BK Murli 2 February 2017 Nepali
२०७३ माघ २० बिहीबार ०२-०२-२०१७ ओम् शान्ति प्रातः मुरली “बापदादा” मधुबन
“मीठे बच्चे– आत्मा रूपी दीपकमा योग रूपी घृत राख्यौ भने आत्मा शक्तिशाली हुन्छ।”
प्रश्न:
आत्मा रूपी ब्याट्रीमा पावर भर्ने आधार के हो?
उत्तर:
आत्मा रूपी ब्याट्रीमा पावर भर्नको लागि बुद्धियोगको बल चाहिन्छ। जब बुद्धियोग बलद्वारा सर्वशक्तिमान् बाबालाई याद गर्छौ, तब ब्याट्री भरिन्छ। जबसम्म ब्याट्रीमा पावर हुँदैन, तबसम्म ज्ञानको धारणा पनि हुन सक्दैन। आत्मामा सम्पूर्ण प्रकाश आउन समय लाग्छ। याद गर्दै-गर्दै पूरा प्रकाश आउँछ।
गीत:–
रात के राही थक मत जाना...
ओम् शान्ति।
बच्चाहरूले गीतको अर्थ त सुन्यौ। तिमी बच्चाहरू अब दिनमा जानको लागि पुरुषार्थ गरिरहेका छौ। नयाँ दुनियाँमा त प्रकाश नै प्रकाश हुन्छ। पुरानो दुनियाँमा अँध्यारो नै अँध्यारो छ। यो हो ब्रह्माको घोर अँध्यारो रात। तिमी अब दिनमा गइरहेका छौ। बाबा बच्चाहरूलाई भन्नुहुन्छ– यो बुद्धिको योग लगाउँदा लगाउँदै नथाक। जति तिमी योग लगाउँछौ, त्यति उज्यालो हुन्छ। आत्मा रूपी दीपकको ज्योति, जुन निभ्न लागेको छ, त्यो आउँदै जान्छ। त्यस बिजुलीमा त तुरुन्त करेन्ट आउँछ। तर आत्मामा सम्पूर्ण प्रकाश आउनमा समय लाग्छ। अन्त्यसम्म पूरा आउँछ। योग लगाइ रहनुपर्छ, मोटरको ब्याट्री पनि सारा रात चार्ज गरिन्छ। त्यस्तै यो पनि मोटर हो। यसमा अब घृत खतम भएको छ अथवा पावर कम भएको छ। बाबालाई त पावरफुल, सर्वशक्तिमान् भनिन्छ नि। यस ब्याट्रीमा बुद्धि योगबल विना पावर आउन सक्दैन। सर्वशक्तिमान् बाबासँग नै योग लगाउनाले सारा ब्याट्री भरिन्छ। ब्याट्री नभरी ज्ञान पनि धारण हुन सक्दैन। घरी-घरी बाबा भन्नुहुन्छ– मलाई याद गरेर वर्सा लेऊ। मनमनाभव, कति सहज कुरा छ। मनुष्य त राम-रामको जप गरिरहन्छन् र चाहन्छन् रामराज्य होस्। तर यस्तो राम-राम जपेर मात्र रामराज्य कहाँ हुन्छ। यस्तो राम-राम त जन्म-जन्मान्तर धेरै गर्दै आयौ, गंगाको कण्ठमा बसेर। यो त कसैलाई थाहै छैन– रामराज्य कसलाई भनिन्छ? अवश्य रामले नै रामराज्य बनाउनुहुन्छ। उनीहरूको बुद्धिमा सीता-रामवाला राज्य आउँछ। अब त्यस रामराज्यमा त रामलाई नै आराम थिएन। राम राजाकी नै स्त्री चोरी भइन् भने प्रजाको के हालत होला! यहाँ पनि राजाहरूकी स्त्री कहाँ चोरी हुन्छ र! उनीहरूले फेरि राम-सीताको लागि भनिदिएका छन्। यो धेरै बुझ्नुपर्ने कुरा हो। वास्तवमा राम त परमपिता परमात्मालाई भनिन्छ। गायन पनि छ– तिमी माता-पिता... अब माता-पिता कुनचाहिँ हो, जसको लागि यो गायन गर्छन्? एक त हुन्छ लौकिक माता-पिता। उनको त यो महिमा गर्दैनन्। अवश्य अर्को कुनै परमपिता हुनुहुन्छ अनि अवश्य माता पनि हुनुपर्छ। त्यसैले गायन छ पारलौकिक माता-पिताको। सोध्छन्– हु इज क्रियेटर? झट्ट भन्छन्– गड फादर। त्यसैले सिद्ध छ नि– माता-पिता हुनुहुन्छ। यस समय नै दुई माता-पिता हुन्छन्। सत्ययुगमा केवल एकै माता-पिता हुन्छन्। लौकिक माता-पिता भएर पनि यहाँ गायन गर्छन्– तिमी माता-पिता... यस समय हामी बच्चाहरूलाई बाबाद्वारा अपार सुख मिल्छ, फेरि एक माता-पिता हुन जान्छ। पारलौकिक माता-पिताद्वारा सत्ययुगको प्रारब्धमा अपार सुख मिल्छ, उहाँ माता-पिताको नै गायन हो। फेरि पनि यस्तो बाबालाई बच्चाहरूले याद गर्न बिर्सिन्छन्। तिमी बच्चाहरूले त सबैलाई बाबाको परिचय दिनु छ– बाबा आउनुभएको छ। सदैव शिवबाबा र ब्रह्मा बाबा भनिन्छ। प्रजापिताको नाम त प्रत्यक्ष छ। शिवबाबा, ब्रह्माबाबा। लौकिक बाबा, उहाँ पारलौकिक परमपिता, उहाँ फेरि माता-पिता कसरी बन्नुहुन्छ– यो धेरै गहन कुरा छ। जो पनि आउँछन्, पहिले यो सोध– परमपिता परमात्मासँग तपाईको के सम्बन्ध छ? प्रजापितासँग तपाईको के सम्बन्ध छ? अम्बा पनि गुप्त छन् भने यी ब्रह्मा पनि गुप्त। यी ब्रह्मा हुन् बडी माँ। लौकिक पिताको त नाम रूप देश काल सबै जान्दछन्। अब तिमीले उनलाई पारलौकिक माता-पिताको नाम रूप देश काल कर्तव्य बताऊ। मम्माको पनि यी बडी मम्मा। बडी मम्माद्वारा बच्चाहरूलाई एडप्ट गर्नुहुन्छ, त्यसैले माता-पिता कम्बाइन्ड हुनुहुन्छ। यिनलाई माता-पिता अथवा बापदादा पनि भनिन्छ। कसैलाई सम्झाउने धेरै युक्ति चाहिन्छ। ठूलो बोर्डमा लेख्नुपर्छ– निराकार परमपिता परमात्मालाई सबैले याद पनि गर्छन्। तर यो जान्दैनन् – उहाँ माता-पिता कसरी हुनुहुन्छ? यति पनि मनुष्यहरूको बुद्धि चल्दैन किनकि कुरा धेरै विचित्र छन्, जो बाबा नै आएर सुनाउनुहुन्छ। आत्माले भन्छ– हे परमपिता परमात्मा, उहाँ पनि हुनुहुन्छ आत्मा तर सुप्रीम हुनुहुन्छ। सुप्रीम मतलब परम। उहाँ परमधाममा रहनेवाला हुनुहुन्छ। उहाँ स्वयं त जन्म-मरणमा आउनुहुन्न, आएर हामी बच्चाहरूलाई पतित जन्म-मरणबाट छुटाउनु हुन्छ। पावन जन्म-मरणबाट छुटाउनु हुन्न। पतित आत्मालाई नै पावन आत्मा बनाउनुहुन्छ। त्यसैले उहाँलाई पतित-पावन भनिन्छ। मनुष्यले त राम-सीताको पनि अर्थ बुझ्दैनन्। वास्तवमा सबै भक्त, सीताहरू हुन्। याद गर्छन् एक साजन परमात्मालाई।
बाबा भन्नुहुन्छ– प्यारा बच्चाहरू! यस समय सारा दुनियाँमा रावण राज्य छ, केवल लंकामा मात्रै होइन। रावणलाई जलाउँछन् पनि यहाँ। लंका त हिन्दुस्तान होइन। त्यो त बौद्धीहरूको अलग खण्ड हो। यस समय सारा दुनियाँ रावणको बन्धनमा छ। सारा दुनियाँमा रावणको राज्य छ। आधाकल्प हुन्छ रामराज्य, आधकल्प हुन्छ रावण राज्य। आधकल्प दिन, आधाकल्प रात। यो सबै कुरा बुद्धिमा राख्नुपर्छ। यस समय तिमी रावणमाथि विजय पाइरहेका छौ। जसले पूरा विजय पाउँछ, उही मालिक बन्छ। सत्ययुग आदिमा लक्ष्मी-नारायणको राज्य थियो। उनीहरूले यो स्वर्गको प्रारब्ध कहाँबाट र कसरी पाए? सत्ययुगमा मनुष्य धेरै कम हुन्छन्। लाखौंको संख्यामा हुन्छन्। जमुनाको कण्ठमा राजधानी हुन्छ। वहाँ कुनै विकार नै हुँदैन। भनिन्छ नै सम्पूर्ण निर्विकारी। बच्चाहरू पनि योगबलद्वारा नै पैदा हुन्छन्। वहाँ रुने, पिट्ने केही हुँदैन। तर पहिले यो कुरा निकाल्नु हुँदैन। पहिले कुरा नै यो निकाल– निराकार परमपिता परमात्मा र हामी आत्माहरू पनि परलोकदेखि आउँछौं, त्यसैले तपाईको पारलौकिक परमपितासँग के सम्बन्ध छ? नम्बरवन कुरा यो हो। पहिले यो बाबाको सम्बन्धको बारेमा निकाल अनि माँको र वर्साको सम्बन्ध निस्कन्छ। एक बाबालाई बिर्सेर नै सबैथोक भुलेका हौ। रावणले पहिला सुरुमा बाबालाई नै भुलाएको छ, फेरि बाबाको मदतद्वारा हामी रावणमाथि जित प्राप्त गर्छौं। सम्झाउने प्वाइन्टहरू त धेरै छन्। प्रदर्शनीमा मुख्य कुरा बाबाको बारेमा सम्झाउनुपर्छ। बाबा पछि नै बादशाही आउँछ। बाबालाई चिनेनन् भने केही बुझ्दैनन्, जति नै टाउको दुखाऊ। परमपिता हुनुहुन्छ त्यसैले पिताबाट वर्सा मिल्छ। बाबाको वर्सा मिलेपछि वर्साको हकदार बनिहाल्छन्। त्रिमूर्तिमा सम्झाउन कति सहज छ। माथि बाबा हुनुहुन्छ, तल लक्ष्मी-नारायण वर्सा, यी विष्णु खडा छन्। बाबा भन्नुहुन्छ– मलाई याद गर्यौै भने यो वर्सा पाउँछौ। बच्चाहरूले भन्छन्– बाबा हजुर त निराकार हुनुहुन्छ, हजुरले कसरी वर्सा दिनुहुन्छ? बाबा भन्नुहुन्छ– प्यारा बच्चाहरू! म यी ब्रह्माद्वारा दिन्छु। जो आउँछन्, उनलाई यस कुरामा नै सम्झाऊ। मूल कुरा नै त्रिमूर्तिको हो। त्रिमूर्ति ब्रह्माको त कुनै अर्थ नै छैन, बुझाऊ– यो निराकार शिवबाबा, उहाँलाई नै ज्ञानका सागर भनिन्छ। फेरि यो वर्सा हो। अब बाबा त हुनुहुन्छ निराकार। फेरि यी लक्ष्मी-नारायणलाई वर्सा कसरी मिल्यो, कहाँबाट आए? तिमी यहाँ आफूलाई विष्णु कुमार भन्दैनौ। तिमी त हौ नै बी. के.। ब्रह्मापुरी मनुष्यहरूको नै भनिन्छ, जहाँ खास ब्राह्मण रचिन्छ। सिन्धमा पनि ब्रह्मापुरी थियो, यो कसले सम्झायो? (शिवबाबाले) सदैव बापदादाले भन्नुपर्छ। कहिले बाबा, कहिले दादा बोल्छन्। दुवै आत्माहरूको मुख त एउटै छ नि। जब जसलाई चाहिन्छ, उसले प्रयोग गर्छ। बन्धन कहाँ छ र। पहिले यो कुरा गर– ज्ञान सागर गीताका भगवान् बाबा हुनुहुन्छ, उहाँले भन्नुहुन्छ– यी ब्रह्मा विष्णु शंकर त सूक्ष्मवतन निवासी हुन्, देवताहरू। यी ब्रह्मा त मनुष्य हुन्, जब सम्पूर्ण बन्छन् अनि देवता भनिन्छ। यिनले तपस्या गरेर फेरि देवता बन्छन्। यी ब्रह्माकुमार-कुमारीहरूलाई भगवान्ले सिकाउनु हुन्छ, ब्रह्माद्वारा। चित्रहरूमा राम्रोसँग बुझाऊ। बुझाउन धेरै सहज छ। यो शिवबाबा, यो वर्सा। उहाँ शिव त निराकार हुनुहुन्छ, त्यसैले ब्रह्माद्वारा दिनुहुन्छ। ब्रह्माद्वारा स्वर्गको स्थापना। अवश्य अहिले नै राजयोग सिक्छन्– यो बन्नको लागि। यो शिवपुरी, यो विष्णुपुरी हो। अच्छा!
मीठे-मीठे सिकीलधे बच्चाहरूप्रति माता-पिता बापदादाको याद-प्यार एवं गुडमर्निङ्ग। रूहानी बाबाको रूहानी बच्चाहरूलाई नमस्ते। रूहानी बच्चाहरूको रूहानी बाबालाई गुडमर्निङ्ग, नमस्ते।
धारणाको लागि मुख्य सारः
१) बाबाको यादद्वारा रावण मायामाथि जित प्राप्त गर। सबैलाई बाबाको परिचय देऊ।
२) यादको यात्रामा थाक्नु हुँदैन। आफ्नो ब्याट्रीलाई चार्ज गर्नको लागि सर्वशक्तिमान् बाबालाई याद गर।
वरदान:
आफ्नो कर्तव्यको स्मृतिद्वारा मनलाई कन्ट्रोल गर्ने राजयोगी भव:-
अमृतबेला तथा सारा दिनमा बीच-बीचमा आफ्नो कर्तव्यलाई स्मृतिमा ल्याऊ– म राजयोगी हुँ? राजयोगीको सीटमा सेट भएर रहने गर। राजयोगी मतलब राजा, उसमा कन्ट्रोलिंग र रूलिंग पावर हुन्छ। उसले एक सेकण्डमा मनलाई कन्ट्रोल गर्न सक्छ। उसले कहिल्यै आफ्नो संकल्प, बोल र कर्मलाई व्यर्थमा गुमाउँदैन। यदि चाहेर पनि व्यर्थ जान्छ भने उसलाई ज्ञानी वा राजा भनिदैन।
स्लोगन:
स्वमाथि राज्य गर्नेवाला नै सच्चा स्वराज्य अधिकारी हो।