BK Murli 20 December 2016 Nepali

bk murli today

Posted by: BK Prerana

BK Prerana is executive editor at bkmurlis.net and covers daily updates from Brahma Kumaris Spiritual University. Prerana updates murlis in English and Hindi everyday.
Twitter: @bkprerana | Facebook: @bkkumarisprerana
Share:






    BK Murli 20 December 2016 Nepali

    २०७३ पौष ५ मंगलबार २०-१२-२०१६ ओम् शान्ति प्रात: मुरली “बापदादा” मधुबन

    “मीठे बच्चे– क्रोध पनि धेरै ठूलो काँडा हो, यसबाट धेरैलाई दुःख मिल्छ त्यसैले यस काँडालाई निकालेर सच्चा-सच्चा फूल बन।”  

    प्रश्न:

    काँडाबाट फूल बन्ने बच्चाहरूलाई बाबाले कुनचाहिँ सान्त्वना दिनुहुन्छ?

    उत्तर:

    प्यारा बच्चाहरू! अहिलेसम्म काँडाबाट फूल बन्नमा मायाले जुन विघ्न पारिरहेको छ, त्यो विघ्न एक दिन खतम हुनेछ। तिमी सबै स्वर्गमा जानेछौ। यी कलियुगी काँडा खतम हुनेछन्। बाबाले तिमीलाई संगमयुगी भाँडोमा राख्नुभएको छ। हुन त मायाले ओइलाइदिन्छ तर ज्ञानको बीज अविनाशी छ। यो बीज विनाश हुन सक्दैन।

    गीतः–

    न वह हमसे जुदा होंगे...

    ओम् शान्ति।

    शिवबाबा ब्रह्मा तनबाट मीठा प्यारा सिकीलधे रूहानी बच्चाहरू प्रति गहन रहस्य वा ज्ञान सम्झाइरहनु भएको छ। एक त बच्चाहरूले गीत सुन्यौ, बाबा हामी हजुरमा बलि चढ्छौं, चाहे जतिसुकै अत्याचार सहन गर्नु परोस्। अत्याचार किन हुन्छ? किनकि मनुष्यलाई जहर (विकार) मिल्दैन। यो त बच्चाहरूलाई थाहा छ– हामीले न आत्मालाई, न परमात्मालाई चिनेका थियौं। न स्वयंले स्वयंलाई, न बाबालाई चिनेका थियौं। त्यसैले जनावर बुद्धि जस्तै थियौं। लौकिक सम्बन्धमा त आफूलाई जान्दछन्। पितालाई पनि जान्दछन्। यतिबेलाका मानिसहरूले आफूलाई र पारलौकिक बाबालाई बिलकुल जान्दैनन्। भन्दछन्– परमात्माको त कुनै नाम, रूप, देश, काल छँदै छैन। यसरी त आत्माको पनि नहुनु पर्ने हो। आत्मालाई पनि उनीहरूले जान्दैनन्। भन्दछन्– आत्मा नै परमात्मा हो। अहिले तिमीले बुझेका छौ। उनीहरूले त केवल नाम मात्र भन्दछन्– आत्मा र जीव हो। आत्मा अविनाशी हो, जीव विनाशी हो। ठीक छ, आत्मा के चीज हो? उसको रूप-रंग कस्तो छ? नाम त जान्दछन् आत्मा हो तर त्यो कस्तो छ, के गर्छ? कस्तो-कस्तो पार्ट खेल्छ? कति समय पार्ट खेल्छ? यस आत्माको ज्ञानको कसैले वर्णन गर्न सक्दैन। अहिले तिमीलाई थाहा छ– आत्मा सानो तारा हो। आत्मामा नै सारा ८४ जन्मको पार्ट अविनाशी निश्चित छ। शंकराचार्यको आत्माले पनि आफ्नो पार्ट खेलिरहेको छ। यो पनि कसैलाई थाहा छैन– आत्मा कसरी सतोप्रधान फेरि सतो रजो तमोमा आउँछ। केवल भन्दछन्– भ्रकुटीको बीच चम्कन्छ अजब सितारा। अरू केही पनि जान्दैनन्। आत्मालाई नजान्नु अर्थात् परमात्मालाई नजान्नु हो। यतिबेला यो हो काँडाको जंगल। सबै काँडा हुन्। न रचयिता परमपिता परमात्मालाई जान्दछन्, न रचनाको आदि-मध्य-अन्त्यलाई जान्दछन्। तिमी बच्चाहरूले आत्मा र परमात्मालाई जान्दछौ, त्यो पनि नम्बरवार पुरुषार्थ अनुसार। धेरै बच्चाहरू छन्, जसले यथार्थ रूपले जान्दैनन्। देह-अभिमानमा रहनाले पूरा धारण हुँदैन। नम्बरवार त छन् नि। सोध्छन्– बाबा यस्तो किन हुन्छ? बाबा भन्नुहुन्छ– प्यारा बच्चाहरू! यो राजधानी स्थापना भइरहेको छ। यसमा सबै प्रकारका अवश्य चाहिन्छन्। पत्थरबुद्धि भएमा कम पद पाउँछन्। यदि स्वयंले बुझेका छन् भने अरूलाई पनि बुझाउन सक्छन्। तिमीले भन्दछौ– पछि गएर सम्झाउन थाल्नेछन्, यस्ता पनि कोही चाहिन्छन्, तब त कम पद मिल्छ नि। कहाँ राजा कहाँ प्रजा, कति फरक छ। यहाँ त राजा प्रजा सबैलाई दुःख छ। सत्ययुगमा न राजालाई दुःख, न प्रजालाई, तर पदमा फरक हुन्छ। पूरा धारणा नहुनाले कसैलाई सम्झाउन सक्दैनन्। फेरि कुनै न कुनै काँडा बिझिरहन्छ। कहिले लोभको, कहिले मोहको... भूतको प्रवेशता भइरहन्छ। यो पनि अवश्य हुनु छ। 

    तिमी हौ प्रजापिता ब्रह्माकुमार-कुमारीहरू। प्रजापिताका पिता को हुनुहुन्छ? शिवबाबा। बाँकी शिवका पिता कोही छैन। यी ब्रह्मा-विष्णु-शंकर पनि शिवका रचना हुन्। त्यसैले सबै भए आत्माहरू। परमपिता परमात्मा एक हुनुहुन्छ। ब्रह्मा-विष्णु-शंकर अथवा लक्ष्मी-नारायण आदि कुनै पनि मनुष्य आत्माबाट कहिले पनि गति-सद्गतिको वर्सा मिल्न सक्दैन। मनुष्यले न आत्मालाई यथार्थ जान्दछन्, न परमात्मालाई जान्दछन्। एक परमपिता परमात्माले नै आत्माको अनुभूति गराउन सक्नुहुन्छ। ज्ञानबाट सद्गति हुन्छ। ज्ञान त एक बाबाले नै दिनुहुन्छ। कोही-कोही बच्चाहरूले फेरि यज्ञको स्थूल सेवा पनि धेरै गर्छन्। यस विषयबाट पनि अंक मिल्छ। अब तिमी बच्चाहरूलाई बाबाले अमरकथा, तिजरीको कथा सुनाउनुहुन्छ। यो वास्तवमा कथा होइन। यो हो रूहानी ज्ञान– आफूलाई र बाबालाई चिन्नु। उनीहरूले त भन्दछन्– जसरी पानीबाट बुँद निस्किन्छ, फेरि समाहित हुन्छ। हामी ब्रह्मबाट पैदा भएर पार्ट खेलेर फेरि ब्रह्ममा लीन हुन्छौं वा ब्रह्म नै बन्छौं। अरू कुनै रचयिता र रचनाको ज्ञान नै छैन। ज्ञान त बाबाले नै आएर सम्झाउनुहुन्छ। उहाँको नाम हो शिव। फेरि उहाँलाई कसैले रूद्र पनि भन्छन्, कसैले पाप कटेश्वर पनि भन्छन्। अनेक नाम राखेर पूजाको सामग्री बढाएका छन्। जो-जो परमात्माले कर्तव्य गर्नुभएको छ, त्यसमा भिन्न-भिन्न नाम राखेर धेरै मन्दिर बनाएका छन्। अहिले बाबा भन्नुहुन्छ– यो हो काँडाको दुनियाँ, विषय सागर। यो पनि सबैबाट लेखाइन्छ– ईश्वर सर्वव्यापी हुनुहुन्न। बाबाले त आएर स्वर्ग बनाउनुहुन्छ। सारा दुनियाँ स्वर्ग बन्छ। यो पनि कसैको बुद्धिमा आउँदैन। शास्त्र सबै हुन् भक्तिका। बाँकी हरेकलाई आ-आफ्नो कामको ज्ञान छ। सिकर्मीलाई सिकर्मीको ज्ञान हुन्छ। डाक्टरलाई डाक्टरीको ज्ञान हुन्छ। यो हो रूहानी ज्ञान, जुन केवल एक परमात्माले नै आएर दिनुहुन्छ। मनुष्यलाई यो थाहै छैन परमात्मा कसलाई भनिन्छ? गीतामा श्रीकृष्णको नाम लेखिदिएका छन्। मुख्य कुरा यो हो। माता-पितालाई नै खण्डन गरिदिएका छन्, त्यसैले बाँकी सबै शास्त्र झुटा भएका छन्। झुटो पत्थरको पनि खानी हुन्छ। 

    यी पनि मानौं झुटो पत्थर हुन्। पारसबुद्धिवाला रहन्छन् पारसपुरी सत्ययुगमा। यो त हो नर्क। बोलाउँछन् हे पतित-पावन आउनुहोस् भनेर, त्यसैले अवश्य पतित छन्। नर्क र स्वर्ग दुवै यहाँ नै हुन्छ। कोही मर्योआ भने भन्छन् स्वर्ग गयो। यो बुद्धिमा आउँदैन– स्वर्ग त सत्ययुगलाई भनिन्छ। परमात्माले स्वर्गको स्थापना गर्नुहुन्छ, नकि नर्कको। रावण राज्य कहिले देखि सुरु हुन्छ, यो कसैलाई थाहा छैन। हुन त शास्त्र धेरै पढ्छन्, ब्रह्मचर्यमा पनि रहन्छन् तर जन्म त विकारबाट हुन्छ नि। साधु-संन्यासीले पनि साधना गर्छन्। बाबासँग मुक्ति माग्दछन् किनकि फोहोरी दुनियाँमा रहन चाहँदैनन्। अब बाबा भन्नुहुन्छ– पहिले आत्मालाई जान, कसरी जन्म-मरणमा आउँछ! कसरी सच्चा सुनमा मिलावट हुन्छ, कसरी ८४ जन्मको पार्ट खेल्छ? सबैभन्दा धेरै पार्ट तिम्रो छ। जो देवी-देवता थिए उनैले पूरा ८४ जन्म लिन्छन्। लक्ष्मी-नारायणले राज्य गरे, फेरि कहाँ गए? उनको आत्माले अवश्य जन्म त लिएको हुनुपर्छ नि। उनीहरू अहिले कहाँ छन्? कसैले जान्दैनन्। क्रिश्चियनहरूलाई थाहा छ– क्राइष्ट यस समय बेगरी पार्टमा छन्। तिमीले त राम्ररी जान्दछौ– लक्ष्मी-नारायण जो स्वर्गका मालिक थिए, उनीहरूले नै पुनर्जन्म लिएर ८४ जन्म पूरा गर्नु छ। सबै आत्माहरूले ८४ जन्म लिँदैनन्। यो ज्ञान पनि बुद्धिमा धारण गर्नु पर्ने हुन्छ। योगमा नरही काँडाबाट फूल बन्न सक्दैनन्। योगबाट नै विकर्म विनाश हुन्छ र सतोप्रधान फूल बन्छौ। जबसम्म यहाँ छौ, तबसम्म केही न कही काँडापनको अंश रहन्छ। फूल बनेपछि तिमी यहाँ रहन सक्दैनौ। फूलको बगैंचा सत्ययुगलाई भनिन्छ। अहिले तिमी काँडाको जंगल अथवा रावणको राज्यमा छौ। सबै काँडा नै काँडा छन्। जसले धेरै काँडाहरूलाई फूल बनाउँछन्, उनलाई नै सच्चा सुगन्धित फूल भनिन्छ। एक फूल हुन्छ, किंग अफ फ्लावर, सेतो हुन्छ। टेबलमा राखिन्छ, फुलिरहन्छ। सुवास बढ्दै जान्छ। यस्तो फूल अरू हुँदैन। अब किंग फूल छ भने क्वीन पनि चाहिन्छ। रातकी रानी, गुलाब, मोतिया आदि राम्रा-राम्रा फूल हुन्। फ्लावर शो देखाउँछन्। त्यहाँ सबै राम्रा-राम्रा फूल लिएर आउँछन्। जसले राम्रा-राम्रा फूल लिएर आउँछन्, उनलाई पुरस्कार पनि मिल्छ। तिमीले पनि फूलको बगैंचा बनाउँछौ। 

    शिवमाथि फूल चढाउँछन्। त्यसमा रतनज्योत, आँकको फूल पनि चढाउँछन्। बाबाले सम्झाउनुभएको छ– मैले यहाँ तिमी बच्चाहरूलाई फूल बनाउने पार्ट खेल्छु। मैले जान्दछु– को गुलाबका फूल हुन्, को मोतिया हुन्, को रतनज्योत हुन्? को आँक हुन्? सबैभन्दा छी-छी हुन्छ आँक। उनको चालचलन नै काँडा जस्तो हुन्छ। कोही-कोही तीखा काँडा हुन्छन्। क्रोध पनि एक काँडा हो। धेरैलाई दुःख दिन्छन्। अहिले तिमी काँडाको दुनियाँबाट किनारामा छौ। संगममा छौ। काँडाबाट फूल बनिरहेका छौ। जसरी मालीले बिरुवालाई निकालेर बेग्लै भाँडोमा राख्छन्। तिमीलाई पनि बाबाले अलग गरिदिनुभएको छ। तिमी संगममा छौ। तिम्रो मर्मत भइरहन्छ। मायाले काँडा बनाइदिन्छ, फेरि पनि एक पटक मेरो बन्यौ.... यी मायाका विघ्न पनि एक दिन खतम हुनेछन्। फेरि यो जो भाँडोमा लागेका फूल छन्, ती सबै स्वर्गमा जान्छन्। कलियुगी काँडा सबै भस्म हुनेछन्। तिमी कति थोरै फूल छौ। तिमीलाई संगमयुगी भाँडोमा राखिएको छ। बीज रोपिएको छ। मायाको तूफान लाग्यो भने ओइलाउँछन्। फेरि पनि अविनाशी ज्ञानको बीज एक पटक रोपेको छ भने त्यो विनाश हुँदैन। 

    बाबा बसेर बच्चाहरूलाई सम्झाउनुहुन्छ, तिमी बच्चाहरू धेरै धेरै निडर बन्नुपर्छ। बाबा भन्नुहुन्छ, यो लेखिदेऊ– हरेक ५ हजार वर्षपछि यो मेला, प्रदर्शनी हामी यस संगममा देखाउन आएका छौं। यो त लेख्नु छ– यो लडाईं ५ हजार वर्षपछि लाग्छ, पुरानो दुनियाँलाई नयाँ बनाउन वा नर्कवासीलाई स्वर्गवासी बनाउन। बाबाले डाइरेक्शन त धेरै दिनुहुन्छ। युक्ति त धेरै सहज बताउनुहुन्छ। बाबालाई याद गर र स्वर्गको बादशाही लेऊ। मनुष्य त पानीमा डुबुल्की मारिरहन्छन्। त्यो पनि सागरमा गए त हो। नदी सागरबाट निस्किन्छ। नदीका पिता सागर हुन् नि। वहाँ गएर स्नान गरून्। तर त्यो नुनिलो छ, त्यसैले मीठो नदीमा स्नान गर्छन्। अहिले तिमी हौ ज्ञान सागरका बच्चा, ज्ञानसागर पतित-पावन बाबा हुनुहुन्छ। तिमी उहाँका बच्चाहरू, जसले जति धेरै सेवा गर्छन् बुझिन्छ– यो राम्रो फूल हो। प्रदर्शनीमा पनि घरी-घरी राम्रा फूललाई बोलाउँछन्। सम्झन्छन्– फलानो हामी भन्दा होसियार छ। तर होसियारलाई फेरि सम्मान पनि गर्नुपर्छ। बाबाले सदैव सम्झाउनुहुन्छ– कहिल्यै क्रोध नगर। प्यारले सम्झाऊ। क्रोध कसैले गर्छ भने बाबाले सम्झिनुहुन्छ– यसमा कडा भूत छ। माता-पिता माथि पनि क्रोध गर्न बेर लगाउँदैनन्, अझै दुर्गति पाउँछन्। गरिब निवाजले कहिल्यै गरिब माथि क्रोध गर्छन् र! गरिब निवाज बाबा आउनु नै भएको छ गरिबहरूलाई धनवान बनाउन। यहाँ जो पदमपति छन्, अर्को जन्ममा नोकर चाकर बन्छन्। गरिब जो राम्रोसँग पढ्छन्, उनीहरू गएर राजा-रानी बन्ने छन्। यस्ता पनि सेन्टरमा आउँछन् जो ईश्वरीय सेवामा केही पनि दिदैनन्। उनलाई थाहा नै छैन– थोरै मात्र बीज लगाउनाले हाम्रो भविष्य कति उच्च बन्छ। सुदामाको उदाहरण छ नि! ईश्वर अर्थ दान गर्छन्। सम्झन्छन्– अर्को जन्ममा फल मिल्नेछ। बाबाले लेख्नुहुन्छ– बच्चाहरू तिमीलाई एक ईंटको बदलामा महल मिल्ने छ। यहाँ कौडी दिन्छौ त्यहाँ हीरा बन्दछ त्यसैले चामल मुट्ठीको गायन छ। गुरुनानकको टिकाणेमा जान्छन्, केही न केही अवश्य राख्छन्। तर यहाँ त बाबा दाता हुनुहुन्छ नि। अच्छा! 

    मीठे-मीठे सिकीलधे बच्चाहरूप्रति माता-पिता बापदादाको यादप्यार एवं गुडमर्निङ्ग। रूहानी बाबाको रूहानी बच्चाहरूलाई नमस्ते। रूहानी बच्चाहरूको रूहानी बाबालाई गुडमर्निङ्ग, नमस्ते। 


    धारणाको लागि मुख्य सारः

    १) धेरै धेरै निडर बनेर काँडालाई फूल बनाउने सेवा गर्नु छ। सबैमा अविनाशी बीज छर्दै रहनुपर्छ।

    २) क्रोध धेरै ठूलो काँडा हो, यसलाई छोडेर धेरै धेरै प्यारो बन्नु छ। प्यारले सेवा गर्नु छ। सेवाधारीको सम्मान गर्नु छ।

    वरदान:

    सत्यताको महानताद्वारा सदा खुशीको झूलामा झूल्ने, अथोरिटी स्वरूप भव:-   

    सत्यताको अथोरिटी स्वरूप बच्चाहरूको गायन छ– सच तो बिठो नच। सत्यको नाउँ हल्लिन्छ तर डुब्दैन। तिमीलाई पनि कसैले जतिसुकै हल्लाउने कोसिस गरे पनि तिमी सत्यताको महानताद्वारा अझै खुशीको झूलामा झुल्छौ। उनीहरूले तिमीलाई हल्लाउँदैनन्, झूलालाई हल्लाउँछन्। यो हल्लाएको होइन, झुलाएको हो। त्यसैले तिमीले उनलाई धन्यवाद देऊ ताकि उनले हल्लाऊन्, हामी बाबाको साथमा झूलौं।

    स्लोगन:

    सर्व शक्तिको लाइट सदा साथ रह्यो भने माया समीप आउन सक्दैन।  



    ***OM SHANTI***