BK Murli 10 December 2016 Nepali

BK Murli 10 December 2016 Nepali

२०७३ मंसिर २५ शनिबार १०-१२-२०१६ ओम् शान्ति प्रात: मुरली “बापदादा” मधुबन

“मीठे बच्चे– बाबा आउनुभएको छ तिमीलाई भक्तिको फल दिन, भक्तिको फल हो ज्ञान, ज्ञानबाट नै सद्गति हुन्छ।”  

प्रश्न:

यस ब्राह्मण कुलमा ठूलो कसलाई भनिन्छ? उनको निशानी के हो?

उत्तर:

ब्राह्मण कुलमा सबैभन्दा ठूलो ऊ हो, जसले राम्रो सेवा गर्छ। जसलाई सदैव आफ्नो उन्नतिको नै विचार रहन्छ, जो पढेर अगाडि जान्छन्। यस्ता महावीर बच्चाहरूले आफ्नो तन-मन-धन सबै ईश्वरीय सेवामा नै सफल गर्छन्। आफ्नो चलनमा धेरै ध्यान दिन्छन्।

गीतः–

तुने रात गवाई सो के

ओम् शान्ति।

यो गीत गलत छ। यस दुनियाँमा तिमीले जे सुन्छौ ती सबै हुन् गलत अर्थात् झुटो। बाबा बसेर सम्झाउनुहुन्छ– हे बच्चाहरू, सम्मुख जो छन्, उनलाई नै बच्चा भनिन्छ। तिमीलाई अहिले थाहा भएको छ– त्यो हो भक्ति मार्ग। वेद, शास्त्र, उपनिषद आदि कति भक्ति मार्गमा जन्म-जन्मान्तर पढ्दै आयौं। गंगा स्नान गर्दै आयौं। सोध– यो कुम्भको मेला कहिलेदेखि लाग्दै आएको हो? भन्छन् यो त अनादि हो। कहिलेदेखि गर्दै आएका हौं? यो बताउन सक्दैनन्। उनीहरूलाई यो थाहा नै छैन– भक्ति मार्ग कहिलेदेखि सुरू हुन्छ। कल्पको आयु नै उल्टा गरिदिएका छन्। भन्छन्– शास्त्रमा लेखिएको छ– ब्रह्माको दिन र ब्रह्माको रात। यो एक मात्र गीतामा छ। अहिले बाबा सम्झाउनुहुन्छ– तिमी ब्राह्मणहरूको दिन र रात बेहदको हो। आधाकल्प दिन, आधाकल्प रात। अवश्य बराबर हुनुपर्छ नि। आधाकल्पबाट भक्ति मार्ग सुरू हुन्छ, यो कसैलाई थाहा छैन। सोमनाथको मन्दिर कहिले बन्यो? पहिले-पहिले सोमनाथको मन्दिर नै बनेको हो– अव्यभिचारी भक्तिको लागि। तिमीलाई थाहा छ– जब आधाकल्प पूरा हुन्छ तब ब्रह्माको रात सुरू हुन्छ। लाखौं वर्षको त कुरा हुन सक्दैन। भन्छन्– १३-१४ सय वर्ष भयो, जब मुहम्मद गजनबीले मन्दिरबाट खजाना लुटेर लिएर गयो। अब तिमीले बुझेका छौ– यस पुरानो दुनियाँसँग हाम्रो कुनै सम्बन्ध छैन, अरू धर्मका जो आउँछन्, उनीहरू सबै बीच-बीचका उपकथा हुन्। अहिले त उनीहरूको पनि अन्त्य छ। तमोप्रधान छन्। कति भेराइटी छ। सूर्यवंशी फेरि चन्द्रवंशी भए, दुई कला कम भयो फेरि अरू भेराइटी आउँदै जान्छ। यस समय नै भक्ति मार्ग छ। ज्ञानबाट हुन्छ दिन, सुख। भक्तिबाट हुन्छ रात, दुःख। जब भक्ति पूरा हुन्छ, तब ज्ञान मिल्छ। ज्ञान दिने एकै ज्ञान सागर बाबा हुनुहुन्छ। उहाँ कहिले आउनुहुन्छ, शिव जयन्ती कहिले मनाइन्छ, यो पनि कसैलाई थाहा छैन। अहिले तिमीलाई बाबा बसेर सम्झाउनुहुन्छ– भक्ति कति समय चल्छ फेरि ज्ञान कहिले मिल्छ? आधाकल्पदेखि यो भक्ति मार्ग चल्दै आएको हो। सत्ययुग त्रेतामा यी भक्ति मार्गका चित्र आदि केही पनि हुँदैनन्। भक्तिको अंश पनि रहँदैन। अहिले कलियुगको अन्त्य छ, त्यसैले भगवान्‌लाई आउनुपर्छ। बीचैमा कसैलाई भगवान् मिल्नुहुन्न। भन्छन्– थाहा छैन कुन रूपमा भगवान् मिल्नुहुन्छ? गीताको भगवान् यदि कृष्ण हुन् भने उनी फेरि कहिले आउँछन्, राजयोग सिकाउन? मनुष्यलाई केही पनि थाहा छैन। भक्ति मार्ग बिलकुलै अलग हो, ज्ञान बिलकुल अलग हो। गीतामा छ भगवानुवाच। गाउँछन् पनि– हे पतित-पावन आउनुहोस्। एकातर्फ पुकारिरहन्छन्, अर्कातर्फ फेरि गंगा स्नान गर्न जान्छन्। निश्चय केही पनि छैन– पतित-पावन परमात्मा को हुनुहुन्छ? तिमी बच्चाहरूलाई अब ज्ञान मिलेको छ। तिमीलाई थाहा छ– अब हामी योगबलबाट सद्गति पाउँछौं। बाबा भन्नुहुन्छ– मामेकम् याद गर्यौा भने विकर्म विनाश हुन्छ। म ग्यारेन्टी गर्छु। पतित-पावन बाबा भन्नुहुन्छ, मैले ५ हजार वर्ष पहिले पनि यस्तै भनेको थिएँ– प्यारा बच्चाहरू! देहसहित देहको सबै सम्बन्धबाट बुद्धियोग तोडेर मलाई याद गर। यो गीताको महावाक्य हो। तर गीता मैले कहिले सुनाएँ? यो कसैलाई थाहा छैन। म बताउँछु त्यसैले ५ हजार वर्ष पहिले मैले तिमीलाई गीता सुनाएको थिएँ। यस समय सारा मनुष्य सृष्टिरूपी वृक्ष जडसमान अवस्था प्राप्त भएको छ। तिमीलाई पनि अहिले बाबाले आएर ड्रामाको आदि-मध्य-अन्त्यको, सारा चक्रको रहस्य सम्झाएको छु। बाबा त अवश्य अन्त्यमा नै आउनुहुन्छ नि। तिमीलाई थाहा छ– नयाँ दुनियाँको स्थापना, पुरानो दुनियाँको विनाश कसरी भइरहेको छ। अहिले तिम्रो बुद्धिमा छ– हामी नयाँ दुनियाँ स्वर्गको मालिक बन्छौं। जब मम्मा बाबा राजा रानी बन्नुहुन्छ भने हामी पनि किन राजा रानी नबन्ने? मम्मा त जवान थिइन्। यी बाबा त बूढा छन्, फेरि पनि सबैभन्दा धेरै पढिरहन्छन् नि। जवान त सबैभन्दा अगाडि जानुपर्छ नि। बाबा भन्नुहुन्छ– केवल मलाई याद गर, जति हुन सक्छ। बाँकी सबैलाई भुल्दै जाऊ। पुरानो दुनियाँबाट वैराग्य। जसरी नयाँ भवन बन्छ भने बुद्धि त्यसतर्फ जान्छ नि। त्यो आँखाले देखिन्छ। यो बुद्धिद्वारा जान्दछौ। धेरैलाई साक्षात्कार पनि हुन्छ। वैकुण्ठ प्याराडाइज, हेवन पनि भन्दछन्। अवश्य कुनै बेला त थियो नि। अहिले छैन। अहिले फेरि तिमीले राजाई प्राप्त गर्नको लागि राजयोग सिकिरहेका छौ। पहिलो मुख्य कुरा नै यो हो– शिव भगवानुवाच। कृष्ण त भगवान् हुन सक्दैनन्। उनले त पूरा ८४ जन्म लिन्छन्। भगवान् त जन्म मरणमा आउन सक्नुहुन्न, यो त बडो स्पष्ट छ। कृष्णको त्यो रूप सत्ययुगमा जुन थियो, त्यो त फेरि हुन सक्दैन। पुनर्जन्म लिँदै-लिँदै नाम रूप बदलिन्छ। यस समय त्यो आत्मा पनि तमोप्रधान छ। कसैले भन्छन्, कृष्ण द्वापरमा थिए तर उनको त्यो रूप त द्वापरमा हुन सक्दैन। द्वापरमा पतितबाट पावन बनाउन सक्दैनन्। कृष्ण त सत्ययुगमा नै रहन्छन्। उनलाई पतित पावन भन्न सकिँदैन। गीताको भगवान् कृष्ण होइनन्, शिव हुनुहुन्छ। उहाँ अवश्य आउनु पनि हुन्छ। शिव जयन्ती पनि छ, अवश्य कुनै रथमा प्रवेश गर्नुहुन्छ। स्वयं पनि भन्नुहुन्छ– म साधारण तनमा आउँछु, जसको नाम ब्रह्मा राख्छु। ब्रह्माद्वारा विष्णुपुरीको स्थापना हुन्छ। महाभारत लडाईं पनि सामुन्ने खडा छ। यो ज्ञान राम्रोसँग बुद्धिमा याद राख्नु छ। बुद्धिमा यो याद रहोस्– हामी विद्यार्थी हौं। बाबाले पढाइरहनु भएको छ। बाँकी थोरै समय छ। फेरि बाबा हामीलाई फर्काएर लैजानुहुन्छ। जसले आफूलाई उच्च बनाउँछन्, उनीहरूले नै उच्च पद पाउँछन्। तर माया यस्तो छ, जसले एकदम बुद्धू बनाइदिन्छ। कति बच्चाहरूलाई सेवाको धेरै सोख छ। सानो-सानो गाउँमा प्रोजेक्टर लिएर सेवा गरिरहेका छन्। धेरै प्रजा बनाउँछन् भने अवश्य राजा बन्छन्। गृहस्थ व्यवहारमा रहँदै पवित्र पनि रहनु छ। धेरै मेहनत गर्नु छ। माताहरू पवित्र बन्छन् तर पतिहरूले बन्न दिदैनन्, त्यसैले झगडा पनि चल्छ। संन्यासी स्वयं पवित्र बन्छन् भने स्त्रीलाई छोडिदिन्छन्। फेरि उनीहरूलाई कसैले केही भन्दैन– आफ्नो रचनालाई किन छोडेर भाग्नुहुन्छ? पवित्र बन्नको लागि कसैले मनाही गर्न सक्दैन। मैले कसैलाई घरबार छोड्नको लागि भन्दिनँ। केवल भन्छु– पवित्र बन्न चाहन्छन् भने यसमा मनाही किन हुनुपर्यो्। तर यसमा तागत धेरै हुनुपर्छ कुरा गर्ने। भगवानुवाच– तिमी पवित्र बन्यौ भने पवित्र दुनियाँको मालिक बन्छौ। यसमा अवस्था बडो राम्रो मजबुत हुनुपर्छ, मोह आदि हुनु हुँदैन, जो फेरि याद आइरहोस्। बुद्धियोग कुटुम्बतर्फ गइरहोस्, यसोभयो भने फेरि सेवा लायक बन्न सक्दैनन्। यहाँ त बेहदको संन्यास हुनुपर्छ। यो त कब्रिस्तान हो। हामीले बाबालाई याद गर्नु छ। उहाँ परिस्तानमा लैजानेवाला हुनुहुन्छ। यस ब्राह्मण कुलमा जसले राम्रो सेवा गर्छन्, उनीहरू ठूला ठहरिन्छन्। उनीहरूको धेरै सम्मान गर्नुपर्छ, उनीहरूले जस्तै सेवा गर्नुपर्छ तब नै उच्च पद पाउँछौ। अहिले त आफ्नो उन्नतिको ख्याल रहनु पर्छ। आफूलाई हेर्नुपर्छ– म बाबाबाट वर्सा पाउनका लायक बनेको छु! बाबा आउनुभएको छ पावन बनाएर साथ लिएर जान। उहाँले कहाँ धोका दिनुहुन्छ र? बाबाले सबैसँग सोध्दा भन्छन्– म त महारानी बन्छु। चलन पनि त्यस्तै हुनु पर्योन नि। कोही त धेरै राम्रा बच्चा छन्। तर जसले पुरुषार्थ नै गर्दैन भने उसले के पद पाउँछ। हर कुरामा पुरुषार्थद्वारा नै प्रारब्ध मिल्छ। कोही बिरामी भयो, फेरि ठीक हुने बित्तिकै दिन रात पुरुषार्थमा लागेर पढाइमा अगाडि जान्छ। यहाँ पनि सेवामा लाग्नु छ। सेवाका युक्तिहरू त बाबाले धेरै बताउनुहुन्छ। प्रदर्शनीमा सम्झाउने अभ्यास गर। 

बाबा त भन्नुहुन्छ– आफ्नो उन्नति गरेर जीवन बनाऊ। यो विचार आउनुपर्छ– मैले कति सेवा गरें, कतिलाई आफूसमान बनाएँ। कसैलाई आफू समान बनाएनौ भने उच्च पद कसरी पाउँछौ? फेरि बुझिन्छ– प्रजामा जान्छन् अथवा दास दासी बन्छन्। धेरै सेवा रहेको छ। अहिले तिम्रो वृक्ष सानो छ। मजबुत छैन। तुफान लाग्नाले कच्चाहरू गिर्छन्। मायाले बडो हैरान गर्छ। मायाको काम हो नै बाबाबाट विमुख गर्नु। चल्दा-चल्दै ग्रहचारी जब उत्रन्छ, तब भन्छन्– अब त म बाबाबाट पूरा वर्सा लिन्छु। तन-मन-धनले पूरा सेवा गर्छु। कहाँ-कहाँ मायाले लापर्बाही गराउँछ फेरि श्रीमतमा चल्न छोडिदिन्छन्। फेरि कुनै बेला स्मृति आयो भने श्रीमतमा चल्छन्। यस समय दुनियाँमा रावण सम्प्रदाय छ। यी देवताहरू हुन् राम सम्प्रदायका। रावण सम्प्रदायवाला राम सम्प्रदायको अगाडि टाउको टेक्छन्। तिमीलाई थाहा छ– हामी विश्वको मालिक थियौं। ८४ जन्म लिँदा-लिँदा अहिले के हाल भएको छ। अहिले बाबाले सबैलाई पुरुषार्थ गराउनुहुन्छ। नत्र धेरै पछुताउनु पर्छ– म भगवान्‌को श्रीमतमा चलिनँ। बाबा त सधैं सम्झाउनुहुन्छ– प्यारा बच्चाहरू लापर्बाही नगर। सेवा गर्नेलाई देख्छौ कसरी राम्रो सेवा गर्छन्। फलानो फस्ट ग्रेड, फलानो सेकेन्ड ग्रेडमा सेवा गर्नेवाला हुन्। फरक त रहन्छ नि। बाबाले बच्चाहरूलाई सम्झाउनु त हुन्छ नि। अज्ञान कालमा पिताले थप्पड पनि लगाउँछन्। यहाँ बेहदको बाबाले त प्यारसँग सम्झाउनुहुन्छ, आफ्नो उन्नति गर। जस्तो हुन सक्छ पुरुषार्थ गर्नुपर्छ। बाबालाई खुशी हुन्छ– ५ हजार वर्षपछि फेरि आएर बच्चाहरूसँग मिलेको छु। राजयोग सिकाइरहेको छु। गीत छ नि– तिमी पनि उही, हामी पनि उही हौं। बाबा भन्नुहुन्छ– तिमी बच्चाहरू पनि उही हौ। यी कुरालाई अरू कसैले बुझ्न सक्दैन। अच्छा!

मीठे-मीठे सिकीलधे बच्चाहरूप्रति माता-पिता बापदादाको याद-प्यार एवं गुडमर्निङ्ग। रूहानी बाबाको रूहानी बच्चाहरूलाई नमस्ते। रूहानी बच्चाहरूको रूहानी बाबालाई गुडमर्निङ्ग, नमस्ते।

धारणाको लागि मुख्य सारः

१) स्वयंलाई सेवाको लायक बनाउनु छ। जसले राम्रो सेवा गर्छन्, उनको पूरा-पूरा रिगार्ड राख्नु पर्छ। आफ्नो उन्नतिको ख्याल गर्नु छ।

२) तन-मन-धनले पूरा सेवा गर्नु छ। श्रीमतमा चल्नु छ, लापर्बाही गर्नु हुँदैन।

वरदान:

विश्व परिवर्तनको श्रेष्ठ कार्यमा आफ्नो अंगुली दिने, महान् सो निर्माण भव:-   

जसरी स्थूल चीज बनाउँदा त्यसमा सबै चीज लगाउँछन्, कुनै साधारण गुलियो वा नून कम भयो भने राम्रो चीज पनि खान योग्य हुँदैन। त्यसैगरी विश्व परिवर्तनको यस श्रेष्ठ कार्यको लागि हरेक रत्नको आवश्यकता छ। सबैको अंगुली चाहिन्छ। सबै आ-आफ्नो रीतिले धेरै-धेरै आवश्यक, श्रेष्ठ महारथी हुन्। त्यसैले आफ्नो कार्यको श्रेष्ठताको मूल्यलाई बुझ, सबै महान् आत्मा हौ। जति महान् छौ त्यति निर्माण पनि बन।

स्लोगन:

आफ्नो स्वभावलाई सरल बनायौ भने सबै कार्य सहज हुनेछ।   



***OM SHANTI***

Google+ Followers