BK Murli 14 December 2016 Nepali

bk murli today

Posted by: BK Prerana

BK Prerana is executive editor at bkmurlis.net and covers daily updates from Brahma Kumaris Spiritual University. Prerana updates murlis in English and Hindi everyday.
Twitter: @bkprerana | Facebook: @bkkumarisprerana
Share:






    BK Murli 14 December 2016 Nepali

    २०७३ मंसिर २९ बुधबार १४-१२-२०१६ ओम् शान्ति प्रात: मुरली “बापदादा” मधुबन

    “मीठे बच्चे– भारत भूमि सुखदाता बाबाको जन्मभूमि हो। बाबा नै आएर सबै बच्चाहरूलाई दुःखबाट छुटाउनु हुन्छ।”  

    प्रश्न:

    सबैभन्दा उच्च र धेरै लामो कहानी कुनचाहिँ हो, जुन तिमी बच्चाहरूको लागि सामान्य छ?

    उत्तर:

    यस ड्रामाको आदि, मध्य, अन्त्यको कहानी धेरै लामो र उच्च छ। यस कहानीलाई मनुष्यले बुझ्न सक्दैनन्। तिमी बच्चाहरूको लागि भने यो धेरै सामान्य छ। तिमीलाई थाहा छ– यो ड्रामा कसरी हुबहु दोहोरिन्छ, यो सीँढी कसरी घुमिरहन्छ!

    गीतः–

    ओम् नमो शिवाय....

    ओम् शान्ति।

    मीठा-प्यारा सिकीलधे बच्चाहरूले महिमाको गीत सुन्यौ। कसको महिमा? उच्च भन्दा उच्च भगवान्‌को। जसलाई पतित-पावन, दुःख हर्ता सुख कर्ता पनि भनिन्छ। सुख दिनेलाई याद गरिन्छ। बच्चाहरूलाई थाहा छ– सुख दिनेवाला एक परमपिता परमात्मा हुनुहुन्छ। सबै मनुष्य मात्रले उहाँलाई नै याद गर्छन्। अरू धर्मकाले पनि भन्छन्– बाबा आएर दुःखबाट छुटाएर सुख दिनुहुन्छ। तर यो जान्दैनन्– बाबाले सुख दिनुहुन्छ। फेरि दुःख कसले र कहिले दिन्छ, यो पनि तिमीलाई थाहा छ। नयाँ दुनियाँ सो पुरानो हुन्छ, त्यसलाई दुःखधाम भनिन्छ। कलियुगको अन्त्यपछि फेरि सत्ययुग अवश्य आउँछ। सृष्टि त एउटै हो। मनुष्यले यस सृष्टिचक्रलाई बिल्कुलै जान्दैनन्। त्यसैले बाबाले सोध्नुहुन्छ– तिमीलाई यस्तो बेसमझ बनाउनेवाला को हो? बाबाले त कसैलाई दुःख दिनुहुन्न। बाबाले त सदैव सुख दिनुहुन्छ। तिमीलाई थाहा छ– सुख दिनेवालाको जन्मस्थान पनि यहाँ नै हो र दुःख दिनेवालाको जन्मस्थान पनि यहाँ नै हो। शिव जयन्ती मनाउँछन् तर केही पनि बुझ्दैनन्। यो हो सर्वोच्च भगवान्‍को जयन्ती। उहाँको नाम हो शिव। यो कसैलाई थाहा हुँदैन। रावणलाई हर वर्ष जलाउँछन्। तर त्यो के चीज हो? कहिलेदेखि आउँछ? किन जलाइन्छ? यो केही पनि जान्दैनन्। ड्रामाको प्लान अनुसार उनीहरूलाई यो थाहा हुनु नै छैन। बाबाले सम्झाउनुहुन्छ– हरेकको पार्ट अलग-अलग छ। मनुष्यको पार्ट नै गाइन्छ। मनुष्य नै समझदार छन्। जनावर त बेसमझ छन्। यस समय मनुष्य पनि बेसमझ बनेका छन्। यो बुझेका छैनन्– दुःख हर्ता, सुख कर्ता पतित-पावन को हुनुहुन्छ? पतित कसरी बनेका हौं र पावन कसरी बन्छौं? पुकार्छन् तर अर्थ जान्दैनन्। यस समय छ नै भक्ति मार्ग। शास्त्रहरू पनि सबै भक्तिमार्गका हुन्। शास्त्रहरूमा कुनै सद्गतिको ज्ञान छैन। भन्छन् पनि ज्ञान, भक्ति, वैराग्य... पुग्यो। यति नै बुद्धिमा आउँछ। यसको पनि अर्थ बुझेका छैनन्। ज्ञानका सागर एकै परमपिता परमात्मा हुनुहुन्छ। अवश्य उहाँले नै ज्ञान दिनु छ। उहाँ नै सतगुरु, सद्गति दाता हुनुहुन्छ। त्यसैले उहाँलाई पुकार्छन्– आएर दुर्गतिबाट बचाउनुहोस्। द्वापरमा हामी पहिले सतोप्रधान पुजारी बन्छौं फेरि पुनर्जन्म लिँदै झर्दै आउँछौं। जति पनि मनुष्य आउँछन्, सिँढी अवश्य झर्छन्। 

    हुन त बुद्ध आदिको नाम सिँढीमा दिइएको छैन। यदि सिँढीमा देखाइयो भने पनि उनी पनि सिँढी त झर्नु नै छ। उनलाई सतो रजो तमोमा आउनु नै छ। अहिले सबै तमोप्रधान छन्। अहिले बाबाले सम्झाउनुहुन्छ– यी शास्त्र सबै भक्तिमार्गका हुन्, जसमा अनेक प्रकारका कर्मकाण्ड छन्। ज्ञान दिनेवाला एक बाबा नै हुनुहुन्छ। ज्ञान सागरले नै आएर सच्चा ज्ञान सुनाउनुहुन्छ। आधाकल्प हुन्छ दिन, त्यसमा भक्तिको कुरा नै छैन। दिनमा कहिल्यै ठक्कर खाँदैनन्, वहाँ त सुख नै सुख हुन्छ। त्यो बाबाको वर्सा तिमीलाई कल्पको संगममा नै मिल्छ। यो ज्ञान बाबाले उनै बच्चाहरूलाई नै दिनुहुन्छ, जसलाई कल्प पहिले दिनुभएको थियो र कल्प-कल्प दिइरहनुहुन्छ। उनीहरूको बुद्धिमा नै बस्छ– रचयिताले नै रचनाको ज्ञान दिइरहनु भएको छ। चित्र कति बनाउँछन्। फेरि तिनीहरूको क्यालेन्डर पनि बन्छन्। नयाँ चीज कुनै निस्कियो भने त्यसको प्रचार हुन्छ। अहिले रचयिता बाबा आएर रचयिता र रचनाको ज्ञान दिइरहनु भएको छ। यो पनि फैलिनेछ, बाहिर सबैको पासमा जानेछ। फेरि उनीहरूले भन्न सक्दैनन्– हामी स्वर्गमा किन जाँदैनौ? सबैलाई थाहा हुन्छ। बनिबनाउ ड्रामा हो, यसमा फरक पर्न सक्दैन। दुनियाँमा त अनेक मत छन्। कसैले भन्छन्– प्रकृति हो, कसैले भन्छन् आत्मा निर्लेप छ... पछि गएर एक बाबाको नै सुन्नेछन्। सम्झन्छन्– हामी वास्तवमा यस ड्रामाका कलाकार पनि हौं। यो भेराइटी धर्मको वृक्ष हो। सबैको बुद्धिको ताला खुल्नेछ। अहिले ताला बन्द छ। तिम्रो धर्मको कुरा अलग छ। बाँकी ड्रामा प्लान अनुसार उनीहरू स्वर्गमा आउन सक्दैनन्। हाम्रो धर्म स्थापक फलानो समयमा आउनुभयो। क्राइस्ट स्वर्गमा कहाँ आउँछन् र। यी सबै कुरा यस वृक्षबाट नै बुद्धिमा आउँछ, सिँढीबाट होइन। वृक्ष धेरै राम्रो छ। सम्झन्छन्– यो बनिबनाउ नाटक हो। बाँकी योगको कुरा तिमीले जान्दछौ। हामी पावन बनेर बाबालाई याद गर्छौं भने विकर्म विनाश हुन्छन्। जब योगयुक्त हुन्छौ, तब आफ्नो पनि थाहा हुन्छ। रचयिता र रचनाको ज्ञान पछि गएर सबैले बुझ्नेछन्न्। अहिले होइन। ड्रामा पनि बडो युक्तिले बनेको छ। लडाई त लाग्नु नै छ। अहिले तिम्रो बुद्धिमा यो ड्रामाको रहस्य छ। यदि कोही नयाँ आउँछ भने सुरुदेखि सम्झाउनु पर्छ। यो बडो लामो कहानी हो। छ धेरै उच्च तर तिम्रो लागि साधारण छ। तिमीलाई थाहा छ– यो सिँढीको चक्र कसरी घुम्छ!

    बाबा भन्नुहुन्छ– प्यारा बच्चाहरू! भक्तिमार्गमा तिमीले कति दु:ख पायौ। यो पनि ड्रामामा निश्चित छ। यो सुख-दुःखको खेल तिम्रै बनेको हो। तिमी धेरै उच्च पनि बन्छौ भने नीच पनि बन्छौ। बाबा भन्नुहुन्छ– प्यारा बच्चाहरू! म यस मनुष्य सृष्टिको बीजरूप हूँ। वृक्षको सारा ज्ञान त अवश्य मेरो पासमा नै हुन्छ। वरको वृक्षको उदाहरण पनि मेरो लागि नै हो। सन्यासीहरूले पनि उदाहरण दिन्छन्, तर उनीहरूको बुद्धिमा केही पनि छैन। तिमीलाई त थाहा छ– आदि सनातन देवी-देवता धर्म प्रायः लोप कसरी हुन्छ। अहिले त्यो फाउण्डेसन छैन। बाँकी सारा वृक्ष खडा छ। सबै धर्म छन्, बाँकी एक धर्म छैन। वरको वृक्ष पनि हेर कसरी खडा हुन्छ। मूल छैन फेरि पनि वृक्ष सदा हराभरा हुन्छ। अरू वृक्षहरू जरा भएन भने सुक्छन् किनकि जरा छैन भने पानी कसरी मिलोस्। तर त्यो वरको वृक्ष सारा ताजा खडा हुन्छ। यो आश्चर्य छ नि। त्यसैगरी यस वृक्षमा पनि देवी-देवता धर्म छैन। आफूलाई जान्दैनन्, देवता धर्मको सट्टा हिन्दू भनिदिएका छन्। जबदेखि रावण राज्य सुरु भएको छ, आफूलाई देवी-देवता कहलाउन लायक रहेनन्। त्यसैले नाम बदलेर हिन्दू राखिदिएका छन्। देवताहरूको केवल जड चित्र मात्र निशानी रहेको छ, जसबाट सम्झन्छन्– स्वर्गमा उनीहरूको राज्य थियो। तर त्यो स्वर्ग कहिले थियो, यो कसैले जान्दैनन्। सत्ययुगको आयु धेरै लम्बा-चौडा गरिदिएका छन्। जे बित्यो, त्यो आफ्नो समयमा फेरि दोहोरिन्छ। उही नै आकृति अहिले कहाँ हुन्छ र। त्यो फेरि स्वर्गमा नै हुन्छ। यस ज्ञानलाई तिमीले नै बुझ्दछौ। बाँकी उनीहरू सबै भक्ति गर्दै पतित बन्दै रहन्छन्। पावन दुनियाँ थियो। तिमीलाई बाबाले बसेर सम्झाउनुहुन्छ, भन्छन् पनि हजुर जानी-जाननहार हुनुहुन्छ। बाबा भन्नुहुन्छ– मैले कुनै एक-एकको दिलको कुरा कहाँ जान्दछु र। कसैले भन्छन्– बाबा हजुरले त सबैकुरा जान्नुहुन्छ। हामी विकारमा जान्छौं– हजुरले जान्नुहुन्छ होला। बाबा भन्नुहुन्छ– के म सारा दिन बसेर यही जान्दछु? म त आएको हुँ पतितलाई पावन बनाउन। 

    तिमीलाई थाहा छ– हामीले बाबाबाट सुखको वर्सा लिइरहेका छौं। बाँकी सबै वापस मुक्तिधाममा जान्छन्। कसरी जान्छन्? यसमा तिम्रो के जान्छ! बाबा नै आएर मुक्ति-जीवनमुक्तिमा लैजानुहुन्छ। हिसाब-किताब चुक्ता सबै जानु छ। तिमी सतोप्रधान बन्नु छ। तिमी अरूको कुरामा किन जान्छौ? तमोप्रधानबाट सतोप्रधान बनाउनेवाला एक बाबा नै हुनुहुन्छ। भक्तिमार्गमा ज्ञानको रत्ति पनि हुन सक्दैन। भन्छन् ज्ञान र भक्ति। सोध, ज्ञान कति समय र भक्ति कति समय चल्छ? केही पनि बताउन सक्दैनन्। भक्ति अलग चीज हो। बाबाले स्वयं नै सम्झाउनुहुन्छ– म कसरी आउँछु, कसमा प्रवेश गर्छु? मनुष्यहरू भक्तिमार्गमा फँसेको कारणले मलाई मुस्किलले चिन्छन्, यसैले तिमीले शिव शंकरको चित्रमा सम्झाउँछौ। उनीहरूले दुवैलाई एक गरिदिन्छन्। उनी सूक्ष्मवतन निवासी, उहाँ परमधामको निवासी, दुवैको स्थान अलग-अलग छ। फेरि एउटै नाम कसरी राख्न सकिन्छ! उहाँ निराकारी उनी आकारी। यस्तो कहाँ भन्न सकिन्छ– शंकरमा शिवको प्रवेश भएको छ? जसले गर्दा तिमीले शिव-शंकर भनिदिन्छौ। बाबाले सम्झाउनुहुन्छ– मैले त यी ब्रह्मामा प्रवेश गर्छु। तिमीलाई यो कसले बतायो कि शिव-शंकर एउटै हुन्? शंकरलाई त कहिल्यै कसैले गड फादर भन्दैन। उनको त गलामा पनि सर्प राखेर अनुहारै कस्तो बनाइदिएका छन्। फेरि बयलमा सवारी देखाउँछन्। शंकरलाई भगवान् त बिल्कुलै मान्दैनन्। एक शिवबाबाले नै भक्तिमा सबैको मनोकामना पूर्ण गर्नुहुन्छ। शंकरको लागि त केवल भन्छन्– आँखा खोल्ने बित्तिकै विनाश भयो। बाँकी सूक्ष्मवतनमा कुनै बयल, सर्प आदि कहाँ हुन्छन् र। तिनीहरू त यहाँ नै उत्पत्ति हुन्छन्। कति पत्थरबुद्धि बनेका छन्। यो पनि बुझ्दैनन्– हामी पतित छौं। बाबा भन्नुहुन्छ– म यी साधुहरूको पनि उद्धार गर्न आएको हुँ। साधना गरिन्छ केही प्राप्तिको लागि। त्यसैले साधुहरूले फेरि आफूलाई शिव वा भगवान् कसरी भन्न सक्छन्। शिवलाई त साधना गर्नुपर्ने कुनै आवश्यकता नै छैन। उनीहरूको त नाम नै छ सन्यासी। भगवान्‍लाई कहिल्यै सन्यास गर्नुपर्छ र? सन्यास धारण गर्नेहरूले गेरु वस्त्र धारण गर्नुपर्छ। भगवान्‍लाई पनि यस्तो भेष धारण गर्नुपर्छ र? उहाँ त हुनुहुन्छ नै पतित-पावन। भन्नुहुन्छ– मैले यी भेषधारीहरूको पनि उद्धार गर्छु। ड्रामा अनुसार हरेकले आ-आफ्नो पार्ट खेल्छ। भक्तिमार्गमा मनुष्य जे गर्छन्, त्यसलाई जान्दैनन्। शास्त्रहरूबाट कसैको सद्गति हुँदैन। सद्गति हुन्छ एक सत बाबाबाट। 

    ड्रामा अनुसार यी शास्त्रहरू पनि आवश्यक छन्। गीतामा के-के लेखेका छन्। गीता कसले सुनायो, त्यो पनि कसैले जान्दैन। तिमीलाई मुख्य जोड दिनु छ गीतामा। गीता नै सर्व शास्त्रमई शिरोमणि हो। अब यी धर्मशास्त्रहरू कसले कहिले रच्यो र यसबाट के भयो? कसैले जान्दैनन्। गीतामा जे-जति लेख्दै आएका छौ त्यो फेरि दोहोरिन्छ। हामी त्यसलाई राम्रो वा खराब केही पनि भन्दैनौं। तर जान्दछौं यी भक्तिमार्गका सामग्री हुन्, जसबाट मनुष्य झर्दै जान्छन्। ८४ जन्म पूरा लिँदै-लिँदै उतरती कलामा त आउनु नै छ। जब सबै आ-आफ्नो पार्ट खेल्न आइसक्छन्, अन्त्यमा बाबा आउनुहुन्छ सबैलाई लैजान। त्यसैले उहाँलाई भनिन्छ पतित-पावन, सर्वका सद्गति दाता। उहाँ जब आउनुहुन्छ तब नै आएर रचता र रचनाको आदि-मध्य-अन्त्यको ज्ञान सुनाउनुहुन्छ। अहिले बाबा बसेर पढाउनुहुन्छ, यो पनि मायाले घरी-घरी भुलाइदिन्छ। नत्र भगवान्‍ले हामीलाई पढाएर विश्वको मालिक बनाउनुहुन्छ भने कति खुसी हुनुपर्छ। सत्ययुगमा यो ज्ञान हुँदेन। फेरि भक्तिमार्गमा उही भक्तिका शास्त्र हुनेछन्। २५०० वर्षसम्म यो पार्ट खेल्नु नै छ। यो चक्रको ज्ञान तिम्रो बुद्धिमा छ। उनीहरू त न पतित-पावनलाई जान्दछन्, न पतितबाट पावन कसले बनाउँछ– यो जान्दछन्। केवल खेलौना बनाएर खेलिरहन्छन्, केही पनि बुझ्दैनन्। तिमीलाई भन्छन् तिमी पनि यहाँका हौ, तिमीले फेरि कसरी भन्छौ हिन्दूहरूले केही पनि बुझ्दैनन्, बेसमझ छन्। तिमीले भन– यो बेहदका बाबाले भन्नुहुन्छ, उहाँले नै ज्ञान दिइरहनु भएको छ। हामी उहाँद्वारा समझदार बनेका हौं। प्रदर्शनीमा धेरै मनुष्यहरू आउँछन्, भन्छन् यो ज्ञान धेरै राम्रो छ। बाहिर गयो खलास किनकि उनीहरू सबै हुन् रावणका शिष्य। तिमीहरू अहिले रामका शिष्य बनेका छौ। तिमी बच्चाहरूको बुद्धिमा छ– हामीलाई रचयिता बाबाले सम्झाइरहनु भएको छ। पतितबाट पावन बनाइरहनु भएको छ। बाबाले हाम्रो कल्याण गर्नुहुन्छ। हामीले फेरि अरूको कल्याण गर्नु छ। जति धेरैको कल्याण गर्छौ, त्यति नै उच्च पद पाउँछौ। यो हो रूहानी सेवा। रुहलाई नै सम्झाउनु पर्ने हुन्छ। रूहले नै बुझ्दछ। आधाकल्प तिमी देह-अभिमानी बन्छौ। देही-अभिमानी बन्नाले आधाकल्प सुख, देह-अभिमानी बन्नाले आधाकल्प दुःख। कति फरक छ। तिमी जब विश्वको मालिक थियौ, त्यतिबेला अरू कुनै धर्म थिएन। अहिले कति मनुष्य छन्! अहिले तिमी छौ संगममा। अच्छा!

    मीठे-मीठे सिकीलधे बच्चाहरूप्रति माता-पिता बापदादाको याद-प्यार एवं गुडमर्निङ्ग। रूहानी बाबाको रूहानी बच्चाहरूलाई नमस्ते। रूहानी बच्चाहरूको रूहानी बाबालाई गुडमर्निङ्ग, नमस्ते। 


    धारणाको लागि मुख्य सारः

    १) यादको बलद्वारा सबै हिसाब-किताब चुक्ता गरेर सतोप्रधान बनेर वापस घर जानु छ। अरू कुनै कुरामा जानु छैन।

    २) भगवान्‍ले हामीलाई पढाएर विश्वको मालिक बनाउनुहुन्छ, यसै खुसीमा रहनु छ। रूहानी सेवा गर्नु छ।

    वरदान:

    पवित्रताको आधारमा सुख-शान्तिको अनुभव गर्ने, नम्बरवन अधिकारी भव:-   

    जुन बच्चाहरूले पवित्रताको प्रतिज्ञालाई सदा स्मृतिमा राख्छन्, उनीहरूलाई सुख-शान्तिको अनुभूति स्वतः हुन्छ। पवित्रताको अधिकार लिनमा नम्बरवन रहनु अर्थात् सर्व प्राप्तिहरूमा नम्बरवन बन्नु हो। त्यसैले पवित्रताको फाउन्डेसनलाई कमजोर नगर, तब नै लास्ट सो फास्ट जान्छौ। यसै धर्ममा सदा स्थित रहने गर– जेसुकै भएपनि चाहे व्यक्ति, चाहे प्रकृति, चाहे परिस्थितिले जतिसुकै हल्लाओस्, तापनि धर्म छोड्नु छैन।

    स्लोगन:

    व्यर्थबाट इनोसेन्ट (अबोध) बन्यौ भने सच्चा-सच्चा सेन्ट बन्छौ।   



    ***OM SHANTI***