BK Murli 15 January 2017 Nepali

bk murli today

Posted by: BK Prerana

BK Prerana is executive editor at bkmurlis.net and covers daily updates from Brahma Kumaris Spiritual University. Prerana updates murlis in English and Hindi everyday.
Twitter: @bkprerana | Facebook: @bkkumarisprerana
Share:






    BK Murli 15 January 2017 Nepali

    २०७३ माघ २ आइतबार १५-०१-२०१७ ओम् शान्ति “अव्यक्त बापदादा” रिभाइज १८-१-८२ मधुबन

    १८ जनवरी जिम्मेवारीको राज्याभिषेकको दिवस


    आज जहानका नूर आफ्ना नूरे रत्नहरूसँग मिल्नको लागि आउनु भएको छ। सिकीलधे बच्चाहरू बाबाका नूर हुन्। जस्तै शरीरमा, आँखामा नूर (नानी) छैन भने दुनियाँ छैन। यसैगरी विश्वमा तिमी रूहानी नूर भएनौ भने विश्वमा प्रकाश हुँदैन, अन्धकार हुन्छ। तिमीहरू सबै बापदादाको नयनको नूर अर्थात् विश्वको ज्योति हौ। आजको विशेष स्मृति दिवसमा बापदादाको पासमा सबैको स्नेहको गीत अमृतबेला देखि वतनमा सुनिइरहेको थियो। हरेक बच्चाको गीत एक अर्काको भन्दा ज्यादा प्रिय थियो। मीठो-मीठो रूह-रूहान पनि धेरै सुनेँ। बच्चाहरूको प्रेमको मोतीको माला बापदादाको गलामा परिरहेको थियो। यस्तो मोतीहरूको माला बापदादाको गलामा पनि सारा कल्पमा अहिले नै पर्छन्। फेरि यो अमूल्य स्नेहको मोतीहरूको माला उनिन सक्दैन, पर्न सक्दैन। यस एक-एक मोतीमा के भरिएको थियो? हरेक मोतीमा यही थियो– “मेरो बाबा”, “वाह बाबा”। बताऊ कति मालाहरू होलान्? यी मालाहरूले बापदादा कति अलौकिक सजिनुभयो, शृंगारिनु भयो होला। जसरी स्थूलमा स्नेहको निसानी मालाहरूले सजाइएका छौ। यहाँ स्थूल सजावटले सजाएका छौ, तर वतनमा अमृतबेला देखि बापदादालाई सजाउन सुरु गर्यौौ। एक माथि अर्को माला बापदादाको सुन्दर शृंगार बन्यो। तिमीहरू सबैले पनि त्यो चित्र देखिरहेका छौ नि? 

    आजको विशेष दिन सबै बच्चाहरूको राज्याभिषेकको दिन हो। आजको दिन आदि देव ब्रह्मा बाबाले स्वयं साकारी जिम्मेवारी अर्थात् साकारी रूपबाट सेवाको ताज, नयनको दृष्टिद्वारा हातमा हात मिलाउँदै, मुरब्बी बच्चाहरूलाई अर्पण गर्नुभयो। त्यसैले आजको दिन ब्रह्मा बाबाको साकार रूपको जिम्मेवारीको ताज बच्चाहरूलाई दिने राज्याभिषेक दिवस हो। (दादीसँग) आजको दिन याद छ नि? आजको दिन ब्रह्मा बाबाले बच्चाहरूलाई “बाबा समान भव” को वरदान दिएको दिन हो। 

    ब्रह्मा बाबाको अन्तिम संकल्पको बोली वा नयनको भाषा सुन्यौ? के थियो? नयनको इसाराको बोली यही थियो– “प्यारा बच्चाहरू! सदा बाबाको सहयोगको विधिद्वारा वृद्धि गरिरहनेछौ।” यही अन्तिम बोली, वरदानी बोली प्रत्यक्षफलको रूपमा देखिरहेका छौ। ब्रह्मा बाबाको अन्तिम वरदानको साकार स्वरूप तिमीहरू सबै हौ। वरदानको बीजद्वारा निस्केका भेराइटी फल हौ। आज शिवबाबाले ब्रह्माको वरदानको बीजद्वारा निक्लेको सुन्दर विशाल वृक्ष देखिरहनु भएको थियो। विज्ञानका साधनहरूद्वारा त धेरै प्रयत्न गरिरहेका छन्– एक वृक्षमा भेराइटी फल निस्कियोस् तर ब्रह्मा बाबाको वरदानको वृक्ष, सहज योगको पालनाद्वारा पल्लवित वृक्ष कति विचित्र र दिलखुश गर्नेवाला वृक्ष छ। एकै वृक्षमा भेराइटी फल छन्। अलग-अलग वृक्ष होइन। वृक्ष एक छ, फल अनेक प्रकारका छन्। यस्तो वृक्ष देखिरहेका छौ? हरेकले आफूलाई यस वृक्षमा देखिरहेका छौ? आज वतनमा यस्तो विचित्र वृक्ष पनि प्रकट भयो। यस्तो वृक्ष सत्ययुगमा पनि हुँदैन। हो, वैज्ञानिकहरूले जुन कोसिस गरिरहेका छन्, त्यसको फल तिमीहरूलाई धेरै-थोरै मिल्छ। एकै फलमा दुई-चार फलको रसको अनुभव हुन्छ। मेहनत उनीहरूले गर्छन् र खान्छौ तिमीहरूले। अहिले देखि खाइरहेका छौ? 

    सुन्यौ आजको दिन के हो? आजको दिन जसरी आदिमा ब्रह्मा बाबाले स्थूल धन समर्पण गरे बच्चाहरूलाई, त्यसैगरी आफ्नो अलौकिक सम्पत्ति बच्चाहरूलाई विल गरे। आजको दिन बच्चाहरूलाई समर्पण गर्ने दिवस हो। यसै अलौकिक सम्पत्तिको समर्पणको आधारमा कार्यमा अगाडि बढ्ने मनोबल प्रत्यक्षफल देखिइरहेको छ। बच्चाहरूलाई निमित्त बनाएर विलपावरलाई विल गर्नुभयो। आजको दिन विशेष बाबा समान वरदानी बन्ने दिवस हो। आजको दिन स्नेह र शक्ति कम्बाइन्ड वरदानी दिन हो। यथार्थमा अनुभव गर्यौी नि दुवैको? अति स्नेह र अति शक्ति। (दादीसँग) याद छ नि अनुभव? राज्याभिषेक भयो नि? अच्छा! आजको दिनको महत्त्वलाई बुझ्यौ। अच्छा! 

    यस्ता सदा बाबाको वरदानहरूद्वारा वृद्धि गर्ने, सदा एक बाबा दोस्रो न कोही– यसै स्मृति स्वरूप, सदा ब्रह्मा बाबा समान फरिश्ता भवको वरदानी, यस्ता समान र समीप बच्चाहरूलाई बापदादाको समर्थ दिवसमा याद-प्यार एवं नमस्ते। रूहानी बच्चाहरूको रूहानी बाबालाई गुडमर्निङ्ग, नमस्ते। 

    दादी-दिदीसँग:– साकार बाबाको वरदानहरूका विशेष अधिकारी आत्मा हौ नि? साकार बाबाले तिमी बच्चाहरूलाई कुनचाहिँ वरदान दिनुभयो? जस्तै ब्रह्मालाई आदिमा वरदान मिल्यो तत्त्वम्। यस्तै ब्रह्मा बाबाले पनि बच्चाहरूलाई विशेष तत्त्वम् वरदान दिनुभयो। त्यसैले विशेष तत्त्वम्‌को वरदानको अधिकारी वारिस हौ। यही वरदानलाई सदा स्मृतिमा राख्नु अर्थात् समर्थ आत्मा बन्नु। यही वरदानको स्मृतिले जसरी ब्रह्मा बाबाको हर कर्ममा बाबा प्रत्यक्ष अनुभव गर्थ्यौ, त्यस्तै तिम्रो हर कर्ममा ब्रह्मा बाबा प्रत्यक्ष हुनेछन्। ब्रह्मा बाबालाई प्रत्यक्ष गर्नेवाला आदि रत्न कति थोरै निमित्त बनेका छौ। तिमी विशेष आत्माहरूका चेहराद्वारा ब्रह्माको मूर्ति अनुभव गरून् र गर्छन् पनि। ब्रह्माकुमारीको होइन। ब्रह्मा बाबा समान, ब्रह्मा बाबाको अनुभूति होस्। यस्ता सेवाका निमित्त वरदानी विशेष आत्माहरू हौ। सबैले के भन्छन्? बाबालाई देखें, बाबालाई पाएँ। त्यसैले अनुभव गराउनेवाला, प्रत्यक्ष गराउनेवाला को हो? तिमी ताजधारी विशेष आत्माहरू अब छिटै फेरि ब्रह्मा बाबा र ब्रह्मा वत्स शक्तिहरूको रूपमा, शक्तिमा शिव समाहित शिवशक्ति र साथमा ब्रह्माबाबा, यस्तो साक्षात्कार चारैतिर सुरु हुनेछ। ब्रह्माकुमारीको बदलामा ब्रह्मा बाबा देखिनेछ। साधारण स्वरूपको बदलामा शिवशक्ति स्वरूप देखिनेछ। जस्तै आदिमा साकारको लीला देख्यौ। त्यस्तै अन्त्यमा पनि हुनेछ। अब शिवशक्ति स्वरूपको पनि थप साक्षात्कार हुनेछ। फेरि पनि साकार पिता त ब्रह्मा हुन् नि। त्यसैले साकार रूपमा आएका बच्चाहरूले बाबालाई देख्नेछन् र अनुभव अवश्य गर्नेछन्। यो पनि समाचार सुन्नेछौ। ब्रह्मा बाबाको सहयोगको, केवल शरीरको बन्धनबाट बन्धनमुक्त भएर अझ तीव्रगतिले सहयोगी बने किनकि ड्रामा अनुसार वृद्धि हुने अनादि रूपमा निश्चित थियो। 

    जसरी धेरै स्थानमा यदि प्रकाश फैलाउनु छ भने के गर्छन्? प्रकाश अग्लो बनाउँछन् नि! सूर्यले पनि विश्वमा प्रकाश तब दिन सक्छ, जब माथि छ। त्यसैले साकार सृष्टिलाई सकाश दिनको लागि ब्रह्मा बाबालाई पनि उच्च स्थान निवासी बन्नु नै थियो। अब त सेकेन्डमा जहाँ चाह्यो आफ्नो कार्य गर्न सक्छन् र गराउन सक्छन्। मुखद्वारा वा पत्रहरूद्वारा कसरी यतिका कार्य गर्ने? त्यसैले तीव्र विधिद्वारा बच्चाहरूको सहयोगी बनेर कार्य गरिरहेका छन्। सबैभन्दा तीव्र गतिको सेवाको साधन हो– संकल्प शक्ति। ब्रह्मा बाबा श्रेष्ठ संकल्पको विधिद्वारा वृद्धिमा सदा सहयोगी छन्। त्यसैले वृद्धिको गति पनि तीव्र भइरहेको छ नि। विधि तीव्र छ, त्यसैले वृद्धि पनि तीव्र छ। बगैंचालाई देखेर खुशी हुन्छ नि? अच्छा!

    साकार बाबाको लौकिक परिवार– (नारायण दादा तथा उहाँको युगल)

    सबै कार्य ठीक चलिरहेका छन्? अब छलांग कहिले लगाउँछौ? यति वृद्धिलाई देखेर सहज विधि अनुभवमा आउँदैन? के सोचिरहेका छौ? संकल्पको कुरा नै त हो! अरू केही गर्नु छ र? संकल्प गर्योह, पुग्यो। यी (विदेशी) यतिका टाढा-टाढाबाट आइपुगेका छन्, केको आधारमा? संकल्प गरे– जानु नै छ, गर्नु नै छ, आइपुगे नि। टाढाबाट पनि दृढ संकल्पको आधारमा अधिकारी बने। तिमी त बचपनको अधिकारी हौ। याद छ बचपन? त्यसैले के बन्नेछौ? उड्ती कलामा गएर बाबा समान फरिश्ता बन्छौ? देखि त रहेका छौ। कहिलेसम्म हेर्छौ? सोच्ने पनि कहिलेसम्म? कहिलेसम्म सोच्छौ? बापदादा स्नेहको पंखमा बच्चाहरूलाई उडाउन चाहनुहुन्छ। पंखमा बस्नको लागि पनि के गर्नु पर्ला? डबल लाइट त बन्नु पर्छ नि। सबै कुरा गर्दै पनि डबल लाइट बन्न सक्छौ। केवल कल्पनाको खेल हो, पुग्यो। एक सेकेन्डको खेल हो। सेकेन्डको खेल आउँदैन? बाबाले के गर्नुभयो? सेकेन्डमा खेल गर्नुभयो नि? जब एक अर्काको सहयोगी हुन्छौ तब गर्न सक्नेछौ। एक पांग्रा मात्र पनि चल्न सक्दैन। दुवै पांग्रा चल्नुपर्छ। फेरि पनि बापदादाको घरमा आउँछौ। बापदादा त बच्चाहरूलाई सदा उच्च देख्नुहुन्छ। उच्च बाबा बच्चाहरूलाई पनि उच्च देख्न चाहनुहुन्छ। यो त काइदा हो नि! अब बच्चाले कहाँ सीट लिन्छन्, यो तिम्रो हातमा छ। ठीकै छ विचार गर राम्रोसँग, तर हो सेकेन्डको कुरा। सौदा गर्नु त सेकेन्डमा छ। अच्छा!

    आबू सम्मेलनको लागि विशेष योजना

    आबू सम्मेलनको लागि स्नेही बनाएर ल्याउनु, केवल भी.आई.पीज होइन। तिमीले स्नेही बनाएर ल्याऊ– यहाँ सम्बन्ध जुट्नेछ। (स्नेही बनाउने साधन के हो?) जति-जति बाबाको दिलदेखि महिमा गर्छौ, तिमीले महिमा गर्छौ, उनीहरू मोहित हुँदै जानेछन्। तिमीले बाबा-बाबा भन्दै जाऊ, महानता सुनाउँदै जाऊ, उनीहरू स्नेही बन्दै जानेछन्। जहाँ महानता अनुभव हुन्छ, वहाँ स्वयं नै शिर झुक्न जान्छ। जस्तै भक्तहरू जडमा महानताको भावना राख्छन् त्यसैले शिर झुक्छ। कहाँ जड, कहाँ चैतन्य, फेरि पनि शिर झुक्छ। यहाँ पनि हेर कोही प्रधानमन्त्री वा राष्ट्रपति छन् भने उनको महानताको अगाडि पनि स्वतः शिर झुक्छ नि। त्यस्तै तिमीले पनि बाबाको महानता सुनाउँदै जाऊ, उनीहरूको शिर झुक्दै जानेछ। तिमीहरू त होशियार भइसक्यौ नि! साइन्सको पनि ज्ञान छ, साइलेन्सको पनि ज्ञान छ, देशको पनि छ भने विदेशको पनि छ। अनुभव पनि एक शक्ति हो। सबैभन्दा ठूलो शक्ति अनुभव हो। अनुभव सुनाउँदा सबै खुशी हुन्छन् नि। अनुभव गर्नेवाला स्वयं पनि शक्तिशाली बन्छ। यो पनि एक ठूलो शस्त्र हो। त्यसो त बोल्नेहरू अनेक छन् तर अनुभवको शक्ति कसैसँग पनि छैन। यहाँ विशेषता नै अनुभवको हो। बोल्नेहरूको अगाडि अनुभव गर्नेको नै महत्त्व छ। बिस्तारै-बिस्तारै वैज्ञानिक, चाहे शास्त्रवादी दुवैले यो बुझ्नेछन्– हामी माथि-माथिका हौं, जग हाम्रो छैन। यिनीहरूको अनुभव जग हो। चाहे चन्द्रमासम्म पुगिसकेका छन् तर स्वयंकोअनुभूति छैन। चन्द्रमासम्म गए त के भयो? त्यसैले यो महसुस गर्नेछन् तर अन्त्यमा गर्नेछन् किनकि वारिस त बन्नु छैन। त्यसैले अन्त्यमा साइन्स अर्थात् शस्त्रधारी र शास्त्रधारी दुवैले बुझ्नेछन्– हामी के हौं र यी के हुन्? अच्छा!

    सबै खुशी त छौ हैन! कुनै मुश्किल त छैन! सहजयोगी हौ। सहज सेवाधारी हौ।

    (विदेशका बहिनीहरू– दिदी-दादीलाई विदेश सेवाको लागि विदेशमा आउने निमन्त्रणा दिइरहेका छन्) वर्तमान समय जबकि ८३ आदिमा नै यहाँ सबैलाई ल्याउनु छ र सबैलाई यहाँ आउनु नै छ भने यहाँको सेवामाथि विशेष ध्यान दिनु पर्ने आवश्यकता छ। वहाँबाट पनि यदि यस्तो कुनै निमन्त्रणा मिल्यो यू.एन.ओ. आदिमा भने फेरि जानु जरुरी छ। बाँकी जुन आफ्नो सम्मेलन आदि गर्छौ, त्यसको लागि यति आवश्यकता छैन किनकि उनीहरूलाई नै यहाँ ल्याउनु छ। त्यसैले सबै कुरालाई हेर्दा अहिले यति आवश्यक देखिँदैन। बाँकी अहिले विदेश त यस्तो छ, भर्खरै यहाँ, भर्खरै वहाँ। यस्तो कुनै कार्य भयो भने पुग्न सकिन्छ।

    यू.एन.ओ. मा जुन सम्पर्क बढाइरहेका छौ, यो सम्पर्क बढ्नु नै सेवा हो। अरू पनि जति हुन सक्छ उनलाई पारिवारिक सम्पर्कमा ल्याऊ। जस्तै यी शैली (यू.एन.ओ. की) आइन्, उनी पनि स्नेह सम्पर्कबाट आकर्षित भइन् नि। प्रेमको पालना मिल्यो किनकि ठूला-ठूला अफिसर जहाँ जान्छन्, वहाँ उनीहरू पोस्टमा हुनाका कारण अफिसियल रहन्छन्, प्रेमको पालना उनलाई मिल्दैन। यहाँ त सम्बन्धको रस मिल्छ। यही यहाँको विशेषता हो। जति पनि सम्बन्ध सम्पर्कमा आउँछन्, उनलाई परिवारको भासना आओस्। अनुभव गरून्– यी कुनै धेरै नजिकको आत्मा हराएका थिए, मिलेका छन्। सम्पर्क बढाउनु यही सेवा ठीक छ। जति-जति नजिक आउँदै गर्छन्, उनीहरूले अनुभव गर्नेछन्– यिनीहरूसँग जे चाह्यो, त्यही छ।

    स्टीव नारायण (ग्यानाका उपराष्ट्रपति) को परिवारलाई याद-प्यार दिँदै:–

    उनलाई दिलदेखि धेरै-धेरै याद देऊ। धेरै राम्रोसँग तन-मन-धनबाट पूरा सहयोगी, निश्चयबुद्धि, नम्बरवन बच्चा हुन्। वहाँको बजेटको कारण आउन सकेनन् तर पाण्डव सरकारको बजेटमा बुद्धिद्वारा यहाँ पुगेका छन्। धेरै नम्रचित्त छन्। परिवार नै ड्रामा अनुसार सेवाधारी छन्। हिम्मत पनि राम्रो छ। परिवारका परिवार स्नेही छन्। अन्धश्रद्धा छैन, ज्ञानको आधारमा स्नेही छन्। यिनीहरू कै सम्पर्कबाट अमेरिकामा पुग्यौ। यी बेहद सेवाका निमित्त, विशेष आत्माहरूका सेवाको निमित्त बनेका छन्। यसलाई भनिन्छ एकको ज्ञानले अनेकौंलाई प्रभाव। ठूलो माइक हौ। यिनलाई देखेर वहाँको सरकारमा पनि राम्रो प्रभाव छ। ज्ञानको, योगको राम्रो प्रभाव छ। राम्रो सेवाधारी हौ।


    वरदान:

    हदको इच्छाहरूलाई त्याग गरेर अच्छा बन्ने विधिद्वारा सर्व प्राप्ति सम्पन्न भव:-  

    जसले हदको इच्छा राख्छन्, उनको इच्छा कहिल्यै पूरा हुँदैन। अच्छा बन्नेहरूको सबै शुभ इच्छाहरू स्वतः पूरा हुन्छन्। दाताका बच्चाहरूलाई केही पनि माग्ने आवश्कता पर्दैन। माग्नाले केही पनि मिल्दैन। माग्नु अर्थात् इच्छा। बेहदको सेवाको संकल्प हदको इच्छा विना भएमा अवश्य पूरा हुन्छन्। त्यसैले हदको इच्छाको सट्टा अच्छा बन्ने विधि अपनायौ भने सर्व प्राप्तिहरूले सम्पन्न बन्नेछौ।

    स्लोगन:

    याद र नि:स्वार्थ सेवाद्वारा मायाजित बन्नु नै विजयी बन्नु हो।  

      

    ***OM SHANTI***