BK Murli 3 November 2016 Nepali

bk murli today

Posted by: BK Prerana

BK Prerana is executive editor at bkmurlis.net and covers daily updates from Brahma Kumaris Spiritual University. Prerana updates murlis in English and Hindi everyday.
Twitter: @bkprerana | Facebook: @bkkumarisprerana
Share:






    BK Murli 3 November 2016 Nepali

    २०७३ कात्तिक १८ गते विहिबार 03.11.2016 बापदादा मधुवन

    “मीठे बच्चे– तिमीले मौनमा रहेर एक बाबालाई याद गर्नु छ, यसमा घण्टा आदि बजाउने आवश्यकता छैन।”  

    प्रश्न:

    कुन कुरामा बाबा समान बन्यो भने सबै काम सिद्ध हुन्छन्?

    उत्तर:

    जसरी बाबा प्यारको सागर हुनुहुन्छ, त्यसैगरी धेरै-धेरै प्यारो बन। क्रोधले काम बिग्रिन्छ, बन्दैन। त्यसैले आँखा देखाउनु, जोडसँग बोल्नु, तातिनु– यसको आवश्यकता छैन। शान्त रहनु धेरै-धेरै राम्रो हो। प्रेमले धेरै काम सिद्ध हुन सक्छन्।

    गीतः–

    तुम्हीं हो मात पिता.....

    ओम् शान्ति।

    यो महिमा हो एकको। तर भक्तिमार्गमा केवल एकको महिमा गाउनाले भक्तिको शो हुँदैन त्यसैले भक्तिमा धेरैको महिमा गाउँछन्। वहाँ आवाज पनि धेरै हुन्छ। घण्टा-घडियाल, गीत-भजन, रूने-कराउने कति भक्ति मार्गमा चल्छ। किसिम-किसिमको आवाज मन्त्र-जन्त्र, स्तुति आदि हुन्छ तर ज्ञान मार्गमा हुन्छ साइलेन्स। केवल इसारा दिइन्छ, आवाज केही हुँदैन। भक्तिमा कति धूमधाम हुन्छ। सबैभन्दा धेरै घण्टा बज्छन् शिवको मन्दिरमा, जता हेरे पनि घण्टा नै घण्टा हुन्छ। कसैलाई निद्राबाट जगाउनको लागि कुनै घण्टा बजाइँदैन। शिवबाबाले आएर मनुष्यहरूलाई कुम्भकर्णको अज्ञान निद्राबाट जगाउनुभएको छ, तर घण्टा बजाउनुहुन्न। बिल्कुल शान्तिसँग दुई शब्दमा नै सम्झाउनु हुन्छ। जो बुद्धिमान छ, उसले दुई शब्दमा नै बुझ्दछ। बाबा भन्नुहुन्छ– प्यारा बच्चाहरू! मलाई याद गर। तिमीले नै मलाई बोलाएको हौ, हे पतित-पावन आउनुहोस् भनेर। अब म आएको छु, तिमीलाई बाटो बताउँछु। के अझै पनि तिमी पतित बनेर यस दुनियाँमा नै रहनु छ? तिमी त पावन दुनियाँमा रहन चाहन्छौ नि। पावन दुनियाँ स्वर्गलाई भनिन्छ। भनिन्छ पनि– पतित-पावन, त्यसैले बुझ्नुपर्छ– पतित-पावनले आएर के गर्नुहुन्छ? अवश्य नर्कबाट स्वर्गमा लिएर जानुहुन्छ। नबुझी यसै बोलाइरहन्छन्, ताली बजाइरहन्छन्। तर यो जान्दैनन्– बाबा आउनुभयो भने के गर्नुहुन्छ? वास्तवमा यो युनिभर्सिटी पनि हो, मनुष्यबाट देवता बन्ने। त्यसैले गायन गर्छन्– मनुष्यलाई देवता बनाउनुभयो यसमा शास्त्र आदि केही पनि पढ्नु पर्दैन। भक्ति मार्गमा धेरै शास्त्र आदि पढ्छन्, धेरै लेक्चर आदि हुन्छन्। महिना-महिनासम्म मण्डप बनाएर बसेर आवाज गर्छन्। यहाँ कति शान्तिमा बाबा बसेर सम्झाउनु हुन्छ। हेर, तिमीलाई बाबा आएर पावन बनाएर, पावन दुनियाँको मालिक बनाउनु हुन्छ। पढाइ पनि कति सहज छ। तिमी पहिला सुरूमा पावन थियौ, गोल्डेन एजमा थियौ। फेरि ८४ जन्म लिँदा-लिँदा आइरन एजमा तमोप्रधान बनेका छौ। अब तिमी सतोप्रधान बन्नु छ, त्यसैले मलाई याद गर। त्यो पनि अजपा। जस्तै कन्याको जब विवाह हुन्छ, के जप गर्छन् र? यादमा रहन्छन्। तिमी पनि सबै पत्नीहरू हौ। उहाँ शिवबाबा, पतिहरूका पति हुनुहुन्छ। तिम्रो विवाह हुँदैछ परमात्मासँग। विवाह हुने पक्का भएपछि याद बुद्धिमा बस्छ। मनमा हुन्छ– मेरो अब विवाह हुँदैछ। फेरि एक अर्कालाई याद गरिरहन्छन्। तिमीलाई पनि बाबा भन्नुहुन्छ, निश्चय बुद्धि भएका हौ– हामी एक बाबाको बच्चाहरू आपसमा भाइ-भाइ हौं। भाइहरूलाई वर्सा मिल्छ– एक बाबाबाट, त्यसैले बाबालाई पुकार्छन्। हुन त मनुष्य तनमा आएर भाइ-बहिनी बन्छन्। तर पुकार्ने त आत्मा हो नि। भाइ-भाइहरूले पुकार्छन्– हे पतित-पावन बाबा आउनुहोस्। बाबा भन्नुहुन्छ– मलाई याद गर्यौ भने तमोप्रधानबाट सतोप्रधान बन्छौ। पावनलाई सतोप्रधान, पतितलाई तमोप्रधान भनिन्छ। यो कुरा बाबाले संगममा नै सम्झाउनु हुन्छ। यो हो गीता पाठशाला। यस पाठशालामा बाबा आएर राजयोग सिकाउनु हुन्छ, नरबाट नारायण बनाउनु हुन्छ। वहाँ टिचरले त सामुन्ने बसेर पढाउँछन्, देखिन्छ। यहाँ हुनुहुन्छ गुप्त। त्यसैले यस टिचरलाई बुद्धियोगद्वारा बुझ्नुपर्ने हुन्छ। उहाँ निराकार पतित-पावन बाबा हुनुहुन्छ। उहाँले नै स्मृति दिलाउँछन्– कल्प पहिले पनि मैले तिमीलाई राजयोग सिकाएको थिएँ। भन्नुहुन्छ– मनमनाभव, पवित्र बन्यौ भने यो लक्ष्मी-नारायण बन्छौ। यसमा घण्टा-घडियाल आदि बजाउने आवश्यकता नै छैन। बाबा स्वयं आएर जगाउनुहुन्छ। मनमनाभवको अर्थ हो शान्त रहनु। आफूलाई आत्मा निश्चय गर, पुग्यो। अब हामी आफ्नो घर जानु छ। बाबालाई नै सबैले भन्छन्– हामीलाई दुःखबाट छुटाएर मुक्त गर्नुहोस्। संन्यासीहरूले केवल ब्रह्मलाई याद गर्छन्। अब ब्रह्म तत्व त हो घर। उनीहरूले घरलाई याद गर्छन्, यहाँ बाबालाई याद गर्नु छ। केवल घरलाई याद गर्छौ भने संन्यासी जस्तै हुन्छौ। ब्रह्म त भगवान होइन। 

    बाबा बसेर सम्झाउनु हुन्छ– मलाई याद गर्यौ भने तिमी निर्वाणधाममा जान्छौ। फेरि वहाँबाट आउँछौ स्वर्गमा। यहाँबाट म तिमी बच्चाहरूलाई साथमा लिएर जान्छु। तिमीलाई थाहा छ– सलहको झुण्ड कति ठूलो हुन्छ। सबैको युनिटी हुन्छ। पहिला अगाडिको बसेपछि सबै बस्छन्। मौरीको पनि यस्तै हुन्छ। रानीले घर छोडेमा सबै भाग्छन् उनको पछाडि। उनी मानौं उनीहरूको साजन भइन्। उनीहरूमा फेरि रानीले नै राज्य गर्छन् साथीहरूमाथि। शास्त्रहरूमा पनि छ आत्माहरू सबै मच्छर सदृश्य भाग्छन्। अनगिन्ती आत्माहरू छन्। ती मौरीहरू हरेक सीजनमा आफ्नो रानीको पछाडि भाग्छन्। तिमी त एक पटक भाग्नु छ। अब सबै आत्माहरूलाई जानु छ मूलवतन। तिम्रो आवाज केही पनि हुँदैन, त्यसैले बाबा उदाहरण दिनुहुन्छ। तोरीको दाना जस्तै पिसिन्छन्। बाबा पनि बिन्दु, तोरीको दाना जस्तै हुनुहुन्छ। खस-खसको दाना पनि सानो हुन्छ। परमात्मा पनि बिन्दु हुनुहुन्छ। उहाँलाई देखिँदैन– दिव्य दृष्टि बिना। बिल्कुल सानो तारा जस्तै हुनुहुन्छ। गीतामा देखाइएको छ– अखण्ड ज्योतिको साक्षात्कार भयो, यहाँ पनि जब अखण्ड ज्योतिको साक्षात्कार हुन्छ अनि सम्झन्छन् साक्षात्कार भयो। यदि बिन्दुको साक्षात्कार भयो भने सम्झन्छन्– यो परमात्मा कहाँ हो र? गीतामा त लेखिएको छ– अर्जुनलाई धेरै तेजोमय साक्षात्कार भयो। भक्तिको कुरा बुद्धिमा बसेको छ। भक्ति मार्ग र ज्ञान मार्गमा रात दिनको फरक छ। तिमीलाई थाहा छ– हामी ६३ जन्म शरीरद्वारा कति डान्स गर्छौं। ६३ जन्म भक्ति मार्गको कति हंगामा देख्छौं। त्यसमा पनि पहिला जब सतोप्रधान भक्ति थियो, त्यतिबेला एक शिवबाबाको मात्र भक्ति गथ्र्यौ। फेरि यो गंगा स्नान आदि पछि सुरू हुन्छन्। पहिला अव्यभिचारी भक्ति हुन्छ फेरि वृद्धि हुन्छ। यहाँ त एकदम शान्ति छ। विना कौडी तिमी विश्वको मालिक बन्छौ। मम्मा विना कौडी आइन् र विश्व महारानी बनिन्। उनी साधारण थिइन्। एकदम गरिब घरकी, विना कौडी खर्च हेर के बन्छिन्! मम्माले सेवा धेरै गर्थिन्। गएर अरुलाई सम्झाउँथिन्। बाबा भन्नुहुन्छ– मलाई याद गर्यौ भने तिम्रो विकर्म विनाश हुन्छ र तिमी सतोप्रधान बन्छौ। यसमा खर्चको त कुनै कुरा नै छैन। यदि कसैले थोरै खर्च गर्छ भने पनि आफ्नै लागि। जसरी खेतीमा २ मुठ्ठी अन्न रोप्दा कति धेरै अन्न निक्लिन्छ। खेती धेरै हुन्छ। यो पनि २१ जन्मको लागि तिम्रो कति आमदानी हुन्छ। मनुष्यबाट देवता बन्न कति सहज छ। एक सेकेण्डको कुरा हो। बसेका छौ पनि कसरी साधारण। यदि कोही बस्न सक्दैन भने बाबा भन्नुहुन्छ– सुतेर पनि मुरली सुन। यो हो धारणाको कुरा। मनमा बाबा र चक्रलाई याद गरिराख। याद गर्दै-गर्दै नै शरीर छोड्नु छ। बाँकी मुखमा गंगाजल राख्ने कुनै कुरा छैन। गुरू-गोसाईले त धेरै डर देखाउँछन्– तिमीले यो नियम तोड्छौ, भक्ति गर्दैनौ भने यो हुन्छ। मानौं कसैको गोडा भाँच्चियो वा नोक्सान भयो भने भन्छन्– तिमीले भक्ति छोड्यौ त्यसैले यो नतीजा निक्लियो, त्यसकारण डराउँछन्। यहाँ त केही पनि गर्नु छैन। बाबाको याद दिलाउनु छ, चक्रको रहस्य सम्झाउनु छ। अब कलियुगपछि सत्ययुग आउनु छ। विनाश हुनु छ अवश्य, त्यसैले यो महाभारी लडाई खडा छ। भगवान आएर राजयोग सिकाएर नरबाट नारायण बनाउनु हुन्छ। यो राजयोग हो, प्रजायोग होइन। शुभ बोल्नुपर्छ। बच्चाहरू धेरै मीठो बन्नु छ। बाबा मीठो हुनुहुन्छ नि। क्रोध आदि सबै दानमा लिनुहुन्छ। बाबा भन्नुहुन्छ– म प्यारको सागर हुँ, तिमी पनि बन। बडो प्यारसँग सम्झाउनु हुन्छ। नत्र बच्चाहरूले धेरै हंगामा गर्छन् किनकि मायाले दिमाग खराब गरिदिन्छ, त्यसैले ख्याल आउँछ– कहिले पनि कसैलाई केही नभन। प्यारसँग सम्झाऊ। आँखा देखाउनु, तातिनु, जोडसँग बोल्नु, यसको आवश्यकता छैन, यसबाट काम बिग्रिन्छ। शान्त रहनु राम्रो हो। विकारलाई दान दिएर फेरि लिन्छौ भने आफ्नो पद गुमाउँछौ। बाबाको बन्नु मतलब ५ विकारलाई दान दियौ। भन्दछन्– दान दियो भने ग्रहण छुट्छ। फेरि पनि बाबा पण्डा हुनुहुन्छ नि, पण्डा ब्राह्मण हुन्छन्। शिवबाबा पनि रुहानी पण्डा हुनुहुन्छ। तिमी पनि पण्डा हौ। बाबा ब्रह्माको तनमा आउनुहुन्छ त्यसैले यी पनि ब्राह्मण ठहरिए। बाबा यिनमा बस्नुभएको छ– उहाँको महिमा गाउँछन्– तिमी माता-पिता अरु कसैको यो महिमा छैन। उहाँको कर्तव्य पनि यस्तो छ। यो पाठशाला हो, बाबाले पढाउनु हुन्छ। यो बच्चाहरूलाई याद रहनुपर्छ। लक्ष्य-उद्देश्य हो नै विश्वको बादशाही पाउनु। त्यसैले यस्तो पढाउने बाबालाई पूरा याद गर्नुपर्छ। विद्यालयबाट विद्यार्थी राम्रोसँग पास भए भने साल-साल टिचरलाई सौगात पठाइरहन्छन्। यो चाड-पर्व आदि सबै यस समयका हुन्, तर यिनको महत्वलाई कसैले जान्दैन। 

    बाबा हुनुहुन्छ ज्ञानका सागर। उहाँ आउनुहुन्छ नै रचनाको आदि-मध्य र अन्त्यको ज्ञान दिन। ढुंगा-माटोमा कसरी आउनुहुन्छ? एक डक्टरले सिद्ध गरेका थिए– हर चीजमा आत्मा हुन्छ। परमात्मा होइन। फेरि पनि भनिदिन्छन्– सर्वव्यापी। उनीहरूले भनेका छन्– सबैमा आत्मा हुन्छ, अनि संन्यासीहरूले भनेका छन् सबैमा परमात्मा हुनुहुन्छ। कति रात-दिनको फरक छ। उहाँ त बेहदको बाबा हुनुहुन्छ। सबैसँग बुद्धियोग छुटाएर आफूसँग जोड्नु हुन्छ। उनले भन्छन्– आत्मा बुँद (थोपा) सागरबाट निक्लेको हो। फेरि सागरमा लीन हुनेछ। ब्रह्म ज्ञानीले मान्छन्– सानो ज्योति ठूलो ज्योतिमा लीन हुन्छ, फेरि नयाँ उत्पत्ति हुन्छ। बाबा सम्झाउनु हुन्छ– यो भक्ति पनि ड्रामामा निश्चित छ। म पनि ड्रामामा भएकाले तिमी बच्चाहरूलाई आएर सम्झाउँछु। ८४ जन्मको जुन चक्र लगाउँछौ, यो पनि ड्रामामा निश्चित छ। जे जति हुन्छ, सबै निश्चित छ। कसैले गायन पनि गर्छन्, कसैले विघ्न पनि पार्छन्। 

    तिमी बच्चाहरूले शिवबाबासँग वर्सा लिनु छ। उहाँ आउनुहुन्छ नै सबै आत्माहरूलाई लिएर जानको लागि। शरीरको नाम पनि लिनुहुन्न। शरीर सहित कसैलाई भगाउन कहाँ आएको हुँ र। मलाई त भन्छन्– हे मुक्तिदाता आउनुहोस्। हामीलाई दुःखबाट मुक्त गर्नुहोस्, अन्त कहीँ लैजानुहोस्, जहाँ चैन, सुख-शान्ति पाइन्छ। त्यसैले सबैको शरीर यहाँ नै छुटाएर आत्माहरूलाई लैजान्छु। त्यसैले कालको पनि काल हुनुभयो नि। म सबैलाई एकैचोटी लिएर जान्छु। कति अद्भुत कुरा बाबा बसेर सम्झाउनु हुन्छ। कहीँ कुनै कुरा बुझेनौ भने भन– यो कुरा बाबाले अझै सम्झाउनुभएको छैन। जब सम्झाउनुहोला अनि तपाईंलाई सुनाउँछु। यसरी आफूलाई छुटाउनुपर्छ। बच्चाहरूले बुझेका छन्– बाबा ज्ञानको सागर हुनुहुन्छ। नयाँ-नयाँ कुरा सुनाइरहनु हुन्छ। विश्वको इतिहास-भूगोल सुनाउनेवाला रचयिता बाबा हुनुहुन्छ, जसले आदि-मध्य-अन्त्यको ज्ञान सुनाउनुहुन्छ। तिमी लाइट हाउस पनि हौ भने स्वदर्शन चक्रधारी पनि हौ। तर मायाले भुलाइदिन्छ। अत्तालिइरहन्छन्। केही न केही असर पर्छ। कर्मको हिसाब-किताब हो नि। जबसम्म कर्मातीत अवस्था बन्दैन, केही न केही भइरहन्छ। हिसाब-किताब चुक्ता भएपछि शरीर छोडिदिन्छौ, लडाई सुरू हुन्छ। अच्छा! 

    मीठे-मीठे सिकीलधे बच्चाहरूप्रति माता-पिता बापदादाको याद-प्यार एवं गुडमर्निङ्ग। रुहानी बाबाको रुहानी बच्चाहरूलाई नमस्ते। रुहानी बच्चाहरूको रुहानी बाबालाई गुडमर्निङ्ग, नमस्ते। 


    धारणाको लागि मुख्य सारः

    १) विकारको दान दिएर फिर्ता लिनु छैन। मुखबाट शुभ बोल्नु छ, धेरै मीठो बन्नु छ। बाबा समान प्यारको सागर बनेर रहनु छ।

    २) साइलेन्समा रहेर विना कौडी खर्च विश्वको बादशाही लिनु छ। बाबाको यादमा रहेर धेरथोर खर्च गरेर २१ जन्मको आमदानी गर्नु छ।

    वरदान:

    कम्बाइन्ड स्वरुपको स्मृति र पोजीशनको नशाद्वारा कल्प-कल्पको अधिकारी भव:-  

    म र मेरो बाबा– यस स्मृतिमा कम्बाइन्ड रहने गर तथा यो श्रेष्ठ पोजीशन सदा स्मृतिमा रहोस्– हामी आज ब्राह्मण हौं, भोलि देवता बन्नेछौं। हम सो, सो हमको मन्त्र सदा याद रह्यो भने यस नशा र खुशीमा पुरानो दुनियाँ सहज बिर्सिन्छ। सदा यही नशा रहोस्– हामी नै कल्प-कल्पको अधिकारी आत्मा हौं। हामी नै थियौं, हामी नै हौं र हामी नै कल्प-कल्प हुनेछौं।

    स्लोगन:

    स्वयंको टिचर स्वयं नै बन्यौ भने सबै कमजोरीहरू स्वतः समाप्त हुन्छ।   

     

    ***OM SHANTI***