BK Murli 30 January 2017 Nepali

bk murli today

Posted by: BK Prerana

BK Prerana is executive editor at bkmurlis.net and covers daily updates from Brahma Kumaris Spiritual University. Prerana updates murlis in English and Hindi everyday.
Twitter: @bkprerana | Facebook: @bkkumarisprerana
Share:






    BK Murli 30 January 2017 Nepali

    २०७३ माघ १७ सोमबार ३०-०१-२०१७ ओम् शान्ति प्रातः मुरली “बापदादा” मधुबन

    “मीठे बच्चे– तिमी बच्चाहरूले कुनै पनि प्रकारको लोभ गर्नु हुँदैन, कसैसँग पनि केही माग्नु हुँदैन किनकि तिमी दाताका बच्चा दिनेवाला हौ।”  

    प्रश्न:

    तिमी ईश्वरीय विद्यार्थी हौ, तिम्रो लक्ष्य के हो, के होइन?

    उत्तर:

    तिम्रो लक्ष्य हो– बाबाद्वारा जुन ज्ञान मिलिरहेको छ, त्यसलाई धारण गर्नु, सम्मान सहित पास हुनु। बाँकी यो चाहियो, त्यो चाहियो... यस्ता इच्छा राख्नु तिम्रो लक्ष्य होइन। तिमीले कुनै पनि मनुष्य आत्मासँग लेन-देन गरेर हिसाब-किताब नबनाऊ। बाबाको यादमा रहेर कर्मातित बन्ने पुरुषार्थ गर।

    गीत:–

    बचपन के दिन भुला न देना...

    ओम् शान्ति।

    बच्चाहरूलाई थाहा छ– यो हो रूहानी बाबा र बच्चाहरूको सम्बन्ध। अहिले रूहानी बाबा बस्नुभएको छ र बच्चाहरू पनि बसेका छन्। संन्यासी आदि आफ्नो आश्रमबाट कहीँ गए भने भन्छन्– फलाना संन्यासी फलानो ठाउँका निवासी हुन्। गीता शास्त्र आदि सुनाउँछन्। त्यो कुनै नयाँ कुरा होइन। ईश्वर सर्वव्यापी हुनुहुन्छ भन्नाले सारा ज्ञान समाप्त हुन्छ। अब यहाँ त हुनुहुन्छ रूहानी पिता जसलाई सबै आत्माहरूले याद गर्छन्। आत्माले नै भन्छ– हे परमपिता परमात्मा। दुःख पर्योु भने लौकिक पितालाई केही भन्दैनन्। बेहदका बाबालाई नै याद गर्छन्। संन्यासी भए ब्रह्मतत्त्वलाई याद गर्छन्। उनीहरू हुन् नै ब्रह्म ज्ञानी। बाबालाई याद गर्दैनन्। शिवोऽहम् भन्छन्, म आत्मा नै परमात्मा हुँ। फेरि ब्रह्म अथवा तत्त्व त रहने स्थान हो। यी कुरा बिल्कुलै नयाँ छन्। यो ज्ञान प्रायः लोप हुन्छ। यी जो शास्त्र छन्, तिनमा मेरो ज्ञान छैन। मेरो ज्ञान नभएको हुनाले तिमीले कसैलाई सम्झायौ भने भन्छन्– यो त नयाँ कुरा हो। निराकार परमात्माले ज्ञान दिनुहुन्छ, यो कुरा उनीहरूको बुद्धिमा आउँदैन। उनीहरूले त सम्झन्छन् कृष्णले ज्ञान सुनाएका हुन् अनि अल्मलिन्छन्। बाबाले त एक एक कुरा सिद्ध गरेर बताउनुहुन्छ। भक्तिमार्गमा तिमीले सबै याद गर्छौ। भक्त त सबै भक्त नै हुन्। भगवान् त एक हुनुपर्छ। सबैमा भगवान् हुनुहुन्छ भनेर मान्नाले सबैलाई पुज्न थाल्छन्। पहिला एक शिवको अव्यभिचारी भक्ति हुन्छ तर ज्ञान हुँदैन– उहाँले के गरेर जानु भयो, कहिले आउनु भएको थियो? यो जान्दैनन्। तर त्यो हो सतोप्रधान भक्ति। पूजा उसको हुन्छ, जसद्वारा सुख मिल्छ। लक्ष्मी-नारायणको राज्यमा पनि अपार सुख थियो। उनीहरू स्वर्गका देवता थिए। लक्ष्मी-नारायणलाई सत्ययुगका पहिला-पहिला महाराजा-महारानी मान्छन्। तर सत्ययुगको आयु जान्दैनन्। बाबाले हरेक कुरा बच्चाहरूलाई नै सम्झाउनुहुन्छ। बच्चाहरू नै ब्राह्मण बन्छन्। यो नयाँ रचना हो नि। तिमीले सबैलाई सम्झाउन सक्छौ– परमपिता परमात्माले प्रजापिता ब्रह्माद्वारा नयाँ सृष्टि रचना गर्नुहुन्छ, यो कुरा त सबैले बुझेका छन्। नत्र भने प्रजापिता किन भन्छन्? यी कुरा तिमी बच्चाहरूलाई मात्र थाहा छ, अरू कसैलाई थाहा छैन। उनीहरूको समझमा यी नयाँ-नयाँ कुरा आउँदैनन्। सुन्दा-सुन्दा पक्का भएपछि सम्झन्छन्– हामी कति अन्धकारमा थियौं। न भगवान्‌लाई जान्दथ्यौं, न देवताहरूलाई जान्दथ्यौं। 

    जो बितेर जान्छन्, उनीहरूकै भक्ति गरिन्छ। फेरि सोध– परमपिता परमात्मा जसको जयन्ती मनाइन्छ, उहाँसँग के सम्बन्ध छ? उहाँले के गरेर जानुभएको हो? केही पनि बताउन सक्दैनन्। कृष्णलाई केवल भन्छन्– मक्खन चोरे, यो गरे, ज्ञान दिए। कति घोटाला छ। दाता त एक ईश्वर नै हुनुहुन्छ। कृष्णलाई त दाता भनिदैन। उनीहरू त अल्मलिएका छन्। यो कुरा सबै ड्रामामा निश्चित छ। बाबाले कति राम्ररी सम्झाउनुहुन्छ। सारांशमा थोरै कुरा पनि मनुष्यको बुद्धिमा बस्दैन। यदि एक-एकको ८४ जन्मको वृतान्त बसेर निकाल्ने हो भने कति हुन्छ थाहा छैन। बाबा भन्नुहुन्छ– यी सबै कुरालाई छोडेर म एकलाई याद गर। अलिकति विस्तारसँग सम्झायौ भने मनुष्यको संशय मेटिन्छ। बाँकी कुरा त थोरै छ– मलाई याद गर। जसरी मन्त्र दिन्छन् ईश्वरलाई याद गर। तर उनीहरूले यसो भन्दैनन्– ईश्वरको याद गर्नाले तिम्रा विकर्म विनाश हुन्छन् र ईश्वरको पास जान्छौ। यो कुरा त बाबाले नै सम्झाउनुहुन्छ गंगा स्नानले विकर्म विनाश हुँदैन। यतिबेला हरेकमाथि विकर्मको बोझ धेरै भारी छ। सुकर्म थोरै हुन्छन् तर विकर्म त जन्म-जन्मान्तरका धेरै छन्। कति ज्ञान र योगमा रहन्छन् तैपनि यति विकर्म छन्, जुन छुट्दै छुट्दैन। जब कर्मातित बन्छौ अनि तिम्रो नयाँ जन्म नयाँ दुनियाँमा मिल्छ। यदि केही विकर्म रहेको छ भने पुरानो दुनियाँमा नै अर्को जन्म लिनुपर्छ। बच्चाहरूलाई ज्ञान त धेरै राम्रो मिलिरहेको छ। बाबा भन्नुहुन्छ– अरू केही जान्दैनौ भने बाबालाई याद गर। यसद्वारा पनि सेकेन्डमा स्वर्गको बादशाही मिल्छ। एक कथा पनि छ– खुदा-दोस्तको। एक दिनको लागि बादशाही दिन्थे। अहिले तिमीलाई थाहा छ– बाबा नै त्वमेव माताश्च पिता, बन्धु... हुनु भयो, त्यसैले खुदा-दोस्त हुनुभयो नि। अल्लाह अवलदीन, खुदा दोस्त– यी सबै कुरा यतिबेलाका हुन्। बाबाले तिमीलाई एक सेकेन्डमा स्वर्गको बादशाही दिनुहुन्छ। बच्चीहरू ध्यानमा गएका बेला वहाँ राजकुमार-राजकुमारी बन्थे, आएर वहाँका सबै समाचार सुनाउँथे। अहिले तिमीले बाबालाई चिनेका छौ। सबैले भन्छन्– हेभनली गड फादर, अवश्य नयाँ दुनियाँ स्वर्ग नै रचना गर्नुहुन्छ। यहाँ नै सत्ययुग थियो। त्यतिबेला अरू कुनै धर्म थिएन। क्रिश्चियनहरूले पनि भन्छन्– क्राइस्ट भन्दा ३ हजार वर्ष पहिला यहाँ स्वर्ग थियो। जहाँ लक्ष्मी-नारायणले राज्य गर्दथे, त्यसैले सोध्छन्– यिनीहरूलाई यो वर्सा कसरी मिल्यो? तिमीहरूको यिनीसँग के सम्बन्ध छ? पहिला स्वर्गको मालिक यिनी थिए। अहिले त नर्क छ, यिनीहरू कहाँ गए। 

    जन्म-मरणलाई त मान्छन् नि। आत्मा जन्म-मरणमा आउँछ, त्यसैले त ८४ जन्म लिन्छ। नत्र कसरी लिन्छ? दुनियाँमा त अनेक मत छन्। कोही पुनर्जन्म मान्छन्, कोही मान्दैनन्। सोध्नुपर्छ– परमपिता परमात्मा शिवसँग के सम्बन्ध छ? यी ब्रह्मा, विष्णु, शंकर को हुन्? कहाँका निवासी हुन्? तिमीले भन्छौ सूक्ष्मवतनका। अरू त कसैले बताउन सक्दैन। तिम्रो लागि त कति सहज छ। माताहरूलाई त नोकरी आदिको पनि चिन्ता छैन। घरमा रहन्छन्। कुनै कामधन्दाको हंगामा हुँदैन। बाबाद्वारा वर्सा लिनु छ। पुरुषहरूलाई चिन्ता हुन्छ। तिमीलाई त बाबा भन्नुहुन्छ– तिमीले आफ्नो पद लेऊ, विश्वको मालिक बन। धनवानलाई कति चिन्ता रहन्छ। दुनियाँमा घुसखोरी पनि धेरै छ। तिमीलाई घुस लिने कुनै आवश्यकता छैन। त्यो त व्यापारीहरूको काम हो। तिमी यसबाट छुटेका छौ। तैपनि माया यस्तो छ जसले टुप्पीमा समात्छ, त्यसैले केही न केही लोभ रहन्छ, अनि जिज्ञासुहरूसँग मागिरहन्छन्। बाबा भन्नुहुन्छ– प्यारा बच्चाहरू! कसैसँग पनि नमाग। तिमी दाताका बच्चा हौ नि। तिमीले दिनुपर्छ माग्ने होइन। तिमीलाई जे कुरा चाहिए पनि शिवबाबाबाट मिल्न सक्छ। अरू कसैसँग लियौ भने उनको याद आइरहन्छ। हरेक कुरा शिवबाबाबाट लियौ भने घरी-घरी शिवबाबाको याद आउँछ। शिवबाबा भन्नुहुन्छ– तिम्रो लेनदेनको हिसाब मसँग छ। यी ब्रह्मा त बीचका दलाल हुन्। दिनेवाला म हुँ। तिमीले मसँग ब्रह्मा मार्फत सम्बन्ध राख। कुनै पनि चीज अरूसँग लियौ भने तिमीलाई उनको याद आउँछ र तिमी व्यभिचारी बन्छौ। शिवबाबाको भण्डाराबाट तिमीले चीज लेऊ, अरू कसैसँग नमाग। नत्र दिनेलाई नोक्सान पर्छ किनकि उसले शिवबाबाको भण्डारीमा दिएन। दिनुपर्छ शिवबाबाको भण्डारीमा। मनुष्यसँग लेन-देनको सम्बन्ध त धेरै समय राख्यौ, अहिले तिम्रो सम्बन्ध डाइरेक्ट शिवबाबासँग छ। तर बाबा जान्नुहुन्छ बच्चाहरूसँग लोभको भूत छ। 

    कैयौं बच्चाहरूले भन्छन्– मैले शिवबाबालाई देखेको छैन। अरे! तिमीले आफूलाई देख्छौ? तिमीलाई आफ्नो आत्माको साक्षात्कार भएको छ, फेरि भन्छौ मलाई शिवबाबाको साक्षात्कार होस्? तिमीलाई थाहा छ– मेरो आत्मा भृकुटीको बीचमा रहन्छ। शिवबाबा पनि भृकुटीको बीचमा नै हुनुहुन्छ। तिमीलाई थाहा छ– आत्माले एक शरीर छोडेर अर्को लिन्छ। कुनै समय आत्माको साक्षात्कार पनि हुन सक्छ। आत्मा तारा हो, साक्षात्कार पनि दिव्य दृष्टिबाट नै हुन्छ। ठीकै छ, तिमीले कृष्णको भक्ति गर, साक्षात्कार हुन सक्छ, फेरि के फाइदा? परमात्माको पनि साक्षात्कार भयो, के फाइदा? फेरि पनि तिमीलाई त पढ्नु पर्छ नि। भक्तिमार्गमा साक्षात्कार भयो भने त्यसको कति गायन गर्छन्। तर केही पनि मिल्दैन। शिवबाबा हुनुहुन्छ ज्ञानका सागर। ब्रह्मालाई त ज्ञानका सागर भन्न सकिँदैन। ब्रह्मालाई पनि उहाँबाटै ज्ञान मिल्छ। आजकल सबैका अगाडि शिवलिङ्ग राखिदिन्छन्, केही पनि बुझेका छैनन्। पूजा गर्छन् तर कसैको पनि जीवनी बताउन सक्दैनन्। यी ज्ञान रत्नलाई बुझ्न सक्दैनन्। रत्न लिँदा-लिँदै कतिलाई मायाले बाँदर बनाइदिन्छ। भन्छन् हामीलाई रत्न चाहिँदैन। बाबाले सम्झाउनुहुन्छ– फेरि पनि शिवालयमा त आउँछन् तर प्रजा पद। पुरुषार्थ गरेर उच्च पद पाउनु पर्छ। बाबा भन्नुहुन्छ– म वैकुण्ठको बादशाही दिन आएको छु, तिमीले पुरुषार्थ गरेर आफू समान बनाऊ। पुजारीहरूसँग पनि तिमीले सोध्न सक्छौ– यी को हुन्? भन्छन् नि– आए आगो लिन तर मालिक बनेर बसे। कुनै पुजारीहरूको बुद्धिमा पनि राम्ररी बस्छ। हामी पनि पुजारी थियौं, अहिले पूज्य बनिरहेका छौं। यी लक्ष्मी-नारायण कुन पुरुषार्थबाट पूज्य बनेका हुन्? तिमीले सम्झाउन सक्छौ। बाबा भन्नुहुन्छ– जहाँ मेरा भक्त छन् उनीहरूलाई सम्झाऊ। भक्त हुन्छन् मन्दिरमा, लक्ष्मी-नारायणका मन्दिरमा, जगत् अम्बाको मन्दिरमा जाऊ। पुजारीहरूलाई सम्झाऊ, उनीहरूले फेरि अरूलाई सम्झाऊन्। पुजारीले बसेर कसैलाई जगत् अम्बाको कर्तव्य सम्झाए भने सबै खुशी हुन्छन्। उनीहरूलाई भन्नुपर्छ– तपाईले यी सबै कुरालाई बुझ्नुहोस्। बसेर कसैलाई यी देवताहरूको जीवन कहानी बताउनुभयो भने तपाईलाई धेरै पैसा मिल्छ। यो कुरा पनि उसैले सम्झाउन सक्छ, जो देही-अभिमानी छ। देह-अभिमानीलाई त सारा दिन यो चाहियो, त्यो चाहियो, लोभ हुन्छ। विद्यार्थीलाई त ज्ञानको लोभ हुनुपर्छ– म सम्मान सहित पास बनुँ। यो हो पढाइको लक्ष्य। 

    ड्रामाको रहस्य पनि बुझ्नुपर्छ। ड्रामा कुनै लामो छैन। तर शास्त्रमा यसको अवधि लामो लेखिदिएका छन्। त्यसैले यो सबै बुद्धिमा आउनु पर्छ। सेवा त धेरै छ, कसैले गरेर देखाऊन्। बाबासँग कृपा कहाँ मागिन्छ र। भन्छन्– भगवान् बच्चा दिनुहोस्, कुलको वृद्धि हुनेछ। अरे! बाबाले त आफ्नो कुलको वृद्धि गरिरहनु भएको छ। यतिबेला फेरि देवता कुलको वृद्धि भइरहेको छ। अहिले ईश्वरीय कुलको वृद्धि हुन्छ। तिमी पनि ईश्वरीय सन्तान हौ। त्यसैले बाबाले सम्झाउनुहुन्छ– यी सबै इच्छा छोडेर एक बाबालाई याद गर। बन्धन आदि छ, यो सबै कर्मको हिसाब हो। बाबालाई हेर कति बन्धन छ, कति बच्चाहरूको ख्याल रहन्छ, कति खिटपिट हुन्छ। कति निन्दा गर्छन्। डिस-सर्भिस गर्न सहज छ, सर्भिस गर्न धेरै मुश्किल छ। एक बिग्रियो भने १०-२०लाई बिगारिदिन्छ। बाँकी ५-८ धेरै मेहनतले निस्कन्छन्। कति सेवाकेन्द्रमा आइ पनि रहन्छन् फेरि कालो मुख पनि गरिरहन्छन्। यस्ता बाँदर बुद्धिले वायुमण्डललाई बिगारिदिन्छन्। यस्तालाई तिमीले किन बसाल्छौ! कालो मुख गर्योर भने त्यसको असर धेरै समय चल्छ। रजिष्टरबाट थाहा हुन्छ। ४-५ वर्ष आएर फेरि आउन बन्द गरिदिए। बाबा सम्झाउनुहुन्छ– यस्तो गर्नाले तिमीले राजाई पद पाउन सक्दैनौ। इन्द्रप्रस्थको कहानी पनि छ, पत्थर बने। तिमी पनि पत्थर बुद्धि बन्छौ। पारस बन्न सक्दैनौ। फेरि पनि पुरुषार्थ गर्दैनन्, यो पनि ड्रामामा निश्चित छ। राजधानीमा नम्बरवार चाहिन्छ। नोकर, चण्डाल आदि सबै चाहिन्छ। अच्छा!

    मीठे-मीठे सिकीलधे बच्चाहरूप्रति माता-पिता बापदादाको याद-प्यार एवं गुडमर्निङ्ग। रूहानी बाबाको रूहानी बच्चाहरूलाई नमस्ते। रूहानी बच्चाहरूको रूहानी बाबालाई गुडमर्निङ्ग, नमस्ते।


    धारणाको लागि मुख्य सारः

    १) सबै लौकिक इच्छाहरूलाई छोडेर ईश्वरीय कुलको वृद्धि गर्न सहयोगी बन्नुपर्छ, कुनै पनि डिस-सर्भिसको काम गर्नु हुँदैन।

    २) लेन-देनको सम्बन्ध एक बाबासँग राख्नुपर्छ, कुनै देहधारीसँग होइन।

    वरदान:

    ज्ञानको रहस्यलाई जानेर सदा अचल रहने निश्चयबुद्धि, विघ्न-विनाशक भव:-  

    विघ्न-विनाशक स्थितिमा रहनाले जतिसुकै ठूलो विघ्न पनि खेल अनुभव हुन्छ। खेल सम्झिनाले विघ्नसँग कहिल्यै आत्तिदैनौ, खुशी-खुशीले विजयी बन्छौ र डबल लाईट रहन्छौ। ड्रामाको ज्ञानको स्मृतिले हर विघ्न केही पनि नयाँ होइन जस्तो लाग्छ। नयाँ कुरा लाग्दैन, धेरै पुरानो कुरा हो। अनेक पटक विजयी बनेका हौं, यस्तो निश्चयबुद्धि, ज्ञानको रहस्यलाई जान्नेवाला बच्चाहरूको यादगार नै अचलघर हो।

    स्लोगन:

    दृढताको शक्ति साथ भयो भने सफलता गलाको हार बन्छ। तपस्वीमूर्त बन:- तिमी ब्राह्मण आदिरत्न विशेष यस वृक्षका फेद हौ। फेदबाट सबैलाई सकाश पुग्छ। त्यसैले आफ्नो तपस्वी स्वरूपद्वारा कमजोरलाई बल देऊ। आफ्नो पुरुषार्थको समय अरूलाई सहयोग दिनमा लगाऊ। अब यस्तो लहर फैलाऊ– दिनु छ, दिनु छ, दिनु नै दिनु छ।   



    ***OM SHANTI***