BK Murli 17 December 2016 Nepali

BK Murli 17 December 2016 Nepali

२०७३ पौष ०२ शनिबार १७-१२-२०१६ ओम् शान्ति प्रात: मुरली “बापदादा” मधुबन

“मीठे बच्चे– सच्चा बाबाको साथमा सच्चा बन, यदि सच्चा बताएनौ भने पाप वृद्धि हुँदै जान्छ।”  

प्रश्न:

जब तिमी बच्चाहरू कर्मातीत अवस्थाको समीप पुग्छौ, तब कुनचाहिँ अनुभूति गर्छौ?

उत्तर:

यस्तो अनुभव हुन्छ, मानौं मायाको तुफान सबै समाप्त भएको छ। कुनै पनि विघ्नमा आत्तिदैनौ। अवस्था बडो निडर रहन्छ। जबसम्म त्यो अवस्था टाढा छ, तबसम्म मायाको तुफानले धेरै हैरान गर्छ। बाबा भन्नुहुन्छ– मठे बच्चे! जति तिमी बलवान् बन्छौ, त्यति माया पनि बलवान् भएर आउँछ। तर तिमीले विजय प्राप्त गर्नु छ, डराउनु हुँदैन। सच्चा बाबासँग सच्चाइ-सफाइसँग चलिराख। कहिल्यै कुनै कुरा लुकाउनु हुँदैन।

गीतः–

जाग सजनियाँ जाग......

ओम् शान्ति।

यहाँ हुने बच्चाहरूले त यो गीत सधैं सुन्छौ। सेन्टरमा पनि जो बी.के रहन्छन्, उनीहरूले सुन्छन्। बाहिर रहनेले त सुन्दैनन्। वास्तवमा यो गीत त अनन्य बच्चाहरूको घरमा सबैले राख्नुपर्छ। सबैलाई जगाउनु पर्छ किनकि यस गीतको रहस्य धेरै राम्रो छ। नयाँ युग आइरहेको छ। नयाँ युग अर्थात् सत्ययुग। यो हो कलियुग। कलियुगको विनाश हुनुपर्छ। सत्ययुगमा राजधानी हुन्छ नै देवताहरूको। त्यसलाई स्वर्णिम संसार भनिन्छ। स्वर्णिम संसारमा गोल्डेन एजेड स्वर्ग। कलियुगी दुनियाँमा आइरन एजेड नर्क। यो पनि तिमीहरूले नै जान्दछौ। गोल्डन एजमा अरू कुनै खण्ड अथवा धर्म हुँदैन। अहिले आइरन एज छ, यसमा सबै धर्म छन्। यहाँको पनि धर्म अवश्य छ। तर ती देवी देवताहरू छैनन्। ती फेरि हुनुपर्छ अवश्य। त्यसैले बाबा भन्नुहुन्छ– म आएर स्थापना गर्छु। पहिले-पहिले बाबाको परिचय दिनु छ। शास्त्रहरूको जब कसैले कुरा गर्छ भने उसलाई भन्नुपर्छ– यी त भक्ति मार्गका शास्त्र हुन्। ज्ञान मार्गको शास्त्र हुँदैन। ज्ञानका सागर त परमपिता परमात्मालाई भनिन्छ। जब उहाँ आएर ज्ञान दिनुहुन्छ तब सद्गति हुन्छ। यो गीता आदि पनि भक्तिमार्गका लागि हो। म त आएर तिमी बच्चाहरूलाई ज्ञान र योग सिकाउँछु। फेरि पछि उनले शास्त्र बनाउँछन्, जो फेरि भक्ति मार्गमा काम आउँछन्। अहिले तिमीहरूको चढ्ती कला हुन्छ। तिमीहरूलाई बाबा आएर ज्ञान सुनाउनुहुन्छ। बाबा स्वयं भन्नुहुन्छ– म जो तिमीहरूलाई सद्गतिका लागि ज्ञान दिन्छु, त्यो प्रायः लोप हुन्छ। अहिले बाबा भन्नुहुन्छ– तिमीले कुनै पनि शास्त्र आदि नसुन। उहाँ रूहानी बाबा त सबैका एकै हुनुहुन्छ। सद्गतिको वर्सा पनि उहाँबाट मिल्छ। यो त हो नै दुर्गतिधाम, सद्गतिधाम सत्ययुगलाई भनिन्छ। जब कुनै पनि शास्त्रको, वेदको अथवा गीताको कुरा गर्छन्, उनलाई भन– हामी सबैलाई जान्दछौं। तर यी हुन् भक्तिका। हामी उनको नाम नै किन लिने, जबकि अहिले ज्ञान सागर परमपिता परमात्मा हामीलाई पढाइरहनु भएको छ। बाबा भन्नुहुन्छ– आफूलाई आत्मा सम्झिएर म बाबालाई याद गर, अनि यस योग अग्निद्वारा विकर्म विनाश भएर जान्छ। भक्ति मार्गमा त अझै विकर्म हुँदै आएका छन्। हामीलाई बाबाले भन्नुभएको छ– मनमनाभव। उहाँ नै ज्ञानको सागर, पतित पावन हुनुहुन्छ। पतित पावन कृष्णलाई भनिदैन। अहिले हामी एक बाबाबाट नै सुन्दछौं। उहाँलाई शिव परमात्माए नमः भनिन्छ, बाँकी सबैलाई भनिन्छ देवताए नमः... यस समय त सबै तमोप्रधान छन्। 

सतोप्रधान बन्ने मार्ग एक बाबाले नै आएर बताउनुहुन्छ। अब उहाँ एक बाबालाई नै याद गर्नु छ। ब्रह्मलाई याद गर्नु छैन, त्यो त घर हो। घरलाई याद गर्नाले विकर्म विनाश हुँदैन। तर घरमा रहनेवाला परमपिता परमात्मालाई याद गर्यौ, भने विकर्म विनाश हुन्छ। अनि आत्मा सतोप्रधान बनेर आफ्नो घर जान्छ फेरि आउँछ पार्ट बजाउन। चक्रको रहस्य बुझाउनुपर्छ। पहिले त यो बुझून्– यिनीहरूलाई ज्ञान सुनाउनेवाला निराकार परमपिता परमात्मा हुनुहुन्छ। कसैले तिमीहरू त ब्रह्माद्वारा सुन्छौ भनेमा उनलाई भन– हामी मनुष्यबाट सुन्दैनौं। यिनीद्वारा हामीलाई परमपिता परमात्माले सम्झाउनुहुन्छ। हामी यिनलाई (ब्रह्मालाई) परमात्मा मान्दैनौं। सबैको बाबा शिव नै हुनुहुन्छ, वर्सा पनि उहाँबाट मिल्छ। यो हो सत्य। ब्रह्माबाट केही मिल्दैन। उनको के महिमा छ ? महिमा सारा एक शिवको छ। उहाँ यदि यिनमा नआउने हो भने तिमीहरू कसरी आउँथ्यौ। शिवबाबाले ब्रह्माद्वारा तिमीलाई एडाप्ट गर्नुभएको छ, त्यसैले तिमी बी.के. कहलाउँछौ। ब्राह्मण कुल चाहिन्छ नि। कोही मनुष्य अथवा शास्त्रले आदि मुक्ति-जीवनमुक्तिको मार्ग बताउन सक्दैन। निराकार परमपिता परमात्मा सद्गति दाताले नै मार्ग बताउनुहुन्छ। धेरै कुरा गर्नु हुँदैन। झट्ट भन्नुपर्छ– हामीले जन्म-जन्मान्तर भक्ति गरेका छौं। अहिले हामीलाई बाबा भन्नुहुन्छ– यो अन्तिम जन्म गृहस्थ व्यवहारमा रहँदै कमल फूलसमान पवित्र बनेर मलाई याद गर, तिमीहरूको यस अन्तिम जन्मका अथवा पास्ट जन्मको जुन पाप छ, त्यो भस्म भएर जान्छ र तिमी आफ्नो घर जान्छौ। पवित्र नबनेसम्म त कोही जान सक्दैन। पहिलो पहिलो कुरा नै एउटा सम्झाऊ, निराकार शिवबाबा भन्नुहुन्छ– हे आत्माहरू! म ब्रह्मा तनमा प्रवेश भएर ज्ञान दिन्छु। ब्रह्माद्वारा स्थापना गर्छु। ब्राह्मणलाई शिक्षा दिन्छु। ज्ञान यज्ञलाई सम्हाल्न पनि ब्राह्मण चाहिन्छ नि। तिमी अहिले ब्राह्मण बनेका छौ। तिमीलाई थाहा छ– मृत्युलोक अब खत्तम हुनु छ। कलियुगलाई मृत्युलोक र सत्ययुगलाई अमरलोक भनिन्छ। भक्तिको रात अब पूरा हुन्छ। ब्रह्माको दिन सुरु हुन्छ। ब्रह्मा सो विष्णु यो पनि कसैले बुझ्दैन। पूरा तब बुझ्नेछन्, जब ७ दिन आएर सुन्छन्। प्रदर्शनीमा कसैको बुद्धिमा बस्दैन। केवल यति भन्छन्, मार्ग राम्रो छ। बुझ्नलायक छ। मुख्य कुरा बुझाउनु छ– गीताको भगवान् निराकार शिव हुनुहुन्छ। उहाँ भन्नुहुन्छ– मलाई याद गर। 

बाँकी यी जन्म-जन्मान्तर पढ्दै झर्दै आएका छौ। फेरि सिँढीबाट वृक्षको चित्रमा लिएर जानुपर्छ। तपाई हुनुहुन्छ निवृत्ति मार्गवाला। हामी हौ प्रवृत्ति मार्गवाला। हाम्रो हो बेहदको संन्यास। जब भक्ति पूरा हुन्छ तब सारा दुनियाँबाट वैराग्य हुन्छ र भक्तिबाट पनि वैराग्य हुन्छ। भक्ति हुन्छ रावण राज्यमा। अब शिवबाबा शिवालय स्थापना गरिरहनुभएको छ। शिव जयन्ती पनि यहाँ नै मनाइन्छ, त्यसैले यो पक्का होस्– शिवबाबाले नै आएर स्वर्ग बनाउनुभयो र नर्कको विनाश गर्नुभयो। नयाँ दुनियाँमा आउनेहरूले नै यो राजयोग सिकिरहेका छन्। स्वर्गमा पवित्रता, शान्ति, समृद्धि सबै कुरा हुन्छन्। यहाँ जो संन्यासी आदि छन्, उनीहरू आधा पवित्र छन्, उनीहरूको जन्म गृहस्थी, विकारी घरमा भएर फेरि संन्यास गर्छन्। यो बुझाउनु पर्छ। शिवबाबा पतित पावनले हामीलाई ब्रह्माद्वारा सम्झाउनुहुन्छ। ब्रह्माद्वारा राजयोग सिकाएर यो बनाइरहनुभएको छ। राजयोगद्वारा नै राजाई स्थापना भइरहेको छ। यो गीता युग अहिले दोहोरिइरहेको छ। तपाईहरू पनि राजयोग सिक्नु हुन्छ भने आएर सिक्नुहोस्। यो ज्ञान प्रवृत्ति मार्गको हो। 

भगवानुवाच– गृहस्थ व्यवहारमा रहँदै पवित्र बनेर मलाई याद गर्यौग भने विकर्म विनाश हुन्छ, अरू कुनै उपाय नै छैन– पावन बन्ने। थोरै कुरा गर्नुपर्छ। अलमलिनु छैन। बाबाले सम्झाउनुभएको छ– रातमा बसेर विचार गर आजको सारा दिनमा जे जति बित्यो, जुन सेवा हुनु थियो, ड्रामा प्लान अनुसार भयो। पुरुषार्थ त चल्नु छ नि। प्रदर्शनीमा बच्चाहरूले कति मेहनत गर्छन्। यो पनि जान्दछौ– मायाको तुफान धेरै कडा छन्। कोही बच्चाहरू भन्छन् बाबा यसलाई बन्द गर्नुहोला। हामीलाई कुनै विकल्प नआओस्। बाबा भन्नुहुन्छ– यसमा किन डराउँछौ? म त मायालाई भन्छु– अझै जोडसँग तुफान ल्याऊ। बक्सिंगमा एक अर्कालाई कहाँ भन्छन् र– मलाई जोडसँग उल्टो-सुल्टो नहान, जसकारण म गिरुँ। तिमी पनि युद्धको मैदानमा छौ नि। बाबालाई भुल्यौ भने मायाले थप्पड लगाउँछ। मायाको तुफान त अन्त्यसम्म आइरहन्छन्। जब कर्मातीत अवस्था हुन्छ, तब यो समाप्त हुनेछ। तुफान धेरै आउनेछन्, डराउने कुनै कुरा छैन। बाबासँग सच्चा भएर चल्नु छ। सच्चा चार्ट पठाउनु पर्छ। कति बच्चाहरू बिहानै उठेर यादमा बस्दैनन्, सुतिरहन्छन्। यो बुझ्दैनन्– यदि हामी श्रीमतमा चलेनौं भने हामीले आफ्नो कल्प कल्पान्तरको लागि सत्यानाश गर्छौं। बडो भारी चोट खाइरहेका छन्। यस्ता पनि बच्चाहरू छन्, जो कहिल्यै सत्य बोल्दैनन् फेरि उनीहरूको के गति होला! गिर्नेछन्। मायाले थप्पड बडो जोडसँग लगाउँछ। थाहै हुँदैन। सारा दिन व्यर्थ कुरा गरिरहन्छन्। सत्य न बताउनेको फेरि वृद्धि हुँदै जान्छ। नत्र भए सत्य बताउनु पर्छ। आज यो भूल गरेँ, झूटो बोलेँ। यदि सत्य नबताउने हो भने वृद्धि हुँदै जान्छ फेरि कहिल्यै सच्चा बन्दैनौ। बताउनुपर्छ– मैले यो-यो डिससर्भिस गरेँ। मलाई क्षमा गर्नुहोला। सत्य नबताउने फेरि दिलमा चढ्दैनन्। सच्चाइले खिच्छ। बच्चाहरूले स्वयं पनि जान्दछन्– कस-कसले राम्रो सेवा गर्छन्? राम्रा राम्रा बच्चाहरू धेरै कम छन्। चाहन्छु गाउँ गाउँमा पनि राम्रा राम्रा बच्चीहरूलाई पठाइदिऊँ, जसकारण सबै खुशी होऊन्। बाबाले हामीसँग बम्बइकी हेड, कलकत्ताकी हेड पठाउनुभयो। कोहीसँग भेट्यौ भने उनीहरूलाई सीधा कुरा सुनाउनु छ– पतित पावन परमपिता परमात्मा संगममा आएर महामन्त्र दिनुहुन्छ मामेकम् याद गर। राजयोग त बाबाले तिमीहरूलाई नै सिकाउनुहुन्छ। तिमीहरूको काम हो अरूलाई पनि मार्ग देखाउनु। बच्चाहरूले भन्छन्– कलकत्ता जाऊँ बाबा। तर बाबा बच्चाहरू बाहेक कसैसँग कुरा गर्न सक्नुहुन्न। 

फेरि भन्छन्– उहाँ त कोहीसँग मिल्नुहुन्न। हामीले कसरी बुझ्ने उहाँ को हुनुहुन्छ भनेर ? किनकि उनीहरूका त हुन् भक्तिका कुरा। आत्माहरूको बाबा को हुनुहुन्छ, यो त कसैले बताउन सक्दैन। शिवबाबा त आउनुहुन्छ नै यहाँ। यस्ता यस्ता कुरा सम्झाउनमा घण्टा लाग्छ। बाबा त कसैसँग मिल्नुहुन्न। बच्चाहरूलाई नै मेहनत गर्नु छ। यहाँ पनि हेर बच्चाहरूसँग कति मेहनत गर्नु पर्छ सुधार्नको लागि। बाबालाई सच्चा समाचार कसैले दिदैन। बाबा हामीले संन्यासीसँग कुरा गर्यौं्, फलानो प्रश्नको मैले उत्तर दिन सकिनँ। मैले यो भूल गरें। सारा दिन के के गर्छन्, लेख्नुपर्छ। बाबाले बच्चाहरूलाई सम्झाउनुभएको छ– मसँग नसोधिकन कसैलाई चिठ्ठी नलेख। बाबासँग सोध्यौ भने बाबा यस्तो मत दिनुहुन्छ, जसबाट कसैको कल्याण हुन सक्छ। लेखेर बाबाको पासमा पठायौ भने बाबा करेक्ट गरिदिनुहुन्छ। बाबाले त युक्ति बताउनुहुन्छ। देही अभिमानी भएर लेख्यौ भने उनीहरू पढेर गद्-गद् हुन्छन्। शिक्षा त धेरै राम्रो दिइन्छ। तिम्रो लक्ष्य-उद्देश्य हो लक्ष्मी नारायण बन्ने। उहाँ तिम्रो बाबा शिक्षक गुरु, भाइ आदि सबै कुरा हुनुहुन्छ। हर कुरामा राय दिइरहनुहुन्छ फेरि जिम्मेवारी तिमीबाट उत्रन्छ किनकि श्रीमतमा चल्छौ नि। धन्दा आदिका लागि पनि सम्झाउनु हुन्छ कहाँ लाचारीमा कसैको हातको खाना खानुपर्ने हुन्छ। नत्र त धन्दा आदि छुट्छ। चिया पिएनौ भने मन्त्री रिसाउँछन्। युक्तिसँग भन्नुपर्छ– म अहिले चिया पिउँदिन। मलाई समस्या हुन्छ। कहीँ विवाह आदिमा गएनौ भने रिसाउँछन्। त्यसैले बाबा भन्नुहुन्छ– यस्तो यस्तो गर। सबै युक्ति बताउनुहुन्छ। अच्छा!

मीठे-मीठे सिकीलधे बच्चाहरूप्रति माता-पिता बापदादाको याद-प्यार एवं गुडमर्निङ्ग। रूहानी बाबाको रूहानी बच्चाहरूलाई नमस्ते। रूहानी बच्चाहरूको रूहानी बाबालाई गुडमर्निङ्ग, नमस्ते। 


धारणाको लागि मुख्य सारः

१) बाबासँग सदा सच्चा रहनु छ। दिल तख्तनशीन बन्नको लागि श्रीमतमा पूरा पूरा चल्नु छ।

२) युद्धको मैदानमा मायाका विकल्पबाट, विघ्नसँग डराउनु छैन। आफ्नो सच्चा चार्ट राख्नु छ। परचिन्तन गर्नु छैन।

वरदान:

डबल लाइट बनेर कर्मातीत अवस्थाको अनुभव गर्ने, कर्मयोगी भव:-  

जसरी कर्ममा आउनु स्वाभाविक भएको छ, त्यसैगरी कर्मातीत हुनु पनि स्वाभाविक होस्, यसक लागि डबल लाइट बन। डबल लाइट रहनको लागि कर्म गर्दै स्वयंलाई ट्रस्टी सम्झिएर आत्मिक स्थितिमा रहने अभ्यास गर। यिनै दुई कुराको अटेन्सन राख्नाले सेकेन्डमा कर्मातीत, सेकेन्डमा कर्मयोगी बन्छौ। निमित्त मात्र कर्म गर्नको लागि कर्मयोगी बन फेरि कर्मातीत अवस्थाको अनुभव गर।

स्लोगन:

जसको दिल ठूलो हुन्छ, उनीहरूको लागि असम्भव कार्य पनि सम्भव हुन्छ।  


***OM SHANTI***

Google+ Followers