BK Murli 15 December 2016 Nepali

BK Murli 15 December 2016 Nepali

२०७३ मंसिर ३० बिहीबार १५-१२-२०१६ ओम् शान्ति प्रात: मुरली “बापदादा” मधुबन

“मीठे बच्चे– अभ्यास गर म आत्मा हुँ, म आत्मा हुँ... शरीरको भान छोडिदेऊ, अब शिवबाबालाई याद गर्दै-गर्दै घर जानु छ।”  

प्रश्न:

शिवबाबालाई कुन बच्चाहरूप्रति धेरै दया लाग्छ?

उत्तर:

जो बच्चाहरूले आफ्नो मूल्यवान् समय व्यर्थ गुमाउँछन्, बाबाको बनेर बाबाको सेवा गर्दैनन्। उनीहरूप्रति बाबालाई धेरै दया लाग्छ। बाबा भन्नुहुन्छ– मेरो बच्चा बनेका छौ, त्यसैले फस्ट ग्रेड बनेर देखाऊ। जुन ज्ञान रत्न मिलेको छ, त्यसलाई दान गर।

गीत:–

तकदिर जगाकर आई हुँ...

ओम् शान्ति।

जसरी बाबा ज्ञानको सागर हुनुहुन्छ, बच्चाहरूलाई पनि सृष्टिको आदि-मध्य-अन्त्यको ज्ञान सम्झाइरहनु हुन्छ र चित्रहरूको बारेमा पनि राम्रोसँग सम्झाइरहनु हुन्छ। बाबाको सिँढीको चित्रमा सारा रात विचार चलिरहेको थियो किनकि यो हो सबैभन्दा राम्रो चित्र सम्झाउन र हो पनि हिन्दूहरूको लागि। शिवबाबा त ज्ञानको सागर हुनुहुन्छ, यी बाबाले पनि ज्ञानको लहर दिइरहन्छन्, यसलाई भनिन्छ– विचार सागर मन्थन। तिमी बच्चाहरूको धेरै कम विचार सागर मन्थन चल्छ। कति बच्चाहरूको त विचार सागर मन्थन चल्दै चल्दैन। हरेकको बुद्धि चल्नुपर्छ। सिँढीमा धेरै विचार चल्छ। मूलवतन पनि माथि देखाउनु पर्ने हुन्छ। सिँढी त हो स्थूल वतनको, ८४ जन्मको। ज्ञान विना यो चित्र कसैले बनाउन सक्दैन। ज्ञान त तिमी बच्चाहरूमा नै छ। सिँढी बनाउँदा पनि विचार सागर मन्थन चलिरहनुपर्छ। यो धेरै राम्रो चीज हो। माथि मूलवतन पनि अवश्य हुनुपर्छ। सम्झाइन्छ– आत्माहरू मूलवतनमा तारा जस्तै रहन्छन्। मूलवतनपछि छ ब्रह्मा-विष्णु-शंकर पुरी, जसलाई सूक्ष्मवतन भनिन्छ। सिँढीमा त यहाँको नै देखाइएको छ। विश्व पावन थियो, अहिले पतित छ। अक्षर सबै लेख्नुपर्छ। बिचरा मनुष्यहरूले त केही पनि जानेका छैनन्। जो पूज्य थिए, उनै पुजारी बनेका छन्– यो कसैलाई पनि थाहा छैन। तिमीहरूमा पनि नम्बरवार छन्, जसले जान्दछन्। राजधानी स्थापना भइरहेको छ। कोही त धेरै राम्रोसँग पुरुषार्थ गर्न थालेका छन्, म आत्मा हुँ। शरीरलाई मानौं बिर्सिन्छौ, अरू केही देखिँदैन किनकि सम्झाइन्छ– तिमीले आफूलाई आत्मा सम्झ। शरीरको भान टूटोस्। भनिन्छ नि– आफू मरेपछि दुनियाँ मर्योि। शिवबाबालाई याद गर्दै-गर्दै आफ्नो घर जानु छ। यस अवस्थालाई जमाउनमा नै मेहनत छ। सिँढीमा पनि सम्झाइन्छ– यहाँ आदि सनातन देवी-देवता धर्म थियो, त्यतिबेला सुख-शान्ति-पवित्रता थियो। अहिले मनुष्य दु:खी भएका छन्, त्यसैले घरलाई याद गर्छन्। कसैलाई पनि यस सिँढीको चित्रमा सम्झाउन धेरै राम्रो हुन्छ। सिँढीको चित्रको अगाडि गएर बस्दा पनि बुद्धिमा रहोस्– हामीले ८४ जन्म लिएका छौं। ८४ जन्म सिद्ध गर्नु छ। फेरि यस हिसाबले सम्झाइन्छ– जो आधाकल्पपछि आउँछन्, उनीहरूको अवश्य कम जन्म हुन्छन्। सारा दिन बुद्धिमा यो ज्ञान आइरहोस्। सत्ययुग त्रेतामा सम्पूर्ण निर्विकारी, पूज्य थियौं फेरि विकारी पुजारी बन्यौं। विकारी हुनाले नै आफूलाई हिन्दू कहलाउँछन्। 

अरू कुनैले आफ्नो नाम बदल्दैनन्। हिन्दुहरूले नै बदलेका छन्। अहिले तिमी बच्चाहरूलाई यो ज्ञान मिल्छ। ज्ञान सागर बाबाले तिमीलाई नयाँ ज्ञान दिइरहनुभएको छ। सिँढीको चित्रमा बच्चाहरूले धेरै ध्यान दिनु छ। कुनै चित्रको सामुन्ने आएर बसे मात्रै पनि बुद्धिमा सबैथोक आउँछ। सारा रात बुद्धि चलिरहोस्– ८४ को चक्र कसरी समझाऊँ। आधाकल्प हुन्छ रावण राज्य, पछि जो आउँछन्, उनले यो ज्ञान लिँदैनन्। सत्ययुग त्रेतामा आउनेले नै लिन्छन्। जसलाई सत्ययुग त्रेतामा आउनु नै छैन, उनले यो ज्ञान पनि लिँदैनन्। अहिले त दुनियाँको कति संख्या छ। सत्ययुग त्रेतामा हुन्छ एक बच्चा, एक बच्ची। पछि गएर थोरै गडबड हुन्छ, तर विकारको कुरा हुँदैन। रावणराज्य हुन्छ नै द्वापरमा। तर त्रेतामा २ कला कम भएपछि केही न केही पवित्रता कम हुन जान्छ। रावण राज्य र रामराज्यलाई पनि कसैले बुझेका छैनन्। राजाई पद पाउनेले राम्ररी पढ्छन्। सोख चाहिन्छ कसैको कल्याण गर्ने। तर तकदिरमा छैन भने पुरुषार्थ नै गर्दैनन्। धारणा गर्दै गयौ भने सेवामा पनि बाबाले पठाइदिनु हुन्छ। जसलाई सेवाको सोख छ, उसले त दिन रात सेवा गर्छ। सिँढीको रहस्यलाई कसैले बुझ्यो भने खुशीको पारा चढ्छ। बाबा ज्ञानका सागर हुनुहुन्छ, हामी बच्चाहरू नदी हौं, त्यसैले त्यो शो देखाउनु छ। दिन-प्रतिदिन वृद्धि हुँदै जान्छ। राजाई त स्थापना हुनु नै छ। सिँढीमा पनि देखाइएको छ– सत्ययुग श्रेष्ठाचारी पावन दुनियाँ, अहिले पतित भ्रष्टाचारी दुर्गति भएको छ। सबैको दुर्गति भएको छ, त्यसैले त बाबा आएर सद्गति गर्नुहुन्छ। यसमा हुन त कुनै आत्मा राम्रो वा खराब पनि हुन्छन्। धार्मिक मानिसले यति पाप कर्म गर्दैनन्। वेश्या आदिले धेरै पाप कर्म गर्छन्। यो हो वेश्यालय। सत्ययुग हो शिवालय, त्यसको स्थापना शिवबाबाले गर्नुहुन्छ। त्यसलाई कृष्णपुरी पनि भनिन्छ अर्थात् कृष्णालय भन्दा पनि हुन्छ तर स्थापना त शिवबाबाले गर्नुहुन्छ नि। यो सिँढीको चित्र पनि आवश्यक छ। यसमा त धेरै ध्यान दिनुपर्छ। सिँढीलाई हेरेपछि सारा ८४ को चक्र बुद्धिमा आउँछ। तर भित्र धेरै शुद्ध हुनुपर्छ। शिवबाबासँग योग भएमा नशा चढ्छ र पद पनि पाउन सकिन्छ। यस्तो भन्नु हुँदैन– जे मिल्छ, तकदिरमा जे होला... सेवाको सोख राख्नुपर्छ। शरीरको त भरोसा छैन। पछि गएर प्राकृतिक प्रकोप पनि जोडसँग आइरहनेछ फेरि खाली हात जान्छन्। भूकम्पमा लाखौं मनुष्य मर्छन्, त्यसैले डर रहनुपर्छ, योगको यात्राद्वारा हामी सतोप्रधान बनिहालौं फेरि अरूलाई पनि बनाउनु छ। धन दिएर धन सकिँदैन... मेहनत गर्नु छ। बाबा त सम्झाइरहनु हुन्छ– तिमी २१ जन्मको लागि आफ्नो खुट्टामा खडा रहनु छ। 

त्यसैले राम्रोसँग पुरुषार्थ गर्दै गर। पुरुषार्थको समय नै अहिले हो। दुनियाँमा कसैलाई थाहा छैन– २१ जन्मको लागि राजाई कसरी मिल्छ? तिमीले यस सिँढीको चित्रमा धेरै राम्रोसँग सम्झाउन सक्छौ। ८४ जन्म कसरी हुन्छ? माथि लेखिएको पनि छ, शिव भगवानुवाच, निराकार पतित-पावन ज्ञानको सागरले सम्झाइरहनु भएको छ। जसलाई सम्झाउनु हुन्छ, उनले फेरि अरूलाई पनि सम्झाउनु छ। प्यारा बच्चाहरू! तिमीलाई अब कारूनको खजाना मिल्छ, त्यसैले त्यो लिनुपर्छ। उच्च पद पाउनुपर्छ। यो हो प्रवृत्ति मार्गको ज्ञान। एकै घरको एक जना ज्ञानमा छ, अर्को छैन। खिट-पिट त हुन्छ नै। यो कलमी लागिरहेको छ। हामी पूज्यबाट पुजारी कसरी बन्छौ? यो रहस्य धेरै बुझ्नु पर्ने छ। जो सबैभन्दा धेरै पूज्य पावन बन्छन्, उनै सबैभन्दा धेरै पतित पनि बन्छन्। यिनको धेरै जन्मको अन्त्यमा नै प्रवेश गरेको हुँ। सबै पतित छन् नि। बाबा पनि सम्झाउनु हुन्छ भने दादाले पनि सम्झाउँछन् र दादीहरूले पनि सम्झाउँछन्। भाइ-बहिनीहरूको धन्दा नै यही हो। गृहस्थ व्यवहारमा रहेर पनि कमल फूल समान रहनेहरू तिमीभन्दा पनि अगाडि जान सक्छन्। जो काँडाको जंगलमा रहँदै सेवा गर्छन्, उनलाई फल धेरै मिल्छ। गृहस्थ व्यवहारमा रहेर पनि सेवा धेरै राम्रो गर्छन्, उनीहरूलाई सेवामा धेरै मज्जा आउँछ। शिवबाबाले पनि मदत त गर्नुहुन्छ नि। भन्नुहुन्छ– ठीक छ, नोकरी छोडेर फलानो स्थानमा जाऊ। जस्तै हेर निमन्त्रण मिल्छन्– प्रोजेक्टर शोको लागि। ४-५ मुख्य चित्र पनि लिएर जाऊ। वहाँ सेवा गरेर आऊ। सेवाको जो सोखिन हुन्छन्, भन्छन्– हामी गएर सम्झाउँछौं। वहाँ सेन्टर पनि खुल्न सक्छ। निमन्त्रण त धेरै मिल्न सक्छन्। सेवाको वृद्धि भइरहन्छ। बाबाले गायन त गर्नुहुन्छ नि। यो बच्चाले धेरै राम्रो सेवा गर्छ। कुनै त सेवा देखि ३ कोस टाढा भाग्छन्। सेवाको सोख राख्नेलाई मदत पनि मिल्छ, जति बाबाको सेवा गर्छन् त्यति ताकत मिल्छ, आयु पनि बढ्छ। खुशीको पारा चढ्छ।

प्रसिद्ध पनि हुन्छन् आफ्नो कुलमा। पुरुषार्थद्वारा यति उच्च बन्न सक्छौ भने यति पुरुषार्थ गर्नुपर्छ। चलनबाट नै थाहा हुन्छ। कसैलाई सेवाको सोख छ। रात-दिन आफ्नो कमाईको चिन्तन राख्नुपर्छ। धेरै ठूलो कमाई छ। बाबालाई पनि कहिलेकाहीँ ख्याल आउँछ, गएर बच्चाहरूलाई रिफ्रेश गरौं। धेरै खुशी हुन्छ। बाबालाई त सेवाधारी बच्चाहरू नै याद आउँछ। अमृतबेला विचार सागर मन्थनको डान्स राम्रो चल्छ, जसको जो धन्दा हुन्छ, त्यसैमा लगिरहन्छ। सबेरैको समयमा विचार सागर मन्थन चल्छ। बच्चाहरूलाई पनि पहिला त मुरली राम्रोसँग धारण गर्नु छ। रिभाइज गरेर फेरि आएर मुरली पढ्नुपर्छ। पहिले बाबा रातको २ बजे उठेर लेख्नुहुन्थ्यो, फेरि सबेरै मम्माले मुरली पढेर अरूलाई सुनाउँथिन्। मुरली हातमा नलिए पनि राम्रो क्लास चलाउन सक्छिन्। जुन बच्चालाई मुरली पढ्ने र त्यसमा चिन्तन गर्ने सोख छ, उसले सेवा गरिरहन्छ। मुरली पढ्यो भने जाग्छौ। यो मुरली छाप्ने काम त धेरै जोडसँग चल्नेछ। टेपको पनि काम धेरै बढ्नेछ। मुरली बेलायतसम्म पनि जानेछ। कसैको बुद्धिमा बस्यो भने एकदम नशा चढ्नेछ। उठ्दा बस्दा ८४ को चक्र बुद्धिमा घुमिरहन्छ। कसैको बुद्धिमा त केही पनि बस्दैन। खुशीको पारा चढ्दैन। 

तिम्रो त सारा दिन धन्दा नै यही रहनुपर्छ। यो हो सर्वोच्च धन्दा। बाबालाई व्यापारी पनि भनिन्छ नि। यो अविनाशी ज्ञान रत्नहरूको व्यापार कसैले विरलै गर्छ। सारा दिन बुद्धिमा यही चलिरहनुपर्छ र खुशीमा मस्त रहनुपर्छ। यो खुशी हो सारा भित्रको। आत्मालाई खुशी हुन्छ– ओहो! हामीलाई बाबा मिलेको छ। बेहदको बाबाले ८४ जन्मको कथा सुनाउनुहुन्छ। बच्चाहरूले बाबाको, टिचरको आभारी मान्छन् नि। विद्यार्थी टिचरद्वारा पास हुन्छन् भने फेरि टिचरलाई सौगात पनि पठाइदिन्छन्। तिमी बच्चाहरूलाई थाहा छ– बाबाले हामीलाई उच्च पढाइ पढाउनुहुन्छ, जसबाट हामी विश्वको मालिक बन्छौं। यो पढाइ छ धेरै सहज। तर पूरा ध्यान दिँदैनन्। फस्टक्लास ज्ञान छ। यसलाई बुझ्नाले कारूनको खजाना मिल्छ, भविष्यमा। कमाल छ हैन! 

हरेक बच्चाले सम्झन सक्छ– म कुन ग्रेडमा छु ? सारा कुरा सेवामा आधारित छ। बाबा त भन्नुहुन्छ– थर्ड ग्रेडबाट निक्लेर फस्ट ग्रेडमा आऊ, तब केही पद पाउन सक्छौ। २१ जन्मको रिजल्ट निस्कन्छ। बाबालाई त दया लाग्छ। व्यर्थमा समय गुमाउँछन्। बाबा सम्झाउनु हुन्छ– ड्रामा प्लान अनुसार मलाई आउनु पर्छ सद्गति दिनको लागि। यो हो नै दुर्गतिको दुनियाँ। सोध– तपाई दुर्गतिमा हुनुहुन्छ? भन्छन्– हाम्रो लागि त यहाँ नै स्वर्ग छ। हामी त स्वर्गमा बसेका छौं। यो बुद्धिमा आउँदैन– स्वर्ग सत्ययुगलाई भनिन्छ। ठूला-ठूला पण्डित, विद्वान छन्। कसैको पनि बुद्धिमा आउँदैन– यो त पुरानो आइरन एजेड दुनियाँ हो। बडो घमण्डमा बसेका छन्। कति भक्ति मार्गको जोड छ। भक्तिको त धेरै पम्प छ। कुम्भको मेलामा लाखौं मनुष्य जान्छन्। यो हो अन्तिम पम्प। मायाले यतातिर आउन दिदैन। मुसाले जसरी फुक्छ अनि सारा रगत चुसेर लिन्छ। अच्छा! 

मीठे-मीठे सिकीलधे बच्चाहरूप्रति माता-पिता बापदादाको याद-प्यार एवं गुडमर्निङ्ग। रूहानी बाबाको रूहानी बच्चाहरूलाई नमस्ते। रूहानी बच्चाहरूको रूहानी बाबालाई गुडमर्निङ्ग, नमस्ते। 


धारणाको लागि मुख्य सारः

१) सबेरै-सबेरै उठेर विचार सागर मन्थन गर्नु छ। मुरली पढेर त्यसमा चिन्तन गरेर धारण गर्नु छ। अविनाशी ज्ञान रत्नहरूको व्यापार गर्नु छ।

२) सेवाको धेरै सोख राख्नु छ। शरीरको कुनै भरोसा छैन, त्यसैले २१ जन्मको कमाई अहिले नै जम्मा गर्नु छ।

वरदान:

रहमको दृष्टिद्वारा घृणा दृष्टिलाई समाप्त गर्ने, नलेजफुल भव:-   

जो बच्चाहरू एक-अर्काको संस्कारलाई चिनेर संस्कार परिवर्तनको लगनमा रहन्छन्। उनीहरूले कहिल्यै यो सोच्दैनन्– यो त हो नै यस्तो, उसलाई भनिन्छ ज्ञानी। ऊ स्वयंलाई हेरेर अझै निर्विघ्न रहन्छ। उसको संस्कार बाबाको जस्तै रहमदिलको हुन्छ। दयाको दृष्टिले घृणा दृष्टिलाई समाप्त गरिदिन्छ। यस्तो रहमदिल बच्चाहरू कहिल्यै आपसमा खिट-पिट गर्दैनन्। उनीहरूले सपूत बनेर सबूत दिन्छन्।

स्लोगन:

सदा परमात्म चिन्तन गर्नेवाला नै बेफिक्र बादशाह हो, उसलाई कुनै पनि प्रकारको चिंता हुन सक्दैन।   



***OM SHANTI***

Google+ Followers