BK Murli 7 December 2016 Nepali

BK Murli 7 December 2016 Nepali

२०७३ मंसिर २२ बुधबार ७-१२-२०१६ ओम् शान्ति प्रात: मुरली “बापदादा” मधुबन

“मीठे बच्चे– श्रीमतले भन्छ पढाइमा पूरा-पूरा ध्यान देऊ, पढ्यौ-लेख्यौ भने बन्छौ नवाब अर्थात् दिल तख्तनशीन बन्छौ।”  

प्रश्न:

सेवाको वृद्धि नहुनाको कारण के हो?

उत्तर:

यदि सेवा गर्ने बच्चाहरूमा देह-अभिमान आउँछ, अलिकति सेवा गर्नासाथ नशा चढ्छ– मैले फलानोलाई ज्ञान दिएँ, यसरी सेवाको वृद्धि हुँदैन। बच्चाहरूले यो भुल्छन्– उसलाई बाबाले प्रेरणा दिनुभएको हो। देह-अभिमानले नै सेवालाई बढ्न दिँदैन। त्यसैले बाबाले बारम्बार युक्ति बताउनुहुन्छ– देही-अभिमानी भव।

गीतः–

हमें उन राहों पर चलना है...

ओम् शान्ति।

पहिलो हुनुहुन्छ सदा परमधाममा रहनेवाला सर्वोच्च बाबा। उहाँ शिवबाबाको तल विष्णुको चित्र छ। अहिले तिमीलाई थाहा छ– हामीलाई शिवबाबाले विष्णुपुरीको मालिक बनाइरहनु भएको छ। विष्णु अर्थात् लक्ष्मी-नारायण। यी दुवैको कम्बाइन्ड रूप हो विष्णु। यो हाम्रो लक्ष्य-उद्देश्य हो, अरूलाई सम्झाउनको लागि। बुद्धिमा रहनुपर्छ– बाबा हुनुहुन्छ निराकार फेरि हामीलाई कसरी पढाउने त्यसैले ब्रह्माको चित्र देखाइएको छ। बाबाले हामीलाई ब्रह्माद्वारा विष्णुपुरीको मालिक बनाइरहनु भएको छ। तिमीलाई यो निश्चय पनि छ। फेरि भुलिहाल्छौ– हामी विद्यार्थी हौं, हामीलाई शिवबाबाले पढाइरहनु भएको छ। विश्वलाई नै विष्णुपुरी बनाइरहनु भएको छ। यदि यो बुद्धिमा रहन्छ भने कति खुसी हुनुपर्छ। यो त्रिमूर्तिको चित्र कति प्रख्यात छ। त्रिमूर्तिमा उनीहरूले ब्रह्मा-विष्णु-शंकरलाई देखाउँछन् तर शिवलाई भुलेका छन्। कति ठूलो भूल भएको छ। अहिले तिमी बच्चाहरूलाई थाहा छ– शिवबाबाले हामीलाई विष्णुपुरीको मालिक बनाइरहनु भएको छ र आउनुभएको छ। यिनको धेरै जन्महरूको अन्तको जन्मको पनि अन्त्यमा आएर प्रवेश गर्नुहुन्छ। बाबा आउनुहुन्छ नै यहाँ र यसलाई नै विश्वको मालिक बनाउनुहुन्छ। 

तिमी बच्चाहरूलाई यो निश्चय छ– हरेक ५ हजार वर्षपछि संगमयुगमा नै आउनुहुन्छ। तिमी बच्चाहरू यहाँ आएका छौ राजाई लिनको लागि अर्थात् स्वर्गको मालिक बन्नको लागि। यो त तिमी बच्चाहरूलाई थाहा छ– यहाँ केवल एक धर्म थियो। त्यस समय अरू कुनै धर्म थिएन। त्यसैले कति नशा चढ्नुपर्छ र दैवीगुणहरूको धारणा पनि गर्नुपर्छ। बाबाले देख्नुहुन्छ, यदि बच्चाहरूले दैवीगुण धारणा गर्दैनन् भने भन्नुहुन्छ नि– यो त अभागी रहेछ। पढ्दैनन् भने मानौं आफ्नै खुट्टामा बन्चरो हान्छन्। बाबाले कति सहज सम्झाउनुहुन्छ। तिमीलाई थाहा छ– बाबाले राजयोग सिकाइरहनु भएको छ। त्यसैले बच्चाहरूलाई यहाँ नै दैवीगुण धारण गर्नु छ। सत्ययुगमा गएर त गर्दैनौ नि। जसले धारणा गर्छन् र गराउँछन् उनीहरूलाई खुसी पनि धेरै रहन्छ। बाबा हुनुहुन्छ उच्च भन्दा उच्च, मूलवतनमा रहनेवाला। सूक्ष्मवतन निवासीलाई देवता भनिन्छ र यहाँ छन् मनुष्य। परमात्मा हुनुहन्छ सबै आत्माहरूका पिता अथवा स्वर्गको रचयिता। यो ज्ञान पनि अहिले तिमीलाई मिल्छ। तिमीलाई थाहा छ– हामी पनि पहिले पत्थरबुद्धि थियौं। बाबाद्वारा हामी पावन बनिरहेका छौं। पहिले-पहिले यहाँ भगवान्-भगवतीको राज्य थियो। उनलाई भगवती श्री लक्ष्मी, भगवान् श्री नारायणको राज्य भनिन्छ। अहिले उनीहरू कहाँ गए? उनलाई यस्तो कसले बनायो,? यो नत कसैले बताउन सक्छ, नत यी कुरा कसैको विचारमा नै आउँछ। तिमीलाई थाहा छ– यस साकार सृष्टिमा नै उनको राज्य थियो। अहिले पनि भिन्न नाम रूपले उनीहरू यहाँ नै छन्। यी सबै कुरा जानेर बच्चाहरूलाई धेरै खुसी हुनुपर्छ– बाबाले हामीलाई पढाएर यस्तो बनाइरहनु भएको छ। नम्बरवन हीरो-हीरोइन यी हुन्। सूक्ष्मवतनमा पनि तिमीले यिनलाई देख्छौ। यिनलाई पनि निश्चय छ यो बनिरहेको छु। नलेजफुल श्री श्रीले यिनीहरूलाई पढाएर यस्तो श्री लक्ष्मी-नारायण बनाइरहनु भएको छ। तिमी यिनका बच्चाहरू पनि भगवान्-भगवती बन्छौ। भगवान्द्वारा तिमी यी भगवान्-भगवती बनिरहेका छौ, प्रजा पनि बनिरहेका छन् तर उनलाई भगवान्-भगवती भन्न मिल्दैन, त्यसैले उनीहरूलाई देवी-देवता भनिन्छ। फेरि पनि मुख्य लक्ष्मी-नारायणलाई भगवान्-भगवती भनिदिन्छन्। यिनीहरूले सबैभन्दा उच्च पुरुषार्थ गरेर यो पद पाएका हुन्। सबैलाई त भगवान्-भगवती भनिदैन। नम्बरवनको नै महिमा गाइन्छ सर्वगुण सम्पन्न... अरू कुनै धर्मवालाको यस्तो महिमा छैन। कसैले यस्तो पनि भन्न सक्दैन– यो त बनिबनाउ ड्रामा हो। पहिले छ नै दैवी घराना फेरि अरू धर्मवाला आउँछन्। तिमी बच्चाहरूलाई पनि पुरुषार्थ गराइन्छ। जसको पार्ट छ, उनीहरू नै स्वर्गमा आउँछन्, बाँकी सबै शान्तिधाममा जान्छन्। यसमा कसैको प्रश्न उठ्न सक्दैन। अब माग्छन् पनि हामीलाई शान्ति मिलोस्। स्वर्गलाई त उनीहरूले जान्दैनन्। बाबाले उनीहरूको आशालाई पूर्ण गरिदिनुहुन्छ। हिन्दूहरूले स्वर्गलाई याद गर्छन् तर यो जान्दैनन्– स्वर्गमा लक्ष्मी-नारायणको राज्य थियो। अब तिम्रो बुद्धिमा छ– हामीलाई भगवान्‌ले पढाइरहनु भएको छ– भगवान्‍-भगवती बनाउनको लागि। विदेशीहरूले त शान्तिधामलाई स्वर्ग सम्झन्छन्। सम्झन्छन्– गड फादर वहाँ रहनुहुन्छ। तिमीलाई थाहा छ– स्वर्ग अलग हो, शान्तिधाम अलग हो। तिमी नै स्वर्गमा आउँछौ। पहिले शान्तिधाम फेरि सुखधाम फेरि दुःखधाम, फेरि शान्तिधाममा जानु छ... यो खेल बनेको छ। सबै आत्माहरू सत्ययुगमा आउन्– यो हुन सक्दैन। यो भेराइटी धर्मको सृष्टिचक्र हो। पहिले सूर्यवंशी फेरि अरू धर्म आउँछन्। यस ड्रामामा फरक पर्न सक्दैन। उही इतिहास-भूगोल फेरि दोहोरिन्छ तर कसरी दोहोरिन्छ? यो आएर बुझ्नुपर्छ। सत्ययुगमा तिम्रो राज्य थियो, अब फेरि सत्ययुगमा जानको लागि तिम्रो कल्प पहिले जस्तै पुरुषार्थ चलिरहेको छ। 

तिमी बच्चाहरूले हरेक धर्मको आदि-मध्य-अन्त्यलाई जान्दछौ। क्रिश्चियन धर्म कहिले स्थापना हुन्छ? कसरी हुन्छ? कसरी वृद्धि हुन्छ? यो वृक्षमा स्पष्ट देखाइएको छ– नयाँ-नयाँ जो आउँछन् तिनीहरूबाट कसरी हाँगा-बिँगा निक्लन्छन्? कति पातहरू हुन्छन्? धेरै कम। प्रजापिता ब्रह्मालाई आदिपिता भनिन्छ। पहिले हुन्छ देवी-देवता धर्म फेरि अरू हाँगाहरू निक्लन्छन्। अब अन्त्यमा वृक्ष जीर्ण अवस्थाको हुन्छ। मनुष्यहरूलाई यस सृष्टि रूपी वृक्षको बारेमा थाहै छैन। तिमीलाई थाहा छ– यो अनादि अविनाशी ड्रामा हो, यसमा एक सेकेण्डको पनि फरक पर्न सक्दैन। यस वृक्षको आयु पनि एक्युरेट छ। यो मनुष्य सृष्टि रूपी बेहदको नाटक हो। यहाँ हामी आउँछौ पार्ट खेल्न। यो ज्ञान बाबाले नै सम्झाउनुहुन्छ। यी शास्त्रहरू सबै भक्तिमार्गका हुन्। आधाकल्प भक्तिमार्ग चल्छ। यसमा एक सेकेण्डको पनि फरक हुन सक्दैन। यस ज्ञानको प्रारब्ध पनि एक्युरेट आधाकल्प चल्छ। जसले जे पार्ट खेलेका छन्, त्यो खेल्छन्। अब तिम्रो बुद्धि बेहदको भएको छ। अरूको बुद्धिलाई पनि बेहदमा ल्याउनु छ, तब नै तिमी बेहद विश्वको मालिक बन्छौ। निराकारी दुनियाँमा हुनुहुन्छ निराकारी बाबा र निराकारी तिमी बच्चाहरू। सूक्ष्मवतनको पार्ट त थोरै समयको हुन्छ। अब यस साकारी दुनियाँमा नम्बरवन सुप्रिम को हो? लक्ष्मी-नारायण। सुप्रिम बाबाले नै सुप्रिम धर्मको स्थापना गर्नुहुन्छ। अरू कुनै पनि धर्मलाई तिमी सुप्रिम भन्न सक्दैनौ। अहिले त सबै तमोप्रधान छन्। एक बाबा नै हुनुहुन्छ, जो सदा सुप्रिम हुनुहुन्छ। बाँकी सबैलाई सतो रजो तमोमा आउनु छ। अब त तमोप्रधान दुनियाँको विनाश हुनु नै छ। यी आँखाले जे-जति देख्छौ, सबै विनाश हुनेवाला छ। जब नयाँ घर बनाइन्छ, तब पुरानोलाई खतम गर्नैपर्छ। तिमी बच्चाहरूले नयाँ दुनियाँको साक्षात्कार पनि गर्छौ। अब पुरानोबाट दिल हटाउनु छ। गीत छ नि– जाग सजनियाँ जाग बाबाले तिमीलाई अर्थ सम्झाउनुहुन्छ– प्यारा बच्चाहरू! अब नयाँ दुनियाँको स्थापना भइरहेको छ। तिम्रो बुद्धिमा स्मृति आएको छ– हाम्रो यस ड्रामामा अविनाशी पार्ट छ, हामी फेरि पनि आउनु छ। आदिदेखि अन्तसम्म तिम्रै पार्ट छ। आधाकल्प पछि अरू हाँगाहरू पनि निक्लदै रहन्छन्। जब हाँगाहरू निक्लन बन्द हुन्छ, तब सम्झ– वहाँबाट आउन बन्द हुन्छ। फेरि यहाँबाट जान सुरू हुन्छ। फेरि यी सबै यत्तिका आत्माहरू कहाँ जान्छन्? यो तिमी बच्चाहरूले जान्दछौ– सत्ययुगमा धेरै कम मनुष्य हुन्छन्। एक वंशावलीको फेरि कति वृद्धि हुन्छ! कति ठूलो वृक्ष हुन्छ! अहिले सबै तमोप्रधान मनुष्यहरूको नाटक छ अथवा काँडाको जंगल छ। यो मनुष्य सृष्टिको वृक्ष एकदमै विनाश हुँदैन। चाहे जतिसुकै तूफान आओस् तर एकदम विनाश हुँदैन। परिवर्तन अवश्य हुन्छ। 

अब तिमी बच्चाहरू काँडाबाट फूल बनिरहेका छौ। यो कुरा पनि जब काम धन्दामा जान्छौ, बिर्सिन्छौ। जसलाई धारणा हुन्छ, उनीहरूले सारा दिन विचार सागर मन्थन गरिरहन्छन्– कसरी सेवा गरुँ अथवा काँडाहरूलाई फूल बनाऊँ। बाबा सबैभन्दा ठूलो धर्मात्मा हुनुहुन्छ, जसले साधुहरूको पनि उद्धार गर्नुहुन्छ। बाबा जबसम्म साकारमा आउनुहुन्न, मनुष्यको उद्धार कसरी होस्। बाँकी प्रेरणाबाट कहाँ हुन्छ। बाबा आएर सारा ज्ञान दिएर तिमीलाई त्रिकालदर्शी बनाउनुहुन्छ। त्यसैले तिमी बच्चाहरूलाई कति नशा रहनुपर्छ। बाबाले धेरै युक्ति बताउनुहुन्छ– यस्तो-यस्तो सेवा गर्यौा भने धेरैको कल्याण हुन्छ। बाबालाई याद गर्यौा भने विकर्म विनाश हुन्छन् र चक्रलाई याद गर्यौर भने चक्रवर्ती राजा बन्छौ। अरूलाई पनि बनाउँदै जाऊ। जसरी पढाइबाट मनुष्य वकिल बन्छन्, तिमी मनुष्यबाट देवता बन्छौ। बाबा भन्नुहुन्छ– यदि आफू समान बनाउँदैनौ भने सेवाधारी बनेका छैनौ। सेवा कसैको पनि छिप्न सक्दैन। तिम्रो पनि अन्त्यमा प्रभाव निक्लन्छ। अहिले त बच्चाहरूको अवस्था तलमाथि भइरहन्छ। सानो परीक्षा आयो भने पनि बच्चाहरू ओइलाउँछन्। तिमीलाई पनि महसुस हुन्छ– आज मेरो अवस्था यादमा टिकिरहेको छैन। दशाहरू त बदलिरहन्छ नि। बृहस्पतिको दशा हट्यो भने एकदम तल झर्छन्। बिमारी पनि कर्मभोग हो, जसले गर्दा सेवा गर्न सक्दैनन्। अभूल त अन्त्यमा नै बन्छौ तर सदैव यो नशा रहनुपर्छ– हामीलाई परमपिता परमात्माले पढाइरहनु भएको छ भगवान्-भगवती बनाउनको लागि। अहिले यदि फेल भयौ भने कल्प-कल्पान्तर तिम्रो यस्तै पार्ट हुनेछ। बाबाले पनि साक्षी भएर हेरिरहनु भएको छ र आफूलाई पनि देख्नु छ– मैले के सेवा गर्छु? कहिलेकाहीँ मायाले बच्चाहरूलाई थप्पड लगाइदिन्छ। श्रीमतमा नचल्नाले मायाले पिटि-पिटि मुर्दा बनाइदिन्छ। सेवा पनि गर्न पाउँदैनन्। नत्र त देखिरहेका छौ– माताहरूले कति सेवा गर्छन्। कसै-कसैले त देह-अभिमानमा आएर भन्छन्– मैले यिनलाई ज्ञान दिएँ, यो भुल्छन्– बाबाले बच्चाहरूको नाम प्रख्यात गर्नको लागि यिनलाई टच गर्नुभएको हो। देह-अभिमान भएको कारणले जुन सेवा हुनु पर्ने हो, त्यो हुन पाउँदैन। फेरि भन्छन्– बाबा भूल भयो। बाबाले बताउनु भएको छ– ठूला व्यक्तिहरूलाई धेरै युक्तिले सम्झाउनु छ। उनीहरूबाटै आवाज निक्लन्छ र वाह-वाह हुन्छ। बच्चाहरूले अझै योगको शक्ति भर्नु छ। बाबा आएर अब पुरुषार्थ गराउनुहुन्छ, फेरि पनि तकदिरमा छैन भने श्रीमतमा चल्दैनन्। पढ्छौ, लेख्छौ भने बन्छौ नवाब र बाबाको दिलमा चढ्छौ। हेर, सबै बच्चाहरूले बाबालाई बोलाउँछन्– किन? उहाँ बाबा पनि बच्चाहरूको दिलमा चढ्नुभएको छ। बाबाले सेवा गरेर बच्चाहरूलाई कस्तो सुन्दर फूल बनाउनु भएको छ। सेवा गर्नु त कर्तव्य हो। अखबारमा लेख्न सक्छौ– फलानो मर्यो, नथिंग न्यू। यस ड्रामाको रहस्यलाई ब्राह्मणहरूले बुझ्न सक्छन्। शूद्रले त केही पनि बुझ्न सक्दैनन्। उनीहरूलाई त संशय आइरहन्छ। अखबारबाट पनि तिमीले सम्झाउन सक्छौ। उनीहरूले लिन्छन्, पढ्छन् यदि बुझेनन् भने फालिदिन्छन्। यदि कसैको तकदिरमा छैन भने पुरुषार्थ के गर्छन्। फेरि अलिकति पनि धारणा हुँदैन। दिलमा पनि आउँदैन– कसैलाई यो मन्त्र दिऊँ। यसलाई भनिन्छ महामन्त्र, मनमनाभव। ठीक छ, यदि स्वयंले याद गर्दैनौ भने अरूको त कल्याण गर। घर-घरमा यो सन्देश देऊ, बाबा भन्नुहुन्छ– मलाई याद गर। पतित-पावन म नै हुँ। सेवाको लागि चिन्तन चल्नुपर्छ। अच्छा!

मीठे-मीठे सिकीलधे बच्चाहरूप्रति माता-पिता बापदादाको याद-प्यार एवं गुडमर्निङ्ग। रूहानी बाबाको रूहानी बच्चाहरूलाई नमस्ते। रूहानी बच्चाहरूको रूहानी बाबालाई गुडमर्निङ्ग, नमस्ते। 


धारणाको लागि मुख्य सारः

१) आफ्नो बुद्धिलाई हदबाट निकालेर बेहदमा राख्नु छ। अरूलाई पनि बेहदमा ल्याउनु छ। यस पुरानो दुनियाँबाट दिल हटाउनु छ।

२) सदा खुसीमा रहनको लागि धारणा गर्नु र गराउनु छ। हामीलाई भगवान्‌ले पढाइरहनु भएको छ– यो नशा राख्नु छ।

वरदान:

सदा एकरस सम्पन्न मूडमा रहने, पुरुषार्थी सो प्रारब्धी स्वरूप भव:-  

बापदादाले वतनबाट देख्नुहुन्छ– कति बच्चाहरूको मूड धेरै बद्लिरहन्छ, कहिले आश्चर्यवतको मूड, कहिले प्रश्नवाचक मूड, कहिले संशयको मूड, कहिले टेन्शन, कहिले अटेन्शनको झुला... संगमयुग प्रारब्धको युग हो, नकि पुरुषार्थी। त्यसैले जुन बाबाको गुण उही बच्चाहरूको, जुन बाबाको अवस्था उही बच्चाहरूको। यो नै संगमयुगको प्रारब्ध हो। त्यसैले सदा एकरस एउटै सम्पन्न मूडमा रहने गर तब भनिन्छ बाबा समान अर्थात् प्रारब्धी स्वरूपवाला।

स्लोगन:

बापदादाको हातमा बुद्धि रूपी हात भयो भने परीक्षा रूपी सागरमा हल्लिने छैनौ।   



***OM SHANTI***

Google+ Followers