BK Murli 7 November 2016 Nepali

bk murli today

Posted by: BK Prerana

BK Prerana is executive editor at bkmurlis.net and covers daily updates from Brahma Kumaris Spiritual University. Prerana updates murlis in English and Hindi everyday.
Twitter: @bkprerana | Facebook: @bkkumarisprerana
Share:






    BK Murli 7 November 2016 Nepali

    २०७३ कार्तिक २२ गते सोमबार 07.11.2016 बापदादा मधुवन

    “मीठे बच्चे– सबैलाई एक बाबाको नै परिचय देऊ, एक बाबासँग लेनदेन राख, बाबालाई नै आफ्नो सच्चा हिसाब देऊ।”  

    प्रश्न:

    बच्चाहरूबाट अहिलेसम्म पनि अनेक प्रकारका भूल भइरहन्छन्, त्यसको कारण के हो?

    उत्तर:

    मुख्य कारण हो– योगमा धेरै कच्चा छन्। बाबाको यादमा रहने हो भने कहिल्यै कुनै नराम्रो काम हुन सक्दैन। नाम रुपमा फँस्यो भने योग लाग्न सक्दैन। तिमी पतितबाट पावन बन्ने धुनमा रहने गर। निरन्तर शिवबाबाको यादमा रहने गर। तिम्रो आपसमा दैहिक प्यार हुनु हुँदैन।

    गीतः–

    जले न क्यों परवाना...

    ओम् शान्ति।

    यो भक्ति मार्गको गीत हो। आखिर यो सबै बन्द हुनेछ, यसको आवश्यकता छैन। गायन पनि छ– एक सेकेण्डमा बाबाबाट वर्सा मिल्छ। तिमीलाई थाहा छ– बेहदको बाबासँग जीवनमुक्तिको वर्सा मिल्छ। जीवनमुक्ति अर्थात् यस दुःखधामबाट मुक्त, भ्रष्टाचारबाट मुक्त। फेरि के बन्छौ? त्यसको लागि लक्ष्य-उद्देश्य त धेरै राम्रोसँग सम्झाउनु पर्ने हुन्छ। बाबाले राती पनि सम्झाउनु भएको थियो– कोही आउँछ भने पहिला परिचय देऊ सर्वोच्च भगवानको। सोध्दछन्– यहाँको उद्देश्य के हो? पहिला सुरूमा परिचय दिनु छ बेहदका बाबाको। अहिले उहाँले भन्नुहुन्छ– मलाई याद गर्यौ भने तिमी पावन बन्छौ। गायन पनि छ– हे पतित-पावन आउनुहोस्। बाबाको अवश्य कुनै अथोरिटी छ नि। कुनै पार्ट त अवश्य मिलेको छ। उहाँलाई भनिन्छ– सर्वोच्च बाबा। उहाँ यहाँ नै आउनुहुन्छ। यसलाई नै आएर सर्वोच्च बनाउनु हुन्छ। वैकुण्ठको सौगात लिएर आउनुहुन्छ। मनुष्य सृष्टिमा सर्वोच्च हुन् देवी-देवताहरू, सूर्यवंशी घराना, जसले सत्ययुगमा राज्य गर्थे। सत्ययुग स्थापना गर्ने सर्वोच्च भगवान नै हुनुहुन्छ। उहाँलाई भनिन्छ पनि स्वर्ग स्थापना गर्नेवाला, हेभनली गड फादर। उहाँ बाबा हुनुहुन्छ, उहाँको लागि कहिल्यै यस्तो भन्न सकिँदैन– बाबा सर्वव्यापी हुनुहुन्छ। सर्वव्यापी भन्नाले बाबाको वर्सा लोप हुन्छ। कति मीठा कुरा छन्, बाबा मतलब वर्सा। अवश्य आफ्नो बच्चाहरूलाई नै वर्सा दिनुहुन्छ। सबै बच्चाहरूको बाबा एकै हुनुहुन्छ। उहाँ आएर सुख-शान्तिको वर्सा दिनुहुन्छ, राजयोग सिकाउनु हुन्छ। बाँकी त सबै आत्माहरू हिसाब-किताब चुक्ता गरेर फर्केर जान्छन्। अब पुरानो दुनियाँ खतम हुनेवाला छ। त्यसको लागि यो महाभारत लडाई हो। अनेक धर्महरूको विनाश, एक धर्मको स्थापना हुनु छ। बुद्धिले पनि भन्छ– अवश्य कलियुगपछि सत्ययुग आउनुपर्छ। देवी-देवताहरूको इतिहास दोहोरिन्छ। गायन पनि छ– ब्रह्माद्वारा स्थापना गर्नुहुन्छ। सर्वोच्च पद प्राप्त गराउनुहुन्छ। 

    बाबा भन्नुहुन्छ– प्यारा बच्चाहरू! यो अन्तिम जन्म पवित्र बन। अब मृत्युलोक मुर्दाबाद र अमरलोक जिन्दाबाद हुनु छ। तिमी सबै पार्बती हौ, अमरकथा सुनिरहेका छौ। तिमीहरू दुवै अमर बन्छौ नि। यसलाई अमरकथा भन वा तीजरीको कथा भन। धेरैजसो माताहरूले नै कथा सुन्छन्। के अमरपुरीमा पुरूष हुँदैन? दुवै नै हुन्छन्, यो बाबाले नै बुझाउनु हुन्छ– भक्ति मार्गको शास्त्रहरूमा के भनिएको छ र बाबाले के भन्नुहुन्छ? यो पनि भन्छन्– भक्तिको फल दिन भगवान आउनुहुन्छ। वास्तवमा सत्ययुगमा यी देवी-देवताहरूको नै विश्वमा राज्य थियो। यिनलाई फल कसले दियो? कुनै पनि साधु-संन्यासी आदिले दिन सक्दैनन्। यो पनि जान्दछौ– भक्ति पनि सबैले समान रुपमा गर्दैनन्। जसले धेरै भक्ति गर्छ, उसलाई फल पनि अवश्य त्यस्तै मिल्छ। जो पूज्य थिए, उनै पुजारी बन्छन्, फेरि पूज्य बन्छन्। भक्तिको फल त मिल्छ नि। यो कुरा पनि सबैलाई सम्झाउनु पर्ने हुन्छ। पहिला सुरूमा त्रिमूर्ति चित्रमा सम्झाउनु छ। यस्तो होइन– पहिला सिँढीको चित्रमा लैजाऊ। यो हो विस्तारको कुरा। पहिला सुरूमा परिचय दिनु छ बाबाको। उहाँ हुनुहुन्छ सर्वोच्च। फेरि ब्रह्मा, विष्णु, शंकरको फेरि लक्ष्मी-नारायणको। बाँकी भक्ति मार्गका चित्र त अथाह छन्। पहिला सुरूमा यो भन– बेहदको बाबा हुनुहुन्छ, जसबाट हामी बेहद स्वर्गको वर्सा लिन्छौं। सर्वोच्च भगवान्ले वर्सा पनि सर्वोच्च दिनुहुन्छ। यहाँ शिव जयन्ती पनि मनाइन्छ, अवश्य हेभनली गड फादरले आएर स्वर्ग स्थापना गर्नुभएको थियो। बाबाले नै स्वर्ग स्थापना गर्नुहुन्छ फेरि ५ हजार वर्षपछि नर्क हुन्छ। रामलाई पनि आउनु पर्ने हुन्छ, त्यसैगरी समयमा रावणलाई पनि आउनु पर्ने हुन्छ। रामले वर्सा दिनुहुन्छ, रावणले श्राप दिन्छ। ज्ञान अर्थात् दिन पूरा भएर रात हुन्छ। दिनमा केवल सूर्यवंशी, चन्द्रवंशी हुन्छन्। यो कुरा सारमा सम्झाउन धेरै सहज छ। पहिला सुरूमा सर्वोच्च बाबाको परिचय दिएर पक्का गराउनुपर्छ। मूल कुरा नै यो हो। सत्ययुगमा देवी-देवता घराना थियो। सतोप्रधान थिए फेरि सतो-रजो-तमोमा आए। यो हो चक्र। 

    एकै चीज कायम रहन सक्दैन। तिमी बच्चाहरूको बुद्धिमा यही याद रहोस्– सर्वोच्च बाबालाई याद गर्नु छ। यस यादमा धेरै कच्चा छन्। बाबाले पनि आफ्नो अनुभव बताउँछन्– याद नै घरी-घरी बिर्सिन्छ किनकि यिनको धेरै विचार चल्छ। त्यसैले त भनिन्छ– जसको शिरमा झंझट छ, ऊ यादमा कसरी रहन सक्छ? बाबाको सारा दिन ख्याल चलिरहन्छ। कति कुरा सामुन्ने आउँछन्। बाबालाई सबेरै उठेर बस्दा धेरै मज्जा आउँछ। नशा पनि रहन्छ– अब यो स्थापना भएपछि म विश्वको महाराजा बन्छु, फेरि। जस्तै बाबाले आफ्नो अनुभव बताउँछन्। पहिला मुख्य कुरा हो बाबाको परिचय। अरु जति कुरा भने पनि, बोले पनि यसबाट कुनै फायदा छैन। भन– हामी तपाईंलाई परिचय दिन्छौं सर्वोच्च बाबाको। उहाँले सबैभन्दा उच्च वर्सा दिनुहुन्छ विश्वको मालिक बन्ने। आर्य समाजीहरूले देवताहरूको चित्रलाई मान्दैनन्। तिम्रो चित्र देख्ने बित्तिकै रिसाउँछन्। जसलाई वर्सा लिनु, शान्तिसँग आएर सुनिरहन्छन्। मुख्य कुरा नै एउटा छ, सर्वोच्च भगवानको। सर्वोच्च ब्रह्मा, विष्णु, शंकरलाई भनिँदैन। सर्वोच्च बाबासँग नै वर्सा मिल्छ। उहाँ नै पतित-पावन हुनुहुन्छ। यो कुरा पक्का गराऊ। गड इज वन। बाबा मतलब वर्सा। यहाँ नै आएर वर्सा दिनुहुन्छ। ब्रह्माद्वारा नयाँ दुनियाँको स्थापना, शंकरद्वारा विनाश। यस महाभारत लडाईद्वारा नै स्वर्गको गेट खुल्छ। पतितबाट पावन बन्छन्। बेहदका बाबासँग नै वर्सा मिलिरहेको छ। दोस्रो कुनै कुरा छैन। यहाँ छ एउटै कुरा। बाबा भन्नुहुन्छ– मलाई याद गर्यौ भने तिम्रो मैला निक्लिन्छ। यो एक कुरा जब बुझ्नेछन् अनि केही सम्झाऊ। यो जुन यतिका चित्र छन्, यो हो विस्तार। हामी भन्छौं– ज्ञान अमृत पिएर पवित्र बनौं। उनले भन्छन् विष चाहियो। त्यसको लागि पनि यो चित्र छ, तब भन्छन् अमृत छोडेर विष किन खाने? यो रुहानी ज्ञान आध्यात्मिक पिताले नै दिनुहुन्छ। उहाँ बाबा सर्वव्यापी कसरी हुन सक्नुहुन्छ? तपाईंले बाबालाई सर्वव्यापी मान्नुहुन्छ भने ठीक छ मान्नुहोस्, हामीले त अब मान्दैनौं। पहिले हामीले पनि मान्थ्यौं। अब बाबाले बताउनु भएको छ– यो भूल हो। बाबाबाट वर्सा मिल्छ। अहिले यहाँ नर्क छ, यसलाई फेरि हामी स्वर्ग अर्थात् पवित्र गृहस्थ आश्रम बनाउँछौं। आदि सनातन देवी-देवताहरूको पवित्र गृहस्थ आश्रम थियो। अहिले छ अपवित्र पतित दुनियाँ। 

    बाबा भन्नुहुन्छ– मलाई याद गर। सर्वोच्च शिवबाबा रचयिता हुनुहुन्छ, उहाँबाट वर्सा मिल्छ। अहिले कलियुगमा छन् धेरै मनुष्य, सत्ययुगमा त धेरै कम मनुष्य हुन्छन्। त्यतिबेला बाँकी सबै शान्तिधाममा हुन्छन्। अवश्य अब लडाई लाग्नेछ अनि मुक्तिमा जान्छौं। यो सबै कुरा बच्चाहरूको बुद्धिमा रहनुपर्छ। बच्चाहरूले सेवा अवश्य गर्नु छ। सेवाबाट नै उच्च पद पाइन्छ। यस्तो होइन– आपसमा मेलमिलाप भएन भने शिवबाबालाई बिर्सिनु छ या शिवबाबाको सेवा गर्न छोडिदिनु छ। यसरी त पद भ्रष्ट हुनेछ। फेरि यो सर्भिसको बदला डिससर्भिस गरिदिन्छौ। आपसमा नुनपानी भएर सर्भिसलाई छोडिदिनु, यो जस्तो खराब काम कुनै छैन। बाबालाई याद गर्यौ भने कमाई पनि हुन्छ। अब ज्ञान मिलेको छ होली (पवित्र) बनेर बाबालाई याद गर। धुरिया भनिन्छ ज्ञानको रिमझिमलाई। ज्ञान र विज्ञान भनिन्छ। विज्ञान हो योग, ज्ञान हो सृष्टि चक्रको। होली-धुरिया, मनुष्यले केही बुझ्दैनन्। बाबालाई याद गर्नु र ज्ञान सबैलाई सुनाउनु। बाबाले बारम्बार सम्झाउनु हुन्छ– सर्वोच्च बाबालाई सर्वव्यापी भन्न सकिँदैन। फेरि त स्वयं कसलाई याद गर्छन्? बाबा भन्नुहुन्छ– निरन्तर मलाई याद गर। तर रचयितालाई जान्दैनन् भने मिल्छ के! नजान्नाको कारण सर्वव्यापी भनिदिन्छन्। सर्वोच्च हुनुहुन्छ भनी सिद्ध गरेर सम्झायौ भने सर्वव्यापीको कुरा बुद्धिबाट निक्लेर जान्छ। हामी सबै भाइ-भाइ हौं। बाबाले हर ५ हजार वर्षपछि आएर वर्सा दिनुहुन्छ। सत्ययुगमा देवी-देवता हुन्छन्। बाँकी सबै मुक्तिमा जान्छन्। सबैलाई बाबाको परिचय दिँदै गर। क्राइस्टको प्रार्थना गर्छन्, उनलाई भन– क्राइस्ट त सबैका फादर होइनन्। सबैको फादर त निराकार हुनुहुन्छ, जसलाई नै आत्माले पुकार्छ– ओ गड फादर, क्राइस्ट उहाँको बच्चा भनेर गायन गरिएको छ। बच्चाबाट वर्सा कसरी मिल्छ? क्राइस्ट त रचना हुन्। यस्तो कुनै पनि शास्त्रमा लेखिएको छैन– क्राइस्टलाई याद गर्नाले आत्मा तमोप्रधानबाट सतोप्रधान बन्छ। एक गीतामा नै छ– म एकलाई याद गर। गड फादरको शास्त्र हो नै गीता। केवल बाबाको नाम बदलेर कृष्णको नाम लेखिदिएका छन्। यो भूल गरिदिएका छन्। सबैभन्दा उच्च बाबा नै हुनुहुन्छ, उहाँले नै सुख-शान्तिको वर्सा दिनुहुन्छ। 

    शिवको चित्र सबैले आफ्नो पासमा राख्नु छ। शिवबाबाले यो वर्सा दिनुहुन्छ, फेरि ८४ जन्ममा गुमाउँछौं। सिँढीमा सम्झाउनु छ– पतित-पावन बाबा नै आएर पावन बन्ने युक्ति बताउनु हुन्छ। उनीहरूले भन्छन्– कृष्ण भगवानुवाच, तिमीले भन्छौ– शिव भगवानुवाच। पहिलो तल्लामा सर्वोच्च बाबा रहनुहुन्छ, फेरि दोस्रो तल्लामा सूक्ष्मवतन। यो हो तेस्रो तल्ला। सृष्टि यहाँ छ, पछाडि सूक्ष्मवतनमा जान्छौं। वहाँ ट्रिब्यूनल (अदालत) बस्छ, सजाय मिल्छ। सजाय खाएर पवित्र बनेर माथि जान्छन्। बाबाले सबै बच्चाहरूलाई लैजानु हुन्छ। अहिले हो संगम। यसलाई १०० वर्ष दिनुपर्छ। बच्चाहरूले सोध्छन्– बाबा स्वर्गमा के-के होला? बाबा भन्नुहुन्छ– प्यारा बच्चाहरू! त्यो पछि गएर देख्नेछौ। पहिला तिमी बाबालाई त चिन, पतितबाट पावन बन्ने धुनमा रहने गर। स्वर्गमा जो हुनु छ, त्यही भइरहन्छ। तिमी यस्तो पावन बन, जसले गर्दा बाबाको पूरा वर्सा मिलोस् नयाँ दुनियाँको। बाँकी बीचमा के हुन्छ, यो पनि पछि गएर देख्नेछौ। त्यसैले यो कुरा सबै याद राख्नुपर्छ। याद नरहनाको कारण समयमा बुझ्दैनन्, बिर्सिन्छन्। बच्चाहरूले कर्म पनि राम्रो गर्नुपर्छ। बाबाको यादमा रहनाले खराब काम हुँदै हुँदैन। धेरै नराम्रो कर्म पनि गर्छन्। यसरी कहाँ यसै ब्राह्मणीको मात्र राम्रो लाग्नु छ र। ती ब्राह्मणी गइन् भने स्वयं पनि खलास। ब्राह्मणीको कारण मर्छन्। मतलब बाबाबाट वर्सा लिनबाट मरे। यो पनि दुर्भाग्य नै भनिन्छ। 

    कति बच्चाहरू एक-अर्काको नाम रुपमा फँसेर मर्छन्। यहाँ तिम्रो दैहिक प्यार हुनु हुँदैन। निरन्तर शिवबाबालाई याद गर्नु छ। कसैसँग पनि लेनदेन गर्नु छैन। भन, मलाई किन दिनुहुन्छ? तपाईंको योग त शिवबाबासँग छ नि। जसले डाइरेक्ट दिँदैन, उनीहरूको शिवबाबाको पासमा जम्मा हुँदैन। ब्रह्माद्वारा स्थापना हुन्छ, त्यसैले उनीद्वारा नै सबैथोक गर्नु छ। बीचमा कसैले खायो भने शिवबाबाको पासमा त जम्मा भएन। शिवबाबालाई दिनु छ, ब्रह्माद्वारा। सेन्टर पनि ब्रह्माद्वारा नै खोल। आफैं सेन्टर खोल्छौ भने त्यो कहाँ सेन्टर भयो र। बापदादा दुवै सँगै हुनुहुन्छ। यिनको हातमा आयो मतलब शिवबाबाको हातमा आयो। कति सेन्टरहरू छन्, जसको कुनै समाचार नै छैन। लेख्नुपर्छ– शिवबाबा हजुरको सेन्टरको यो हिसाब हो। सेठको पासमा हिसाब आउनुपर्छ नि। धेरैको शिवबाबाको पासमा जम्मा हुँदैन। यति पनि अक्लल छैन। ज्ञान त धेरै छ तर युक्ति आउँदैन। सम्झन्छन्– मैले सेन्टर खोलेँ। तिमीले जसलाई दियौ, उसले सेन्टर खोल्यो। त्यो शिवबाबाले कहाँ खोल्नुभयो र। त्यो सेन्टरको फेरि त्यति उन्नति पनि हुँदैन। सेन्टर खोल्नु छ भने शिवबाबा मार्फत् खोल। शिवबाबा हामीले यो दिन्छौं, यसमा लगाइदिनुहोस्। बच्चाहरूले भूल धेरै गर्छन्। योगमा धेरै कच्चा छन्। अच्छा! 

    मीठे-मीठे सिकीलधे बच्चाहरूप्रति माता-पिता बापदादाको याद-प्यार एवं गुडमर्निङ्ग। रुहानी बाबाको रुहानी बच्चाहरूलाई नमस्ते। रुहानी बच्चाहरूको रुहानी बाबालाई गुडमर्निङ्ग, नमस्ते। 


    धारणाको लागि मुख्य सारः

    १) ज्ञानको साथ-साथै आफ्नो भविष्य बनाउने युक्ति पनि सिक्नु छ। एक बाबासँग नै वर्सा लिनु छ। कुनै देहधारीको पछि फँसेर दुर्भाग्यशाली बन्नु छैन।

    २) आपसमा कुनै कुराको कारण बाबाको सेवा छोड्नु हुँदैन। बिहान-सबेरै उठेर आफैंसँग कुरा गर्नु छ। याद गर्ने मेहनत गर्नु छ।

    वरदान:

    आफ्नो सम्पूर्णताको आधारमा समयलाई समीप ल्याउने मास्टर रचयिता भव:-   

    समय तिम्रो रचना हो, तिमी मास्टर रचयिता हौ। रचयिता रचनाको आधारमा हुँदैनन्। रचयिताले रचनालाई अधीन गर्छन्। त्यसैले यो कहिल्यै नसोच– समय स्वतः सम्पूर्ण बनाइदिन्छ। तिमीले सम्पूर्ण बनेर समयलाई समीप ल्याउनु छ। त्यसो त कुनै पनि विघ्न आउँछ भने समय प्रमाण जान्छ अवश्य। तर समयभन्दा पहिले परिवर्तन शक्तिद्वारा त्यसलाई परिवर्तन गरिदियौ भने त्यसको प्राप्ति तिमीलाई मिल्छ। समयको आधारमा परिवर्तन गर्यौ भने त्यसको प्राप्ति तिमीलाई मिल्दैन।

    स्लोगन:

    कर्म र योगको सन्तुलन राख्नेवाला नै सच्चा कर्मयोगी हो।   

     

    ***OM SHANTI***