BK Murli 8 December 2016 Nepali

bk murli today

Posted by: BK Prerana

BK Prerana is executive editor at bkmurlis.net and covers daily updates from Brahma Kumaris Spiritual University. Prerana updates murlis in English and Hindi everyday.
Twitter: @bkprerana | Facebook: @bkkumarisprerana
Share:






    BK Murli 8 December 2016 Nepali

    २०७३ मंसिर २३ बिहीबार ८-१२-२०१६ ओम् शान्ति प्रात: मुरली “बापदादा” मधुबन

    “मीठे बच्चे– तिमीले जे सुन्छौ, त्यसमा विचार सागर मन्थन गर्यौम भने बुद्धिमा सारा दिन यो ज्ञान आइरहन्छ।”  

    प्रश्न:

    यहाँको कुनचाहिँ सीप नयाँ दुनियाँको स्थापनामा काम आउँछ?

    उत्तर:

    यहाँ जुन विज्ञानको सीप छ– जसबाट हवाई जहाज, भवन आदि बनाउँछन्, यो संस्कार वहाँ पनि साथमा लिएर जान्छन्। लिन त यहाँ ज्ञान लिँदैनन् तर वहाँ यो सीप साथमा जान्छ। तिमीले अहिले सत्ययुगदेखि लिएर कलियुग अन्त्यसम्मको इतिहास-भूगोल जान्दछौ। तिमीलाई थाहा छ– यी आँखाले जे जति पुरानो दुनियाँका चीज देखिन्छ, त्यो सबै अब खतम हुनु छ।

    गीतः–

    तूने रात गवाई सो के...

    ओम् शान्ति।

    बाबा बसेर बच्चाहरूलाई सम्झाउनु हुन्छ। हुबहु जसरी ५ हजार वर्ष पहिले सम्झाएको थिएँ, त्यसैगरी फेरि पनि सम्झाइरहेको छु– पुरानो दुनियाँको विनाश र नयाँ दुनियाँ सत्ययुगको स्थापना कसरी हुन्छ? अहिले हो पुरानो दुनियाँ र नयाँ दुनियाँको संगमयुग। बाबाले सम्झाउनुभएको छ– नयाँ दुनियाँ सत्ययुगदेखि लिएर अहिले कलियुग अन्त्यसम्म के-के भइरहेको छ! के-के सामग्री छन्! के-के देख्दछौ! यज्ञ, तप, दान-पुण्य आदि के के गर्छन्! यो जे जति देखिन्छ, यो केही पनि रहने छैन। पुरानो कुनै पनि चीज रहँदैन। जसरी पुरानो भवन भत्काउँदा त्यसबाट जो मार्बलको पत्थर आदि राम्रा चीजहरू हुन्छन्, ती राख्छन्। बाँकी तोड-फोड गरिदिन्छन्। तिमी बच्चाहरूलाई थाहा छ– यो पुरानो सबै खतम हुनु छ। बाँकी यो जुन विज्ञानको सीप छ, त्यो कायम रहन्छ। तिमीहरू सबैले जान्दछौ– यो सृष्टि चक्र कसरी घुम्छ? सत्ययुगदेखि कलियुग अन्त्यसम्म के के हुन्छ? यो विज्ञान पनि एक विद्या हो, यसबाट हवाई जहाज, बिजुली आदि सबैथोक बनेका छन्। पहिले यी थिएनन्, अहिले बनेको हो। दुनियाँ त चलि नै रहन्छ। भारतवर्ष हो अविनाशी खण्ड, प्रलय त हुँदैन। यो विज्ञान, जसबाट अहिले यति सुख मिल्छ, त्यो सीप पनि वहाँ रहन्छ। सिकेका चीजहरू अर्को जन्ममा पनि काम आउँछ। केही न केही रहन्छ। यहाँ पनि जहाँ भूकम्प हुन्छ, चाँडै नै सारा नयाँ बनाइदिन्छन्। वहाँ नयाँ दुनियाँमा विमान आदि बनाउनेवाला पनि हुन्छन्। सृष्टि त चलि नै रहन्छ। यो बनाउनेवाला फेरि पनि आउँछन्। अन्त मति सो गति हुन्छ। हुन त उनीहरूमा यो ज्ञान छैन, तर उनीहरू आउनेछन् अवश्य र आएर नयाँ-नयाँ चीजहरू बनाउँछन्। यो विचार अहिले तिम्रो बुद्धिमा छ। यो सबै खतम भएर जान्छ, बाँकी केवल भारत खण्ड नै रहन्छ। तिमी योद्धा हौ। आफ्नो लागि योगबलद्वारा स्वराज्यको स्थापना गरिरहेका छौ। वहाँ सबैथोक नयाँ हुन्छ। तत्व पनि जो तमोप्रधान छन्, ती सतोप्रधान बन्छन्। तिमी पनि नयाँ पवित्र दुनियाँमा जानको लागि अहिले पवित्र बनिरहेका छौ। तिमीलाई थाहा छ– हामी बच्चाहरूले यो सिकेर धेरै बुद्धिमान हुन्छौं। धेरै मीठो फूल बन्छौ। तिमीले कसैलाई पनि यो कुरा सुनायौ भने उनीहरू धेरै खुशी हुन्छन्। जसले जति राम्रोसँग सम्झाउँछ, उससँग धेरै खुशी हुन्छन्। भन्दछन्– यिनले धेरै राम्रो सम्झाउँछन्, तर जब विचार लेख्नको लागि भनिन्छ, भन्छन्– विचार गर्छौं। यति सुन्दैमा हामी कसरी लेखौं? एक पटक सुन्दैमा बाबासँग योग कसरी लगाउन्, यो सिक्न सक्दैनन्। राम्रो त लाग्छ। तिमीले यो अवश्य सम्झाउँछौ– अब पुरानो दुनियाँको विनाश हुनु छ। पापहरूको बोझ शिरमा धेरै छ। यो पतित दुनियाँ हो, पाप धेरै गरिएको छ। रावण राज्यमा सबै पतित छन्, त्यसैले त पतित-पावन बाबालाई बोलाउँछन्। यो ज्ञान अहिले तिमीलाई छ। यसपछि त्रेता आउँछ, सत्ययुगमा यो कसैले जान्दैनन्। वहाँ त प्रारब्ध भोग्छन्। 

    अब तिमी बच्चाहरू कति बुद्धिमान बन्छौ, जान्दछौ– हामीलाई रूहानी बाबाले पढाउनुहुन्छ। बाबा हुनुहुन्छ विश्व सर्वशक्तिमान्‌ अधिकारी, ती हुन् शास्त्रहरूको अधिकारी। ती शास्त्र पढ्नेहरूलाई सर्वशक्तिमान्‌ भनिदैन। यी सबै भक्ति मार्गका शास्त्र हुन्। बाँकी यो जुन बाबाले तिमीलाई पढाइरहनु भएको छ, यो हो नयाँ दुनियाँको लागि नयाँ कुरा। त्यसैले तिमी बच्चाहरूलाई धेरै खुशी हुनुपर्छ। बुद्धिमा सारा दिन यो ज्ञान आइरहोस्। विद्यार्थीले जे पढ्छन्, त्यसलाई फेरि रिभाइज पनि गर्छन्, जसलाई नै विचार सागर मन्थन भनिन्छ। तिमीले यो बुझेका छौ– बाबाले हामीलाई बेहदको पढाइ अथवा सृष्टिको आदि-मध्य-अन्त्यको सारा रहस्य बसेर सम्झाउनु हुन्छ, जसलाई तिमी सिवाए कसैले बुझ्न सक्दैनन्। त्यसैले तिमीलाई धेरै खुशी हुनुपर्छ। तिमी धेरै ठूलो मानिस हौ। तिमीलाई पढाउनेवाला पनि सर्वोच्च बाबा हुनुहुन्छ। तिमीलाई सदैव खुशीको पारा चढिरहनुपर्छ। सदैव बुद्धिमा यो कुरा रिभाइज गर– पहिला सुरूमा हामी पावन थियौं। फेरि ८४ जन्म लिएर पतित बन्यौं, अब ड्रामा योजना अनुसार बाबाले पावन बनाइरहनु भएको छ। साधु-सन्त सबैले भन्छन्– हामी रचयिता बाबा र रचनाको आदि मध्य अन्त्यलाई जान्दैनौं। तिमीलाई थाहा छ– क्राइस्ट फेरि आफ्नो समयमा आउनेछन्। क्रिश्चियनको मानौं सारा पृथ्वीमा राज्य थियो, अब सबै अलग-अलग भएका छन्, आपसमा लडाइ झगडा गरिरहेका छन्। अहिले भन्दछन्– एक राज्य, एक भाषा होस्, मतभेद नहोस्। यो कसरी हुन सक्छ? अहिले त आपसमा लडाइ झगडा गरेर अझै पक्का भएका छन्। सबैको एक दैवी मत होस्– अहिले यो त हुन सक्दैन। भन्न त भन्छन्– रामराज्य होस् तर केही पनि बुझ्दैनन्। तिमीलाई पनि पहिले केही थाहा थिएन। अहिले तिमी ब्राह्मण बनेका छौ, तिमीलाई थाहा छ– हाम्रो युग नै अलग हो। यस संगमयुगमा ब्रह्मा मुख वंशावली ब्राह्मण धर्मको स्थापना हुन्छ। तिमी ब्राह्मण हौ राजऋषि। तिमी पवित्र पनि छौ र शिवबाबासँग राज्य प्राप्त गरिरहेका छौ। उनले योग लगाउँछन् ब्रह्मसँग, एक बाबासँग राख्दैनन्। कसैले कोहीसँग लगाउँछन्, कसैले कोसँग। कोही कसको पुजारी, कोही कसको। यो कसैलाई थाहा नै छैन– सर्वोच्च को हुनुहुन्छ? यसैले बाबाले भन्नुभएको छ– यी सबै हुन् आसुरी सम्प्रदाय, तुच्छ बुद्धि। रावणको दास छन्। तिमी अहिले शिवबाबाको बनेका छौ। 

    तिमीलाई बाबाबाट वर्सा मिल्छ, नयाँ दुनियाँ सत्ययुगको। बाबा भन्नुहुन्छ– हे आत्माहरू! तिमीहरू अब तमोप्रधानबाट सतोप्रधान अवश्य बन्नु छ। त्यसैले केवल मलाई याद गर। कति सहज कुरा छ। गीतामा कृष्णको नाम लेखिदिएका छन्, फेरि उनलाई द्वापर युगमा लगेका छन्। भूल त धेरै ठूलो गरेका छन्। तर यो कुरा उसैको बुद्धिमा बस्छ, जो स्थायी यहाँ आइरहन्छन्। मेलाहरूमा आउन त धेरै आउँछन्, त्यसबाट हेर कलमी कसरी लाग्छ! अनेक धर्मवाला आउँछन्, त्यसमा पनि धेरै हिन्दू धर्मवाला आउँछन्, जो देवी-देवताहरूका पुजारी हुन्छन्। आफैं पूज्य आफैं पुजारी... यसको पनि अर्थ बुझ्नु पर्ने हुन्छ। मेला, प्रदर्शनीमा यति अधिक बुझाउन सकिँदैन। कुनै त ४-५ महिना आएर बुझ्छन्। कसैले अलि राम्रोसँग बुझ्छन्। तिमीले जति धेरै प्रदर्शनी मेलाहरू आदि गर्छौ, त्यति धेरै आउँछन्। सम्झन्छन्– ज्ञान धेरै राम्रो छ, गएर बुझौं। सेन्टरमा यति चित्र हुँदैनन्। प्रदर्शनीमा धेरै चित्र हुन्छन्। तिमीले सम्झाउँदा उनीहरूलाई राम्रो पनि लाग्छ तर बाहिर गएपछि मायाको वायुमण्डल हुन्छ, आफ्नो कामधन्दामा लाग्छन्। अब यो पुरानो दुनियाँ खतम भएर नयाँ बन्छ। बाबाले हाम्रो लागि स्वर्गको बादशाही स्थापना गरिरहनु भएको छ। नयाँ दुनियाँमा गएर हामीले नयाँ महल बनाउँछौं। यस्तो होइन, तलबाट महल निक्लेर आउँछ। पहले-पहले मुख्य यो कुरा निश्चय गर्नु छ– उहाँ हाम्रो बाबा पनि हुनुहुन्छ, टिचर पनि हुनुहुन्छ। मनुष्य सृष्टिको बीजरूप हुनुहुन्छ। उहाँमा सारा ज्ञान छ, त्यसैले त महिमा गाउँछन्– ज्ञानका सागर... त्यो बीज जड हो। त्यसले बोल्न सक्दैन। यहाँ चैतन्य हुनुहुन्छ। बाबाले तिमीलाई सारा ज्ञान दिनुभएको छ, जुन अरूलाई राम्रोसँग बुझाउनु छ। मेला वा प्रदर्शनीमा धेरै आउँछन्। निक्लिन्छन् करोडौंमा कोही कोही। ७-८ दिन आएर फेरि हराउँछन्। यस्तो गर्दै-गर्दै कुनै न कुनै निक्लेर आउँछन्। समय थोरै छ, विनाश सामुन्ने खडा छ। कर्मातीत अवस्थालाई प्राप्त गर्नु छ, अवश्य। पतितबाट पावन हुनको लागि याद धेरै आवश्यक छ। आफ्नो सम्हाल गर्नु छ। मलाई सतोप्रधान बन्नु छ– यो चिन्ता लागिरहोस् किनकि शिरमा जन्म-जन्मान्तरको बोझ छ। रावण राज्य भएपछि सिँढी झर्दै आएका हौ। अब योगबलद्वारा चढ्नु छ। रात दिन यही चिन्ता रहोस्– मलाई सतोप्रधान बन्नु छ र सृष्टि चक्रको ज्ञान पनि बुद्धिमा हुनुपर्छ। विद्यालयमा पनि यो रहन्छ– हामी फलानो-फलानो विषयमा पास हुन सकौं। यसमा मुख्य विषय हो यादको। सृष्टिको आदि मध्य अन्त्यको पनि ज्ञान हुनुपर्छ। तिम्रो बुद्धिमा सारा सिँढीको ज्ञान छ– अब हामी बाबाको यादद्वारा सत्ययुगी सूर्यवंशी घरानाको सिँढी चढ्छौं। ८४ जन्म लिँदै सिँढी झर्दै आयौं, अब फट्ट चढ्नु छ। गायन छ नि– सेकेन्डमा जीवनमुक्ति। यस जन्ममा नै बाबासँग जीवनमुक्तिको वर्सा लिएर देवता बन्छां। बाबा भन्नुहुन्छ– प्यारा बच्चाहरू! तिमी नै सूर्यवंशी थियौ, फेरि चन्द्रवंशी, वैश्यवंशी बन्यौ। अहिले तिमीलाई ब्राह्मण बनाउँछु। ब्राह्मण हुन् चोटी। सर्वोच्च परमपिता परमात्मा आएर ब्राह्मण, देवता, क्षत्रिय तीन धर्मको स्थापना गर्नुहुन्छ। तिमीलाई थाहा छ– अहिले हामी ब्राह्मण वर्णमा छौं। फेरि देवता वर्णमा आउँछौं। बच्चाहरूलाई सधैं कति बुद्धिमा ज्ञान भरिरहन्छु, जसलाई धारण गर्नु छ। नत्र आफू समान कसरी बनाउँछौ? सूर्यवंशी घरानामा धेरै कम आउँछन्, जसले राम्रोसँग पढ्छन् र पढाउँछन्। 

    यस समय तिम्रो गति-मत दुनियाँको भन्दा बिल्कुल भिन्न छ। जसरी भन्छन्– ईश्वरको गति-मत भिन्न छ। तिमीहरू सिवाए कसैले पनि बाबासँग योग लगाउँदैनन्। प्रदर्शनीमा आउँछन् फेरि गइहाल्छन्। ती बन्छन् प्रजा। बाँकी जसले राम्रोसँग पढ्छन्, पढाउँछन्, उनीहरूले राम्रो पद पाउन सक्छन्। फेरि तिम्रो यो मिशन पनि तीव्र हुँदै जानेछ। धेरैलाई आकर्षण हुन्छ, आइरहनेछन्। नयाँ कुरालाई फैलिन समय त लाग्छ नि। चित्र पनि तुरून्तै धेरै बन्छन्। दिन-प्रतिदिन मनुष्य पनि वृद्धि हुँदै जान्छन्। तिमीलाई थाहा छ– यो जो बम आदिको लडाई लाग्छ फेरि के हालत हुनेछ! दिन-प्रतिदिन दुःख अपार हुँदै जान्छ। आखिर यो दुःखको दुनियाँ खतम हुन्छ। टोटल विनाश हुँदैन। शास्त्रहरूमा गायन छ– यो भारत अविनाशी खण्ड हो। तिमीलाई थाहा छ– हाम्रो यादगार हुबहु आबूमा छ। यसमा सम्झाउनुपर्छ। त्यो जड यादगार। यहाँ यथार्थमा स्थापना भइरहेको छ। राजयोग सिकिरहेका छौ, वैकुण्ठको लागि। देलवाडा मन्दिर कति राम्रो बनेको छ। हामी पनि यहाँ आएर बसेका छौं। पहिलेदेखि नै हाम्रो यादगार बनेको छ। तिमी स्वर्गको राजाई पाउनको लागि यहाँ बसेका छौ। भन्छन्– बाबा हामी हजुरसँग राज्य लिएर नै छोड्छौं। जो राम्रोसँग सारा दिन सिमरण गरिरहन्छन् र गराउँछन्, खुशी पनि उनीहरूलाई रहन्छ। विद्यार्थीले स्वयं सम्झन्छन्– हामी पास हुन्छौं वा हुँदैनौं। लाखौं करोडौंमा छात्रवृत्ति कति थोरैलाई मिल्छ। मुख्य हुन् ८ सुनको, फेरि १०८ चाँदीको, बाँकी १६००० तामाको। जस्तै हेर पोपले मेडल्स दिँदा सबैलाई सुनको कहाँ दिन्छन् र। कसैलाई सुनको, कसैलाई चाँदीको। माला पनि त्यस्तै बन्छ। तिमी चाहन्छौ गोल्डेन प्राइज लिन। चाँदीको लिएमा चन्द्रवंशीमा आउँछौ। बाबा भन्नुहुन्छ– मलाई याद गर्यौ भने विकर्म विनाश हुन्छ, अरू कुनै उपाय नै छैन। यही चिन्ता राख, पास हुने। लडाईको हंगामा सुरू हुनेछ, फेरि तीव्र पुरुषार्थ गर्न थाल्नेछन्। परीक्षाको समय विद्यार्थीले पनि फड्को मार्ने पुरुषार्थमा लाग्छन्। यो बेहदको विद्यालय हो। प्रदर्शनीमा खुब अभ्यास गर्दै गर। प्रोजेक्टरद्वारा यति प्रभावित हुँदैनन्, जति प्रदर्शनी देखेर आश्चर्य खान्छन्। अच्छा! 

    मीठे-मीठे सिकीलधे बच्चाहरूप्रति माता-पिता बापदादाको याद-प्यार एवं गुडमर्निङ्ग। रूहानी बाबाको रूहानी बच्चाहरूलाई नमस्ते। रूहानी बच्चाहरूको रूहानी बाबालाई गुडमर्निङ्ग, नमस्ते। 


    धारणाको लागि मुख्य सारः

    १) पुरानो दुनियाँको विनाश हुनुभन्दा पहिले आफ्नो कर्मातीत अवस्था बनाउनु छ, यादमा रहेर सतोप्रधान बन्नु छ।

    २) सदा यही खुशी रहोस्– हामीलाई पढाउनेवाला स्वयं सर्वोच्च बाबा हुनुहुन्छ। पढाइ राम्रोसँग पढ्नु र पढाउनु छ। सुनेर विचार सागर मन्थन गर्नु छ।

    वरदान:

    मैपनको बोझलाई समाप्त गरेर प्रत्यक्षफलको अनुभव गर्ने, बालक सो मालिक भव:-   

    कुनै पनि प्रकारको मैपन आयो भने बोझ शिरमा आउँछ। तर जब बाबाले भनिरहनु भएको छ– सबै बोझ मलाई देऊ। तिमी केवल नाँच, उड... फेरि सेवा कसरी होला? भाषण कसरी गर्ने भन्ने प्रश्न किन गर्छौ? तिमी केवल निमित्त सम्झेर कनेक्शन पावर हाउससँग जोडिराख, निराश नबन। बापदादाले सबैथोक स्वतः गराइदिनुहुन्छ। बालक सो मालिक सम्झेर श्रेष्ठ स्टेजमा स्थित रहने गर अनि प्रत्यक्ष फलको अनुभूति गरिरहनेछौ।

    स्लोगन:

    ज्ञान दानको साथ-साथै गुणदान गर्यौू भने सफलता मिलिरहन्छ।  



    ***OM SHANTI***