BK Murli 2 December 2016 Nepali

bk murli today

Posted by: BK Prerana

BK Prerana is executive editor at bkmurlis.net and covers daily updates from Brahma Kumaris Spiritual University. Prerana updates murlis in English and Hindi everyday.
Twitter: @bkprerana | Facebook: @bkkumarisprerana
Share:






    BK Murli 2 December 2016 Nepali

    २०७३ मङ्सिर १७ गते शुक्रबार 02.12.2016 बापदादा मधुवन

    “मीठे बच्चे– तिमी अहिले सच्चा-सच्चा सत्सङ्गमा बसेका छौ, तिमीलाई सचखण्डमा जाने मार्ग सत्यबाबाले बताई रहनु भएको छ।”  

    प्रश्न:

    कुन निश्चयको आधारमा पावन बन्ने तागत स्वतः आउँछ?

    उत्तर:

    यदि निश्चय हुन्छ– यस मृत्युलोकमा अब यो हाम्रो अन्तिम जन्म हो। यो पतित दुनियाँको विनाश हुनु छ। बाबाको श्रीमत छ– पावन बन्यौ भने पावन दुनियाँको मालिक बन्छौ। यो कुराको निश्चयले पावन बन्ने तागत स्वतः आउँछ।

    गीतः–

    आखिर वह दिन आया आज.......

    ओम् शान्ति।

    मीठा प्यारा रुहानी बच्चाहरूले गीत सुन्यौ। यो गीत तिम्रो लागि हीरा जस्तो छ र जसले बनाएको हो उसको लागि कौडी जस्तो छ। उनीहरूले त सुगाले जस्तो गाइरहन्छन्। अर्थ केही पनि जान्दैनन्। तिमीले अर्थ जान्दछौ। अब त्यो दिन आएको छ जबकि कलियुग बदलिएर सत्ययुग अथवा पतित दुनियाँ बदलिएर पावन दुनियाँ हुनेछ। मनुष्यले पुकार्छन पनि– हे पतित-पावन आउनुहोस्। पावन दुनियाँमा कसैले पुकार्दैनन्। तिमीले यस गीतको अर्थ राम्रोसँग जान्दछौ, उनीहरूले जान्दैनन्। तिमीले जान्दछौ– भक्तिको पार्ट आधाकल्प चल्छ। जबदेखि रावणको राज्य सुरु हुन्छ, तबदेखि भक्ति सुरु हुन्छ। सिँढी झर्नुपर्छ। यो रहस्य बच्चाहरूको बुद्धिमा बसेको छ। अहिले तिमीले जान्दछौ– जो १६ कला सम्पूर्ण थिए, उनीहरू नै १४ कला बनेका हुन्। अवश्य १६ कला जो बनेका थिए, उनीहरू नै १४ कला बन्छन् नि। नत्र को बन्छ! तिमी १६ कला थियौ अब फेरि बनिरहेका छौ, फेरि कला घट्दै जान्छ। दुनियाँको पनि कला घट्छ। भवनहरू जुन पहिला सतोप्रधान हुन्छन्, ती पनि तमोप्रधान अवश्य हुनु छ। तिमीले जान्दछौ– सतोप्रधान दुनियाँ सत्ययुगलाई, तमोप्रधान दुनियाँ कलियुगलाई भनिन्छ। सतोप्रधानवाला नै तमोप्रधान बनेका छन् किनकि ८४ जन्म लिनुपर्छ। दुनियाँ नयाँबाट पुरानो अवश्य हुन्छ, त्यसैले चाहन्छन् पनि नयाँ दुनियाँ, नयाँ राज्य होस्। नयाँ दुनियाँमा कसको राज्य थियो? यो पनि कसैले जान्दैनन्। तिमीलाई यो सत्सङ्गद्वारा सबैथोक थाहा हुन्छ। सच्चा-सच्चा सत्सङ्ग यस समयमा यो हो, जसको फेरि भक्तिमार्गमा यसको गायन चल्छ। त्यसैले भन्छन् नि– यो त परम्परादेखि चल्दै आएको छ। तर तिमीले जान्दछौ– सच्चा-सच्चा सत्सङ्ग यो तिम्रो हो। बाँकी जुन पनि छन् ती सबै हुन झूट सङ्ग। ती वास्तवमा सत्सङ्ग हुँदै होइनन्। तिनबाट त गिर्नु नै हुन्छ। यो सत्सङ्गको सबैभन्दा ठूलो पर्व हो। एक सत्यबाबाको साथ संगत हुन्छ। बाँकी अरु कसैले पनि सत्य बोल्दैनन्। यो हो नै झूट खण्ड। झूटो माया, झूटो काया। सबैभन्दा पहिलो झूट, ईश्वरको लागि भनिदिन्छन्– उहाँ सर्वव्यापी हुनुहुन्छ। ईश्वरलाई नै झूटा बनाई दिएका छन्। त्यसैले सबैभन्दा पहिला परिचय दिनु छ बाबाको। उनीहरूले त उल्टो परिचय दिन्छन्। झूट त झूट सत्यको रत्ती पनि छैन। यो ज्ञानको कुरा हो। यस्तो होइन, पानीलाई पानी भन्नु झूट हुन्छ। यो हो ज्ञान र अज्ञानको कुरा। ज्ञान एक मात्र ज्ञानसागर बाबाले दिनुहुन्छ, जसलाई रुहानी ज्ञान भनिन्छ। सत्ययुगमा झूट हुँदैन। 

    रावण आएर सचखण्डलाई झूटखण्ड बनाइदिन्छ। बाबा भन्नुहुन्छ– म कुनै सर्वव्यापी कहाँ छु र? सत्य त मैले नै बताउँछु। म आएर सत्यमार्ग अर्थात् सचखण्डमा जाने मार्ग बताउँछु। म त उच्च भन्दा पनि उच्च तिम्रो पिता हुँ। आउँछु नै तिमीलाई वर्सा दिन। तिमी बच्चाहरूको लागि मैले उपहार लिएर आउँछु। मेरो नाम नै छ हेभनली गड फादर। स्वर्ग हत्केलामा लिएर आउँछु। स्वर्गमा हुन्छ स्वर्गवासी देवताहरूको बादशाही। अहिले तिमीलाई स्वर्गवासी बनाइरहेको छु। सच्चा त एक बाबा मात्र हुनुहुन्छ, त्यसैले बाबा भन्नुहुन्छ– नराम्रो नसुन, नराम्रो नहेर यी सबै मरेतुल्य छन्। यो चिहान हो, यसलाई देखेर पनि देख्नु छैन। तिमीलाई लायक बन्नु छ– नयाँ दुनियाँको लागि। यतिबेला सबै पतित छन्। अर्थात् स्वर्गको लायक छैनन्। बाबा भन्नुहुन्छ– तिमीलाई रावणले नालायक बनाएको छ। आधाकल्पको लागि फेरि बाबा आएर लायक बनाउनुहुन्छ। त्यसैले उहाँको श्रीमतमा चल्नुपर्छ, फेरि सारा जवाफदेही उहाँ माथि हुन्छ। बाबाले सारा दुनियाँलाई पावन बनाउने जिम्मेवारी लिनु भएको छ। उहाँले जुन मत दिनुहुन्छ त्यो कल्प पहिलाको नै दिनुहुन्छ, यसमा अलमलिनु छैन। जे बित्यो, भनिन्छ ड्रामा अनुसार भयो। कुरा नै खतम। श्रीमतले भन्छ यो गर, त्यसैले गर्नुपर्छ। उहाँ स्वयं जवाफदेही हुनुहुन्छ किनकि उहाँले नै कर्महरूको दण्ड दिलाउनुहुन्छ। त्यसैले उहाँको कुरा मान्नु पर्छ। भन्नुहुन्छ– मीठे बच्चे गृहस्थ व्यवहार रहेर यो अन्तिम जन्म पवित्र बन। यस मृत्युलोकमा यो हाम्रो अन्तिम जन्म हो। यो कुरा जब बुझ्नेछन्, अनि मात्र पावन बन्न सक्छन्।

    बाबा आउनुहुन्छ नै तब, जब पतित दुनियाँको विनाश हुनु छ। पहिला स्थापना फेरि विनाश शब्द पनि अर्थ सहित लेख्नु पर्छ। यस्तो होइन स्थापना, पालना, विनाश। अहिले तिमी बच्चाहरूले जान्दछौ– हामीले पढेर उँच पद पाउँछां। यो बुद्धिमा पक्का रहनु पर्छ। कति बच्चाहरू छन्, सम्झाउन त राम्रो सम्झाउँछन् तर त्यो भित्री सुख कसैलाई छैन। सुगाले जस्तै याद गर्छन् नि। तिम्रो बुद्धिमा पनि पक्का धारणा हुनु पर्छ। तिमीले जान्दछौ– यी जति पनि शास्त्रहरू छन्, भक्तिमार्गका हुन्, त्यसैले सम्झाइन्छ– अब जज गर, सत्य के हो? सत्य-नारायणको कथा तिमीलाई एकैपटक बाबाले नै सुनाउनुहुन्छ। बाबाले कहिल्यै झूट बोल्न सक्नुहुन्न। बाबाले नै सत्यखण्डको स्थापना गर्नुहुन्छ। सत्य कथा सुनाउनुहुन्छ, यसमा झूट हुन सक्दैन। बच्चाहरूलाई यो निश्चय हुनुपर्छ– हामी कसको साथ बसेका छौं। बाबाले हामीलाई आफूसँग योग लगाउन सिकाउनुहुन्छ। सच्चा अमरकथा अथवा सत्यनारायणको कथा सुनाइरहनु भएको छ, जसले हामी नरबाट नारायण बनिरहेका छौं। जसको फेरि भक्तिमार्गमा गायन चल्छ। यो बुद्धिमा रहनु पर्छ। हामीलाई कुनै मनुष्यले पढाउँदैनन्। हामी आत्माहरूलाई रुहानी पिताले पढाउनुहुन्छ। शिवबाबा जो हामी आत्माहरूका पिता हुनुहुन्छ, उहाँले हामीलाई पढाउनुहुन्छ। शिवबाबाको सम्मुख अहिले हामी बसेका छौं। मधुबनमा आउँछौ त नशा चढ्छ। यहाँ तिमीलाई रिफ्रेशमेण्ट मिल्छ, तिमीले महसुस गर्छौ, यहाँ थोरै समय आउनाले पनि रिफ्रेश भइन्छ। बाहिर त कामधन्दा आदि रहन्छ। बाबा भन्नुहुन्छ– हे आत्माहरू, बाबाले आत्माहरूसँग कुरा गर्नुहुन्छ। बाबा पनि निराकार हुनुहुन्छ, उहाँलाई कसैले जान्दैनन्। न ब्रह्मा, न विष्णु, न शंकरलाई जान्दछन्। चित्र त सबैसँग छ। कागजको चित्र देखेर कतिले त च्यातिदिन्छन्। कसैले त हेर, कति टाढा-टाढासम्म गएर कति पूजा आदि गर्छन्। चित्र त घरमा पनि राखेका छन् नि। फेरि यति टाढा गएर भट्किनाले के फाइदा? अहिले तिमी बच्चाहरूलाई यो ज्ञान मिलेको छ, त्यसैले त्यो फालतू लाग्छ। कृष्णलाई त यहाँ पनि गोरो वा कालो ढुङ्गाको बनाउन सकिन्छ। फेरि जगन्नाथ पुरीमा किन जान्छन्! यी कुरालाई पनि तिमीले जान्दछौ– कृष्णलाई श्याम सुन्दर किन भनिन्छ? आत्मा तमोप्रधान हुनाले कालो बन्छ। फेरि अत्मा पवित्र भएछि सुन्दर बन्छ। यही दुनियाँ स्वर्ग थियो, ५ तत्वमा पनि प्राकृतिक सुन्दरता थियो। शरीर पनि त्यस्तै सुन्दर मिल्थ्यो। अहिले तत्व पनि तमोप्रधान भएको कारणले शरीर पनि त्यस्तै कालो, कुनै बाँङ्गो, कोही लूला लंगडा आदि बनिरहन्छन्, यसलाई भनिन्छ नर्क। यो त मायाको पम्प हो। वेलायतमा बत्तीहरू यस्ता हुन्छन्, जसले उज्यालो दिन्छन, तर बत्ती देखिँदैन। त्यहाँ पनि त्यस्तै उज्यालो हुन्छ। विमान आदि त त्यहाँ पनि हुन्छन्। साइन्स घमण्डी पनि यहाँ आउँछन्। फेरि वहाँ पनि यी हवाइजहाज आदि सबै बन्छन्। तिमी जति नजिक आउँदै जान्छौ, तिमीलाई सबै साक्षात्कार हुन्छ। बिजुलीका कारीगर आदि सबै आएर ज्ञान लिन्छन्। थोरै पनि ज्ञान लिए भने प्रजामा आउँछन्। सीप साथमा लैजान्छन् अनि अन्त्य मति सो गति हुन्छ। हो, तिम्रो जस्तो कर्मातीत अवस्था त पाउँदैनन्। बाँकी आत्माले सीप त लैजान्छ नि। टेलिभिजन आदिमा टाढा बसेर हेरिरहन्छन्। दिन-प्रतिदिन यात्रा गर्न मुश्किल हुँदै जान्छ। दुनियाँमा के-के आविष्कार गरेर चीजहरू निकाल्छन्। प्राकृतिक प्रकोपमा पनि यति मर्छन्, बाढी आदि पनि आउँछ। समुद्र पनि उथल-पुथल हुन्छ। समुद्रलाई पनि सुकाएका छन् नि। 

    अहिले तिमी बच्चाहरूले जान्दछौ– यस दुनियाँमा के-के छन्, फेरि नयाँ दुनियाँमा के-के हुन्छन्। केवल भारत खण्ड मात्र हुन्छ। त्यो पनि सानो हुन्छ। बाँकी सबै जान्छन् परमधाममा। बाँकी समय कति बचेको छ? यो केही पनि हुँदैन। तिमीले आफ्नो राजधानी स्थापना गरिरहेका छौ। तिम्रो लागि पुरानो दुनियाँको विनाश, पहिले नै निश्चित छ। यो फोहोरी दुनियाँमा तिमी बाँकी थोरै दिनको लागि छौ। फेरि आफ्नो नयाँ दुनियाँमा जान्छौ। यति मात्र तिमीले याद गर्दै रह्यौ भने पनि खुशीमा रहन्छौ। तिम्रो बुद्धिमा छ– यो सबै खलास हुनु छ। यी सबै यति खण्ड रहँदैनन्। प्राचीन भारत खण्ड मात्र रहन्छ। ठीकै छ गृहस्थ व्यवहारमा बस। काम आदि गर्दै गर, बुद्धिमा बाबाको याद रहोस्। तिमीले यो मनुष्यबाट देवता बन्ने कोर्स गर्नु छ। गृहस्थ व्यवहार रहेर, नोकरी गर्दै बाबालाई र चक्रलाई याद गर। एकान्तमा बसेर विचार सागर मन्थन गर। दैवी-विपत्ति आउँछ जसद्वारा सारा दुनियाँ खतम हुन्छ। सत्ययुगमा धेरै कम मनुष्य रहन्छन्। वहाँ नहर आदिको आवश्यकता पर्दैन। यहाँ त कति नहर खन्छन्। नदीहरू त अनादि हुन्छन्। सत्ययुगमा जमुनाको किनार हुन्छ। त्यहाँ सबै सफा पानी माथि महल हुनेछन्। यो मुम्बई हुँदैन। यसलाई कसैले कहाँ नयाँ मुम्बई भन्छन् र? तिमी हरेक बच्चाहरूले सम्झनु छ– हामीले स्वर्गको लागि राजाई स्थापना गरिरहेका छौं फेरि यो नर्क रहँदैन। रावणपुरी खतम हुन्छ। रामपुरी स्थापना हुन्छ। तमोप्रधान पृथ्वीमा देवताहरूले पाउ राख्न सक्दैनन्। जब परिवर्तन हुन्छ तब पाउ राख्छन्, त्यसैले लक्ष्मीलाई बोलाउँदा सफाइ आदि गर्छन्। लक्ष्मीलाई आह्वान गर्छन्, चित्र राख्छन्। तर उनको कर्तव्यको कसैलाई थाहा छैन त्यसैले मूर्तिपुजक भनिन्छ। ढुङ्गाको मूर्तिलाई भगवान भनिदिन्छन्। यी सबै कुरालाई तिमी बच्चाहरूले अहिले बुझ्दछौ। परमात्माले नै बसेर सम्झाउनुहुन्छ। आत्माले, आत्मालाई सम्झाउन सक्दैन। आत्माले कसरी र के-के पार्ट खेल्छ, त्यो पनि अहिले तिमीले सम्झाउन सक्छौ। बाबा आएर महसुस गराउनुहुन्छ– आत्मा के चीज हो? मनुष्यले त न आत्मालाई, न परमात्मालाई जान्दछन्। त्यसैले उनीहरूलाई के भन्ने? मनुष्य भएर पनि चालचलन पशुको जस्तो छ। अहिले तिमीलाई ज्ञान मिलेको छ। सिँढीको चित्रमा कसैलाई सम्झाउन त धेरै सजिलो छ। त्यो पनि यथार्थ सम्झाउनु पर्छ। हामी जो देवी-देवता धर्मका थियौं, कसरी सतोप्रधान बन्यां फेरि सतो, रजो, तमोमा आयौं। यी सबै कुरा धारणा गर्नु पर्ने हुन्छ तब नै विचार सागर मन्थन हुन्छ। धारणा नै भएन भने विचार सागर मन्थन हुन सक्दैन। सुन्छन् र आफ्नो धन्दामा लाग्छन्। विचार सागर मन्थन गर्ने समय नै हुँदैन। नत्र तिमीले सधैं पढ्नु छ र त्यस माथि विचार सागर मन्थन पनि गर्नु छ। मुरली त कहीँ पनि मिल्न सक्छ। विशाल बुद्धि भयो भने प्वाइन्टलाई बुझ्न सक्छन्। बाबाले दिनहुँ सम्झाउनुहुन्छ। कसैलाई सम्झाउन प्वाइन्टहरू त धेरै छन्। गंगामा पनि तिमीले गएर सम्झाउन सक्छौ। सर्वका सद्गति दाता बाबा हुनुहुन्छ वा पानीको गंगा? तपाईंले किन बेकारमा पैसा बर्बाद गर्नुहुन्छ? यदि गंगा स्नानले पावन बन्न सकिन्छ भने त गंगामा बसे पनि भयो। बाहिर किन निस्किनु पर्यो? बाबाले त भन्नुहुन्छ– प्रत्येक श्वासमा मलाई याद गर। यही योग अग्नि हो। योग अर्थात् याद। ज्ञान त धेरै छ। तर कोही सतोप्रधान बुद्धिले तुरुन्त बुझ्दछ। कोही रजो कोही तमो बुद्धि भएका पनि छन्। यहाँ क्लासमा नम्बरवार बसाइँदैन। नत्र हर्टफेल हुन्छन्। ड्रामा प्लान अनुसार नै राजधानी स्थापना भइरहेको छ। फेरि सत्ययुगमा कहाँ बाबाले पढाउनुहुन्छ र? बाबाले पढाउने एउटै समय छ, फेरि भक्तिमार्गमा झूटो कुरा बनाउँछन्। आश्चर्य त यो छ, जसले पूरा ८४ जन्म लिन्छन् उनको नाम गीतामा राखिदिएका छन् र जो पुनर्जन्म रहित हुनुहुन्छ उहाँको नाम गुम गरिदिएका छन्। त्यसैले १०० प्रतिशत झूटो भयो नि।

    बच्चाहरूले धेरैको कल्याण गर्नु छ। तिम्रो सबैथोक छ गुप्त। यहाँ तिमी ब्रह्माकुमार कुमारीहरूले आफ्नो लागि स्वर्गको सूर्यवंशी चन्द्रवंशी राजधानी स्थापना गरिरहेका छौ। यो पनि कसैको बुद्धिमा आउँदैन। तिमीहरूले पनि भुल्छौ भने अरुले फेरि के जानुन्? तिमीले यो बिर्सिएनौ भने सदैव खुशीमा रहन्छौ। भुल्नाले नै अत्तालिन्छौ। अच्छा! 

    मीठे-मीठे सिकीलधे बच्चाहरूप्रति माता-पिता बापदादाको याद-प्यार एवं गुडमर्निङ्ग। रुहानी बाबाको रुहानी बच्चाहरूलाई नमस्ते। रुहानी बच्चाहरूको रुहानी बाबालाई गुडमर्निङ्ग, नमस्ते।


    धारणाको लागि मुख्य सारः

    १) यथार्थ सुखको अनुभव गर्नको लागि बाबाले जे पढाउनुहुन्छ, त्यसलाई बुद्धिमा धारण गर्नु छ। विचार सागर मन्थन गर्नु छ।

    २) यस कब्रिस्तानलाई देखेर पनि देख्नु छैन। नराम्रो नसुन, नराम्रो न हेर.....। नयाँ दुनियाँको लायक बन्नु छ।

    वरदान:

    नलेजफुल, पावरफुल र लवफुलको स्वरुपद्वारा हरेक कर्ममा सिद्धि प्राप्त गर्ने सिद्धि स्वरुप भव:-  

    वाणीद्वारा सेवा गर्दा मन्सा पावरफुल होस्। मन्साद्वारा अरुको मन्सालाई परिवर्तन गर, अर्थात् मन्साद्वारा मन्सालाई कन्ट्रोल गर र वाणीद्वारा लाइट-माइट दिएर नलेजफुल बनाऊ अनि कर्मणा अर्थात सम्पर्क वा आफ्नो रमणिक क्रियाकलापद्वारा उनीहरूलाई वास्तविक परिवारको अनुभव गराऊ। यसरी तीनै स्वरुपमा रहेर हरेक कर्म गर्यौ भने सिद्धि स्वरुप स्वतः बन्नेछौ।

    स्लोगन:

    आफूभित्र शुद्ध संकल्पहरूको शक्ति जम्मा गर्यौ भने त्यो शक्ति नै सेफ्टीको साधन बन्नेछ।   



    ***OM SHANTI***