BK Murli 1 March 2017 Nepali

bk murli today

Posted by: BK Prerana

BK Prerana is executive editor at bkmurlis.net and covers daily updates from Brahma Kumaris Spiritual University. Prerana updates murlis in English and Hindi everyday.
Twitter: @bkprerana | Facebook: @bkkumarisprerana
Share:






    BK Murli 1 March 2017 Nepali

    २०७३ फाल्गुन १८ बुधबार १-०३-२०१७ प्रातः मुरली ओम् शान्ति “बापदादा” मधुबन

    “मीठे बच्चे– ज्ञानको तेस्रो नेत्रद्वारा बाबालाई हेर, बाबालाई नै याद गर, यस शरीरलाई देखेर पनि नदेख।”  

    प्रश्न:

    यस पुरानो दुनियाँमा रहँदा तिमी बच्चाहरूलाई कुनचाहिँ डाइरेक्शन मिलेको छ?

    उत्तर:

    प्यारा बच्चाहरू– यो पुरानो दुनियाँ, जसमा तिमी रहन्छौ यो कब्रिस्तान हुँदैछ, यसमा रावणको राज्य छ, यससँग दिल नलगाऊ। यहाँ रहेर पनि बुद्धिको आसक्ति नयाँ दुनियाँमा जानुपर्छ। गृहस्थ व्यवहारमा रहेर पनि कमल फूल समान बन। सबैसँग सम्बन्ध निर्वाह गर। बुद्धियोग एक बाबासँग लागिरहोस्। ज्ञान योगमा पक्का बन। कुनै पनि हालतमा खुशीको पारा कम नहोस्। धैर्य भएर कर्म बन्धनलाई काट्दै जाऊ।

    गीत:–

    धीरज धर मनुवा....

    ओम् शान्ति।

    मनुष्यले मनुष्यलाई धैर्यता तब दिन्छन्, जब ऊ दु:खी, रोगी हुन्छ। यहाँ त तिमी मनुष्य मतमा चल्दैनौ। तिमी ईश्वरीय मतमा चलिरहेका छौ। यसमा सबै चल्दैनन्। ईश्वर जसलाई सत्य बाबा, सत्य टिचर, सतगुरु भनिन्छ– उहाँको मत त प्रसिद्ध छ। भगवान्ले नै श्रीमत दिनु भएको थियो। मनुष्यबाट देवता बन्नको लागि अथवा दैवी दुनियाँको मालिक बन्नको लागि। यति उच्च मत अरू कसैले दिन सक्दैन किनकि मनुष्य मात्र सबै पतित भ्रष्टाचारी छन्। त्यसैले उनले मत पनि यस्तो नै दिन्छन्। तिमी बच्चाहरूलाई नै थाहा छ– हामीलाई शिवबाबाले मत दिइरहनु भएको छ। सर्वोच्च बाबाको सर्वोच्च मत हो। उहाँलाई त कुनै भ्रष्टाचारी पतित भनिँदैन। पतितले नै उहाँ निराकार बाबालाई बोलाउँछन्, साकारको त कुरा होइन। त्यसैले भनिन्छ मनुष्यको मतलाई नसुन। हियर नो ईभिल, सी नो ईभिल... हुन त यो आँखाले मनुष्यहरूलाई देख्छ तर तिमीलाई तेस्रो नेत्र मिलेको छ, जसबाट बाबालाई देख्नु छ। अनि उहाँ बाबालाई नै याद गर्नु छ। अरू कोही छैन जसको तेस्रो नेत्र होस्, जसबाट उसले बाबालाई देख्न सकोस्। तिमीले सम्झन्छौ– हामी बाबालाई देख्न जाँदैछौं। बुद्धिमा छ– म आत्मा हुँ। तिमीले आत्मालाई देख्छौ। जीवात्मा भन्नुपर्छ। केवल बहिनी भन्नाले आत्मालाई बिर्सिन्छौ। यहाँ सम्झाइन्छ– तिमीले यस शरीरलाई बिर्सिदै जाऊ। आफूलाई आत्मा सम्झ र बाबालाई याद गर। उनलाई दिव्य चक्षुद्वारा हेर। तिम्रो आत्मालाई अब प्रकाश मिलेको छ– हाम्रो बाबा को हुनुहुन्छ! कहाँ रहनु हुन्छ! उहाँबाट हामीलाई के मिल्छ! तिमी जस्तो दुनियाँमा कोही पनि छैन, जसले बाबाबाट वर्सा लिने पुरुषार्थ गरोस्। जबसम्म कुनै बच्चा नै बन्दैन भने बाबाबाट वर्सा कसरी लिन सक्छ। बाबाको वर्सा त अपरम्पार छ। सर्वोच्च पद हो सूर्यवंशी राजा रानी बन्नु। वकिलहरूले पास त गर्छन्, तर उनीहरूमा पनि नम्बरवार हुन्छन्। कुनैले त धेरै कमाउँछन्, कुनै त पेट पनि मुश्किलले भर्छन्। अब तिमीलाई थाहा छ– हामी ईश्वरसँग राजाई प्राप्त गरिरहेका छौं। कुनै पनि मनुष्यलाई कहिल्यै भन्न सकिँदैन– उहाँ सत्य बाप, सत्य टिचर, सतगुरु हुनुहुन्छ। अरू सबै गुरु हुन्। सतगुरु सत्य बोल्नेवाला एकै हुनुहुन्छ। बाँकी सबै हुन् झुटो बोल्नेवाला। उनले सच्चा सद्गति कसैलाई दिन सक्दैनन्। सतगुरुको महिमा हामीले पनि जानेका थिएनौं। कसैको पनि बुद्धिमा आउँदैन– उहाँ सत्य बाबा, सत्य टिचर, सत्य गुरु कसरी हुनुहुन्छ। उनीहरूले त सर्वव्यापी भनेर पूरा गरिदिन्छन्। उनले परमात्मालाई अलग सम्झदैनन्– उहाँ बाबा हुनुहुन्छ, हामी बच्चाहरू हौं। भन्दछन्– सबै बाबा नै बाबा हौं। 

    यो भन्दा पनि तल कण-कणमा परमात्मालाई हुनुहुन्छ भन्दछन्। बाबा सम्झाउनु हुन्छ, यस्तो त होइन। तिमी बच्चाहरूलाई अब निश्चय भयो– वास्तवमा बाबा सत बाबा, सत टिचर, सतगुरु एकै हुनुहुन्छ। उहाँलाई कसैले चिनेका छैनन्। यदि चिनेको भए त वहाँ जान पनि सक्थे। कसैलाई चिनिन्छ भने उसको नाम, रूप, देश, काल सबै जान्न सकिन्छ। नत्र चिनेर फाइदा नै के भयो! मनुष्य सबै दु:खी छन्, त्यसैले शान्ति चाहन्छन्। उनलाई यो थाहा नै छैन– हामी वास्तवमा शान्तिधामका निवासी हौं। वहाँ देखि हामी आउँछौं। हामी आत्माको स्वधर्म शान्ति हो। बाबाले गुरुहरूको लागि सम्झाउनु हुन्छ– उनले कसैलाई सद्गति दिन सक्दैनन्। उनले डर देखाउँछन्, भन्छन् गुरुको निन्दकले पद पाउँदैन। वास्तवमा यो सबै कुरा बेहदको बाबाको लागि हो। यदि तिमीले मेरो निन्दा गरायौ भने सत्ययुगमा उच्च पद पाउँदैनौ। संन्यासीले त यो कुरा भन्न सक्दैनन्– तिमीले मेरो निन्दा गर्यौर भने पद पाउँदैनौ। कुनचाहिँ पद? पदको बारेमा त केही थाहा नै छैन। साधना गरिरहन्छन् तर साधना गरेर मात्र सद्गतिलाई प्राप्त गर्न सकिँदैन। यो बाबा नै आएर धैर्य दिनुहुन्छ। तिमीलाई थाहा छ– वास्तवमा ८४ जन्मको चक्र लगाएका छौं, हामी धेरै दु:खी छौं। जबसम्म सुखधामको साक्षात्कार हुँदैन, दु:खधाम मान्ने कसरी! अहिले तिमीलाई थाहा छ– यो दु:खधाम हो– अल्पकालको सुख हो। यस अल्पकालको राजाईमा कति खुशी हुन्छन्। सम्झन्छन्– गान्धीले राम राज्य स्थापना गरे। तर होइन, यो त अझै तेज रावणको राज्य बन्यो। सबैले भन्छन् पतित भ्रष्टाचारी हौं। पहिले केवल पतित थिए, अब त भ्रष्टाचारी पनि भन्दछन्। यो हो कलियुगको अन्त्य। कति रिश्वत हुन्छ। बाबा आएर सारा दुनियाँका मनुष्यलाई भन्नुहुन्छ– अब धैर्यता राख। तर सुन्दैनन्। अन्तिममा सबैलाई थाहा हुनेछ। प्रदर्शनीमा पनि यही देखाइन्छ– कसरी दु:खको दुनियाँलाई हटाएर सुखको दुनियाँ बनाइरहनु भएको छ। आखिर सबैले सुन्छन् नि। एकातिर मायाले सबैको गला दबाइरहन्छ। अर्कोतिर बाबाले आफ्नो परिचय दिइरहनुहुन्छ। अब त धेरै मनुष्यहरूलाई आवाज पुर्याैउनु छ। जति जति महिमा निस्किन्छ, त्यति फेरि अखबारहरूमा पनि जोडले छापिनेछ। फेरि धेरै आउनेछन्। यो मेहनत छ। धर्म अथवा मठ आदि स्थापना गर्न त धेरै सहज छ। बौद्ध धर्मको एउटा भाषण गरे, ६०-७० हजार बौद्धी बनाए। यहाँ त मेहनत छ। मायाले बडो जोडले सामना गर्छ। वहाँ त मायाको साथ युद्धको कुरा नै छैन। यहाँ मायासँग युद्ध गर्न मेहनत छ। मुख्य कुरा हो पवित्रताको। अन्त कहीँ पवित्रताको कुरा हुँदैन। 

    उनीहरूलाई त घर देखि वैराग्य आउँछ या केही चोरी, पाप आदि गर्छन् अनि संन्यास धारण गर्छन्। त्यसैले चोरलाई पक्रिनको लागि पनि गभर्मेन्टलाई संन्यासी सी. आई. डी. आदि राख्नु पर्ने हुन्छ। दलालको रूपमा, व्यापारीहरूको रूपमा पनि सी.आई.डी. हुन्छन्। पुलिसको गुप्त काम धेरै चल्छ। दोस्तीको बहानामा पनि सुनको व्यापारीहरूसँग मिल्छन्, फेरि सबैथोक थाहा हुन्छ। धन्दा गर्नेले, धन्धा पनि गर्छन् भने सी.आई.डी. पनि गर्छन्। दुनियाँ धेरै झंझटमा फँसेको छ। तिमी धेरै भाग्यशाली हौ, यी सबै झंझट देखि टाढा निस्केर आयौ। दुनियाँमा त समस्या नै समस्या छ। तिम्रो लागि धेरै प्राप्ति छ। उनीहरू त दु:खी भएर मर्छन्। तिमी बसेका छौ यो शरीर छोड्नको लागि। पुरानो शरीर खतम भएपछि हामी फर्केर बाबाको पासमा जान्छौं। दिल लागेको छ बाबासँग र नयाँ दुनियाँसँग, त्यसैले पुरानो दुनियाँ के काम। यो त पुरानो कपडा हो। यसबाट वैराग्य आउँछ। संन्यासीहरूलाई वैराग्य आउँछ– घरबार देखि। स्त्रीलाई नागिन सम्झन्छन्। तिम्रो त सच्चा-सच्चा वैराग्य हो। गायन पनि गरिन्छ– ज्ञान, भक्ति र वैराग्य। ज्ञान मिल्छ– पुरानो दुनियाँबाट वैराग्य गर। यो कब्रिस्तान बन्नु छ। त्यो हो हदको सन्यास, उनीहरूलाई यो थाहा छैन– यो पुरानो दुनियाँ खतम हुनेवाला छ। उनले भन्छन्– हामी घरमा एकसाथ रहन सक्दैनौं। त्यसैले उनीहरूलाई घरबाट वैराग्य हुन्छ अनि जंगलमा जान्छन्। तिम्रो यो हो बेहदको वैराग्य। तर यसको बारेमा कसैलाई थाहा नै छैन। तिमीले भन्छौ– हामीलाई त सारा पुरानो दुनियाँबाट, कब्रिस्तानबाट वैराग्य छ। यो रावण राज्य हो। यस्तो को मूर्ख होला, जसले पुरानो दुनियाँबाट दिल लगाओस्। जबसम्म पूरा तयारी हुँदैन, सत्ययुग आउने समय पनि होस्, तब त लडाई हुनेछ। कति लेख्छन्– बस्न त घरमा नै बसेको छु, तर अलमलिन्छु– के गरूँ। ममत्व यदि राखिनँ भने सम्हाल्ने कसरी? बाबा भन्नुहुन्छ– प्यारा बच्चाहरू! रहने त यहाँ नै हो। तर बुद्धिको आसक्ति अब नयाँ दुनियाँमा जानुपर्छ। सच्चा लभ त्यसमा जानुपर्छ। यस पुरानो दुनियाँबाट वैराग्य छ। देहबाट पनि वैराग्य। बाँकी के रह्यो? धेरैले सोध्छन्– बाबा, हजुरले भन्नुहुन्छ– दुवै तिर तोड निभाऊ। त्यो त अवश्य गर्नुपर्छ। यदि तोड निभाएनौ भने संन्यासी जस्तै हुन्छौ। गृहस्थ व्यवहारमा रहेर पवित्र बन। देही-अभिमानी बन्ने पुरुषार्थ गर्यौा भने बुद्धियोग बाबासँग लाग्नेछ। म आत्मा हुँ, बाबाको पासमा जानु छ। बाबा भन्नुहुन्छ– गृहस्थ व्यवहारमा रहेर कमल फूल समान बन। 

    ज्ञान र योग छैन भने फँस्छौ। हरेकको जन्म-पत्री अलग अलग छ। हरेकको लागि युक्ति पनि अलग-अलग मिल्छ। कुनै अप्ठेरो छ भने सोध। कुनै पनि हालतमा खुशीको पारा चढ्नु पर्छ। हामी घर जान्छौ फेरि आउनेछौं, नयाँ राजधानीमा। बाँकी थोरै समय छ। पार्ट खेल्नु छ। ममत्व तोड्दै जानु छ। हर एकको कर्मबन्धन अलग अलग छ। कुनैको हल्का, कुनैको भारी छ। बाबासँग युक्ति लिएर धैर्यता पूर्वक कर्म-बन्धनलाई काट्दै जाऊ। यसमा गुप्त मेहनत चाहिन्छ। बुद्धिलाई यात्रामा लैजाने मेहनत छ। घरी-घरी बुद्धियोग टुट्छ। अहिले नै परिपक्क बने त कर्मातीत अवस्था आउँछ। अहिले त अनेक प्रकारका विकल्पको नै तुफान लाग्छन्। एकदम निद्रा नै लाग्दैन। विकल्पलाई नै तुफान भनिन्छ। अरू सत्सङ्गहरूमा यो कुरा हुँदैन। त्यहाँ त हुन्छ कनरस, फाइदा केही पनि छैन। यहाँ त यो पढाइ हो, आम्दानीको लागि। पढाइलाई कनरस भनिँदैन। बाबा सम्झाउनु हुन्छ– यो अन्तिम जन्म हो, पुरानो दुनियाँ खतम हुँदैछ। किन श्रीमतमा चलेर उच्च पद नपाउने! जबसम्म यसमा होसियार हुँदैनौ, तबसम्म शरीर निर्वाह अर्थ कर्म त गर्नुपर्छ। फेरि यस ईश्वरीय सर्भिसमा लाग। सारा दुनियाँलाई उद्धार गर्नु छ। तिमी हौ सेलभेशन आर्मी। नर्कबाट निकालेर स्वर्गमा लैजान्छौ। ती सेलभेशन आर्मीलाई यो थाहा छैन– विश्वको बेडा डुबेको छ। सबै रावणको जंजीरमा फँसेका छन्। सारा विश्वलाई अब उद्धार गर्नु छ, यसमा त बाबाको मदत चाहिन्छ। तिमी रूहानी ईश्वरीय सेलभेशन आर्मी हौ। मनुष्य मात्रलाई रावणको पञ्जाबाट छुटाउनु छ। यति नशा हुनुपर्छ। ती जिस्मानी समाजसेवी त धेरै छन्। तिमी कति थोरै छौ। यहाँ त मनुष्य पनि धेरै छन्, सत्ययुगमा मनुष्य धेरै कम हुन्छन्। तिमी थोरै बच्चाहरू नै रूहानी बाबाबाट वर्सा लिन्छौ। यो अन्तिम जन्म, जो कौडी जस्तो छ, यसलाई हीरा जस्तो बनाउनु छ। एक आदि सनातन देवी देवता धर्मको स्थापना, अनेक धर्महरूको विनाश। बाबाले नै एक धर्मको स्थापना गर्नुहुन्छ र गराउनुहुन्छ। कलमी लगाउन अथवा स्थापना गर्न धेरै मेहनत लाग्छ। जबसम्म कसैलाई बाबा समान बनाएका छैनौ, तबसम्म खुशीको पारा चढ्दैन। खुशीको पारा तब चढ्नेछ, जब दान गर्छौ। जसको पासमा धन छ, तर दान गर्दैन भने उसलाई कञ्जुस भनिन्छ। यहाँ फेरि त्यस्तो छैन। जसको पासमा छ, उसले त दिइरहन्छ। नत्र बुझिन्छ यिनको पासमा धन नै छैन। अच्छा! 

    मीठे-मीठे सिकीलधे बच्चाहरूप्रति माता-पिता बापदादाको यादप्यार एवं गुडमर्निङ्ग। रूहानी बाबाको रूहानी बच्चाहरूलाई नमस्ते। रूहानी बच्चाहरूको रूहानी बाबालाई गुडमर्निङ्ग, नमस्ते। 


    धारणाको लागि मुख्य सारः

    १) ईश्वरीय सेलभेशन आर्मी बनेर विश्वको डुबेको बेडालाई पार लगाउनु छ। मनुष्यहरूलाई कौडीबाट हीरा जस्तो बनाउनु छ। ज्ञान धन दान गर्नमा कन्जुस बन्नु छैन।

    २) आफ्नो दिल बाबा र नयाँ दुनियाँसँग लगाऊ। यस पुरानो देहबाट बेहदको वैरागी बन।

    वरदान:

    पूर्वजपनको स्मृतिद्वारा सबैको पालना गर्ने, शुभ वृत्ति वा मनसा शक्ति सम्पन्न भव:-   

    कुनै पनि धर्मका आत्माहरूसँग भेट्छौ वा देख्छौ भने यो स्मृति रहोस्– यी सबै आत्माहरू हाम्रो ग्रेट-ग्रेट ग्रेन्ड फादरका वंशावली हुन्। हामी ब्राह्मण आत्माहरू पूर्वज हौं। पूर्वजले सबैको पालना गर्छन्। तिम्रो अलौकिक पालनाको स्वरूप हो– बाबाद्वारा प्राप्त भएका सर्वशक्ति अन्य आत्माहरूमा भर्नु। जुन आत्मालाई जुन शक्तिको आवश्यकता छ, उसलाई त्यस शक्तिद्वारा पालना गर। यसको लागि आफ्नो वृत्ति धेरै शुद्ध र मनसा शक्ति सम्पन्न हुनुपर्छ।

    स्लोगन:

    जसको पासमा ज्ञानको अविनाशी धन छ, उही दुनियाँमा सबैभन्दा ठूलो सम्पत्तिवान हो।   

      

    ***OM SHANTI***