम्रा प्वाइन्ट निस्किन्छन्। बाबा पनि सहयोगी बन्नुहुन्छ। यो पनि तिमीले महसुस गर्छौ। बाबाले त कहिले मुरली हातमा लिनुहुन्न। बच्चाहरूले पत्रिका लेख्छन्, बाबाले कहिलेकाहीँ हेर्नुहुन्छ– कहीँ लापर्बाही त गर्दैनन्। पत्रिकामा पनि राम्रा-राम्रा मुरलीका प्वाइन्ट आउँछन् र सबैतिर जान्छन्। कहीँ मुरली जादैन भने बाबाले भन्नुहुन्छ– रचयिता र रचनाको ज्ञान ७ दिनमा बुझ्यौ हैन। बाँकी के चाहियो? ५ विकारलाई भस्म गर्ने पुरूषार्थ गर्नु छ, अरु त कुनै मेहनत छैन। 

तिमी बच्चाहरू कसैको पनि सत्संगमा जान सक्छौ। सेवा गर्ने पनि उमंग आउनुपर्छ। जब सबै धर्मवाला जम्मा हुन्छन्, तब सम्झाउनुपर्छ हरेकको धर्म अलग-अलग छ। भाइ-भाइ भन्छन् तर मिलेर एक हुन सक्दैनन्। यो केवल भन्ने मात्रै कुरा हुन जान्छ। बाबा भन्नुहुन्छ– मैले आएर ब्राह्मण बनाएर फेरि देवी-देवता धर्म स्थापना गर्छु, वहाँ अरु धर्म कुनै रहँदैन। यो उही महाभारत लडार्इं हो। गीतामा पनि यसको वर्णन गरिएको छ। यो एउटै पढाइ हो। पढाउनेवाला पनि एक हुनुहुन्छ। ज्ञान जब पूरा हुन्छ, भन्नुहुन्छ म पनि गइहाल्छु। मलाई कलियुगको अन्त्यमा ज्ञान सुनाउनु छ, मलाई कल्प-कल्प आउनु छ। एक सेकेन्ड पनि तल-माथि हुँदैन। जब ज्ञान पूरा हुन्छ, फेरि कर्मातीत अवस्थामा जान्छौ, अनि विनाश पनि हुन्छ। दिन-प्रतिदिन तिम्रो सेवा बढ्दै जान्छ। यहाँ त न कसैमा पवित्रता छ, न दैवीगुणको धारणा छ। वहाँ पवित्रताको अन्तर हेर कति छ। तिमी अहिले संगममा बसेका छौ। यो नै पुरूषोत्तम युग हो। अहिले तिमी पुरूषोत्तम बनिरहेका छौ। तर त्यो भव्यता, त्यो चलन पनि चाहिन्छ। कहिल्यै मुखबाट पत्थर निस्कनु हुँदैन। रत्न नै मुखबाट निक्लनुपर्छ। अहिले तिमी देवता समान फूल बनिरहेका छौ। ईश्वर आएर भगवान-भगवती बनाउनुहुन्छ। देवताहरूलाई नै भगवान-भगवती भनिन्छ। तर यस्तो कसले बनाउँछ? यो कसैलाई थाहा छैन। तिम्रो बुद्धिमा पूरा रचयिता र रचनाको ज्ञान छ। फेरि अरुलाई आफू समान बनाउने जिम्मेवारी छ। धेरै आइरहनेछन्। स्वदर्शन चक्रधारी ब्राह्मण नै बन्छन्। मायाको तूफान पनि बच्चाहरूलाई नै आउँछ। कहीँ तूफान आउनाले हड्डी-हड्डी टुट्छ। चल्दा-चल्दै कसैले डिससर्भिस पनि गर्छन्। बाबा भन्नुहुन्छ– कुनै पनि फोहोरी काम नगर। तिमी मुख वंशावली ब्राह्मण हौ, उनीहरू कोख वंशावली । कति फरक छ। उनीहरूले शारीरिक यात्रामा लैजान्छन्, तिम्रो हो रुहानी यात्रा। तिमीले बेहदका बाबाबाट वर्सा लिइरहेका छौ। यति पनि कसैलाई अक्कल छैन, जसले सम्भूmन्– उनीहरू पनि ब्राह्मण हामी पनि ब्राह्मण। तर सच्चा ब्राह्मण को हुन्? ती ब्राह्मणहरूले आफूलाई ब्रह्माकुमार कहलाउन सक्दैनन्। तिमी आफूलाई ब्रह्माकुमार कहलाउँछौ त्यसैले अवश्य ब्रह्मा पनि हुनुपर्छ। तर उनीहरूको बुद्धिमा यी कुरा आउँदैन, त्यसैले सोध्दैनन्। बाबा कल्प-कल्प तिमी बच्चाहरूलाई आएर यी कुरा सम्झाउनुहुन्छ– तिमीहरू ब्रह्माका सन्तान ब्राह्मण सबै भाइ-बहिनी हौ। फेरि उनीहरू विकारमा कसरी जान सक्छन्? यदि कोही जान्छन् भने ब्राह्मण कुललाई कलंकित गर्छन्। आफूलाई ब्रह्माकुमार-कुमारी कहलाएर फेरि पतित हुन सक्दैनौ। अच्छा!

मीठे-मीठे सिकीलधे बच्चाहरूप्रति माता-पिता बापदादाको याद-प्यार एवं गुडमर्निङ्ग। रुहानी बाबाको रुहानी बच्चाहरूलाई नमस्ते। रुहानी बच्चाहरूको रुहानी बाबालाई गुडमर्निङ्ग, नमस्ते। 


धारणाको लागि मुख्य सारः

१) वाणीद्वारा जे सुन्छौ, त्यसलाई मन्थन गर्नु छ। पुरूषोत्तम बनिरहेका छौ त्यसैले चलन धेरै रोयल बनाउनु छ। मुखबाट कहिले पनि पत्थर निकाल्नु हुँदैन।

२) धेरैलाई आफू समान बनाउने जिम्मेवारी सम्झेर सेवामा तत्पर रहनु छ। कुनै पनि फोहोरी काम गरेर डिससर्भिस गर्नु छैन।

वरदान:

सेकेन्डमा देहरूपी चोलाबाट न्यारा बनेर कर्मभोगमाथि विजय प्राप्त गर्ने सर्वशक्ति सम्पन्न भव:-  

जब कर्मभोगको जोड हुन्छ, कर्मेन्द्रियहरूले कर्मभोगको वशमा आफूतिर आकर्षित गर्छन् अर्थात् जुन समयमा धेरै पीडा भइरहेको हुन्छ, त्यस समयमा कर्मभोगलाई कर्मयोगमा परिवर्तन गर्नेवाला, साक्षी भएर कर्मेन्द्रियद्वारा भोगाउनेवाला नै सर्वशक्ति सम्पन्न अष्टरत्न विजयी कहलाउँछन्। यसको लागि धेरै समयको देहरूपी चोलाबाट न्यारा बन्ने अभ्यास हुनुपर्छ। यो वस्त्र, दुनियाँको वा मायाको आकर्षणमा टाइट अर्थात् कसिएको नहोस् तब सहजै उत्रिन्छ।

स्लोगन:

सबैको मान प्राप्त गर्नको लागि निर्माणचित्त बन– निर्माणता नै महानताको निशानी हो।   



***OM SHANTI***

 

Google+ Followers