BK Murli 16 December 2016 Nepali

bk murli today

Posted by: BK Prerana

BK Prerana is executive editor at bkmurlis.net and covers daily updates from Brahma Kumaris Spiritual University. Prerana updates murlis in English and Hindi everyday.
Twitter: @bkprerana | Facebook: @bkkumarisprerana
Share:






    BK Murli 16 December 2016 Nepali

    २०७३ पौष ०१ शुक्रबार १६-१२-२०१६ ओम् शान्ति प्रात: मुरली “बापदादा” मधुबन

    “मीठे बच्चे– तिमीले आधाकल्पका लागि सुखधाममा छुट्टी मनाउँछौ किनकि वहाँ दुःखको नाम निशान हुँदैन।”  

    प्रश्न:

    ब्राह्मण बच्चाहरूलाई बाबाले यस्तो कुनचाहिँ युक्ति बताउनुहुन्छ, जुन युक्तिद्वारा उनीहरूले आफ्नो जीवन सफल बनाउन सक्छन्?

    उत्तर:

    बाबा भन्नुहुन्छ– मीठे बच्चे! आफ्नो जीवन सफल गर्नको लागि आफ्नो तन-मन-धन सबै ईश्वरीय सेवामा लगाऊ। बाबालाई अनुसरण गर। फेरि हेर यसको बदलामा तिमीलाई के मिल्छ? आत्मा सतोप्रधान बन्छ। तन पनि धेरै सुन्दर मिल्छ। धन त अथाह मिल्छ।

    गीतः–

    आखिर वह दिन आया आज.......

    ओम् शान्ति।

    जब बाबाले ओम् शान्ति भन्नुहुन्छ, दादाले पनि ओम् शान्ति भन्छन्। बच्चाहरूले पनि मनमनै भन्छन्– ओम् शान्ति। जब कसैले भाषण गर्छन् भने ओम् शान्ति भन्छन्। वहाँ बसेका सबैले पनि ओम् शान्ति भन्छन्। जवाफ अवश्य दिनु पर्ने हुन्छ। अहिले तिमी बच्चाहरूलाई थाहा छ– आत्माहरू र परमात्माको अहिले मिलन भइरहेको छ। गायन पनि गरिएको छ– आत्मा र परमात्मा अलग रहे बहुकाल.... जोसँग धेरै काल अलग रहन्छन्, उनैसँग सम्मुख मिलिन्छ। उहाँ आउनुहुन्छ आफ्नो पार्ट खेल्न। भक्तिमार्गमा जसलाई यति धेरै खोजिरहन्छन्, आखिर त्यो दिन पनि आउँछ, जबकि बाबासँग मिलन पनि हुन्छ। केवल यही मात्र अविनाशी खण्ड हो, बाँकी सबै हुन् विनाशी खण्ड। नयाँ दुनियाँमा त केवल भारतवर्ष मात्र हुन्छ। यसको कहिल्यै विनाश हुँदैन। यो त रहन्छ नै। अहिले त कति खण्ड छन्। यहाँ जब देवी-देवताहरूको राज्य थियो, वहाँ कुनै खण्ड थिएनन्, केवल देवताहरू नै थिए, अरू कुनै मनुष्य थिएनन्। केवल सूर्यवंशी देवी-देवताहरूको राज्य थियो। अहिले उनीहरूका केवल चित्र रहेका छन्। यादगार त रहन पर्योथ नि। पहिला कति सानो वृक्ष हुन्छ। त्यसलाई भनिन्छ रामराज्य, ईश्वरीय राज्य। ईश्वरको स्थापना हो नि। अहिले त छ आसुरी स्थापना र सत्ययुग हो नै दैवी स्थापना। ईश्वरको स्थापना आधाकल्प चल्छ फेरि आसुरी स्थापना हुन्छ, जसलाई रावणराज्य भनिन्छ। त्यो हो निर्विकारी दुनियाँ र यो हो विकारी दुनियाँ। दुनियाँमा कसैले पनि जान्दैनन्– यो दुनियाँको चक्र कसरी घुम्छ? देवी-देवताहरू फेरि कहाँ गए? पावनबाट पतित कसरी बने? सिँढी झर्नु पर्ने हुन्छ नि। कलाहरू कम हुँदै जान्छन्। जसरी चन्द्रमालाई ग्रहण लाग्दा भनिन्छ– दान दियौ भने ग्रहण छुट्छ। अहिले बाबा भन्नुहुन्छ– ५ विकारलाई छोड। जब तिमी रावणको जेलबाट छुट्छौ, रामराज्य स्थापना हुन्छ। वहाँ यी ५ विकार हुँदैनन्। यो पनि कसैलाई थाहा छैन। मनुष्यहरूले सम्झन्छन्– यो पहिलेबाट नै चल्दै आएको हो। दुनियाँमा मनुष्यहरूका छन् अनेक मत। तिम्रो छ एक मत, यसलाई भनिन्छ अद्वैत मत। यहाँ छ आसुरी मत।

    तिमीलाई थाहा छ– हामी रामराज्यमा थियौं। पूज्य सो पूजारी बनेका छौं। तिमी बच्चाहरूको बुद्धिमा यो ज्ञान अहिले बसेको छ। हामी नै पूज्य थियौं, फेरि पुनर्जन्म लिँदा-लिँदा पुजारी बनेका छौं। उनीहरूले सम्झन्छन्– परमात्मा नै पूज्य पुजारी बन्नुहुन्छ। उहाँको नै सारा लीला हो, सबै परमात्मा नै परमात्मा हुन्। यो सबैभन्दा ठूलो भूल हो। अहिले तिमी बच्चाहरूलाई त खुशी छ, जुन बाबालाई आधाकल्प याद गर्यौंद, अहिले उहाँ मिल्नु भएको छ। भन्दछन्– दुःखमा सबैले सिमरण गर्छन्, सुखमा कसैले गर्दैनन्। उनै आत्माहरू फेरि दुःखमा आउँछन् अनि बाबालाई याद गर्छन्। सत्ययुगमा कसैले पनि बाबालाई बोलाउँदैनन्। अहिले आत्माहरूको परमात्मासँग, परमात्माको हामी आत्माहरूसँग मेला हुन्छ। बाबा नै ज्ञानका सागर हुनुहुन्छ, यसमा पानीको सागरको कुरा छैन। संगममा हेर, कुम्भको कति ठूलो मेला लाग्छ! अहिले सच्चा-सच्चा मेला तिम्रो लागिरहेको छ। सबै त एकै पटक मिल्न सक्दैनन्। कोही कहाँबाट, कोही कहाँबाट आउँछन्। मेलामा कति लाखौं मनुष्यहरू जान्छन्, स्नान गर्न। जन्म-जन्मान्तर यो स्नान गर्दै आएका छन्। यो मेला लागि नै रहन्छ। सानो र ठूलो कुम्भ पनि भनिन्छ। अहिले बाबा त एकैपटक आउनुहुन्छ, पतितहरूलाई पावन बनाउन। गंगा पतित पावनी हो भने के उसले ज्ञान सुनाउँछ? यहाँ त पतित-पावन बाबा बसेर सृष्टिको आदि-मध्य-अन्त्यको ज्ञान सुनाउनुहुन्छ। बच्चाहरूलाई थाहा छ– अहिले दुनियाँको हालत कस्तो छ? विनाश त बच्चाहरूले देखेका छन्। अर्जुन त यी ब्रह्मा ठहरिए नि। यिनी त हुन् मनुष्यको रथ। यिनले बताउँछन्– मैले विनाश पनि देखेँ, आफ्नो राजधानी पनि देखेँ, तब छोडेँ। घर आदि सबैथोक तुरुन्तै छोडिदिएँ। विनाश त हुनु नै छ। यो कुनै नयाँ कुरा होइन। यो हो ईश्वरीय दरबार। यहाँ कुनै पतितलाई बस्नु छैन। नत्र पतित बन्यो भने ऊ एकदमसँग रसातलमा जान्छ। त्यसैले पतितलाई आउने हुकुम नै छैन। यस्ता कोही-कोही आउँछन्। सम्झन्छन्– यिनीहरूलाई के थाहा म विकार गएको। यो धेरै गन्दा चीज हो। बेलायतमा ४-५ वटा बच्चा जन्माउनेलाई पुरस्कार मिल्छ। सत्ययुगमा त एउटा मात्र बच्चा हुन्छ, त्यो पनि विकारको वहाँ कुरै हुँदैन। वहाँ त रावणराज्य नै हुँदैन। त्यो हो रामराज्य। कन्याले विवाह गर्दा कन्यालाई गुप्त रीतिले धेरैथोक दिन्छन्, जुन कसैलाई थाहा हुँदैन। 

    बाबाले पनि भन्नुहुन्छ–तिमी बच्चाहरूलाई गुप्तदान दिन्छु। कसैलाई कहाँ थाहा हुन्छ र, मैले के दिइरहेछु? यो हो गुप्त। कसैले जान्न सक्दैन– यी बी.के. विश्वका मालिक बन्छन् भनेर। यो अहिले तिमीलाई थाहा छ– हामी विश्वका मालिक थियौं, फेरि ८४ जन्म लिन्छौं। हामीले कल्प-कल्प बाबासँग वर्सा लिन्छौं। भन्छौं– बाबा हामी कल्प-कल्प हजुरसँग मिल्छौं। कल्प पहिला पनि मिलेका थियौं। बाबालाई नै राम भनिन्छ। त्रेतावाला राम होइन, उनलाई त केवल उनका बच्चाहरूले मात्र बाबा भन्छन्। यहाँ त हुनुहुन्छ बेहदका पिता। अहिले बाबाले तिमी बच्चाहरूलाई भन्नुहुन्छ– तिमी बच्चाहरूले दैवीगुण धारण गरेर यस्तो बन्नु छ। यी देवी-देवताहरूको कति महिमा गर्छन्। तर केही पनि जान्दैनन्। भन्छन्– अचतम् केशवम्... अब कहाँ राम कहाँ नारायण! सबैलाई मिसाइदिन्छन्। अर्थ केही पनि निक्लिदैन। अहिले तिमीलाई छोटकरीमा सबैथोक बुझाइन्छ। द्वापरदेखि लिएर यो भक्तिमार्ग सुरु हुन्छ। ८४ को चक्कर लगाएर तल झर्नु नै छ। ८४ जन्मको गायन छ। बाबाले सोध्नु भयो– यहाँ तिमी बसेका छौ, के सबैले ८४ जन्म लिन्छौ अथवा कसैले ८०-८२ पनि लिन्छौ? के सबै पास हुन्छौ? के भागन्ती हुनेको जन्म धेरै-थोरै हुँदैन? अवस्था अनुसार नै हरेकको पार्ट हुन्छ नि। धेरै छन् जो आश्चर्यवत भागन्ती हुन्छन्। फेरि सत्ययुगमा कसरी आउँछन्? उनीहरू त प्रजामा पनि धेरै पछि आउँछन् किनकि ग्लानि गर्छन नि। यतिका सबै कहाँ सूर्यवंशीमा आउन सक्छन्? नम्बरवार पुरुषार्थ अनुसार माला बन्छ। बाबा त ज्ञानका सागर हुनुहुन्छ। कुनचाहिँ ज्ञान उहाँमा छ? यो पनि कसैले जान्दैन। तिमीलाई अहिले ज्ञान मिलिरहेको छ। उनीहरूले त केवल स्तुति गर्छन्, केही पनि बुझ्दैनन्। यसलाई भनिन्छ भक्तिमार्ग। चाड-पर्व पनि जुन मनाइन्छन्, ती सबै हुन यस समयका, जुन फेरि पछि मनाइन्छन्। तिमीलाई त आधाकल्प सुखमा छुट्टी मिल्छ। कहिल्यै दुःखको नाम देख्दैनौ। छुट्टी हुन्छ किनकि तिमी पवित्र हुन्छौ नि। बाबाले सम्झाउनुहुन्छ– तिम्रो यो अन्तिम जन्म हो। जब रावणराज्य सुरु हुन्छ, त्यसलाई मृत्युलोक भनिन्छ। मृत्युलोक मुर्दाबाद... अमरलोक जिन्दाबाद हुन्छ। सुख र दुःख, राम र रावणको यो खेल हो। रामद्वारा तिमीले राज्य पाउँछौ, रावणद्वारा तिमीले राज्य गुमाउँछौ। बाबा भन्नुहुन्छ– तिमीले आफ्नो जीवनलाई जान्दैनौ, अरू कसैले यस्तो भन्न सक्दैन, बाबाले नै बताउनुहुन्छ। उनीहरूले त ८४ लाख भनिदिन्छन्। फेरि त कल्पको आयु लाखौं वर्ष हुन जान्छ। 

    केही पनि बुद्धिमा आउँदैन, जसले यी कुरालाई बुझ्न सकोस्। कल्पको आयु पनि गलत लेखिदिएका छन्। यी शास्त्र आदि सबै भक्तिमार्गका हुन्। तिमी बच्चाहरूलाई कति सहजसँग सम्झाइन्छ। पछि गएर अझ राम्रोसँग सम्झाइन्छ। जब कोही मर्छ भने त्यतिबेला केवल थोरै वैराग्य आउँछ, त्यसलाई भनिन्छ घाटको वैराग्य। घाटबाट बाहिर निक्लिएर बजार गएपछि खलास। गएर मांसाहार, मदिरा किन्छन्। तिमी बच्चाहरूलाई यतिबेला छ सारा दुनियाँसँग वैराग्य। बाबाले सम्झाउनुहुन्छ– वैराग्य दुई प्रकारका हुन्छन्। निवृत्ति मार्गवालाको हुन्छ हदको वैराग्य। उनीहरूले प्रवृत्ति मार्गलाई ज्ञान दिँदैनन्। दुवै पवित्र बन– यो उनीहरूले भन्न सक्दैनन्। गीता उनीहरूले सुनाउन सक्दैनन्। तिमीहरूलाई त ज्ञान सागरद्वारा ज्ञान मिल्छ। उनीहरूले बुझ्छन् पनि, तर उनलाई डर रहन्छ। पछि गएर मान्नेछन्, यथार्थमा गीता कृष्णले सुनाएका होइनन्। यदि अहिले माने भने त उनका सबै चेलाहरू भाग्नेछन्। तुरुन्तै भन्नेछन्– यिनलाई बी.के. को जादु लाग्यो। 

    अहिले बाबा सम्झाउनुहुन्छ– यदि देवता बन्नु छ भने दैवीगुण धारण गर। मुख्य कुरा हो पवित्रताको। यहाँ मनुष्यहरूको खानपान नै हेर कति आसुरी छ। जन्म-जन्मान्तरका पाप आत्माहरू छन्। पुण्य आत्मा एउटा पनि छैनन्। अहिले तिमी बनिरहेका छौ। सत्ययुगमा सबै पुण्य आत्मा हुन्छन्। वहाँ हुन्छ नै श्रेष्ठाचारी पावन दुनियाँ। यहाँ छ भ्रष्टाचारी पतित। सत्ययुगमा ५ विकार हुँदैनन्। रामराज्य र रावणराज्यमा कति फरक पर्छ, यसलाई त रावणराज्य भनिन्छ नि। पतित-पावन एक गड फादर नै हुनुहुन्छ। तिमीलाई थाहा छ– उहाँ हाम्रो बेहदका पिता हुनुहुन्छ। बेहदका पिता, रचयितालाई रचनाले याद गर्छन्। बाबाले सम्झाउनु भएको छ– सत्ययुगमा हुन्छन् एक पिता। फेरि हुन्छन् दुई पिता– लौकिक र पारलौकिक। तिम्रा छन् तीन पिता। लौकिक, पारलौकिक, अलौकिक। भक्तिमार्गमा लौकिक पिता हुँदा-हुँदै पनि पारलौकिक पितालाई याद गर्छन्। यहाँ त यो अनौठो छ– बाबा र दादा। दुवै बस्नु भएको छ। यो पनि तिमी बच्चाहरूले बुझेका छौ, फेरि पनि घरी-घरी बिर्सिन्छौ। प्रजापिता ब्रह्माको त गायन गरिएको छ नि। उनी अहिले नै मिल्छ। प्रजापिता ब्रह्मा हुन् साकार। उहाँ हुनुहुन्छ निराकार। निराकार र साकार दुवै सँग-सँगै हुनुहुन्छ। दुवैको सबै भन्दा उच्च स्थान छ, उहाँहरू भन्दा ठूलो कोही छैन, तर पनि कति साधारण रीति बस्नु भएको छ। पढाइ पनि कति सहज छ, बच्चाहरूको लागि। बाबाले केवल भन्नुहुन्छ– आफूलाई आत्मा सम्झ। आत्मा अविनाशी छ, यो देह विनाशी छ। एउटा शरीरबाट आत्मा निस्किएर, गएर अर्को शरीर लिन्छ, तिमीलाई रुने आवश्यक छैन। मनुष्यले शरीरलाई याद गरेर रुन्छन्। तिमी रुने आवश्यकता छैन। सत्ययुगमा कहिल्यै रुँदैनन्। वहाँ हुन्छन् नै मोहजित। यी सबै कुरा तिमीलाई संगममा नै सम्झाइन्छ। तिमीलाई यी लक्ष्मी-नारायणको चित्र देखेर धेरै खुशी हुनुपर्छ। त्यसैले बाबाले भन्नु भएको छ– यी लक्ष्मी-नारायण, त्रिमूर्तिको बैज वा तक्मा खल्तीमा राख। घरी-घरी खल्तीबाट निकालेर हेर। ओहो! म त यो बन्नेवाला हुँ। धेरै खुशी हुन्छ। अरूलाई पनि देखाएर खुशी गराऊ– म यस्तो बनिरहेको छु। देख्नाले खुशी हुन्छ। म त शिवबाबाको बच्चा हुँ। मलाई कुनै कुराको के पर्बाह गर्नु छ? केही घाटा पर्योु त के भयो! म त भविष्य २१ जन्मको लागि पदमपति बन्छु। हेर, बाबाले सबैथोक दिनुभयो। फेरि फाइदामा हुँ वा घाटामा हुँ? बाबाले अहिले सम्मुख सम्झाइरहनु भएको छ। तिम्रो यो धन सम्पत्ति सबैथोक माटोमा मिल्नेवाला छ। आफ्नो जीवन सफल गर्नु छ भने आफ्नो तन-मन-धन यसमा लगाऊ फेरि बदलामा हेर तिमीलाई के मिल्छ! आत्मा पनि सतोप्रधान बन्छ, तन पनि सुन्दर, धन त अथाहा रहन्छ। अच्छा! 

    मीठे-मीठे सिकीलधे बच्चाहरूप्रति माता-पिता बापदादाको याद-प्यार एवं गुडमर्निङ्ग। रूहानी बाबाको रूहानी बच्चाहरूलाई नमस्ते। रूहानी बच्चाहरूको रूहानी बाबालाई गुडमर्निङ्ग, नमस्ते।


    धारणाको लागि मुख्य सारः

    १) म शिवबाबाको बच्चा हुँ, मलाई भविष्य २१ जन्मका लागि पदमपति बन्नु छ, यही खुशीमा रहनु छ र सबैलाई खुशी पार्नु छ। कुनै कुराको पर्बाह गर्नु छैन।

    २) एक बाबाको अद्वैत मतमा चलेर बेहदको वैरागी बन्नु छ। एक बाबालाई अनुसरण गर्नु छ।

    वरदान:

    सहन शक्तिको विशेषताद्वारा अरूको संस्कार परिवर्तन गर्ने, दृढ संकल्पधारी भव:-  

    जसरी ब्रह्माबाबाले ज्ञानी र अज्ञानी आत्माहरूद्वारा अपमान सहेर उनीहरूलाई परिवर्तन गर्नु भयो, त्यसैगरी बाबालाई अनुसरण गर। यसको लागि आफ्नो संकल्पमा केवल दृढतालाई धारण गर। यो नसोच– कहाँसम्म गर्ने? थोरै पहिला लाग्छ– कसरी होला, कहाँसम्म सहन गर्ने? तर यदि तिम्रो लागि कसैले केही भने पनि तिमी चुप बस, सहन गर, ऊ पनि बदलिन्छ। केवल निराश नहोऊ।

    स्लोगन:

    संगममा सहन गर्नु, झुक्नु– यही सबैभन्दा ठूलो महानता हो।  



    ***OM SHANTI***