BK Murli 12 December 2016 Nepali

bk murli today

Posted by: BK Prerana

BK Prerana is executive editor at bkmurlis.net and covers daily updates from Brahma Kumaris Spiritual University. Prerana updates murlis in English and Hindi everyday.
Twitter: @bkprerana | Facebook: @bkkumarisprerana
Share:






    BK Murli 12 December 2016 Nepali

    २०७३ मंसिर २७ सोमबार १२-१२-२०१६ ओम् शान्ति प्रात: मुरली “बापदादा” मधुबन

    “मीठे बच्चे– यो सुन्दर कल्याणकारी संगमयुग हो, जसमा स्वयं बाबा आएर पतित दुनियाँलाई पावन बनाउनुहुन्छ।”  

    प्रश्न:

    संगमयुगमा जब बाबा आउनुहुन्छ, उहाँबाट कुनचाहिँ इसारा मिल्छ?

    उत्तर:

    यस पुरानो दुनियाँको अन्त्य हुने इसारा सबैलाई मिल्छ किनकि बाबा आउनुहुन्छ नै पतित सृष्टिको अन्त्य गर्न, त्यसैले विनाशको साक्षात्कार पनि हुन्छ। अहिले तिमीले नयाँ दुनियाँको वृक्ष सामुन्ने देखिरहेका छौ।

    गीत:–

    तुम्हें पाके हमने...

    ओम् शान्ति।

    वास्तवमा भन्नुपर्छ रूहानी बच्चाहरूप्रति रूहानी बाबाको गुडमर्निङ्ग किनकि बच्चाहरूलाई थाहा छ– बाबा आउनुहुन्छ नै रातलाई दिन बनाउन। यो पनि हिसाब गरिन्छ। आखिरमा बाबा आउनुहुन्छ कुन समयमा? तिथि-मिति छैन। कुन समयमा आउनुहुन्छ? अवश्य १२ बजेर एक मिनेट भएपछि बाबाले यस शरीरमा प्रवेश गर्नुभएको हुनुपर्छ। यो हो बेहदको रात र दिन। तिथि-मिति बताउन सकिँदैन। आफ्नो बच्चाहरूसँग नै भन्नुहुन्छ– म आएर रातलाई दिन, नर्कलाई स्वर्ग बनाउँछु अथवा पतित दुनियाँलाई पावन दुनियाँ बनाउँछु। समझमा आउँछ– बाबा आउनुहुन्छ नै रात्रिमा। शिवरात्रि भनिन्छ नि। आउनुहुन्छ नै रातलाई दिन बनाउन। उहाँको कुनै जन्मपत्री छ? कृष्णजयन्तीको पनि तिथि-तारिख केही छैन किनकि उनलाई धेरै टाढा लगेका छन्। यो कसैलाई थाहा छैन। कृष्णको जन्म कहिले भयो? संवत् तिथि-तारिख केही छैन। बाँकी केवल रातमा मनाउँछन्। वास्तवमा शिवबाबा आउनुहुन्छ नै रातमा। तिमी बच्चाहरूले भन्छौ शिवबाबाको रात्रि। यहाँ मनाउँछन् पनि शिवरात्रि। शिवजयन्ती पनि भन्छन् तर वास्तवमा शिव जयन्ती भन्नु हुँदैन किनकि उहाँको मरन्ती हुँदैन। मनुष्य जन्मिन्छ फेरि मर्छ पनि। उहाँ त मर्नुहुन्न त्यसैले शिवजयन्ती भन्नु पनि गलत हो। शिवरात्रि भन्नु ठीक हो। यो शिवबाबाले बताउनुहुन्छ। अरू कसैले यस्तो भन्न सक्दैन। भन्ने त गर्छन् शिवोहम् तर बताउन सक्दैनन्– म कहिले आउँछु? आएर के गर्छु? शिवबाबाले त बताउनु हुन्छ– अब आधाकल्पको रात्रि पूरा भएर दिन सुरु हुन्छ। यो गीताको अध्याय दोहोरिइरहेको छ। मृत्यको तुफान पनि सामुन्ने खडा छ। पतित दुनियाँ पनि वास्तवमा छ। कलियुगको अन्त्य छ। समस्याहरू पनि सामुन्ने छन्। सम्झन्छन्– यो उही महाभारत लडाई हो, जसको लागि शास्त्रहरूमा गायन छ– प्राकृतिक प्रकोपद्वारा पुरानो दुनियाँको विनाश हुनु छ। त्यसैले अवश्य गीताको भगवान् आउनु भएको हुनुपर्छ। आउनुहुन्छ नै कलियुगको अन्त्यमा। सत्ययुगको प्रथम राजकुमार, उनी फेरि द्वापरमा त हुन सक्दैनन्। मनुष्यलाई ८४ शरीर मिल्छन्। हरेक जन्ममा अनुहार बद्लिन्छन्, एउटा मिल्दैन अर्कोसँग। हुन त अहिले कृष्णको गायन पूजन हुन्छ तर उनको एक्युरेट अनुहार त हुन सक्दैन। उनको फोटो पनि खिच्न सकिँदैन। यतिकै माटोको, कागजको बनाउँछन्। एक्युरेट अनुहार त जब ध्यानमा जान्छौ, तब तिमीले देख्न सक्छौ। फोटो खिच्न सक्दैनौ। मीराले कृष्णसँग डान्स गर्थिन्, धेरै प्रसिद्ध छ। 

    भक्तहरूमा शिरोमणी हुन्। कृष्णलाई याद गर्दा उनलाई झट्ट साक्षात्कार हुन्थ्यो। कृष्णसँग प्रीत थियो। साक्षात्कारमा देख्थिन्, त्यसैले पवित्र रहन चाहन्थिन्। जान्दछन्– वहाँ विकार त हुँदैन। कृष्णसँग प्रीत लागेपछि पवित्र त अवश्य बन्नुपर्छ। पतित त कृष्णसँग मिल्न सक्दैन। मीरा पावन रहिन् त्यसैले उनको महिमा छ। यो सबै रहस्य बाबाले नै सम्झाउनु हुन्छ। भक्ति मार्गमा त उनको अल्पकाल क्षणभंगुरको भावना पूरा भयो। साक्षात्कार भयो। जो मनोकामना राख्छन्, त्यो अल्पकालको लागि पूरा हुन्छ। अनेक प्रकारका देवताहरू आदि छन्। उनको साक्षात्कार गर्न चाहन्छन्। ड्रामा प्लान अनुसार त्यो मनोकामना पूर्ण हुन्छ। भक्ति मार्ग पनि निश्चित छ। वेद शास्त्र पढेर, मेहनत गरेर पनि मुक्ति-जीवनमुक्तिमा जान सक्दैनन्। पहिले बनारसमा गएर काशी कलवट खान्थे। सम्झन्थे– शिवपुरी अर्थात् मुक्तिमा जाऊँ तर जान सक्दैनन्। मुक्तिमा लैजानेवाला हुनुहुन्छ नै एक बाबा। उहाँलाई नै मुक्ति-जीवनमुक्ति दाता भनिन्छ। अरू कसैले लैजान सक्दैन। सत्ययुगमा लक्ष्मी-नारायणको राज्य थियो, त्यतिबेला जीवनमुक्ति थियो, जीवनबन्ध थिएन। धेरै कम मानिस रहन्थे। यस समय कति करोडौं मनुष्य छन्। सत्ययुगमा यति थिएनन्। बाँकी त्यतिबेला सबै कहाँ थिए? यो पनि अहिले तिमीलाई थाहा भएको छ। सृष्टिको आदि, मध्य, अन्त्यको ज्ञान अहिले तिमीलाई मिल्छ। रचयिता र रचनाको आदि, मध्य, अन्त्यलाई कसैले जान्न सक्दैन। अहिले तिमीलाई थाहा छ– पतित सृष्टिको अन्त्य छ। उनले त सम्झन्छन्– कलियुग अझै ४० हजार वर्ष चल्नु छ, तर तिमीलाई थाहा छ– अब कलियुगको अन्त्य हुनु छ, तब नै बाबा आएर सारा ज्ञान सुनाउनुहुन्छ। सर्वोच्च हुनुहुन्छ नै भगवान्। उहाँको जन्म पनि यहाँ हुन्छ। आउनु पनि हुन्छ संगममा र अन्त्य हुने इसारा दिनुहुन्छ। विनाशको साक्षात्कार पनि गराउनु भएको छ। अर्जुनको लागि पनि देखाइएको छ नि– साक्षात्कार भयो। तिमी बच्चाहरूमा पनि धेरैले साक्षात्कार गरेका छौ। जति-जति नजिक आउँदै जान्छौ, देखिन थाल्छ। मनुष्य जब घरको नजिक आइपुग्छन्, सबै कुरा याद आउँछ नि। तिमीलाई पनि धेरै साक्षात्कार भइरहनेछ। मुक्तिधाममा गएर फेरि जीवनमुक्तिमा आउनु छ। 

    तिमीलाई थाहा छ– वास्तवमा हामी विश्वको मालिक थियौं। बाबा भन्नुहुन्छ– म हर ५ हजार वर्षपछि आएर तिमीलाई राजयोग सिकाउँछु। यो स्थापना भइरहेको छ भविष्य नयाँ दुनियाँको लागि। संगममा स्थापना हुन्छ। तिमी ब्राह्मण छौ नै संगमयुगमा। ती हुन् शूद्र, तिमी हौ ब्राह्मण। ती देवताहरू। यी कुरा कुनै शास्त्रहरूमा छैन। मनुष्यलाई कहाँ थाहा छ र– संगम केलाई भनिन्छ! यसलाई कल्याणकारी सुन्दर संगमयुग भनिन्छ, जहाँ पतित दुनियाँ पावन बन्छ। बाबा पनि कल्याणकारी हुनुहुन्छ। यहाँ नै आउनुहुन्छ। बाबा भन्नुहुन्छ– अब तिम्रो ८४ जन्म पूरा भयो, अहिले तिमी पतित छौ, एउटा पनि पावन छैन। सबै भ्रष्टाचारी छन्। विकारबाट पैदा हुन्छन्। तिमी श्रेष्ठ देवी-देवता थियौ फेरि क्षत्रिय, वैश्य, शूद्र बन्यौ। अहिले ब्राह्मण बनेका छौ फेरि देवता बन्छौ। फेरि अन्त्यमा आएर प्रजापिता ब्रह्मा मुखद्वारा स्थापना गर्नुहुन्छ। कसको? स्वर्गको, देवी-देवता धर्मको। तिमी यहाँ आएका हौ देवी-देवता बन्न, दैवीगुण धारण गर्न। यो त तिमी बच्चाहरूलाई थाहा छ– कुनै पनि विकारीलाई यहाँ अनुमति दिइँदैन। पहिले पहिले पवित्रताको प्रतिज्ञा लिनु पर्ने हुन्छ। एक पटक प्रतिज्ञा गरेर फेरि यदि तोड्यौ भने एकदम रसातलमा जान्छौ, चण्डालको जन्म पाउँछौ। यहाँ बाबाको अगाडि पतित कोही आउन सक्दैन। यदि ब्राह्मणीले गल्तीले लिएर आउँछन् भने पिन उनमा ठूलो दोष आउँछ। दुवै चण्डाल बन्न पुग्छन्। जो पावन बन्न सक्दैनन्, उनलाई यहाँ आउने हुकुम छैन। पर्सनल आएर बुझ्न सक्छन् तर बाबाको सभामा आउन सक्दैनन्। यदि गल्तीले लिएर आउँछन् भने उनलाई चोट धेरै लाग्छ। आउन त धेरै आउँछन्। सबैलाई थाहा छ– बेहदका बाबाको पासमा जान्छौं, हामी पवित्र अवश्य बन्नु छ। मीरा पवित्र थिइन्, त्यसैले उनको कति मान छ। अहिले तिमीले ज्ञान अमृत पिलाउँछौ फेरि पनि उनले भन्छन्– मलाई जहर चाहिन्छ। अबलाहरूमाथि कति अत्याचार गर्छन्, विषको लागि। कृष्णको त कुरा होइन। यो त ठूलो भूल हो, जहाँ भगवानको बदलामा कृष्णको नाम लेखिदिएक छन्। बाबा सम्झाउनु हुन्छ, भक्तहरूले भन्छन्– भक्ति गरेपछि भगवान् आउनुहुन्छ फल दिन, यसरी त भक्ति निष्फल भयो नि तर केही पनि बुझ्दैनन्। दुनियाँ गोल्डेन एजेड थियो, अहिले छ आइरन एज। भन्दछन् पनि– पतित-पावन आउनुहोस्, त्यसैले पतित ठहरिए नि। तर कसैलाई तपाई नर्कवासी पतित हुनुहुन्छ भनेमा बुझ्दैनन्। बाबाले जब समझदार बनाउनु भएको थियो, त्यतिबेला स्वर्ग थियो। 

    अहिले बेसमझ हुनाले कंगाल बनेका छन्। जब देवी-देवताहरूको राज्य थियो, दुनियाँ कति उच्च थियो। भन्दछन् पनि– स्वर्ग थियो, लक्ष्मी-नारायणको राज्य थियो फेरि शास्त्रहरूमा यस्तो-यस्तो कुरा लेखिदिएका छन्, जसकारण मानिसहरूले सम्झन्छन्– वहाँ पनि असुर थिए। यो शास्त्र कुनै सद्गतिको लागि होइन। त्यो त जब बाबा आउनुहुन्छ, तब सबैलाई सद्गति गर्नुहुन्छ। यो हो रावण राज्य, त्यसैले त चाहन्छन् रामराज्य हुनुपर्छ। यो बुझेका छैनन्– रावणराज्य कहिलेदेखि सुरु भयो? ज्ञान सागर बाबाले त सबैलाई सद्गतिमा लैजानु हुन्छ। यो बुझ्नु पर्ने कुरा हुन्। हरेक आत्मालाई अविनाशी पार्ट मिलेको छ। आत्मा शान्तिधामबाट आउँछ, यस पृथ्वीमा पार्ट खेल्न। आत्मा पनि अविनाशी, ड्रामा पनि अविनाशी। त्यसमा आत्मा अविनाशी एक्टर हो। परमधामको निवासी हो। ८४ जन्म गायन गरिएको छ। उनीहरूले त ८४ लाख भन्दछन्। परमात्मालाई ढुंगा-माटोमा हुनुहुन्छ भन्दछन्, त्यसैले ग्लानि भयो नि। बाबाले उपकार गरेर स्वर्ग बनाउनुहुन्न्। रावण आएर अपकार गरेर नर्क बनाइदिन्छ। यो खेल हो दु:ख सुखको। यो हो काँडाको जंगल। बाबा आएर काँडालाई फूल बनाउनुहुन्छ। सबैभन्दा ठूलो काँडा हो काम विकार। अहिले बाबा भन्नुहुन्छ– म पावन बनाउन आएको छु। जो पावन बन्छन्, उनै पावन दुनियाँको मालिक बन्छन्। बाबा आउनु भएको छ सहज योग सिकाउन। भन्नुहुन्छ– म आफ्नो माशुकलाई याद गर। सबै आत्माहरू एक माशुकमा आशिक छन्। उहाँ आएर सबैलाई लिएर जानुहुन्छ मुक्तिधाम, तर बाबा भन्नुहुन्छ– तिमी पतित जान सक्दैनौ। मलाई याद गर्यौल भने मैला निक्लिन्छ। ड्रामा अनुसार जब समय आउँछ, तब नै म आउँछु तिमी बच्चाहरूलाई पावन बनाउन। यो उही महाभारत लडाई हो। मृत्युलोकमा यो अन्तिम लडाई हो। अमरलोकमा लडाई हुँदैन। वहाँ हुन्छ नै रामराज्य। वहाँ रहन्छन् धर्मात्मा। यहाँ छन् पाप आत्मा। पाप गरिरहन्छन्। पुण्य आत्माहरूको दुनियाँलाई स्वर्ग भनिन्छ। बाबा भन्नुहुन्छ– म एक सेकेन्डमा तिमीलाई चढ्ती कलामा लैजान्छु। यसमा चढ्न केवल एक अन्तिम जन्म लाग्छ र झर्न ८४ जन्म लाग्छ। बाबा भन्नुहुन्छ– उठ्दा बस्दा मलाई याद गर। यी साधुहरूलाई पनि उद्धार गर्न मलाई आउनु पर्छ। तमोप्रधान बुद्धि भएका मनुष्यले जे सुन्छन्, सत-सत गरिरहन्छन्। अन्धश्रद्धालु छन् नि। यसलाई भनिन्छ– ब्लाइन्डफेथ, गुडियाको पूजा गरिरहन्छन्। जीवनीलाई जान्दैनन्। अब बाबा आएर यी सबैको ज्ञान दिनुहुन्छ। यसलाई रूहानी आध्यात्मिक ज्ञान भनिन्छ। ती हुन् शास्त्रहरूको फिलोसफी। 

    यो पनि बाबा नै आएर बच्चाहरूलाई सम्झाउनु हुन्छ। दुनियाँमा त एउटा पनि मनुष्य छैन, जसले परमपिता परमात्मालाई यथार्थ रीति चिनेको होस्। मनुष्य भएर पितालाई नचिन्नु त जनावर भन्दा पनि नीच ठहरिए। देवताहरूको अगाडि गएर महिमा गाउँछन्– हजुर सर्वगुण सम्पन्न हुनुहुन्छ... हुन् त दुवै मनुष्य नै, तर यो हो सारा काँडाको जंगल। बाबाले तिमीलाई काँडाबाट फूल बनाउनुहुन्छ। पहिले दुनियाँ सत्यखण्ड थियो, फेरि रावण आएर झूठखण्ड बनाउँछ। सत्यखण्ड बनाउनेवाला हुनुहुन्छ परमपिता परमात्मा। बाबाले नै आएर परिचय दिनुहुन्छ, त्यो पनि ब्राह्मण बच्चाहरूलाई। फेरि यो ज्ञान रहँदैन। तिमी बच्चाहरू योगबलद्वारा विश्वको मालिक बन्छौ। बाहुबलद्वारा कहिल्यै कसैलाई विश्वको बादशाही मिल्न सक्दैन। भारतवर्ष जो विश्वको मालिक थियो, त्यही अहिले कंगाल बनेको छ। मनुष्यहरूको बुद्धि यस्तो छ, बाहिर बोर्डमा लेखिएको छ– प्रजापिता ब्रह्माकुमार कुमारी... तापनि बुझ्दैनन्– यो एक ईश्वरीय परिवार हो। यति धेरै बी.के. छन्। यसमा अन्धश्रद्धाको त कुरा हुन सक्दैन। यो हो ईश्वरीय घर। सम्झन्छन्– यो पनि कुनै संस्था हो। अरे यो त परिवार हो नि। कुमार, कुमारीहरू... यो त घर भयो नि। यतिका प्रदर्शनी गर्छौ, बुझाउँछौ फेरि पनि कहाँ बुझ्छन् र। ७ दिनको जब कोर्स लिएर राम्रोसँग बुझून्, तब बुद्धिमा बस्छ– बाबा फेरि बेहदको वर्सा दिन आउनु भएको छ। अच्छा! 

    मीठे-मीठे सिकीलधे बच्चाहरूप्रति माता-पिता बापदादाको याद-प्यार एवं गुडमर्निङ्ग। रूहानी बाबाको रूहानी बच्चाहरूलाई नमस्ते। रूहानी बच्चाहरूको रूहानी बाबालाई गुडमर्निङ्ग, नमस्ते। 


    धारणाको लागि मुख्य सारः

    १) चढ्ती कलामा जानको लागि उठ्दा बस्दा एक बाबाको यादमा रहनु छ। बाबा समान सबैमाथि उपकार गर्नु छ।

    २) ज्ञान अमृत पिउनु र पिलाउनु छ। काँडालाई फूल बनाउने सेवा गर्नु छ।

    वरदान:

    मैपनको त्याग गरेर सेवामा सदा मगन रहने त्यागमूर्त, सेवाधारी भव:-   

    सेवाधारीले सेवामा सफलताको अनुभूति तब गर्न सक्छ, जब मैपनको त्याग हुन्छ। मैले सेवा गरिरहेको छु, मैले सेवा गरेँ– इस सेवा भावको पनि त्याग। मैले गरेको होइन, म गर्नेवाला हुँ, गराउनेवाला बाबा हुनुहुन्छ। मैपन बाबाको लभमा लीन होस्– इसलाई भनिन्छ सेवामा सदा मगन रहने, त्यागमूर्त सच्चा सेवाधारी। गराउनेले गराइरहनु भएको छ, हामी निमित्त हौं। सेवामा मैपन मिक्स हुनु अर्थात् मोहताज बन्नु। सच्चा सेवाधारीमा यो संस्कार हुन सक्दैन।

    स्लोगन:

    व्यर्थलाई समाप्त गर्यौु भने सेवाको प्रस्ताव सामुन्ने आउनेछ।   



    ***OM SHANTI***