BK Murli 1 February 2017 Nepali

bk murli today

Posted by: BK Prerana

BK Prerana is executive editor at bkmurlis.net and covers daily updates from Brahma Kumaris Spiritual University. Prerana updates murlis in English and Hindi everyday.
Twitter: @bkprerana | Facebook: @bkkumarisprerana
Share:






    BK Murli 1 February 2017 Nepali

    २०७३ माघ १९ बुधबार ०१-०२-२०१७ ओम् शान्ति प्रातः मुरली “बापदादा” मधुबन

    “मीठे बच्चे– सधैं अमृतबेला ज्ञान र योगको धूपबत्ती बाल्यौ भने विकार रूपी भूत भाग्नेछन्।  

    प्रश्न:

    कुनचाहिँ एक भूलले अनेक भूतहरूलाई भित्र प्रवेश गराउँछ?

    उत्तर:

    म आत्मा हुँ, यो कुरा भुल्नाले भित्र अनेक भूत प्रवेश हुन्छन्। देह-अभिमानको भूत सबैभन्दा ठूलो हो, जसको पछाडि सबै आउँछन्। त्यसैले जति हुन सक्छ देही-अभिमानी बन्ने पुरुषार्थ गर।

    गीत:–

    आज अन्धेरे में हैं इंसान...

    ओम् शान्ति।

    बाबा बसेर बच्चाहरूलाई यस गीतमा सम्झाउनु हुन्छ, भगतले भगवान्‌सँग चाहन्छन्– भगवान्‌ आएर हामीलाई साक्षात्कार गराइदिऊन् । अब तिमी बच्चाहरू त सम्मुख बसेका छौ। तिमीले ईश्वरलाई पाएका छौ, यी आँखाले देखेका छौ। ईश्वरलाई कसरी पाइन्छ, त्यो स्वयं नै आएर बताउनुहुन्छ अर्थात् यो ज्ञान दिनुहुन्छ, सम्झाउनु हुन्छ– यस तनद्वारा। तिमीहरू सबै आत्माहरूले पनि यस तनद्वारा आ-आफ्नो पार्ट खेलिरहेका छौ, विना शरीर त कसैले पार्ट खेल्न सक्दैन। पार्ट आत्माले नै खेल्छ, शरीरद्वारा। शरीरको नाम पनि भिन्न-भिन्न राखिन्छ। आत्मा त एउटै हो। आत्माले स्वयं भन्छ र बाबाले पनि सम्झाउनु हुन्छ– ८४ जन्म आत्माले लिन्छ। आत्माले भन्छ– मैले एक शरीर छोडेर अर्को लिन्छु। शरीरले त भन्दैन नि। अब तिमी बच्चाहरूले त बुझिसकेका छौ– हामी आत्मा हौं नकि शरीर। बाबा आएर हामीलाई आत्म-अभिमानी बनाउनुहुन्छ। यस शरीरद्वारा आत्माले नै सबैथोक गर्छ। शरीर भित्र आत्माले भन्छ– यस शरीरद्वारा म घुमफिर गर्छु। म आत्मा न्यायाधीश, वकील आदि बन्छु। आत्माले भन्छ– म यस शरीरद्वारा राजयोग सिक्छु। फेरि गएर राजा-रानीको पोशाक पहिरिन्छु। अब तिमीलाई आत्म-अभिमानी बनाइन्छ। देह-अभिमानमा आउनु– यही पहिलो नम्बरको भूल हो, जसबाट फेरि अरू भूलहरू पनि हुन्छन्। यसलाई देह-अभिमानको भूत भनिन्छ। हरेक मनुष्यमा ५ भूत त अवश्य छन् । भूतहरूलाई भगाउनको लागि नै धूपबत्ती गरिन्छ। यी ५ विकार रूपी भूतहरूको लागि धूपबत्ती हो– ज्ञान र योग। यी त्यति छिट्टै भाग्दैनन्। उनीहरूलाई भठ्ठीमा राखिन्छ किनकि यी ५ विकार ठूला पुराना दुस्मन हुन्। बाबा भन्नुहुन्छ– प्यारा बच्चाहरू! तिमीहरूमा यी भूतहरूको प्रवेशता भएको आधाकल्प भयो, जबदेखि रावणराज्य सुरु भयो। वास्तवमा रावणलाई दुस्मन सम्झेर जलाउँछन्। एक पटक यसलाई जलाइयो, अनि फेरि रसम चल्दै आयो। यस समय तिमीले यी ५ विकारमाथि विजय पाएका थियौ। रावण मुर्दाबाद भएको थियो– आधाकल्पको लागि। बच्चाहरूले भन्छन् फेरि बाबा! यो कहिले जिन्दाबाद हुनेछ? प्यारा बच्चाहरू, फेरि आधाकल्प पछि जिन्दाबाद हुन्छ। आफ्नो राज्य गर्नेछौ। भन्छन् नि रामराज्य चाहिन्छ। त्यसोभए अहिले कुनचाहिँ राज्य हो? रावण राज्य हो नि, सत्ययुगमा रावण राज्य नै हुँदैन, वहाँ हुन्छ रामराज्य। ठीक छ, रामराज्य भन्दा पहिले सुरुमा राजा-रानी को थिए? यो पनि कसैले जान्दैनन्। राम-राम भन्छन् त्यसैले रामलाई माथि लगेका छन्। 

    कृष्णलाई तल लगेका छन्। सत्ययुगको त मानौं उनीहरूलाई थाहै छैन। तिमीले प्रदर्शनीमा पनि लेखिदेऊ– हरेक मनुष्यमा ५ भूतहरूको प्रवेशता छ। कम से कम ७ दिन भठ्ठीमा रहून्, तब यी भूत सबै भाग्नेछन्। त्यसको लागि ज्ञान र योगको धूप चाहिन्छ। यस विना कहिल्यै मुक्ति-जीवनमुक्ति पाउन सकिँदैन। यस ज्ञान र योगको इन्जेक्शन एकै सर्जनको पासमा छ। अब यो ज्ञान आत्मालाई मिलिरहेको छ। आत्माले सम्झन्छ– बाबाले मलाई सम्झाइरहनु भएको छ, अरू कुनै भाषामा यस्तो भनिदैन– परमपिता परमात्माले हामीलाई पढाइरहनु भएको छ। भगवान्‌ स्वयं पनि निराकार हुनुहुन्छ भने बच्चाहरू पनि निराकार छन्। निराकार यस साकारद्वारा, साकारी बच्चाहरूलाई ज्ञान दिइरहनु भएको छ। यो तिमीले राम्रोसँग जानेका छौ। तर चल्दा-चल्दै कति बच्चाहरूले बिर्सिन्छन्। बिर्सिनुको पनि पहिलो मुख्य कारण हो देह-अभिमानको भूत। त्यसलाई भगाउन अमृतबेला नै पुरुषार्थ गर्नुपर्छ। अमृतबेला बाबाको याद राम्रो रहन्छ। भनिन्छ– सिमर-सिमर सुख पाओ । अमृतवेलाको नै नियम हुन्छ। भक्तहरूले पनि अमृतवेला नै याद गर्छन्। राम सिमर प्रभात मोरे मन... आत्माले बुद्धिलाई भन्छ– रामलाई याद गर। भक्तिमार्गमा त यस्तै टुक्का बनाउँछन्। त्यसमा कुनै वास्तविकता छैन। बुझ्दैनन्– काम पनि भूत हो। तिमीले लेख्न सक्छौ– सबैमा ५ भूत छन्। पहिलो नम्बर हो देह-अभिमान। फेरि सेकेण्ड नम्बर हो काम महाशत्रु। पहिले स्कुलमा पनि पढाउँथे– तिमी आत्मा हौ, यो शरीर ५ तत्त्वहरूले बनेको छ। आत्मा अविनाशी हो, शरीर विनाशी हो। अब त यो पढाइ आदि केही छैन। अहिले तिमी बच्चाहरूलाई पूरा-पूरा परिचय दिइन्छ। राष्ट्रपतिलाई अवश्य राष्ट्रपति नै भनिन्छ। प्रधानमन्त्रीलाई प्रधानमन्त्री, दुवैको काम आ-आफ्नो हुन्छ। त्यस्तै परमपिता परमात्मा अनि फेरि त्रिमूर्ति, उनीहरूको कार्य पनि आ-आफ्नो छ। शिवलाई भनिन्छ नै पतित-पावन। उहाँले ब्रह्माद्वारा पतितहरूलाई पावन बनाउनुहुन्छ, उहाँको यो ड्युटी हो। यसरी सबैभन्दा ठूलो त हुनुहुन्छ शिव। शिवबाबा कहिल्यै जन्म-मरणमा आउनुहुन्न। ब्रह्माद्वारा सेवा गर्नुहुन्छ। शिवबाबा हुनुहुन्छ सदा पवित्र। ब्रह्मा विष्णु पुनर्जन्ममा आउँछन्। शिवबाबा त गर्ने-गराउनेवाला हुनुहुन्छ। यस समय बाबाले मीठो वृक्षको कलमी लगाइरहनु भएको छ। जो अरू धर्ममा कनभर्ट भएका छन्, ती सबै निस्केर आउँछन्। यो यति धेरै ज्ञान नयाँ कसैले बुझ्न सक्दैन। ७ दिन भठ्ठीमा नबसेसम्म मुक्ति-जीवनमुक्ति कसैले पाउन सक्दैन। तिमीले पनि भूतहरूलाई निकाल्नको लागि कति मेहनत गरेका छौ। 

    बुद्धि जब पवित्र हुन्छ, तब ज्ञान अमृत अडिन सक्छ। तिमी बच्चाहरूले बुझ्न सक्छौ– वास्तवमा बाबाको याद भुलिन्छ। धेरै देह-अभिमान आउनाले फेरि मित्र-सम्बन्धी आदि तिर लभ जान्छ। कसैलाई पनि मोहको भूत नआओस्। बाबाका कति धेरै बच्चाहरू छन्। मोहको कुरा नै छैन, जान्नुहुन्छ– आत्मा कहिल्यै मर्दैन। मर्ने नै डर रहन्छ। आत्मा पनि अविनाशी हो, परमात्मा पनि अविनाशी हुनुहुन्छ। उहाँ जन्म-मरणमा आउनुहुन्न। बाबा भन्नुहुन्छ– म यस शरीरको लोन लिन्छु। म रहनाले यिनलाई धेरै फाइदा छ। यिनको आयु बढ्छ, सुन्दर हुनेछ। यिनका सबै कमजोरीहरू खतम गरेर बिल्कुल नयाँ बनाइदिन्छु। बाबा त हुनुहुन्छ नै सुख दाता, मेरो कारण यिनले योग सिक्छन्, त्यसैले त तन्दुरुस्त बन्छन्। कसैलाई गाली दिनु, रिसाउनु– यो सबै आसुरी स्वभाव हो। सत्ययुगमा यो गाली आदि नै हुँदैन। नाम नै कति फस्टक्लास छ– हेविन, वैकुण्ठ, प्याराडाइज। भन्दछन्– क्राइस्ट भन्दा ३ हजार वर्ष पहिले यहाँ स्वर्ग थियो। यस हिसाबले वास्तवमा ५ हजार वर्ष नै भयो। यो सत्य ज्ञान र सत्य नारायणको कथा कति सहज छ। हामी अहिले नरबाट नारायण बन्ने सत्य कथा सुन्छौं– राजयोगको। फेरि यहाँको कुरा भक्तिमार्गमा सुरु हुन्छ, आश्चर्य छ नि। कसैलाई थाहा नै छैन– लक्ष्मी-नारायण नै राधा-कृष्ण थिए। त्यसैले हामीले यो चित्र बनाइरहन्छौं, जसबाट मनुष्यले बुझून्। तिमी बच्चाहरूको सेन्टर वृद्धि भइरहनेछन्। धेरैले चाहन्छन्– सेन्टर खोलौं, चेक गर्नुपर्छ– कति पढ्नेवाला छन्? स्कुलमा विद्यार्थी त चाहिन्छ नि। पहिले २-४ आउँछन्, फेरि बढ्दै जान्छन्। गल्ली-गल्लीमा मन्दिर, टिकाणे खुलिरहन्छन्। फेरि एक अर्कालाई देखेर धेरै आउँछन्। सेन्टर खोल्ने जस्तो पनि हुनुपर्छ नि। गाह्रो छैन खोल्न, तर विघ्न धेरै पर्छन् विकारको कारण। हामीले त केवल गीता सुनाउँछौं। तर सुरुदेखि यस विषको कारण झगडा चलि नै रहन्छ। सम्झन्छन्– यहाँ गएपछि विषको प्याला मिल्दैन। यसमा मीराको इतिहास पनि छ। यस्तो त धेरै कन्या र बालक ब्रह्मचारी रहन्छन्, उनलाई त कसैले केही भन्दैन। यिनले त कल्प पहिले पनि गाली खाएका थिए, यो त हुनु नै छ। कुनैले त पवित्रताको प्रतिज्ञा गर्छन्, फेरि हार पनि खान्छन्। कल्प-कल्पको चिठ्ठा हो। यसमा चेक गरिन्छ– कहाँसम्म वर्सा लिन्छन्? फेरि कल्प-कल्प लिइरहनेछन्। काम मिलेन भने फेरि क्रोधमा आएर हंगामा गर्छन्। कष्ट धेरै दिन्छन्, पिट्छन् पनि, फेरि जब महसुस गर्छन् अनि माफी पनि लिन्छन्। फेरि पनि अपकारी माथि उपकार गर्नुपर्ने हुन्छ। भनिन्छ– ठीक छ, फेरि पुरुषार्थ गर। अपकारीमाथि उपकार गरेर उठाउनु उत्तम हो। 

    दयावान बन्नुपर्छ। पहिला सुरुमा मेहनत हुन्छ आत्म-अभिमानी बन्न। देह-अभिमानी हुनाले बाबालाई भुल्छन् फेरि भूलहरू भइरहन्छन्। हरेकको चलनबाट थाहा हुन्छ। मुखबाट सदैव रत्न निक्लिनुपर्छ, पत्थर होइन। पहिले पत्थर निस्किन्थ्यो। अब रत्न निक्लिनुपर्छ। तिम्रो नाम नै छ रूप-वसन्त। बाबा पनि रूप-वसन्त हुनुहुन्छ, ज्ञानको सागर हुनुहुन्छ। उहाँको रूप पनि ज्योतिर्लिंगम् देखाएका छन्, तर हुनुहुन्छ स्टार। पूजाको लागि ठूलो रूप राखिदिएका छन्। अच्छा! 

    मीठे-मीठे सिकीलधे बच्चाहरूप्रति माता-पिता बापदादाको याद-प्यार एवं गुडमर्निङ्ग रूहानी बाबाको रूहानी बच्चाहरूलाई नमस्ते। रूहानी बच्चाहरूको रूहानी बाबालाई गुडमर्निङ्ग, नमस्ते।


    धारणाको लागि मुख्य सारः

    १) पहिला पहिला आत्म-अभिमानी बन्ने मेहनत गर, देह-अभिमानमा कहिल्यै नआऊ। दयावान बनेर अपकारी माथि पनि उपकार गर।

    २) भूतहरूलाई भगाउनको लागि अमृतबेला विशेष यादमा रहने पुरुषार्थ गर। मीठो वृक्षको कलमी लगाउनमा बाबाको सहयोगी बन।

    वरदान:

    अकालतख्तमा बसेर कर्मेन्द्रियहरूद्वारा सदा श्रेष्ठ कर्म गराउने, कर्मयोगी भव:-  

    कर्मयोगी उही हो, जो अकाल तख्तनशीन अर्थात् स्वराज्य अधिकारी र बाबाको वर्साको राज्य-भाग्य अधिकारी हुन्छ। जो सदा अकाल तख्तमा बसेर कर्म गर्छ, उसको कर्म श्रेष्ठ हुन्छ किनकि सबै कर्मेन्द्रियहरू नियम र आज्ञामा रहन्छन्। यदि कुनै तख्तमा ठीकसँग छैन भने नियम र आज्ञा चल्न सक्दैन। तख्तनशीन आत्मा सदा यथार्थ कर्म र यथार्थ कर्मको प्रत्यक्षफल खानेवाला हुन्छ। उसलाई खुशी पनि मिल्छ भने शक्ति पनि मिल्छ।

    स्लोगन:

    ब्रह्मा बाबाको प्यारो उही हुन्छ, जसको ब्राह्मण संस्कृतिसँग प्यार छ।   



    ***OM SHANTI***