BK Murli 25 February 2017 Nepali

BK Murli 25 February 2017 Nepali

२०७३ फाल्गुन १४ शनिबार २५-०२-२०१७ प्रातः मुरली ओम् शान्ति “बापदादा” मधुबन

“मीठे बच्चे– सबै दु:खीहरूलाई सुखी बनाउनु, यो एक बाबाको नै कर्तव्य हो, उहाँ नै सबैको सद्गमति दाता हुनुहुन्छ।”  

प्रश्न:

बाबाले आफ्ना बच्चाहरूलाई चढ्ती कलामा जाने कुनचाहिँ युक्ति सुनाउनुहुन्छ?कुनचाहिँ गहन रहस्य तिमी बच्चाहरूले बुझ्दछौ, जसमा सबै वेद शास्त्रहरूको सार आउँछ।

उत्तर:

बाबा भन्नुहुन्छ– प्यारा बच्चाहरू! म जे सुनाउँछु, तिमीले त्यो मात्रै सुन। बाँकी जे जति सुनेका छौ, त्यसलाई भुल किनकि त्यसबाट तिमी तल उत्रिदै आयौ। ब्रह्मा सो विष्णु र विष्णु सो ब्रह्मा कसरी बन्छन्, कसरी दुवै एक अर्काको नाभिबाट निस्कन्छन्, यो गहन रहस्य तिमी बच्चाहरूले नै बुझेका छौ। यो सबै वेद शास्त्रको सार हो।

गीत:–

नैन हीन को राह दिखाओ..........

ओम् शान्ति।

मीठा मीठा अति प्यारा सिकीलधे बच्चाहरूले अर्थ त बुझ्दछौ। हुन त बाबालाई सारा सृष्टिका बच्चाहरू प्यारा अवश्य छन्। बच्चाहरूलाई थाहा छ– यी जति पनि मनुष्य मात्र छन् उनीहरू परमपिता परमात्माका सन्तान हुन्। ईश्वरीय परिवार हुन्। परिवारमा सबैभन्दा बढी प्यार बाबासँग हुन्छ, जसले बच्चाहरूलाई रचेको छ। बेहदको बाबा भन्नुहुन्छ– मीठा-प्यारा सिकीलधे बच्चाहरू, ५ हजार वर्षपछि फेरि आएर मिलेका छौ। कहिले मिल्यौ? यस संगममा। जबकि बाबा आएर सबै बच्चाहरूलाई अशान्तिबाट शान्तिमा लिएर जानुहुन्छ। शान्तिको लागि कति सम्मेलन आदि गर्छन्। सृष्टिमा मारा-मारी बन्द होस्, आपसमा शान्ति होस् भनेर आपसमा मिल्छन्। नत्र त आपसमा लडाईं गरेर विनाश गरिदिन्थे। विनाशसँग डराउँछन्। यो भुलेका छन्– बाबा नै आएर सुखधाम अर्थात् आदि सनातन देवी देवता धर्मको फेरि स्थापना गर्नुहुन्छ, जुन अहिले भइरहेको छ। तिमी सबै बसेका छौ बेहदको बाबाबाट बेहद सुखको वर्सा लिन। तिमीहरूलाई थाहा छ– वास्तवमा परमपिता परमात्मा आएर फेरि आसुरी दुनियाँको विनाश गराउनुहुन्छ। विनाश त अवश्य हुनुपर्छ नि किनकि यस समय सबै दु:खी छन्। यो बाबाको नै कल्प कल्पको कर्तव्य हो– जति पनि दु:खी छन् ती सबैलाई सुखी बनाउनु। बाँकी जो स्वयं दु:खी पतित छन्, उनीहरूले फेरि अरूलाई पावन सुखी कसरी बनाउँछन्। त्यो पनि सारा दुनियाँको कुरा हो। गाउँछन् पनि– सर्वका सद्गति दाता एक हुनुहुन्छ। हे परमपिता परमात्मा आएर हामी पतितहरूलाई पावन बनाउनुहोस्। यो त सबै धर्मकाले जान्दछन्– यहाँ देवी-देवताको राज्य थियो। त्यस समय हामी थिएनौं। प्राचीन भारतको धेरै महिमा छ । भगवान्‌ले पहिले पहिले स्वर्ग रच्नुभयो, त्यसको मालिक को थियो? भारतवर्ष। स्वर्गमा सुन र हीराको महल थियो। धेरै साहुकार थियो। अहिले कलियुगको अन्त्यमा अनेकानेक धर्म छन्। बाँकी एक देवता धर्म प्राय: लोप छ। कंगाल महान् दु:खी बनेका छन्। अहिले उहाँ बाबा भन्नुहुन्छ– यी ब्रह्मा दादा त जौहरी थिए, यिनले भन्दैनन्, निराकार बाबा भन्नुहुन्छ यस शरीरद्वारा– यी ब्रह्माले पनि आफ्नो जन्मलाई जान्दैनन्। तिमी ब्रह्माकुमार-कुमारीले पनि आफ्नो जन्मलाई जान्दैनथ्यौ। म यिनमा प्रवेश गर्छु, यो पनि ड्रामामा थियो। कसरी प्रवेश गर्नुहुन्छ, यो प्रश्न होइन। बाबा भन्नुहुन्छ– मेरो आफ्नो शरीर छैन। म साधारण वृद्ध तनमा आएर प्रवेश गर्छु। आउँछु पनि भारतमा। यिनले आफ्नो जन्मलाई जान्दैनन्, म आएर सम्झाउँछु। यो सबै बनिबनाऊ बेहदको विशाल ड्रामा हो। जुन सेकेन्ड पास हुन्छ त्यो फेरि रिपिट हुन्छ। यो बेहद ड्रामाको रहस्य बाबाले नै सम्झाउनुहुन्छ। 

बाबा भन्नुहुन्छ– बच्चाहरू जे जति तिमी दान पुण्य आदि गर्दै आएका छौ, यो सबै हो भक्ति मार्ग। यसबाट केही पनि प्राप्ति छैन किनकि भक्तिमा अब कुनै पनि सार छैन। यति सबै चित्र आदि जे जति बनाएका छन्, यिनलाई गुडियाको पूजा भनिन्छ। चित्र बनायो, खेलायो, पियायो, डुबायो– यो सबै अज्ञानता भयो नि। यज्ञ जब रच्दछन् तब माटोको एउटा बडो शिवलिंग र साना साना शालिग्राम बनाउँछन्। यो कसको पूजा गर्छन् यो पनि बुझ्दैनन्। बाबा र बच्चाहरूले सेवा गरेका छन् त्यसको पूजा हुन्छ। शिवको लिंग बनाउँछन्। तिमी बच्चाहरूको पनि सालिग्राम बनाउँछन्। तिमी बच्चाहरू अब वास्तवमा भारतलाई पवित्र बनाउने सेवा गरिरहेका छौ। तिमी हौ खुदाइ खिदमदगार। तिमीहरूको बाबासँग प्रीत छ। बाबाको श्रीमतमा चल्दछौ त्यसैले श्रीमत भगवत गीता भनेर गायन छ। भगवान्लेा कुनै शास्त्र पढ्नुहुन्न। कुनै पनि धर्म स्थापकले कहिल्यै पनि शास्त्र उठाउँदैनन् । उनीहरू आउँछन् धर्म स्थापना गर्न । उहाँको पासमा जुन ज्ञान छ, त्यही सुनाउनुहुन्छ। यस्तो होइन– क्राइस्टले आएर बाइबल पढे। होइन, उनी आए धर्म स्थापना गर्न। बाबा आएर श्रीमत दिनुहुन्छ। श्री अर्थात् श्रेष्ठ मत। उच्चभन्दा उच्च मत हो नै भगवानको। तिमी बच्चाहरू अहिले श्रीमतमा चल्छौ। बाबा भन्नुहुन्छ– बच्चाहरू मलाई याद गर। बस अक्षर नै दुई वटा छन्। बडो प्रेमसँग बच्चे भन्नुहुन्छ त्यसैले उहाँ बाबा हुनुहुन्छ र हामी सबै ईश्वरीय परिवारका सदस्य हौं। यो कुरा कसैको बुद्धिमा हुँदैन, यिनका बुद्धिमा पनि थिएन। अहिले बाबा बसेर यिनीद्वारा सम्झाउनुहुन्छ– यी सबै जो मनुष्य आत्माहरू छन्, यी सबै आत्माहरूलाई मैले पावन बनाएर वापस लिएर जानु छ। म ड्रामा अनुसार फेरि आएको छु तिमीहरूलाई वापस लिएर जान। उहाँ बाबा आत्माहरूसँग कुरा गर्नुहुन्छ। यिनको आत्माले पनि सुन्छ। वास्तवमा बाबाले हामीलाई ज्ञान दिइरहनु भएको छ, यिनको आफ्नो शरीर त छैन। श्रीकृष्णको साधारण रूपी भनिदैन। उनी त स्वर्गका पहिलो राजकुमार थिए। फेरि यो सबै भन्छन्– श्रीकृष्ण भगवानुवाच। यो त हुन पनि सक्दैन। कति फरक छ। संगममा श्रीकृष्ण हुन सक्दैनन्। नक्कली कृष्ण त धेरै बन्छन्। बाँकी प्राक्टिलमा सत्ययुगमा हुन्छन्। कृष्णको नामले कहाँ अर्का हुन सक्छ र। नाम तर धेरैले आफूमाथि राख्न लगाउँछन्। बाबा भन्नुहुन्छ– बच्चाहरू यस अन्तिम जन्ममा पवित्र बन्यौ भने पवित्र दुनियाँको स्थापनामा मदत हुन्छ। पवित्रता त राम्रो नै हो। धेरै बच्चीहरूले पिटाइ खान्छन्। अबलाहरूमाथि अत्याचार हुन्छ। लेख्छन्– बाबा के गर्ने, मलाई यस बन्धनबाट छुटाउनुहोस्। नाटकमा देखाउँछन्– द्रौपदीलाई साडी दिनुभयो। यो एउटा कहानी बनाइदिएका छन्। बाबा भन्नुहुन्छ– बच्चा, अब पवित्र बन्नाले २१ जन्मसम्म कहिल्यै नांगो हुँदैनन्। वहाँ हुन्छ नै रामराज्य। मुख्य विकार हो अशुद्ध अहंकार, देह अभिमान। देहसँग मोह रहन्छ। वहाँ हुन्छन् आत्म अभिमानी। सम्झन्छन्– हामी पुरानो शरीर छोडेर अर्का लिन्छौं। उनीहरूलाई आत्म अभिमानी भनिन्छ। बाबा भन्नुहुन्छ– तिमी सबै आत्माहरू हौ, शिवबाबालाई याद गरिराख किनकि अब वापस जानु छ। यो हो आत्माहरूको सच्चा-सच्चा रूहानी यात्रा। सबैलाई सुप्रिम बाबाको पासमा जानु छ। तीर्थ यात्रामा जाँदा मार्गमा राम-राम भन्दै जान्छन्। बाबा भन्नुहुन्छ– तिमीहरू बाबालाई याद गर्दै जाऊ। अब सारा दुनियाँले त राजयोग सिक्दैन। कल्प पहिले वाला नै यहाँ आउँछन्। अहिले कलम लाग्नु छ। जुन देवी-देवता धर्मका मीठो वृक्ष सो प्रायः लोप भएर गएको छ। बाँकी हाँगा बिँगा खडा छन् (बनेन ट्रीको उदाहरण)। हुन त यस देवी-देवता धर्मको जुन फाउन्डेसन छ, त्यो सडेर गएको छ। बाँकी निसानीहरू (चित्र) रहेका छन्। तर उनीहरू को हुन्, यो कसैलाई थाहा छैन। न आफ्नो धर्मलाई थाहा छ यसैले हिन्दु धर्म भनिदिन्छन्। 

बाबा भन्नुहुन्छ– तिम्रो भारत कति सिर ताज थियो। धर्मको लागि नै भनिन्थ्यो– धर्म नै शक्ति हो। अहिले त देवता धर्म छैन। फेरि त्यो धर्म कसरी स्थापना हुन्छ। बाबा सर्वशक्तिमान्, हुनुहुन्छ, वर्सा उहाँबाट मिल्छ। तागत पनि उहाँबाट मिल्छ। बाबा सृष्टिको बीजरूपी हुनुहुन्छ। हामी उहाँका परिवार भयौं। बाबा सत्य हुनुहुन्छ, ज्ञानको सागर हुनुहुन्छ। सबै कुरा आत्मामा छ। आत्माले नै सुन्छ, पढ्छ। आत्मामा नै राम्रा नराम्रा संस्कार हुन्छन्। यस समय सबैको आत्मा तमोप्रधान बनेको छ। सबैभन्दा बढी तमोप्रधान बुद्धि हिन्दुहरू नै बनेका छन्। श्रेष्ठभन्दा श्रेष्ठ आत्माहरू पनि यहाँ नै थिए। उनीहरू नै स्वर्गका मालिक थिए। यो नाटक बनेको छ। सबैलाई आ-आफ्नो पार्ट मिलेको छ। आत्माहरू सबै एक प्रकारका हुन्छन्, त्यसमा कुनै फरक पर्दैन। यस्तो होइन– मेरो आत्मा सानो छ, बाबा ठूलो हुनुहुन्छ। होइन, आत्मा सानो ठूलो हुँदैन। आत्माले ८४ जन्मको पार्ट फेरि रिपिट गर्दछ। त्यसको कहिल्यै अन्त्य हुँदैन। एउटा आत्माले कति सेवा गर्दा हो। त्यो अविनाशी पार्ट कहिल्यै मेटिनेवाला छैन। के यो कुरा विद्वान्, पण्डित, शास्त्रका अथोरिटीले जान्दछन्? यति सानो आत्मामा कति ठूलो पार्ट छ। परमपिता परमात्मा पनि ड्रामाको वशमा हुनुहुन्छ। पार्ट खेल्नको लागि बाँधिनु भएको छ, एक्युरेट समयमा नै आउनुहुन्छ। उहाँलाई पनि आफ्नो पार्ट समयमा खेल्नु छ, सबैलाई सुखी बनाउनु छ। विचार गर– आत्मा के हो? बाबाको आत्मा यति सानो बिन्दु समान छ। यति सानो चीजको पूजा त कसैले गर्न सक्दैन। भक्तिको लागि फेरि ठूलो बनाउँछन्, जसको पूजा हुन सकोस्। जसलाई शिव अथवा रुद्र पनि भन्छन्। हुन्छ बिन्दुसमान। तिलक लगाउँछन्। यहाँ यो बडो बुझ्नुपर्ने कुरा छ अरू त कसैले बुझाउन सक्दैन। यो कुरा बाबा बसेर सम्झाउनुहुन्छ, धेरै महिन कुरा छन्। बाबा सम्झाउनुहुन्छ– बच्चाहरू आत्मालाई हेर कति सानो छ। आत्माको अंगलाई हेर कति ठूला छन्। अहिले सबैको आत्मा र शरीर दुवै पतित छन्, अब फेरि पावन बन्नु छ। तिमी अव्यभिचारी बन, एकबाट मात्रै सुन। एकलाई नै याद गर। ओहो! बाबा हजुर त बडो कमाल गर्नुहुन्छ। कसरी ज्ञान सुनाउनुहुन्छ! अरू कसैको तागत छैन जसले यो ज्ञान दिन सकोस्। तिमीहरूको चढ्ती कला अहिले नै हुन्छ जब बाबा आएर पढाउनुहुन्छ। यस समय सबै मनुष्यमात्र पतित छन्, यसैले बाबा भन्नुहुन्छ– म सबैको उद्धार गर्नको लागि आउँछु। रातबाट दिनमा जाने मार्ग बताउँछु। गाउँछन् पनि नैन हीन को... मतलब सबैले भन्छन्– म नयन हीन छु, मलाई मार्ग बताउनुहोस्। कहाँको मार्ग? आफ्नो घरको। यहाँ त धेरै दु:ख छ। बाबा हामी अन्धाहरूको लठ्ठी त हजुर नै हुनुहुन्छ। बाबा अक्षरबाट वर्सा याद आउँछ। प्रभु वा ईश्वर भन्दा वर्साको नशा हुँदैन किनकि भगवान कसलाई भनिन्छ। त्वमेव माता च पिता.... यो उहाँको महिमा हो। मनुष्यले भनिदिन्छन्– यो वेद त अनादि हो। तर सोध– कहिलेदेखि पढ्दै आउनुभयो? के सत्ययुगदेखि लिएर? वहाँ शास्त्र त हुँदै हुँदैन। यो हो भक्तिमार्गको। केही पनि जान्दैनन्। बाबा भन्नुहुन्छ– अहिले म आएर तिमीहरूलाई सबैको सार सम्झाउँछु– ब्रह्माद्वारा। ब्रह्मा मेरा बच्चा हुन् वा विष्णुका नाभिबाट निस्किएका हुन्! ब्रह्मा त शिवका बच्चा भए। विष्णुको बच्चा त होइनन्। हो, ब्रह्मा नै फेरि विष्णु बन्छन्। फेरि विष्णु ८४ जन्मपछि ब्रह्मा बन्छन्, यो धेरै गहन रहस्य हो जुन तिमी बच्चाहरूले नै बुझ्दछौ। अहिले ब्रह्मा मुखद्वारा तिमी ब्राह्मण बच्चाहरूको जन्म भएको छ भने कति नशा र खुशी तिमी बच्चाहरूलाई हुनुपर्छ। अच्छा!

मीठे-मीठे सिकीलधे बच्चाहरूप्रति माता-पिता बापदादाको याद-प्यार एवं गुडमर्निङ्ग। रूहानी बाबाको रूहानी बच्चाहरूलाई नमस्ते। रूहानी बच्चाहरूको रूहानी बाबालाई गुड मर्निङ्ग, नमस्ते। 


धारणाको लागि मुख्य सारः

१) सम्पूर्ण पावन बन्नको लागि अव्यभिचारी बन्नुपर्छ। एक बाबाबाट मात्र सुन्नुपर्छ, एकलाई नै याद गर्नुपर्छ।

२) खुदाई खिदमदगार बनेर विश्वलाई पावन बनाउने सेवा गर। एक बाबासँग प्रीतबुद्धि रहनु छ।

वरदान:

दृढ संकल्पद्वारा असम्भवलाई सम्भव बनाएर सफलताको अनुभव गर्ने, निश्चित विजयी भव:-  

संगमयुगलाई विशेष वरदान छ– असम्भवलाई सम्भव बनाउनु यसैले कहिल्यै यो नसोच– यो कसरी होला! “कसरी” को सट्टामा सोच– “यसरी” हुन्छ। निश्चय राखेर चल– यो भएरै छोड्छ केवल प्राक्टिकलमा ल्याउनु छ, रिपिट गर्नु छ। दृढ संकल्पलाई प्रयोग गर। संकल्पमा पनि के’ किन’ को हलचल भएन भने विजय निश्चित छ नै। दृढ संकल्प प्रयोग गर्नु अर्थात् सहज सफलता प्राप्त गर्नु।

स्लोगन:

सदा गर्ने-गराउने बाबाको स्मृति रह्यो भने भान र अभिमान समाप्त भएर जान्छ।   



***OM SHANTI***

Google+ Followers