BK Murli 29 January 2017 Nepali

bk murli today

Posted by: BK Prerana

BK Prerana is executive editor at bkmurlis.net and covers daily updates from Brahma Kumaris Spiritual University. Prerana updates murlis in English and Hindi everyday.
Twitter: @bkprerana | Facebook: @bkkumarisprerana
Share:






    BK Murli 29 January 2017 Nepali

    २०७३ माघ १६ आइतबार २९-०१-२०१७ ओम् शान्ति “अव्यक्त बापदादा” रिवाइज १६-०१-८२ मधुबन

    “मेरो बाबा आउनुभयो”– यो आवाज बुलन्द गर्नको लागि चारैतिर फरिश्ता रूपमा छाऊ


    आज बापदादा कहाँ आउनु भएको छ र कोसँग मिल्न आउनु भएको छ? जान्दछौ? आज गड, गड्ली फ्रेन्ड बनेर आउनु भएको छ। त्यसैले फ्रेन्ड्स आपसमा के गर्छन्? गाउँछन्, हाँस्छन्, खान्छन्, बहलिन्छन्। आज बापदादा सुनाउनको लागि आउनु भएको छैन, मिलन मनाउनको लागि आउनु भएको छ। बापदादाले देखिरहनु भएको छ– कति टाढा-टाढबाट र कति भेराइटी प्रकारका गड्ली फ्रेन्ड्स आइपुगेका छन्। कति असल फ्रेन्ड्स हौ, जसले एक गडलाई फ्रेन्ड बनाएका छौ, एक गड्ली फ्रेन्ड दोस्रो न कोही। त्यसैले हरेकको फ्रेन्डशिपको आ-आफ्नो चित्र देखिरहेका छौ? सदाको सच्चा फ्रेन्डशिपमा जे पनि दिलमा संकल्प आउँछ, त्यो सबै फ्रेन्डलाई सुनाइन्छ। गडलाई यस्तो फ्रेन्ड बनाएका छौ हैन? अविनाशी प्रीतको नाता जोडेका छौ हैन? भर्खरै जोड्यो, भर्खरै तोड्यो– यस्तो त छैन? के सम्झन्छौ? अविनाशी फ्रेन्डशिप छ? सारा कल्पमा यस्तो बाबा भन, फ्रेन्ड भन, जे भन, सर्व सम्बन्ध निभाउने वाला भन, मिल्छ? सारा कल्पको चक्र लगायौ, तर मिल्यो? आफ्नो फ्रेन्ड्सको वा सर्व सम्बन्धीहरूको खोजी पनि बाबाले आएर गर्नुभयो, तिमीले खोज्न सकेनौ। अविनाशी सर्व सम्बन्ध जोड्ने आधार वा विधि राम्रोसँग जानेका छौ? सदा एउटै कुरा याद रहोस्– “मेरो बाबा”। मेरो-मेरो भन्नाले अधिकारी आत्मा बन्छौ। यो मुश्किल छ र? जब बाबाले भन्नुभयो– मेरो बच्चा, अनि बच्चाहरूलाई मेरो बाबा सम्झन के मुश्किल छ! यो मेरो शब्द २१ जन्मको लागि अटुट सम्बन्ध जोड्ने आधार हो। यस्तो सहज साधन अपनाएका छौ? अनुभवी भयौ हैन? 

    आज बापदादाले देखिरहनु भएको छ– कति नयाँ-नयाँ बच्चाहरूले आफ्नो कल्प-कल्पको अधिकार प्राप्त गर्नको लागि आइपुगेका पनि छन् र आफ्नो अधिकार पाइ पनि रहेका छन्। त्यसैले अधिकारी बच्चाहरूलाई देखेर बापदादा हर्षित भइरहनु भएको छ। 

    जापानीज डल्स ठीक छौ हैन? धेरै प्यारसँग देखिरहेका छन्। हेर– देश र धर्मको पर्दाभित्र भएर पनि बापदादाले आफ्ना बच्चाहरूलाई आफ्नो बनाउनु भयो। त्यसैले जापानी डल्सले के गीत गाउँछौ? “माई बाबा”। सबै एक अर्को भन्दा प्रिय छौ। त्यस्तै हेर– फ्रान्सका बच्चाहरू पनि कति प्रिय छन्। भाषालाई नबुझेर पनि बाबालाई त चिनेका छन्। ब्राजील, मैक्सिको... सबै ग्रुप धेरै राम्रा छन्। यस पटक टाढा-टाढाको ग्रुप छन्, राम्रो पुरुषार्थ गरेर आइपुगेका छन्। लन्डन, अमेरिका, जर्मनी त हुन् नै सुरुका। नयाँ-नयाँ स्थानहरूको धेरै सुन्दर गुलदस्तालाई देखेर बापदादा अति हर्षित भइरहनु भएको छ। सबैभन्दा टाढा अर्को कुनचाहिँ स्थान छ? (परमधाम) ठीक भनिरहेका छौ। तर जति नै टाढाको स्थान छ, त्यति नै सेकण्डमा पुग्छौ वा समय लाग्छ? 

    हंगकंगका (चाइनीज भाषा बोल्ने) बच्चाहरू पनि आइपुगेका छन्। ईश्वरीय गुलदस्ताको अति शोभनीय फूल हौ! आफूलाई यसै गुलदस्ताको फूल अनुभव गर्छौ हैन? अच्छा! हरेक देश आ-आफ्नो नामले, सबैको नाम त बापदादा लिनुहुन्न नि, त्यसैले हरेक देशबाट आएका सबै बच्चाहरू अति प्रिय छौ। बापदादासँग मिलन मनाउनको लागि आएका छौ र बापदादा पनि सबै बच्चाहरूलाई देखेर बच्चाहरूको विशेषताको गीत गाइरहनु भएको छ। बरबेडोजवाला पनि धेरै खुशी भइरहेका छन्। ट्रिनीडेडका माताहरू त धेरै राम्रा छन्। यस्तो लाग्छ मानौं धेरै रमाउने, खुशीमा झुल्नेवाला छन्। मरीशियसको कुमारी पार्टी पनि धेरै राम्रा छन्। हरेक कुमारी १०० ब्राह्मणहरू भन्दा उत्तम छन्। यदि ४ कुमारी आए भने पनि ४०० ब्राह्मण भए। यो सोचिरहेका छन्– हाम्रो ग्रुप धेरै सानो छ। तर तिमीहरूमा ४०० समाइएका छन्। थोरै छैनौ। बाँकी अस्ट्रेलिया र लन्डन त रेस गरिरहेका छन्। जर्मनी फेरि बीचको सिकीलधे भयो। दुबईमा पनि एक एक लाखौं समान छन्। नैरोबीले सबैभन्दा बढी कमाल गरेको छ। मिनी पाण्डव भवन, जुन कसैले बनाएका छैनन्, त्यो नैरोबीले बनाएको छ। राम्रो व्हाइट हाउस बनाएका छन्। जर्मनीको पनि धेरै शाखाहरू छन्। अमेरिकाको पनि धेरै शाखाहरू छन्। पूरा नै यूरोपले राम्रो पुरुषार्थ गरेर लन्डन र अस्ट्रेलियाको जस्तै वृद्धि गइरहेका छन्। 

    अमेरिकाले के गरिरहेका छौ? अमेरिकाले धेरै राम्रो चलाखी गरेको छ, अमेरिकाले अनेकौं सेवाकेन्द्र खोलेको छ। अहिले चारैतिर सेवाको राम्रो घेराव त गरेका छौ, यसबाट नै समय आएपछि व्हाइट हाउस माथि लाइट हाउसको विजय हुनेछ किनकि विनाशको ज्वाला पनि अमेरिका निमित्त बन्नेछ। त्यसैले स्थापनाको विशेष कार्यमा पनि अमेरिकाको पाण्डव सरकार भन, पाण्डव सेना भन, उही निमित्त बन्नेछ। यस्तो तयार छौ हैन? (हाँजी) अर्डर दिऊँ? 

    जापानी डल्स के गर्नेछौ? सबैभन्दा बढी, सबैभन्दा सुन्दर गुलदस्ता बापदादालाई भेंट गर्नेछौ हैन? जर्मनीले के गर्नेछ? जर्मनीवाला यस्तो रोशनी फैलाऊ, जसबाट अन्धाहरूलाई पनि आँखा मिलोस्, आत्मिक बम्ब वा साइलेन्सको शक्तिको बम्बद्वारा। 

    दुबईवाला के गर्नेछौ? वहाँ छिपेका ब्राह्मणले आफ्नो प्रभाव देखाउनेछन् अवश्य। अन्य धर्मको भएर पनि ब्राह्मण आत्माहरू लुकेर रहन सक्दैनन्। त्यसैले यसले पनि ठूलो ग्रुप बनाएर आउनेछ। भित्र-भित्रै तयार भइरहेका छन्, बाहिर आउनेछन्। यी टाढाका (ब्राजील-मैक्सिको वाला) बच्चाहरूले के सोच रहेका छन्? टाढैबाट यस्तो बुलन्द आवाज फैलाऊ, जुन सीधा टाढैबाट भारतका कुम्भकर्णसम्म पुगोस्। 

    ग्याना त अमेरिका (न्यूयार्क)को फाउण्डेशन हो। ग्यानाले जे गरेका छौ, त्यो अहिलेसम्म कसैले गरेको छैन। सुनाएको थिएँ नि– ग्यानाका आत्माहरूको विशेषता छ भी. आई. पीज भएर पनि पूरा वारिस क्वालिटी छन्। क्यानडाबाट पनि त्रिमूर्ति आएका छन्। त्रिमूर्तिमा नै सारा संसार समाइएको छ। क्यानडा अब गुप्तबाट प्रत्यक्षताको रेसमा अगाडि बढ्नेछ। राम्रो नम्बर लिनेछ। 

    मलेशियाले पनि राम्रो मेहनत गरेको छ। यस्तो नसम्झ– म एक्लो आएको छु। तिमी भित्र सबै आत्माहरू समाइएको छ। बापदादाले एकलाई देखिरहनु भएको छैन। तिमीमा समाहित समीप र स्नेही आत्माहरूको दृश्य टाढैबाट देखिरहनु भएको छ। ती आत्माहरूको आवाज तिमीलाई पनि आइरहेको छ हैन! 

    न्यूजीलेन्डका निमित्त बनेका आत्माहरू शक्तिशाली छन्। त्यसैले सदा बापदादाको फूलबारी फुलिरहनेछ। स्थान सानो छ, तर सेवा धेरै छ। 

    अस्ट्रेलिया र लन्डनको शाखा त धेरै छन्। पोलेन्डमा पनि वृद्धि हुनेछ। एउटा बलेको दीपकबाट दीपमाला हुनेछ। 

    अहिले त हेर, फेरि पनि नाम लिइरहेको छु तर अर्को वर्ष आउँदा यति वृद्धि गर, जसले गर्दा नाम लिनै मुश्किल होस्। 

    अहिले मस्जिद माथि, चर्च माथि चढेर आ-आफ्नो गीत गाउँछन्। मस्जिदमा अल्लाहको नाम कराउँछन्, चर्चमा गडको... मन्दिरहरूमा आउनुहोस्, आउनुहोस् भन्छन्। तर अब यस्तो समय आउनेछ, जहाँ सबै मन्दिर, मस्जिद, गुरुद्वारे, चर्च आदि सबै मिलेर एकै आवाज हुनेछ– “हाम्रो बाबा आउनुभयो।” फेरि तिमी फरिश्ताहरूलाई खोज्नेछन्– कहाँ गए तिनीहरू। चारैतिर फरिश्ता नै फरिश्ता उनीहरूको नजरमा आउनेछ। सारा विश्वमा फरिश्ता यसरी छाउनेछ, मानौं बादल छाएको छ। अनि सबैको नजर तिमी फरिश्तातिर र बाबातिर हुनेछ। यस्तो स्टेजमा पुगेका छौ, जसद्वारा साक्षात्कार गराऊँ फरिश्ताहरूको? अहिले यदि अलि-अलि हल्लिन्छौ भने पनि समय आएपछि यो सबै खतम हुनेछ किनकि कल्प-कल्पका फरिश्ता त तिमीहरू नै हौ। तिमीहरू सिवाए अरू को बन्नेछन्? त्यसैले यो जुन अलि-अलि हल्लिने पार्ट वा खेल देखाउँछौ– यो सबै समाप्त चाँडै नै हुनेछ। फेरि सबैको मुखबाट यही आवाज निस्कनेछ– अब माया गयो, म मायाजीत बनेँ। त्यो समय आइरहेको छ। अच्छा! 

    आज सबैको पिकनिक छ। बापदादा आजको पिकनिकमा सबै बच्चाहरूसित गिफ्ट लिनुहुन्छ। दिनको लागि तयार छौ? केवल दुई शब्दको गिफ्ट छ– सदा क्लिएर र केयरफुल। यसको रिजल्ट चियरफुल अवश्य हुनेछौ। क्लिएर छैनौ, त्यसैले सदा एकरस रहँदैनौं जुन एक शब्द पटक-पटक बोल्छौ– डिप्रेशन-डिप्रेशन, यो त्यसैले हुन्छ। जति पनि कुरा आउँछन्– त्यो क्लिएर गर। चाहे बापदादासँग, चाहे आफैंसँग, चाहे निमित्त बनेका आत्माहरूसँग। भित्र नराख। किन, के नभन। तिमीले दुई शब्दको गिफ्ट देऊ अनि बापदादासँग त्रिमूर्ति बिन्दुको गिफ्ट लेऊ। गिफ्टलाई नहराऊ। गिफ्टलाई सदा बुद्धि रूपी डिब्बामा कायम राख। मञ्जुर छ लिन र दिन? अच्छा! जब केही हुन्छ भने तिलक लगाइदेऊ, अनि सदा सुरक्षित रहन्छौ। तिलक लगाउन आउँछ हैन? 

    सनफ्रान्सिसको ग्रुपसँग:– सबै ब्रह्माकुमार कुमारीहरूको विशेष कर्तव्य के हो? ब्रह्मा बाबाको विशेष कर्तव्य के हो? ब्रह्माको कर्तव्य नै हो– नयाँ दुनियाँको स्थापना। त्यसैले ब्रह्माकुमार र कुमारीहरूको विशेष कर्तव्य के भयो? स्थापनाको कार्यमा सहयोगी। जस्तै अमेरिकामा विनाशकारीहरूको विनाशको स्पीड बढ्दै गइरहेको छ। त्यस्तै स्थापनाको निमित्त बच्चाहरूको स्पीड पनि तीव्र छ? उनीहरू त धेरै फास्ट गतिले विनाशको लागि तयार छन्। त्यसैगरी तिमीहरू सबै पनि स्थापनाको कार्यमा यति एभररेडी तीव्रगतिले बढिरहेका छौ? उनीहरूको स्पीड तेज छ या तिम्रो तेज छ? उनीहरू १५ सेकण्डमा विनाशको लागि तयार छन्। तिमीहरू एक सेकेण्डमा तयार छौ? के गति छ? सेकण्डमा स्थापनाको कार्य अर्थात् सेकण्डमा दृष्टि दियो, सृष्टि बन्यो– यस्तो स्पीड छ? सदा स्थापनाको निमित्त आत्माहरूले यो स्मृति राख्नुपर्छ– हाम्रो गति विनाशकारीहरूको भन्दा तेज होस् किनकि पुरानो दुनियाँको विनाशको कनेक्शन नयाँ दुनियाँको स्थापनासँग छ। पहिले स्थापना हुनु छ या विनाश? स्थापनाको गति तेज गर्ने विशेष आधार हो– सदा आफूलाई शक्तिशाली स्थितिमा राख। नलेजफुलको साथ-साथै पावरफुल स्थितिमा राख। नलेजफुलको साथ-साथै शक्तिशाली, दुवै कम्बाइन्ड होस्, अनि स्थापनाको कार्य तीव्रगतिले हुन्छ। त्यसैले कहाँबाट तीव्रगतिको फाउन्डेशन पर्योम? अमेरिकाबाट। अमेरिकामा पनि कति धेरै सेवाकेन्द्र छन्। सबैले यही लक्ष्य राख्नु छ– नम्बरवन हामी नै जानेछौं! तिम्रो सेन्टरद्वारा पहिला सुरुमा आत्मिक बम्ब चल्यो हैन? यसबाट के हुनेछ? सबैले बाबाको परिचय प्राप्त गर्नेछन्। जस्तै त्यस बम्बबाट विनाश हुन्छ नि! त्यसैगरी यस आत्मिक बम्बद्वारा अन्धकारको विनाश हुनेछ। यो बम्ब छोड्ने कुनचाहिँ मिति हुनेछ? त्यो सरकारले पनि डेट बताउँछ नि– यस मितिमा रिहर्सल हुनेछ, त्यस्तै तिमीहरूको रिहर्सलको डेट कहिले हुनेछ? अच्छा! 


    वरदान:

    भाग्यविधाता बाबाद्वारा मिलेको भाग्यलाई बाँड्ने र बढाउनेवाला खुशनसीब भव:-   

    सबैभन्दा ठूलो भाग्यशाली उही हो, जसलाई भाग्यविधाता बाबाले आफ्नो बनाउनुभयो! दुनियाँ तड्पिन्छन्– भगवान्‌को एक सेकेण्ड नजर परोस्। तर तिमी सदा नयनमा समाहित छौ। यसलाई भनिन्छ– भाग्यवान। भाग्य तिम्रो वर्सा हो। सारा कल्पमा यस्तो भाग्य अहिले नै मिल्छ। त्यसैले भाग्यलाई बढाउँदै जाऊ। बढाउने साधन हो– बाँड्नु। जति अरूलाई बाँड्छौ अर्थात् भाग्यवान बनाउँछौ, त्यति भाग्य बढ्दै जान्छ।

    स्लोगन:

    निर्विघ्न र एकरस स्थितिको अनुभव गर्नको लागि एकाग्रताको अभ्यास बढाऊ। तपस्वी मूर्त बन:- जसरी बाबा अव्यक्त वतन, एक स्थानमा बसेर चारैतिरको विश्वका बच्चाहरूको पालना गरिरहनु भएको छ, यसैगरी तिमी पनि एक स्थानमा बसेर आफ्नो तपस्वी स्वरूपद्वारा बाबा समान बेहदको सेवा गर। बेहदमा सकाश देऊ। बेहदको सेवामा आफूलाई बिजी गर।   



    ***OM SHANTI***