BK Murli 18 December 2016 Nepali

bk murli today

Posted by: BK Prerana

BK Prerana is executive editor at bkmurlis.net and covers daily updates from Brahma Kumaris Spiritual University. Prerana updates murlis in English and Hindi everyday.
Twitter: @bkprerana | Facebook: @bkkumarisprerana
Share:






    BK Murli 18 December 2016 Nepali

    २०७३ पौष ३ आइतबार १८-१२-२०१६ ओम् शान्ति “अव्यक्त बापदादा” रिभाइज ०६.०१.८२ मधुबन

    संगमयुगी ब्राह्मण जीवनमा पवित्रताको महत्त्व


    बापदादा आज विशेष बच्चाहरूको पवित्रताको रेखा देखिरहनु भएको छ। संगमयुगमा विशेष वरदाता बाबासँग २ वरदान सबै बच्चाहरूलाई मिल्छ। एक सहजयोगी भव:। दोस्रो पवित्र भव:। यी दुवै वरदानहरूलाई हर ब्राह्मण आत्माले पुरुषार्थ प्रमाण जीवनमा धारण गरिरहेका छन्। यस्तो धारणा स्वरूप आत्माहरूलाई देखिरहनु भएको छ। हरेक बच्चाहरूको मस्तक र नयनद्वारा पवित्रताको झलक देखिइरहेको छ। पवित्रता संगमयुगी ब्राह्मणहरूको महान् जीवनको महानता हो। पवित्रता ब्राह्मण जीवनको श्रेष्ठ शृंगार हो। जसरी स्थूल शरीरमा विशेष श्वास चल्न आवश्यक छ। श्वांस छैन भने जीवन छैन। यसैगरी ब्राह्मण जीवनको श्वांस हो पवित्रता। २१ जन्मको प्रारब्धको आधार अर्थात् फाउन्डेशन पवित्रता हो। आत्मा अर्थात् बच्चाहरूको बाबासँग मिलनको आधार पवित्र बुद्धि हो। सर्व संगमयुगी प्राप्तिहरूको आधार पवित्रता हो। पवित्रता, पूज्य-पद पाउने आधार हो। यस्तो महान् वरदानलाई सहज प्राप्त गर्यौत हैन? वरदानको रूपमा अनुभव गर्छौ वा मेहनतद्वारा प्राप्त गर्छौ? वरदानमा मेहनत हुँदैन। तर वरदानलाई सदा जीवनमा प्राप्त गर्नको लागि केवल एउटा कुराको अटेन्शन हुनुपर्छ– वरदाता र वरदानी दुवैको सम्बन्ध समीप र स्नेहको आधारमा निरन्तर हुनुपर्छ। वरदाता र वरदानी आत्माहरू दुवै सदा कम्बाइन्ड रूपमा रह्यौ भने पवित्रताको छत्रछाया स्वत: रहन्छ। जहाँ सर्वशक्तिवान् बाबा हुनुहुन्छ, वहाँ अपवित्रता स्वप्नमा पनि आउन सक्दैन। सदा बाबा र तिमी युगल रूपमा रहने गर। सिंगल होइन, युगल। सिंगल भयौ भने पवित्रताको सुहाग जान्छ। नत्र पवित्रताको सुहाग र श्रेष्ठ भाग्य सदा तिम्रो साथमा छ। त्यसैले बाबालाई साथमा राख्नु अर्थात् आफ्नो सुहाग, भाग्य साथमा राख्नु। सबैले बाबालाई सदा साथ राख्ने अभ्यासी हौ नि। 

    विशेष डबल विदेशी बच्चाहरूलाई एक्लो जीवन मन पर्दैन हैन? सदा साथी चाहिन्छ हैन! यस्तो साथी र संगत सारा कल्पमा मिल्दैन। बाबालाई साथी बनायौ अर्थात् पवित्रतालाई सदाको लागि अपनायौ। यस्ता युगलमूर्तको लागि पवित्रता अति सहज छ। पवित्रता नै नेचुरल जीवन बन्छ। पवित्र रहूँ, पवित्र बनूँ, यो प्रश्न हुँदैन। ब्राह्मणहरूको लाइफ नै पवित्रता हो। ब्राह्मण जीवनको जीय-दान नै पवित्रता हो। आदि-अनादि स्वरूप नै पवित्रता हो। जब स्मृति आयो– म आदि-अनादि पवित्र आत्मा हुँ। स्मृति आउनु अर्थात् पवित्रताको समर्थी आउनु। त्यसैले स्मृति स्वरूप, समर्थ स्वरूप आत्माहरूको निजी संस्कार पवित्र हो। संगदोषको संस्कार अपवित्रताको हो। निजी संस्कारलाई इमर्ज गर्न सहज छ वा संगदोषको संस्कार इमर्ज गर्न सहज छ? ब्राह्मण जीवन अर्थात् सहजयोगी र सदाको लागि पावन। पवित्रता ब्राह्मण जीवनको विशेष जन्मको विशेषता हो। पवित्र संकल्प ब्राह्मणहरूको बुद्धिको भोजन हो। पवित्र दृष्टि ब्राह्मणहरूको आँखाको ज्योति हो। पवित्र कर्म ब्राह्मण जीवनको विशेष धन्दा हो। पवित्र सम्बन्ध र सम्पर्क ब्राह्मण जीवनको मर्यादा हो। 

    त्यसैले सोच– ब्राह्मण जीवनको महानता के भयो? पवित्रता भयो नि! यस्तो महान् चीजलाई अपनाउन मेहनत नगर, हठ पूर्वक नअपनाऊ। मेहनत र हठ निरन्तर हुन सक्दैन। तर यो पवित्रता त तिम्रो जीवनको वरदान हो, यसमा मेहनत र हठ किन? आफ्नो निजी वस्तु हो। आफ्नो चीजलाई अपनाउन मेहनत किन? पराई चीजलाई अपनाउन मेहनत हुन्छ। पराई चीज अपवित्रता हो नकि पवित्रता। रावण पराई हो, आफ्नो होइन। बाबा आफ्नो हुनुहुन्छ, रावण पराई हो। बाबाको वरदान पवित्रता हो, रावणको श्राप अपवित्रता हो। रावण पराईको चीजलाई किन अपनाउँछौ? पराई चीज राम्रो लाग्छ? आफ्नो चीजमा नशा हुन्छ। सदा स्व-स्वरूप पवित्र हो, स्वधर्म पवित्रता हो अर्थात् आत्माको पहिलो धारणा पवित्रता हो। स्वदेश पवित्र देश हो। स्वराज्य पवित्र राज्य हो। स्वको यादगार परम पवित्र पूज्य हो। कर्मेन्द्रिहरूको अनादि स्वभाव सुकर्म हो– यही सदा स्मृतिमा राख्यो भने मेहनत र हठयोगबाट छुट्छौ। बापदादाले बच्चाहरूलाई मेहनत गरिरहेको देख्न सक्नुहुन्न, त्यसैले हौ नै सबै पवित्र आत्मा। स्वमानमा स्थित होऊ। स्वमान के हो? “म परम पवित्र आत्मा हुँ।” सदा आफ्नो यस स्वमानको आसनमा स्थित भएर हर कर्म गर, तब सहज वरदानी हुनेछौ। यो सहज आसन हो। सदा पवित्रताको शान र नशामा रहने गर। स्वमानको अगाडि देह-अभिमान आउन सक्दैन। बुझ्यौ? डबल विदेशी त यसमा पास छौ हैन? हठयोगी त होइनौ? मेहनतवाला योगी त होइनौ। मुहब्बतमा रह्यौ भने मेहनत खतम। लभलीन आत्मा बन, सदा एक बाबा, दोस्रो न कोही– यही स्वाभाविक पवित्रता हो। यो गीत गाउन आउँदैन? यही गीत गाऊ– सहज पवित्र आत्मा बन्नु छ। अच्छा! 

    यस्ता सदा स्व-आसनको अधिकारी आत्माहरू, सदा ब्राह्मण जीवनको महानता वा विशेषतालाई जीवनमा धारण गर्ने आदि अनादि पवित्र आत्माहरू, स्व-स्वरूप, स्वधर्म, सुकर्ममा स्थित रहने श्रेष्ठ आत्माहरूलाई वा परम पवित्र पूज्य आत्माहरूलाई, पवित्रताको वरदान प्राप्त गरेका महान् आत्माहरूलाई बापदादाको याद-प्यार एवं नमस्ते। रूहानी बच्चाहरूको रूहानी बाबालाई गुडमर्निङ्ग, नमस्ते।

    फ्रास, ब्राजील तथा अन्य केही स्थानहरूबाट आएका विदेशी बच्चाहरूसँग अव्यक्त बापदादाको भेटघाटः– 

    १) सबैले आफूलाई सदा मास्टर सर्वशक्तिवान् सम्झेर हर कार्य गर्छौ? सदा सेवाको क्षेत्रमा आफूलाई मास्टर सर्वशक्तिवान् सम्झेर सेवा गर्यौर भने सेवामा सफलता अवश्य मिल्छ किनकि वर्तमान समयको सेवामा सफलताको विशेष साधन हो– वृत्तिद्वारा वायुमण्डल बनाउनु। आजकलका आत्माहरूलाई आफ्नो मेहनतद्वारा अगाडि बढाउन मुश्किल छ। त्यसैले आफ्नो भाइब्रेशनद्वारा वायुमण्डल यस्तो शक्तिशाली बनाऊ, जसले गर्दा आत्माहरू स्वत: आकर्षित हुँदै आऊन्। सेवाको वृद्धिको फाउन्डेशन यही हो। बाँकी साथ-साथै जो सेवाका साधन छन्, ती चारैतिर गर्नुपर्छ। केवल एकै एरियामा ज्यादा मेहनत र समय नलगाऊ र चारैतिर सेवाको साधनहरूद्वारा सेवालाई फैलायौ भने सबैतिर चैतन्य फूलहरूको गुलदस्ता तयार हुनेछ। 

    २) बापदादा भाग्यवान् बच्चाहरूलाई देखेर अति हर्षित हुनुहुन्छ। हरेक रूहानी गुलाब हौ। रूहानी गुलाब ग्रुप अर्थात् रूहानी बाबाको यादमा लभलीन रहने ग्रुप। सबैको अनुहारमा खुशीको झलक चम्किरहेको छ। बापदादाले एक-एक रत्नको मूल्यलाई जान्नुहुन्छ। एक-एक रत्न विश्वमा अमूल्य रत्न हौ, त्यसैले बापदादाले त्यही विशेषतालाई देख्दै हर रत्नको मूल्यलाई हेर्नुहुन्छ। एक-एक रत्न अनेकौंको सेवाको निमित्त बन्नेछन्। सदा आफूलाई विजयी रत्न अनुभव गर। सदा आफ्नो मस्तकमा विजयको तिलक लगाइएको होस् किनकि जब बाबाको बन्यौ, विजय त तिम्रो जन्म सिद्ध अधिकार हो। त्यसैले यादगार पनि विजय माला गायन गरिन्छ र पुजिन्छ। सबै विजय मालाको दाना हौ। अहिले फाइनल भएको छैन, त्यसैले चान्स छ, जसले चाहे पनि सीट लिन सक्छन्। 

    ३) सदा आफूलाई हर गुण, हर शक्तिको अनुभवी मूर्त अनुभव गर्छौ? किनकि संगमयुगमा नै सर्व अनुभवी मूर्त बन्न सक्छौ। जो संगमयुगको विशेषता छ, त्यसलाई अवश्य अनुभव गर्नुपर्छ नि। सबैले आफूलाई यस्तो अनुभवी मूर्त सम्झन्छौ? शक्ति र गुण दुवै नै ठूलो खजाना हुन्। त्यसोभए कति खजानाहरूको मालिक बनेका छौ? बापदादा त सर्व खजाना बच्चाहरूलाई दिनको लागि नै आउनु भएको छ। जति चाह्यो त्यति लिन सक्छौ। सागर हुनुहुन्छ नि। सागर अर्थात् अथाह, घट्नेवाला होइन। के मास्टर सागर बनेका छौ? सबैभन्दा धेरै भाग्य विदेशीहरूको छ, जसलाई घर बसेर बाबाको परिचय मिलेको छ। यति भाग्यवान आफूलाई सम्झन्छौ हैन? धेरै लगनशील आत्माहरू छन्, स्नेही आत्माहरू छन्। स्नेहको प्रत्यक्ष स्वरूप बाबा र बच्चाहरूको मेला भइरहेको छ। हरेकले आफूलाई सूर्यवंशी आत्मा सम्झन्छौ? पहिलो राज्यमा आउँछौ वा दोस्रो नम्बरको राज्यमा आउँछौ? फस्ट राज्यमा आउने एकै पुरुषार्थ छ, त्यो कुनचाहिँ? सदा एकको यादमा रहेर एकरस अवस्था बनाऊ अनि वन-वन र वनमा आउँछौ। अच्छा! 

    जापान ग्रुपसँग:– सबै बापदादाको दिलतख्तनशीन आत्माहरू हौ। आफूलाई यति श्रेष्ठ आत्मा सम्झन्छौ? भेराइटी फूलहरूको गुलदस्ता कति राम्रो छ। तिमी त्यस गुलदस्तामा कुन स्थानमा छौ? सानो सुभान अल्लाह हुन्छ। बच्चाहरूलाई कति समयदेखि याद गर्नुभयो? बापदादा जापानी बच्चाहरूलाई कति समयदेखि, धेरै समय पहिलेदेखि तिमी बच्चाहरूलाई याद गर्नुभयो र अहिले यथार्थमा बाबाको वरदान भूमिमा आइपुगेका छौ। यस्तो भाग्यवान आफूलाई सम्झन्छौ? जापानको विशेष निशानी कुनचाहिं देखाउँछन्? एक त फ्लेग, अर्को फेन (हावाको लागि सबैलाई पंखा दिइन्छ) बापदादा पनि बच्चाहरूलाई सदैव याद दिलाउनुहुन्छ– उडिराख। पहिला सुरुमा विदेशको सेवाको फाउन्डेशन पनि जापान नै हो। त्यसैले महत्व भयो नि। बापदादाको आह्वानद्वारा तिमीहरू यहाँ आइपुग्यौ। बापदादाले बोलाउनुभयो, त्यसैले आयौ। सबै राम्रो शोकेसका शोपीस हौ। सबै ब्राह्मण परिवार पनि तिमी गोल्डेन डल्सलाई देखेर खुशी हुन्छन्। यस्तो अनुभव गरेका हौ– परिवारको पनि सिकीलधे हौं र बापदादाको पनि सिकीलधे हौं। अब जापानबाट यस्तो कुनै विशेष आत्मा निकाल, जो एक आउनाले अनेकौंलाई सन्देश मिलोस्। वहाँ भेराइटी प्रकारको सेवा निक्लिन सक्छ। अलिकति मेहनत गर्यौन भने फल ज्यादा निक्लेर आउँछ। यसको लागि एक त स्थानको वातावरण धेरै शक्तिशाली बनाऊ। यस्तो अनुभव होस्, मानौं कुने चैतन्य मन्दिरमा गइरहेको छु। यस्तो वातावरण रूहानी सुगन्धको होस्, जनु टाढा-टाढादेखि वायुमण्डलले आकर्षित गरोस्। वातावरणले धेरै आत्माहरूलाई खिच्न सक्छ। धर्ती धेरै राम्रो छ र फल पनि धेरै निक्लिन सक्छ, केवल अलिकति मेहनत र वायुमण्डल हुनुपर्छ। सेवाको संकल्प गर्छौ, सफलता तिम्रो अगाडि आउँछ। वायुमण्डल जब रूहानी हुन्छ अनि सबै कुरा स्वत: ठीक भएर जान्छ। सबै एकमत र एकरस हुन्छौ फेरि माया पनि आउँदैन किनकि वायुमण्डल शक्तिशाली हुन्छ। वायुमण्डललाई शक्तिशाली बनाउनको लागि यादको प्रोग्राम राख अनि आपसमा उन्नतिको लागि रूहरिहानको क्लासेज गर। स्नेह मिलन गर। धारणाको क्लासेज राख तब सफलता मिल्नेछ। 

    जर्मन ग्रुप:- सबैको मस्तकमा के चम्किरहेको छ? आफ्नो मस्तकमा चम्किलो सितारा देखिरहेका छौ? बापदादाले सबैको मस्तकमा चम्किरहेको मणीलाई देखिरहनु भएको छ। आफूलाई सदा पद्मापद्म भाग्यशाली आत्मा सम्झन्छौ? हर समय कति कमाई जम्मा गर्छौ? हिसाब निकाल्न सक्छौ? सारा कल्प भित्र यस्तो कुनै बिजनेसमेन होला, जसले यति कमाई गरोस्! सदा यो खुशीको कुरा याद रहन्छ– हामी नै कल्प-कल्प यस्तो श्रेष्ठ आत्मा बनेका हौं। सदा यही सम्झ– यति ठूलो बिजनेसमेन हुँ र यति नै कमाईमा बिजी रहनु छ। सदा बिजी रहनाले कुनै पनि प्रकारको मायाले आक्रमण गर्दैन किनकि बिजी हुनाले माया बिजी देखेर फर्किन्छ, आक्रमण गर्दैन। सहज मायाजित बन्ने यही साधन हो– सदा कमाई गर अनि गराउँदै गर। जति-जति मायाको अनेक प्रकारको ज्ञान हुँदै जान्छ, माया किनारा हुँदै जान्छ। अर्को कुरा– एक सेकेन्ड पनि एक्लो छैनौ। सदा बाबासँग रहने गर। बाबाको साथमा देखेर माया आउन सक्दैन। किनकि मायाले पहिले बाबासँग एक्लो बनाउँछ अनि आउँछ। जब एक्लो हुँदै हुँदैनौ फेरि मायाले के गर्छ? बाबा अति प्रिय हुनुहुन्छ, यो त अनुभव छ हैन? प्यारो चीज बिर्सिन कसरी सकिन्छ! सदा यो स्मृतिमा राख– अति प्यारो को हुनुहुन्छ? जहाँ मन हुन्छ, वहाँ तन र धन स्वत: हुन्छ। मनमनाभवको मन्त्र याद छ नि। जहाँ मन जान्छ, पहिले यो चेक गर– यस भन्दा राम्रो, यसभन्दा श्रेष्ठ अरू कुनै चीज छ या जहाँ मन जान्छ त्यही श्रेष्ठ हो! त्यसै घडी चेक गर्यौत भने चेक गरेर चेन्ज हुनेछौ। हर कर्म, हर संकल्प गर्नु पहिले चेक गर। गरिसकेपछि होइन। पहिले चेकिंग पछाडि प्राक्टिकल। अच्छा! 

    बिदाईको समय-दीदी दादीसँग:– 

    तिमीहरू पनि जाग्नुपर्छ। सारा दिन मेहनत गर्छौ र रातमा पनि जाग्नुपर्छ। बापदादाले त बच्चाहरूलाई सदा स्याबासी दिनुहुन्छ। हिम्मत र उमंग दुवैमा बलिहार जानुहुन्छ। हेर्दा-हेर्दा हर्षित हुनुहुन्छ। महिमा गर्न थालेँ भने कति हुन्छ। जसरी बाबाको महिमाको लागि भनिएको छ– सागरलाई मसी बनाए पनि... बच्चाहरूको पनि कति महिमा गरूँ। बाबा बच्चाहरूको महिमा देखेर सदा बारम्बार बलिहार जानुहुन्छ। हरेक बच्चा आ-आफ्नो स्टेजमा हीरो पार्ट खेलिरहेका छन्। एक बाबाका सच्चा हीरो पार्टधारी हौ, त्यसैले बाबालाई कति गौरव लाग्छ। सारा कल्पमा यस्तो बाबा पनि हुन सकदैन, यस्तो बच्चाहरू पनि हुन सक्दैनन्। एक-एकको महिमाको गीत गाउन लाग्ने हो भने त कति धेरै गीत माला हुन्छ। ब्रह्मा र शिवबाबा पनि आपसमा धेरै कुराकानी गर्नुहुन्छ। उहाँले भन्नुहुन्छ– वाह मेरा बच्चाहरूलाई उहाँले भन्नुहुन्छ– वाह मेरा बच्चाहरू! (कुन समय कुराकानी गर्नहुन्छ) जब चाह्यो तब गर्न सकिन्छ। बिजी पनि हुनुहुन्छ र सारा दिन फ्री पनि हुनुहुन्छ। स्वतन्त्र पनि हुनुहुन्छ र साथी पनि हुनुहुन्छ। जब हुनुहुन्छ नै कम्बाइन्ड भने अलग कसरी देखिन्छ, अलग गर्न सक्छौ तिमीले? जसरी बापदादाको आपसमा कम्बाइन्ड रूप छ, त्यस्तै तिम्रो पनि छ नि। तिमी पनि बाबासँग अलग हुन सक्दैनौ। 


    वरदान:

    मनन शक्तिद्वारा हर प्वाइन्टको अनुभवी बन्ने, सदा शक्तिशाली माया प्रूफ, विघ्न प्रूफ भव:-  

    जसरी शरीरको शक्तिको लागि पाचन शक्ति वा हजम गर्ने शक्ति आवश्यक छ, त्यसैगरी आत्मालाई शक्तिशाली बनाउनको लागि मनन शक्ति चाहिन्छ। मनन शक्तिद्वारा अनुभव स्वरूप हुनु– यही सबैभन्दा ठूलो शक्ति हो। यस्तो अनुभवीले कहिल्यै धोका खान सक्दैन, सुनिसुनाई कुरामा विचलित हुन सक्दैनन्। अनुभवी सदा सम्पन्न रहन्छन्। ऊ सदा शक्तिशाली, मायाप्रूफ, विघ्न प्रूफ बन्छ।

    स्लोगन:

    खुशीको खजाना सदा साथ रह्यो भने बाँकी सबै खजाना स्वत: आउँछन्।   



    ***OM SHANTI***