BK Murli 6 December 2016 Nepali

BK Murli 6 December 2016 Nepali

२०७३ मंसिर २१ मंगलबार ६-१२-२०१६ ओम् शान्ति प्रात: मुरली “बापदादा” मधुबन

“मीठे बच्चे– संगमयुग पुरुषोत्तम युग हो, यहाँको पढाइद्वारा २१ जन्मको लागि तिमी उत्तम पुरुष बन्न सक्छौ।”  

प्रश्न:

आन्तरिक खुशीमा रहनको लागि कुनचाहिँ निश्चय पक्का हुनुपर्छ?

उत्तर:

पहिला-पहिला निश्चय हुनुपर्छ– हामी विश्वको मालिक थियौं, धेरै धनवान थियौं। हामीले नै पूरा ८४ जन्म लिएका छौं। अब बाबाले हामीलाई फेरि विश्वको बादशाही दिन आउनुभएको छ। अहिले हामी त्रिकालदर्शी बनेका छौं। रचयिता बाबाद्वारा रचनाको आदि-मध्य-अन्त्यलाई हामीले जानेका छौं। यस्तो निश्चय होस्, तब आन्तरिक खुशी रहन्छ।

गीतः–

नयन हीन को राह दिखाओ प्रभू......

ओम् शान्ति।

बच्चाहरूले गीतको लाइन सुन्यौ? अहिले बाबा आएर कति राम्रो मार्ग बताउनुहुन्छ, पुरुषोत्तम बन्ने। दुनियाँमा पनि अनेक प्रकारका कलेज, विश्व-विद्यालय छन्, जहाँ पोजिसनको लागि पढ्छन्। फेरि कुनै क्लर्क, कुनै मजिस्ट्रेट, कुनै चीफ जस्टिस बन्छन्। पुरुषोत्तम पद पाउँछन्। तर ती सबै हुन् कलियुगको लागि उत्तम पद। बाबा आएर सत्ययुगको लागि उत्तम पद प्राप्त गराउनुहुन्छ। यो हो संगमयुग। यसमा सर्वोत्तम बन्नु छ। मनुष्य जति पनि ज्ञान पढ्छन्, त्यो उत्तम बन्नको लागि। अब यो हो रूहानी ज्ञान, जुन भविष्यको लागि हो। यो संगमयुग हो पुरुषोत्तम युग। चित्रहरूमा जहाँ पनि संगमयुग छ, त्यहाँ पुरुषोत्तम अवश्य लेख्नुपर्छ। हरेक चीज उत्तम बनाइन्छ। तिमीलाई थाहा छ– यी लक्ष्मी-नारायण कति पुरुषोत्तम थिए। उनीहरूको गहना वस्त्र आदि कति शोभायमान हुन्छन्, त्यसैले यस्तो चित्र बनाउनुपर्छ। बाबा त निर्देशन नै दिनुहुन्छ। बच्चाहरू त शहरमा घुम्छन्, फिर्छन्। उनीहरूको नै ध्यानमा आउनुपर्छ– कसरी-कसरी शोभायमान आकर्षक चित्र बनाऊँ, जसबाट प्रदर्शन राम्रो हुन्छ। बुद्धिमा सारा दिन यो याद रहनुपर्छ– हामी सर्वोत्तम पुरुष बनिरहेका छौं। कसले बनाउनुहुन्छ? सबैभन्दा उत्तम बाबाले। सर्वश्रेष्ठ श्रीमत हो एक बाबाको, जुन बाबाले नै बताउनुहुन्छ। श्रीको अर्थ हो श्रेष्ठ। श्रीको टाइटल केवल देवताहरूलाई नै दिइन्छ। उनीहरूको आत्मा र शरीर दुवै पवित्र हुन्छ। उनीहरूको जन्म पनि पवित्रताबाट नै हुन्छ। यहाँ कसैको पनि जन्म पवित्रताबाट हुँदैन। सिक्खहरूले गाउँछन्– विकारी पतित... बाबा आएर विकारी पतित कपडालाई धुलाई गर्नुहुन्छ र उनीहरूलाई मनुष्यबाट देवता बनाउनुहुन्छ। देवताहरू विकारबाट पैदा हुँदैनन्। तर मानिसहरूले सम्झन्छन्– विकार बिना दुनियाँ कसरी चल्छ? बाबा सम्झाउनु हुन्छ– स्वर्गमा विषद्वारा जन्म हुँदैन। अहिले तिमी विद्यार्थीहरूलाई थाहा छ– हामी आएका हौं, नरबाट नारायण बन्नको लागि। यस राजयोगद्वारा हामी राजाई प्राप्त गर्छौं। यदि कुनै फेल हुन्छन् भने चन्द्रवंशीमा जान्छन्। तिम्रो त छ रावणसँग युद्ध, तर दुनियाँमा यो कसैलाई थाहा छैन– रावण हाम्रो पुरानो दुस्मन हो। 

रावणको अर्थ जान्दैनन्। वास्तवमा दश टाउको के हो? तिमी बच्चाहरूले जान्दछौ– विकारको प्रवेशताबाट नै भ्रष्टाचारी बनिन्छ। सत्ययुगमा सबै श्रेष्ठाचारी हुन्छन्। बाबा भन्नुहुन्छ– यस समय सबै तमोप्रधान बुद्धि छन्, बिल्कुल अन्धकारमा छन्। यो पनि गायन गरिएको छ– कुम्भकर्णको निद्रामा सुतेका छन्। जब आगो लाग्नेछ, तब ब्यूँझिन्छन्। हेर तिमीले कति जगाउँछौ, फेरि सुत्छन्। मेलाहरूमा तिमीले यति मेहनत गर्छौ। निस्किन्छन् कति थोरै, करोडौंमा कोही। पछि गएर धेरै वृद्धि हुन्छ, तब मनुष्यको बुद्धि खुल्नेछ। अरू धर्म त धेरै समय पुराना छन्, त्यसैले उनीहरूको वृद्धि हुन्छ। तिम्रो त यो सानो पुरानो वृक्ष हो। उनीहरू त मासु, रक्सी सबैथोक खान्छन्। विकारमा पनि जान्छन्। भनिन्छ– संगतले तार्छ, कुसंगतले डुबाउँछ.... सत्यको संगत त एक बाबाको नै हो। कुनचाहिँ संगतले तार्छ? यो जान्दैनन्। गायन गर्छन्– नाउ मेरो पार लगाउनुहोस्, खिवैया। हे बागवान, काँडाबाट फूल बनाउनुहोस्। यस काँडाको जंगलबाट पार लैजानुहोस्। अब फूल त यहाँ बन्नु छ। दैवीगुण धारण गर्नु छ। पुरुषोत्तम बन्नु छ, खान-पान पनि शुद्ध हुनुपर्छ। जुन चीज देवतालाई स्वीकार गराइँदैन, तमोगुणी छन् त्यो खानु हुँदैन। सब्जीहरूमा पनि सतो रजो तमो हुन्छन्। आजकल त मनुष्य गरिब छन् नि। ज्ञान पनि गरिबले लिनु छ। धनवान त खुब पैसा उडाउँछन्। 

फिल्म हेर्नु धेरै खराब हो। अखबारमा पनि छापिएको थियो– फिल्म हेर्न जानु मतलब नर्कमा जानु हो। जति ठूलो मानिस हुन्छन्, त्यति नै फोहोरी कर्म धेरै गर्छन्। यस समय पूरा वेश्यालय छ। बाबा आएर शिवालय बनाउनुहुन्छ। सारा आधार पवित्रतामा छ। पवित्रता छ भने शान्ति र सम्पत्ति पनि छ। रावण राज्यमा कोही पवित्र हुन सक्दैन। यहाँ नै युद्धको कुरा छ। योगबलद्वारा नै तिमी रावणमाथि विजय प्राप्त गर्छौ। यहाँ कति धेरै मन्दिर छन्। तर जीवनी कसैको पनि जान्दैनन्। शिवको मन्दिरमा गएर सोध– शिवको जीवनी बताउनुहोस्, केही बताउन सक्दैनन्। तिमीहरूमा पनि नम्बरवार पुरुषार्थ अनुसार ज्ञानलाई जान्दछन्। उत्तम, मध्यम, कनिष्ठ त हुन्छन्। सारा आधार छ पढाइमा। आत्माले भन्छ– हामी त नरबाट नारायण बन्छौं। पढाउन त सबैलाई राजयोग पढाउँछु, तर फेरि पनि पुरुषार्थ अनुसार उत्तम, मध्यम, कनिष्ठ बन्छन्, त्यसैले बच्चाहरूले पढाइमा धेरै ध्यान दिनुपर्छ। शिव भगवानुवाच– योग अग्निद्वारा तिम्रो पाप भस्म हुन्छ र सतोप्रधान बन्छौ। त्यसैले यादको यात्रालाई नबिर्स। आफ्नो दिलसँग सोध– मैले प्रदर्शनीमा ज्ञान त धेरै राम्रो सम्झाउँछु, तर यादको यात्रामा रहन्छु? यादमा फेल छु, त्यसैले त्यो अवस्था, त्यो खुशी कायम रहँदैन। यस विषयमा बच्चाहरूले अभ्यास बढाउनुपर्छ। चित्र पनि यस्तो शोभायमान बनाउनुपर्छ, जो कसैले पनि आएर पढ्नासाथ ज्ञान बुझून्। राम्रो चीज छ भने हेर्न धेरै आउँछन्। यी चित्र बनाउनेलाई कति इनाम मिल्छ। देवताहरूको चित्रलाई खास पुरानो बनाएर बेच्छन्। त्यसैले मनुष्यहरूलाई धेरै मन पर्छ। धेरै पैसा दिएर पनि किन्छन्। देवताहरू सतोप्रधान थिए त्यसैले उनीहरूको चित्रको पनि कति मान छ। तर यो जान्दैनन्– भारतवर्ष नै सबैभन्दा पुरानो हो। सबैभन्दा पुरानो हुनुहुन्छ– शिवबाबा। पहिला सुरूमा शिव नै आउनुहुन्छ। मनुष्य त अलमलिएका छन्। तिमीले पनि अहिले बुझेका छौ– पहिले हामी तुच्छ बुद्धि थियौं। अब केबाट के बनेका छौं! हामी विश्वको मालिक थियौं, धेरै धनवान थियौं। तर तिमीहरूमा पनि निश्चय बुद्धि थोरै छन्। नत्र बच्चाहरूलाई आन्तरिक खुशी हुनुपर्छ– वाह! हामीले त पूरा ८४ जन्म लिएका छौं। कम पढ्नेलाई कम जन्म मिल्छ। जो सूर्यवंशीमा आउँछन्, उनीहरूले अवश्य राम्ररी पढेका हुन्छन्। यो पढाइ कति राम्रो छ। रचयिता बाबा नै आएर रचनाको आदि-मध्य-अन्त्यको ज्ञान दिनुहुन्छ। तिमी त्रिकालदर्शी बन्छौ। कसैसँग पनि सोध– तपाई त्रिकालदशी हुनुहुन्छ? तपाईलाई तीनै कालको ज्ञान छ? भन्छन्– यो सबै कल्पना हो। कुनै एकले भन्यो भने अरूले पनि भनिरहन्छन्। अब तिम्रो बुद्धिमा सारा ज्ञान छ।

 परमात्मा बाबा हुनुहुन्छ, यो पनि तिमीलाई थाहा छ। गीतामा लेखिएको छ– परमात्माको रूप त हजारौं सूर्यभन्दा पनि तेजोमय छ। तर यस्तो छैन। बाबा त बिल्कुल शीतल हुनुहुन्छ। बच्चाहरूलाई पनि आएर शीतल बनाउनुहुन्छ। जसरी बाबा ज्योति बिन्दु हुनुहुन्छ, त्यसैगरी आत्मा पनि ज्योति बिन्दु छ। जस्तै जुनकिरी हुन्छ, त्यो त देखिन्छ। बाबा त दिव्य दृष्टि बिना देखिँदैन। तिमीलाई थाहा छ– परमात्मा ज्ञानको सागर हुनुहुन्छ। तिमी बच्चाहरू पनि मास्टर ज्ञान सागर बनिरहेका छौ। आत्मा कति सानो छ, उसमा सारा ज्ञान भरिएको छ। आत्माले नै सुन्छ, आत्माले नै धारण गर्छ, आत्माले नै शरीरद्वारा सम्झाउँछ। यो कुरा कसैलाई पनि भन्न आउँदैन। तिमीले पनि बाबाद्वारा बुझेर बुझाउन सक्छौ। परमपिता परमात्मा नै पतित-पावन, ज्ञानको सागर हुनुहुन्छ। कृष्णलाई पतित-पावन वा ज्ञानको सागर भन्न सकिँदैन। बोलाउँछन् पनि एकलाई, हे पतित-पावन आउनुहोस् भनेर, नकि कृष्ण वा रामलाई भन्छन्। सीताका राम कुनै पतित-पावन थिए र? तिमीहरू सबै भक्त हौ, भगवान् एक हुनुहुन्छ। तिमीहरू सबै सजनी पनि हौ, म तिम्रो साजन हुँ। म आउँछु तिम्रो शृंगार गराउन। सबै आत्माहरूलाई म आएर भक्तिको फल पनि दिन्छु। यो पढाइ कति महान् छ, नरबाट नारायण बनाउँछ। कति नशा हुनुपर्छ। बाबा आउनुभएको हो नै अविनाशी ज्ञान रत्नहरूको दान दिन। यो हो सबैभन्दा राम्रो दान। शिवको अगाडि गएर भन्छन्– झोली भरिदिनुहोस्। तिम्रो बुद्धिमा अहिले सारा ज्ञान छ– हामी नै अहिले संगममा छौं। हामीलाई शिवबाबा विष्णुपुरीको मालिक बनाउनुहुन्छ। अहिले हामी ब्राह्मण हौं फेरि हामी देवता बन्छौं, फेरि क्षत्रिय, वैश्य शूद्र बन्छौं। यो हो हम सो, सो हमको रहस्य। मनुष्यले भन्छन्– आत्मा सो परमात्मा। बाबा सम्झाउनु हुन्छ– हम सो पूज्य, हम सो पुजारी कसरी बन्छौं? सतोप्रधान सतो, रजो, तमोमा कसरी आउँछौं? यस रहस्यलाई तिमीले नै जान्दछौ। यो धारणा गर्ने कुरा हो। यस पढाइद्वारा कति बेहदको राजधानी स्थापना भइरहेको छ। तिमी पढिरहेका छौ भविष्य २१ जन्मको लागि, नम्बरवार पुरुषार्थ अनुसार। कुनै राजा कुनै रानी, कुनै प्रजा बन्छन्। वहाँ सबैलाई सुख नै सुख हुन्छ। यहाँ त कर्म अनुसार दुःख मिल्छ। यो हो नै दुःखधाम, त्यो हो सुखधाम। 

बाबा भन्नुहुन्छ– प्यारा बच्चाहरू! अब यस्तो कुनै नराम्रो काम नगर, जसको सजाय खान परोस्। यदि फेरि पनि यस्तो कर्म गर्यौर भने पद पनि त्यस्तै मिल्छ। यदि राम्रोसँग पढ्यौ भने कल्प कल्पान्तरको प्रारब्ध बन्छ। अहिले यो ज्ञान छ फेरि प्रायः लोप हुनेछ। अहिले तिमीले पुरुषार्थ गरेनौ भने धेरै पछुताउँछौ। बाबा भन्नुहुन्छ– दैवीगुण धारण गर, नत्र कर्म-विकर्म हुन्छ। यहाँ सबै मनुष्यहरूको कर्म, विकर्म बन्छन्। यो तिमीहरू सिवाए कसैलाई थाहा छैन– गीताका भगवान् कहिले आउनुभयो? यो कसैले बताउन सक्दैन। भन्छन् द्वापरमा आउनुभयो। वेद शास्त्र बनेका हुन् नै द्वापरमा। द्वापरमा नै आसुरी सम्प्रदाय भएका हुन्। बच्चाहरूले भन्छन्– बाबा हामीलाई यस पापको दुनियाँबाट लैजानुहोस्। मतलब मृत्यु माँग्छन्, त्यसैले उहाँलाई कालको पनि काल भनिन्छ। उनीहरूले केवल नाम राखिदिएका छन्– अकाल तख्त। तर अर्थ केही बुझ्दैनन्। जो धेरै उच्च बन्छन्, उनै पछि आएर तल पनि गिर्छन्। तिमी बच्चाहरूलाई अब यो सारा ज्ञान बुझ्नमा आएको छ। यो धेरै अद्भुत ज्ञान छ। रचनाको आदि मध्य अन्त्यको ज्ञान कसैले दिन सक्दैन। नत्र निराकारलाई नलेजफुल भन्नाले फाइदा नै के छ? जबसम्म उहाँ आएर ज्ञान दिनुहुन्न। सबै आत्माहरू निराकारी दुनियाँबाट यहाँ आएर पार्ट खेल्छन्। भगवान्‌लाई यहाँ बोलाउँछन्, उहाँको आफ्नो शरीर त छैन। बाँकी सबै आत्माहरूको आ-आफ्नो शरीर छ। भगवान् त एकै निराकार हुनुहुन्छ नि। बाबा भन्नुहुन्छ– मेरो नाम हो शिव। म यिनको शरीरमा, यिनको भृकुटीमा आएर बस्छु। जसरी आत्माले अंगद्वारा कुरा गर्छ, त्यसैगरी बाबा पनि यिनको अंगहरूद्वारा सम्झाउनु हुन्छ। गायन पनि छ– भृकुटीको बीचमा चम्किन्छ अजब सितारा। अब यी गहन रहस्यहरूलाई तिमीले नै जान्दछौ। अच्छा! 

मीठे-मीठे सिकीलधे बच्चाहरूप्रति माता-पिता बापदादाको याद-प्यार एवं गुडमर्निङ्ग। रूहानी बाबाको रूहानी बच्चाहरूलाई नमस्ते। रूहानी बच्चाहरूको रूहानी बाबालाई गुडमर्निङ्ग, नमस्ते।


धारणाको लागि मुख्य सारः

१) आफ्नो उच्च प्रारब्ध बनाउनको लागि पढाइ राम्रोसँग पढ्नु छ। कुनै पनि खराब काम गर्नु हुँदैन।

२) आफ्नो खानपिन धेरै शुद्ध गर्नुपर्छ। देवताहरूलाई जुन चीज स्वीकार गराइन्छ, त्यही खानु छ। पुरुषोत्तम बन्ने पुरुषार्थ गर्नु छ।

वरदान:

रिगार्ड दिने रिकर्ड ठीक राखेर खुशीको महादान गर्ने पुण्य आत्मा भव:-  

वर्तमान समय चारैतिर रिगार्ड दिने रिकर्ड ठीक गर्नु आवश्यक छ। यही रिकर्ड फेरि चारैतिर बज्नेछ। रिगार्ड दिनु र रिगार्ड लिनु, सानोलाई पनि रिगार्ड देऊ, ठूलोलाई पनि रिगार्ड देऊ। यो रिगार्डको रिकर्ड अब निक्लिनुपर्छ, तब खुशीको दान गर्ने महादानी पुण्य आत्मा बन्नेछौ। कसैलाई रिगार्ड दिएर खुशी पार्नु– यो सबैभन्दा ठूलो पुण्यको काम हो, सेवा हो।

स्लोगन:

हर घडीलाई अन्तिम घडी सम्झेर चल्यौ भने एभररेडी रहन्छौ।  



***OM SHANTI***

Google+ Followers