BK Murli 19 January 2017 Nepali

bk murli today

Posted by: BK Prerana

BK Prerana is executive editor at bkmurlis.net and covers daily updates from Brahma Kumaris Spiritual University. Prerana updates murlis in English and Hindi everyday.
Twitter: @bkprerana | Facebook: @bkkumarisprerana
Share:






    BK Murli 19 January 2017 Nepali

     २०७३ माघ ६ बिहीबार १९-०१-२०१७ ओम् शान्ति प्रातः मुरली “बापदादा” मधुबन

    “मीठे बच्चे– अब सत्यको वार्तालाप गर्नु छ। तिमीले निर्णय गर्न सक्छौ– सही के हो र गलत के हो?”  

    प्रश्न:

    अन्तर्यामी बाबाले दुनियाँका सबै बच्चाहरूको मनको कुनचाहिँ कुरा जान्नुहुन्छ?

    उत्तर:

    बाबाले जान्नुहुन्छ– यस समय सबैमा ५ भूत प्रवेश छन्, रावण सर्वव्यापी छ। तिमी बच्चाहरूले त ५ भूतहरूको दान दिएका छौ, तर कहिलेकाहीँ कसैले फिर्ता लिन्छन्। मायाको धेरै कडा बक्सिङ्ग हुन्छ। पटक-पटक हार्नाले कमजोर हुन पुग्छन्। त्यसैले बाबा भन्नुहुन्छ– प्यारा बच्चाहरू! दान दिएर फेरि लिनु हुँदैन। मायासँग हार्नु छैन। अमृतबेला उठेर बाबालाई याद गर्यौम भने भूत भाग्नेछ।

    गीत:–

    निर्बल से लडाई बलवान की...

    ओम् शान्ति।

    हेर कस्तो गीत बनाएका छन्, तर केही पनि बुझेका छैनन्। जस्तै गीता भागवत आदि बनाएका छन्, तर केही पनि बुझेका छैनन्। अहिले तिमी बच्चाहरूले यी सबैको अर्थ बुझ्दछौ। तुफान र दियोको कथा कस्तो बनाएका छन्! मनुष्यले त यत्तिकै सुन्छन्। तिमीले पूरा अर्थलाई जान्दछौ। कुरा यहाँको हो। सानो दियो त के, मायाको तुफान यस्तो छ, जसले ठूला-ठूला दियोलाई पनि निभाइदिन्छ। कहिले ओइलाउँछन्, योग कम हुन्छ। योगलाई घृत भनिन्छ। जति योग लगाउँछौं, त्यति ज्योति बलिरहन्छ। यो कुरा अहिलेको हो। आत्माहरूको ज्योति प्रज्वलित गर्नको लागि महाज्योतिलाई आउनुपर्छ, जसलाई नै परमात्मा भनिन्छ। पुतली पनि मनुष्यको लागि भनिन्छ। तिमीले भन्छौ– परमपिता परमात्मा हाम्रो सामुन्ने हाजिर हुनुहुन्छ। हामी आँखाले देख्छौं। उहाँको शारीरिक नाम छैन। शिव त निराकार हुनुहुन्छ र ज्ञानको सागर हुनुहुन्छ। ज्ञान दिइरहनु भएको छ, त्यसैले तिमीले भन्छौ– हामी हाजिर देख्छौं किनकि उहाँबाट हामीले ज्ञान लिन्छौं। सुनाउनेवाला हुनुहुन्छ शिव। मनुष्यले भन्छन्– परमात्मा हाजिरा-हजुर हुनुहुन्छ तर सोध, कहाँ हुनुहुन्छ? भन्छन्– सर्वव्यापी हुनुहुन्छ। यो त कुरा नै मिल्दैन। उहाँ आएर राजयोग सिकाउनु हुन्छ। तिमीलाई थाहा छ– शिवबाबाले हामीलाई पढाइरहनु भएको छ। अवश्य आँखाले हेर्नुहुन्छ नि! तिमीले भन्दछौ– हामी आत्मा हौं। अवश्य तारा जस्तै हुनुहुन्छ। देख्नमा पनि आउँछ। स्वयं आत्माले भन्छ– म तारा हुँ। धेरै महीन हुँ। आत्मा भृकुटीको बीचमा रहन्छ, यो पनि जान्दछन्। कसैले भन्छन्– हामी कसरी मानौं! ठीक छ, भृकुटीमा नसम्झून् आँखामा छ, कहीँ न कहीँ त बस्छ नि। आत्माले नै भन्छ– यो मेरो शरीर हो। भृकुटी शुद्ध स्थान हो, त्यसैले आत्माको निवास स्थान यहाँ देखाउँछन्। टीकाको निशानी पनि यहाँ दिइन्छ। आत्माले भन्छ– म एक शरीर छोडेर अर्को लिन्छु। यसमा संशयको त कुनै कुरा छैन। आत्माले याद गर्छ परमपिता परमात्माको। अब बाबाले याद दिलाउनु भएको छ। तिम्रो पार्ट पूरा भयो। तिमी पतित बनेका छौ। तिमीबाट सारा ज्ञान हराएर गएको छ। यो पनि पार्ट हो, कसैलाई दोष दिन सकिँदैन। आत्माले भन्छ– हामीमा ८४ जन्मको पार्ट छ। ड्रामा अनुसार ८४ जन्म भोग्नै पर्छ। पतित हुनु नै पर्छ। यो अहिले तिमीले जान्दछौ, जब सम्झाइन्छ। तिमीले भन्दछौ– बाबा। ड्रामामा मेरो पनि पार्ट छ। तिमीले बुझेका छौ– यो अनादि ड्रामा हो। हामी ड्रामाको परवश छौं। अहिले तिमी ईश्वरको वश भएकाले ड्रामालाई जान्दछौ। फेरि तिमी रावणको वश हुनाले बेतालको बन्छौ। बाबा भन्नुहुन्छ– म तिमीलाई कति ज्ञान दिन्छु। सबैले भन्छन्– यो त बिल्कुल नयाँ ज्ञान हो। सत्य र झुटो सिद्ध गरेर बताउँछन्। 

    यो नै सत्य खण्ड र झुटो खण्ड बन्छ। सत्य खण्डमा सत्य नै हुन्छ। झुटो खण्डमा झुटोको नै वार्तालाप छ। जबसम्म तिमीलाई सत्यको वार्तालाप मिल्दैन, तिमीले निर्णय कसरी गर्न सक्छौ? बाबा भन्नुहुन्छ, अब तिमीले जज गर– म तिमीलाई सही सम्झाउँछु या उनीहरूले सम्झाउँछन्? तिमीले भन्दछौ– म आत्मा हुँ, मेरो आत्मालाई किन दिक्क गर्छौ? आत्मा नै दिक्क हुन्छ। आत्मा अलग भएपछि कुनै कष्ट हुँदैन। शरीरसँग नै आत्माले दु:ख सुख भोग्छ। फेरि निर्लेप किन भन्छौ! परमात्माको लागि पनि भन्छन्– उहाँ नाम-रूप देखि भिन्न हुनुहुन्छ। तर जब परमात्मा भनिन्छ भने यो पनि नाम भयो नि। कसैले पानीको फोका जस्तो भन्छन्, कसैले ज्योति स्वरूप भन्छन्। बुझेका केही पनि छैनन्। यो एकै ड्रामा हो, जुन दोहोरिइरहन्छ। हरेक कलाकारले आफ्नो पार्ट खेल्नु छ। एक ड्रामा हो, एक रचयिता हुनुहुन्छ। यी कुरालाई कसैले जानेको छैन। उनीहरूले त सम्झन्छन्– आकाशमा यी जुन ताराहरू छन्, त्यसमा पनि दुनियाँ छ। वहाँ पनि गएर हामी जमीन लिन्छौं। प्लट खरिद गर्छौं। अब उनीहरू सत्य हुन् या जो बाबाले सम्झाउनु हुन्छ– त्यो सत्य हो? बाबा नै त नलेजफुल, मनुष्य सृष्टिको बीजरूप हुनुहुन्छ। कुनै त बीज होला नि– यस कल्प वृक्षको। बाबा सम्झाउनु हुन्छ– वृक्ष पनि एउटै छ। यो वृक्ष अहिले जीर्ण भएको छ। अब वृक्ष पुरानो भएको छ। फेरि नयाँ कलमी लाग्छ किनकि जो मुख्य देवी-देवता धर्म छ, त्यो प्राय: लोप भएको छ। विस्तार त सारा एक बीजको हो नि। बाबा कति राम्रोसँग बसेर सम्झाउनु हुन्छ। फेरि यो माया बिरालोले ज्योति निभाइदिन्छ। तुफान लाग्नाले कति ठूला-ठूला वृक्ष ढल्छन्। लेख्छन्– बाबा मायाको तुफान धेरै आउँछन्, यसलाई विघ्न पनि भनिन्छ। बाबा भन्नुहुन्छ– वास्तवमा रावणको आसुरी सम्प्रदायले विघ्न पार्छ, फेरि पुकार्छन्। पुकार्दा-पुकार्दा फेरि मायाको तुफानले विकारमा गिराइदिन्छ। पुराना-पुराना पनि गिर्न पुग्छन्। बाबा भन्नुहुन्छ– मायाको तुफान त आउँछन्। तर तिमी स्थिर रहनु छ। कहिल्यै कसैसँग नरिसाऊ। भन्छन्– बाबा मलाई क्रोध भूतले जित्यो। बाबा भन्नुहुन्छ– यो बक्सिङ्ग हो। घरी-घरी गिरिरह्यौ भने कमजोर बन्छौ। तिमीले त विकारको दान दिएका छौ नि। दान दिएर फेरि फिर्ता नलेऊ... कुनै पनि प्रकारको दान दिएर फेरि फिर्दा लिइँदैन। कथा पनि छ नि– राजा हरिश्चन्द्रले दान दिए... यो उदाहरण बसेर बनाएका छन्। बाबा भन्नुहुन्छ– इनश्योर गर्नु छ भने गर। गर्दैनौ भने तिमीलाई केही पनि मिल्ने छैन। वास्तवमा दान गरिएको चीज फिर्ता हुन सक्दैन। मानौं कसैले दान दियो, भवन बनाउनको लागि। 

    भवन बन्यो फेरि फिर्ता कसरी हुन सक्छ? कन्या दान गर्यौी, पैसा दियौ विवाह भयो, फेरि उसलाई फिर्ता कसरी दिन्छन्? दान दिएको चीज फिर्ता आउन सक्दैन। बाबा सम्झाउनु हुन्छ– तिमी बच्चाहरूलाई कति खुशी हुनुपर्छ! सबै साधु-सन्त आदिले भन्छन्– परमात्मा सर्वव्यापी हुनुहुन्छ। नाम रूपबाट अलग हुनुहुन्छ। नाम रूपबाट अलग त कुनै चीज हुँदैन। आकाशको पनि नाम छ नि। परमात्माको नाम सबैले लिन्छन्। शिवलिङ्गको प्रतिमा छन्। फेरि नाम रूपबाट अलग किन भन्छन्? तर हठलाई छोड्दैनन्, त्यसैले बाबाले सम्झाउनु भएको छ– पहिला सुरुमा कसैलाई भेट्दा सोध– परमपिता परमात्मासँग तपाईको के सम्बन्ध छ? उहाँ पिता हुनुभयो नि। तिमी बच्चाहरूले जहाँ पनि सेवा गर्न सक्छौ। शिवको मन्दिरमा गएर सोध– तपाईको परमपिता परमात्मासँग के सम्बन्ध छ? सामुन्ने शिवको मन्दिर खडा छ। उहाँसँग हजुरको के नाता पर्छ? पिता हुनुहुन्छ, त्यसैले पिता कहिल्यै नाम रूपबाट अलग वा सर्वव्यापी हुन सक्छ र? कति राम्रो-राम्रो कुरा बुझ्नु पर्ने छन्। पिता भनिन्छ भने अवश्य उहाँको नाम रूप पनि छ। बन्दगी गर्छौं, याद गर्छौं भने अवश्य उहाँबाट केही प्राप्ति हुनुपर्छ। यी सबै कुरालाई तिमीहरूमा पनि सबैले जानेका छैनन्। हुन त यहाँ सम्मुखमा बसेका छन्, त्यो पनि सबैले यति निश्चय गर्न सक्दैनन्। आज छन्, भोलि रहँदैनन्। तिमीले सुन्नेछौ– फलानो छोडेर गयो। देख्नेछौ– कति रफू-चक्कर हुन्छन्। तुफानमा गिर्न पुग्छन्। वास्तवमा सारा ज्ञान तिम्रो बुद्धिमा रहन्छ। जस्तै बाबा बीज हुनुहुन्छ उहाँको बुद्धिमा सारा ड्रामाको ज्ञान छ। जो सिकाएको छु, त्यो तिमीसँग पनि छ, जुन तिमीले कसैलाई पनि बुझाउन सक्छौ। नम्बरवार त छन्। कसैको बुद्धि सतो छ, कसैको रजो, तमो... बाबासँग कसैले सोधेमा बाबाले बताउन सक्नुहुन्छ। यी ब्रह्माले पनि भन्छन्– म पनि बताउन सक्छु। तिम्रो बुद्धि सतोप्रधान छ वा रजो तमो छ? सारा कुरा सेवामा आधारित छ। कसैको ज्ञानको राम्रो धारणा छ भने भनिन्छ सतोप्रधान बुद्धि छ। हरेकले स्वयं पनि बुझ्न सक्छ– म के गर्छु? सोध्छन्– बाबा मेरो कुनै गल्ती छ? बाबा भन्नुहुन्छ– नम्बरवन भूल त तिमीले सेवा गर्दैनौ, जसकारण पद भ्रष्ट हुन्छ। सेवा त देखिन्छ नि। कति सम्झाइन्छ– मन्दिर आदिमा गएर सम्झाऊ। गफ त लगाउँछन्– मैले सेवा धेरै गर्न सक्छु। तर बाबालाई थाहा छ– यसले सेवा गर्न सक्दैन। 

    छ धेरै सहज। कल्प-वृक्ष, ड्रामाको ज्ञान धेरै सहज छ। केवल सोध– परमपिता परमात्मासँग तपाईको के सम्बन्ध छ? पिता हुनुहुन्छ भने वर्सा अवश्य मिल्नुपर्छ। अवश्य उहाँको तपाई बच्चा हुनुहुन्छ, उहाँबाट वर्सा मिलेको हुनुपर्छ, जुन अहिले गुमाउनुभयो। हामीले पनि गुमायौं, वर्सा फेरि पाएका छौं। निश्चय हुनासाथ तुरुन्तै वर्सा प्राप्त हुन थाल्छ। तर कसैको तकदिरमा छैन भने मान्दैनन्। पुरुषार्थ गर्न सक्दैनन्। यो पनि जानेका छौ– उहाँ बाबा हुनुहुन्छ अन्तर्यामी, म हुँ बाहरयामी। यस्तो होइन सारा दुनियाँको मनमा के छ, त्यो बसेर बताउँछु। हो, यो जान्दछु– सबैको मनमा ५ भूत प्रवेश छन्, त्यसैले भन्दछु रावण सर्वव्यापी छ। तिमीले अझै भूतहरूको दान दिएका नै छैनौ, पुरानो दुनियाँका देह सहित सबै सम्बन्धबाट बुद्धियोग निकालेर एक बाबालाई याद गर्नमा नै धेरै मेहनत छ। यो मेहनत रात्रिमा राम्रो हुन सक्छ। अहिले देखि अभ्यास गर, तब याद गर्न सक्छौ। अमृतबेलाको असर राम्रो पर्छ। सबेरै उठ्नुपर्छ। सबेरै-सबेरै उठेर भक्ति मार्गमा माला फेर्छन्। कसैले राम-राम जप्छन्, कसैले के जप्छन्। अनेक मन्त्र छन्। काशीको पण्डित छ भने भन्छन् शिव-शिव भन्नुहोस्... सन्यासी आदि सबै भक्त हुन्। साधुहरूले साधना गर्छन्, घरबार छोडेर जंगलमा जान्छन्। यो पनि साधना हो नि। हठयोग मार्ग पनि ड्रामामा छ। यो त जान्नुपर्छ– स्वर्गको आदि सनातन देवी-देवता धर्म कहाँ गयो! देवताहरूको पूजा गर्छन्, तर यो बुझेका छैनन्– हामी कुन धर्मका हौं। हामीले पनि लक्ष्मी-नारायणको पूजा गर्थ्यौं, धर्म फेरि हिन्दू भनिदिन्थ्यौं। अहिले त हामी लेख्छौं– हाम्रो ब्राह्मण अथवा देवी-देवता धर्म हो फेरि पनि उनीहरूले हिन्दू लेखिदिन्छन् किनकि यहाँका सबै हिन्दू हुन्। मुसलमानहरूको अलग लेख्छन्। बाँकी सबै हिन्दुहरूको लाइनमा आउँछ। यो आश्चर्यजनक रहस्य हो। 

    अब तिम्रो बुद्धिमा बेहदको ज्ञान छ। यस सृष्टि चक्रलाई ड्रामा नै भनिन्छ। ड्रामा दोहोरिन्छ, नाटक होइन। त्यस नाटकमा कुनै कलाकार नभएमा बदलेर कुनै अर्को कलाकार राखिदिन्छन्। कुनै बिरामी भएमा रिप्लेस गरिदिन्छन्। चैतन्य नाटक हुन्छन्, यसलाई नाटक पनि भनिदैन, यसलाई त ड्रामा (फिल्म) भनिन्छ। यसमा कुनै चेन्ज हुन सक्दैन। मनुष्यले भन्छन्– हामीलाई मुक्ति मिलोस्। तर ड्रामामा यो चेन्ज हुन सक्दैन। यो कसैले जानेका छैनन्– यो ड्रामा हो, यसबाट कोही निक्लिन सक्दैन। यो धेरै बुझ्नु पर्ने कुरा छ। हौं पनि पुराना, अनेक पटक पार्ट खेल्यौं। चक्र लगाएका छौं। यी कुरालाई कसैले बुझ्ने कोसिस पनि गर्दैनन्। सम्झन्छन् पनि– वास्तवमा भगवान् एक हुनुहुन्छ र यो विश्वको इतिहास-भूगोल दोहोरिन्छ। तर बुझ्ने कोसिस गरून्, उनलाई फुर्सत छैन। पुराना बच्चाहरूको पनि बुद्धिमा रहँदैन। तुफान लागिरहन्छ। पछि गएर वृद्धि भइरहनेछ। धेरै आउनेछन्, बुझ्ने कोसिस गर्नेछन्। मृत्यु जब नजिक आउनेछ, अनि छिटो बुझ्नेछन्। तिमीले त भन्छौ– विनाश आउनै लाग्यो। त्यो भन्दा पहिले वर्सा लिनु छ। फेरि तिमीले भन्छौ– कति ढिलो आएछु। अब त रात-दिन योगमा रहने गर, अनि विकर्म विनाश हुन्छन्। विकर्म धेरै छन्। समय लाग्छ। यिनलाई पनि कति समय लागेको छ। अझै कति प्वाइन्टहरू रहेका छन्। हामीले त सबैलाई भन्दै आएका छौं– मृत्यु आयो कि आयो। जस्तै शेरको एक कथा छ नि। उनीहरूले सम्झन्छन्– यिनीहरूले गफ लगाइरहेका छन्। एक दिन विनाश त आइ नै हाल्छ। फेरि दौडिन्छन्, तर टू लेट। हो यो बेहदको कुरा, फेरि यसबाट उनीहरूले कथा बनाएका छन्। विकर्म विनाशको लागि योग अग्नि धेरै चाहिन्छ। हो, नयाँ-नयाँ धेरै यस्ता पनि निस्कन्छन्, जो पुरानाहरू भन्दा पनि अगाडि जान्छन्। मार्जिन छ। बाबा भन्नुहुन्छ– ठिकै छ, घरमा रहेर रात्रिमा जाग, जति जो दौडिन सक्छ। ठिकै छ, रातमा निद्रा पनि नगर। धेरै अगाडि जानेछौ। यो कति तागतिलो ज्ञान छ। बेडा नै पार हुन्छ। सबै कामना सिद्ध हुन्छन्। अच्छा! 

    मीठे-मीठे सिकीलधे बच्चाहरूप्रति माता-पिता बापदादाको यादप्यार एवं गुडमर्निङ्ग। रूहानी बाबाको रूहानी बच्चाहरूलाई नमस्ते। रूहानी बच्चाहरूको रूहानी बाबालाई गुडमर्निङ्ग, नमस्ते। 


    धारणाको लागि मुख्य सारः

    १) विनाश भन्दा पहिले बाबासँग पूरा-पूरा वर्सा लेऊ। रात-दिन योगमा रहेर विकर्म विनाश गरेर नम्बर अगाडि लिनु छ।

    २) देह सहित पुरानो दुनियाँका सबै सम्बन्धहरूलाई बुद्धिद्वारा भुलेर एक बाबालाई गर। जुन चीज दान दियौ, त्यसलाई फिर्ता लिनु हुँदैन।

    वरदान:

    डबल नशाको स्थितिद्वारा सदा निर्विघ्न बन्ने र बनाउने, विश्व परिवर्तक भव:-  

    “मालिक सो बालक हुँ”– जब चाह्यो मालिकपनको स्थितिमा स्थित होऊ र जब चाह्यो बालकपनको स्थितिमा स्थित होऊ। यस डबल नशाले सदा निर्विघ्न बनाउँछ। यस्तो आत्माहरूको टाइटल हो विघ्न-विनाशक। तर केवल आफ्नो लागि विघ्न-विनाशक होइन, सारा विश्वको विघ्न-विनाशक, विश्व परिवर्तक हौ। जो स्वयं शक्तिशाली छ, उसको सामुन्ने विघ्न स्वत: कमजोर बन्छ।

    स्लोगन:

    आफ्नो डबल लाइट स्वरूपमा स्थित रह्यौ भने सबै बोझ समाप्त हुनेछ।   



    ***OM SHANTI***