BK Murli 25 January 2017 Nepali

bk murli today

Posted by: BK Prerana

BK Prerana is executive editor at bkmurlis.net and covers daily updates from Brahma Kumaris Spiritual University. Prerana updates murlis in English and Hindi everyday.
Twitter: @bkprerana | Facebook: @bkkumarisprerana
Share:






    BK Murli 25 January 2017 Nepali

    २०७३ माघ १२ बुधबार २५-०१-२०१७ ओम् शान्ति प्रातः मुरली “बापदादा” मधुबन

    “मीठे बच्चे– देह-अभिमानमा आउनाले नै विकर्म बन्छन्। त्यसैले प्रतिज्ञा गर– सबै सङ्गत तोडेर एकसँग जोड्नेछु।”  

    प्रश्न:

    कुनचाहिँ खेल प्राकृतिक हो तर मनुष्यले त्यसलाई ईश्वरीय कार्य सम्झन्छन्?

    उत्तर:

    ड्रामामा यो जुन प्राकृतिक प्रकोप आउँछन्, विनाशको समय एकै समुद्रको लहरमा सबै खण्ड, टापू आदि खतम हुनेछ, जसको रिहर्सल अहिले पनि भइरहन्छ, यो सबै प्राकृतिक खेल हो। यसलाई मनुष्यले ईश्वरीय कार्य भनिदिन्छन्। तर बाबा भन्नुहुन्छ– म कुनै डाइरेक्शन दिन्नँ, यो सबै ड्रामामा निश्चित छ।

    गीत:–

    कौन आया मेरे मनके द्वारे...

    ओम् शान्ति।

    को आयो अर्थात् कसको याद आयो? यस्तो होइन आएर दिलमा बस्नुभयो। फेरि त सर्वव्यापी हुने भयो। यस्तो होइन। को आयो मेरो यादमा? अकालमूर्त। जसलाई कालले खान सक्दैन। सिक्खहरूको पासमा अकालतख्त पनि छ। उनीहरू मध्ये अकाली मानिसहरू पनि छन्। उनीहरूले स्वयं जानेका छैनन्– सिक्ख धर्म प्रवृत्ति मार्गको धर्म हो। एकै आदि सनातन देवीदेवता धर्म प्राय: लोप छ। दोस्रो छ– संन्यास धर्म, निवृत्ति मार्गको। घरबार छोडेर हदको सन्यास गरेर पवित्र बन्छन्। जंगलमा त अवश्य पवित्र नै रहन्छन्। हरेक धर्मको रसमरिवाज अलग छ। शिक्षा पनि अलग छ। त्यो हो निवृत्ति मार्गको धर्म, त्यसलाई फलो गर्नेले पनि घरबार छोडेर कफनी पहिरिनुपर्छ। फेरि पनि उनले भन्छन्– घर गृहस्थमा रहेर पनि ज्ञान प्राप्त गर्न सक्छौ, तर त्यो कुनै ज्ञान होइन। न संन्यासीले यस्तो गराउन सक्छन्। वास्तवमा गुरु उही हो, जसले सद्गति दिन्छ। त्यो त एकै हुनुहुन्छ। गुरुनानकले पनि शिक्षा दिएका छन्। उनले पनि परमात्माको नै महिमा गर्छन्। एकोअंकार, अकालमूर्त, तिमीलाई अब उहाँ अकालमूर्त अर्थात् परमपिता परमात्माको नै याद छ। महिमा गर्छन्, अकालमूर्त, अयोनि हुनुहुन्छ। स्वयम्भू अर्थात् रचयिता। निर्भय, निर्वैर, अकालमूर्त... सतगुरु प्रसाद, जप साहेब आदि यो महिमा हो परमपिता परमात्माको। अकालमूर्तलाई नै मान्छन्। उहाँले नै बताउनुहुन्छ सत्ययुग आदि सत्, होसी पनि सत, फेरि यो पनि भन्छन्– विकारी पतित... पतित-पावनको मतलब नै विकारी पतित कपडा धुनुभयो, सफा गर्नुहुन्छ। त्यसैले उहाँको महिमा गाउँछन्। फेरि भन्छन्– अशंख चोर हराम खोर। यो पनि यस समयको नै महिमा हो। फेरि नानक भन्छन्– सोच, पतित-पावनको बारेमा, अनि उहाँ माथि बलिहार जान्छन्। अवश्य जब उहाँ आउनुभयो, तब त बलिहार जान्छन्। बाबा भन्नुहुन्छ– म अहिल्या, गणिका, साधुहरूको पनि उद्धार गर्न आउँछु। त्यसैले अवश्य सबै पतित ठहरिए। अब यो हो बेहदको कुरा त अवश्य बेहदको मालिक नै आएर बुझाउनु हुन्छ। ब्रह्मा, विष्णु, शंकर पनि मेरा रचना हुन्। ब्रह्माद्वारा आदि सनातन देवी-देवता धर्मको स्थापना, शंकरद्वारा अनेक धर्महरूको विनाश। अरू जो आउँछन्, केवल आफ्नो धर्मको स्थापना गर्छन्। यस्तो होइन ती गुरुहरू सद्गति दाता हुन्। सद्गति कसको गर्ने? उनको वंशावलीको नै पूरा वृद्धि भएको छैन भने सद्गति कसरी गर्नुहुन्छ? बाबा भन्नुहुन्छ– म आएर आदि सनातन धर्मको स्थापना र अधर्मको विनाश गराउँछु। यस समय सबै तमोप्रधान पाप आत्मा बनेका छन्। मनुष्य जो यस बेहद ड्रामाका पार्टधारी हुन्, उनीहरूलाई थाहा हुनुपर्छ– सृष्टिचक्र कसरी घुम्छ? बाबा आएर हामी बच्चाहरूलाई त्रिकालदर्शी बनाउनुहुन्छ। यो पनि सम्झन्छन्– अवश्य बाबा आएर स्वर्ग, सत्यखण्डको स्थापना गर्नुहुन्छ र झुटखण्डको विनाश गर्नुहुन्छ। सत्यखण्डको स्थापना गर्नेवाला सत्य ठहरिनुभयो नि। यो सबै कुरा बाबाले नै सम्झाउनु हुन्छ। सबैले त धारण गर्न सक्दैनन् किनिक देह-अभिमान धेरै छ। जति देही-अभिमानी हुन्छौ, आफूलाई आत्मा अशरीरी सम्झन्छौ, बाबालाई याद गर्छौ, त्यति धारणा हुन्छ। देह-अभिमानीलाई धारणा हुँदैन। योगबाट नै आत्माका पाप दग्ध हुन्छन्। दिनमा त देह-अभिमान रहन्छ। त्यसैले देही-अभिमानी बन्ने प्राक्टिस कहिले गर्नुपर्छ? 

    बाबा भन्नुहुन्छ– निद्रालाई जित्नेवाला बन। बाबा कति राम्रा प्वाइन्टहरू सम्झाउनुहुन्छ। तर कति यस्ता पनि बच्चाहरू छन्, जसले मुरली नै सुन्दैनन्, पढाइ त मुख्य हो। जसरी पनि मुरली पढ्नुपर्छ। तर यस्तो पनि होइन, विकारमा गिरिरहने अनि मुरली चाहिँ मागिरहने। जबसम्म ग्यारेन्टी गर्दैनन्, मुरली पठाउनु हुँदैन। जसले मुरली पढ्दैनन्, उनको गति के होला! राम्रा-राम्रा बच्चाहरूले पनि मुरली पढ्दैनन्, उल्टो नशा चढ्छ। नत्र एक दिन पनि मुरली मिस गर्नु हुँदैन। धारणा हुँदैन भने बुझ्नुपर्छ देह-अभिमान छ। उसले उच्च पद पाउन सक्दैन। बाबाले राम्रोसँग सम्झाउनु हुन्छ, बच्चाहरूले पनि सम्झाउनुपर्ने हुन्छ। बाबा त बाहिर जान सक्नुहुन्न। बाबा बच्चाहरूको अगाडि नै सम्झाउनुहुन्छ। यी बडी मम्मा पनि गुप्त छन्। शक्ति बाहिर जान सक्छन्। कन्फ्रेन्स हुन्छ, त्यसमा आदि सनातन देवी-देवता धर्मको त कुनै प्रतिनिधि हुँदैन। यो प्वाइन्ट पनि सम्झाउनुपर्छ। अरू जति पनि धर्म पिता आउँछन्, उनीहरू केवल धर्म स्थापना गर्न आउँछन्, नकि अधर्महरूको विनाश गर्न। सत्य धर्मको स्थापना, अनेक अधर्महरूको विनाश संगममा नै हुन्छ। जब उत्रिने कला हुन्छ, अनि बाबा आउँछन्। चढ्ती कला त एकै पटक हुन्छ। यसमा एक श्लोक पनि छ– बाल्यकालमा पढेको थिएँ। गुरुनानकले भनेका छन्– सबै निन्दक हुन्, झुटो हुन्। कुनै पनि पवित्र रहँदैनन्। सिक्ख धर्ममा अकाली हुन्छन्, जसमाथि कालो चक्र पनि देखाउँछन्। यो हो स्वदर्शन चक्र। यो पनि पवित्रताको निशानी हो। कंगन पनि बाँध्छन्– दुवै पवित्रताको निशानी हुन्। तर तिनीहरूले यसको अर्थ जान्दैनन्, न पवित्र रहन्छन्। जनै पनि पवित्रताको निशानी हो। आजकल त सबैथोक उडाइदिएका छन्। ब्राह्मण कुल हो उत्तम, उनले फेरि धेरै टुपी राख्छन्। तर पावन त कोही बन्दैनन्। पतित-पावन एकै परमात्मा आएर सबैलाई पावन बनाउनु हुन्छ। यस्तो होइन बुद्ध, क्राइस्ट आदि पनि कुनै पतित-पावन थिए। गुरु त दुनियाँमा अनेक छन्, सिकाउने वाला, पढाउने वाला। बाँकी सर्वका सद्गति दाता पतित-पावन एकै हुनुहुन्छ। सबैलाई पावन बनाएर साथमा लिएर जानको लागि म नै आउँछु। ज्ञान सागरको साथमा सहयोगी तिमी ज्ञान गंगा पनि हौ। गंगा नदीमा पनि देवीको चित्र राखिदिएका छन्। अब वास्तवमा ज्ञान गंगा तिमी हौ। तर तिम्रो अहिले पूजा हुँदैन किनकि तिमी अहिले लायक बनिरहेका छौ। पुजारीबाट पूज्य बनिरहेका छौ, फेरि तिम्रो पुजारीपना खतम हुनेछ। यो रहस्य सम्झाउनुहुन्छ, तर कसैको बुद्धिमा बस्दैन। कदम-कदम बाबाको श्रीमतमा चल्नु छ। देह-अभिमान छोड्दै जाऊ। यी सबै मित्र सम्बन्धी आदि खतम हुनेवाला छन्। हामी सबै जानेछौं। तर दुनियाँ त रहन्छ नि। बाबा भन्नुहुन्छ– म नयाँ सृष्टिको रचयिता हुँ, तर म आउँछु त पतित दुनियाँमा नै, त्यसैले त मलाई पतित-पावन भन्दछन्। अवश्य पतित दुनियाँ हुन्छ। पावन दुनियाँमा त पतित हुँदैनन्। परमात्मालाई स्वर्ग स्थापना गर्नु छ, त्यसैले उहाँलाई हेविनली गड फादर भन्छन्। क्राइस्टले स्वर्ग स्थापना गर्दैनन्। हो, त्यतिबेला जो आत्मा माथिबाट आउँछ। ऊ सतोप्रधान हुन्छ, बाँकी अरू कसैले पनि पतितबाट पावन बनाउँदैन। तिमी बच्चाहरूले अहिले यस्तो कुनै विकर्म गर्नु हुँदैन, जसकारण पतित भनियोस्। देह-अभिमानबाट नै विकर्म बन्छन्। तिमीले ग्यारेन्टी गर्छौ– अरू सङ्गत तोडेर एकसँग जोड्नेछु। अब तिमीले प्रतिज्ञा पूरा गर। नत्र दण्ड खानेछौ। ग्रन्थमा पनि छ– चढ्ती कला तेरे भाने सर्वका भला। शब्द राम्रा छन् तर जे जति पढेका छौ, त्यसलाई त बिर्सिनु पर्छ। बाबालाई त बच्चाहरूको नाम पनि पूरा याद छैन किनकि शिवबाबालाई याद गर्नु छ। त्यसैले यी बाबाले भनिदिन्छन्– खुशी रहौ, आबाद रहौ, नबिसरौ न याद रहौ। तर सेवाधारी बच्चाहरूलाई बाबा याद अवश्य गर्नुहुन्छ– फलाना धेरै राम्रो सहयोगी छ। धनवान त घोर अन्धकारमा परेका छन्। कसैलाई थाहा छैन– मृत्यु सामुन्ने खडा छ। भगवानुवाच– म राजयोग सिकाउँछु, त्यसैले अवश्य ज्ञानद्वारा गडेज अफ वेल्थ बन्छौ। यो सारा राजधानी बनिरहेको छ, नम्बरवार। तिमीलाई थाहा छ– नम्बरवार हामी सबै पढिरहेका छौं। बाबा भन्नुहुन्छ– म राजधानी स्थापना गरिरहेको छु। अनेक धर्महरूको विनाश गराउँछु। परम सतगुरु एकै हुनुहुन्छ। उहाँ सर्वोच्च एक भगवान् नै गायन गरिएको छ। सर्वोच्च भनेर ब्रह्मा विष्णु शंकरलाई पनि भगवान् भनिँदैन, त्यसैले राम कृष्णलाई भगवान् कसरी भन्न सकिन्छ। उहाँ त हुनुहुन्छ ज्ञानका सागर पतित-पावन। भगतले भगवान्‌लाई याद गर्छन्, ब्रह्मा विष्णु शंकरलाई कहाँ याद गर्छन् र। अहिले व्यभिचारी बनेका छन्। त्यसैले कति राम्रो-राम्रो कुरा धारण गर्नु छ। जे गरिन्छ, त्यो पाइन्छ। ज्ञान गंगा तिमी हौ। तिमी नदीहरूको नै किनारा छ। सागर त कहीं जान सक्नुहुन्न। तर त्यो हो जड सागर, यो हो चैतन्य। त्यसमा त एक तुफानको लहर उठ्यो भने धेरै नोक्सान हुन्छ। विनाशको समय जोडसँग तुफान आउनेछ, सबै खण्ड टापू आदि समाप्त हुनेछ। समय लाग्दैन। प्राकृतिक प्रकोपलाई ईश्वरीय कार्य भनिदिन्छन्। त्यसैले भनिएको छ– शंकरद्वारा विनाश, त्यसैले ईश्वरीय कार्य नै भयो नि। तर बाबा भन्नुहुन्छ– म कुनै यस्तो डायरेक्शन आदि दिन्नँ। यो सबै ड्रामामा निश्चित छ। तुफान, प्राकृतिक प्रकोप आदि सबैले आफ्नो काम गर्नेछन्। कल्प-कल्प यो प्रकोप आउनु नै छ र सबै खण्ड खतम हुन्छन्। बाँकी एक भारतखण्ड रहनेछ। त्यसको लागि तयारी हुन्छ। रिहर्सल भइरहनेछ। 

    यो नेचुरल खेल बनेको छ। तिमी शिव शक्ति नै कहीँ गएर सम्झााउन सक्छौ। तिमीहरू सबैले चाहन्छौ शान्ति स्थापना होस्, तर तिमीलाई थाहा छ– शान्ति कहाँ हुन्छ? सुख कहाँ हुन्छ, दु:ख कहाँ हुन्छ– यी सबै बुझ्नुपर्ने कुरा हुन्। अहिले दु:खधाम हो। यहीं सुखधाम थियो। आदि सनातन देवी-देवताहरूको राज्य थियो। कलियुग हो दु:खधाम, यसको विनाश अवश्य हुनु छ। पहिले अन्त्य भएर फेरि आदि हुनु छ। मध्यमा छन् अनेक धर्म। सत्ययुगमा एक धर्म थियो। यो ड्रामाको चक्र हो। यसमा ४ मुख्य धर्म छन्। एक धर्मको पाङ्ग्रा गुम गरिदिएका छन्। देवता धर्म स्थापना गर्नेवाला को हुनुहुन्छ– यो बताऊ। परमपिता परमात्माले ब्रह्माद्वारा स्थापना गराउनुहुन्छ। वास्तवमा तिमी पनि प्रजापिता ब्रह्माको सन्तान हौ। शिवका पनि सन्तान हौ। ब्रह्माका सन्तान हुनाले आपसमा भाइ-बहिनी हौ। तिमीलाई थाहा छ– हामी उहाँका बनेका छौं। परमपिता परमात्माले पहिले ब्राह्मण धर्म रच्नुहुन्छ। ब्राह्मण धर्म हो चोटी, अरू सबै धर्म पछि आएका हुन्, नम्बरवार। आखिरमा तिम्रो प्रत्यक्षता हुनु छ अवश्य। अच्छा! 

    मीठे-मीठे सिकीलधे बच्चाहरूप्रति माता-पिता बापदादाको याद-प्यार एवं गुडमर्निङ्ग। रूहानी बाबाको रूहानी बच्चाहरूलाई नमस्ते। रूहानी बच्चाहरूको रूहानी बाबालाई गुडमर्निङ्ग, नमस्ते। 


    धारणाको लागि मुख्य सारः

    १) ज्ञानको धारणाको लागि जति हुन सक्छ देही-अभिमानी रहने गर। अशरीरी बन्ने अभ्यास रातमा जागेर गर।

    २) जसरी पनि मुरली सधैं सुन्नु वा पढ्नुपर्छ। एक दिन पनि मिस गर्नु हुँदैन। अरू सङ्गत तोडेर एकसँग जोड्ने प्रतिज्ञा गर।

    वरदान:

    बालक सो मालिकको सिँढी चढ्ने र उत्रिनेवाला बेफिक्र डबल लाइट भव:-  

    सदा यो स्मृति रहोस्– मालिकको साथ-साथै बालक पनि हुँ र बालकको साथ-साथै मालिक पनि हुँ। बालक बनेपछि सदा बेफिक्र, डबल लाइट रहन्छौ र मालिक अनुभव गर्नाले मालिकपनको रूहानी नशा रहन्छ। सल्लाह दिने समयमा मालिक र जब धेरैले फाइनल गर्छन् अनि त्यतिबेला बालक। यो बालक र मालिक बन्नु पनि एक सिँढी हो। यो सिँढी कहिले चढ्ने, कहिले उत्रिने, कहिले बालक बन्ने, कहिले मालिक बन्ने गर्यौढ भने कुनै पनि प्रकारको बोझ रहँदैन।

    स्लोगन:

    जसले आफूलाई पुरुष (आत्मा) सम्झेर रथ (शरीर)द्वारा कार्य गराउँछ, उही सच्चा पुरुषार्थी हो। तपस्वी मूर्त बन:- समय प्रमाण अब आफ्नो तपस्वी स्वरूपद्वारा चारैतिर सकाश दिने, भाइब्रेशन दिने, मनसाद्वारा वायुमण्डल बनाउने कार्य गर। अब यसै सेवाको आवश्यकता छ किनकि धेरै नाजुक समय आइरहेको छ।   



    ***OM SHANTI***