BK Murli 13 December 2016 Nepali

BK Murli 13 December 2016 Nepali

२०७३ मंसिर २८ मंगलबार १३-१२-२०१६ ओम् शान्ति प्रात: मुरली “बापदादा” मधुबन

“मीठे बच्चे– तिमीलाई अथाह ईश्वरीय सुख मिलेको छ, त्यसैले तिमीले मायावी सुखको पर्बाह गर्नु छैन, त्यो सुख काग विष्टा समान हो।”  

प्रश्न:

बाबाको सबै बच्चाहरूप्रति एउटा आश छ– त्यो कुनचाहिँ?

उत्तर:

मेरा सबै बच्चाहरू राम्रोसँग पढेर तख्तनशीन बनून् अथवा बाबाको काँधमा चढून्। बाबा देख्नुहुन्छ– कसले कति आफ्नो सुगन्ध फैलाउँछ? बच्चाहरूमा कुनै दुर्गन्ध त छैन? त्यसैले बच्चाहरू पनि यस्तो पुरुषार्थमा लाग्नुपर्छ। कहिले पनि कर्मेन्द्रियहरूद्वारा कुनै उल्टो काम गर्नु हुँदैन।

गीत:–

बदल जाये दुनियाँ न बदलेंगे हम...

ओम् शान्ति।

यस गीतको थोरै तात्पर्य बाबा बताउनु हुन्छ। यसमा कुनै बदल्ने कुरा होइन। बच्चाहरूले पितालाई भन्न सक्दैनन्– म हजुरको बच्चा होइन। तर कुनै समय बदलिन्छन्। त्यसो त बच्चाहरू कहिल्यै बाबासँग बदलिँदैनन्। बच्चाहरू त हुन् नै तर कुटुम्बसँग बिछोड हुन्छन्। अब यहाँ त हुनुहुन्छ बेहदका बाबा। भन्नुहुन्छ– म आफ्नो परमधाममा रहन्छु। जसरी तिमी आत्माहरू यहाँ आएर पार्ट बजाउँछौ, गृहस्थी बन्छौ, त्यस्तै मलाई पनि आएर गृहस्थी बन्नुपर्छ। यहाँ सम्मुख तिमीले मलाई माता पिता भन्छौ। हुन त पहिले पनि तिमीले पुकार्थ्यौ– तिमी माता-पिता... तर त्यतिबेला म गृहस्थी थिइनँ। यस समय आएर गृहस्थी बनेको छु। गृहस्थी पनि २-४ बच्चाहरूको होइन। धेरै बच्चाहरू आउँदै जान्छन्। भन्न त भन्छन् हामी बदलिँदैनौं, तर मायाले बदलिदिन्छ। बाबा हुनुहुन्छ सर्वोच्च। उहाँभन्दा उच्च पिता कोही हुन सक्दैन। साधारण मनुष्य तनमा प्रवेश गर्नुभएको छ। बच्चाहरूलाई थाहा छ– भविष्य २१ जन्मको लागि पुरुषार्थ अनुसार जायदाद मिल्छ। धेरै छन् जो चल्दा-चल्दै फेरि बदलिन्छन् किनकि यो हो मायाको लडाई। पहिले तिमी मायाको थियौ। अहिले बाबाले एडाप्ट गर्नुभएको छ। उतातिर छ मायाको सुख, यहाँ त त्यो सुख छैन। मायाको सुखले आफूतिर खिच्छ। यहाँ तिमीलाई छ गुप्त सुख। जान्दछौ– भविष्यमा अथाह सुख लिन्छौं। यहाँको सुखमा यदि बुद्धि गयो भने त्यही सुख याद आइरहन्छ। अन्त्यमा पनि त्यही याद आउनेछ। त्यसैले यी मायावी सुखको पर्बाह राख्नु हुँदैन। गायन पनि छ– यो सुख काग विष्टा समान हो। अब तिमी बच्चाहरूलाई थाहा छ– सुख त हामीलाई सत्ययुगमा मिल्नेछ, त्यो सुख प्राप्त गर्नको लागि हामी माता-पिताको बनेका हौं। बाबा अवश्य कुनै समय गृहस्थी बन्नुभएको थियो, जसकारण उहाँलाई माता-पिता भनिन्छ। गायन त गर्छन् तर बुझ्दैनन्। अहिले तिमी बच्चाहरूलाई थाहा छ– हदका पिता पनि हुनुहुन्छ भने माता पनि हुनुहुन्छ। यस माँद्वारा अर्थात् प्रजापिता ब्रह्माद्वारा एडाप्ट गर्नुभएको छ। अब प्रजापिता र शिव, दुवै नै बाबा ठहरिनुभयो। पिताले त माताद्वारा एडाप्ट गर्छन् नि। अब त्वमेव माता च पिता... उहाँलाई भनिन्छ या ब्रह्मालाई भनिन्छ? गायन त गर्छन्– हामी सबै भाइ-भाइ हौं, त्यसैले उहाँ पिता हुनुहुन्छ। यसमा त माताको सवाल नै छैन। गायन गरिन्छ– तिमी माता-पिता। अब माता-पिता कसरी बन्नुहुन्छ, यो अद्भुत कुरा हो बुझ्नको लागि। मनुष्य अलमलिन्छन् किनकि शरीर त पुरुष छ नि, त्यसैले माता एडाप्ट गरियो। 

उनी हुन् सरस्वती छोरी। तर छोरीद्वारा त एडाप्ट गरिँदैन। यी माता पनि हुन् भने पिता पनि हुन्। उहाँले यिनमा प्रवेश गर्नुभएको छ। ब्रह्मालाई स्वयं भन्नुहुन्छ– तिमी मेरो बच्चा पनि हौ, पत्नी पनि हौ। वास्तवमा बाबाले यिनीद्वारा एडाप्ट गर्नुहुन्छ। त्यसैले यी माता पनि हुन्। फेरि पनि बाबा भन्नुहुन्छ– तिमीले याद मलाई गर्नु छ। ब्रह्मालाई याद गर्नु छैन। मनुष्य त दुनियाँमा धेरै लकेट (गुरुको) लगाउँछन्। यहाँ त बाबा हुनुहुन्छ। बाबा भन्नुहुन्छ– प्यारा बच्चाहरू! तिमीले आफ्नो पनि सबैथोक बिर्सिनु छ, देह सहित देहका जति पनि सम्बन्धी छन्, सबैलाई बिर्सेर परमपिता परमात्मासँग योग लगाऊ। तिमी बच्चाहरूलाई आज्ञा छ– म बाबालाई याद गर। म यिनमा प्रवेश भएर तिमीलाई राजयोग सिकाउँछु। यसमा प्रेरणाको कुनै कुरा छैन। प्रेरणाद्वारा बाबाले काम गर्नुहुन्न। यो ड्रामा अनुसार सबैथोक हुनु नै छ। बाबाको यादद्वारा विकर्म विनाश हुन्छ। बाँकी कुनै देहधारीलाई याद गर्नाले समय व्यर्थ जान्छ। अरूसँग बुद्धियोग लगाउँछौ, मतलब बाबासँग अवज्ञाकारी बन्छौ। बाबालाई याद गर्नमा मेहनत छ, यसमा नै भूल हुन्छ। बाबा भन्नुहुन्छ– तिमी हौ आशिक। घुम्दा-फिर्दा म माशुकलाई याद गर्ने पुरुषार्थ गर। गीतामा पनि भगवानुवाच छ– म एकलाई याद गर। देह सहित देहका सबै सम्बन्ध छोडेर आफूलाई आत्मा सम्झ। यो कसले भनेको हो? शिवबाबा या श्रीकृष्ण? कसलाई याद गर्नु छ? श्रीकृष्ण त संगममा हुन सक्दैनन्। हो, कृष्णको आत्मा अवश्य छ। उनले पनि सिकेर अरूलाई सिकाउँछन्। यो हो मुख्य पहिलो नम्बर राजकुमार। यिनको साथमा अरू पनि त हुन्छन् नि, राधा पनि साथमा हुन्छिन्। तर प्रथम राजकुमार यी हुन्छन्। राधा त फेरि पनि पछि आउँछिन्। पहिले यिनको नाम छ। यो कति गहन कुरा छ। त्यसैले बाबा भन्नुहुन्छ– मुख्य एकै कुरालाई लेऊ। गीता कृष्णले उच्चारण गरेका होइनन्। कृष्णलाई भगवान् भन्न सकिँदैन। यस कुरामा नै सारा जित्ने कुरा छ। एक बाबाले नै ब्राह्मण, देवता, क्षत्रिय– यी तीन धर्म स्थापना गर्नुहुन्छ। पहिले डिटीज्म, फेरि इस्लामिज्म, बुद्धिज्म, क्रिश्चियनिज्म... त्यस्तै अरू साना-साना धर्म त धेरै छन्। सद्गति हुन्छ गीताका भगवान्द्वाारा। सर्वका सद्गति दाता बाबा हुनुहुन्छ। सबैका जगत गुरु पनि एकै सतगुरु हुनुहुन्छ। सतगुरु अर्थात् सद्गति गर्नेवाला। यो सबैलाई राम्रोसँग बुझाउन सक्छौ। 

जो बाबाको मुरली निक्लिन्छ, सबै विद्यार्थीको हक छ मुरली राम्रोसँग पढ्ने। जसलाई मुरलीको सोख हुन्छ, उसले ३-४ पटक मुरली अवश्य पढ्छ। मुरली विना अरू केही ठीक लाग्नु हुँदैन। मुरलीलाई कसैले ५-८ पटक राम्रोसँग पढ्यो भने ब्राह्मणी भन्दा पनि अगाडि जान सक्छ। सबैले आफ्नो उन्नति गर्नु छ। वास्तवमा ब्राह्मणीहरू हुन् मोस्ट ओबीडियन्ट सर्भेन्ट। कसैको मीठो खानपानतिर बुद्धि जान्छ भने मर्ने बेलामा पनि त्यही याद आउँछ। यस समयमा नै सेवा लिइरहन्छन् भने खलास। सेवामा रहनेवाला सदैव आज्ञाकारी भएर रहन्छन्। जस्तै जनक बच्ची छिन्, कहिल्यै कसैसँग सेवा लिँदिनन्‍। कुनै-कुनैलाई त बानी पर्छ, फेरि त कुरै नगर। कपडा धुनेवाला मिलेन भने बिमार हुन्छन्। कहीँ जान सक्दैनन्। यसमा धेरै नवाबी चल्न सक्दैन। सेवक बनेर सेवा गर्नु छ। बाबा पनि सेवक हुनुहुन्छ नि। भन्नुहुन्छ– म ऊँच भन्दा ऊँच, कति साधारण तनमा आएको छु। मैले कुनै घोडा गाडी आदि मगाउँदिनँ। यी त फेरि पनि बाबा हुन्। वानप्रस्थ पछि बच्चाहरूको कर्तव्य हुन्छ– पिताको सेवा गर्नु। शिवबाबाको रथ हुन्, फेरि पनि बाबाले कुनै सेवा लिँदैनन् बच्चाहरूसँग। बच्चाहरूले आफ्नो पढाइमा पूरा ध्यान दिनु छ। काइदासँग पढ्यौ, पढायौ भने सत्ययुगमा पनि काइदा पूर्वक राज्य गर्नेछौ। सत्ययुगमा बेकाइदा कुनै कुरा हुँदैन। हरेक कुरामा एक्युरेट बन्नु छ। हामी विश्वको राजकुमार राजकुमारी बन्छौं, त्यसैले त्यो चलन यहाँ नै सिक्छौं। कृष्णको कति महिमा छ– महाराजकुमार। बाबाको भन्दा पनि कृष्णको नाम धेरै छ। राधा-कृष्णको माता-पिताले यति अंक लिन सक्दैनन्, जति राधा-कृष्णले लिन्छन्। उच्च पढाइ यिनले पढ्छन्। सबैभन्दा धेरै अंक कृष्णले लिन्छन् तर जन्म त फेरि कहीँ लिनै पर्छ। जसको पासमा जन्म लिन्छन्, उनको यति मान हुँदैन। पहिले अवश्य उनको माता-पिताले जन्म लिन्छन्। फेरि पनि कृष्ण बच्चाको नाम प्रत्यक्ष हुन्छ। यो कुरा धेरै गुप्त छ। यो हो चिटचेटको कुरा। मूल कुरा हो आफूलाई अशरीरी आत्मा सम्झ। हामी बेहद बाबाका सन्तान हौं, हामीलाई सर्वगुण सम्पन्न यहाँ बन्नु छ। अहिले कोही पनि सम्पूर्ण बनेको छैन। सबै पुरुषार्थी हौ। यिनको रिजल्ट पनि बाबा हेर्नुहुन्छ नि– यी (ब्रह्मा) सबैभन्दा अगाडि जान्छन्, त्यसैले फलो फादर भनिन्छ। अन्त्यसम्म फादरलाई नै फलो गर्नुपर्छ। ड्रामामा जे जति हुन्छ, बुझिन्छ– यही सही हो। कुनै पनि कुरामा संशय आउन सक्दैन। मम्मा मरे पनि हलुआ खाऊ... तिमी त मनमनाभव भएर रहनु छ। दु:खको कुनै कुरा नै छैन। ड्रामामा जे निश्चित हुन्छ, त्यो भइ नै रहन्छ। अनादि बनिबनाउ ड्रामा हो। 

जे निश्चित छ, त्यो भइरहनेछ। बच्चाहरूको काम हो पुरुषार्थ गरेर आफ्नो जीवन हीरा जस्तो बनाउनु। कर्मेन्द्रियहरूद्वारा कुनै उल्टो काम गर्नु छैन। यस्तो होइन, जे भाग्यमा होला। पुरुषार्थ गर्नु छ। बाबालाई पूरा समाचार पनि दिनु छ। कुनै सेन्टरको त बिल्कुल थाहा हुँदैन। कति सेन्टरहरू चल्छन्। कुनै त विना ब्राह्मणी पनि गीता पाठशाला खोलेर सेवा गरिरहन्छन्। नम्बरवार त छन् नि। जसले राम्रो सेवा गर्छन्, उनै बाबाको दिलमा चढ्छन्। तख्तनशीन हुन्छन्। बाबा त चाहनुहुन्छ– बच्चाहरू राम्रोसँग पढेर बाबाको काँधमा चढून्। परीक्षा त एउटै छ, तर पदको भेराइटी कति छन्। हरेक फूलले आ-आफ्नो सुवास दिन्छन्। कुनै त एकदम दुर्गन्धवाला पनि छन्। कति बच्चाहरू कमाल गर्ने पनि छन् नि। प्रेम बच्ची छिन्, मनोहर छिन्, दीदी छिन्... यिनको सबैले महिमा गर्छन्। कुनैको त नाम पनि लिँदैनन्। बाबालाई पतितबाट पावन बनाउन कति मेहनत गर्नुपर्छ। बाँदर जस्तोलाई मन्दिर लायक बनाउनुहुन्छ। सूर्यवंशी, चन्द्रवंशी राजा, प्रजा, गरिब, साहुकार सबै बन्छन् नि। पुरुषार्थ गरेर उच्च पद पाउनु छ। नत्र जन्म-जन्मान्तरको लागि उही बन्छौ। फेरि धेरै पछुताउनुपर्छ। बाबासँग मैले पूरा वर्सा लिइनँ। टिचर, गुरुले पनि भन्छन् अनुसरण गर। यहाँ त बाबा, टिचर, गुरु एकै हुनुहुन्छ। सुप्रिम फादर, सुप्रिम टिचर, सुप्रिम गुरु पनि हुनुहुन्छ। उहाँ निराकार नै ज्ञानका सागर हुनुहुन्छ, उहाँबाट नै वर्सा मिल्छ। सर्वका सद्गति दाता उहाँ हुनुहुन्छ, जसको सबैले साधना गर्छन्। साधु अर्थात् साधना गर्नेवाला। फेरि कसैलाई मुक्ति दिन कसरी सक्छन्? सम्झाउने युक्ति धेरै राम्रो चाहिन्छ। प्रदर्शनीको उद्घाटन गर्नेवाला पनि केही बुझेको हुनुपर्छ, जसले भन्न सकून्– यो प्रदर्शनी मनुष्यलाई हीरा जस्तो बनाउनेवाला हो। यो प्रदर्शनी परमपिता परमात्माको निर्देशनद्वारा बनाइएको हो। उद्घाटन यस्तोद्वारा गराउनुपर्छ, जसले केही सम्झाउन पनि सकोस्। एक दिन ठूला मानिसहरू पनि आएर तिम्रो पासमा बुझ्नेछन्। सन्यासी आदि पनि आउनेछन्। त्यसै ड्रेसमा बसेर बुझ्नेछन्। अहिले बाबा डाइरेक्शन दिनुहुन्छ– मनमनाभव, बाबालाई याद गर्यौन भने पावन बन्छौ। विनाश पनि सामुन्ने खडा छ। बाबा भन्नुहुन्छ– म कति ठूलो गृहस्थी बनेको छु। सबैभन्दा ठूलो गृहस्थ धर्म मैले पालन गर्छु। ड्रामामा मेरो पार्ट नै यस्तो छ। बच्चाहरूले उच्च पद पाउन मेहनत गर्नुपर्छ। पुरुषार्थ गरेर माता-पिताको गद्दी-नशीन बन्नुपर्छ। शिवबाबाको म बच्चा हुँ। भित्र त्यो नशा रहनुपर्छ। म बाबा भन्दा पछि कहाँ हुनु छ र? अच्छा! 

मीठे-मीठे सिकीलधे बच्चाहरूप्रति माता-पिता बापदादाको याद-प्यार एवं गुडमर्निङ्ग। रूहानी बाबाको रूहानी बच्चाहरूलाई नमस्ते।रूहानी बच्चाहरूको रूहानी बाबालाई गुडमर्निङ्ग, नमस्ते। 


धारणाको लागि मुख्य सारः

१) बाबा समान सच्चा सेवाधारी बन्नु छ। कसैसँग पनि सेवा लिनु छैन। आज्ञाकारी भएर रहनु छ।

२) ड्रामामा जुन सीन चल्छ, त्यही सही हो। त्यसमा संशय उठाउनु छैन। आफ्नो जीवन हीरा जस्तो बनाउने पुरुषार्थ गर्नु छ।

वरदान:

बाबाको संस्कारलाई आफ्नो निजी संस्कार बनाउने, व्यर्थ वा पुराना संस्कारहरूबाट मुक्त भव:-   

कुनै पनि व्यर्थ संकल्प वा पुरानो संस्कार देह-अभिमानको सम्बन्धद्वारा हुन्छ, आत्मिक स्वरूपको संस्कार बाबा समान हुन्छन्। जसरी बाबा सदा विश्व कल्याणकारी, परोपकारी दयावान्, वरदाता.... हुनुहुन्छ, यसैगरी स्वयंको संस्कार नेचुरल बनोस्। संस्कार बन्नु अर्थात् संकल्प, बोल र कर्म स्वत: उसै प्रमाण चल्नु। जीवनमा संस्कार एक चाबी हो, जसबाट स्वत: चलिरहन्छौ। फेरि मेहनत गर्ने आवश्यक रहँदैन।

स्लोगन:

आत्मिक स्थितिमा स्थित रहेर आफ्नो रथद्वारा कार्य गराउनेवाला नै सच्चा पुरुषार्थी हो।   



***OM SHANTI***

Google+ Followers