BK Murli 9 December 2016 Nepali

BK Murli 9 December 2016 Nepali

२०७३ मंसिर २४ शुक्रबार ९-१२-२०१६ ओम् शान्ति प्रात: मुरली “बापदादा” मधुबन

“मीठे बच्चे– तिम्रो अनुहार सदा प्रसन्न होस्, बोलीमा हिम्मत र उत्साह होस्, तब तिम्रो कुराको प्रभाव पर्छ।”  

प्रश्न:

कुनचाहिँ ड्युटी वा कर्तव्य बाबाको हो, जुन कुनै पनि मनुष्यले गर्न सक्दैन?

उत्तर:

विश्वमा शान्ति स्थापना गर्नु वा पतित सृष्टिलाई पावन बनाउनु, यो ड्युटी बाबाको हो। कुनै पनि मनुष्यले विश्वमा शान्ति ल्याउन सक्दैन। हुन त सभा, सम्मेलन आदि गर्छन् शान्ति पुरस्कार दिन्छन्। तर शान्ति स्थापना तब हुन्छ, जब पहिला पवित्रतामा रहन्छन्। पवित्रताद्वारा नै शान्ति र समृद्धि मिल्छ। बाबा आएर यस्तो पवित्र दुनियाँ स्थापना गर्नुहुन्छ, जहाँ शान्ति हुन्छ।

गीतः–

तुम्हीं हो माता पिता....

ओम् शान्ति।

बच्चाहरूले कसको महिमा सुन्यौ? ब्रह्माको, सरस्वतीको वा शिवको? जब भनिन्छ– हजुर सिवाय अरू कोही छैन, फेरि अरू कसको महिमा गर्न सकिन्छ? हुन त ब्राह्मण चोटी हुन् तर उनीहरूभन्दा माथि शिवबाबा हुनुहुन्छ नि। उहाँ सिवाय अरू कसैको महिमा छैन। अहिले धेरैलाई शान्ति पुरस्कार पनि दिन्छन्। यस दुनियाँको समाचार पनि सुन्नु पर्ने हुन्छ। तिम्रो बुद्धिमा नयाँ दुनियाँको समाचार छ। अब हामी जान्छौं, नयाँ दुनियाँमा। तिमी बच्चाहरूलाई थाहा छ– एक बाबा सिवाय अरू कसैको महिमा छैन। बाबा भन्नुहुन्छ– म हुँ, तिमी पतितहरूलाई पावन बनाउनेवाला। म नभएको भए, तिमी ब्राह्मण कहाँ हुन्थ्यौ? तिमी ब्राह्मणले अहिले सिकिरहेका छौ, बाबाबाट वर्सा पाइरहेका छौ। शूद्रले त वर्सा पाउन सक्दैन। त्यसैले बलिहारी एक बाबाको हुन्छ। हुन त रूहानी सेवाधारी ब्राह्मणहरूको पनि गायन छ। देवी-देवताहरूको पनि गायन छ। तर यदि शिवबाबा नभएको भए, यिनीहरूको पनि महिमा कहाँबाट हुन्थ्यो? गाउँछन् पनि– मेरा त एक शिवबाबा, दोस्रो न कोही। वर्सा पनि उहाँबाट नै मिल्छ। बाबा भन्नुहुन्छ– मलाई कुनै शान्ति पुरस्कार मिल्दैन। म त निष्काम सेवाधारी हुँ। मलाई के तक्मा दिन्छौ? मलाई कुनै तक्मा दिन्छौ! मैले पुरस्कार के गर्ने! कसैले सुन आदिको तक्मा बनाएर दिन्छन् अथवा पत्रिकामा राख्छन्। मेरो लागि के गर्छौ? प्यारा बच्चाहरू, म त पिता हुँ। बाबाको कर्तव्य हो पतितलाई पावन बनाउनु। ड्रामा अनुसार मैले सबैलाई मुक्ति-जीवनमुक्ति दिनु छ। सेकेन्डमा जीवनमुक्ति? जसरी जनकको नाम छ, उनी फेरि अनुजनक बने। त्यस्तै यहाँ पनि नाम हुन्छ। जसरी कसैको लक्ष्मी नाम हुन्छ, तर अहिले जीवन बन्धनमा छन्। तिमी अब सच्चा लक्ष्मी, सच्चा नारायण बनिरहेका छौ। यहाँ नै यस्ता नाम धेरैको छ र अरू धर्ममा यस्तो-यस्तो नाम सुनिँदैन। यहाँ नै किन राख्छन्? किनकि यो पूर्वजको यादगार हो। नत्र भने फरक हेर कति छ! यहाँका लक्ष्मी-नारायण नाम भएकाहरू मन्दिरमा गएर सत्ययुगी लक्ष्मी-नारायणको अगाडि शिर निहुराउँछन्, पूजा गर्छन्। उनीहरूलाई भनिन्छ श्री लक्ष्मी, श्री नारायण। आफूलाई श्री भन्न सक्दैनन्। पतित, श्रेष्ठ कसरी हुन सक्छ? उनीहरूले भन्छन्– हामी विकारी पतित छौं। यिनीहरू निर्विकारी पावन हुन्। हुन त उनीहरू पनि मनुष्य हुन्। उनीहरू बितेर गएका हुन्। यो सबै कुरा अरू कोहीले जान्दैनन्। तिमीलाई बाबा बसेर सम्झाउनुहुन्छ र हरेक प्रकारको निर्देशन पनि दिनुहुन्छ। अब विराट् रूपको चित्र पनि अवश्य हुनुपर्छ। देवताहरू नै अन्त्यमा आएर शूद्र बन्छन्। भेराइटी छ नि। अरू कोहीको यस्तो विराट् रूप बनेको छैन। ८४ जन्म पनि तिमीहरूले नै लिन्छौ। पूज्य र पुजारी पनि तिमी नै बन्छौ। यति धेरै पुजारीको लागि फेरि पूज्य पनि धेरै चाहिन्छ नि। त्यसैले कति चित्र बसेर बनाएका छन्। हनुमान्लाई पनि पूज्य बनाएर राखेका छन्। त्यसैले विराट् रूपको चित्र पनि आवश्यक छ। हिसाब चाहिन्छ नि। कुन हिसाबले हामीले ८४ जन्म लिन्छौं? माथि चोटी पनि अवश्य दिनुपर्छ। विष्णुको रूप पनि ठिक छ किनकि प्रवृत्ति मार्ग हो नि। ब्राह्मणहरूको चोटी पनि स्पष्ट गरेर बताउनुपर्छ। चित्र यति ठूलो बनाउनुपर्छ, जसमा लेखाइ पनि आओस्। ज्ञान तिमीले धेरै सजिलै दिन सक्छौ। वास्तवमा बाबालाई पुरस्कार केही पनि मिल्दैन। पुरस्कार तिमीलाई मिल्छ। पवित्रता, शान्ति र समृद्धिको राज्य तिमीले नै स्थापना गर्छौ। तिमीले कसैलाई पनि भन्न सक्छौ– हामीले यो स्थापना गरिरहेका छौं। हामीले जुन यति सेवा गर्छौं, त्यसको पुरस्कार हामीलाई मिल्छ– विश्वको बादशाही। कति राम्ररी बुझ्नु पर्ने कुरा छ। 

बाँकी यहाँ कसैलाई शान्ति पुरस्कार के मिल्छ? तिमीले लेख्न सक्छौ– श्रीमत अनुसार हामीले पवित्रता, शान्ति तथा समृद्धि २५०० वर्षको लागि स्थापना गरिरहेका छौं। तर बच्चाहरूलाई यति नशा चढेको छैन। नशा कसलाई चढ्छ? के शिवबाबालाई? जसलाई पूरा नशा चढ्छ, उसले त्यो नशासँग सम्झाउँछ। पहिला त नशा ब्रह्मालाई चढ्छ, त्यसैले शिवबाबा भन्नुहुन्छ– फलो फादर। तिमी पनि यति नै उच्च पुरुषार्थ गरेर यस्तो बन्नु छ। यी बाबाले भन्छन्– मलाई बाबाद्वारा शिक्षा मिलिरहेको छ। तिमीले पनि शिवबाबालाई याद गर। हामी त पुरुषार्थी हौं। शिवबाबा भन्नुहुन्छ– मेरो त ड्युटी छ पावन बनाउने, यसमा मेरो महिमा के गर्छौ? मलाई पुरस्कार के दिन्छौ? कसैले पनि मेरो यो ड्युटी लिन कसरी सक्छ! आजकल धेरैलाई शान्ति पुरस्कार मिलिरहन्छ। तिमीले सोध्न सक्छौ– तपाईले शान्ति स्थापना गर्न सक्नुहुन्छ? शान्ति स्थापना गर्ने त एक बाबा मात्रै हुनुहुन्छ। पहिला हुनुपर्छ पवित्रता। शान्ति त छ शान्तिधाम, सुखधाममा। निराकारी दुनियाँमा अथवा साकारी वैकुण्ठमा। यो पनि सम्झाउनुपर्छ। शान्ति स्थापना गर्नेवाला को हो? तिमीले बोलाउँछौ पनि– आएर पावन दुनियाँ स्थापना गर्नुहोस्। यो कसले सम्झाउँछ? दुवै सँगै हुनुहुन्छ नि। चाहे दुवैको नाम लेऊ, चाहे एकको नाम लेऊ। बच्चू बादशाह, पीरु वजीर। तिमीले के सम्झन्छौ? विचार सागर मन्थन कसले गर्छ? शिवबाबा गर्नुहुन्छ वा ब्रह्मा। हुनुहुन्छ दुवै सँगै। यो कुरा गुँडले जानोस् वा गुँडको गोथरीले जानोस्। तिमीलाई थाहा हुँदैन– कसले निर्देशन दिइरहेको छ, चित्र बनाउन र सम्झाउनको लागि। हामीले जुन रूहानी सेवा गरिरहेका छां, त्यो पनि ड्रामा अनुसार भएको छ। पढ्ने र पढाउनेवाला कहिल्यै छिपेर रहन सक्दैनन्। हो, तूफान त अवश्य आउँछन्। यी ५ विकारले नै दिक्क पार्छन्। रावण राज्यमा बुद्धिले गलत काम नै गराउँछ किनकि बुद्धिलाई ताला लाग्छ । मायाले सबैलाई ताला लगाइ दिएको छ। ज्ञानको तेस्रो नेत्र अहिले मिलेको छ। 

बाबा बसेर सम्झाउनुहुन्छ– तिमीहरू अहिले के बनेका छौ? यी ब्रह्माले पनि सम्झन्छन्– म के थिएँ, फेरि ८४ जन्म पछि के बन्छु! यहाँ ८४ जन्म यी लक्ष्मी-नारायणको नै गनिन्छ। बाबा पनि यहीँ आउनुभएको छ। शिवजयन्ती पनि यहाँ नै हुन्छ। बाबा भन्नुहुन्छ– म पतित शरीरमा प्रवेश गरेर पतित दुनियाँमा नै आउँछु। नम्बर एक पावन, फेरि नम्बर एक पतित बन्छन्। यतिबेला पतित त सबै छन् नि। सेवाधारी बच्चाहरूको बुद्धिमा सारा दिन यही ज्ञान रहन्छ। बाबा भन्नुहुन्छ– गृहस्थ व्यवहारमा रहेर एक त पवित्र बन र बाबालाई याद गर। सत्सङ्ग पनि बिहान र बेलुकी हुन्छ। दिनमा त व्यवहारमा रहन्छन्, भक्ति गर्छन्। कोहीले कसको पूजा गर्छन्, कोहीले कसको। वास्तवमा स्त्रीलाई त भन्छन्– पति नै तिम्रो सबैथोक हो, फेरि त उनले कसैको पूजा गर्न नपर्ने। पतिलाई नै गुरु, ईश्वर सम्झन्छन्। तर यस्तो विकारीको लागि कहाँ भन्न सकिन्छ र? पतिहरूका पति, गुरुहरूका गुरु त एक नै निराकार परमपिता परमात्मा हुनुहुन्छ। तिमीहरू सबै हौ सजनी, एकै साजन हुनुहुन्छ। उनीहरूले फेरि पतिलाई सम्झन्छन्। वास्तवमा बाबा त आएर माताहरूको स्थान उच्च बनाउनुहुन्छ। गायन पनि छ– पहिला लक्ष्मी, पछि नारायण। त्यसैले लक्ष्मीको मान बढी ठहरियो। त्यसैले स्वर्गको मालिक बन्ने कति नशा हुनुपर्छ, कल्प पहिला पनि शिवजयन्ती मनाइएको थियो। बाबा आउनुभएको थियो, स्वर्गको स्थापना गर्नुभएको थियो। बाबा आएर राजयोग सिकाउनुहुन्छ। हामीले राज्य पनि लिन्छौं र पुरानो दुनियाँको विनाश पनि हुनु छ। अरू कसैको बुद्धिमा यो कुरा हुन सक्दैन। बुद्धिमा यी सबै कुरा धारणा रह्यो भने हर्षित रहन्छौ। हिम्मत र उत्साह चाहिन्छ। यसमा बोल्ने अभ्यास गर्नु पर्ने हुन्छ, वकिलहरूले पनि अभ्यास गरेर लायक बन्छन्। नम्बरवार त हुन्छन्। फस्टक्लास, सेकेन्ड क्लास, थर्ड क्लास, फोर्थ क्लास त हुन्छन् नै। बच्चाहरूको अवस्था पनि यस्तै छ। बच्चाहरूमा त धेरै मिठास हुनुपर्छ। मधुर एवं स्पष्ट शब्दमा कुरा गर्नाले प्रभाव पर्छ। शान्ति स्थापना गर्ने एक बाबा नै हुनुहुन्छ, बोलाउँछन् पनि उहाँलाई। बाबा भन्नुहुन्छ– मलाई पुरस्कार क दिन्छौ! मैले त तिमी बच्चाहरूलाई पुरस्कार दिन्छु। तिमीले शान्ति र समृद्धि स्थापना गर्छौ। तर तिमी छौ गुप्त। पछि गएर प्रभाव निक्लिदै जान्छ। देख्छन् पनि, बी.केले बडो कमाल गर्छन्। दिन-प्रतिदिन सुध्रिँदै पनि जान्छन्। कसैसँग धन धेरै छ भने घर पनि राम्रा-राम्रा मार्बलका बनाउँछन्। तिमीले पनि धेरै सिक्दै गयौ भने यी चित्र आदि पनि भव्य बन्दै जान्छन्। हरेक कुरामा समय लाग्छ। यो त धेरै ठूलो परीक्षा हो। तमोप्रधानबाट सतोप्रधान बन्नु छ। अरू कोहीसँग हाम्रो सम्बन्ध नै छैन। तमोप्रधानबाट सतोप्रधान कसरी बन्ने, यसको लागि युक्ति बाबा बसेर बताउनुहुन्छ। गीतामा पनि छ– मनमनाभव। तर यसको अर्थ जान्दैनन्। अहिले बाबा सम्मुख बसेर सम्झाउनुहुन्छ। बच्चाहरूले जान्दछन्– आधाकल्प हुन्छ भक्ति, आधाकल्प हुन्छ ज्ञान। सत्ययुग-त्रेतामा भक्ति हुँदैन। ज्ञान हो दिन, भक्ति हो रात। मनुष्यको नै दिन र रात हुन्छ। यो हो बेहदको कुरा। ब्रह्माको दिन, ब्रह्माको रात। दिनमा हेर लक्ष्मी-नारायणको राजधानी हुन्छ नि। अहिले छ रात। यो रहस्य कति राम्रो छ। ब्रह्मा बन्न ५ हजार वर्ष लाग्छ। ८४ जन्म लिन्छन् नि। तिमीले भन्छौ– हम सो देवता बन्छौं। यो त बुद्धिमा राम्रोसँग याद गर्नुपर्छ। सृष्टि चक्र बुद्धिमा रहनु पर्छ। यी लक्ष्मी-नारायणको चित्र देखेर धेरै खुशी हुनुपर्छ। यो हो लक्ष्य-उद्देश्य। राजयोग सिकिरहेका छौ– नरबाट नारायण बन्नको लागि। 

कृष्ण सत्ययुगका राजकुमार थिए। वहाँ बसेर गीता कहाँ सुनाइन्छ र? कति ठूलो भूल भएको छ। यो भूल बाबा बाहेक कसैले बताउन सक्दैन। यो पनि तिमी बच्चाहरूले नै जान्दछौ, अरू त सबै विषय सागरमा गोता खाइरहन्छन्। धेरैलाई त मायाले एकदमसँग गलामा समातेर नालीमा गिराउँछ। बाबा भन्नुहुन्छ– नालीमा नगिर। नत्र धेरै पछुताउन पर्छ। पछुताउन नपरोस्, त्यसैले बाबाले सम्झाउनुहुन्छ। कतिलाई धेरै जोश आउँछ, तुरून्त मान्छन्। कतिले लेख्छन्– बाबा पहिले नै मगनी गरिसकेको छु। अब के गर्ने? बाबा भन्नुहुन्छ– तिमीले कमाल गरेर देखाऊ। उनलाई पहिले नै भनिदेऊ– तिमीले पतिको आज्ञामा चल्नुपर्छ। यो ग्यारेन्टी गर– म पवित्र रहन्छु। पहिले नै लेखाऊ– जे मैले भन्छु, मान्नुपर्छ। लेखाएर लेऊ फेरि चिन्ता छैन। कन्याले त यसरी लेखाउन सक्दिनन्। उनले पुरुषार्थ गर्नुपर्छ– मैले विवाह गर्नु छैन। कन्याहरू धेरै खबरदार रहनु छ। 

बाबा भन्नुहुन्छ– तिमीले मलाई के सम्झन्छौ? भन्दछौ– हे पतित-पावन आएर पावन बनाउनुहोस्, के मेरो यही धन्दा हो! बाबाले बच्चाहरूसँग हाँसोठट्टा गर्नुहुन्छ। तिमीले बोलाउँछौ– बाबा हामी पतित भएका छौं, आएर पावन बनाउनुहोस्। बाबा पराई देशमा आउनुहुन्छ। यो पतित दुनियाँ हो नि। म यिनमा प्रवेश भएर पावन बनाउनु छ। यिनले त फेरि आएर पावन शरीर लिन्छन्। मेरो भाग्यमा त यो पनि छैन। मलाई पतित शरीरमा नै आउनुपर्छ। यो ज्ञान सुनेर धेरैलाई खुशी धेरै हुन्छ। यो कति महान् ज्ञान छ। त्यसैले पुरुषार्थ पनि पूरा गर्नुपर्छ। राम्रा पुरुषार्थीहरूको नाम त बाबाले गायन गर्नुहुन्छ। मनुष्यले त मोज उडाउँछन्। सम्झन्छन्– हामी त स्वर्गमा बसेका छौं। यहाँ त सहन गर्नुपर्छ। जस्तो बाबाले खुवाउनुहुन्छ, पियाउनुहुन्छ, जहाँ बसाउनुहुन्छ। कदम-कदम श्रीमतमा चल्नु छ। अच्छा! 

मीठे-मीठे सिकीलधे बच्चाहरूप्रति माता-पिता बापदादाको याद-प्यार एवं गुडमर्निङ्ग। रूहानी बाबाको रूहानी बच्चाहरूलाई नमस्ते। रूहानी बच्चाहरूको रूहानी बाबालाई गुडमर्निङ्ग, नमस्ते।


धारणाको लागि मुख्य सारः

१) याद शिवबाबालाई, अनुसरण ब्रह्मा बाबालाई गर्नु छ। ब्रह्माबाबा समान उच्च पुरुषार्थ गर्नु छ। ईश्वरीय नशामा रहनु पर्छ।

२) तमोप्रधानबाट सतोप्रधान बन्नु छ, बाँकी कुनै कुराको पर्बाह गर्नु हुँदैन। कदम-कदम श्रीमतमा चल्नु पर्छ।

वरदान:

बालक सो मालिकपनको स्मृतिद्वारा सर्व खजानाहरूको अधिकारी, प्राप्ति सम्पन्न भव:-  

हामी बाबाका सबै खजानाहरूका बालक सो मालिक हौं, नेचुरल योगी, नेचुरल स्वराज्य अधिकारी हौं। यस स्मृतिद्वारा सर्व प्राप्ति सम्पन्न बन। यही गीत सदा गाइराख– “जे पाउनु थियो त्यो पाएँ”। कहिले गुमाउने, कहिले प्राप्त गर्ने– यो खेल नगर। पाउँदैछु, पाउँदैछु– यो अधिकारीको बोल होइन। जो सम्पन्न बाबाका बालक, सागरका बच्चा हुन्, उनीहरूले नोकरले जस्तो मेहनत गर्दैनन्।

स्लोगन:

योगबलद्वारा कर्मभोगमाथि विजय प्राप्त गर्नु– यही श्रेष्ठ पुरुषार्थ हो।   

 

***OM SHANTI***

Google+ Followers