BK Murli 16 January 2017 Nepali

bk murli today

Posted by: BK Prerana

BK Prerana is executive editor at bkmurlis.net and covers daily updates from Brahma Kumaris Spiritual University. Prerana updates murlis in English and Hindi everyday.
Twitter: @bkprerana | Facebook: @bkkumarisprerana
Share:






    BK Murli 16 January 2017 Nepali

    २०७३ माघ ३ सोमबार १६-०१-२०१७ ओम् शान्ति प्रातः मुरली “बापदादा” मधुबन

    “मीठे बच्चे– एक ईश्वरसँग सच्चा प्रेम हुनुपर्छ। यस इन्द्रको दरबारमा सपूत बच्चाहरूलाई नै ल्याऊ, कुनै कपूतलाई होइन।”  

    प्रश्न:

    २१ जन्मको ठूलो चिठ्ठा लिनको लागि कुनचाहिँ पुरुषार्थ गर्नुपर्छ?

    उत्तर:

    एक पारलौकिक साजनलाई याद गर्ने र उहाँको श्रीमतमा चल्ने पूरा पुरुषार्थ गर। यदि कसैको नाम रूपमा बुद्धि लट्किएको छ भने त्यसबाट बुद्धियोग निकाल्दै जाऊ। रातमा जब फुर्सत मिल्छ, प्यारसँग बाबालाई याद गर, दैवीगुण धारण गर्यौत भने २१ जन्मको चिठ्ठा मिल्नेछ।

    गीत:–

    न वह हमसे जुदा होंगे...

    ओम् शान्ति।

    दु:ख त यहाँ नै छ। बाबा आउनुहुन्छ दु:खबाट छुटाउन किनकि बच्चाहरूलाई यो सम्झाइएको छ– कृष्ण यहाँ आउन सक्दैनन्। उनको पुरीमा दु:ख हुँदैन। दु:ख हुन्छ नै कंसपुरीमा। कृष्णपुरी हो श्रेष्ठाचारी देवताहरूको पुरी। हामी अहिले दैवीगुण धारण गर्नेवाला बनेका छौं। यदि आसुरी गुण रह्यो भने दैवी सम्प्रदायमा राम्रो पद मिल्दैन। अहिले पद मिलेन भने कल्प-कल्पान्तर मिल्दैन। ठूलो घाटा हुन्छ। त्यो घाटा-फाइदा त एक जन्मको लागि हुन्छ। यो त जन्म-जन्मान्तरको कुरा हो। राम्रो नराम्रो कर्म हुन्छन् नि। सत्ययुगमा केवल राम्रो कर्म हुन्छ। खराब कर्म गराउनेवाला रावण वहाँ हुँदैन। यहाँ जसले जस्तो कर्म गर्छ, २१ जन्मको लागि त्यसको फल पाउँछ। या त चल्नु छ श्रीमतमा या त चल्नु छ आसुरी मतमा। खराब काम गर्नु मतलब आसुरी मतमा चल्नु, झट्ट थाहा हुन्छ। बाबासँग प्यार त पूरा हुनुपर्छ नि। ईश्वरसँग प्यार छैन मतलब असुरहरूसँग छ। यहाँ तिमीलाई ईश्वरको प्यार मिलेको छ। भन्दछौ– ईश्वर, बाबा। प्रतिज्ञा गर्छन्– हामी एक हजुरसँग नै प्रेम गर्छौं। फेरि कसैसँग प्रेम गरेमा मानौं असुरसँग गर्छौ। फेरि स्वयं पनि असुर बन्छौ। एक कथा पनि भन्छन् नि– ईन्द्रको दरबार थियो, उसमा कुनै परीले विकारीलाई साथ लिएर आइन्। त्यो सपूत बच्चा थिएन, कपूत विकारी थियो। त्यसैले दुवैलाई तल फ्याँकिदिए। ज्ञान पूरा न हुनाले यस्तो-यस्तोलाई लिएर आउँछन्, जो पवित्र रहन सक्दैनन्। जो बी.के. ले उनलाई लिएर आउँछन्, आफू पनि श्रापित हुन्छन्। ऊ त श्रापित हुन्छ नै। यो ईश्वरको ज्ञान ईन्द्र सभा हो। ज्ञान वर्षा बर्साउने एकै बाबा हुनुहुन्छ। यहाँ धेरै बुझेर कसैलाई लिएर आउनुपर्छ, नत्र लिएर आउने पनि श्रापित हुन्छन्। तिमी रूहानी पण्डा हौ, तिमीले लिएर आउँछौं सुप्रीम रूहको पासमा। त्यसैले धेरै खबरदारी पूर्वक लिएर आउनुपर्छ। त्यसो त भेट्नको लागि धेरै आउँछन्, कतिसँग मिल्नु पनि पर्छ तर त्यो पनि दिन आउनेछ, जति नै ठूलो मानिस होस्, पवित्र छैन भने सामुन्ने आउन सक्दैन। अहिले यस्तो गरे त मुश्किल हुन्छ। लक्ष्य धेरै उच्च छ, यतिका जति पनि आश्रम वा सतसङ्ग छन्, कहीँ पनि लक्ष्य-उद्देश्य छैन, केही पनि जान्दैनन्– यसबाट हामीलाई लाभ के हुन्छ? यहाँ त ठूलो अक्षरमा लक्ष्य-उद्देश्य लेखिन्छ। 

    मनुष्यबाट देवता बन्नु छ। सिक्खहरूले गाउँछन्– मनुष्यबाट देवता बनाउनुभयो... देवता हुन्छन् सत्ययुगमा। अवश्य मनुष्यलाई देवता बनाउनेवाला भगवान हुनुहुन्छ। भगवानले के बनाउनुहुन्छ? भगवान र भगवती। तर हामी देवी-देवता भन्छौँ किनकि भगवान एक हुनुहुन्छ। ब्रह्मा, विष्णु, शंकर पनि सूक्ष्मवतन वासी हुन्। लक्ष्मी-नारायण पनि दैवी गुणवाला मनुष्य हुन्। दैवी गुणवाला फेरि आसुरी गुणमा अवश्य आउँछन्। अब ब्रह्माद्वारा स्थापना भइरहेको छ। बाबा भन्नुहुन्छ– म पतित दुनियाँ र पतित शरीरमा आउँछु। यिनले पूरा ८४ जन्म लिन्छन्, आफ्नो डिनायस्टी सहित। पतितहरूलाई पावन बनाउनेवाला उहाँ हुनुहुन्छ, कृष्णले कसरी पतितलाई पावन बनाउँछन्। कृष्ण त्यस नाम रूपमा एकै पटक आउँछन्। उनको त्यो चित्र फेरि ५ हजार वर्षपछि मिल्नेछ। बाँकी जन्म त भिन्न-भिन्न हुन्छन्। यही लक्ष्मी-नारायण, जो अहिले जगत-अम्बा, जगत-पिता छन्। यिनलाई थाहा छ– हामी अर्को जन्ममा यो बन्छौं। अनुहार जो अहिले छ, त्यो बद्लिन्छ। तिमी अहिले वतनमा गएर देख्न सक्छौ। सत्ययुगमा लक्ष्मी-नारायणको कस्तो स्वरूप हुन्छ? तिमी यस समय साक्षात्कार गर्न सक्छौ। यो आश्चर्य छ, अरू कसैलाई साक्षात्कार हुँदैन। तिमीले यिनलाई एक्युरेट देख्न सक्छौ। तर त्यो फोटो यहाँ त निक्लिन सक्दैन। यो फोटो त यहाँ नै बनाएका हुन्। तिमीलाई थाहा छ– भविष्यमा यो बन्नेछौँ। गुरु नानकको एक्युरेट चित्र जुन थियो, त्यो ५ हजार वर्षपछि हुनेछ। यो कुरा तिमीलाई नै थाहा छ। यस्तो बाबासँग योग धेरै राम्रो हुनुपर्छ र अव्यभिचारी योग चाहिन्छ। कसैको नाम रूपमा प्रीत लाग्यो भने व्यभिचारी हुन्छौ। शिवबाबाको भक्ति सुरु हुन्छ, पहिले त्यसलाई अव्यभिचारी भक्ति भनिन्छ। शिवलाई नै पूज्दछन्। अहिले फेरि एक शिवबाबाको नै याद रहनुपर्छ। बाबा भन्नुहुन्छ– यस्तो नहोस्– अन्त्यमा तिम्रो बुद्धियोग व्यभिचारी हुन पुगोस्। कहीँ नाम रूपमा फँसेको छ भने बुद्धिलाई निकाल्दै जाऊ। माया यस्तो छ, जसले कहिले कहाँ, कहिले कहाँ धक्का खुवाउँछ। कहिले मित्र-सम्बन्धी याद आउँछन्। तुरुन्तै योग लागोस्, यो हुन सक्दैन। बाबा भन्नुहुन्छ– अहिले त कोही कम्पलीट बनेको छैन। यो धेरै ठूलो २१ जन्मको चिठ्ठा हो, यसमा पुरुषार्थ धेरै राम्रो चाहिन्छ। माया धेरै प्रबल छ, झट्ट भुलाइदिन्छ। यो पनि ड्रामामा निश्चित छ। त्यसैले याद गर्ने पुरुषार्थ रातमा गर। दिनमा त फुर्सत मिल्दैन। रातमा पारलौकिक साजनलाई याद गर। 

    श्रीमतमा चल्नाले श्रेष्ठ बनिन्छ। अब जो श्रेष्ठाचारी कृष्ण हुन्, उनलाई गीताको भगवान भन्ने गर्छन् र श्रेष्ठ बनाउनेलाई गुम गरिदिएका छन्। कृष्णको गुण र परमपिता परमात्माको गुण वर्णन अवश्य गर्नुपर्छ। अनि सर्वव्यापीको कुरा उड्नेछ। यो हो संगमयुग, यसलाई सुनौलो कल्याणकारी युग भनिन्छ। सत्ययुगलाई वा कलियुगलाई कल्याणकारी भनिँदैन। कल्याणकारी उसैलाई भनिन्छ, जुन कल्याणकारी छ। सत्ययुग त हो नै कल्याणकारी, त्यो भन्दा पहिले अकल्याणकारी युग थियो। महिमा सारा संगमयुगको हो, जबकि शिवबाबाको अवतरण हुन्छ। बाबा भन्नुहुन्छ– म कल्पको संगमयुगमा आउँछु। कल्प पूरा हुन्छ फेरि नयाँ सुरु हुन्छ। पुरानो कल्पमा कलियुग र नयाँ कल्पमा सत्ययुग हुन्छ। यो हो कल्पको संगमयुग। उनीहरूले फेरि युगे-युगे भन्ने गर्छन्। ठिकै छ, सत्ययुग र त्रेताको संगम, त्रेता र द्वापरको संगम, द्वापर र कलियुगको संगम.. फेरि कलियुग र सत्ययुगको संगम, चार संगम भए। त्यसैले अवतार पनि चार हुनुपर्छ। फेरि २४ अवतार किन भन्छन्? यो सबै कुरा धारण गर्नु छ। 

    बाबाले धेरै सहज रीतिसँग लेखाउनु भएको छ– परमपिता परमात्मासँग तपाईको के सम्बन्ध छ? परमपिता भनिन्छ भने अवश्य दुई पिता हुनुहुन्छ। प्रदर्शनीमा सबैले धेरै सम्झाउँछन्, तर यति कसैले बुझ्दैनन्। एक जनालाई पनि निश्चय हुँदैन। आउँछन् पनि, मुरली सुन्छन् तर उहाँ हाम्रो बाबा हुनुहुन्छ, उहाँबाट वर्सा लिनु छ, श्रीमतमा चल्नु छ। यो कुरा बुद्धिमा बस्दैन। हजारौं आए तर एक जनालाई पनि निश्चय छैन– उहाँ हाम्रो पिता हुनुहुन्छ, उहाँको मतमा चल्नु छ। पहिला त मम्मा-बाबालाई भेट्नुपर्छ। तर निश्चय छैन, माया धेरै प्रबल छ। यस प्रबल मायासँग छुटाउन धेरै मेहनत लाग्छ। बाबा भन्नुहुन्छ– सतगुरुको निंदकलाई ठाउँ मिल्दैन। यदि बदचलन छ भने ठाउँ पाउँदैन। यहाँ त लक्ष्य-उद्देश्य स्पष्ट छ। आधाकल्प भक्ति मार्ग चल्छ। त्यो हो उत्रिने कला। गाउँछन्– गुरुको नाम लिनाले चढ्ती कला हुन्छ। तर गुरु कुनचाहिँ? सतगुरु। तिमीले सतगुरुलाई जान्दछौ। उहाँ हुनुहुन्छ शिवबाबा, सत बाबा, सत टीचर, सतगुरु। शिवबाबालाई याद गर्नाले चढ्ती कला हुन्छ। १६ कला बन्छौं। फेरि १६ कलाबाट झर्नुपर्छ। मनुष्यले भन्छन्– हामी त यसबाट छुट्न चाहन्छौं। तर छुट्नु त छैन। चढ्ती कला, उत्रिने कला फेरि चढ्ती कला, सतोप्रधानबाट सतो, रजो, तमो फेरि तमोबाट सतो... यो चक्र लगाउनु छ। यस चक्रमा हरेकलाई आउनु छ। तिमी पूरा चक्रमा आउँछौ, उनीहरू थोरै चक्रमा आउँछन्र। सतो, रजो, तमो त हुनु नै छ। बचपनलाई सतोप्रधान भनिन्छ फेरि थोरै ठूलो भएपछि सतो, जवानलाई रजो, बूढोलाई तमो भनिन्छ। हरेकको सुख-दु:खको पार्ट निश्चित छ। यो नाटक बडो अद्‌भुत छ, जसलाई कसैले पनि जान्दैनन्। रोयल घरको बच्चाहरूको चलन धेरै राम्रो हुन्छ। यहाँ त श्रीमतमा चल्नु छ। सबै एकरस त चल्न सक्दैनन्। बाबाले सम्झाउनु हुन्छ– दास-दासी बन्नु, फेरि थर्ड क्लास राजा-रानी बन्नु, यसभन्दा त प्रजामा धनवान बन्नु राम्रो हो। दान-पुण्य गरेर धनवान बनून्। दासदासीको नाम त तोड्नु पर्छ। हुन त ती दास-दासी बनेर पछि राजाईमा जान्छन् तर ती भन्दा धनवान धेरै सुखी हुन्छन्। दास-दासीको नाम हुँदैन। प्रजामा धेरै धनवान बन्छन्। यहाँ रहेर यदि श्रीमतमा चलेनन् भने दास-दासी बन्न पुग्छन्। यहाँ रहेर कुनै कुकर्म गर्छन् भने दासीको पनि दासी बन्छन्। कुनै त राम्रो दासी हुन्छन्, कुनै रेस्पेक्टलेस हुन्छन्। 

    त्यसैले पुरुषार्थ धेरै राम्रो गर्नुपर्छ। यसैले बाबा लेख्नुहुन्छ– बच्चाहरूको सर्टिफिकेट पठाइदेऊ। कति छन्, जसले आफूलाई मिया-मिठ्ठू सम्झेर बस्छन्। फेरि रिपोर्ट कसले गर्ने, जसलाई सावधानी मिलोस्। बाबाको काम हो सम्झाउनु, लक्ष्य-उद्देश्य त पूरा छ, जो चाहे पुरुषार्थ गर, विजय मालामा उनिएर देखाऊ। ८ को पनि माला हुन्छ। १०८ को पनि माला हुन्छ, १६१०८ को पनि माला हुन्छ। पावन दुनियाँका राजा-रानी थोरै हुन्छन्। पछाडि धेरै हुन्छन्, यहाँका सबैभन्दा धेरै हुन्छन्। कति गाउँ छन्, कति राजा-रानी फेरि उनीहरूका कति राजकुमार-राजकुमारी, कति धेरै छन्। धेरै लिस्ट निकाल्छन्। महाराजा, राजा फेरि उनका कुटुम्ब। डायरेक्टरीमा मुख्य नाम राख्छन्। वहाँ त एक-एक बच्चा हुन्छ। धेरै लम्बा चौडा हिसाब छ। फेरि पनि बाबा भन्नुहुन्छ– बेहदको बाबालाई याद गर, जसबाट वर्सा पाउँछौ। गृहस्थ व्यवहारमा पनि रहनु छ, यो हो पवित्र प्रवृत्ति मार्ग। मनुष्यले ईश्वरलाई नजान्नाले स्वयंलाई नै ईश्वर सम्झेर बसेका छन्। जन्ममरणमा आइरहन्छन्। अकालमा मृत्यु पनि भइरहन्छ र ईश्वर पनि भनिरहन्छन्। तिमीलाई थाहा छ– देवताहरू कहिल्यै अकालमा मर्दैनन्। जब समय पूरा हुन्छ, अनि साक्षात्कार हुन्छ। अब पुरानो शरीर छोडेर नयाँ लिनु छ, धेरै बुझ्नु पर्ने कुरा छन्। एक बाबालाई नै याद गर्नु छ, अरू कसैको नाम रूपमा धक्का खानु छैन, नत्र गिर्छौ। बाबाले त अनेक प्रकारले उठाउनु पर्छ। यसमा त शिवबाबाको पधरामणी हुन्छ, यिनीसँग प्रतिस्पर्धा गर्नु हुँदैन। मायाले तुफान धेरै ल्याउँछ, हनुमान जस्तै पक्का बन्नु छ, जसले गर्दा माया रावणले हल्लाउन नसकोस्। आदि देवलाई महावीर हनुमान पनि भनिन्छ। नाम राखेका छन्। बच्चाहरूमा कुनै महारथी पनि छन्। कुरा यथार्थमा यहाँको हो। जसलाई ज्ञानको मालिस हुँदैन, ऊ ओइलाएको फूल जस्तो देखिन्छ। ज्ञानको मालिसद्वारा लक्ष्मी-नारायणलाई हेर कति रमणिक छन्। अच्छा! 

    मीठे-मीठे सिकीलधे बच्चाहरूप्रति माता-पिता बापदादाको याद-प्यार एवं गुडमर्निङ्ग। रूहानी बाबाको रूहानी बच्चाहरूलाई नमस्ते। रूहानी बच्चाहरूको रूहानी बाबालाई गुडमर्निङ्ग, नमस्ते। 


    धारणाको लागि मुख्य सारः

    १) आफ्नो लक्ष्य-उद्देश्यलाई सामुन्ने राखेर उच्च पद पाउने पुरुषार्थ गर। चलन धेरै रोयल राख्नु छ। श्रीमतमा चलिरहनु छ।

    २) कुनै पनि देहधारीको नाम रूपलाई याद गर्नु हुँदैन। एक बाबाको अव्यभिचारी यादमा रहने पुरुषार्थ गर।

    वरदान:

    “नेचुरल अटेन्शन” लाई आफ्नो नेचर (बानी) बनाउने, स्मृति स्वरूप भव:-  

    सेनामा जो सैनिक हुन्छन्, उनीहरू कहिल्यै पनि सुस्त रहँदैनन्, सदा अटेन्शनमा अलर्ट रहन्छन्। तिमी पनि पाण्डव सेना हौ। यसमा अलिकति पनि अबेलापन नहोस्। अटेन्शन एक नेचुरल विधि बनोस्। कतिले अटेन्शनको पनि टेन्शन राख्छन्। तर टेन्शनको लाइफ सदा चल्न सक्दैन, त्यसैले नेचुरल अटेन्शन आफ्नो नेचर बनाऊ। अटेन्शन राख्नाले स्वत: स्मृति स्वरूप बन्छौ, विस्मृतिको बानी छुट्छ।

    स्लोगन:

    स्वयंको स्वयं टीचर बन्यौ भने सबै कमजोरीहरू स्वत: समाप्त हुनेछन्।   



    ***OM SHANTI***