BK Murli 1 December 2016 Nepali

BK Murli 1 December 2016 Nepali

२०७३ मङ्सिर १६ गते विहिबार 01.12.2016 बापदादा मधुवन

“मीठे बच्चे– तिमी अब २१ जन्मको लागि विश्वको मालिक बन्नेछौ, अहिले तिमीहरूमा बृहस्पतिको अविनाशी दशा छ।”  

प्रश्न:

सच्चा सेवाधारी बच्चाको बुद्धिमा कुनचाहिँ कुरा सदैव याद रहन्छ?

उत्तर:

धन दिएर धन कम हुँदैन... उसले सदैव दान गरि नै रहन्छ। उसको बुद्धिमा रहन्छ– मैले आफ्नै कल्याण गरिरहेको छु। बाबा पनि साक्षी भएर हेर्नुहुन्छ– कस-कसले आफ्नो जीवन उच्च बनाउँछन् र को-को पास हुन्छन्। ज्ञानमा चालचलन पनि धेरै राम्रो हुनुपर्छ। कहिल्यै स-साना कुरामा निराश हुनु हुँदैन।

गीतः–

तुम्हीं हो माता, पिता तुम्हीं हो...

ओम् शान्ति।

गुडमर्निङ्ग बच्चाहरूलाई। आज गुरूबार हो। तिमी बच्चाहरूको लागि यो वृक्षपति डे वा बृहस्पतिबार उत्तम हो। सप्ताहमा सबैभन्दा उत्तम दिन यो हो। वृक्षपतिको नाम गायन गरिएको छ। बृहस्पतिको दशा बसेको छ। वृक्षपति बाबाले फेरि हामीलाई आफ्नो बेहद सुखको वर्सा दिइरहनु भएको छ। बेहदको संन्यास पनि गराउनुहुन्छ, निवृत्ति मार्गको त हदको संन्यास हो। सबैलाई संन्यास गर्नु छ। बाबा भन्नुहुन्छ– पछि गएर त धेरैले सुन्नेछन्। पतित-पावन बाबा, जो गाइड र मुक्तिदाता हुनुहुन्छ, उहाँ भन्नुहुन्छ– म आएको हुँ सबैलाई मुक्तिधाममा फर्काएर लैजानको लागि। भक्ति मार्गमा मुक्तिको लागि नै पुरूषार्थ गर्छन्। भक्तिमा कति समय रहनुपर्ने हुन्छ तब भक्तिको फल मिल्छ। यो तिमीहरू सिवाए कसैले जान्दैनन्। तिमी बच्चाहरूले जान्दछौ– पूरा २५०० वर्ष लाग्छ। यो पनि ड्रामामा निश्चित छ। यो बनिबनाउ खेल हो। हरेकले आ-आफ्नो पार्ट खेलिरहन्छन्। तिमीले पनि कल्प-कल्प यही पार्ट खेल्छौ। कति खुशीको कुरा छ। हामी माथि बृहस्पतिको दशा बसेको छ। हामी २१ जन्मको लागि स्वर्गको मालिक बन्छौं। अब हाम्रो चढ्ती कला हुन्छ। नर्क मुर्दाबाद, स्वर्ग जिन्दाबाद हुन्छ। सुख-दुःखको खेल पनि तिमी बच्चाहरूको लागि हो। बाबा भन्नुहुन्छ– यो आदि सनातन देवी-देवता धर्मले धेरै सुख दिन्छ। त्यो हो नै नयाँ दुनियाँ। वहाँ खानीहरू पनि नयाँ हुन्छन्। जे जति वहाँ उत्पादन हुन्छ, सबैथोक नयाँ हुन्छ। पुरानो चीज भएपछि त्यो सत रहँदैन। त्यसैले अब दुनियाँमा पनि कुनै सार छैन। बाबालाई भनिन्छ सर्वशक्तिमान। के शक्ति देखाउनुहुन्छ? त्यो त तिमी बच्चाहरूले नै जान्दछन्। पतित-पावन सद्गति दाता, मुक्तिदाता बाबा आएर तिमीलाई यति धेरै शक्ति दिनुहुन्छ। अनेक धर्महरूको विनाश गराएर एक धर्म, एक राज्यको स्थापना गर्नु– के यो शक्तिको काम होइन? यो उच्च कार्य तिमी बच्चाहरूद्वारा गराउनुहुन्छ। तिमीलाई कति शक्ति मिल्छ, जसबाट तिम्रो सबै पाप काटिन्छ र तिमी पुण्य आत्मा बन्छौ। जति जसले मेहनत गर्छ, त्यति उच्च पद पाउँछ। फेरि पनि स्वर्गको लायक त बन्छन्। पहिले नयाँ दुनियाँ थियो, अहिले छ पुरानो दुनियाँ। यो पनि बुझ्दैनन्, बिल्कुल अन्ध-विश्वास छ। तिमी बच्चाहरूलाई थाहा छ– पहिले हामी बुद्धिहीन थियौं। गायन पनि गरिएको छ– अन्धाको सन्तान अन्धो। सबैले भगवान्लाई खोजि नै रहन्छन्, ठक्कर खाइरहन्छन्। 

केही पनि मिल्दैन। धेरै मेहनत गर्छन्। कसैले त बिचरा प्राण पनि त्यागिदिन्छन्। देवताहरूलाई राजी गर्नको लागि बलि पनि चढाउँछन्। त्यसलाई फेरि महाप्रसाद सम्झन्छन्। अहिले गाई हत्याको लागि घोषणा गर्छन्। सम्झन्छन्– गाई माता हो, दूध दिन्छ। त्यसो त बाख्राले पनि दूध दिन्छ, त्यसको रक्षा किन गर्दैनन्? भन्छन्– कृष्णको गाईसँग प्यार थियो। तर यस्तो कुरा होइन। बाबा सम्झाउनु हुन्छ– तिमी त सत्ययुगका राजकुमार राजकुमारी थियौ, फेरि ८४ जन्म लिँदै आएर तमोप्रधान बन्यौ। अब फेरि पुरूषार्थ गरेर सतोप्रधान राजकुमार-राजकुमारी बन्नु छ। यो हो नै डबल ताजधारी राजकुमार-राजकुमारी बन्ने पाठशाला। हुन त गीता पाठशालाहरू धेरै छन्, तर वहाँ यो सुनाउँदैनन्– तिमी स्वर्गमा राजकुमार-राजकुमारी कृष्ण जस्तै बन्छौ। यस्तो कुनै गीतापाठीले बताउँछन् र? यहाँ त बाबाले बताउनुहुन्छ– यो परीक्षा हो नै राजकुमार-राजकुमारी बन्ने। उनीहरूमा पनि धेरै नम्बर हुन्छन्। १६१०८ को माला गायन गरिएको छ, केवल १०८ मात्र कहाँ हुन्छन् र। अहिले त अनगिन्ती मनुष्य छन्। त्यो कम त हुनु नै छ। तिमीले कुनै-कुनै कुरा अखबारमा पनि छपाउन सक्छौ, यो जुन गाई हत्याको लागि भोक हड्ताल आदि गरिरहेका छन्, यो कल्प पहिले पनि गरेका थिए। नथिंग न्यु। यस समय परमात्मालाई पुकार्छन्– हामीलाई पावन दुनियाँमा लैजानुहोस्। अब कसरी लैजानुहुन्छ, यो त तिमी बच्चाहरूले नै जान्दछौ। तर त्यो दैवीगुण अहिले आएको छैन। दैवीगुणहरूको धारणा धेरै कम छ। ज्ञान त धेरैलाई राम्रो पनि लाग्छ। सम्झन्छन्– बी.के. पवित्र रहन्छन्, साधारण रहन्छन्। गहना आदि लगाउँदैनन् तर चलन पनि राम्रो हुनुपर्छ। जो घरमा पनि रहन्छन्, उनीहरूले कहिल्यै पतिलाई वा माता पितालाई भन्न सक्दैनन्– मलाई राम्रा गहना, राम्रा कपडा ल्याएर दिनुहोस्। यसो भन्नु हुँदैन किनकि तिमीलाई थाहा छ– अहिले हामी वनवासमा छौं। यो पुरानो शरीर, यो वस्त्र छोडेर हामी विष्णुपुरीमा गइरहेका छौं। शिवबाबा हाम्रा पतिहरूका पति, गुरूहरूका गुरू हुनुहुन्छ, त्यसैले त सबैले उहाँलाई याद गर्छन्– हे पतित-पावन आउनुहोस्। उहाँ नै आएर सबैलाई सद्गति दिनुहुन्छ। सिक्खहरूले पनि भन्छन् अकालमूर्त, सत श्री अकाल। आत्मालाई कहिल्यै कालले खाँदैन। 

शरीर त विनाश भएर जान्छ। आत्मा त विनाश हुँदैन। त्यसैले उहाँ सतगुरू, अकाल मूर्तलाई याद गर्छन्– आएर हामीलाई सद्गति दिनुहोस्। अकाल घरमा लैजानुहोस्, जहाँबाट हामी आएका हौं। त्यसैले तिमी बच्चाहरूले यो बुझाउनु छ– सतगुरू अकालमूर्त उहाँ एकै हुनुहुन्छ फेरि तपाईंले आफूलाई गुरू कसरी कहलाउनुहुन्छ? बाबा सम्झाउनु हुन्छ– यो भक्ति मार्गका अथाह गुरू हुन्। ज्ञान सागर त एकै बाबा हुनुहुन्छ। उहाँबाट तिमी नदीहरू निस्कन्छौ। यी कुरा बाबाले नै सम्झाउनु हुन्छ। बेहदका बाबाले बेहदको वर्सा दिनुहुन्छ। लौकिक शिक्षकले पनि पढाइको वर्सा दिन्छन्। अहिले बाबा आएर भन्नुहुन्छ– म एकलाई याद गर्यौ भने विकर्म विनाश हुन्छन्। शिरमा पापहरूको बोझ छ नि। बाबालाई याद गर्नाले बुद्धि सतोप्रधान बन्छ। अहिले त सबैको बुद्धि फोहोरी, तमोप्रधान छ। मूर्तिको अगाडि गएर भन्छन्– हामी फोहोरी हौं। हजुर धन्य-धन्य हुनुहुन्छ। 

तिमी नै पावन उच्च थियौ। तिमी नै पतित बनेर तल आएका हौ। नाटक नै यहाँको हो। ८४ जन्मको कथा पनि तिमीहरूको नै हो। जो कृष्णको राजधानीमा पहिले आउँछन्, उनैले पूरा ८४ जन्म लिन्छन्। यो पनि कसैलाई थाहा छैन– अहिले स्वर्ग, कृष्णपुरी स्थापना भइरहेको छ। तिमीले स्पष्टसँग लेख्न सक्छौ– हामीले योगबलद्वारा विश्वलाई श्रेष्ठाचारी बनाउँछौं। परिवार नियोजनको लागि यति मेहनत गर्छन्, तर यो त बाबाको नै काम हो। विनाशपछि बाँकी ९ लाख नै रहन्छन्। यसमा बाबाले कुनै खर्च गर्नुहुन्न। न कुनै आशीर्वाद आदिको कुरा छ। तर यस पुरानो दुनियाँको विनाश हुनु नै छ। यो हो संगम। गायन पनि गरिएको छ– ब्रह्माद्वारा स्थापना त अवश्य यहाँ नै हुनुपर्छ नि। त्यसैले ब्रह्मालाई राखिएको हो। मानिसहरूले भन्छन्– दादालाई किन राख्नुभएको हो? अरु कसैलाई राखेको भए पनि त भन्ने थिए– फलानोलाई किन राख्नुभएको हो! ब्रह्मा त बिल्कुल साधारण छन्। सबैभन्दा ठूलो त ब्रह्मा नै हुन सक्छन्। कुरा त बिल्कुल साधारण छ। तर कति बुझाउनु पर्ने हुन्छ। भगवान् आउनुहुन्छ नै पतित शरीर र पतित दुनियाँमा। पावन शरीर त यहाँ कसैको हुन सक्दैन। सिँढीको चित्रमा पनि देखाइएको छ– काँडाको जंगलमा खडा छन्। यो पतित दुनियाँ हो नि। भगवान् आउनुहुन्छ नै पतित साधारण तनमा, फेरि उनको नाम ब्रह्मा राखिएको छ। यी सबै कुरा बुद्धिमा राख्नु छ। मानिसहरूले अनेक प्रकारका प्रश्न सोधिरहन्छन्। सिँढीको चित्र बुझाउनेको बुद्धि धेरै राम्रो चाहिन्छ। तर जसको यहाँ आउने पार्ट नै छैन, ऊ आएर फाल्तू प्रश्न मात्र गर्नेछ। ८४ को चक्रको गायन पनि छ। त्यो पनि सबैले त लिन सक्दैनन्। जो पूज्य हुन्छन्, उनै पुजारी बन्छन्। ज्ञान त बिल्कुल सहज छ। केवल बाबालाई याद गर्यौ भने विकर्म विनाश हुन्छ र तिमी देवी देवता बन्छौ। ब्राह्मण नै फेरि देवता बन्छन्। विराट रुपको चित्र, गोला, सिँढी, त्रिमूर्ति– यी चित्रहरूको आपसमा सम्बन्ध छ। बाबाले कति सम्झाउने युक्ति बताउनुहुन्छ। कसैले त धारणा गर्छन्, कसैले त एक कानले सुनेर अर्कोबाट निकालि पनि दिन्छन्। तिमी बच्चाहरूको बुद्धिमा छ– हाम्रो राजधानी स्थापना भइरहेको छ। तिमी अहिले संगमयुगमा छौ। संगमको नै गायन छ– आत्मा परमात्मा अलग रहे बहुकाल। 

हामी नै पहिले सत्ययुगमा आउँछौं। बाँकी सबै शान्तिधाममा हुन्छन्। पहिले उनै आउँछन्, जो कल्प पहिले आएका थिए र जसले राम्रोसँग पढेका थिए। जसले राम्रोसँग पढ्दैनन्, उनीहरू अन्तिममा आउँछन्। सबै हिसाब-किताब छ। यो कुरा सेवाधारी बच्चाहरूको बुद्धिमा बस्छ। गायन पनि छ– धन दिएर धन सकिँदैन...। दान गर्दैनन् मतलब पढ्दैनन्। बाबाले हेर्नुहुन्छ– को विश्वको रुहानी सेवाधारी छ? जसरी उनीहरूले आफ्नै कल्याण गर्छन्। बाबाले पढाइ पनि पढाउनुहुन्छ। साक्षी भएर हेर्नु पनि हुन्छ– कस-कसले आफ्नो उच्च जीवन बनाउँछन् र को को पास हुन्छन्? तिमीले पनि देख्छौ– सबैभन्दा उच्च सेवाधारी को छन्? प्रदर्शनीमा पनि उनै बच्चाहरूलाई नै बोलाउँछन्। कोही त यतिकै आउँछन्। गएर हेरौं, अनुभव गरौं। यस ज्ञानमा चालचलन पनि राम्रो हुनुपर्छ। निराश पनि हुनु हुँदैन। एउटा लज्जावती झार हुन्छ, हात लगाउनासाथ ओइलाउँछ। कति अनौठो बूटी हुन्छ। अर्को हुन्छ संजीवनी बूटी, जो पहाडमा हुन्छ। वास्तवमा बाबा आएर तिमीलाई संजीवनी बूटी दिनुहुन्छ– मनमनाभव। बाँकी शास्त्रहरूमा त के-के लेखिदिएका छन्। तिमीहरू नै नम्बरवार पुरूषार्थ अनुसार महावीर महाविरनीहरू हौ। तिमीले पनि मायामाथि विजय प्राप्त गर्छौ। तिमी हौ गुप्त योद्धा। सबैभन्दा धेरै ठूलो हिंसा हो काम कटारी चलाउनु। दोस्रो नम्बर हो क्रोध गर्नु, नमीठो बोल्नु– यो पनि हिंसा हो। तिमी बच्चाहरूलाई त सदैव खुशीको पारा चढिरहनु पर्छ। जो बच्चाहरू सेवामा तत्पर हुन्छन्, त्यसमध्ये पनि माताहरूको नाम अगाडि छ। तिमी हौ शिवशक्ति सेना। गभर्नरले पनि भने– माताहरूले, जुन कार्य गरिरहेका छन्, यो धेरै राम्रो हो। तर यहाँ त यो दुवैको लागि ज्ञान हो। हो, माताहरूको संख्या धेरै छ। प्रजापिता ब्रह्माद्वारा केवल कुमारी मात्रै कहाँ पैदा भएका हुन् र? कुमार पनि त छन् नि। जब दुवैले ज्ञान लिन्छन्, तब त प्रवृत्ति ठीक चल्छ। कसैको घरमा छोरी जन्मन्छिन् भने सम्झन्छन् लक्ष्मी आइन्। 

जहाँ छोरी हुँदैन, सम्झन्छन्– यो घर अभागी हो। हेर, लक्ष्मीको पूजा गर्छन्, स्त्रीलाई घरको शृंगार मानिन्छ। लक्ष्मी भएपछि उनको साथमा नारायण पनि हुन्छन्। आजकल माताहरूको धेरै सम्मान गर्छन्। सबैभन्दा सम्मान त बाबा नै आएर दिनुहुन्छ। पहिले लक्ष्मी फेरि नारायण। आजकल मिस्टर र मिसेज अक्षर हटाएर श्री नाम राखिदिएका छन्। यो हो मायाको मत। अरु कुनै खण्डमा श्री अक्षर छैन। श्री क्राइस्ट कहिल्यै भनिँदैन। श्रीमत हो नै एक भगवान्को, जसले श्रीमतद्वारा आएर श्रेष्ठाचारी बनाउनुहुन्छ। तिमी बच्चाहरूले त धेरै पुरूषार्थ गर्नुपर्छ। तर कोही देह-अभिमानमा आएर आफ्नो पद भ्रष्ट गरिदिन्छन्। यस समय सबै देह-अभिमानी छन्। अरु कुनै पाठशाला यस्तो हुन सक्दैन, जहाँ आत्माहरूलाई बसेर परमात्माले पढाइएको होस्। आफूलाई आत्मा सम्झेर बाबालाई याद गर। कसैको पनि ड्रामामा यस्तो पार्ट छैन। आत्मामा नै सारा अविनाशी पार्ट भरिएको छ– ८४ जन्मको। सिँढीको चित्रले त स्पष्ट गरिदिन्छ। यो तिमीलाई थाहा छ– जसले ८४ जन्म लिन्छन्, उनै आउँछन्। बाँकीको लागि यस्तो नै सम्झनु छ– अन्तिममा आउनेवाला हुन्। अब बच्चाहरू धेरै समझदार बन्नु छ। राम्रोसँग पढ्नु छ। जसले राम्रोसँग पढ्छन् र फेरि पढाउँछन्, उनैले उच्च पद पाउँछन्। बाबाले शिक्षा त धेरै राम्रो दिनुहुन्छ– देह सहित सबैलाई बिर्स। आफूलाई आत्मा सम्झ। यस पुरानो दुनियाँलाई बिर्सिनु छ, केवल एक बाबालाई याद गर्नु छ। यादद्वारा नै बाबाको वर्सा पाउँछौ। आजकल इसारा पनि गर्छन्– भगवान्लाई याद गर्नुहोस्। अवश्य एकै बाबा हुनुहुन्छ नि। बाँकी सबै बच्चाहरू हुन्। सर्वोच्च हुनुहुन्छ नै शिवबाबा फेरि ब्रह्मा, विष्णु, शंकर फेरि जगत अम्बा... भक्ति मार्गको विस्तार हो वृक्ष। ज्ञान हो बीज। अच्छा! 

मीठे मीठे सिकीलधे बच्चाहरूप्रति माता-पिता बापदादाको याद-प्यार एवं गुडमर्निङ्ग। रुहानी बाबाको रुहानी बच्चाहरूलाई नमस्ते। रुहानी बच्चाहरूको रुहानी बाबालाई गुडमर्निङ्ग, नमस्ते।


धारणाको लागि मुख्य सारः

१) यतिखेर स्वयंलाई वनवासमा सम्झनु पर्छ। राम्रो कपडा, राम्रो गहना पहिरिने सोख छोडिदिनु पर्छ। साधारण रहेर पनि चालचलन धेरै रोयल राख्नु छ।

२) लज्जावती झार जस्तो कहिल्यै बन्नु हुँदैन। मुखबाट नमीठो बोली बोल्नु हुँदैन। संजीवनी बूटीबाट मायाजित बन्नु छ।

वरदान:

एक सेकेन्डको दृढ संकल्पद्वारा स्वयंको वा विश्वको परिवर्तन गर्ने रुहानी जादुगर भव:-   

जसरी जादुगरले थोरै समयमा धेरै विचित्र खेल देखाउँछन्, त्यसैगरी तिमी रुहानी जादुगर पनि आफ्नो रुहानियतको शक्तिद्वारा सारा विश्वलाई परिवर्तनमा ल्याउनेवाला हौ, कंगाललाई डबल ताजधारी बनाउनेवाला हौ। स्वयंलाई परिवर्तन गर्नको लागि केवल एक सेकेन्डको दृढ संकल्प धारण गर्छौ– म आत्मा हुँ। विश्वलाई बदल्नको लागि स्वयंलाई विश्वको आधार मूर्त, उद्धार मूर्त सम्झेर विश्व परिवर्तनको कार्यमा सदा तत्पर रहन्छौ। त्यसैले सबैभन्दा ठूलो रुहानी जादुगर तिमी हौ।

स्लोगन:

जो स्वराज्य अधिकारी हुन्छ, ऊ कहिल्यै पर-अधीन हुन सक्दैन।  


***OM SHANTI***

Google+ Followers