BK Murli 4 December 2016 Nepali

bk murli today

Posted by: BK Prerana

BK Prerana is executive editor at bkmurlis.net and covers daily updates from Brahma Kumaris Spiritual University. Prerana updates murlis in English and Hindi everyday.
Twitter: @bkprerana | Facebook: @bkkumarisprerana
Share:






    BK Murli 4 December 2016 Nepali

    २०७३ मङ्सिर १९ गते आइतबार 04.12.2016 बापदादा मधुवन

    संकल्प शक्तिको महत्वलाई जानेर यसलाई बढाऊ र प्रयोगमा ल्याऊ


    आज सर्वोच्च बाबा आफ्ना चारैतिरका श्रेष्ठ बच्चाहरूलाई देखेर हर्षित भइरहनुभएको छ, किनकि सारा विश्वका आत्माहरूभन्दा तिमी बच्चाहरू श्रेष्ठ अर्थात् हाइएस्ट हौ। दुनियाँले भन्छन्– हाइएस्ट इन द वल्र्ड, त्यो पनि एक जन्मको लागि मात्र, तर तिमी बच्चाहरू हाइएस्ट, श्रेष्ठ इन द कल्प हौं। सारा कल्पमा तिमी श्रेष्ठ रह्यौ। थाहा छ नि हैन? आफ्नो अनादि काल हेर, अनादि कालमा पनि तिमी सबै आत्माहरू बाबाको समीप रहनेवाला हौ। देखिरहेका छौ, अनादि रुपमा बाबाको साथ-साथ समीप रहने श्रेष्ठ आत्माहरू हौ। रहन त सबै रहन्छन् तर तिम्रो स्थान धेरै समीप हुन्छ। त्यसैले अनादि रुपमा पनि सर्वोच्च हौ। फेरि आऊ आदिकालमा, सबै बच्चाहरू देव-पदधारी देवता रुपमा हुन्छौ। याद छ आफ्नो दैवी स्वरुप? आदिकालमा सर्व प्राप्ति स्वरुप हुन्छौ। तन-मन-धन र जन चारै स्वरुपमा श्रेष्ठ हुन्छौ। सदा सम्पन्न हुन्छौ, सर्व प्राप्ति स्वरुप हुन्छौ। यस्तो देव-पद अरु कुनै पनि आत्माहरूलाई प्राप्त हुँदैन। चाहे धर्म आत्माहरू हुन्, महात्माहरू हुन्, यस्तो सर्व प्राप्तिहरूमा श्रेष्ठ, अप्राप्तिको नाम निशान छैन– कसैले पनि अनुभव गर्न सक्दैन। फेरि आऊ मध्यकालमा, मध्यकालमा पनि तिमी आत्माहरू पूज्य बन्छौ। तिम्रो जड चित्र पुजिन्छ। कुनै पनि आत्माहरूको यस्तो विधिपूर्वक पूजा हुँदैन। पूज्य आत्माहरूको विधिपूर्वक पूजा हुन्छ, अब सोच– यस्तो विधिपूर्वक अरु कसको पूजा हुन्छ! हर कर्मको पूजा हुन्छ किनकि कर्मयोगी बन्छौ। त्यसैले पूजा पनि हर कर्मको हुन्छ। चाहे धर्म आत्माहरू या महान् आत्माहरूलाई नजिकै मन्दिरमा पनि राख्छन् तर विधिपूर्वक पूजा हुँदैन। त्यसैले मध्यकालमा पनि हाइएस्ट अर्थात् श्रेष्ठ हुन्छौ। फेरि आऊ वर्तमान अन्त्यकालमा, अन्तकालमा पनि अहिले संगममा श्रेष्ठ आत्माहरू हौ। के श्रेष्ठता छ? स्वयं बापदादा, परमात्मा र आदि आत्मा अर्थात् बापदादा दुवैद्वारा पालना पनि लिन्छौ, पढाइ पनि पढ्छौ, साथमा सतगुरूद्वारा श्रीमत लिने अधिकारी पनि बन्छौ। त्यसैले अनादिकाल, आदिकाल, मध्यकाल र अब अन्त्यकालमा पनि हाइएस्ट छौ, श्रेष्ठ छौ। यति नशा रहन्छ?

    बापदादा भन्नुहुन्छ– यस स्मृतिलाई इमर्ज गर। मनमा, बुद्धिमा यस प्राप्तिलाई रिपिट गर। जति स्मृतिलाई इमर्ज राख्छौ, त्यति स्मृतिमा रुहानी नशा हुन्छ। खुशी हुन्छ, शक्तिशाली बन्छौ। त्यति हाइएस्ट आत्मा बनेका छौ। यो निश्चय पक्का छ? हामी नै हाइएस्ट, श्रेष्ठ बनेका थियौं, बनेका छौं र सदा बनिरहनेछौं। नशा छ? पक्का निश्चय छ भने हात उठाऊ। टीचर्सले पनि उठाए।

    माताहरू त सदा खुशीको झूलामा झुल्ने गर्छा, झुल्छौ हैन! माताहरूलाई धेरै नशा रहन्छ, के नशा रहन्छ? हाम्रो लागि बाबा आउनुभएको छ। नशा छ नि हैन! द्वापरदेखि सबैले तल गिराए, त्यसैले बाबालाई माताहरूमा धेरै प्यार छ र खास माताहरूको लागि बाबा आउनुभएको छ। खुशी भइरहेका छन्, सदा खुशी रहनु छ। यस्तो होइन, अहिले हात उठाउँदैछौ, ट्रेनमा गएपछि थोरै थोरै नशा उत्रियोस्, सदा एकरस, अविनाशी नशा रहोस्। कहिलेकाहीँको नशा होइन, सदाको नशाले सदैव खुशी प्रदान गर्छ। तिमी माताहरूको अनुहार सदा यस्तो हुनुपर्छ, जसलाई टाढैबाट रुहानी गुलाब देखियोस् किनकि यस विश्व विद्यालयको जुन कुरा सबैलाई राम्रो लाग्छ, विशेषता देखिन्छ, त्यो यही हो– माताहरू रुहानी गुलाब समान सदा फक्रिएको पुष्प हुन् र माताहरूले नै जिम्मेवारी लिएर यति ठूलो कार्य गरिरहेका छन्। चाहे महामण्डलेश्वर नै हुन्, उनले पनि सम्झन्छन्– माताहरू निमित्त बनेका छन् र यस्तो श्रेष्ठ कार्य सहज चलाइरहेका छन्। माताहरूको लागि भनाइ पनि छ– सत्य त होइन, तर भनाइ छ। दुई जनामाताहरू सँगै मिलेर कुनै कार्य गर्नु धेरै मुश्किल छ। तर यहाँ को निमित्त छन्? माताहरू नै छौ, हैन! यहाँ मिल्न आउँदा सोध्छन्– माताहरूले चलाउँछन्, आपसमा लडाईं त गर्दैनन्? झगडा गर्दैनन्? तर उनीहरूलाई के थाहा– यी साधारण माताहरू होइनन्, यी परमात्माद्वारा निमित्त बनाइएका माताहरू हुन्। परमात्म वरदानले यिनीहरूलाई चलाइरहेको छ। पाण्डवहरूले यस्तो त सम्झदैनौ– माताहरूको मान छ, हाम्रो छैन? तिमीहरूको पनि गायन छ– ५ पाण्डव थिए। शक्तिहरूको साथमा, ७ शीतलाहरू देखाउँछन् भने एक पाण्डव पनि देखाउँछन्। पाण्डवहरू बिना माताहरूले चलाउन सक्दैनन्, माताहरू बिना पाण्डवहरूले पनि चलाउन सक्दैनन्। दुवै भुजाहरू चाहिन्छन्, माताहरूलाई धेरै गिराइदिएका थिए नि। त्यसैले बाबाले माताहरूलाई, जुन कुरा दुनियाँले असम्भव सम्झन्छन्, त्यो सम्भव गरेर देखाइरहनु भएको छ। तिमीहरू माताहरूलाई देखेर खुशी छौ हैन ? कि छैनौ? खुशी छौ नि हैन! यदि माताहरूलाई बाबाले निमित्त नबनाउने हो भने नयाँ ज्ञान, नयाँ सिस्टम हुनाको कारण पाण्डवहरूलाई देखेर धेरै हंगामा हुने थियो। माताहरू ढाल हुन् किनकि नयाँ ज्ञान छ नि। नयाँ कुरा छ। तर बहिनीहरूको साथमा भाइहरू सदैव साथ छन्। पाण्डवहरू आफ्नो कार्यमा अगाडि छन् अनिबहिनीहरू पनि आफ्नो कार्यमा अगाडि छन्। दुवैको सल्लाहद्वारा हर कार्य निर्विघ्न चलिरहेको छ। 

    बापदादाले हरेक दिन बच्चाहरूको भिन्न-भिन्न कार्य हेरिरहनुहुन्छ। नयाँ-नयाँ प्लान बनि नै रहन्छन्। समय त सबैलाई याद छ। याद छ? ९९ को चक्कर पनि पूरा भयो हैन! के सोचेका थियौ, ९९ आयो, ९९ आयो। तर तिमीहरू सबैको लागि सेवा गर्ने वर्ष, निर्विघ्न रहने वर्ष मिल्यो। हेर ९९ मा नै मौन भठ्ठीहरू गरिरहेका छौ नि! दुनियाँ आत्तिन्छन् र तिमी जति उनीहरू आत्तिन्छन्, त्यति नै तिमीहरू सबै यादको गहराइमा गइरहेका छौ। मनको मौन हो नै ज्ञान सागरको तल गएर नयाँ-नयाँ अनुभवहरूको रत्न ल्याउनु। जो बापदादाले पहिले पनि इसारा दिनुभएको छ– सबैभन्दा ठूलो खजाना हो, जसले वर्तमान र भविष्य बनाउँछ, त्यो हो श्रेष्ठ खजाना, श्रेष्ठ संकल्पको खजाना। संकल्प शक्ति धेरै ठूलो शक्ति हो, जुन तिमी बच्चाहरूको पासमा छ– श्रेष्ठ संकल्पको शक्ति। संकल्प त सबैको पासमा छ तर श्रेष्ठ शक्ति, शुभ भावना शुभ कामनाको संकल्प शक्ति, मन-बुद्धि एकाग्र गर्ने शक्ति– यो तिम्रो पासमा नै छ। र, जति अगाडि बढ्दै जान्छौ, यस संकल्प शक्तिलाई जम्मा गर्दै जानेछौ, व्यर्थ गुमाउने छैनौ, व्यर्थ गुमाउने मुख्य कारण हो व्यर्थ संकल्प। व्यर्थ संकल्प, बापदादाले देख्नुभएको छ– धेरैजसो बच्चाहरूको सारा दिनमा व्यर्थ अहिले पनि छ। जसरी स्थूल धनलाई वचत गरेर प्रयोग गर्ने सदैव सम्पन्न रहन्छन् र व्यर्थ गुमाउनेहरू कहीँ न कहीँ धोका खान्छन्। यस्तो श्रेष्ठ शुद्ध संकल्पमा यति ताकत छ, जसबाट तिम्रो ग्रहण गर्ने शक्ति, भाइब्रेशन ग्रहण गर्ने शक्ति धेरै बढ्न सक्छ। यो वायरलेस, यो टेलीफोन.... जसरी यी विज्ञानका साधनले कार्य गर्छन्, त्यस्तै यो शुद्ध संकल्पको खजानाले यसरी नै कार्य गर्नेछ, जसबाट लण्डनमा बसेको कुनै पनि आत्माको भाइब्रेशन तिमीलाई यस्तो स्पष्ट हुन्छ, जस्तै यो वायरलेस या टेलीफोन, टी.भी. यी जति पनि साधन छन्.... कति धेरै साधन निक्लेका छन्। यसभन्दा स्पष्ट तिम्रो ग्रहण गर्ने शक्ति, एकाग्रताको शक्तिबाट बढ्छ। यी आधार त खतम हुनु नै छ। यी सबै साधन केको आधारमा छन्? लाइटको आधारमा। जति पनि सुखका साधन छन्, धेरैजसो लाइटको आधारमा हुन्छन्। के तिम्रो आध्यात्मिक लाइट, आत्म लाइटले यो कार्य गर्न सक्दैन! जे चाह्यो नजिकको, टाढाको भाइब्रेशन क्याच गर्न सक्छौ। अहिले के छ? एकाग्रताको शक्ति। मन-बुद्धि दुवै नै एकाग्र भएपछि क्याचिंग पावर आउँछ। धेरै अनुभव गर्नेछौ। निःस्वार्थ, स्वच्छ, स्पष्ट संकल्पले धेरै छिटो अनुभव गराउँछ। शान्तिको शक्तिको अगाडि यो विज्ञान झुक्नेछ। अहिले पनि मान्छन्– विज्ञानमा पनि केही मिसिँग छ, जसलाई भर्नु पर्नेहुन्छ। त्यसैले बापदादाले फेरि अन्डरलाइन गराइरहनु भएको छ– अन्तिम स्थिति, अन्तिम सेवा यो संकल्प शक्तिले धेरै तीव्र सेवा गराउनेछ। त्यसैले संकल्प शक्तिमा अझै ध्यान देऊ। वचत गर, जम्मा गर। धेरै काममा आउनेछ। प्रयोगी यस संकल्पको शक्तिद्वारा बन्नेछौ। विज्ञानको महत्व किन छ? प्रयोगमा आउँछ, त्यसैले सबैले मान्छन्– विज्ञानले राम्रो काम गर्छ। त्यस्तै शान्तिको शक्तिलाई प्रयोग गर्नको लागि एकाग्रताको शक्ति चाहिन्छ र एकाग्रताको मूल आधार हो– मनको नियन्त्रण शक्ति, जसबाट मनोबल बढ्छ। मनोबलको धेरै महिमा छ। यी रिद्धि सिद्धिवाला पनि मनोबलद्वारा अल्पकालको चमत्कार देखाउँछन्। तिमीले त विधिपूर्वक, रिद्धि सिद्धि होइन, विधिपूर्वक कल्याणको चमत्कार देखाउँछौ, जुन वरदान हुनेछ, आत्माहरूको लागि यो संकल्प शक्तिको प्रयोग वरदान सिद्ध हुनेछ। त्यसैले पहिले यो चेक गर– मनलाई कन्ट्रोल गर्ने नियन्त्रण शक्ति छ? सेकेन्डमा जसरी विज्ञानको शक्तिले स्विचको आधारद्वारा स्विच अन गर्न सक्छौ, स्विच अफ गर्न सक्छौ, त्यसैगरी सेकेन्डमा मनलाई जहाँ चाह्यो, जसरी चाह्यो, जति समय चाह्यो, त्यति कन्ट्रोल गर्न सक्छौ? धेरै राम्रा-राम्रा स्वयंप्रति पनि र सेवाप्रति पनि सिद्धि रुप देखिनेछन्। तर बापदादाले देख्नुभएको छ– संकल्प शक्तिको जम्माको खातामा अहिले साधारण अटेन्शन छ। जति हुनुपर्ने त्यति छैन। संकल्पको आधारमा बोली र कर्म अटोमेटिक चल्छन्। अलग-अलग मेहनत गर्ने आवश्यक नै हुँदैन– आज बोलीलाई कन्ट्रोल गर, आज दृष्टिलाई अटेन्शनमा ल्याऊ, मेहनत गर, आज वृत्तिलाई अटेन्शन दिएर चेन्ज गर। यदि संकल्प शक्ति शक्तिशाली छ भने यो सबै स्वतः नै कन्ट्रोलमा आउँछ। मेहनतबाट बच्नेछौ। त्यसैले संकल्प शक्तिको महत्वलाई जान। 

    यी भठ्ठीहरू विशेष यसैले गराइन्छ ताकि बानी परोस्। यहाँको बानी भविष्यमा पनि अटेन्शन दिएर गरिरह्यो भने अविनाशी हुन्छ। बुझ्यौ, के महत्व छ?तिमीलाई सबैभन्दा श्रेष्ठ खजाना बाबाले दिनुभएको छ। यो श्रेष्ठ संकल्प, शुभ भावना, शुभ कामनाको संकल्पको खजाना छ? सबैलाई बाबाले दिनुभएको छ तर जम्मा नम्बरवार गर्छन् र प्रयोगमा ल्याउने शक्ति पनि नम्बरवार छ। अहिले पनि शुभ भावना वा शुभ कामना– यसको प्रयोग गरेका छौ? विधिपूर्वक गरेपछि सिद्धिको अनुभव हुन्छ। अहिले थोरै-थोरै हुन्छ। आखिर तिम्रो संकल्पको शक्ति यति महान हुनेछ। अहिले जुन सेवामा मुखद्वारा सन्देश दिनमा समय पनि लगाउँछौ, सम्पत्ति पनि लगाउँछौ, हलचलमा पनि आउँछौ, थाक्छौ पनि... तर श्रेष्ठ संकल्पको सेवामा यो सबै वचत हुन्छ। त्यसैले बढाऊ। यस संकल्प शक्तिलाई बढायौ भने प्रत्यक्षता पनि चाँडो हुन्छ। अहिले ६२-६३ वर्ष भयो, यति समयमा कति आत्माहरू बनाएका छौ? ९ लाख पनि पूरा भएका छैनन्। र, सारा विश्वलाई सन्देश दिनु छ। कति करोड आत्माहरू छन्? अहिलेसम्म पनि भगवान यिनीहरूको टीचर हुनुहुन्छ, भगवान्ले यिनीहरूलाई चलाइरहनु भएको छ, गराउनेवाला परमात्माले गराइरहनु भएको छ... यो स्पष्ट भएको छैन। राम्रो कार्य हो, श्रेष्ठ कार्य गरिरहेका छन्– यो आवाज त छ तर गराउनेवाला अहिले पनि गुप्त हुनुहुन्छ। यस संकल्प शक्तिद्वारा हरेकको बुद्धिलाई परिवर्तित गर्न सक्छौ। चाहे अहो प्रभु भनेर प्रत्यक्ष होस्, चाहे बाबाको रुपमा प्रत्यक्ष होस्। बापदादा अहिले पनि फेरि अटेन्शन दिलाउनुहुन्छ– संकल्प शक्तिलाई बढाएर प्रयोगमा ल्याउँदै जाऊ। बुझ्यौ?

    आज माताहरूको चान्स छ। एक माताहरूको ग्रुप र अर्को मेडिसिन (मेडिकल) वाला, दुई वटा वर्ग छन्। माताहरूले के कमाल गर्छौ? मेम्बर त बन्यौ। महिला वर्गको मेम्बर छौ, राम्रो कुरा हो! जति पनि मेम्बर बनेका छौ, राम्रो गरेका छौ। अब तिमीहरू सबैको लिस्ट सरकारलाई पठाउनुछ। किन पठाउने, डराउनु पर्दैन। इन्कम ट्याक्स लिनेवाला आउँदैनन् तिम्रो पासमा। यी सबै माताहरू अब जगत माता बनेर जगतलाई सुधारिरहेकाछन् त्यसैले पठाउनुछ। यस्तो कार्य गरिरहेकाछौ हैन? त्यसैले सरकारलाई तिम्रो नाम पठाउनु पर्छ– यति धेरै माताहरू दुनियाँलाई स्वर्ग बनाउन तयार छन्? पठाऊँ? हात उठाऊ, डर त लाग्दैन? डराउनु पर्दैन, केवल यो ध्यान राख, तिमीलाई यसरी सोधपूछ गर्न सक्छन्– पहिले तिम्रो घर स्वर्ग बनेको छ? किनकि पहिले घर अनि विश्व। त्यसैले कुनै पनि माताहरूको पासमा आएर हेर्न सक्छन्, यिनको घरमा सुख-शान्ति छ? घरलाई स्वर्ग बनाएका छन्? या विश्वलाई स्वर्ग बनाइरहेका छन्, घरलाई होइन? पहिले घरलाई बनाऊ, अनि अरुमा पनि प्रभाव पर्नेछ। नत्र भन्छन्– घरमा कलह भइरहन्छ, स्वर्ग कहाँ छ। त्यसैले माताहरूले यस्तो वायुमण्डल बनाउनु पर्छ, हेर्दा यही देखियोस्– माताहरूले परिवर्तन राम्रो गरेका छन्। जो राम्रा मेम्बर छौ, उनीहरूले हात उठाऊ। कति मेम्बर छौ? (एक हजार आएका छन्) एक हजार पनि धेरै हो। त्यसैले जसले हात उठायौ मेम्बर हौं भनेर, उनीहरूको घरमा सुख-शान्ति छ? छ भने हात उठाऊ। खडा होऊ। समझमा आयो या त्यतिकै उभिएकाछौ? घर स्वर्ग छ? घरमा शान्ति छ? सबैको फोटो निकाल। अच्छा! 

    चारैतिरका श्रेष्ठ आत्माहरूलाई, आदि, मध्य, अन्त्य श्रेष्ठ पार्ट खेल्ने आत्माहरूलाई, सदा आफ्नो श्रेष्ठ संकल्पको विधिलाई अनुभव गर्ने, सदा सहज योगीको साथ-साथै प्रयोगी बन्ने, सदा संकल्प शक्तिद्वारा सर्व शक्तिलाई बढाउने, मन र बुद्धिलाई नियन्त्रणमा राख्ने, सदा प्रयोगी बच्चाहरूलाई बापदादाको यादप्यार एवं नमस्ते। रुहानी बच्चाहरूको रुहानी बाबालाई गुडमर्निङ्ग, नमस्ते।

    वरदान:

    पुराना संस्कारहरू वा विघ्नहरूबाट मुक्ति प्राप्त गर्ने सदा शक्ति सम्पन्न भव:-   

    कुनै पनि प्रकारका विघ्नहरूबाट, कमजोरीहरूबाट या पुराना संस्कारहरूबाट मुक्ति चाहन्छौ भने शक्ति धारण गर अर्थात् अलंकारी रुप बन। जो अलंकारहरूबाट सदा सजिसजाउ रहन्छ, ऊ भविष्यमा विष्णुवंशी बन्छ, अहिले वैष्णव बन्छ। उसलाई कुनै पनि तमोगुणी संकल्प वा संस्कार टच गर्न सक्दैन। ऊ पुरानो दुनियाँ अथवा दुनियाँको कुनै पनि वस्तु र व्यक्तिहरूदेखि सहजै अलग रहन्छ। उसले कारण वा अकारणमा पनि कसैलाई टच गर्न सक्दैन।

    स्लोगन:

    हर समय हर कर्ममा सन्तुलन राख्नु नै सबैको आशीर्वाद प्राप्त गर्ने साधन हो।  



    ***OM SHANTI***