BK Murli 12 January 2017 Nepali

bk murli today

Posted by: BK Prerana

BK Prerana is executive editor at bkmurlis.net and covers daily updates from Brahma Kumaris Spiritual University. Prerana updates murlis in English and Hindi everyday.
Twitter: @bkprerana | Facebook: @bkkumarisprerana
Share:






    BK Murli 12 January 2017 Nepali

    २०७३ पौष २८ बिहीबार १२-०१-२०१७ ओम् शान्ति प्रातः मुरली “बापदादा” मधुबन

    “मीठे बच्चे– यो तिम्रो वानप्रस्थ अवस्था हो, त्यसैले एक बाबालाई याद गर। निर्वाणधाममा जाने तयारी गर।”  

    प्रश्न:

    बाबाको पासमा कुन कुराको भेद-भाव छैन?

    उत्तर:

    गरिब र धनवानको। हरेकलाई पुरुषार्थद्वारा आफ्नो उच्च पद पाउने अधिकार छ। पछि गएर सबैलाई आफ्नो पदको साक्षात्कार हुनेछ। बाबा भन्नुहुन्छ– म हुँ गरिब निवाज, त्यसैले गरिब बच्चाहरूको सबै आशा पूरा हुन्छन्। यो अन्तिम समय हो। किसकी दबी रहेगी धूल में... जसले बाबासँग बीमा गर्छन्, उनीहरूको सफल हुन्छ।

    गीत:–

    आखिर वह दिन आया आज....

    ओम् शान्ति।

    यसको अर्थ त बिल्कुल साधारण छ। हरेक कुरा सेकेन्डमा बुझ्नु पर्ने हुन्छ। सेकेन्डमा बाबाबाट वर्सा लिनु छ। बच्चाहरूलाई थाहा छ– बेहदका बाबा आउनुभएको छ। तर यो निश्चय पनि कसै-कसैलाई स्थायी बस्दैन। जस्तै लौकिक सम्बन्धमा आमाले बच्चा जन्माएपछि उसले झट्ट बुझ्दछ– यिनी जन्म दिएर पालना गर्नेवाला हुन्। यहाँ पनि झट्ट बुझ्नुपर्छ नि। अब तिमी बच्चाहरूलाई थाहा छ– भक्ति पछि नै भगवान् आउनुहुन्छ। अब भक्ति कति समय चल्छ, कहिले सुरु हुन्छ? तिमी बच्चाहरू सिवाय यो दुनियाँमा कसैले पनि जान्दैनन्। तिमीले बताउन सक्छौ– भक्ति कहिलेदेखि सुरु भयो! मनुष्यले त भन्छन्– परम्परादेखि चल्दै आउँछ। ज्ञान र भक्ति दुई चीजहरू अवश्य छन्। भन्छन्– यो अनादि चल्दै आउँछ। तर अनादिको पनि अर्थ बुझ्दैनन्। यो ड्रामाको चक्र अनादि कालदेखि घुमिरहन्छ। यसको आदि अन्त्य छैन। मनुष्यले त गफ लगाइरहन्छन्। कहिले भन्छन् यति वर्ष भयो, कहिले भन्छन् यति वर्ष। बाबा आएर सबै सिद्ध गरेर बताउनुहुन्छ। शास्त्र आदि पढ्नाले बाबाको प्राप्ति त हुँदैन। बाबाको प्राप्ति त सेकेन्डमा हुन्छ। सेकेन्डमा जीवनमुक्ति... यो पनि कसैलाई थाहा छैन– बाबा कहिले आउनुहुन्छ? कल्पको आयु लामो गरिदिएका छन्। अब बाबाले त जान्नुहुन्छ र बच्चाहरू पनि सबैथोक जान्दछन् तर आश्चर्य छ– जो १०-२० वर्षमा पनि कुनैलाई पूरा निश्चय हुँदैन। निश्चय भएपछि फेरि त कहिल्यै भन्न सक्दैनन्– यी मेरा पिता होइनन्। छ पनि धेरै सहज। तिमीलाई त बच्चा बन्नमा पनि धेरै समय लाग्यो। १०-२० वर्षमा पनि पूरा निश्चय भएन। अब तिमीले कसैलाई परिचय दियौ भने सेकेन्डमा निश्चय हुन्छ। जनकको कुरा पनि पछाडिको हो किनकि दिन-प्रतिदिन धेरै सहज हुँदै जान्छ। यस्ता राम्रो-राम्रो प्वाइन्टहरू निस्किन्छन्, जसबाट झट्ट कसैलाई निश्चय हुन्छ। 

    बाबा भन्नुहुन्छ– प्यारा बच्चाहरू! अशरीरी भव। यी जुन अनेक देहका धर्म छन्, उनलाई छोड। मुख्य त एक धर्म थियो नि। एकबाट नै वृद्धि हुन्छ नि। यो हो नै भेराइटी मनुष्य सृष्टिको वृक्ष, मनुष्यहरूको कुरा हो। भेराइटी धर्मको वृक्षलाई पनि जान्नुपर्छ। धर्महरूको सम्मेलन हुन्छ। तर उनीहरूलाई थाहा नै छैन– पहिला सुरुमा पूज्य धर्म कुनचाहिँ हो! बुद्धिमा आउनुपर्छ। भारतवर्ष प्राचीन धर्मवाला हो त्यसैले अवश्य प्राचीन धर्म परमपिता परमात्माले नै रच्नुहुन्छ। यहाँ शिव जयन्ती प्रसिद्ध छ। मन्दिर पनि अनगिन्ती छन्... सबैभन्दा ठूलो मन्दिर बाबाको हो– निर्वाणधाम। जहाँ हामी आत्माहरू पनि बाबासँग रहन्छौं। मन्दिर रहने स्थान हो नि। यो महतत्त्व कति ठूलो मन्दिर हो। तिम्रो बुद्धिमा आउनुपर्छ– ब्रह्म तत्त्व, जुन सबैभन्दा सर्वोच्च मन्दिर हो, हामी सबै वहाँका निवासी हौं। वहाँ सूर्य, चन्द्रमा हुँदैनन् किनकि रात-दिन हुँदैन। वास्तवमा हाम्रो रूहानी मन्दिर त्यो निर्वाणधाम हो। त्यही शिवालय हो, जहाँ हामी शिवबाबाको साथमा रहन्छौं। शिवबाबा भन्नुहुन्छ– म त्यस शिवालयमा रहन्छु। त्यो हो बेहदको शिवालय। तिमी शिवका बच्चाहरू पनि वहाँ रहन्छौ। त्यो हो निराकारी शिवालय। फेरि साकारी शिवालयमा आउँछौ, अनि यहाँ रहने स्थान बन्छ। अहिले शिवबाबा यहाँ हुनुहुन्छ, यस शरीरमा बस्नुभएको छ। यो हो चैतन्य शिवालय, जोसँग तिमी बातचित गर्न सक्छौ। त्यो निर्वाणधाम पनि शिवबाबाको शिवालय हो, जहाँ हामी आत्माहरू रहन्छौं। त्यो घर सबैलाई याद आउँछ। वहाँदेखि हामी आउँछौं पार्ट खेल्न– सतो रजो तमोमा। यसमा हरेकलाई आउनु नै पर्छ। यो कुरा दुनियाँमा कसैको बुद्धिमा छैन। जति पनि आत्माहरू छन्, ती सबैलाई आ-आफ्नो अनादि पार्ट मिलेको छ, जसको न आदि छ, न अन्त्य छ। तिमी बच्चाहरूलाई थाहा छ– हामी वास्तवमा त्यस शिवालयका निवासी हौं। शिवबाबा, जसले स्वर्ग स्थापना गर्नुहुन्छ, त्यसलाई पनि शिवालय भनिन्छ। शिवबाबाद्वारा स्थापना भएको स्वर्ग। वहाँ पनि बच्चाहरू नै रहन्छन्। उनीहरूलाई यो राज्य-भाग्य कसरी मिल्यो! त्यो हो सत्ययुगको आदि, अहिले छ कलियुगको अन्त्य। सत्ययुगमा देवी-देवताहरूलाई स्वर्गको मालिक कसले बनायो? यहाँ पनि कति राम्रा-राम्रा खण्ड छन्। अमेरिका सबैभन्दा फस्टक्लास खण्ड हो। धेरै पैसावाला र तागतवाला पनि छ। यस समय सबैभन्दा हाइएस्ट छ। बृहस्पतिको दशा बसेको छ। तर त्यसको साथ-साथै राहुको दशा पनि बसेको छ। यस समय राहुको दशा त सबै माथि बसेको छ। विनाश त सबैको हुनु छ। भारतवर्ष जो सबैभन्दा धनवान् थियो, अहिले गरिब बनेको छ। यो सबैथोक मायाको आडम्बर हो। मायाको फुल फोर्स छ, त्यसैले मनुष्य यसलाई स्वर्ग सम्झन्छन्। अमेरिकामा हेर के के छ! मनुष्य आकर्षित हुन्छन्। बम्बई पनि हेर कति फेशनएबुल बनेको छ। पहिले कहाँ यस्तो थियो र! मायाको पूरा पम्प छ। कति ८-१० तल्लाका महल बनाउँछन्। स्वर्गमा कहाँ यति तल्ला हुन्छन् र। वहाँ डबल स्टोरी पनि हुँदैन। यहाँ नै बनाउँछन् किनकि जमीन छैन। जमीनको धेरै भाउ बढेको छ। त्यसैले मनुष्य सम्झन्छन् यही स्वर्ग हो। प्लान बनाइरहन्छन्। तर भनिन्छ– मानिसले चाहन्छ एक, हुन्छ अर्को... मनुष्य कति चिन्तामा रहन्छन्। मृत्यु त सबैको लागि छ। सबैको गलामा मृत्युको फाँसी छ। अहिले तिमी पनि फाँसीमा छौ। तिम्रो बुद्धि वहाँ नयाँ दुनियाँमा लागेको छ। अब सबैको वानप्रस्थ अवस्थामा जाने समय हो। त्यसैले बाबा भन्नुहुन्छ– अब मलाई याद गर। म स्वयं तिमीलाई डायरेक्शन दिन्छु– तिमी सबैको वानप्रस्थ अवस्था हो, म सबैलाई लिनको लागि आएको हुँ। मच्छर सदृश्य तिमीहरू सबै जानुपर्छ। ८४ जन्मको चक्र पूरा भयो, अब मलाई जीवन छँदै याद गर। हामी जीवन छँदै स्वर्गमा जानको लागि तयार बसेका छौं। अरू कोही पनि स्वर्गमा जानको लागि तयारी गर्दैनन्। यदि स्वर्ग जाने खुशी भए त फेरि बिमारीमा दबाई आदि पनि गर्दैनथे। तिमीलाई थाहा छ– ती स्वर्गमा त जाँदैनन्। अब हामी स्वीट होममा गइरहेका छौँ। त्यो हो गड फादरको होम अथवा रूहानी शिवालय। फेरि सत्ययुगलाई जिस्मानी शिवालय भनिन्छ। त्यस स्वर्गमा जानको लागि हामी पुरुषार्थ गरिरहेका छौं। बाबाले सम्झाउनु भएको छ– ब्रह्माको दिन र ब्रह्माको रात प्रसिद्ध छ। जब रात पूरा हुन्छ अनि म आउँछु। लक्ष्मी-नारायणको दिन र रात भनिँदैन। हुन त उनै हुन्छन् तर ब्रह्मालाई दिन र रातको ज्ञान छ। वहाँ लक्ष्मी-नारायणलाई यो ज्ञान हुँदैन। त्यसैले ब्रह्मा र ब्राह्मण ब्राह्मणीहरूले सम्झन्छन्– शिवको रात्रि कहिले हुन्छ? दुनियाँले त यी कुरालाई जान्दैनन्। शिव हुनुहुन्छ निराकार, उहाँ कसरी आउनुहुन्छ– यो पनि सोध्नुपर्छ नि। शिव जयन्तीमा तिमी धेरै सेवा गर्न सक्छौ। राजधानी स्थापना भइरहेको छ। अहिले धेरै सानो वृक्ष छ र यस वृक्षलाई तूफान आउँछन्, अरू वृक्षहरूलाई यति तूफान आउँदैन। त्यसमा त एकको पछाडि अरू सबै आउँदै जान्छन्। यहाँ तिम्रो नयाँ जन्म हुन्छ। मायाको तूफान पनि सामुन्ने खडा छ। अरू कसैलाई तूफानको सामना गर्नु पर्दैन। यहाँ धर्मको स्थापनामा मायाको तूफान आउँछन्। धेरै उच्च लक्ष्य छ। विश्वको बादशाह बन्नु, कुनै नयाँ कुरा होइन। अनेक पटक तिमी यस तूफानबाट पार भएर आफ्नो राज्य-भाग्य लिएका छौ। जसले जुन तरिकाले पुरुषार्थ गर्छ, त्यसको साक्षात्कार हुँदै जान्छ। जति अगाडि जान्छौ, तिमीलाई साक्षात्कार हुनेछ– यसले कुनचाहिँ पद पाउँछ? थाहा त हुन्छ नि– यसले कस्तो पुरुषार्थ गर्छ? गरिब अथवा धनवानको कुरा होइन। गीत पनि सुन्यौ– आखिर वह दिन आया... गरिब निवाज बाबा आउनुभयो। बाबा भन्नुहुन्छ– मैले कुनै धनवानहरूलाई धन दिनु छैन। ती त छन् नै धनवान। उनीहरूको लागि त स्वर्ग यहीं छ। करोडपति छन्, पहिले करोडपति कुनै मुश्किल हुन्थ्यो। अहिले त करोड, मनुष्यहरूले भित्तामा लुकाएर राखेका छन्। तर यो कसैको काममा आउने छैन। पेटले कुनै धेरै खाँदैन। ठगी गरेर पैसा जम्मा गर्नेलाई निद्रा लाग्दैन। थाहा छैन कहीं सरकारले छापा नमारोस्। बाबा भन्नुहुन्छ– याद राख यो अन्तिम समय हो। अब किसकी दबी रहेगी धूल में... सफल हुन्छ उसैको, जसले भगवान्को नाममा खर्च गर्छन्। भगवान्‌ले त अब स्वर्गको मालिक बनाउनुहुन्छ। अब तिमीले आफूलाई बाबाको पासमा बीमा गर। मृत्यु त सामुन्ने खडा छ। तिम्रो सबै आशा अब पूरा हुन्छन्। बाबाले गरिबहरूलाई उठाउनुहुन्छ। धनवानको एक हजार, गरिबको एक रूपैया– बराबर। धेरैजसो गरिब नै आउँछन्। कसैको १००, कसैको १५०...। दुनियाँमा मनुष्यहरूको पासमा त करोड छ, उनीहरूको लागि यही स्वर्ग हो। उनीहरू कहिल्यै आउँदैनन्। न त बाबालाई आवश्यकता छ। बाबा भन्नुहुन्छ– तिमीले आफ्नो घर आदि बनाऊ। सेन्टर खोल, मैले पैसा के गर्ने? संन्यासीहरूले त धेरै फ्ल्याट आदि बनाउँछन्, उनको पासमा धेरै सम्पत्ति रहन्छ। यी रथ पनि अनुभवी छन्। अब म आएको हुँ गरिबहरूलाई धनवान बनाउन, त्यसैले अब हिम्मत गर। करोडपति जो छन्, उनको पैसा कुनै काममा आउनेवाला छैन। यहाँ पैसा आदिको कुनै कुरा छैन। बाबाले केवल भन्नुहुन्छ– मनमनाभव। खर्चको कुरा छैन। यी भवन बनेका छन्, धेरै साधारण। त्यो पनि अन्त्य समयमा तिमीहरूलाई नै रहनको लागि हो। तिम्रा यादगार यहाँ छन्। अहिले फेरि चैतन्यमा स्थापना गरिरहेका छौ। फेरि यो जड यादगार समाप्त हुनेछ। तिमीले यो लेख्नुपर्छ– आबूमा आएर जसले यी मन्दिर देखेनन्, यिनीहरूको बारेमा बुझेनन् अर्थात् केही देखेनन्... तिमीले भन्छौ– हामी उही चैतन्यमा अब बसेका छौं। यी जड चित्रहरूको रहस्य सम्झाउन सक्छौ। भन– यो हामी हौं। हाम्रो जड यादगार बनेको हो। यो अद्भुत मन्दिर हो, आश्चर्य छ नि! मम्मा, बाबा र बच्चाहरू यहाँ चैतन्यमा बसेका छन्। वहाँ जड चित्र खडा छन्। मुख्य हुनुहुन्छ शिव। ब्रह्मा, जगत् अम्बा र लक्ष्मी-नारायण। कति राम्रोसँग सम्झाइन्छ। फेरि पनि बाबाको बनेर बाबालाई छोडिदिन्छन्। यो पनि कुनै नयाँ कुरा होइन। बाबाको बनेर फेरि भागन्ती हुन्छन्। भागन्तीहरूको पनि हामीले चित्र राख्न सक्छौं। यदि पक्का निश्चय छ भने आफ्नो राजाईको चित्र बनाऊ, तब स्मृति रहन्छ– हामी भविष्यमा डबल शिरताज स्वर्गको मालिक बन्छौं। यदि बाबालाई छोडिदियौ भने ताज उत्रिन्छ। यो धेरै अद्भुत कुरा बुझ्नु पर्ने हुन्छ। बाबालाई याद गर। उहाँबाट नै वर्सा मिल्छ। यसलाई नै सेकण्डमा जीवनमुक्ति भनिन्छ। भविष्यको लागि बाबाले तिमीलाई लायक बनाइरहनु भएको छ। मनुष्यले दान-पुण्य गर्छन् अर्को जन्मको लागि। त्यो हो अल्पकालको प्राप्ति। तिम्रो त यस पढाइबाट भविष्य २१ जन्मको लागि प्रारब्ध बन्छ। केही यी माता-पिताको आज्ञामा पूरा चले भने एकदम तर्छन्। माता-पिता पनि खुशी हुनुहुन्छ। व्यवहारमा ल्याउँदैनौ भने पद पनि कम हुन्छ। शिवबाबा भन्नुहुन्छ– म निष्कामी हुँ... अभोक्ता हुँ... म यो टोली आदि केही पनि खान्नँ। विश्वको बादशाही पनि तिम्रो लागि हो। यो खान-पान पनि तिम्रो लागि हो, म त सेवक हुँ। मेरो आउने समय पनि निश्चित छ। कल्प-कल्प आफ्ना बच्चाहरूलाई राज्य-भाग्य दिएर म निर्वाणधाममा बस्छु। बाबालाई कसैले पनि नभुलोस्। बाबाले त तिमीलाई स्वर्गको बादशाही दिन आउनुभएको छ, तैपनि तिमीले उहाँलाई बिर्सिन्छौ! कसैलाई बाबाको परिचय दिने पनि धेरै सहज तरीका बताइएको छ– सोध, परमपिता परमात्मासँग तपाईको के सम्बन्ध छ? प्रजापिता ब्रह्मासँग के सम्बन्ध छ? दुवै बाबा हुनुहुन्छ। उहाँ निराकार, यी साकार। बाबालाई सर्वव्यापी भन्नाले वर्सा कसरी मिल्छ? श्रीमत भगवान्को मिल्छ। श्रीमतद्वारा नै तिमी सर्वश्रेष्ठ बन्छौ। अच्छा! 

    मीठे-मीठे सिकीलधे बच्चाहरूप्रति माता-पिता बापदादाको याद-प्यार एवं गुडमर्निङ्ग। रूहानी बाबाको रूहानी बच्चाहरूलाई नमस्ते। रूहानी बच्चाहरूको रूहानी बाबालाई गुडमर्निङ्ग, नमस्ते। 


    धारणाको लागि मुख्य सारः

    १) मायाको तूफानलाई पार गर्दै बाबासँग पूरा-पूरा वर्सा लेऊ। माता-पिताको आज्ञालाई व्यवहारमा ल्याऊ।

    २) पुरानो दुनियाँलाई भुलेर नयाँ दुनियाँलाई याद गर। मृत्यु भन्दा पहिले बाबाको पासमा स्वयंलाई बीमा गरिदेऊ।

    वरदान:

    समर्पण भावद्वारा सेवा गर्दै सफलता प्राप्त गर्ने, सच्चा सेवाधारी भव:-  

    सच्चा सेवाधारी उही हो, जसले समर्पण भावले सेवा गर्छ। सेवामा अलिकति पनि मेरोपनको भाव नहोस्। जहाँ मेरोपन छ, वहाँ सफलता हुँदैन। जब कसैले यो सम्झन्छ– यो मेरो काम हो, मेरो विचार हो, यो मेरो कर्तव्य हो– यसरी मेरोपन आउनु अर्थात् मोह उत्पन्न हुनु। तर जहाँ रहे पनि सदा स्मृति रहोस्– म निमित्त हुँ, यो मेरो घर होइन, सेवा-स्थान हो। त्यसपछि समर्पण भावद्वारा निर्माण र नष्टोमोहा बनेर सफलता प्राप्त गर्नेछौ।

    स्लोगन:

    सदा आफ्नो स्वमानको सीटमा रह्यौ भने सर्व शक्तिहरूले अर्डर मान्नेछन्।   



    ***OM SHANTI***