BK Murli 31 January 2017 Nepali

BK Murli 31 January 2017 Nepali

२०७३ माघ १८ मंगलबार ३१-०१-२०१७ ओम् शान्ति प्रातः मुरली “बापदादा” मधुबन

“मीठे बच्चे– श्रेष्ठ बन्नको लागि श्रीमतमा पूरा-पूरा चल, श्रीमतमा नचल्नु नै सबैभन्दा ठूलो कमजोरी हो।”  

प्रश्न:

कुन बच्चाहरूको गला निसासिन्छ, बुद्धिबाट ज्ञान निस्केर जान्छ?

उत्तर:

जो चल्दा-चल्दै अपवित्र बन्छन्, पढाइ छोडेर बाबालाई छोडपत्र दिन्छन्, उनको बुद्धिबाट ज्ञान निस्केर जान्छ। जब सम्म निर्विकारी बन्दैनन्, तबसम्म अविनाशी ज्ञान बुद्धिमा बस्न सक्दैन। बुद्धिको ताला खुल्न सक्दैन। पतित बन्नेहरूको खानपान पनि गन्दा हुन्छ। ऊ मायावी मनुष्यसँग गएर मिल्छ, फेरि गला निसासिन्छ। कसैलाई पनि ज्ञान सुनाउन सक्दैन।

गीत:–

तुम्हें पाके हमने.........

ओम् शान्ति।

यो गीत कसले गाइरहेको छ? जसले बाबाबाट तीनै दुनियाँको बादशाही लिएको छ। उहाँबाट जुन कुरा प्राप्त भएको छ, त्यसलाई कसैले हटाउन सक्दैन। हामीलाई कसैले हटाउन सक्दैन अर्थात् कालले खान सक्दैन। नत हाम्रो राजाईलाई कसैले लिन सक्छ। बच्चाहरूलाई थाहा छ– हामी उहाँ मालिकबाट वर्सा लिइरहेका छौं। बाबालाई मालिक पनि भन्दछन् तर उहाँ मालिकबाट के मिल्छ, केही पनि थाहा छैन। मालिकलाई हामी कसरी याद गर्ने, उहाँको नाम-रूप के हो? केही पनि थाहा छैन। मालिक त सृष्टिको मालिक हुनुभयो नि। उहाँ हुनुहुन्छ रचयिता। हामी हौं रचना। पिताले रच्दछन् वारिसलाई अथवा बच्चाहरूलाई फेरि उनलाई आफ्नो मालिक बनाउँछन्। बच्चाहरू पिताको मालिक बन्छन्। बच्चाहरूले भन्दछन्– मेरो बाबाको जुन सम्पत्ति छ, त्यसको म मालिक हुँ। पिताले त यस्तो भन्दैनन्– बच्चाहरूको सम्पत्तिको म मालिक हुँ। यो बडो बुझ्नु पर्ने कुरा छ। समझदार बच्चाहरूले नै बुझ्न सक्छन्। बुद्धि सफा छैन भने त्यसमा रत्नहरू अडिन सक्दैन। जब देही-अभिमानी हुन्छन्, तब नै रत्न अडिन सक्छ। देही-अभिमानी भएर रहनु छ र बाबाबाट वर्सा लिनु छ। उहाँ बाबालाई याद गर्नु छ। जसरी लौकिक पिताले बच्चाहरूलाई पैदा गर्छन्, बच्चाहरू मालिक बन्छन्। बच्चाहरू भन्छन्– मेरो बाबा। पिताले भन्छन् मेरो बच्चा। तर बच्चाहरूको पासमा त केही हुँदैन। उनलाई त पिताको सम्पत्ति मिल्छ। बाबाले कहिल्यै यस्तो भन्दैनन्– बच्चाहरूको सम्पत्ति मेरो हो। पिताले सम्झन्छन्– बच्चाहरू मेरो सम्पत्तिको मालिक हुन्, यो बडो धारणायुक्त कुरा हो। धारणा हुँदैन किनकि कमी-कमजोरी छ। बुझ्नुपर्छ मभित्र धेरै कमजोरी छ। नम्बरवन कमजोरी हो श्रीमतमा नचल्नु। श्रीमतबाट नै श्रैष्ठ बन्नु छ। श्रीमतले राजयोग सिकाउँछ। श्री अर्थात् निराकार भगवानुवाच, त्यसैले हामी प्रश्न सोध्दछौं– ज्ञानसागर, पतित-पावन परमपिता परमात्मासँग तपाईको के सम्बन्ध छ? यो कुरा धेरै ठूलो-ठूलो बोर्डमा लेख्नुपर्छ। परमात्मा हुनुहुन्छ स्वर्गका रचयिता, त्यसैले जसको परमात्मासँग सम्बन्ध हुन्छ, ऊ पनि अवश्य स्वर्गको मालिक नै बन्छ।

बाबा आएर बच्चाहरूलाई सलाम गर्नुहुन्छ। सलाम मालेकम् बच्चे। बच्चाहरूले भन्छन्– मालेकम् सलाम। म त केवल ब्रह्माण्डको मालिक हुँ, तिमी ब्रह्माण्ड र विश्व दुवैको मालिक बन्छौ, त्यसैले बाबा बच्चाहरूलाई डबल सलाम गर्नुहुन्छ। एकै बेहदका बाबा तिम्रो कति निष्काम सेवा गर्नुहुन्छ। लौकिक पिता निष्काम हुँदैनन्। उनलाई आशा रहन्छ– हामी वानप्रस्थ अवस्थामा पुगेपछि बच्चाहरूले हाम्रो सेवा गर्नेछन्। वास्तवमा यो नियम थियो– बच्चाहरूले पिताको सेवा गर्दथे। आजकल त पैसा उडाइ दिन्छन्। तिमी बच्चाहरूलाई थाहा छ– हामीलाई यस्तो बादशाही मिल्छ बाबाबाट। लक्ष्मी-नारायणको लागि पनि लेख– यिनीहरूलाई चिन्नु भएको छ? यिनीहरूलाई यो स्वर्गको बादशाही कसले दियो? अवश्य स्वर्ग स्थापना गर्नेले नै दिनुहुन्छ। पुरानो दुनियाँ हुन्छ, त्यसैले नयाँ दुनियाँ स्थापना गर्छन्। लक्ष्मी-नारायणले यो वर्सा पाए श्रीमतमा चलेर। श्रीमतले राजयोग र सहज ज्ञानले सिकाउँछ। जसलाई सम्झाउनुहुन्छ– ऊ राजा बन्छ। पहिलो नम्बरमा श्रीकृष्ण, उनले यस्तो के कर्म गरे जो आफ्ना माता-पिताभन्दा ठूलो पद पाए? ती महाराजा-महारानी कहाँ थिए, जसको पासमा कृष्णको जन्म भयो? जबसम्म निर्विकारी भएर रहँदैनन्, तबसम्म अविनाशी ज्ञान बुद्धिमा बस्न सक्दैन। बुद्धिको ताला तब नै खुल्छ, जब पवित्र रहन्छन्। अपवित्र बन्नाले सबै ज्ञान बुद्धिबाट निस्केर जान्छ। धेरै बच्चाहरूले छोडपत्र दिन्छन्। पढाइलाई नै छोडिदिन्छन्। उनले फेरि कहिल्यै कसैलाई ज्ञान सुनाउन सक्दैनन्। पतित बन्छन्, खान-पान पनि अशुद्ध खान्छन्। मायावी मनुष्यसँग गएर मिल्छन्। उनको गला निसासिन्छ। यो कुरा पनि शास्त्रमा छ। वृन्दावनमा रास आदि हुन्थ्यो, मनाही गरिन्थ्यो– कसैलाई सुनायो भने गला निसासिन्छ। हो यो ज्ञानको कुरा। यदि छोडपत्र दिएर, गएर निन्दा गर्छन् भने गला निसासिन्छ। भनिन्छ नि– सतगुरुका निन्दक ठौर न पाये। बाबा भन्नुहुन्छ– सृष्टि जब पतित, पुरानो हुन्छ तब म आउँछु। मनुष्यहरू तमोप्रधान बन्नु नै छ। जे कर्तव्य गर्छन्, त्यो उल्टै गर्छन् किनकि उल्टो मत मिलिरहेको छ। श्रीमत छँदै छैन। उल्टो मतले पतित भ्रष्टाचारी बनाउँछ। पहिले भ्रष्टाचारी अक्षर नै थिएन। संन्यासीले विकारको संन्यास गर्छन्, पावन बन्नको लागि। 

त्यसैले पहिले-पहिले यो कुरा सम्झाऊ– परमपितासँग हाम्रो के सम्बन्ध छ? सबैले भगवान्लाई याद गर्छन्। भगवान् भन्नुहुन्छ– मलाई सबै भक्तहरू प्रिय छन् किनकि ती सबैलाई मैले नै गति सद्‌गति दिनुपर्छ। उनीहरूले सम्झन्छन्– भगवान् आएर भक्तहरूलाई भक्तिको फल दिनुहुन्छ, यसैले भक्त भगवान्को प्रिय छन्। बाबाले सम्झाउनुहुन्छ– तिमी दुर्गतिमा छौ, अब म सद्‌गति दिन आएको छु। भक्तिपछि भगवान्लाई अवश्य आउनुपर्छ। मैले तिमीहरूलाई नै पहिले भक्तिको फल दिनुपर्छ। अरू त सुरु देखि लिएर मेरा भक्त होइनन्। उनीहरूले त अनेकको भक्ति गर्छन्। तिमी मेरा प्यारा बच्चाहरू हौ, तिमी मालिक थियौ, फेरि माया रावणले तिमी माथि विजय प्राप्त गर्योन फेरि भक्ति सुरु भयो। यो पनि ड्रामा हो। म त सबैको सद्‌गति गर्छु। अब तिमी मेरो मतमा चल्छौ नि। मत दिनको लागि अवश्य म आउनु पर्छ। नत्र कसरी सद्‌गतिको बाटो बताउँ? म यस पहिलो नम्बरको भक्तको तनमा आउँछु। यी हुन् नन्दीगण। शिवको मन्दिरको सामुन्ने नन्दीगण राख्छन्। अब विचार गर– परमपिता परमात्मा बयलको तनमा त आउनुहुन्न। राजयोग बयलद्वारा कसरी सिकाउँछु? ज्ञानसागर बयलको तनमा प्रवेश गर्नुहुन्छ र! अहिले तिमी ज्ञानवान बन्छौ। श्रीमतमा चलेर लक्ष्मी-नारायण, सूर्यवंशी राजा-रानी बनिरहेका छौ। त्यस राजधानीलाई कसैले पनि हामीबाट छिन्न सक्दैन, नत कुनै तूफान लाग्न सक्छ। हामी अमरपुरीको मालिक बन्छौं। यो मृत्युलोक हो। अमरनाथ बाबाले नै काल माथि विजय प्राप्त गराउनुहुन्छ। उहाँको पार्ट नै अलग छ। तिमी सबै पार्वतीहरू हौ, म अमरनाथ हुँ। म कहिल्यै जन्म-मरणमा आउँदिनँ। अमरपुरी स्वर्गको मालिक तिमीलाई बनाउँछु। हिन्दुहरूलाई वैकुण्ठ धेरै प्यारो लाग्छ। भन्दछन्– फलानो वैकुण्ठवासी भयो। मुख मीठो गर्छन्। अब वैकुण्ठ यथार्थ त सत्ययुगमा हुन्छ। जब सत्ययुग हुन्छ, तब पुनर्जन्म पनि सत्ययुगमा नै लिन्छन्। फेरि त्रेतामा आएपछि पुनर्जन्म पनि त्रेतामा लिन्छन्। फेरि द्वापरमा आएपछि पुनर्जन्म पनि द्वापरमा लिन्छन्। तर यस्तो कहाँ हुन सक्छ जो मर्छन् कलियुगमा, पुनर्जन्म लिन्छन् सत्ययुगमा। स्वर्गमा जन्म लिइरहून्, यसको आधार हो पढाइ। बाबा भन्नुहुन्छ– म तिमीलाई सृष्टिको मालिक बनाउँछु, म निष्कामी हुँ। म विश्वको मालिक बन्दिनँ। तिमी स्वर्गमा जान्छौ, अनि म विश्राम लिन्छु। म चक्रमा आउँदिन। यस ईश्वरीय जन्म पछि तिमी दैवी गोदमा जन्म लिन्छौ। अहिले तिमी जन्म-जन्मान्तर आसुरी गोदमा जन्म लिन्छौ। भ्रष्टाचारी बनेका छौ। सत्ययुगमा सबै श्रेष्ठाचारी हुन्छन्। अहिले तिमी श्रीमतबाट श्रेष्ठाचारी बनिरहेका छौ। वहाँ विष हुँदैन। यहाँ हुन त संन्यासी छन् तर जन्म त विषबाट लिन्छन् नि। सत्ययुगमा विषबाट जन्म हुँदैन। नत्र उनीहरूलाई सम्पूर्ण निर्विकारी भन्न सकिँदैन। वहाँ माया हुँदैन। तर यो कुरा पनि कसैको बुद्धिमा बस्यो भने त हो। 

अब बाबा भन्नुहुन्छ– प्यारा बच्चाहरू! तिमीहरू घरमा जानु छ फेरि स्वर्गमा आएर राज्य गर्नु छ। आत्माहरू परमधामबाट आउँछन् पार्ट खेल्न, फेरि जबसम्म पतित-पावन आएर मुक्त गर्नुहुन्न, तबसम्म एक जना पनि जान सक्दैन। गफ लगाइरहन्छन्– फलानो पार निर्वाण गयो। बाबा आएर सबै कुरा राम्ररी सम्झाउनुहुन्छ। पहिले-पहिले सम्झाऊ– परमपिता परमात्मासँग तपाईको के सम्बन्ध छ? अरू कसैलाई पनि यो प्रश्न सोध्न आउँदैन। तिमी कल्प-कल्प पत्थरबुद्धिबाट पारसबुद्धि र पारस बुद्धिबाट पत्थरबुद्धि बन्दै आएका छौ। यो धेरै राम्रोसँग सम्झाइएको छ तर निश्चय पनि बस्नुपर्छ। अवश्य शिवबाबाको हामी बच्चाहरू हौं। बाबा भन्नुहुन्छ– म अहिले आएको छु तिमीलाई सुखधाममा लिएर जान, जान्छौ? वहाँ यो विष मिल्दैन। मूल कुरा नै पवित्रताको हो। जो कल्प पहिले रहेका थिए, उनै अहिले पनि रहन सक्छन्। धेरै बच्चीहरूले लेख्छन्– बाबा थाहा छैन कहिले बन्धन टुट्छ! युक्ति बताउनुहोस्। बाबा भन्नुहुन्छ– प्यारा बच्चाहरू! बन्धन टुट्छ आफ्नो समयमा। बाबाले के गर्नुहुन्छ? एक बन्धन छुट्ला फेरि बच्चाहरू आदिमा मोह हुन्छ। यी सबैबाट बुद्धि निकाल्नमा धेरै मेहनत लाग्छ। कोही त अरू धेरै मोहमा आउँछन्। धेरै मोहमा फँस्छन्। बाबा भन्नुहुन्छ– मोह एकमा राख, अनि धारणा हुन्छ। कोही ज्ञानमा चल्न सक्दैनन् त्यसैले भागन्ती हुन्छन्। फेरि नाम बदनाम हुन्छ। ड्रामामा कल्प पहिले पनि यो भएको थियो। जो सेकेन्ड पास भयो, त्यो ड्रामा। भनिन्छ– मम्मा मरे पनि हलुवा खाऊ, स्त्री मरे पनि हलुवा खाऊ.... कच्चालाई अलिकति झट्का लाग्छ। धेरै संन्यासीहरू पनि यस्ता हुन्छन्, टिक्न सकेनन् भने गृहस्थमा जान्छन्। चलन नै यस्तो हुन्छ। यहाँ त एकै मुख्य कुरा छ। हामी पनि उहाँ बाबाबाट वर्सा लिइरहेका छौं, तपाई पनि उहाँलाई पिता मान्नुहुन्छ, आएर स्वर्गको वर्सा लिनुहोस्। एउटै कुरा छ– सेकेन्डमा जीवनमुक्ति, पछि त अलिकति सम्झाउनाले पनि मनुष्यले छिट्टै सम्झन्छन्। अनेक मत छन्, जसबाट भारत भ्रष्ट बनेको छ। फेरि एकको मतबाट आधाकल्पको लागि श्रेष्ठाचारी बन्छ। श्रेष्ठ अवश्य बाबाले नै बनाउनुहुन्छ। सबैलाई पार लैजानेवाला एउटै बाबा हुनुहुन्छ त्यसैले अवश्य कोही डुबाउनेवाला पनि हुनुपर्छ। बाबा सबैलाई भन्नुहुन्छ विकारको संन्यास गर्नुपर्छ तब नै तिमी पवित्र दुनियाँको मालिक बन्न सक्छौ। बाबाले वर्सा दिइरहनु भएको छ। धेरै ब्रह्माकुमारीहरू छन्। तपाई पनि बी. के. हुनुहुन्छ, वर्सा रूहानी बाबाबाट मिल्छ। कति सहज छ। तर कसैको केवल बोली (कथनी) छ, गराइ (करनी) छैन भने कसैलाई पनि तीर लाग्दैन। बोलीबाट हुन सक्छ अरू कसैको भलाइ हुन सक्छ तर स्वयंको गराइ वा धारणा छैन भने गिर्छ। जसलाई ज्ञान दिन्छन् ऊ चढ्छ, स्वयं गिर्छन्। यस्ता पनि धेरै छन्, बाबाले बच्चाहरूलाई पूरा वर्सा विल गर्नुहुन्छ, अब तिमी लायक बनेर स्वर्गको मालिक बन। अच्छा! 

मीठे-मीठे सिकीलधे बच्चाहरूप्रति माता-पिता बापदादाको याद-प्यार एवं गुडमर्निङ्ग। रूहानी बाबाको रूहानी बच्चाहरूलार्इ नमस्ते। रूहानी बच्चाहरूको रूहानी बाबालार्इ गुडमर्निङ्ग, नमस्ते। 


धारणाको लागि मुख्य सारः

१) श्रेष्ठाचारी बन्नको लागि आफ्ना सबै कमजोरी निकालेर सदा श्रीमतमा चल। बुद्धिमा ज्ञान रत्नको धारणा देही-अभिमानी बनेर गर।

२) आफ्नो भनाइ र गराइ एक गर। ज्ञानको धारणाको लागि सबैबाट मोह निकालेर एक बाबामा नै मोह राख।

वरदान:

सर्व खजानाले सम्पन्न बनेर हर समय सेवामा व्यस्त रहने विश्व कल्याणकारी भव:-   

विश्व कल्याणको निमित्त बनेका आत्माहरू पहिले स्वयं सर्व खजानाले सम्पन्न हुन्छन्। यदि ज्ञानको खजाना छ भने फुल ज्ञान होस्, कुनै पनि कमी नहोस्, तब भनिन्छ भरपुर। कुनै-कुनैको पासमा खजाना फुल भएर पनि समयमा कार्यमा लगाउन सक्दैनन्, समय बितिसकेपछि सोच्छन्, त्यसैले उनलाई पनि फुल भनिदैन। विश्व कल्याणकारी आत्माहरू मनसा, वाचा, कर्मणा, सम्बन्ध-सम्पर्कमा हर समय सेवामा व्यस्त रहन्छन्।

स्लोगन:

ज्ञान र योगको स्वभाव (नेचर) बनायौ भने हर कर्म स्वाभाविक (नेचुरल) श्रेष्ठ र युक्तियुक्त हुनेछ। तपस्वीमूर्त बन:- ज्ञान मननको साथै शुभ भावना, शुभ कामनाका संकल्प, सकाश दिने अभ्यास– यो मनको मौनको वा ट्राफिक कन्ट्रोलको समय निश्चित गर। विशेष एकान्तवासी र खजानाको एकानामीको कार्यक्रम बनाऊ। आफ्नो तपस्वी स्वरूपद्वारा सेवा गर।   



***OM SHANTI***

Google+ Followers