BK Murli 24 November 2016 Nepali

bk murli today

Posted by: BK Prerana

BK Prerana is executive editor at bkmurlis.net and covers daily updates from Brahma Kumaris Spiritual University. Prerana updates murlis in English and Hindi everyday.
Twitter: @bkprerana | Facebook: @bkkumarisprerana
Share:






    BK Murli 24 November 2016 Nepali


    २०७३ मङ्सिर ९ गते विहिबार 24.11.2016 बापदादा मधुवन

    “मीठे बच्चे– शिवबाबाको बनेर कुनै पनि भूल नगर, भूल गर्यौ भने बाबाको नाम बदनाम गरिदिन्छौ।”  

    प्रश्न:

    सबैभन्दा ठूलो प्रवृत्ति कसको छ र कसरी?

    उत्तर:

    शिवबाबाको सबैभन्दा ठूलो प्रवृत्ति छ। भक्तिमा सबैले त्वमेव माता च पिता भनेर पुकार्छन्, त्यसैले प्रवृत्तिवाला हुनुभयो नि। तर जबसम्म उहाँ साकारमा आउनुहुन्न, तबसम्म उहाँको कुनै प्रवृत्ति हुँदैन किनकि माथि त आत्माहरू बाबासँग निराकारी रुपमा रहन्छन्। जब साकारमा आएर यिनमा प्रवेश गर्नुहुन्छ अनि सबैभन्दा ठूलो प्रवृत्ति हुन्छ।

    ओम् शान्ति।

    सारा दुनियाँले यो जान्दैनन्– बेहदका बाबा निवृत्तिवाला हुनुहुन्छ या प्रवृत्तिवाला? जब बाबा आउनुहुन्छ, बच्चे-बच्चे भनेर बोलाउनुहुन्छ किनकि उहाँलाई पुकारिन्छ पनि– त्वमेव माता च पिता त्वमेव भनेर। त्यसैले गृहस्थी बन्नुहुन्छ। वहाँ त सबैले जान्दछन्– शिव निराकार हुनुहुन्छ। शिवको आकार त छ, तर बालबच्चा त छैनन्। यदि भए पनि त सबै आत्माहरू बच्चा हुन्। सबै उस्तै बच्चाहरू हुन्छन्, त्यसैले सम्झन्छन् सबै परमात्मा हो। आत्मा पनि बिन्दु रुप छ, परमात्माको पनि बिन्दु रुप छ। गृहस्थीहरूले नै गाउँछन्– त्वमेव माता च पिता... संन्यासी निवृत्ति मार्गकाले भनिदिन्छन्– परमात्मा ब्रह्म हुनुहुन्छ। उनीहरूले त्वमेव माता च पिता भन्दैनन्। उनीहरूको मार्ग अलग हो। यो पनि गल्तीले लक्ष्मी-नारायणको अगाडि गएर महिमा गाउँछन्– त्वमेव माता च पिता या भन्छन्– अच्युतम् केशवम् भक्तिमार्गमा स्तुति त अथाह गाउँछन्। वास्तवमा परमात्मा बाबा हुनुहुन्छ, उहाँबाट वर्सा कसरी र के मिल्छ? तिमी बच्चाहरूलाई थाहा छ– उहाँ बाबा पनि हुनुहुन्छ, दादा पनि हुनुहुन्छ, बडी माँ पनि हुनुहुन्छ, प्रजापिता पनि छन्। यिनीद्वारा भन्छन्– प्यारा बच्चाहरू! म तिम्रो बाबा पनि हुँ फेरि मलाई पनि प्रवृत्ति मार्गमा आउनुपर्छ। यी मेरो युगल पनि हुन्, बच्चा पनि हुन्। जब यिनमा प्रवेश गर्छु, तब प्रवृत्तिवाला बन्छु। मलाई नै सुप्रीम बाबा, सुप्रीम टिचर, सुप्रीम गुरू पनि भन्दछन्। गुरूले गाइड गर्छन् मुक्तिको लागि। त्यो त हो सबै झूटो यो हो सत्य। अंग्रेजीमा परमात्मालाई सत्य (ट्रूथ) भनिन्छ। उहाँले आएर कुनचाहिँ सत्य बताउनुहुन्छ? यो कसैलाई थाहा छैन। मलाई तिमीलाई पनि थाहा थिएन। त्यसैले मानौं नयाँ कुरा भयो नि। उहाँ ज्ञानका सागर, सचखण्ड स्थापना गर्नेवाला हुनुहुन्छ। अवश्य कुनै समय सत्य बताएर जानुभएको थियो, त्यसैले त गायन छ। सत्यखण्डलाई स्वर्ग भनिन्छ। वहाँ दैवी स्वराज्य देखाउँछन्। अहिले हो पुरानो दुनियाँ, फेरि नयाँ दुनियाँ हुनेवाला छ। पुरानो दुनियाँलाई आगो लाग्नु छ। स्थापनाको समय विनाश पनि गायन गरिन्छ। गर्ने-गराउनेवाला परमात्मा गायन गरिएको छ। ब्रह्माद्वारा स्थापना गर्नुहुन्छ। कसरी गराउनुहुन्छ? त्यो त स्वयं नै आएर बताउनुहुन्छ। मनुष्यले केही पनि जान्दैनन्। भन्दछन्– परमात्मा गर्ने-गराउनेवाला हुनुहुन्छ। फेरि ड्रामाको बारेमा पनि थाहा भएको छ। कलियुग अन्त्य, सत्ययुग आदि यस संगमलाई नै उच्च मान्नुपर्छ। कलियुगपछि आउँछ सत्ययुग। फेरि तल झर्नुपर्ने हुन्छ। स्वर्ग, नर्कको गायन गरिएको छ। मनुष्य मर्यो भने भन्छन्– स्वर्गवासी भयो। अवश्य कुनै समय स्वर्गवासी थियो। यो खास यहाँ नै भन्दछन् किनकि जान्दछन् भारतवर्ष सबैभन्दा प्राचीन हो। त्यसैले अवश्य यहीँ स्वर्ग हुन्छ। कुरा कति सहज छ, तर ड्रामा अनुसार बुझ्दैनन् त्यसैले त बाबा आउनुहुन्छ, सम्झाउन। पुकार्छन् पनि बाबा आउनुहोस् भनेर। 

    हजुरमा जुन ज्ञान छ, त्यो आएर हामीलाई दिनुहोस्। पतितहरूलाई पावन बनाउन आउनुहोस्। त्यस्तै भन्छन्– हाम्रो दुःख हरेर सुख दिनुहोस्, तर यो थाहा छैन– के ज्ञान दिनुहुन्छ! के सुख दिनुहुन्छ! अब तिमी बच्चाहरूले जान्दछौ– उहाँ बाबा हुनुहुन्छ त्यसैले अवश्य बाबाद्वारा रचना भएको हुनुपर्छ। बाबा मतलब रचयिता। बच्चाहरूले बाबा भन्छन् भने रचयिता हुनुभयो। रचना पनि अवश्य कहीँबाट पैदा भएको हुनुपर्छ। फेरि बच्चाहरूलाई सम्पत्ति पनि दिनुभयो होला। यो त सामान्य कुरा हो, त्यसैले नै मलाई त्वमेव माता च पिता भन्दछन्। त्यसैले बाबा ठूला गृहस्थी हुनुभयो नि। बोलाउँछन् पनि– हे माता पिता आउनुहोस्, आएर पावन बनाउनुहोस्। अब पिता त हुनुहुन्छ तर माता विना रचना कसरी हुन सक्छ? यो फेरि यहाँ रचना बाबाले कसरी रच्नुहुन्छ? यो हो बिल्कुल नयाँ कुरा। यहाँ पनि धेरैको बुद्धिमा टिक्दैन। अन्त सबै ठाउँमा केवल परमात्मालाई पिता भनेर बोलाउँछन्। यहाँ दुवै हुनुहुन्छ माता-पिता, त्यसैले प्रवृत्ति मार्ग भयो नि। वहाँ केवल पिता भन्नाले उनीहरूलाई मुक्तिको वर्सा मिल्छ। उनीहरू आउँछन् पनि पछाडि। यो त सबैले जान्दछन्– क्रिश्चियन धर्मभन्दा पहिले बौद्धी धर्म थियो, त्यसभन्दा पहिले इस्लामी धर्म थियो। यस सिँढीमा अरु धर्म त छँदै छैनन्, त्यसैले गोलाको चित्र छेउमा राख्नुपर्छ। यो हो पाठशाला। पाठशालामा केवल एक किताब मात्र कहाँ हुन्छ र? पाठशालामा त मानचित्र (नक्शा) पनि चाहिन्छ। त्यो लौकिक विद्या त काममा आउँदैन। मानचित्रद्वारा मनुष्यले झट्ट बुझ्दछन्। यी तिम्रा मुख्य मानचित्र हुन्। कति विस्तारसँग सम्झाइन्छ फेरि पनि पत्थरबुद्धि भएकाले बुझ्दैनन्। बाबाले सम्झाउनु भएको छ– प्रदर्शनीमा त्रिमूर्तिमा नै पहिला बुझाउनुपर्छ। यहाँ हाम्रो बाबा हुनुहुन्छ, उहाँ दादा हुनुहुन्छ। ज्ञान कसरी दिने? वर्सा कसरी दिने? तिमीहरूलाई नै वर्सा मिल्नु छ। परमपिता परमात्माले ब्राह्मण, देवता, क्षत्रिय ३ धर्मको स्थापना गर्नुहुन्छ। ब्रह्माद्वारा ब्राह्मण नै रच्नुहुन्छ, यो हो यज्ञ, यसलाई भनिन्छ– रूद्र ज्ञान यज्ञ। अरु भक्ति मार्गका जुन यज्ञ छन्– ती पछि सुरू हुन्छन् किनकि पहिला सुरूमा हुन्छ शिवको पूजा फेरि देवताहरूको पूजा। त्यतिबेला कुनै यज्ञ हुँदैन। पछि यो यज्ञ गर्न सुरू गर्छन्। पहिले देवताहरूको पूजा गर्छन्, फूल चढाउँछन्। अब तिमी पूजा लायक छैनौ। मानिसहरूले शिवलिङ्गमा आँक-धतुरो किन चढाउँछन्? बाबा सम्झाउनु हुन्छ– तिमीहरू सबै काँडा थियौ। उहाँबाट फेरि कुनै सदैव गुलाब, कुनै गुलाब, कुनै मोती बन्छन्। कुनै फेरि आँकको फूल पनि बन्न पुग्छन्। पूरा पढेनन् भने आँकको फूल बन्छन्। 

    कुनै कामको रहँदैनन्। शिवबाबामा सबै काँडा चढ्छन्, फेरि उनीहरूलाई फूल बनाउनुहुन्छ तर फूलहरूको पनि भेराइटी बन्छन्। बगैंचामा भेराइटी फूल हुन्छन् नि। तिमीहरूमा पनि नम्बरवार छन्। कुनै तख्तनशीन बन्छन्, कुनै के बन्छन्– यो सबै कुरा बाबाले नै सम्झाउनुहुन्छ, अरु कसैले सम्झाउन सक्दैन। भक्ति मार्ग कति लम्बा चौडा छ। तर त्यसमा ज्ञान अलिकति पनि छैन। सत्ययुगमा देवी-देवता थिए। कलियुगमा एउटा पनि देवता छैन। अवश्य परमात्माले मनुष्यहरूलाई देवता बनाउनुभयो। बाबा आएर यस्तो कर्म सिकाउनुहुन्छ, जसबाट मनुष्य सिकेर, दैवीगुण धारण गरेर देवी-देवता बने। अरु धर्मकाले के सिकाउँछन्? किनकि तिनीहरू त माथिबाट उनको पछि आउनु छ। त्यसैले उनले केवल पवित्रताको ज्ञान दिन्छन्। क्राइस्ट जब आउँछन्, त्यतिबेला क्रिश्चियन त कोही हुँदैनन्। माथिबाट उनको पछि आउँछन्। बाबाले सम्झाउनुभएको छ– मुख्य धर्म हुन् ४। जसले धर्म स्थापना गर्छन्, उनीहरूको जुन शास्त्र छ, त्यसलाई भनिन्छ धर्मशास्त्र। त्यसैले मुख्य छन् ४ धर्म। बाँकी सबै हुन् साना-साना धर्म, जो वृद्धि भइरहन्छन्। इस्लामी धर्मको शास्त्र आफ्नो, बौद्धीहरूको आफ्नो। त्यसैले धर्मशास्त्र केवल यही ठहरियो। ब्राह्मण धर्म त अहिलेको हो। उनीहरूले गायन गर्छन्– ब्राह्मण देवता नमः...। त्यसैले ती ब्राह्मणलाई बुझाउनु छ– परमात्मा आएर जब ब्रह्माद्वारा ब्रह्मा मुख वंशावली रच्नुहुन्छ, उनै सच्चा ब्राह्मण हुन्। तपाईं त प्रजापिता ब्रह्माको सन्तान हुनुहुन्न, तपाईंले केवल आफूलाई ब्राह्मण कहलाउनुहुन्छ, तर अर्थ जान्नुभएको छैन। ब्रह्माभोजन खाँदा संस्कृतमा श्लोक पढेर ब्रह्माभोजनको महिमा गाउँछन्। सारा महिमा फाल्तू गर्छन्। उनीहरूसँग सोध्नुपर्छ– तपाईं ब्राह्मण कसरी हुनुभयो? पहिला त ब्रह्मा हुनुपर्छ, जसद्वारा परमात्माले सृष्टि रच्नुहुन्छ। सच्चा ब्राह्मण त तिमी हौ। ब्राह्मणको चोटी (टुपी) देखाउँछन् नि। विराट् रुपमा फेरि ब्राह्मण देखाउँदैनन्। त्यसोभए ब्राह्मण आए कहाँबाट? तिमीले आफूलाई ब्राह्मण कहलाउँछौ। परमात्मा आएर जब ब्रह्माद्वारा नयाँ रचना रच्नुहुन्छ, तब ब्राह्मण हुन्छौ, फेरि ब्राह्मण नै देवता बन्छन्। ब्राह्मण हुन्छन् नै संगममा। कलियुगमा सबै शूद्र छन्। ब्राह्मणहरूको धेरै महिमा गर्छन्। यो सबै कुरा बाबाले सम्झाउनुहुन्छ– बाबा र बादशाही, बाँकी छ विस्तार। भक्तिको बारेमा पनि सम्झाउनुपर्छ। बाबाले भनिदिनुहुन्छ– तिमी कुनै भक्त हौ, बाँकी बाबाले कहिल्यै क्रोध आदि गर्नु हुन्न। 

    बाबाले शिक्षा त दिनुहुन्छ नि किनकि बच्चाहरूले यदि भूल गर्छन् भने नाम बदनाम कसको हुन्छ? शिवबाबाका, त्यसैले बाबाले बच्चाहरूको कल्याण अर्थ शिक्षा दिनुहुन्छ। मानौं, यिनीबाट कुनै भूल हुन्छ भने पनि त्यसलाई सुधार्नको लागि ड्रामामा निश्चित छ। त्यसबाट पनि फाइदा निस्कन्छ किनकि यी ठूलो बच्चा हुन् नि। सारा आधार यिनी माथि छ, यिनीबाट कुनै नोक्सान हुँदैन। यिनले यस्तो गर भनेमा गरिदिनुपर्छ। नोक्सानबाट पनि फाइदा निस्केर आउँछ। नोक्सानको कुनै कुरा हँदैन। हर कुरामा कल्याण नै कल्याण छ। अकल्याण पनि ड्रामामा थियो। भूल त सबैबाट भइरहन्छ। तर अन्त्यमा कल्याण त कुनै पनि हालतमा हुनु छ किनकि बाबा हुनुहुन्छ कल्याणकारी। सबैको कल्याण गर्नु छ। सबैलाई सद्गति दिनुहुन्छ। अहिले सबैको विनाशको समय हो। पापहरूको बोझ सबैको शिरमा छ। त्यसैले सबैको हिसाब-किताब चुक्ता हुन्छ। सजाय मिल्न समय लाग्दैन। सेकेन्डमा जीवनमुक्ति मिल्छ भने के सेकेन्डमा पापहरूको सजाय भोग्न सक्दैनौ! जस्तै काशी कलवटमा हुन्छ। शरीर छुट्छ। तर यस्तो होइन– शिवबाबासँग गएर मिल्छन्। मिल्दैनन्, केवल पहिलेको पापहरूको हिसाब चुक्ता हुन्छ। फेरि सुरू हुन्छ। बीचैमा कोही फर्केर जान सक्दैन। हुन त ज्ञान सेकेन्डको हो, तर पढाइ त पढ्नु छ। सधैं शिवबाबाको आत्मा, जो ज्ञानका सागर हुनुहुन्छ, उहाँ नै आएर पढाउनुहुन्छ। कृष्ण त देहधारी हुन्। पुनर्जन्ममा आउँछन्। बाबा त अजन्मा हुनुहुन्छ। जसलाई पढ्नु छैन, उनले त अवश्य विघ्न गर्छन्। यज्ञमा विघ्न त पर्छन्। अबलाहरूमाथि अत्याचार हुन्छन्। त्यो सबैथोक भइरहेको छ, कल्प पहिले जसरी। असुरले कसरी हंगामा गर्छन्, चित्र च्यातिदिन्छन्, कुनै समय आगो लगाउन पनि बेर लगाउँदैनन्। हामीले के गर्ने? भित्र सम्झन्छौं भावी, बाहिर पुलिस आदिलाई रिपोर्ट गर्नुपर्ने हुन्छ। भित्र जान्दछौं– कल्प पहिले जे भएको थियो त्यही हुन्छ, यसमा दुःखको कुनै कुरा छैन। नोक्सान भयो, धोबीको घरबाट हरायो। फेरि अर्को बनिहाल्छ। 

    बाबाले भनिदिनु भएको छ– जहाँ प्रदर्शनी आदि गर्छौ, ८ दिनको लागि बीमा गरिदेऊ। कुनै राम्रो मानिस छ भने चार्ज पनि लिँदैन। बीमा नगरे पनि के हुन्छ र। फेरि नयाँ राम्रा चित्र बन्छन्। कदम-कदममा पदम छ। तिम्रो कदम-कदम, सेकेन्ड-सेकेन्ड धेरै मूल्यवान छ। तिमी पदमपति बन्छौ, २१ जन्मको लागि बाबाबाट वर्सा लिन्छौ, त्यसैले कति राम्रोसँग सम्झाउनुपर्छ। वहाँ स्वर्गमा तिम्रो पासमा अनगिन्ती धन हुन्छ। गन्तीको कुरा हुँदैन। बाबाले तिमीलाई कति धनवान सुखी बनाउनुहुन्छ। आम्दानी कति धेरै हुन्छ। प्रजा पनि कति धनवान बन्छन्। यो हो सोर्स अफ इनकम २१ जन्मको लागि। यो हो मनुष्यबाट देवता बन्ने पाठशाला। कसले पढाउनुहुन्छ? बाबाले। त्यसैले यस्तो पढाइमा लापर्बाही गर्नु हुँदैन। अच्छा! 

    मीठे-मीठे सिकीलधे बच्चाहरूप्रति माता-पिता बापदादाको याद-प्यार एवं गुडमर्निङ्ग। रुहानी बाबाको रुहानी बच्चाहरूलाई नमस्ते। रुहानी बच्चाहरूको रुहानी बाबालाई गुडमर्निङ्ग, नमस्ते। 


    धारणाको लागि मुख्य सारः

    १) सदा स्मृति रहोस्– यस कल्याणकारी युगमा हर कुरामा कल्याण छ, हाम्रो अकल्याण हुन सक्दैन। हर कुरामा कल्याण सम्झेर सदा निश्चिन्त रहनु छ।

    २) गुलाब बन्नको लागि सदैव पढाइमा पूरा-पूरा ध्यान दिनु छ। पढाइमा लापर्बाही गर्नु हुँदैन। आँकको फूल बन्नु हुँदैन।

    वरदान:

    समस्याहरूलाई चढ्ती कलाको साधन अनुभव गरेर सदा सन्तुष्ट रहने शक्तिशाली भव:-   

    जो शक्तिशाली आत्मा छ, उसले समस्याहरूलाई यसरी पार गर्छ, जसरी कुनै सीधा बाटो सजिलै पार गरिन्छ। समस्या उसको लागि चढ्ती कलाको साधन बन्छ। हर समस्यालाई जानेको अनुभव हुन्छ। ऊ कहिल्यै पनि आश्चर्यवत् हुँदैन, सदा सन्तुष्ट रहन्छ। मुखबाट कहिल्यै कारण शब्द निस्किदैन, त्यसै समयमा कारणलाई निवारणमा परिवर्तन गरिदिन्छ।

    स्लोगन:

    स्व-स्थितिमा स्थित रहेर सर्व परिस्थितिहरूलाई पार गर्नु नै श्रेष्ठता हो।  



    ***OM SHANTI***