BK Murli 30 November 2016 Nepali

bk murli today

Posted by: BK Prerana

BK Prerana is executive editor at bkmurlis.net and covers daily updates from Brahma Kumaris Spiritual University. Prerana updates murlis in English and Hindi everyday.
Twitter: @bkprerana | Facebook: @bkkumarisprerana
Share:






    BK Murli 30 November 2016 Nepali

    २०७३ मङ्सिर १५ गते बुधबार 30.11.2016 बापदादा मधुवन

    “मीठे बच्चे– मैले तिमी बच्चाहरूको लागि हत्केलामा स्वर्ग ल्याएको छु, तिमीले मलाई याद गर्यौ भने स्वर्गको बादशाही मिल्छ।”  

    प्रश्न:

    बेहदको खुसी कुन बच्चाहरूलाई निरन्तर रहन सक्छ?

    उत्तर:

    १-जसले बेहदको सन्यास गरेका छन्, अरुको संगतलाई तोडेर एकसँग जोडेकाछन्, उनीहरू नै खुसीमा रहन सक्छन्। २- जसले बाबालाई अनुसरण गर्छन्, जसलाई सेवाको सोख छ, उनीहरूको खुसी कहिल्यै गायब हुन सक्दैन।

    गीतः–

    छोड भी दे आकाश सिंहासन...

    ओम् शान्ति।

    मीठा-प्यारा रुहानी बच्चाहरूले गीत सुन्यौ। यो कसले भन्यो? बाबाले बच्चाहरूलाई भन्नुभयो– गीत सुन्यौ? जब अति दुःख हुन्छ तब बोलाउँछन्। बच्चाहरूलाई थाहा छ– बाबाले नै सुखधाम वा पावन दुनियाँ रच्नुहुन्छ अथवा भगवान भगवतीको राज्य स्थापना गर्नुहुन्छ। भगवान र भगवती मानौं स्वर्गको मालिक ठहरिए। तिमीले जान्दछौ– लक्ष्मी-नारायण कति धनवान थिए, कति ठूलो राजधानी थियो। उनको राजधानीमा कहिल्यै कुनै उपद्रव हुँदैन। बाबाले बच्चाहरूलाई वर्सा नै यस्तो दिनुहुन्छ त्यसैले कति धेरै खुसीमा रहनुपर्छ। तर नम्बरवार पुरूषार्थ अनुसार त छँदैछ। कोही-कोही त पूरा ज्ञान नबुझ्नाको कारणले न उताको खुसीमा रहन्छन् न यहाँको खुसीमा रहन्छन्। उनीहरूलाई भनिन्छ दुवै दुनियाँबाट गए किनकि वर्सा लिँदा-लिँदै गिर्न पुग्छन्। दुनियाँमा यो कसैलाई थाहा छैन– भगवान्ले आएर स्वर्गको स्थापना गरिरहनु भएको छ किनकि उहाँ आउनुहुन्छ नै गुप्त रुपमा। भन्छन्– अवश्य भगवान यस समयमा हुनु पर्ने हो किनकि सबै घोर अन्धकारमा छन्। राति १२ बजेको समयलाई घोर अँध्यारो भनिन्छ। राती घोर अँध्यारो, दिनमा घोर प्रकाश हुन्छ। बच्चाहरूले जान्दछन्– अब भक्तिमार्गको रात पूरा हुन्छ, जसमा दुःख नै दुःख छ। मनुष्य सम्झन्छन्– भक्तिपछि भगवान मिल्नुहुन्छ। तिमीलाई थाहा छ– बाबाले नै आएर हामी सबैको सद्गति गर्नुहुन्छ। तिमी बच्चाहरूमा पनि नम्बरवार त अवश्य छन्। कसैको त खुसीको पारा चढिरहन्छ। मेहनत पनि खुसीले गर्छन्। सेवाको सोख रहन्छ– कसैलाई गएर सम्झाऊँ, त्यसैले बाबाले प्रदर्शनी, मेलाको प्रबन्ध रचिरहनुहुन्छ ताकि अरुलाई सम्झाउनाले खुसीको पारा चढोस्। यहाँ जसको पासमा धन छ, उनीहरूले सम्झन्छन् हामी स्वर्गमा छौं। उनीहरूले ज्ञान लिन मुस्किल छ। त्यसैले गाइएको छ– करोडौंमा कोही समझदार बनेर बाबाको वर्साको अधिकारी बन्छन्। फलो फादर गाइएको छ। त्यसैले बाबाको श्रीमतमा चल्नुपर्छ। जो राम्रोसँग श्रीमतमा चल्छन्, उनीहरूले बाबाको अनुसरण गर्नुपर्छ। जसरी यी ब्रह्मा बच्चा राम्रोसँग चलिरहेका छन्। लौकिक बच्चाले आज्ञा मान्दैन भने उसलाई तिमीले आफ्नो बाटो समात भनिन्छ। रावणको मतमा चल्नेवाला र रामको मतमा चल्नेवाला सँगै रहन सक्दैनन्। 

    तिमी बच्चाहरूले जान्दछौ– यहाँ नै आदि सनातन देवी-देवता धर्म थियो। उनीहरू ८४ जन्म लिएर पतित बनेका छन्, त्यसैले पुकार्छन्– हे पतित-पावन आउनुहोस्। अहिले तिमी बच्चाहरूले जान्दछौ– बाकी थोरै दिन छन्। दैवी राजधानी स्थापना हुनमा समय त लाग्छ। यो गुप्त छ। यसमा लडाईको कुरा छैन। यस्तो होइन चढाई गरेर राज्य लिन्छौं। यो त बाबा आएर राजाहरूको राजा बनाउनुहुन्छ। जुन बाबालाई याद गर्छन् दुःख-हर्ता सुख-कर्ता आउनुहोस् भनेर। सन्यासी गुरू कहाँ दुःख-हर्ता हुन सक्छन् र? उनीहरूको सन्यास हो हदको। तिम्रो हो बेहदको। यसमा बेहदको खुसी रहन्छ। यी लक्ष्मी-नारायण भगवती-भगवानलाई पनि बेहदको खुसी छ नि। पतित मनुष्यहरूले त जे आउँछ, त्यो बोलिदिन्छन्। तिमीले त एक-एक अक्षर अर्थ सहित बोल्छौ। नयाँ दुनियाँमा हुन्छ नै एक धर्म। त्यसको तुलना कसैसँग गरिदैन। पुरानो दुनियाँमा तुलना गरिन्छ। नयाँ दुनियाँमा यो थाहा हुँदैन– पुरानो दुनियाँमा के हुन्छ? वहाँ सबैकुरा भुलिन्छ। यहाँ तिमीलाई सबैकुरा बताइन्छ– नयाँ दुनियाँ कहिले स्थापना हुन्छ? पुरानो दुनियाँ कहिले विनाश हुन्छ? तिमीलाई सबै ज्ञान छ। अहिले तिमीलाई स्वर्गको स्थापना गर्नेवाला बाबा मिलेको छ। त्यसैले उहाँबाट राम्रोसँग वर्सा लिनुपर्छ। वर्सा पनि उनीहरूलाई नै मिल्छ, जसले कल्प पहिले राम्रोसँग पुरूषार्थ गरेका थिए। उनीहरूमा पनि नम्बरवार छन्। यो हो काँडाको दुनियाँ। पहिलो नम्बरको काँडा त सबैमा छ नै। पुरानो दुनियाँ नराम्रो, नयाँ दुनियाँ राम्रो लाग्छ। स्वर्ग केलाई भनिन्छ? यो पनि कसैलाई थाहा छैन। त्यसै भनिदिन्छन् फलानो स्वर्गवासी भयो भनेर। स्वर्ग छ कहाँ जो स्वर्गवासी भयो?

    तिमीलाई थाहा छ– स्वर्ग पनि यहाँ नै थियो। नर्क पनि यहाँ नै छ। त्यसैले यो भनाईलाई आधार मानेर उनीहरूले भनिदिन्छन्– स्वर्ग नर्क यहाँ नै छ। जससँग धेरै धन छ ऊ स्वर्गमा छ। तर यस्तो होइन। विश्व नयाँ थियो त्यतिबेला सत्ययुग थियो, जसलाई स्वर्ग भनिन्छ। अहिले पतित दुनियाँ नर्क छ। दुनियाँ त एउटै हो। नयाँ दुनियाँमा लक्ष्मी-नारायणको राज्य थियो। पुरानो दुनियाँमा रावणको राज्य छ। भगवानुवाच, मैले तिमीलाई ८४ जन्मको रहस्य बताउँछु। यस राजयोगबाट तिमीलाई राजाहरूको राजा स्वर्गको मालिक बनाउँछु। त्यसैले नर्कको अवश्य विनाश हुनुपर्छ। शास्त्रमा कृष्णको नाम राखेर लडाई आदि देखाएका छन्। पाण्डवहरूको कुनै सेना त छैन। आजकल कन्या माताहरूको पल्टन बनाएर उनीहरूलाई बन्दुक आदि चलाउन सिकाउँछन्। यहाँ तिम्रो हातमा बन्दुक आदि केही पनि छैन। उनीहरूलाई के थाहा शिव शक्ति सेना को हो? शिवबाबाले त कहिल्यै हिंसा गराउन सक्नुहुन्न। लडाईको कुनै कुरा नै छैन। तिमीले जान्दछौ– शिवबाबाको रुहानी सेना छ। शिवबाबाले हामीलाई डबल अहिंसक बनाउनुहुन्छ। त्यसलाई भनिन्छ १०० परसेन्ट अहिंसक। यहाँ छ १०० परसेन्ट हिंसा। एउटै बमबाट कतिको विनाश गराउँछन्। बेहदको अहिंसा र हिंसामा कति फरक छ। तिमी अहिले बेहदको साइलेन्समा छौ। जति लडाईको तयारी हुँदै जान्छ, उति आवाज बढ्दै जान्छ। कति हंगामा हुन्छ विनाशमा। स्थापनामा त कति साइलेन्समा बसेका छौ। हिंसाको कुनै कुरा छैन। तिम्रो अब प्राक्टिकल जीवन छ। बाबाबाट योगबलद्वारा वर्सा पाइरहेका छौ। बाबालाई याद गर्नाले स्वर्गको बादशाही मिल्छ, कति सहज छ। बाबा कति प्यारो हुनुहुन्छ। कति दूरदेशबाट आउनुहुन्छ। जसरी बेलायतबाट कसैको पिता आउँछन् भने बच्चाहरू धेरै खुसी हुन्छन्। बाबाले हाम्रो लागि बेलायतबाट राम्रो-राम्रो सौगात ल्याउनुहुन्छ। उहाँ बेहदको बाबा त एकै पटक आउनुहुन्छ। कुनचाहिँ सौगात ल्याउनुहुन्छ? भन्नुहुन्छ– म तिम्रो लागि हत्केलामा बहिस्त लिएर आएको छु। जसरी भन्छन् हनुमानले संजीवनी बूटीको पहाड लिएर आए। अब पहाडै त कसैले उठाउन सक्दैन। त्यस्तै बाबा भन्नुहुन्छ– मैले हत्केलामा स्वर्ग लिएर आएको छु। अब स्वर्ग कुनै हत्केलामा कहाँ उठ्छ र। यो त समझको कुरा हो। बच्चाहरूले त जान्दछन्– बाबाले हाम्रो लागि नम्बरवन सौगात लिएर आउनुभएको छ। बाबा भन्नुहुन्छ– म तिमीलाई पावन दुनियाँको मालिक बनाउन आएको छु त्यसैले पावन बन्नुपर्छ। यो राजयोग हो नि। प्राचीन राजयोग गीताको भगवानले नै सिकाउनु भएको थियो र राजाई दिनुभएको थियो। अब फेरि राजयोग सिकाइरहनु भएको छ। तिमीले भन्छौ– हामी स्वर्गको स्थापना गर्नेवाला बाबाका बच्चाहरू हौं। बाबाले नयाँ दुनियाँ स्थापना गर्नुहुन्छ त्यसैले अवश्य कसैलाई त बादशाही मिलेको हुनुपर्छ नि। यस्तो पनि होइन– केवल स्वर्गमा रहनेलाई मात्रै दिनुहुन्छ। अरु सबैलाई पनि बाबाले दिनुहुन्छ नि। बाँकी ड्रामा अनुसार सबैलाई मुक्तिको पार्ट मिलेको छ। सबै मुक्त हुन्छन्। एक बाबा नै सर्वको सद्गति दाता हुनुहुन्छ, दोस्रो न कोही। तिम्रो पासमा प्रसिद्ध जति पनि आउँछन्, जसले मान्छन्– वास्तवमा गीताको भगवान श्रीकृष्ण होइनन्, शिव हुनुहुन्छ त्यसैले उनीहरूबाट लेखाउनुपर्छ। ठूला मानिसहरूको कुरालाई नै सुन्छन्। गरिबको त कसैले सुन्दैन। त्यसैले प्रदर्शनीमा कोसिस गरेर यो लेखाऊ– गीताको भगवान एक शिव हुनुहुन्छ। उहाँ सबैको पिता हुनुहुन्छ। आजभन्दा ५ हजार वर्ष पहिले यहाँ स्वर्ग थियो। लक्ष्मी-नारायणको राज्य थियो। अहिले त सारा विश्वमा रावणको राज्य छ। यही सबैको दुस्मन हो, जसलाई वर्ष वर्ष जलाउँछन् तापनि मर्दैन। 

    अहिले ठूलो दुश्मन यो रावण हो। यो कुरा केवल तिमीले जान्दछौ। अब राम परमपिता परमात्माले रावणमाथि जित प्राप्त गराउनु हुन्छ। भन्नुहुन्छ– मलाई याद गर्यौ भने तिम्रो पाप नाश हुन्छ, तिमी लायक बन्छौ त्यसैले नयाँ दुनियाँ चाहिन्छ। अवश्य पुरानो दुनियाँको विनाश पनि भएको थियो, फेरि हुन्छ। महाभारत लडाई लाग्छ नै तब, जब रावण राज्य विनाश भएर रामराज्य स्थापना हुन्छ। रावण राज्यमा नै हाहाकार सुरू हुन्छ। हाहाकारपछि जयजयकार हुन्छ, दुनियाँ बद्लिन्छ। जसरी पुरानो घरलाई तोडेर नयाँ बनाइन्छ, फेरि तोडिन्छ। यो पनि स्थापना भइरहेको छ। बम आदि बनाइरहन्छन्। तयारी भइरहेको छ। अहिले दशैं आयो, रावणको पुतला पनि निकालियो। तिम्रो छ बेहदको कुरा। तिम्रो बुद्धिमा आउँछ यिनीहरूले के गर्छन्। तिमीले जब सम्झाउँछौ, तब सम्झन्छन् हामीले के गर्छौं। हाँसो पनि उठ्छ। कसैलाई पनि सम्झाउन सक्छौ– यति ठूलो रावण त हुँदै-हुँदैन। अब बाबा भन्नुहुन्छ– तिमीले रामराज्य लेऊ। ५ विकारको दान देऊ ग्रहण छुट्छ। बाबा आएर सम्झाउनुहुन्छ– यो ५ विकारहरूको ग्रहण सारा दुनियाँमा लागेको छ। बिल्कुलै काला भएका छन्। तिमी बच्चाहरूलाई त अथाह खुसी हुनुपर्छ। बाँकी थोरै दिन छ। 

    तिमीले अहिले क्रियेटर, डाइरेक्टर, मुख्य एक्टर ड्रामाको आदि मध्य अन्त्यलाई जान्दछौ, अरु कसैले जान्दैन। तिम्रो अब स्वच्छ बुद्धि बनेको छ। तिमी बाबाको बनेका छौ त्यसैले अवश्य स्वर्गमा पठाउनु हुन्छ। ज्ञान आम्दानीको स्रोत हो भनिन्छ। यो हो रुहानी ज्ञान, जुन बाबाले नै दिनुहुन्छ। मनुष्यले मनुष्यलाई दिन सक्दैन। दुनियाँमा सबै मनुष्यले मनुष्यलाई ज्ञान दिन्छन्। तिमीलाई त परमपिता परमात्माले आएर ज्ञान दिनुहुन्छ। बाँकी सबै हुन् भक्तिमार्गको दन्त्यकथा सुनाउनेवाला। सत्य नारायणको कथा, रामायणको कथा.... जो बितिसकेको छ त्यसबाट केही न केही बनाइरहन्छन्। यो त पढाइ हो। पढाइमा इतिहास-भूगोल सुनाइन्छ। यो हो विश्वको विशाल इतिहास-भूगोल। तिमीले सम्झाउँछौ– बाबाले ५ हजार वर्ष पहिले पनि भन्नुभएको थियो। ती गीता पढ्नेवालाले कहाँ बुझ्छन् र। यादव, कौरव, पाण्डव कसलाई भनिन्छ? तिमीले प्राक्टिकलमा देख्छौ। यूरोपवासी यादवहरूले मूसल निकाले, विनाश भयो। विनाशपछि के भयो, त्यो केही पनि देखाउँदैनन्। उनीहरूले सम्झन्छन् प्रलय भयो। उनीहरूले भन्छन्– के तपाईंहरूले शास्त्रलाई मान्नुहुन्छ? भन– हो, हामी शास्त्रहरूलाई मान्छौं। यी सबै भक्तिमार्गका हुन्। ज्ञान त बाबाले नै सुनाउनुहुन्छ, जो ज्ञानका सागर हुनुहुन्छ। अब भक्ति खतम भएर ज्ञान जिन्दाबाद भइरहेको छ। पुरानो दुनियाँको विनाश सामुन्ने खडा छ, नथिंग न्यु। हाम्रो प्रीत छ बाबासँग। हामी अरुको संगतलाई तोडेर एकसँग जोड्छौं। बाबा भन्नुहुन्छ– आफूलाई आत्मा सम्झेर मसँग योग लगाऊ। यसलाई नै यहाँको प्राचीन योग भनिन्छ, जो बाबाले नै सिकाउनुहुन्छ। कृष्णको आत्मा पनि यस समयमा अन्तिम जन्ममा छ, उनलाई भन्नुहुन्छ– तिमीले आफ्नो जन्मलाई जान्दैनौ। यो तिम्रो धेरै जन्मको अन्तको जन्म हो, यसैले मैले यसमा प्रवेश गरेको हुँ। म यिनमा बसेर तिमी बच्चाहरूलाई ब्रह्मा मुख वंशावली बनाएर राज्य-भाग्य दिन्छु। बाबा बाहेक अरु कसैले बताउन सक्दैन। यो त बाबाले स्वयं यस मुखद्वारा सुनाइरहनु भएको छ। यी बाबा पनि पहिले केही जान्दैनथे। तिमीले पनि केही बुझेका थिएनौ। सबैलाई सम्झाउनुपर्छ। ८४ जन्मको चक्र कसरी घुम्छ, यो उही लडाई खडा छ, जसबाट स्वर्गको गेट खुलेको थियो, जब बाबाले आएर राजयोग सिकाएर मनुष्यलाई देवता बनाउनु भएको थियो। अच्छा!

    मीठे-मीठे सिकीलधे बच्चाहरूप्रति माता-पिता बापदादाको याद-प्यार एवं गुडमर्निङ्ग। रुहानी बाबाको रुहानी बच्चाहरूलाई नमस्ते। रुहानी बच्चाहरूको रुहानी बाबालाई गुडमर्निङ्ग, नमस्ते। 


    धारणाको लागि मुख्य सारः

    १) जो राम्रोसँग श्रीमतमा चल्छन्, उनीहरूको अनुसरण गर्नुपर्छ। बेहदको खुसीमा रहनका लागि आफू समान बनाउने सेवा गर्नु छ।

    २) प्रीतबुद्धि बनेर अन्य संगत तोडेर एक बाबासँग जोड्नु छ। डबल अहिंसक बनेर शान्तिमा बसेर आफ्नो राजाई स्थापना गर्नु छ।

    वरदान:

    रुहानियतको सुगन्धको आधारमा सबैलाई परमात्म सन्देश दिने विश्व कल्याणकारी भव:-   

    रुहानियतको सर्व शक्तिहरूलाई स्वयंमा धारण गर्यौ भने रुहानियतको सुवासले सहजै अनेक आत्माहरूलाई आफूतर्फ आकार्षित गर्छ। जसरी मनसा शक्तिद्वारा प्रकृतिलाई तमोप्रधानबाट सतोप्रधान बनाउँछौ, त्यसैगरी अन्य विश्वका आत्माहरू, जो तिमीहरूको अगाडि आउन सक्दैनन्, उनीहरू टाढा रहे तापनि तिमीले रुहानियतको शक्तिद्वारा बाबाको परिचय वा मुख्य सन्देश दिन सक्छौ। यो सूक्ष्म मेसिनरी जब तेज हुन्छ, अनि अनेक तड्पिरहेका आत्माहरूलाई अंचली मिल्छ र तिमीहरू विश्व कल्याणकारी मानिने छौ।

    स्लोगन:

    आफ्नो पासमा शुद्ध वा श्रेष्ठ संकल्प इमर्ज गरि राख्यौ भने व्यर्थ स्वतः मर्ज हुन्छ।   



    ***OM SHANTI***