BK Murli 24 February 2017 Nepali

bk murli today

Posted by: BK Prerana

BK Prerana is executive editor at bkmurlis.net and covers daily updates from Brahma Kumaris Spiritual University. Prerana updates murlis in English and Hindi everyday.
Twitter: @bkprerana | Facebook: @bkkumarisprerana
Share:






    BK Murli 24 February 2017 Nepali

    २०७३ फाल्गुन १३ शुक्रबार २४-०२-२०१७ प्रातः मुरली ओम् शान्ति “बापदादा” मधुबन

    “मीठे बच्चे– एक बाबा नै हुनुहुन्छ जसको अपरमअपार महिमा छ, बाबाको जस्तो महिमा अरू कसैको पनि हुन सक्दैन।”  

    प्रश्न:

    तिमी बच्चाहरूलार्इ यस पढाइको धेरै-धेरै कदर हुनुपर्छ, किन?

    उत्तर:

    किनकि सारा कल्पमा एक पटक मात्र बाबा परमधामबाट पढाउनको लागि आउनुहुन्छ। मनुष्यहरू पढ्नको लागि यहाँबाट विदेश जान्छन्, यो कुनै ठूलो कुरा होइन। यहाँ त पढाउने वाला कति टाढाबाट आउनुहुन्छ। त्यसैले बच्चाहरूलार्इ पढाइको धेरै कदर हुनुपर्छ। थोरै अप्ठेरो भए पनि हर्जा छैन। तिम्रो स्कूल टोल-टोलमा बन्नुपर्छ, नत्र यति सबै पढ्छन् कसरी? बाबाको परिचय त सबैलार्इ मिल्नु छ अवश्य।

    ओम् शान्ति।

    मीठा-प्यारा बच्चाहरूले भन्छन्– यो को हो? यिनी कुनै साधु-संन्यासी मनुष्य त होइनन्। यिनी त अरू कुनै चीज हुन्। मनुष्यलार्इ त तुरून्त चिनिन्छ, फलाना साधु संन्यासी हुन्, नाम लिएर भन्छन्– फलाना महात्मा हुन्। यो त केवल प्यारा बच्चाहरूले जान्दछन्। बच्चा भनिन्छ– आत्माहरूलार्इ। आत्माले नै सबै जान्दछ, शरीरले होइन। आत्माले नै भन्दछ– यिनी फलाना हुन्। इन्द्रियद्वारा जान्दछ। यदि आत्मा भएन भने यी आँखाले काम गर्न सक्दैनन्। सबैथोक आत्माले नै जान्दछ।

    अहिले तिमी बच्चाहरूलार्इ आत्म-अभिमानी बनाइन्छ। आत्माले भन्छ– यी कर्मेन्द्रियद्वारा फलानो कर्तव्य गर्छु। वास्तवमा आत्मालार्इ पुरुष भनिन्छ, स्त्री होइन। पुरुष हो, किनकि हामी सबै भाइ-भाइ हौं । अहिले तिमीले नयाँ कुरा सुन्छौ। उहाँ को आउनु भएको छ? उहाँको कुनै आफ्नो मनुष्यको रूप छैन। तिमीले जान्दछौ– बेहदका बाबा हुनुहुन्छ शिवबाबा, जसले यिनीद्वारा सम्झाउनुहुन्छ। यस्तो होइन फलानो संन्यासी हो, उसको आत्मा बोल्छ। होइन, मनुष्यहरूको सारा नाम-रूपमा ध्यान जान्छ। तिम्रो बुद्धिले सम्झन्छ– यहाँ हाम्रा बेहदका पिता हुनुहुन्छ। उहाँले शरीरद्वारा हामीलार्इ आफ्नो वर्सा दिनुहुन्छ। राजयोग सिकाउनुहुन्छ। यहाँ हुनुहुन्छ, सबैका पिता। सर्वका पतित-पावन, केवल मनुष्यहरूको होइन, ५ तत्वको पनि हुनुहुन्छ। सर्वको सत्गहति गर्नेवाला हुनुहुन्छ, सबै भन्दा उच्च पिता। सृष्टिमा महिमा गर्ने लायक हुनुहुन्छ भने एक बाबा नै हुनुहुछ, अर्को कोही छैन। न ब्रह्मा, विष्णु, शंकरको महिमा गर्न सकिन्छ। उनीहरूको जन्मदिन मनाएर के गर्ने? लक्ष्मी-नारायण जसको कम्बाइन्ड रूप विष्णु हो, अहिले उनी कहाँ छन्? लक्ष्मी-नारायणले पुनर्जन्म लिँदा-लिँदा अहिले अन्तिम जन्ममा छन्। फेरि शिवबाबाले लायक बनाइरहनु भएको छ। सर्वका सद्‌गतिदाता उहाँ एक नै हुनुहुन्छ। महिमा पनि एकको छ। उहाँ पतित-पावन विना, हेर सृष्टिको के हाल भएको छ? कृष्णका भक्तलार्इ सोध– राधा-कृष्ण कहाँ छन्? भन्छन्– सर्वव्यापी छन्। राधेका पुजारी भन्छन्– राधा नै राधा छिन्। हनुमान्‌का पुजारी भन्छन्– जता हेर, हनुमान् नै हनुमान्। तर होइन। बाबाले आफ्नो महिमा त गर्नुहुन्न। आफ्नो पार्टद्वारा सिद्ध गर्नुहुन्छ। अरू कसैको महिमा गाउन सकिँदैन। लक्ष्मी-नारायणले नै राजार्इ गर्छन्, सानो हुँदा, राधा-कृष्ण हुन्छन्। त्यो त हो प्रारब्ध। त्यसैले उनीहरूको महिमा के गर्ने? ब्रह्माको पनि महिमा छैन, विष्णुको पनि कुनै महिमा छैन। महिमा त एकको नै हुन्छ। उहाँलार्इ नै पतित–पावन भनिन्छ। अहिले तिमी बच्चाहरूले जान्दछौ– विष्णु को हो? विष्णुसँग स्वदर्शन चक्र सूक्ष्मवतनमा किन देखाउँछन्? मनुष्यका त धेरै हात हुँदैनन्। सूक्ष्मवतनमा पनि ४ हात देखाएका छन्– प्रवृत्ति मार्गलार्इ सिद्ध गर्नको लागि।

    बाबा भन्नुहुन्छ– मीठा बच्चाहरू, अहिले तिमीले जानिसकेका छौ, ८४ जन्म हामीले कसरी लिन्छौं। तिम्रो गृहस्थ व्यवहार पवित्र थियो। मन्दिरहरूमा गएर गाउँछन् नि, सर्वगुण सम्पन्न...तिमी माता पिता... अब यो महिमा फेरि गलत हुन जान्छ। यो महिमा हो, केवल एकको। देवताहरूको होइन। जे जति महिमा हुन्छ केवल एकको मात्र। उहाँ हुनुहुन्छ, परमपिता परम आत्मा। परमपिता, परमशिक्षक, परम सतगुरु अकाल भन्छन् नि। उहाँलार्इ याद गर्छन्, उहाँ नै अकालमूर्त हुनुहुन्छ। शिवबाबालार्इ साँढेमा देखाउँछन्। उहाँलार्इ फेरि अकालतख्त देखाउँछन्। अब यो त कसैलार्इ थाहा छैन, शिवबाबा के हुनुहुन्छ? मन्दिरमा जे राख्छन्, त्यो उहाँको अंश हो। उहाँ त हुनुहुन्छ– ज्ञानका सागर, पतित–पावन। उहाँलार्इ त मनुष्यको तन चाहिन्छ नि। तिमी बच्चाहरूले जान्दछौ– उहाँको तख्त, यी ब्रह्मा हुन्। धर्म स्थापकहरूको के महिमा हुन्छ? उनीहरूले त केवल आएर धर्म स्थापन गर्छन्। उनीहरूले कुनै जीवनमुक्ति दिँदैनन्। मनुष्यले भन्छन्– मोक्ष मिलोस्, फेरि आउँनै नपरोस्। ती धर्म स्थापकहरू त आफ्ना धर्मकालार्इ तल ल्याउनको लागि निमित्त बन्छन्। उनीहरूलार्इ त आएर आफ्नो धर्म स्थापन गर्नु छ। ड्रामामा पार्ट छ। जो पनि आउँछन्, उनीहरूलार्इ पुनर्जन्म लिनु नै छ। यो स्थापना त बाबाले गर्नुहुन्छ। उहाँ सबैका पतित-पावन हुनुहुन्छ र अरू कसैले पावन बनाउँदैन। उनीहरू त आउँछन्, आ-आफ्नो पार्ट खेल्छन्। सतो, रजो, तमोमा आउनु नै छ। उनीहरूले धर्म स्थापन गर्छन्, पुग्यो। जुन शिक्षा दिए, फेरि त्यसको शास्त्र बन्यो। जसले धर्म स्थापन गर्छन्, उनीहरूले पालना अवश्य गर्नुपर्छ। फर्किएर कोही जाँदैन। सबै यतिबेला भिन्न-भिन्न नाम रूपले यहाँ पतित दुनियाँमा छन्। पहिला नम्बरमा लक्ष्मी-नारायणलार्इ हेर। उनीहरू पनि अहिले यहाँ छन्। प्रजापिता ब्रह्माद्वारा ब्राह्मण रच्नुहुन्छ। फेरि यिनीहरू गएर राधा-कृष्ण बन्छन्। जबसम्म शिवबाबा आउनुहुन्न, तबसम्म कोही पावन बन्न सक्दैन। बलिहारी उहाँ एकको छ। उहाँको नै महिमा छ। भन्छन् पनि– शिवाय नम:, तिमी माता-पिता.... सबैले याद गर्छन्। सबै भन्दा धेरै महिमा उहाँ बाबाको नै छ। पुकार्छन् पनि– ओ परमेश्वर पिता, पितालार्इ नै पुकार्छन्। यो नाटक बनेको छ। जब सृष्टि पुरानो हुन्छ, तब बाबा आउनुहुन्छ। मूलवतन, सूक्ष्मवतन, स्थूलवतन तीनै लोकको ज्ञान दिनुहुन्छ। ज्ञान एकै पटक मिल्छ। उहाँलार्इ ज्ञानका सागर भनिन्छ। बाँकी यी सूर्य, चन्द्रमा आदि त बेहद ब्रह्माण्डका उज्यालो दिने बत्तीहरू हुन्। त्यो रात, त्यो दिन, यी त ब्रह्माण्डका बत्तीहरू हुन्। यस्तो होइन– सूर्य देवता नम: भनिन्छ। होइन, देवताहरू त ब्रह्मा, विष्णु, शंकर हुन्। कोही मूलवतनबाट आत्मा यहाँ आउँछन् अनि सिधा गर्भमा जान्छन्, सूक्ष्मवतनमा जाँदैनन्। सिधा सत्ययुगमा आउँछन्, गर्भ महलमा। त्यहाँ त कुनै पाप कर्म हुँदैन। यहाँ पाप गर्छन्, त्यसैले त त्राहि-त्राहि गर्छन्। भन्छन्– धर्मराज मलार्इ बाहिर निकाल, अब फेरि मैले पाप गर्दिनँ। बाहिर निस्किएर फेरि पाप गर्न लाग्छन्। वहाँको वहाँ नै रहन्छ... यो पनि ड्रामामा छ। यहाँको सबैभन्दा ठूलो दुस्मन रावण नै हो। द्वापरदेखि रावण राज्य शुरू हुन्छ। द्वापरमा नै देवी–देवताहरू वाममार्गमा जान्छन्। उनीहरूको फेरि मन्दिर बन्छ। पुरीमा हेर कस्तो मन्दिर बनेको छ। भित्र जगतनाथको मूर्ति छ र बाहिर देवताहरूका धेरै फोहोरी चित्रहरू छन्। यस्ता-यस्ता चित्रहरू मन्दिरमा हुनुहुँदैन। तिमीले त अहिले श्रीमतमा श्रेष्ठ बन्ने पुरुषार्थ गरिरहेका छौ। सत्ययुग आदिमा लक्ष्मी-नारायण श्रेष्ठ हुन्छन् नि। उनीहरूले यो श्रेष्ठ पद कसरी पाए? अहिले तिमीले फेरि पढिरहेका छौ। बाबा भन्नुहुन्छ– म कल्प-कल्प, कल्पको संगमयुगमा फेरि आउँछु, आइ नै रहन्छु। फेरि तिमी बच्चाहरूलार्इ राजयोग सिकाउँछु। फेरि सतो, रजो, तमोमा आउनु नै छ। जो पहिला-पहिला आउँछन्, तिनीहरूलार्इ ८४ जन्म भोग्नै पर्छ। सबैले भोग्दैनन्‌। ८४ लाख त हुँदै-हुँदैन। मनुष्यहरूलार्इ जसले जे भन्छ, त्यसलार्इ नै सत्‌-सत्‌ भनिरहन्छन्। यदि ८४ लाख जन्म हो भने कल्पको आयु त धेरै हुन जान्छ। बाबा भन्नुहुन्छ– ८४ जन्म हुन्छ, त्यो पनि देवी-देवताहरूको। अच्छा, फेरि इस्लामी, बौद्धि, क्रिश्चियन आदिले कति जन्म लिन्छन्? हिसाब छ नि। आउन त धेरै आउँछन्, हाँगबिगा छन्। 

    तिमीले सारा सृष्टिको आदि-मध्य-अन्त्यलार्इ जान्दछौ। भारत नै पहिलो नम्बर विश्वको मालिक थियो, अरू कुनै धर्म थिँदै-थिँएनन्। अहिले त्यो देवी-देवता धर्मको खुट्टा नै छैन। त्यसको शास्त्र पनि छैन। यी गीता आदि शास्त्र फेरि बन्छन्। यस्तो होइन तिमीले जुन सच्चा गीता बनाउछौ, त्यो हुन्छ। निस्कन्छ फेरि पनि त्यही गीता। भक्ति मार्गका लागि त सबै चाहिन्छ नि। ब्रह्माद्वारा सम्झाउनुहुन्छ, प्यारा बच्चाहरूलार्इ। अहिले वास्तवमा ब्रह्माद्वारा भगवान्‌को प्राप्ति हुन्छ। बाबा भन्नुहुन्छ– यी सबै हुन् भक्तिमार्ग। मेरो प्राप्ति तब हुन्छ, जब म यहाँ आउँछु। यो नै अविनाशी खण्ड हो। हामी कति धनवान थियौं। सोमनाथको मन्दिर कति विशाल छ। सबै लुटेर लगे। बिडलासँग धेरै धन छ, त्यसैले कति विशाल मन्दिर बनाएका छन्। बाबा कति राम्रोसँग सम्झाउनुहुन्छ। यो अरू कसैले सम्झाउन सक्दैन। ज्ञानसागर बाबाले जब बच्चाहरूलार्इ सम्झाउनुहुन्छ, तब बच्चाहरूले पनि सम्झन्छन्। यो कसले पढाउँछ? उहाँ कुनै संन्यासी होइन। उहाँको नाम नै छ, शिव। सबै आत्माहरू वहाँका बच्चा हुन्। उनीहरूको शरीरको नाम बदलीभइरहन्छ। उहाँको नाम नै छ, एउटा। भन्नुहुन्छ– मेरो कुनै अर्को नाम छैन। तिमी त जन्ममरणमा आउँछौ, देह-अभिमानी पनि बन्छौ। म कहिल्यै देह-अभिमानी बन्दिनँ। बाबा हुनुहुन्छ नै सदैव देही-अभिमानी, किनकि पुनर्जन्ममा आउनुहुन्न। शिवरात्रि मनाउँछौ नि। तर रात्रिको अर्थ केही पनि बुझ्न सक्दैनन्। कति गल्ती गर्छन्। अहिले हो रात, फेरि दिन हुनु छ। अहिले कल्पको अन्त्य अर्थात् रात भएको छ। सत्ययुग, त्रेता हुन् दिन। द्वापर, कलियुग हुन् रात। मलार्इ आउनु नै छ संगममा। यी हुन् बेहदका रात र दिन। भगवानुवाच, सम्झाउछौ, यो मुख्य वेला हो। तर शिवबाबाको वेला भन्न सकिँदैन। उहाँ कहिले आउनुहुन्छ,कहाँ थाहा हुन्छ र। त्यसैले यो हो बेहदको दिन र रात, यसलार्इ कल्पको संगम भनिन्छ। जन्मदिन पनि यदि मनाउँछन् भने केवल एकको। शिवबाबा आउनुहुन्छ, फेरि जानुहुन्छ। उहाँको न जन्म हुन्छ, न मृत्यु हुन्छ। भनिन्छ, बाबा जानुभयो, यो खेल हो। बाबा बसेर सम्झाउनुहुन्छ, भनिन्छ पनि– बाटो चल्दा-चल्दै ब्राह्मण फँसे। यी बाबालार्इ कहाँ थाहा थियो र। अचानक प्रवेशता भयो। पहिल्यै कहाँ थाहा हुन्छ र। बिस्तारै–बिस्तारै थाहा हुन्छ– यो बाबाको काम हो। यस ज्ञान यज्ञद्वारा विनाश ज्वाला प्रज्वलित हुनु छ। बेहदको यज्ञमा बेहदको सामग्री स्वाहा हुनु छ। बेहद पिताको यो यज्ञ हो। यस पछि फेरि कुनै यज्ञ रचिँदैन। भक्तिमार्ग नै खतम हुन्छ। यो ज्ञान बुद्धिमा राख्नु पर्छ। पढाइ पढ्नको लागि आउनु पर्छ। थोरै अप्ठेरो हुन्छ। मनुष्य पढ्नको लागि यहाँबाट लण्डन, अमेरिका पनि जान्छन्। यो त के हो? बाबा भन्नुहुन्छ– म कल्प, कल्प, कल्पको संगम युगे-युगे परमधामदेखि पढाउन आउँछु। त्यसैले प्यारा बच्चाहरूलार्इ कति कदर हुनुपर्छ। पछि गएर तिम्रो स्कूल टोल-टोलमा बन्नेछन्। नत्र सबैले पढ्छन् कसरी? बाबाको परिचय सबैलार्इ मिल्नुपर्छ। बाबालार्इ अवश्य जान्नेछन्। अच्छा! 

    मीठे-मीठे सिकीलधे बच्चाहरूप्रति माता-पिता बापदादाको याद-प्यार एवं गुडमर्निङ्ग। रूहानी बाबाको रूहानी बच्चाहरूलाई नमस्ते। रूहानी बच्चाहरूको रूहानी बाबालाई गुडमर्निङ्ग, नमस्ते। 


    धारणाको लागि मुख्य सारः

    १ श्रीमतमा सदैव श्रेष्ठ बन्ने पुरुषार्थ गर्नु छ। पढाइको लागि कुनै बहाना गर्नु हुँदैन। पढाइ अवश्य पढ्नुपर्छ।

    २ जसरी आदिमा पवित्र गृहस्थ आश्रम थियो, त्यस्तै अहिले आफ्नो पवित्र गृहस्थ आश्रम बनाउनु छ। बलिहारी एक बाबाको हो, उहाँको गुणगान गर्नु छ।

    वरदान:

    मनद्वारा दृढ प्रतिज्ञा गरेर मनमनाभवको मन्त्रलार्इ यन्त्र बनाउने सदा शक्तिशाली भव:-  

    जुन बच्चाले सच्चा मनले प्रतिज्ञा गर्छ,तब मनमनाभव हुनपुग्छ र यो मनमनाभवको मन्त्र कुनै पनि परिस्थितिलार्इ पार गर्नमा यन्त्र बन्छ। तर मनमा आओस्– मलार्इ यो गर्नु नै छ। यहीँ संकल्प होस्– जे बाबाले भन्नु भएको छ त्यो भइ नै सकेको छ त्यसैले कुनै पनि प्रतिज्ञा मनद्वारा गर र दृढ गर, तब शक्तिशाली बन्छौ। बारम्बार आफूलार्इ जाँच गर– प्रतिज्ञा शक्तिशाली छ या परीक्षा शक्तिशाली छ? परीक्षाले प्रतिज्ञालार्इ कमजोर नगरोस्।

    स्लोगन:

    जो स्वमानमा रहने श्रेष्ठ आत्मा हुन्छ, उसलार्इ अपमानको महसुसता आउन सक्दैन।   



    ***OM SHANTI***