BK Murli 4 November 2016 Nepali



BK Murli 4 November 2016 Nepali

२०७३ कात्तिक १९ गते शुक्रबार 04.11.2016 बापदादा मधुवन

“मीठे बच्चे– यो लक्ष्य धेरै उच्च छ त्यसैले आफ्नो समय बर्बाद नगर, सतोप्रधान बन्ने पुरूषार्थ गर।”  

प्रश्न:

बच्चाहरूको चढ्ती कला नहुने मुख्य कारण के हो?

उत्तर:

चल्दा-चल्दै अलिकति पनि अहंकार आयो, आफूलाई जान्ने सम्झियो, मुरली मिस गर्यो, ब्रह्मा बाबाको अवज्ञा गर्यो भने कहिले पनि चढ्ती कला हुन सक्दैन। साकारको दिलबाट उत्रिनु अर्थात् निराकारको दिलबाट पनि उत्रिनु।

गीतः–

लाख जमाने वाले.....

ओम् शान्ति।

बच्चाहरूले गीत सुन्यौ। बच्चाहरूले भन्छन्– कसैले पनि हामीलाई संशयबुद्धि बनाउन जसले जे गरे पनि हामी संशयबुद्धि बन्दैनौं। जस्तोसुकै उल्टो-सुल्टो कुरा सुनाए तापनि हामी संशयबुद्धि बन्दैनौं। श्रीमतमा चलिरहनेछौं। बाबाले दिनहुँ भिन्न-भिन्न प्वाइन्टहरू सम्झाइरहनु हुन्छ। सत्ययुगमा ९ लाख थिए। अवश्य बाँकी सबै मनुष्य विनाश हुन्छन्। जो बुद्धिमान छ, उसले इसाराबाटै बुझ्दछ– अवश्य, यो लडाईंद्वारा नै अनेक धर्मको विनाश भएर एक देवी-देवता धर्मको स्थापना हुनु छ। जो लायक बन्छ, ऊ नै मनुष्यबाट देवता बन्छ। बाबा बाहेक कसैले पनि मनुष्यबाट देवता बनाउन सक्दैन। त्यसैले बच्चाहरूलाई याद रहनुपर्छ– अब हामीलाई घर जानु छ, तर मायाले घरी-घरी भुलाइदिन्छ। यहाँ अब बाबाको याद गरेर सतोप्रधान बन्नु छ। कुनै पनि समय लडाईं बढ्न सक्छ, नियम कहाँ छ र? भन्छन् पनि– सायद ठूलो लडाईं भइहाल्यौ भने बन्द नहुन पनि सक्छ। सबै एक अर्कासँग लड्न थाल्छन्। त्यसैले विनाश हुनुभन्दा अगाडि किन हामी यादमा रहेर, तमोप्रधानबाट सतोप्रधान बन्ने पुरूषार्थ नगर्ने? यादको यात्रामा नै मायाले विघ्न पार्छ। त्यसैले बाबा सधैं भन्नुहुन्छ– चार्ट लेख। मुश्किलले कुनै २-४ ले लेख्छन्। बाँकी त आफ्नै धन्दामा सारा दिन फँसिरहन्छन्। अनेक प्रकारका विघ्नहरूमा फँसिरहन्छन्। बच्चाहरूलाई यो त थाहा छ– हामी सतोप्रधान अवश्य बन्नु छ। जहाँ रहे पनि पुरषार्थ गर्नु छ। मनुष्यहरूलाई सम्झाउनको लागि चित्र आदि पनि बनिरहन्छन् किनभने यतिबेला मनुष्य १०० प्रतिशत तमोप्रधान छन्। पहिला जब मुक्तिधामबाट आउँछन्, त्यतिबेला सतोप्रधान हुन्छन्। फेरि सतो, रजो, तमोमा आउँदा-आउँदा यतिबेला सबै तमोप्रधान बनेका छन्। सबैलाई बाबाको सन्देश दिनु छ– बाबालाई याद गर्नाले तमोप्रधानबाट सतोप्रधान बन्छौं। विनाश पनि सामुन्ने खडा छ। सत्ययुगमा एउटै धर्म थियो, बाँकी सबै निर्वाणधाममा थिए। बच्चाहरूले चित्रहरूमा ध्यान दिनुपर्छ। ठूलो चित्र भए राम्रोसँग सम्झाउन सकिन्छ। सबैलाई बाबाको सन्देश दिनु छ। मनमनाभव शब्द मुख्य हो अथवा बाबा र वर्सालाई सम्झाउन कति मेहनत गर्नुपर्छ। सम्झाउने पनि नम्बरवार छन्, बेहद बाबासँग प्यार हुनुपर्छ। बुद्धिमा यो हुनुपर्छ– हामीले बाबाको सेवा गरिरहेका छौं। भगवानको सहयोगी बन्नु छ। 

उनीहरूले भन्न त यो शब्द भन्छन् तर अर्थ बुझ्दैनन्। अहिले बाबा आउनुभएको छ– बच्चाहरूको सेवा गर्न। कति उत्तम देवी-देवता बनाउनु हुन्छ। आज हामी कति कंगाल बनेका छौं। सत्ययुगमा कति सर्वगुण सम्पन्न बन्छौ। यहाँ एक अर्कासँग लडार्इं-झगडा गरिरहन्छन्। यो कसैलाई थाहा छैन– विनाश हुनु छ। सम्झन्छन्– शान्ति हुनेछ, बिलकुलै घोर अँध्यारोमा छन्। अब उनीहरूलाई सम्झाउनेवाला चाहिन्छ। बेलायतमा पनि त यो ज्ञान दिन सक्छौ। एउटै कुरा सभामा बसेर सम्झाऊ– महाभारी लडाई त प्रसिद्ध छ, यसबाट पुरानो दुनियाँको विनाश हुनु छ। अहिले परमपिता पनि यहाँ हुनुहुन्छ, अवश्य उहाँले नै ब्रह्माद्वारा स्वर्गको स्थापना गरिरहनु भएको छ। शंकरद्वारा विनाश पनि हुनु छ कलियुगको। किनकि अहिले हो संगम। प्राकृतिक प्रकोप पनि हुनु छ। भन्दछन्– तेस्रो विश्वयुद्ध नै अन्तिम युद्ध हो। फाइनल विनाश पनि अवश्य हुनु छ। अब सबैलाई यो भन्नुपर्छ– बेहदको पितालाई याद गर्यौं भने मुक्तिधाम गइन्छ। ठीकै छ आफ्नै धर्ममा रहे पनि बाबालाई याद गर्नाले आफ्नो धर्ममा राम्रो पद पाउन सक्छन्। 

तिमीले जान्दछौ– बेहदको पिताले हामीलाई प्रजापिता ब्रह्माको तनद्वारा ज्ञान दिइरहनु भएको छ, फेरि अरुलाई पनि सम्झाउनु छ। चेरिटी बिगिन्स एट होम। वरिपरि सबैलाई सन्देश दिनु छ। अरु धर्मकालाई पनि बाबाको परिचय दिनु छ। बाहिरकालाई, राजाहरूलाई ज्ञान दिनु छ। त्यसको लागि तयारी गर्नुपर्छ। बाबा भन्नुहुन्छ– यी मुख्य चित्र जुन छन्, त्रिमूर्ति, सृष्टि-चक्र, कल्प वृक्षका कपडामा छापियो भने बाहिर पनि लैजान सक्छौ। ठूलो साइज छापिएन भने दुई टुक्रा बनाऊ। सारा ज्ञान यी त्रिमूर्ति, कल्प वृक्ष, चक्रमा छ। सिँढीको पनि ज्ञान चक्रमा आउँछ। सिँढी विस्तारमा बनाइएको छ– ८४ जन्म कसरी लिन्छौं? चक्रमा सबै धर्मको आउँछ। सिँढीमा देखाइएको छ– कसरी सतोप्रधान फेरि सतो, रजो, तमोमा आउँछन्, तल झर्छन्। अहिले बाबा भन्नुहुन्छ– म एकलाई याद गर। बाबाको सारा दिन विचार चलिरहन्छ। कुनै नयाँ ठूलो भवन बनाऊ, जसमा भित्ता यति ठूलो होस् जहाँ ६­९ फुट साइजका चित्र बनाउन सकियोस्। १२ फुटका भित्ता चाहिन्छ। यतिबेला भाषाहरू पनि धेरै छन्। सबै धर्मकालाई सम्झाउनपर्छ, त्यसैले कति भाषामा बनाउनु पर्ने हुन्छ! यति विशाल बुद्धिले युक्ति रच्नुपर्छ। सेवा गर्ने सोख हुनुपर्छ। खर्च त गर्नु नै छ। बाँकी तिमीले पनि माग्नु पर्ने आवश्यकता छैन। आफैं हुण्डी (भण्डारी) भरिन्छ। ड्रामामा निश्चित छ। बच्चाहरूको बुद्धि चल्नुपर्छ। तर बच्चाहरूले केही थोरै गर्नासाथ नशा चढ्छ, सम्झन्छन्– म जान्ने भएँ। बाबा भन्नुहुन्छ– एक रूपियाँमा ४ आना पनि सिकेका छैनौ। कसैले दुई आना, कसैले एक आना, कसैले एक पैसा जति पनि मुश्किलले सिकेका छन्। केही पनि बुझ्दैनन्। मुरली पढ्ने पनि सोख छैन। धनवान प्रजा, गरिब प्रजा सबैथोक यहाँ नै बन्नु छ। कोहीले त बाबासँग प्रतिज्ञा गरेर फेरि कालो मुख बनाउँछन्। भन्छन्– बाबा हार खाएँ। बाबा भन्नुहुन्छ– तिमी त पैदल सेना भन्दा पनि निम्न हौ, कौडी बराबर। यसरी के पद पाउँछौ! अहिले सूर्यवंशी राजधानी स्थापना भइरहेको छ। जसलाई बाबाको याद रहन्छ, उही खुशीमा रहन्छ। केवल यो याद रहोस्– बाबाद्वारा के वर्सा लिइरहेको छु? यसबाट पनि धेरै फाइदा हुन्छ। धारणा गरेर फेरि आफू समान बनाउनु छ। बच्चाहरूले सेवा गर्न अझै पुगेको छैन। अलिकति सेवा गरे भने सम्झन्छन्– म पास भएँ। देह-अभिमानमा आएर गिर्न पुग्छन्। यदि ब्रह्माको अनादर गर्यौ भने शिवबाबा भन्नुहुन्छ– मेरो पनि अनादर गर्यौ। 

बापदादा दुवै सँगै हुनुहुन्छ नि। यस्तो होइन, मेरो त शिवबाबासँग सम्बन्ध छ। वर्सा त यिनीद्वारा मिल्छ नि। यिनलाई दिलको समाचार सुनाउनु छ। राय लिनु छ। शिवबाबा भन्नुहुन्छ– मैले साकारद्वारा सल्लाह दिन्छु। ब्रह्मा विना शिवबाबासँग वर्सा कसरी लिन्छौ? बाबा विना केही काम हुन सक्दैन त्यसैले बच्चाहरूले धेरै-धेरै सम्हाल राख्नु छ। उल्टो अहंकारमा आएर आफ्नो नोक्सान गर्छन्। साकारको दिलबाट उत्रियौ भने निराकारको दिलबाट पनि उत्रिन्छौ। यस्ता धेरै छन्, जसले कहिल्यै मुरली पनि सुन्दैनन्, पत्र पनि लेख्दैनन् भने बाबाले के सम्झिनुहुन्छ? लक्ष्य धेरै उच्च छ। बच्चाहरूले समय खेर फाल्नु हुँदैन। जसले आफूलाई महारथी सम्झन्छन्, उनीहरूले श्रेष्ठ कार्यमा मदत गर्नुपर्छ, अनि बाबा खुशी भएर स्याबासी दिनुहुन्छ। यिनीबाट धेरैको कल्याण हुन्छ। प्रदर्शनीमा त धेरै आउँछन्। प्रजा त बन्छन्। बाबाको सेवाधारी बच्चाहरूमा नजर रहन्छ। यो इन्द्रसभामा आउनुपर्छ– सूर्यवंशी राजा, रानी बन्नेहरू। जसले सेवा गर्दैनन्, उनीहरू लायक हुँदैनन्। पछि गएर सबै थाहा हुन्छ– को-को के बन्छन्! बच्चाहरूलाई धेरै नशा रहनुपर्छ– म भोलि स्वर्गमा गएर राजकुमार बन्छु। यहाँ तिमी आएका छौ राजयोग सिक्न। राम्रोसँग पढेनौ भने साधारण पद पाउँछौ। बाबाको पासमा सेवाको समाचार आउनुपर्छ। बाबा, आज मैले यो सेवा गरेँ। पत्र नै कहिल्यै लेख्दैनन् भने बाबाले के सम्झिनुहुन्छ? मर्यो। बाबालाई पनि याद उनै बच्चा रहन्छन् जो सेवामा रहन्छन्। बाबाको परिचय दिइरहन्छन्। शिवबाबाले ब्रह्माद्वारा ब्रह्माकुमार कुमारीहरूलाई वर्सा दिनुहुन्छ। शिवबाबाले ब्रह्माद्वारा ब्राह्मणहरूको रचना रच्नुहुन्छ। अहिले अरु सबै धर्म छन्, बाँकी देवी-देवता धर्म जुन फाउन्डेशन हो हो, त्यो लोप छ। यो सारा खेल बनेको छ। सिँढीमा सबै धर्म छैनन्। त्यसकारण सृष्टि-चक्रमा सम्झाउनुपर्छ, यसमा स्पष्ट छ। यो पनि सम्झाउनु छ– सत्ययुगमा देवी-देवताहरू डबल शिरताज थिए। यतिबेला पवित्रताको ताज कसैसँग छैन। एक जना पनि छैन, जसलाई प्रकाशको ताज दिन सकौं। आफूलाई पनि दिन सक्दैनौं। हामीले लाइटको लागि पुरूषार्थ गरिरहेका छौं। शरीर त यहाँ पवित्र छैन। 

आत्मा योगबलद्वारा पवित्र हुँदा-हुँदा अन्त्यमा पवित्र हुन्छ। ताज त मिल्छ सत्ययुगमा। सत्ययुगमा डबल ताज, भक्ति मार्गमा सिंगल ताज। यहाँ कुनै ताज छैन। अब तिम्रो पवित्रताको ताज कहाँ देखाऊँ? लाइट कहाँ राख्ने? ज्ञानी त बनेका छौ तर सम्पूर्ण पवित्र जब बन्छौ, तब प्रकाश हुनुपर्छ। के सूक्ष्मवतनमा लाइट देखाउने? जसरी सूक्ष्मवतनमा पवित्र फरिश्ता छन् नि। वहाँ सिंगल ताज हुन्छ। तर अहिले लाइट कसरी देखाउने? पवित्र हुन्छन् अन्त्यमा। योगमा जब बस्छौ वहाँ लाइट देखाउने? आज लाइट, भोलि पतित बन्यौ भने फेरि लाइट नै हराउँछ। त्यसैले अन्त्यमा जब कर्मातीत अवस्था हुन्छ, तब लाइट मिल्छ। तर तिमी सम्पूर्ण बन्नासाथ जान्छौ सूक्ष्मवतनमा। जसरी बुद्ध, क्राइस्टमा लाइट देखाउँछन्, सबैभन्दा पहिला पवित्र आत्मा धर्म स्थापना गर्न आउँछन्, उनीहरूलाई लाइट दिन सकिन्छ, ताज होइन। तिमी पनि बाबाको याद गर्दा-गर्दा पवित्र बन्छौ। स्वदर्शन चक्र घुमाउँदा-घुमाउँदा तिमीले राजाई पद पाउँछौ। वहाँ मन्त्री हुँदैनन्। यहाँ धेरैसँग सल्लाह लिनुपर्छ। वहाँ सबै सतोप्रधान हुन्छन्। यी सबै बुझ्ने कुरा हुन्। अच्छा!

मीठे-मीठे सिकीलधे बच्चाहरूप्रति माता-पिता बापदादाको याद-प्यार एवं गुडमर्निङ्ग। रुहानी बाबाको रुहानी बच्चाहरूलाई नमस्ते। रुहानी बच्चाहरूको रुहानी बाबालाई गुडमर्निङ्ग, नमस्ते।


धारणाको लागि मुख्य सारः

१) बापदादाद्वारा स्याबासी लिनको लागि बाबाको महान् कार्यमा पूरा-पूरा सहयोगी बन्नु छ। बाबालाई आफ्नो सेवाको समाचार दिनु छ।

२) देह-अभिमानमा आएर कहिल्यै पनि अपमान गर्नु छैन। उल्टो नशामा आउनु छैन। आफ्नो समय खेर फाल्नु छैन। सेवाको लागि युक्तिहरू रच्नु छ, सेवाधारी बन्नु छ।

वरदान:

त्रिकालदर्शी स्थितिमा स्थित रहेर सदा अचल र साक्षी रहने नम्बरवन तकदिरवान भव:-  

त्रिकालदर्शी स्थितिमा स्थित भएर हर संकल्प, हर कर्म गर अनि हरेक कुरालाई हेर, यो किन? यो कसरी? यो प्रश्न नहोस्, सदा पूर्ण विराम। नथिंग न्यु। हरेक आत्माको पार्टलाई राम्र्रोसँग जानेर आफ्नो पार्ट खेल। आत्माहरूसँग सम्बन्ध-सम्पर्कमा आउँदा न्यारा र प्यारापनको समानता रह्यो भने हलचल समाप्त हुन्छ। यसरी सदा अचल र साक्षी रहनु– यही हो नम्बरवन तकदिरवान आत्माको निशानी।

स्लोगन:

सहनशीलताको गुणलाई धारण गर्यौ भने कठोर संस्कार पनि शीतल हुन्छ।  



***OM SHANTI***
 

Google+ Followers