BK Murli 5 November 2016 Nepali

BK Murli 5 November 2016 Nepali

२०७३ कात्तिक २० गते शनिबार 05.11.2016 बापदादा मधुवन

“मीठे बच्चे– सेवाको साथ-साथै यादको यात्रालाई पनि कायम राख्नु छ, यस रुहानी यात्रामा कहिल्यै सुस्त हुनु छैन।”   

प्रश्न:

बच्चाहरूको दिल यदि रुहानी सेवामा लाग्दैन भने त्यसको कारण के हो?

उत्तर:

यदि रुहानी सेवामा दिल लाग्दैन भने अवश्य देह-अभिमानको ग्रहचारी छ। चल्दा-चल्दै देह-अभिमानका कारण जब आपसमा रिसाउँछन् भने सेवा नै छोडिदिन्छन्। एक अर्काको अनुहार देख्ने बित्तिकै सेवाको विचार उडेर जान्छ। त्यसैले बाबा भन्नुहुन्छ– यस ग्रहचारीबाट सम्हाल गर।

गीतः–

हमारे तीर्थ न्यारे हैं..........

ओम् शान्ति।

यस गीतको लाइनले बच्चाहरूलाई खबरदार गरिदिएको छ। के भनेको छ? बुद्धिमा यो याद राख्नु छ– हामी तीर्थ यात्रामा छौं र हाम्रो यो यात्रा सबैभन्दा भिन्न छ। यस यात्रालाई नभुल। यात्रामा नै सारा आधारित छ। अरु त जिस्मानी यात्रामा गएर फेरि फर्किएर आउँछन् र जन्म-जन्मान्तर यात्रा गरि नै रहन्छन्। हाम्रो तीर्थ त्यो होइन– अमरनाथमा गएर फेरि मृत्युलोकमा आउने। तिम्रो त्यो यात्रा होइन, अरु सबै मनुष्यहरूको ती यात्रा हुन्। तीर्थमा गएर, चक्र लगाएर फेरि आएर पतित बन्छन्। किसिम-किसिमका यात्राहरू हुन्छन् नि। देवीका मन्दिर पनि अथाह छन्। विकारीहरूसँग कति यात्रामा जान्छन्। तिमी बच्चाहरूले त प्रतिज्ञा गरेका छौ– निर्विकारी रहने। तिमी निर्विकारीहरूको यो यात्रा हो। निर्विकारी बाबा, जो सदा पवित्र हुनुहुन्छ, उहाँलाई याद गर्नु छ। पानीको सागरलाई विकारी वा निर्विकारी भनिदैन। न तिनीहरूबाट निस्किएको गंगाले निर्विकारी बनाउँछ। मनुष्य त यति पतित बनेका छन्, केही पनि बुझ्दैनन्। ती हुन् जिस्मानी यात्राहरू, अल्पकाल क्षणभंगुरका यात्रा। यो यात्रा ठूलो हो। तिमी बच्चाहरूले उठ्दा-बस्दा यात्राको विचार चल्नु छ। यात्रामा जाँदा धन्दा आदि गृहस्थ व्यवहार आदि सबै भुल्नुपर्छ। अमरनाथको जय यति भन्दै जान्छन्। महिना दुई महिना तीर्थ यात्रा गरेर फेरि आएर विकारमा फँस्छन्। फेरि जान्छन् गंगा स्नान गर्न। उनीहरूलाई यो थाहै छैन– हामी सधैं पतित बन्छौं। गंगा जमुनाको पासमा रहनेहरू पनि सधैं पतित हुन्छन्। सधैं गएर गंगामा स्नान गर्छन्। एक त नियम हुन्छ, दोस्रो फेरि विशेष दिनमा जान्छन्, सम्झन्छन्– गंगा पतित-पावनी हुन्। यस्तो त होइन, खास त्यस दिनमा मात्रै गंगाले पावन बनाउँछिन्। जुन दिन मेला लाग्छ, त्यस दिन उनी पतित-पावनी बन्छिन्। यस्तो होइन। गंगा त सधैं नै रहन्छ। सधैं पनि जान्छन् स्नान गर्न। मेलामा पनि खास दिन जान्छन्। अर्थ छैन। गंगा-जमुना चीज त त्यही हो। त्यसमा मुर्दालाई पनि फ्याँकिदिन्छन्। 

अब तिमी बच्चाहरू रुहानी यात्रामा रहनु छ। अब हामी जान्छौं घर। यसमा गंगा स्नान गर्ने वा शास्त्र पढ्ने कुनै कुरा नै छैन। बाबा आउनुहुन्छ पनि एकै पटक। सारा दुनियाँ पनि पतितबाट पावन एकै पटक बन्छ। यो पनि जान्दछौ– सत्ययुग हो नयाँ दुनियाँ, कलियुग हो पुरानो दुनियाँ। बाबा आउनुपर्छ अवश्य, नयाँ दुनियाँको स्थापना र पुरानो दुनियाँको विनाश गर्न। यो उहाँको नै काम हो। तर मायाले यस्तो तमोप्रधान बुद्धि बनाइदिएको छ जसले गर्दा केही पनि बुझ्दैनन्। प्रदर्शनीमा कति धेरै मानिस आउँछन्। संन्यासी पनि आउँछन् फेरि पनि बुझ्नेछन् करोडौंमा कसैले मात्र। तिमी लाखौं करोडौंलाई सम्झाउँछौ तब विरलै कोही आउँछन्। धेरैलाई सम्झाउनुपर्छ। आखिरमा तिम्रो यो ज्ञान र चित्र आदि सबै अखबारमा पनि आउनेछ। सिँढी पनि अखबारमा आउनेछ। भन्नेछन्– यो त हिन्दूहरूको लागि नै हो, अरु धर्मका कहाँ जानु छ र। कयामतको समय पनि गायन छ। कयामत अर्थात् फर्केर जानु। पुरानो दुनियाँको विनाशm नयाँ दुनियाँको स्थापना हुन्छ, त्यसपछि अवश्य सबै फर्केर जान्छन् नि। सबैको विनाश हुनु छ। नयाँ दुनियाँ स्थापना भइरहेको छ। यी कुरालाई कसैले जान्दैनन्, सिवाय तिमी बच्चाहरू। तिमीलाई थाहा छ– नर्कवासीको विनाश, स्वर्गवासीको स्थापना भइरहेको छ। कल्प-कल्प यसरी नै हुन्छ। अहिले जुन थोरै समय बाँकी छ, यसमा पनि धेरैलाई ज्ञान मिल्दै जानेछ। मेला भइरहनेछन्। सबै तर्फबाट लेखिरहन्छन्– हामी मेला गरौं? प्रदर्शनी गरौं? तर साथ-साथ आफ्नो यादको यात्रा पनि भुल्नु हुँदैन। बच्चाहरू बिलकुलै सुस्त चलिरहेका छन्। यात्रा यस्तो गर्छन्, जसरी वृद्धले गर्छन्। मानौं तागतै छैन, केही खाएकै छैनन्। बाबालाई कति विचार चलिरहन्छ। चिन्तन गर्दा-गर्दै निद्रा नै भाग्छ। विचार सागर मन्थन त सबैले गर्नुपर्छ नि। बच्चाहरूले जान्दछन्– हामीलाई बेहदका बाबाले पढाउनु हुन्छ। त्यसैले बच्चाहरूलाई कति अपार खुशी हुनुपर्छ। यस पढाइद्वारा हामी विश्वको मालिक बन्छौं। कसै कसैको त चलन यस्तो छ, जस्तै गंगटो। गंगटोलाई बाबाले देवता बनाउनु हुन्छ। फेरि पनि चलन मुश्किलले कसैको सुध्रिन्छ। यस सिँढीको चित्रमा धेरै राम्रो ज्ञान छ। तर बच्चाहरूले यति काम गर्दैनन्। यात्रा नै गर्दैनन्। 

बाबालाई याद गरेमा बुद्धिको ताला पनि खुल्दै जान्छ। गोल्डन बुद्धि बन्दै जान्छ। तिमी बच्चाहरूको पारसबुद्धि हुनुपर्छ, धेरैको कल्याण गर्नुपर्छ। तिमी सतोप्रधानबाट अहिले तमोप्रधान बनेका छौ, फेरि सतोप्रधान बन्नु छ। बाबा भन्नुहुन्छ– मलाई याद गर। कृष्णलाई भगवान भन्न सकिँदैन। उनलाई त श्याम सुन्दर भनिन्छ। बाबाले त्यही आत्मालाई फेरि सम्झाउनु भएको छ। यो आत्माले जान्दछ– बाबाले मलाई विश्वको मालिक बनाउनु हुन्छ, त्यसैले दिमागमा खुशी कति हुनुपर्छ। यसमा घमण्डको कुनै कुरा छैन। बाबा कति निरहंकारी हुनुहुन्छ। बुद्धिमा कति खुशी रहन्छ। भोलि हामी हीरा-जुहारतको महल बनाउनेछौं। नयाँ दुनियाँमा राजधानी चलाउनेछौं। यो त बिलकुल पतित दुनियाँ हो। यस दुनियाँका मनुष्य त कुनै कामका छैनन्, केही जान्दैनन्। यो पनि देखाउनुपर्छ– हीराजस्तो जीवन थियो। उनीहरू नै फेरि ८४ जन्म लिएर कौडी समान बन्छन्। यो सिँढीको चित्र नम्बरवन हो। फेरि दोस्रो नम्बरमा छ त्रिमूर्ति। 

तिमीले भन्छौ– निकट भविष्यमा श्रेष्ठाचारी दुनियाँ बन्नेछ। श्रेष्ठाचारी दुनियाँमा धेरै कम मनुष्य हुन्छन्, अहिले कति धेरै मनुष्य छन्। महाभारत लडाईं पनि सामुन्ने खडा छ। सबै आत्माहरू मच्छर जस्तै जानेछन्। आगो भड्किइरहेको छ। जति सुधार्ने कोसिस गर्छन्, त्यति बिग्रिदै जान्छ। बाबाले बच्चाहरूलाई राजयोग सिकाइरहनु भएको छ। बच्चाहरूलाई कति नशा चढाउनुहुन्छ। कोही कोही त यहाँबाट बाहिर निस्कियो, सारा ज्ञान उडेर जान्छ। स्मृतिमा केही पनि रहँदैन। नत्र त सोख हुनुपर्ने गएर सेवा गरुँ। बाबाले पनि गुण देखेर सेवामा पठाउनुहुन्छ नि। यसमा बडो हर्षित रहन्छन्। सेवामा खुशीको पारा चढ्छ। राम्रा-राम्रा पुराना बच्चाहरू आपसमा रिसाउँछन् सानो-सानो कुरामा। यसरी तिमीले सेवा नगरेर कहाँ हुन्छ र। सेवा त खुशीसँग गर्नुपर्छ। जोसँग मन मिल्दैन, उसको अनुहार देख्ने बित्तिकै सेवाको विचार उडेर जान्छ। सेवामा दिल लागेन भने किनारा हुन्छन्। फेरि त ज्ञानी र अज्ञानीमा केही फरक रहेन। देह-अभिमानको ग्रहचारी आएर बस्छ। यो हो पहिलो नम्बरको बिमारी। बाबा भन्नुहुन्छ– प्यारा बच्चाहरू! देही-अभिमानी बन। आत्माले नै सबैथोक गर्छ नि। आत्मा नै विकारी र निर्विकारी बन्छ। स्वर्गमा निर्विकारी थियो। रावण राज्यमा आत्मा नै विकारी बनेको छ। यो पनि ड्रामा यस्तो बनेको छ त्यसैले पुकार्छन्– हे पतित-पावन आउनुहोस्। जो निर्विकारी थिए, उनीहरू नै पतित विकारी बनेका छन्। यो कसैको पनि बुद्धिमा छैन– हामी नै निर्विकारी थियौं, अहिले विकारी बनेका छौं। हामी आत्मा मूलवतनका रहनेवाला हौं। वहाँ त हामी आत्मा निर्विकारी हुन्छौं। यहाँ शरीरमा आएर पार्ट खेल्दा-खेल्दा विकारी बनेका हौं। यो बाबा बसेर सम्झाउनु हुन्छ। आत्मा शान्तिधामबाट आउँदा अवश्य पवित्र नै थियो फेरि अपवित्र बनेको हो। 

पवित्र दुनियाँमा ९ लाख हुन्छन्। फेरि यतिका सबै आत्माहरू कहाँबाट आए? अवश्य शान्तिधामबाट आएको हुनुपर्छ। त्यो हो निराकारी शान्तिधाम। वहाँ सबै आत्माहरू पवित्र रहन्छन् फेरि पार्ट खेल्दै-खेल्दै, सतो-रजो-तमोमा आउँछन्। पावनबाट पतित हुनु छ। फेरि बाबा आएर सबैलाई पावन बनाउनु हुन्छ। यो ड्रामा चलि नै रहन्छ। ड्रामाको आदि-मध्य-अन्त्यको रहस्य बाबा सिवाय अरु कसैले बताउन सक्दैन। उहाँ बाबालाई कसैले जान्दै-जान्दैन। ऋषि-मुनिले पनि नेति नेति भन्दै आए। हामीले भगवानलाई र उहाँको रचनालाई जान्दैनौं। भन्दछन्– परमपिता ज्ञानसागर हुनुहुन्छ। उहाँ परमात्मा सर्व आत्माहरूका बाबा, बीजरुप हुनुहुन्छ। उहाँ हुनुहुन्छ आत्माहरूका बीजरुप र यी प्रजापिता ब्रह्मा हुन् मनुष्य सृष्टिको बीजरुप। उहाँ निराकार बाबा यिनमा प्रवेश गरेर मनुष्यहरूलाई सम्झाउनु हुन्छ, मनुष्यद्वारा। यिनलाई मनुष्य सृष्टिको बीजरुप भनिदैन। उहाँ हुनुहुन्छ आत्माहरूका पिता र यी ब्रह्मा हुन् मनुष्य सृष्टिका प्रजापिता, जसद्वारा बाबा आएर ज्ञान दिनुहुन्छ। शरीर अलग, आत्मा अलग छ नि। मन-बुद्धि-चित्त आत्मामा छन्। आत्मा आएर शरीरमा प्रवेश गर्छ, पार्ट खेल्नको लागि। 

तिमीले जान्दछौ– कसैले शरीर छोड्यो भने गएर अर्का पार्ट खेल्छ, यसमा रूनाले के हुन्छ? गयो त गयो फेरि आएर कहाँ हाम्रो काका, मामा बन्छ र! रोएर के फाइदा? तिम्रो मम्मा गइन्, ड्रामा अनुसार पार्ट खेलिरहेकी छन्। यसरी धेरै जान्छन्। कोही कहाँ गएर जन्म लिन्छन्। यो बुझिन्छ– जति-जति आज्ञाकारी बच्चा छ, त्यति अवश्य राम्रो घरमा गएर जन्म लिन्छ। यहाँका जान्छन् नै राम्रो घरमा। नम्बरवार त हुन्छन् नै। जसले जस्तो कर्म गर्छ, त्यस्तै घरमा जान्छ। अन्त्यमा तिमी गएर राजाई घरमा जन्म लिन्छौ। को राजाको पासमा जान्छ, त्यो स्वयंले बुझ्न सक्छन्। फेरि पनि दैवी संस्कार त लिएर जान्छन् नि। यसमा बडो विशाल बुद्धिले विचार सागर मन्थन गर्नुपर्छ। बाबा ज्ञानका सागर हुनुहुन्छ। त्यसैले बच्चाहरू पनि ज्ञानको सागर बन्नु छ। नम्बरवार त हुन्छन् नै। बुझिन्छ– पछि गएर उन्नति भइरहन्छ। जसले आज काम गर्न सक्दैन, ऊ भोलि अरुभन्दा अगाडि जान सक्छ। ग्रहचारी उत्रिन्छ। कसैमा राहुको ग्रहचारी बस्यो भने नालीमा गिर्छ। हड्डी नै भाँच्चिन्छ। बेहदको बाबासँग प्रतिज्ञा गरेर फेरि गिर्छन् भने धर्मराजद्वारा सजाय पनि धेरै मिल्छ। उहाँ बेहदको बाबा, बेहदको धर्मराज हुनुहुन्छ, फेरि बेहदको सजाय मिल्छ। कुनै कुरामा आनाकानी गर्छन् वा उल्टो काम गर्छन् भने सजाय अवश्य खान्छन्। बुझ्दैनन्– हामीले भगवानको अवज्ञा गर्छौं। यतिका सबै कुरा बाबा सम्झाइरहनुहुन्छ। श्रीमतमा चल, सेवामा सहयोगी बन। योगको यात्रामा रहने गर। चित्रमा सम्झाउने प्रयास गर्यौ भने बानी पर्नेछ। नत्र उच्च पद कसरी मिल्छ? अज्ञानकालमा कसैको बच्चा बडो सपूत हुन्छ, कोही बडो कपूत पनि हुन्छन्। 

यहाँ पनि कोही कोहीले त झट्ट बाबाको काम गरेर देखाउँछन्। बच्चाहरूले बेहदको सेवा गर्नु छ। बेहदको आत्माहरूको कल्याण गर्नु छ। सन्देश दिनु छ– मनमनाभव। बाबालाई याद गर्नाले तिम्रो बुद्धि तमोप्रधानबाट सतोप्रधान बन्छ। अहिले त कलियुगी तमोप्रधान दुनियाँको अन्त्य छ। अब सतोप्रधान बन्नु छ। आत्माहरूको पनि वहाँ नम्बरवार दुनियाँ छ नि, जहाँबाट फेरि नम्बरवार आएर पार्ट खेल्छन्। आउँछन् पनि नम्बरवार ड्रामा अनुसार। अहिले सबै आत्माहरू रावण राज्यमा दुःखी छन्। त्यो पनि कहाँ बुझ्दछन् र। यदि कसैलाई तपाईं पतित हुनुहुन्छ भनेमा रिसाउनेछन्। बाबा सम्झाउनुहुन्छ– यो हो विकारी दुनियाँ। बाबा भन्नुहुन्छ– तिमीले आफ्नो राज्य-भाग्य लिन्छौ। बाँकी सबै विनाश भएर फर्केर जान्छन्। यो त गायन गरिएको छ– महाभारत लडाईं लाग्नु छ, जसबाट सबै धर्म समाप्त भएर बाँकी एक धर्म रहनेछ। यो लडाईंपछि स्वर्गको द्वार खुल्नेछ। कति राम्रोसँग बच्चाहरूलाई सम्झाउनु हुन्छ। पछि गएर तिम्रो कुरा सुन्नेछन् र आइरहनेछन्। सूर्यवंशी चन्द्रवंशी, जो पतित बनेका छन्, उनीहरू नै आएर नम्बरवार आाफ्नो वर्सा लिनेछन्। प्रजा त धेरै बन्छन्। अच्छा! 

मीठे-मीठे सिकीलधे बच्चाहरूप्रति माता-पिता बापदादाको याद-प्यार एवं गुडमर्निङ्ग। रुहानी बाबाको रुहानी बच्चाहरूलाई नमस्ते। रुहानी बच्चाहरूको रुहानी बाबालाई गुडमर्निङ्ग, नमस्ते। 


धारणाको लागि मुख्य सारः

१) भगवानको आज्ञालाई अवज्ञा कहिल्यै गर्नु छैन। बेहद सेवामा सपूत बच्चा बनेर सहयोगी बन्नु छ।

२) ज्ञान धनको गुप्त खुशीद्वारा बुद्धिलाई भरपुर राख्नु छ। आपसमा कहिले पनि रिसाउनु छैन।

वरदान:

श्रेष्ठ तकदिरको स्मृतिद्वारा आफ्नो समर्थ स्वरुपमा रहने सूर्यवंशी पदको अधिकारी भव:-  

जसले आफ्नो श्रेष्ठ तकदिरलाई सदा स्मृतिमा राख्छ, ऊ समर्थ स्वरुपमा रहन्छ। उसलाई सदा आफ्नो अनादि असली स्वरुप स्मृतिमा रहन्छ। कहिल्यै नक्कली अनुहार धारण गर्दैन। कुनै बेला मायाले नक्कली गुण र कर्तव्यको स्वरुप बनाइदिन्छ। कसैलाई क्रोधी, कसैलाई लोभी, कसैलाई दुःखी, कसैलाई अशान्त बनाइदिन्छ तर असली स्वरुप यी सबै कुरा भन्दा टाढा छ। जुन बच्चा आफ्नो असली स्वरुपमा स्थित रहन्छ। ऊ नै सूर्यवंशी पदको अधिकारी बन्छ।

स्लोगन:

सबैमाथि दया गर्नेवाला बन्यौ भने अहम् र वहम् (शंका) समाप्त हुन्छ।  

 

***OM SHANTI***

Google+ Followers