BK Murli 3 December 2016 Nepali

bk murli today

Posted by: BK Prerana

BK Prerana is executive editor at bkmurlis.net and covers daily updates from Brahma Kumaris Spiritual University. Prerana updates murlis in English and Hindi everyday.
Twitter: @bkprerana | Facebook: @bkkumarisprerana
Share:






    BK Murli 3 December 2016 Nepali

    २०७३ मङ्सिर १८ गते शनिबार 03.12.2016 बापदादा मधुवन

    “मीठे बच्चे– उच्च पदको आधार पढाई र यादको यात्रामा छ त्यसैले जति चाह्यो त्यति छलांग लगाऊ।”   

    प्रश्न:

    कुन चाहिँ गहन रहस्य पहिले-पहिले सम्झाउनु हुँदैन? किन?

    उत्तर:

    ड्रामाको जुन गहन रहस्य छ, त्यो पहिले-पहिले सम्झाउनु हुँदैन किनकि धेरै अलमलिन्छन्। भन्छन्– ड्रामामा छ भने आफैं राज्य मिल्छ। आफैं पुरूषार्थ गरिन्छ। ज्ञानको राजलाई पूरा नबुझेर लापर्बाह बन्न पुग्छन्। पुरूषार्थ विना त पानी पनि मिल्दैन भन्ने कुरा बुझ्दैनन्।

    गीतः–

    भोलेनाथ से निराला......

    ओम् शान्ति।

    मीठा-प्यारा रुहानी बच्चाहरूप्रति गुडमर्निङ्ग। बाबाले यति उमंगसँग बच्चाहरूलाई गुडमर्निङ्ग गर्नुभयो। बच्चाहरूले जवाफ दिएनन्। बच्चाहरूले त अझै धेरै आवाजसँग बोल्नुपर्छ। रुहानी बाबा रुहानी बच्चाहरूसँग गुडमर्निङ्ग भन्नुहुन्छ। बच्चाहरूले पनि बुझेका छन्– हामी यस शरीरद्वारा रुहानी बाबालाई गुडमर्निङ्ग भन्छौं। बच्चाहरूले पनि यति उल्लाससँग भन्नुपर्छ– वाह बाबा! आखिर त्यो दिन आयो आज, जसलाई सारा दुनियाँले पुकारिरहन्छन्। उहाँ बाबा सम्मुख हामीसँग गुडमर्निङ्ग गरिरहनुभएको छ। फेरि जब सतोप्रधान बन्छन्, तब पतित-पावनलाई याद गर्दैनन्। अहिले तमोप्रधान छन् त्यसैले याद गर्छन्– हे पतित पावन आउनुहोस्, आएर हामीलाई पावन बनाउनुहोस्। अब तिमीहरूले बुझेका छौ– वास्तवमा पतित पावन बाबालाई नै आउनुपर्छ। उहाँ सुप्रिम फादर, गड फादर हुनुहुन्छ। क्राइस्टलाई सुप्रिम फादर त भनिदैन। क्राइस्टलाई परमात्माको सन्तान मान्छन्। सबैभन्दा उच्च उहाँ एकै हुनुहुन्छ। यो पनि जान्दछन्– उहाँ परमात्माले नै यी सन्देशवाहकलाई पठाउनुहुन्छ। यो पनि अवश्य हो– पतितलाई पावन बनाउन परमपिताले नै आउनुपर्छ। अब उहाँ त हुनुहुन्छ निराकार। भन्नुहुन्छ पनि– ब्रह्माद्वारा स्थापना गराउनुहुन्छ। यो पनि कसैलाई थाहा छैन– ब्रह्मा र विष्णुको आपसमा के सम्बन्ध छ। निराकारलाई मुख अवश्य चाहिन्छ त्यसैले यिनलाई भागीरथ पनि भनिन्छ। मुखद्वारा नै त सम्झाइन्छ नि। डाइरेक्सन दिनुहुन्छ– मनमनाभव। त्यसैले मुखद्वारा भनिन्छ नि। यसमा प्रेरणाको त कुरा हुन सक्दैन। बाबाले त ब्रह्माद्वारा बसेर सबै शास्त्रको सार सम्झाउनुहुन्छ। हर चीजको सार निकाल्नुहुन्छ नि। गाउँछन्– तिमी माता-माता हामी बालक त्यसैले उहाँले नै यिनमा प्रवेश गरेर तिमीहरूलाई ज्ञान दिनुहुन्छ। बुझ्नुपर्ने कति कुरा छन्। प्रजापिता ब्रह्मालाई पनि पिता भनिन्छ, त्यसोभए माता को हो त? बाबा बसेर सम्झाउनुहुन्छ– यी प्रजापिता पनि हुन् भने माता पनि हुन्। म त सबै आत्माहरूको पिता हुँ। मलाई नै गड फादर भनिन्छ। पुकार्छन् पनि तिमी माता पिता तर अर्थ केही पनि बुझ्दैनन्। निराकारलाई माता कसरी भन्न सकिन्छ। उहाँ यसमा प्रवेश गरेर एडप्ट गर्नुहुन्छ। त्यसैले यी ब्रह्मा माता बन्छन्। यिनीद्वारा नै दैवी रचना रच्नुहुन्छ। यी पनि एडप्टेड माता हुन्। उहाँ पिता हुनुहुन्छ। यिनलाई फेरि नन्दीगण, बयल पनि देखाउँछन्। गाईलाई कहिल्यै पनि देखाउँदैनन्। यी धेरै आश्चर्यजनक कुरा छन्। कोही-कोही नयाँ आए भने विस्तारमा सुनाउनु पर्छ। नत्रभने यी कुरालाई उनीहरूले बुझ्न सक्दैनन्। कोही तीक्ष्णबुद्धि छन् भने झट्ट बुझ्दछन्। ३० वर्षको भन्दा पनि एक महिनाको तीव्र जान्छन्, त्यसैले यस्तो सम्झिनु हुँदैन– हामी त धेरै ढिलो आयौं। बाबा भन्नुहुन्छ– प्यारा बच्चाहरू पुरूषार्थ गर। जसरी कलेजमा आउनेहरूले पढाइ गरेर छलांग लगाउँछन्। यहाँ पनि यस्तै हुन्छ। सारा आधार पढाइ र याद हो। बच्चाहरूले जान्दछन्– मूलवतनमा त आत्माहरू सतोप्रधान हुन्छन्। तमोप्रधान आत्माहरू त वहाँ जान सक्दैनन्। फेरि सबै कलाकारहरू आ-आफ्नो पार्ट अनुसार स्टेजमा आउँछन्। ड्रामा नै यस्तो बनेको छ। हदको ड्रामामा त ५०-६० कलाकार हुन्छन्। यो त कति बडो बेहदको ड्रामा हो। बाबाले हाम्रो बुद्धिको ताला खोलिदिनुभएको छ। त्यसैले अब बुझेका छौं– यी लक्ष्मी-नारायण विश्वको मालिक थिए, कति धनवान थिए। आधाकल्प विश्वको मालिक थिए। यसलाई अद्वैत राज्य भनिन्छ। वहाँ हुन्छ नै एक धर्म। त्यो हो रामराज्य, यो हो रावण राज्य। राम राज्यमा विकार हुँदैन। वास्तवमा यसलाई ईश्वरीय राज्य भनिन्छ। ईश्वरलाई राम भनिदैन। धेरै मानिसहरूले राम-रामको माला जप्छन् तर याद त भगवानलाई गर्छन्। नाम रामको सही हो किनकि यो त कसैले जान्दैन– ईश्वरको नाम रुप के हो? मनुष्य त धेरै अलमलिएका छन्। रावण को हो? यो जान्दैनन्। रावणलाई जलाउनमा कति खर्च गर्छन्। पहिले दशहरा देखाउनको लागि बाहिरकालाई पनि बोलाइन्थ्यो। विज्ञानको पनि हेर अहिले कति बल छ। यो विज्ञान सुखको लागि पनि हो भने दुःखको लागि पनि हो। सुख त यसबाट अल्पकालको नै मिल्छ। यसबाट नै दुनियाँको विनाश हुन्छ। त्यसैले यो दुःख भयो नि। तिम्रो हो साइलेन्स पावर। उनीहरूको हो साइन्स पावर। तिमी साइलेन्सबाट आफ्नो स्वधर्ममा रहन्छौ त्यसैले पवित्र बन्छौ। यादबाट विकर्म विनाश हुन्छ। तिमीले योगबलबाट राजाई लिन्छौ, यसमा लडाईं आदिको कुरा छैन। तिमीले बाबाबाट राजाईंको वर्सा पाउँछौ। बाहुबलको त कुरा नै अलग छ। कल्प-कल्प तिमी बच्चाहरू नै पतितबाट पावन बन्छौ फेरि पावनबाट पतित बन्छौ। यो ड्रामा हो हार जितको। तर यी कुरा सबैको बुद्धिमा बस्दैन। सबै त सत्ययुगमा आउँदैनन्। बेहदका बाबाले आफ्नो बच्चाहरूलाई नै सम्झाउनुहुन्छ। अरु धर्मवाला आउँछन् नै पछि। यो पुरानो दुनियाँ हो, दैवी धर्मको फाउन्डेन नै सडेर गएको छ। बाँकी यस्तो भनिदैन फाउन्डेसन छँदै थिएन। थियो तर अहिले छैन। प्रायः गुम भएर गएको छ। अहिले अनेक धर्म छन्, यसलाई रावण राज्य भनिन्छ। भन्दछन् विष्णुको नाभिबाट ब्रह्मा निस्किए। कसैसँग पनि सोध– यस चित्रको अर्थ बताउनुहोस् के हो? बताउन सक्दैनन्। आत्मा त एउटै हो। उनलाई विष्णु भनिन्छ। विष्णुपुरी पनि देखाउँछन्। यो हो संगम, ब्रह्मापुरी। प्रजापिता ब्रह्मा त अवश्य चाहिन्छ। ब्राह्मण हुन् चोटी। यो विराट रुपको चित्र पनि हिन्दूहरूको लागि हो फेरि यहाँ धेरै धर्मवाला रहन्छन्, त्यसैले यसलाई विभिन्न धर्मको वृक्ष पनि भनिन्छ। यो हो मनुष्य सृष्टिको वृक्ष, तर यसमा विभिन्न धर्म छन्। पहिले दैवी फेरि इस्लामी, यो हो ब्राह्मण। यस संगमको त कसैलाई थाहा छैन। यो हो पुरूषोत्तम संगमयुग। पुरूषोत्तम ब्राह्मण धर्म, जसले समाजसेवा गर्छन्। तिमी बच्चाहरूलाई रुहानी समाजसेवी भनिन्छ। समाज सेवी धेरै छन्, उनीहरूलाई पनि सिकाउँछन् नम्रता भावले सेवा गर। जो पक्का थिए उनीहरूले त कुचोसम्म पनि लगाउँथे। मेहतर आदिको काम पनि गर्ने गर्थे। पहिले जो पक्का थिए उनीहरूले चिनीयाँ माटोको भाँडामा खाँदैनथे। जो बित्यो त्यो ड्रामा हो। त्यही दोहोरिन्छ। यी कुराहरूलाई बुझेनन् भने अलमलिन्छन् त्यसैले ड्रामाको रहस्य सुरूमा कसैलाई सम्झाउनु हुँदैन। भन्छन्– यदि ड्रामामा निश्चित हुने हो भने हामीलाई आफैं राज्य मिल्नेछ र पुरूषार्थ पनि आफैं गर्नेछौं। यस्ता मत भएका पनि हुन्छन्। ज्ञानको रहस्यलाई पूरा बुझ्दैनन्। अरे पुरूषार्थ विना त पानी पनि मिल्दैन। पानी आफैं कहाँ आएर मुखमा पर्छ र। 

    बाबा आउनुहुन्छ नै पतितहरूलाई पावन बनाउन। उहाँ आएर सहज मार्ग बताउनुहुन्छ– आत्मालाई पावन बनाउनको लागि मलाई याद गर तब विकर्म विनाश हुन्छ। बाबाले नै पावन बनाउनको लागि श्रीमत दिनुहुन्छ, मलाई याद गर। तर उहाँ निराकार हुनुहुन्छ त्यसैले अवश्य साकारमा आएर श्रीमत दिनुहुन्छ। बाबा भन्नुहुन्छ– यो मेरो शरीर पनि सेवार्थ निश्चित गरिएको छ। यो परिवर्तन हुन सक्दैन। यो पनि निश्चित छ। गाइन्छ पनि– परमपिता परमात्मा ब्रह्माद्वारा स्वर्गको स्थापना गराउनुहुन्छ। यो भगवानुवाच हो नि। त्यसैले बोल्नको लागि मुख चाहिन्छ। प्रेरणाद्वारा कहाँ पढाइ हुन्छ। बाबा आएर यिनीद्वारा डाइरेक्सन दिनुहुन्छ। यी चित्र आदि यी ब्रह्माले कहाँ बनाएका हुन् र। यी पनि त पुरूषार्थी हुन् नि। यी कुनै ज्ञानसागर होइनन्। यी पनि भक्ति मार्गमा थिए। भक्तहरूको उद्धार त भगवान्ले नै गर्नु छ। आएर भक्तिको फल दिनुहुन्छ। तिमी बच्चाहरूलाई मनुष्यबाट देवता बनाउनुहुन्छ। बाबा यिनमा प्रवेश गरेर राजयोग सिकाउनुहुन्छ, उहाँको नाम हो शिवबाबा। उहाँ भन्नुहुन्छ– मेरो यो जन्म दिव्य अलौकिक छ। मेरो आउने पार्ट एकै पटक संगममा हुन्छ। यस्तो पनि होइन– तिमीहरूको आत्माले बोलाएर आउँछु। जब मेरो आउने समय हुन्छ– त्यसमा एक सेकेन्ड पनि तल माथि हुँदैन। एक्युरेट समयमा आउँछु। मेरा अंगहरू नै कहाँ छन्, जसबाट तिमीहरूको पुकार सुनूँ। यो ड्रामा बनिबनाउ छ। जब समय हुन्छ तब आएर पतितहरूलाई पावन बनाउँछु। यस्तो होइन– हाम्रो पुकारलाई भगवान्ले सुन्नुहुन्छ। धेरै बच्चाहरू बाबालाई भन्नुहुन्छ– बाबा हजुर त जानी जाननहार हुनुहुन्छ, बताइदिनुहोस्– म परीक्षामा पास हुन्छु? यो काम हुन्छ? बाबा भन्नुहुन्छ– अरे म त आउँछु नै पतितहरूलाई पावन बनाउने मार्ग बताउन। मेरो जो पार्ट छ, त्यही खेल्छु। जो सुनाउनु आवश्यक छैन, त्यो त सुनाउँदिन। म यी कुरा बताउन कहाँ आउँछु र। म पनि ड्रामाको बन्धनमा बाँधिएको छु। हरेकको पार्ट ड्रामामा निश्चित भएको छ। जो निश्चयबुद्धि हुँदैनन्, उनीहरू स्वर्गमा जान लायक हुँदैनन्। र उनीहरूले कुरा पनि यस्तै गर्छन्। बाँकी जो सूर्यवंशी र चन्द्रवंशी घरानाका आत्माहरू हुन्, उनीहरूलाई त बाबाबाट अवश्य आएर सुन्नु र वर्सा लिनु छ। बाँकी जसले धेरै पुरूषार्थ गर्दैनन्, उनीहरू पनि स्वर्गमा त आउँछन् अवश्य। तर सजाय खाएर कुनै पद पाउँछन्। भन्न त धेरैले भन्छन्– बाबा हामी त सूर्यवंशी बन्नेछौं, नारायण बन्नेछौं। तर बच्चाहरूले पुरूषार्थ पनि त्यति गर्नुपर्छ। बाबालाई अनुसरण गर्ने पनि तागत चाहिन्छ। फलो फादर भनिन्छ, यिनलाई हेर यी कसरी समर्पित भए। सबै कुरा ईश्वरीय अर्थ अर्पण गरिदिए। ईश्वर अर्थ सबै कुरा दिएर आफ्नो ममत्व मेटाइदिनुपर्छ। पहिले भठ्ठीबाट धेरै निस्किए, अब यस्तो कहाँ भट्ठी हुन्छ र। यस कार्यमा माताहरू, कन्याहरू अगाडि जान्छन्। यसमा पनि कन्याहरू अगाडि जान्छन्। देह र देहको सम्बन्धलाई भुल्दै जानु छ किनकि अब घर जानु छ। अहिले बाबा भन्नुहुन्छ– मलाई याद गर। अब नाटक पूरा हुन्छ, बाँकी समय थोरै छ। जसरी आसिक माशुक हुन्छन्। बाबा माशुक हुनुहुन्छ, आशिक होइन। बाबा भन्नुहुन्छ– तिमी पतित बनेका छौ, त्यसैले याद पनि तिमीहरूले नै गर्नु छ। म कहाँ पतित बनेको छु र, जसकारण तिमीहरूलाई याद गरुँ। म त युक्ति बताउँछु त्यसमा चल। यस दुनियाँबाट ममत्व मेटाउँदै जाऊ। अब त फर्केर जानु छ। यो बुद्धिमा ज्ञान छ। यो शरीर पनि पुरानो हो। सत्ययुगमा निरोगी शरीर मिल्छ। फेरि हामी गोरो बन्छौं। कालोबाट गोरो बसरी बन्छौं, यो पनि तिमीहरूले नै जान्दछौ। रामलाई पनि कालो बनाएका छन्। शिवको लिंग पनि कालो बनाएका छन्। उहाँ त कहिल्यै कालो बन्नुहुन्न। उहाँ सदा पवित्र हुनुहुन्छ, उहाँलाई त सेतो बनाउनु पर्छ। 

    बाबा भन्नुहुन्छ– चित्र यस्ता-यस्ता बनाऊ जसले देख्दा आकर्षण गरुन्। अखबारमा कति चित्र हुन्छन्। तिमीहरूका हुँदैनन्। बाबाले त तिमी बच्चाहरूलाई बुद्धूबाट बुद्धिमान बनाउनुहुन्छ। यी लक्ष्मी-नारायणलाई बुद्धिमान कसले बनायो? बाबाले योगद्वारा यस्तो बनाउनुभयो। तिमी बच्चाहरूलाई यो ज्ञान मिलेको छ त्यो फैलाउनु छ, विचार सागर मन्थन गर्नु छ। सरकारले जनताको लागि कति खर्च गर्छ। यहाँ जो तिमी बच्चाहरूको त्यो बाबाको र जो बाबाको त्यो तिमी बच्चाहरूको। बाबा भन्नुहुन्छ– म हुँ निष्काम सेवाधारी। म त दाता हुँ। यो विचार गर्नु हुँदैन– हामीले शिवबाबालाई दिन्छौं। शिवबाबाले २१ जन्मको लागि विश्वको मालिक बनाउनुहुन्छ। बाबाले लिनुहुन्न, दिनुहुन्छ। बाबा त दाता हुनुहुन्छ। अच्छा! 

    मीठे-मीठे सिकीलधे बच्चाहरूप्रति माता-पिता बापदादाको याद-प्यार एवं गुडमर्निङ्ग। रुहानी बाबाको रुहानी बच्चाहरूलाई नमस्ते। रुहानी बच्चाहरूको रुहानी बाबालाई गुडमर्निङ्ग, नमस्ते। 


    धारणाको लागि मुख्य सारः

    १) जसरी ब्रह्मा बाबा समर्पित भए, त्यसैगरी बाबाको अनुसरण गर्नु छ। आफ्नो सबै कुरा ईश्वरको लागि समर्पण गरेर ट्रस्टी बनेर ममत्व मेटाइदिनु छ।

    २) पछि आएर पनि अगाडि जानको लागि याद र पढाइमा पूरा-पूरा ध्यान दिनु छ।

    वरदान:

    मास्टर त्रिकालदर्शी बनेर हर कर्म युक्ति युक्त गर्नेवाला कर्मबन्धनमुक्त भव:-   

    कुनै पनि संकल्प, बोली वा कर्म गर्दा मास्टर त्रिकालदर्शी बनेर गर्यौ भने कुनै पनि कर्म व्यर्थ वा अनर्थ हुन सक्दैन। त्रिकालदर्शी अर्थात् साक्षीपनको स्थितिमा स्थित भएर, कर्मको गहन गतिलाई बुझेर यी कर्मेन्द्रियद्वारा कर्म गरायौ भने कहिल्यै पनि कर्मको बन्धनमा बाँधिने छैनौ। हर कर्म गर्दा गर्दै कर्म बन्धन मुक्त, कर्मातीत स्थितिको अनुभव गरिरहेका हुन्छन्।

    स्लोगन:

    जोसँग हदका इच्छाहरूको अविद्या छ ऊ नै महान् सम्पत्तिवान हो।  



    ***OM SHANTI***