BK Murli 19 December 2016 Nepali

BK Murli 19 December 2016 Nepali

२०७३ पौष ४ सोमबार १९-१२-२०१६ ओम् शान्ति प्रात: मुरली “बापदादा” मधुबन

“मीठे बच्चे– सदा सुखी बन। जति याद गर्छौ त्यति सुख मिल्छ, यही बाबाले तिमी बच्चाहरूलाई आशीर्वाद दिनुहुन्छ।”  

प्रश्न:

संगमयुगमा तिमी बच्चाहरूले यस्तो कुनचाहिँ शुभ कार्य गर्छौ, जुन सारा कल्पमा हुँदैन?

उत्तर:

पवित्र बन्नु र बनाउनु सबैभन्दा शुभ कार्य हो। पवित्र बनेपछि तिमी पवित्र दुनियाँको मालिक बन्छौ। पवित्र बन्ने युक्ति बाबाले बताउनुभएको छ– प्यारा बच्चाहरू! तिमीले मलाई प्यारसँग याद गर। देही-अभिमानी बन। यस्तो युक्ति सबैलाई सुनाउँदै गर।

गीत:–

किसने यह सब खेल रचाया...

ओम् शान्ति।

शिवबाबा बसेर आफ्ना बच्चाहरूलाई, शालिग्रामहरूलाई सम्झाउनु हुन्छ। शिवबाबालाई त सबैले चिनेक छौ। यो पनि जान्दछौ– शिवबाबाको आफ्नो शरीर छैन। शिवको प्रतिमा त एकै छ। यसमा कुनै फरक हुँदैन। उहाँलाई देखाउँछन् नै लिंग समान। जस्तै मनुष्य छन्, मनुष्यहरूमा कुनै फरक पर्न सक्दैन। आँखा, नाक, कान सबै उस्तै छन्। आत्मा कुनै अज्ञात चीज होइन। जस्तै मनुष्यहरूको, देवताहरूको पूजा हुन्छ, त्यसैगरी आत्माहरू र परमात्माको पनि पूजा हुन्छ। शिवको मन्दिरमा धेरै साना-साना शालिग्राम राखिएका हुन्छन्, जसको पूजा हुन्छ। मनुष्यहरूको दुई प्रकारको पूजा हुन्छ– एक त विकारीहरूको, अर्को निर्विकारीहरूको। यसलाई भनिन्छ– भूत पूजा किनकि यहाँ त शरीर कसैको पनि पवित्र छैन। ५ तत्त्वहरूले बनेको छ। माटोले बनेको भूत हो। मूर्तीहरू बनाउँछन्, त्यसमा पनि माटो र पानी मिलाउँछन् फेरि त्यसलाई सुकाउनको लागि घाम चाहिन्छ। घाम पनि आगोको अंश हो, पहिले घामबाट आगो बाल्थे। बच्चाहरूलाई थाहा छ– निराकारको पनि पूजा हुन्छ। साकार देवताहरूको पनि हुन्छ, त्यस्तै मनुष्यहरूको पनि पूजा हुन्छ। देवता हुन्छन् पवित्र, यहाँ अपवित्र छन्। बाँकी पूजा त भूतहरू (५ तत्व)को नै हुन्छ। आत्मा के चीज हो, यो मनुष्यले बुझेका छैनन्। भनिन्छ– रियलाइज योर सेल्फ। आत्मालाई महसुस गर। आत्मा छ बिन्दु समान। कैयौंले साक्षात्कार पनि गरेका छन्। वर्णन गर्छन् सानो लाइट उहाँबाट निक्लेर मभित्र प्रवेश भयो। ठीक छ, तर यसबाट फाइदा त केही पनि भएन। नारद र मीराको भक्तिमा गायन गरिन्छ। हुन त साक्षात्कार हुन्छ तर सिँढी त झर्नु पर्ने हुन्छ नि। फाइदा अल्पकालको लागि हुन्छ। अहिले तिमी बच्चाहरू आत्म-अभिमानी बनेका छौ। जान्दछौ– पहिले हामी देह-अभिमानी थियौं। अब यो हो नयाँ कुरा। आत्माले पढिरहेको छ। यो त एकदम पक्का गरिदिनुपर्छ– बाबाले हामीलाई पढाउनुहुन्छ। यो त पहिला पक्का निश्चय होस्। आत्म-अभिमानी बन्नु छ। आधाकल्प आत्म-अभिमानी बन्छौ फेरि आधाकल्प देह-अभिमानी बन्छौ। सत्ययुगमा आत्मालाई यो शुद्ध अभिमान हुँदैन– हामीले परमात्मालाई चिनेका छौं। शुद्ध अभिमान र अशुद्ध अभिमान हुन्छ नि। कर्तव्य पनि शुभ र अशुभ हुन्छन्। भनिन्छ शुभ कार्यमा ढिलो गर्नु हुँदैन। बाबा भन्नुहुन्छ– म तिमीलाई कति राम्रो बनाउँछु। तिमी पवित्र बन्यौ भने पवित्र दुनियाँको मालिक बन्छौ। यो जस्तो शुभ कार्य कुनै हुन सक्दैन। तिमी पावन थियौ। अब घरी-घरी बाबा भन्नुहुन्छ– देही-अभिमानी बन। आफूलाई आत्मा सम्झेर बाबासँग पूरा प्रेम गर्नु छ। आत्माको सम्बन्ध नै एक बाबासँग छ। उहाँ बसेर पढाउनुहुन्छ। यो यथार्थ अनुभवको कुरा हो। बेहदका बाबासँग हामी बेहद स्वर्गको वर्सा लिइरहेका छौं। बाबाले पनि भन्नुहुन्छ– हे मीठा-प्यारा बच्चाहरू। आत्माहरूलाई भन्नुहुन्छ। आत्माले यी कानद्वारा सुन्छ। तिमीलाई थाहा छ– आज हामीलाई कसले मीठा-प्यारा बच्चाहरू भनिरहेको छ? पिताको बच्चाहरूमा प्यार हुन्छ नि। धेरै खुशीले बच्चाहरूको पालना गर्छन्। यहाँ पनि बच्चाहरूको बेहदका बाबा हुनुहुन्छ। आत्माले भन्छ– मैले शरीरको अंगद्वारा सुनाउँछु। अज्ञान कालमा पिताले बच्चाहरूलाई कति प्रेम गर्छन्। जान्दछन्– यो वारिस हो, यिनलाई हामी लायक बनाउँछौं, जसबाट धेरै सुखी बनोस्। राम्रो वर्सा पाओस्। भन्छन् नि– प्यारा बच्चाहरू! अमर बन, सुखी बन। आशीर्वाद निस्किरहन्छ। बच्चाहरू सदैव सुखी होऊन्। तर ती त सदा सुखी हुन सक्दैनन्। तिमी बच्चाहरूलाई थाहा छ– बाबाले हामीलाई आशीर्वाद दिइरहनु भएको छ, सदा सुखी बन, मलाई याद गर। बाबा कति प्यार, प्रेम, नम्रतासँग बसेर सम्झाउनु हुन्छ। बाबा बच्चाहरूको सेवक हुनुहुन्छ नि। कति बच्चाहरूको सेवा गर्नु पर्ने हुन्छ। आमा मरिन् भने पितालाई सबैथोक बच्चाहरूको गर्नु पर्छ। यहाँ बाबाले बच्चाहरूलाई कति प्यारले सम्झाउनु हुन्छ। आफ्नो खुट्टामा खडा हुनु छ। हे आत्माहरू! तिमीले बाबासँग वर्सा लिनु छ। देहको भान छोडेर आफूलाई आत्मा सम्झ– यो धेरै ठूलो पाठ हो। बच्चाहरूले घरी-घरी बिर्सिन्छन्। भन्छन्– बाबालाई याद गर्न बिर्सिन्छु। याद अक्षर धेरै सहज छ। योग वा नेष्ठा आदि यी शास्त्रहरूका शब्द हुन्। बाबाले कति सहज बताउनु हुन्छ, केवल याद गर। बाबालाई हेरेर धेरै खुशी हुनुपर्छ। हाम्रो जस्तो बाबा दुनियाँमा कसैलाई मिलेको छैन। तिमीलाई थाहा छ– हामी आत्मा पतित बनेका थियौं। अब बाबाले पावन बनाउनुहुन्छ, त्यसैले पुकार्छन् पनि– हे पतित-पावन आउनुहोस्, आएर पावन बनाउनुहोस्। बाबालाई याद गर्ने सिवाए अरू कुनै मेहनत दिनुहुन्न। यसको नाम नै हो सहज याद, सहज ज्ञान। यो पनि बच्चाहरूले बुझेका छन्। बाबा सत हुनुहुन्छ, चैतन्य हुनुहुन्छ। उहाँको आत्मा ज्ञानको सागर हो, ज्ञानको अथोरिटी हो। यहाँ मनुष्यहरूको महिमा हुन्छ, फलाना शास्त्रहरूको अथोरिटी हुनुहुन्छ। यहाँ बाबा भन्नुहुन्छ– मैले नै सबै वेद शास्त्रलाई जान्दछु, अथोरिटी हुँ। भक्ति मार्गमा चित्र पनि देखाउँछन्– विष्णुको नाभिबाट ब्रह्मा निकले। उनलाई फेरि शास्त्र दिएका छन्। ब्रह्माद्वारा सबै वेद शास्त्रको सार सम्झाउनु हुन्छ। बाबाले सबै कुरा राम्रोसँग बसेर सम्झाउनु हुन्छ। अब ब्रह्मा त छन् सूक्ष्मवतनमा। भगवान् हुनुहुन्छ मूलवतनमा। अब सूक्ष्मवतनमा कसलाई ज्ञान सुनाउने? अवश्य यहाँ आउनुहुन्छ नि। यो धेरै बुझ्नु पर्ने कुरा हो। ब्रह्माद्वारा सबै शास्त्रको सार भगवान्‌ले कहाँ सुनाउनुहुन्छ र! सुनाउने कुरा त यहाँ हुन्छ। 

अहिले तिमीले यथार्थमा बुझेका छौ– कसरी भगवान् आएर ब्रह्माद्वारा हामीलाई सुनाउनुहुन्छ। बच्चाहरूलाई त अथाह खुशी हुनुपर्छ। मनुष्य ५-१० लाख कमाउँछन्, कति खुशी हुन्छन्। यहाँ त बाबा बसेर तिम्रो खजाना भर्नुहुन्छ। भन्नुहुन्छ– मलाई याद गर्यौा भने तिमी सुन जस्तो बन्छौ। यो दुनियाँ सुनको चरा बन्नेछ। जान्दछौ– बाबा मूलवतनदेखि आएर ब्रह्माद्वारा हामीलाई शास्त्रको सार सम्झाइरहनु भएको छ। सबै रहस्य सम्झाउनु हुन्छ। त्यस योग, तप-दान-पुण्य आदिद्वारा मुक्ति त कसैले पाउँदैन। मनुष्यले सम्झन्छन्– यी सबै मार्गहरूद्वारा हामी मुक्तिमा जान्छौं। यदि यस्तो हुने भए त फेरि पतित-पावन बाबालाई आउने के आवश्यकता? यदि वापस जाने मार्ग भए त कोही जान्थे नि। दुनियाँमा मनुष्यहरूको अनेक मत छन्। अब बच्चाहरूलाई बाबाले सम्झाउनुभएको छ वापस कोही पनि जान सक्दैन। बाबा भन्नुहुन्छ– मैले यिनद्वारा सबै वेद शास्त्रको सार समझाउँछु। यिनले पनि धेरै गुरु गरेका छन्, पढे-लेखेका छन्। बाबा भन्नुहुन्छ– यी सबैलाई भुल। पतित-पावन त परमपिता परमात्मालाई नै भनिन्छ। उहाँ मनुष्य सृष्टिको बीजरूप, वृक्षपति चैतन्य हुनुहुन्छ। आत्माहरू सबै चैतन्य छन्। तिमीलाई थाहा छ– हामी मूलवतनमा गएर फेरि आउँछौं पार्ट खेल्न। आधाकल्प सुखको पार्ट खेल्छौं। सारा कुरा पढाइमा आधारित छ। जति पढ्छौ, त्यति उच्च पद पाउँछौ। यो पढाइ धेरै उच्च छ। लक्ष्य-उद्देश्य नै छ नरबाट नारायण, मनुष्यबाट देवता बन्ने। जब आदि सनातन देवी-देवता धर्म हुन्छ, त्यतिबेला कुनै हिंसा हुँदैन। वहाँ विकारको कुरा हुँदैन। न कुनै लडाई-झगडा हुन्छ। 

अहिले तिमीले सम्झाउँछौ– जब अनेक धर्म हुन्छन्, भाषाहरू पनि अनेक हुन्छन्। सबैको एक भाषा हुन सक्दैन। अब तिम्रो अद्वैत धर्म स्थापना भइरहेको छ। अद्वैत वा देवता एकै शब्द हुन जान्छ। अहिले तिमी देवता धर्मको बनिरहेका छौ। गीत पनि छ नि– बाबा हामी हजुरसँग २१ जन्मको लागि सारा विश्वको बादशाही लिन्छौं। वहाँ यस्तो कसैले भन्दैन– यो हाम्रो स्पेश हो, यहाँबाट तिमीले पास नगर। यहाँ त एक अर्कालाई धम्की दिइरहन्छन्। बसी-बसी लडाइँ-झगडाको भूत आएर बस्छ। तिमी बच्चाहरूलाई थाहा छ– हामीले श्रीमतमा आफ्नो राजधानी स्थापना गरिरहेका छौं। हामी विश्वको मालिक बन्छौं। हामी यहाँ नै हुनेछौं। दिल्लीको आसपास नै नदीको किनारमा हुनेछौं। वहाँ सदैव बहारी मौसम हुन्छ, सबै सुखी रहन्छन्। प्रकृति पनि सतोप्रधान हुन्छ नि। तिमीले बुझ्न सक्छौ– हामीले कसरी दैवी राज्य स्थापना गरिरहेका छौं, फेरि। त्यसैले बच्चाहरू बाबाको यादमा धेरै खुशी रहनुपर्छ। निरन्तर याद गर, अरू कुनै मेहनत दिन्नँ। यसमा नै मेहनत छ। घरी-घरी बाबाको याद बिर्सिन्छ। देह-अभिमानमा आउनाले उल्टो काम गर्छौ। पहिलो विकार हो नै देह-अभिमानको। यो तिम्रो ठूलो दुस्मन हो। देही-अभिमानी नहुनाले फेरि काम आदि विकारले डस्छन्। बच्चाहरूले पनि सम्झन्छन् लक्ष्य उच्च छ। पवित्र पनि रहनु छ। तिमी हौ सच्चा-सच्चा ब्राह्मण। करोडौंलाई भूँ-भूँ गर्दै जाऊ। कछुवाको उदाहरण पनि यहाँ तिमीसँग मिल्छ। बाबा सम्झाउनु हुन्छ– हुन त तिमीले आफ्नो काम-काज आदि गर, अफिसमा जाऊ। हेर, कोही ग्राहक छैन भने यादमा बस। साथमा चित्र राखिएको होस्। फेरि तिमीलाई बाबाको यादमा बस्ने बानी पर्छ। युक्तिहरू त बाबाले अनेक प्रकारको बताउनु हुन्छ। भक्ति मार्गमा चित्रलाई याद गर्छन्। यहाँ यो हो फेरि विचित्रको याद। यो नयाँ कुरा हो नि। आफूलाई आत्मा सम्झेर बाबालाई याद गर। नयाँ कुरा हुनाले मेहनत लाग्छ। यसमा अभ्यास गर्नु पर्ने हुन्छ। ज्ञान त मिलेको छ। यो पनि सम्झाइएको छ– विष्णुद्वारा ब्रह्मा कसरी बन्छन्? विष्णु अर्थात् लक्ष्मी-नारायणको ८४ जन्म पछि उनीहरू नै ब्रह्मा-सरस्वती बन्छन्। यो कुरा अरू कुनै शास्त्रहरूमा छैन। यस्तो होइन विष्णुको नाभिबाट कुनै ब्रह्मा निक्लन्छन्। बाबा भन्नुहुन्छ– म तिमी बच्चाहरूलाई स्वदर्शन चक्रधारी बनाउँछु। यसको अर्थ पनि तिमीलाई थाहा छ–। यो तिम्रो अक्षर नै यस्तो गुप्त छन्, जो कसैले कपी गर्न सक्दैनन्। आजकल कपी पनि गर्छन् नि। श्वेत भेषधारी पनि धेरै बन्छन्, प्रतिस्पर्धा गर्छन्। यसमा कसैले कपी गर्न सक्दैन। 

अहिले तिमी बच्चाहरूले बुझेका छौ, जो बाबासँग सधैं सम्मुख बसेर सुन्छौ। बाहिर पनि बच्चाहरूले सम्झन्छन्– मधुबनमा शिवबाबाले ब्रह्माद्वारा मुरली चलाउनुहुन्छ। आत्माले नै बाबालाई याद गर्छ। यादद्वारा विकर्म विनाश हुन्छन् किनकि जबदेखि विकारी बनेका छन्, पाप गर्दै नै आएका छन्। त्यसैले जन्म-जन्मान्तरको बोझ शिरमा छ। तमोप्रधान बन्दै जान्छन्। तमोप्रधान बन्न आधाकल्प लाग्यो। सतो रजो तमो बन्दै आत्मा मैला हुन्छ नि– खाद पर्नाले। त्यो खाद अवश्य निकाल्नुपर्छ। नत्र बाबाको याद सिवाए आत्मा उड्न सक्दैन। माया रावणले सबैको पंख काटिदिन्छ। यो पनि बुझ्ने कुरा हो। मोक्ष आदि त कसैलाई पनि मिल्दैन। बोलाउँछन्– हामी पतितहरूलाई आएर पावन बनाउनुहोस्। यसमा अरू कुनै कुरा नै छैन। बाबाले शिक्षा दिनुहुन्छ– तिमी तमोप्रधानबाट सतोप्रधान कसरी बन्छौ? बच्चाहरूलाई लेखि पनि रहनुहुन्छ। तिमी बच्चाहरूले बाबालाई भुलेर तमोप्रधान बनेका हौ। अब बाबालाई याद गर्यौु भने सतोप्रधान बन्छौ। सतोप्रधान विश्वको मालिक बन्नको लागि बाबालाई याद गर। तिम्रो आत्मामा ८४ जन्मको ज्ञान छ। ८४ को चक्र पूरा गरेका छौ। आत्मामा कति धेरै पार्ट भरिएको छ। यो आश्चर्य लाग्छ। यति सानो आत्मामा कति पार्ट भरिएको छ। आत्माले भन्छ मैले ८४ जन्म लिन्छु। यो पनि अहिले तिमीलाई शिक्षा मिलेको छ। मनुष्यले त केही पनि बुझेका छैनन्। बाबाले अहिले सम्झाइरहनु भएको छ– तिमी आत्माहरू ८४ जन्म भोग्छौ। एक शरीर छोडेर अर्को लिन्छौ। पुनर्जन्म लिँदै-लिँदै सिँढी तल झर्दै आयौ। अब फेरि सतोप्रधान बनेर राज्य गर्नु छ, त्यसैले कति खुशी हुनुपर्छ। बाबाले हामीलाई बेहदको वर्सा कल्प-कल्प दिनुहुन्छ। तिमी बच्चाहरूलाई अब पहिचान मिलेको छ। तिमीलाई थाहा छ– हामी मालाको दाना बन्छौं, फेरि नम्बरवार राज्य गर्छौं। वहाँको राजधानीको जो रसम-रिवाज हुन्छ, उही फेरि दोहोरिन्छ। त्यसको लागि फाल्तू ख्याल गर्ने आवश्यकता नै छैन। यो कसरी होला, के हुन्छ! जसरी राज्य गरेका थियौ, त्यसरी नै गर्नेछौ। साक्षी भएर हेर्नु छ। के होला भनेर चिन्तन गर्ने आवश्यकता छैन। अच्छा! 

मीठे-मीठे सिकीलधे बच्चाहरूप्रति माता-पिता बापदादाको याद-प्यार एवं गुडमर्निङ्ग। रूहानी बाबाको रूहानी बच्चाहरूलाई नमस्ते। रूहानी बच्चाहरूको रूहानी बाबालाई गुडमर्निङ्ग, नमस्ते। 


धारणाको लागि मुख्य सारः

१) शुभ कार्यमा ढिला गर्नु हुँदैन। पवित्र बनेर बाबासँग पूरा वर्सा लिनु छ। आफूलाई लायक बनाएर आफ्नो खुट्टामा उभिनु छ। एक बाबासँग पूरा स्नेह राख्नु छ।

२) काम-काज गर्दै एक विचित्र बाबालाई याद गर्नु छ। कुनै पनि व्यर्थ चिन्तन गर्नु हुँदैन। सतोप्रधान बन्नु छ। अपार खुशीमा रहनु छ।

वरदान:

दिलमा सदा एक रामलाई बसाएर सच्चा सेवा गर्ने, मायाजित विजयी भव:-   

हनुमानको विशेषता देखाउँछन्– उनी सदा सेवाधारी, महावीर थिए, त्यसैले स्वयं जलेनन्, पुच्छरद्वारा लंका जलाइदिए। यहाँ पनि जो सदा सेवाधारी छ, उसले मायाको अधिकारलाई खतम गर्न सक्छ। जो सेवाधारी छैन, उसले मायाको राज्यलाई जलाउन सक्दैन। हनुमानको दिलमा सदा एक राम बसेका थिए, त्यसैले बाबा सिवाए अरू कुनै दिलमा नहोस्, आफ्नो देहको स्मृति पनि नहोस् तब मायाजित, विजयी बन्नेछौ।

स्लोगन:

जसरी आत्मा र शरीर कम्बाइन्ड छ, त्यस्तै तिमी बाबासँग कम्बाइन्ड बन।   



***OM SHANTI***

Google+ Followers