BK Murli 28 January 2017 Nepali

BK Murli 28 January 2017 Nepali

२०७३ माघ १५ शनिबार २८-०१-२०१७ ओम् शान्ति प्रातः मुरली “बापदादा” मधुबन

“मीठे बच्चे– ज्ञान रत्नलाई धारणा गरेर रूहानी हस्पिटल, युनिभर्सिटी खोल्दै जाऊ, जसबाट सबैलाई हेल्थ वेल्थ मिलोस्।”  

प्रश्न:

बाबाको कुनचाहिँ कर्तव्य कुनै पनि मनुष्य आत्माले गर्न सक्दैन?

उत्तर:

आत्मालाई ज्ञानको इन्जेक्सन लगाएर उसलाई सदाको लागि निरोगी बनाउनु– यो कर्तव्य कुनै पनि मनुष्यले गर्न सक्दैन। जसले आत्मालाई निर्लेप मान्छन्, उनीहरूले ज्ञानको इन्जेक्सन कसरी लगाउँछन्। यो कर्तव्य एक अविनाशी सर्जनको नै हो जसले यस्तो ज्ञान योगको दबाइ दिनुहुन्छ, जसबाट आधाकल्पको लागि आत्मा र शरीर दुवै नै हेल्दी-वेल्दी बन्छन्।

गीत:–

यह वक्त जा रहा है.........

ओम् शान्ति।

यो कसले भन्यो– बाँकी थोरै समय छ? धेरै गयो अब थोरैको पनि थोरै रहेको छ। अहिले तिमी यस पुरानो दुनियाँमा बसेका छौ। यहाँ त दु:ख नै दु:ख छ। सुखको नाम निशान छैन। सुख हुन्छ नै सुखधाममा। कलियुगलाई दु:खधाम भनिन्छ। अहिले बाबा भन्नुहुन्छ– अब म आएको छु, तिमीलाई सुखधाममा लिएर जानको लागि, फेरि किन रोकिएका छौ? दु:खधामसँग किन दिल लागेको छ? दु:खधामका सम्बन्धीसँग अथवा यस पुरानो शरीरसँग किन दिल लागेको छ? म आएको छु तिमीलाई सुखधाममा लिएर जानको लागि। संन्यासीहरू भन्छन्– यस दुनियाँको सुख त काग विष्टा समान छ, त्यसैले त्यसको संन्यास गर्छन्। तिमी बच्चाहरूलाई अहिले सुखधामको साक्षात्कार भएको छ। यो पढाइ हो नै सुखधामको लागि र यस पढाइमा कुनै पनि मेहनत छैन। बाबालाई याद गर्नु छ। यस यादबाट पनि तिमी निरोगी बन्छौ। तिमीहरूको काया कल्पवृक्ष समान ठूलो हुनेछ। यो जुन मनुष्य सृष्टिको वृक्ष छ, यसको आयु ५ हजार वर्ष हो। त्यसमा आधाकल्प सुख, आधाकल्प दु:ख छ। दु:ख त आधाकल्प तिमीले देखेका छौ। बाबा भन्नुहुन्छ– पवित्र दुनियाँमा जानको लागि पवित्र बन। श्रीमतले भन्छ– यो विषको लेन-देन छोडिदेऊ। ज्ञान र योगको धारणा गर। जति ज्ञान रत्न धारणा गर्छौ, त्यति निरोगी बन्छौ। 

बाबाले सम्झाउनु भएको छ– यो रूहानी हस्पिटल पनि हो भने युनिभर्सिटी पनि हो। परमपिता परमात्मा आएर रूहानी हस्पिटल र युनिभर्सिटी स्थापना गर्नुहुन्छ। हस्पिटल त दुनियाँमा धेरै छन् तर यस्तो हस्पिटल र युनिभर्सिटी एकसाथ कहीं हुँदैन। यहाँ यो आश्चर्य छ– हस्पिटल र युनिभर्सिटी, हेल्थ र वेल्थ एकसाथ मिल्छ। फेरि किन यस खजानालाई लिनको लागि खडा नहुने? आज-भोलि गर्दै अचानक विनाश आउनेछ। बाबाले श्रेष्ठभन्दा श्रेष्ठ मत दिनुहुन्छ। तिमीले सरकारलाई पनि सम्झाऊ– यस समय बेहदको बाबाले यस्तो हस्पिटल र युनिभर्सिटी खोल्नुहुन्छ, जसद्वारा सबैलाई हेल्थ वेल्थ दुवै मिल्छ। सरकारले पनि हस्पिटल, युनिभर्सिटी खोल्छ। उसलाई सम्झाऊ– यस जिस्मानी हस्पिटल खोल्नाले के हुन्छ? यो त आधाकल्पदेखि चल्दै आएको छ र बिरामी पनि बन्दै नै आएका छन्। यो हो फेरि रूहानी हस्पिटल र युनिभर्सिटी, यसबाट मनुष्य २१ जन्मको लागि एवरहेल्दी वेल्दी बन्न सक्छन्। त्यसैले शिक्षा मन्त्री, स्वास्थ्य मन्त्रीलाई पनि सम्झाऊ– बेहदको बाबाले यो कम्बाइन्ड हस्पिटल र युनिभर्सिटी दुवै खोल्नुभएको छ। तपाईलाई पनि राय दिइन्छ– यस्तो खोल्नुभयो भने मनुष्यको कल्याण हुन्छ। बाँकी यो बिमारी आदि त जबदेखि रावणराज्य सुरु भयो तबदेखि सुरु भएको हो। पहिले त वैद्यको औषधी हुन्थ्यो। अहिले त अंग्रेजी औषधी धेरै निस्किएका छन्। उहाँ हुनुहुन्छ अविनाशी सर्जन, जसले अविनाशी औषधी दिनुहुन्छ। त्यसैले गाइन्छ– ज्ञान अंजन सद्गुरुले दिनुभयो, ज्ञान इन्जेक्सन रूहानी बाबाले नै लगाउनुहुन्छ आत्माहरूलाई। अरू कोही आत्मालाई इन्जेक्सन लगाउनेवाला हुन सक्दैन। उनीहरूले त भन्छन्– आत्मा निर्लेप छ। त्यसैले तिमी सम्झाऊ– त्यस हस्पिटल र युनिभर्सिटीमा त लाखौ रुपियाँ खर्च लाग्छ। यहाँ त खर्चको कुनै कुरा छैन। ३ पाइला पृथ्वी चाहिन्छ। जो आउँछ उसलाई सम्झाइयोस्। बाबालाई याद गर्नुभयो भने एवरवेल्दी बनिन्छ र चक्रलाई जान्नाले चक्रवर्ती राजा बनिन्छ। धनवान् छन् भने ठूलो हस्पिटल, युनिभर्सिटी खोल्छन्। गरिबले साना खोल्छन्। सरकारले कति खोल्छ। आजकल त टेन्ट आदि लगाएर पनि पढाउँछन् अनि २-३ सेसन राख्छन् किनकि ठाउँ हुँदैन। यसमा खर्चको कुनै कुरा छैन। जुन ठाउँ मिले पनि। कुनै हतियार आदि त राख्नु छैन। बडो सिम्पल कुरा छ। पुरुषले पनि खोल्छन्, माताहरूले पनि खोल्छन्। बाबा भन्नुहुन्छ– तिमी नै खोल, तिमी नै सम्हाल। जसले गर्छ उसैले पाउँछ, धेरैको कल्याण हुन्छ। बेहदको बाबाले श्रीमत दिनुहुन्छ– श्रेष्ठ बन्नको लागि। धेरै छन् जसले सुन्छन् तर गर्दैनन् किनकि तकदिरमा छैन। हेल्थ-वेल्थ मिल्छ बाबाबाट। बाबा वैकुण्ठको बादशाही दिन आउनुभएको छ। हीरा जुवाहरको महल मिल्छ। यहाँ नै लक्ष्मी-नारायणको राज्य थियो। अवश्य उनीहरूका पिताले वर्सा दिएको हुनुपर्छ। अहिले त कलियुगमा दु:ख नै दु:ख छ फेरि सत्ययुगको स्थापना मैले नै गर्छु। मनुष्यले कति हस्पिटल आदि खोल्छन् अनि उद्‌घाटन गर्छन्। बाबा भन्नुहुन्छ– मैले स्वर्गको समुद्‌घाटन गर्छु। अहिले तिमी श्रीमतमा स्वर्गको लायक बन। कल्प-कल्प तिमी लायक बन्छौ, यो नयाँ कुरा होइन। देखिन्छ गरिब धेरै आउँछन्। बाबा पनि भन्नुहुन्छ– म गरिब निवाज हुँ। धनवानसँग धन धेरै छ, त्यसैले उनीहरू सम्झन्छन् हामी स्वर्गमा बसेका छौं। यहाँ गरिब छ त्यसमा पनि जो अधिक गरिब छन्, उनीहरूलाई नै बाबाले उठाउनुहुन्छ। धनवान त निद्रामा सुतेका छन्। बाबा कति ज्ञान र योग सिकाउनुहुन्छ, तेस्रो नेत्र पनि बाबाले नै दिनुहुन्छ, जसद्वारा तिमी सारा चक्रलाई जान्दछौ। बाँकी सबै घोर अन्धकारमा छन्। ड्रामाको आदि मध्य अन्त्यको बारेमा कसैलाई पनि थाहा छैन। पतित-पावन बाबालाई नै भुलेका छन्। शिव परमात्माको लागि भनिदिन्छन्– ढुंगा माटोमा हुनुहुन्छ। 

तिमीलाई थाहा छ– अहिले सबैको विनाशको समय हो। आगोमा जलेर मरेर खत्तम हुन्छन्। फेरि सबैलाई वापस लिएर जानेछु साथमा। म पण्डा बनेर आएको छु। तिमी पाण्डव सेना हौ नि। उनीहरूले जिस्मानी यात्रामा लिएर जान्छन्, त्यो जन्म जन्मान्तर गर्दै आएका छन्। यो हो रूहानी तीर्थ, यसमा हिँड्नु-डुल्नु पर्दैन। बाबा भन्नुहुन्छ– केवल मलाई याद गर। रातमा पनि जागेर मलाई याद गर। मसँग बुद्धिको योग लगाऊ। निद्रालाई जित्नेवाला बन्यौ भने तिमी नजिक आउनेछौ। ती हुन् कोख वंशावली ब्राह्मण। तिमी हौ ब्रह्मा मुख वंशावली ब्राह्मण। अहिले तिमी रूहानी यात्रामा तत्पर छौ, तिमी पवित्र रहनु छ। ती ब्राह्मणहरू स्वयं नै अपवित्र छन्, त्यसैले अरूलाई पवित्र बनाउन सक्दैनन्। तिमी त पवित्र रहनु छ। रुद्र ज्ञान यज्ञमा पवित्र ब्राह्मण नै रहन्छन्। ती ब्राह्मणहरू रहन त मन्दिरमा रहन्छन्। नाम ब्राह्मण छ भने देवताको मूर्तिलाई हात लगाउन सक्छन् र तिनलाई स्नान आदि पनि गराउँछन्। तर ती पतित हुन्छन्, बाँकी अरू जति मनुष्य मन्दिरमा जान्छन् ती यदि नामका ब्राह्मण होइनन् भने उनीहरूलाई हात लगाउन दिदैनन्। ब्राह्मणको नाम धेरै छ। तर पतित विकारी छन्। कोही कोही ब्रह्मचारी हुन्छन्। बाबा आएर सम्झाउनुहुन्छ– सच्चा सच्चा ब्राह्मण ब्राह्मणी उनीहरू हुन्, जसले २१ कुलको उद्धार गरून्। कन्याले यदि उद्धार गर्छिन् भने उनका माता पिता पनि हुनुपर्ने हो। यी माता पिताले सिकाउँछन्– तिमी २१ पीढी स्वर्गको मालिक बन्न सक्छौ। बच्चाहरूलाई थाहा छ– बाबा गुप्त हुनुहुन्छ। शिवबाबाले ब्रह्माद्वारा हामीलाई सबै रहस्य सम्झाउनुहुन्छ। यी दादाले त धन्दा आदि गर्थे। अहिले धेरै जन्मको अन्त्यको पनि अन्त्यमा आएर शिवबाबाले प्रवेश गर्नुभएको छ। यिनीद्वारा नै ज्ञान सुनाउनुहुन्छ। यो हो रथ। शिवबाबा हुनुहुन्छ रथी। अब निराकार परमात्माले सम्झाउनुहुन्छ, यो रथ धेरै जन्मको पतित हो। पहिले पहिले यी नै पावन बन्छन्। नजिकै छन्। यिनले यसो भन्दैनन्– म भगवान् हुँ। यिनले भन्छन्– मेरो यो धेरै जन्मको अन्त्यको पनि अन्तिम जन्म हो। वानप्रस्थ अवस्था हो, पतित छन्। बाबा यिनमा प्रवेश गर्नुभएको छ। अहिले बाबाले भन्नुहुन्छ– तिमीले आफ्नो जन्मलाई जान्दैनौ। म तिमीलाई बताउँछु। यो पनि बुद्धिमा आउँछ– पतित-पावन परमपिता परमात्मा नै हुनुहुन्छ। उहाँ बाबा पनि हुनुहुन्छ, टिचर पनि हुनुहुन्छ, गुरु पनि हुनुहुन्छ। सारा ड्रामाको आदि मध्य अन्त्यको रहस्य सम्झाउनुहुन्छ। तिमीलाई थाहा छ– बाबाले हामीलाई साथमा लिएर जानुहुन्छ। उहाँ बाबा टिचर गुरुको राय लिनाले तिमीले उच्च पद पाउँछौ। कति राम्रोसँग सम्झाउनुहुन्छ। कसैले त धारणा गरेर श्रीमतमा चलेर उच्च पद पाउँछन्। जसले श्रीमतलाई मान्दैनन्, उनीहरूले उच्च पद पाउन सक्दैनन्। बाबा भन्नुहुन्छ– सुखधाम र शान्तिधामलाई याद गरेर यस दु:खधामलाई भुल्दै जाऊ। आफूलाई अशरीरी सम्झ। अब हामी फर्केर गइरहेका छौं। बाबा लिन आउनुभएको छ। हरेकले आ-आफ्नो पार्ट रिपिट गर्नु छ। हर एकको आत्मा अविनाशी पार्टधारी हो। दुनियाँ कहिल्यै प्रलय हुँदैन। यो दु:खधाम हो, फेरि शान्तिधाम र सुखधाममा जानेछौ। यो बुद्धिमा स्वदर्शन चक्र चलाइरह्यौ भने, पवित्र रह्यौ भने बेडा पार हुनेछ। तिमीले कालमाथि विजय पाइरहेका छौ, वहाँ तिम्रो अकालमा मृत्यु हुँदैन। जसरी सर्पले पुरानो काँचुली छोडेर नयाँ लिन्छ त्यसैगरी तिमी पनि काँचुली बदलेर नयाँ लिन्छौ। यस्तो अवस्था यहाँ बनाउनु छ– म यो शरीर छोडेर स्वीट होममा जान्छु। मलाई कालले खान सक्दैन। सर्पको उदाहरण वास्तवमा संन्यासीले दिन सक्दैनन्। कुमालकोटीको उदाहरण पनि प्रवृत्ति मार्गको हो। भन्छन्– सेकेन्डमा जीवनमुक्ति दिन सक्नु हुन्छ, जनकले जस्तै। यो पनि नक्कल गर्छन्। जीवनमुक्तमा दुवै चाहिन्छ। ती संन्यासीले जीवनमुक्ति कसरी दिन सक्छ? अब बाबा भन्नुहुन्छ– हिँड वापस, मलाई याद गर्यौन भने विकर्म विनाश हुन्छ। नत्र धेरै सजाय खाएर पद पनि भ्रष्ट हुन्छ। अन्त्यमा कसैको याद आयो भने फेरि पुनर्जन्म त लिनै पर्छ। यो हो योगबाट हेल्थ र ज्ञानबाट वेल्थ, सेकेन्डमा जीवनमुक्ति यसलाई भनिन्छ। फेरि यति पैसा बर्बाद गर्ने, भड्किने के आवश्यकता छ? त्यसैले हेल्थ मिनिस्टर, एज्युकेसन मिनिस्टरलाई सम्झाऊ तपाईले यो हस्पिटल, युनिभर्सिटी खोल्नुभयो भने तपाईलाई धेरै फाइदा हुन्छ। जसले गर्छ, उसले पाउँछ। धनवानको काम हो धनवानको उद्धार गर्नु। गरिबले नै वर्सा लिन्छन्। बाँकी जो करोडपति छन्, उनीहरूको लागि भनिएको छ– किसकी दबी रहेगी धुल में... अन्त्यमा आगो लागेर सबै खत्तम हुन्छ। त्यसैले किन विनाशभन्दा पहिले केही गरेर उच्च पद नलिने? मर्नु त छ नै। ड्रामाको अन्त्य पनि हुनु छ। बाबाले कति राम्रोसँग सम्झाउनुहुन्छ। नदीले त चक्कर लगाइरहन्छ। बाँकी ब्रह्मपुत्रा त यी ब्रह्मा नै ठहरिए। मम्मा हुन् सरस्वती। बाँकी हुन् ज्ञान गंगाहरू। पानीको गंगाले पावन कसरी बनाउन सक्? त्यो कुनै मेला होइन। यो हो सच्चा मेला जब जीव आत्माहरू परमात्मासँग मिल्छन्। त्यसैले भनिन्छ आत्मा परमात्मा अलग रहे बहुतकाल... अहिले जीव आत्माको मेला परमात्मासँग छ। परमात्माले पनि जीवको लोन लिनुभएको छ। नत्र कसरी पढाउने? त्यसैले उहाँलाई शिव भगवान् भनिन्छ, जो यिनमा प्रवेश गरेर ज्ञान दिनुहुन्छ। सरस्वतीलाई ज्ञानकी देवी भनिन्छ। ब्रह्मालाई पनि ज्ञान छ। उनलाई ज्ञान दिनेवाला को? ज्ञानको सागर। तिम्रो पासमा यो ज्ञान नम्बरवार पुरुषार्थ अनुसार छ। त्यसैले यो ज्ञान धारणा गरेर श्रीमतमा चल्नु छ। सारा आधार पवित्रतामा छ। यसमा नै अबलाहरूमाथि अत्याचार हुन्छ। द्रौपदीले पुकारिन्। सहन गर्दा गर्दै २१ जन्मको लागि नाङ्गो हुनबाट बच्छिन्। गीतामा पनि छ– म साधुहरूको पनि उद्धार गर्छु। तर साधुहरूले यो शब्द सुनाउँदैनन्। 

तिमीलाई थाहा छ– यस समय सारा दुनियाँ भ्रष्टाचारी बनेको छ। त्यसैले यी सबैको विनाश हुनु नै छ। जसलाई वर्सा लिनुपर्ने छ, उसले नै लिन्छ। बाबालाई कति बच्चीहरूले भन्छन्– हामी गरिब घरमा हुने हो भने कति राम्रो हुन्थ्यो। धनवानले त बाहिर निस्कनै दिदैनन्। बाबा म कन्या भएको भए कति राम्रो हुन्थ्यो। माताहरूलाई सिँढी उत्रनुपर्छ। बाबा भन्नुहुन्छ– वर्सा लेऊ। मनुष्यलाई मर्न समय लाग्दैन। आपत्ति आदि धेरै हुन्छन्। तिमी केवल आफूलाई आत्मा सम्झिएर म बाबालाई याद गर। ८४ जन्म पूरा भए अब फर्केर घर जानु छ नि। यहीं नै डुबुल्की मार्नु छ र? मनमनाभव, मध्याजी भव। रावणको वर्सालाई भुल। रावणले श्राप दिन्छ। बाबा भन्नुहुन्छ– बच्चा बन्यौ भने वर्सा पाउँछौ। श्रीमतमा चलेनौ भने वर्सा कसरी पाउँछौ? यो रूहानी हस्पिटल खोल्दै जाऊ। जमिन रहिरहन्छ। भाडामा दिनु पनि राम्रो हो, धेरै फाइदा छ। अच्छा! 

मीठे-मीठे सिकीलधे बच्चाहरूप्रति माता-पिता बापदादाको याद-प्यार एवं गुडमर्निङ्ग। रूहानी बाबाको रूहानी बच्चाहरूलाई नमस्ते। रूहानी बच्चाहरूको रूहानी बाबालाई गुडमर्निङ्ग, नमस्ते। 


धारणाको लागि मुख्य सारः

१) बाबाको समीप आउनको लागि रूहानी यात्रामा रहनु छ। राती जागेर पनि यो बुद्धिको यात्रा अवश्य गर।

२) सच्चा-सच्चा ब्राह्मण बनेर २१ कुलको उद्धार गर। स्वदर्शन चक्रधारी बन। कालमाथि विजय पाउन यस पुरानो शरीरबाट ममत्व निकालिदेऊ।

वरदान:

खुशीको खुराकद्वारा मन र बुद्धिलाई शक्तिशाली बनाउने, अचल अडोल भव:-  

“वाह बाबा वाह र वाह मेरा भाग्य वाह!” सदा यही खुशीको गीत गाइराख। खुशी सबैभन्दा ठूलो खुराक हो, खुशीजस्तो अरू कुनै खुराक छैन। जसले सधैं खुशीको खुराक खान्छन्, उनीहरू सदा तन्दुरुस्त रहन्छन्। कहिल्यै कमजोर हुँदैनन् त्यसैले खुशीको खुराकद्वारा मन र बुद्धिलाई शक्तिशाली बनाऊ, तब स्थिति शक्तिशाली हुन्छ। यस्तो शक्तिशाली स्थिति हुनेहरू सधैं अचल अडोल रहन्छन्।

स्लोगन:

मन र बुद्धिलाई अनुभवको सिटमा सेट गरिदियौ भने कहिल्यै अपसेट हुँदैनौ। तपस्वी मूर्त बन:-  



***OM SHANTI***

Google+ Followers