BK Murli 28 February 2017 Nepali
२०७३ फाल्गुन १७ मंगलबार २८-२-२०१७ प्रातः मुरली ओम् शान्ति “बापदादा” मधुबन
“मीठे बच्चे– बाबा आउनु भएको छ अनाथहरूलाई सनाथ बनाउन, सबैलाई दु:खबाट छुटाएर सुखधाममा लैजान।”
प्रश्न:
कल्प-कल्प बाबाले आफ्ना बच्चाहरूलाई कुनचाहिँ धैर्यता दिनुहुन्छ?
उत्तर:
प्यारा बच्चाहरू! तिमी बेफिक्र होऊ। विश्वमा शान्ति स्थापना गर्ने, सबैलाई दु:खबाट छुटाउने मेरो काम हो। म आएको हुँ नै तिमी बच्चाहरूलाई यस रावण राज्यबाट छुटाएर राम राज्यमा लैजान। तिमी बच्चाहरूलाई वापस लैजाने मेरो नै कर्तव्य हो।
गीत:–
छोड भी दे आकाश सिंहासन...
ओम् शान्ति।
बच्चाहरूले गीत सुन्यौ। बच्चाहरूले याद गर्छन्– आफ्नो परमप्रिय परमपितालाई, फेरि आउनुहोस् भनेर किनकि मायाको छायाँ परेको छ अथवा रावण राज्य भएको छ। सबै दु:खी नै दु:खी छन्। भन्छन् हामी सबै पतित हौं। बाबा भन्नुहुन्छ– म कल्प-कल्प, कल्पको संगमयुगमा आउँछु। ५ हजार वर्ष पहिले पनि आएको थिएँ फेरि कल्पको संगमयुगमा आएको छु। बाबा आएर धैर्यता दिनुहुन्छ। प्यारा बच्चाहरू! बेफिक्र होऊ। यो मेरो नै पार्ट हो। बच्चाहरूले भन्छन्– बाबा आउनुहोस्, आएर फेरि राजयोग सिकाउनुहोस्। पतित दुनियाँलाई आएर पावन बनाउनुहोस्। यस समय सबै अनाथ छन्। अनाथ उनलाई भनिन्छ, जसको आमा बुवा छैनन्। आपसमा झगडा गरिरहन्छन्। सबै धेरै दु:खी छन्। सारा दुनियाँमा अशान्ति छ। त्यसैले बच्चाहरूलाई दु:खबाट पार वा रावणको राज्यबाट छुटाएर राम राज्य, सुखधाममा लैजान आएको छु। बाबा भन्नुहुन्छ– यो मेरो कर्तव्य हो। सारा विश्वका अर्थात् सबै आत्माहरूका एकै बाबा हुनुहुन्छ। सबैले भन्छन्– हे बेहदका बाबा, हजुर अहिले माथिबाट तख्त छोडेर आउनु भएको छ। ब्रह्म महतत्त्वमा रहन्छु नि। यहाँ छन् जीव आत्माहरू। त्यो हो आत्माहरूको स्थान, जसलाई ब्रह्माण्ड भनिन्छ। बाबा बच्चाहरूलाई सम्झाउनु हुन्छ– यो नाटक हो सुख र दु:खको। बोलाउँछन् पनि– हे परमपिता परमात्मा किनकि दु:खी छन्। यो गीत पनि यसमा गाइएको छ। बच्चाहरूको कुन भूल भएको छ? बाबालाई भुलेका छन्। गीताका भगवान्, जसले सहज राजयोग सिकाउनु भयो, अनाथलाई सनाथ बनाउनु भयो, उहाँलाई चिनेका छैनन्। गायन पनि छ– हे अनाथहरूलाई सनाथ बनाउने वाला। अनाथबाट सनाथ यहाँ नै बनाउनुहुन्छ। यहाँ नै सनाथ थिए, सदा सुखी थिए। पवित्रता, शान्ति, समृद्धि थियो। गृहस्थ आश्रम थियो। महान्, पवित्र थियो। गायन पनि छ– १६ कला सम्पूर्ण, सम्पूर्ण निर्विकारी... अहिले त सबै अनाथ बनेका छन्। उनलाई थाहा नै छैन– हिंसा, अहिंसा केलाई भनिन्छ? उनीहरूले सम्झन्छन्– गाई आदिलाई मार्नु हिंसा हो। बाबा भन्नुहुन्छ– एक अर्कामा काम कटारी चलाउनु हिंसा हो। रावणको प्रवेशताका कारण सबै पतित बनेका छन्। बाबा भन्नुहुन्छ– नम्बरवन दुस्मन हो देह-अभिमान। फेरि काम, क्रोध यी ५ विकार तिम्रा दुस्मन हुन्, जसले तिमीलाई अनाथ बनाएका छन्। बाबा सोध्नुहुन्छ– हे प्यारा बच्चाहरू! तिमीलाई याद आउँछ– सत्ययुगमा हामी सनाथ थियौं, कति सुखी थियौं! यहाँ कसैले शरीर छोड्यो भने भन्छन्– स्वर्ग गयो। नर्कबाट गयो नि। सम्झाउनुपर्छ– दुनियाँ यस समय नर्क छ। यसलाई रौरव नर्क भनिन्छ।
गरूड पुराणमा कथाहरू छन्। अरू कुनै नदी छैनन्, विषय सागरमा सबै गोता खाइरहन्छन्। एक अर्कालाई घोचेर दु:खी बनाइरहन्छन्। बाबा आएर सम्झाउनु हुन्छ– यो दु:ख र सुखको ड्रामा बनेको छ। बाँकी यस्तो होइन– भर्खरै नर्क, भर्खरै स्वर्ग हुन्छ। जसको पासमा धेरै धन छ, ऊ स्वर्गमा छ। होइन। धनवान पनि दु:खी हुन्छन्। यस समय सारा दुनियाँ दु:खी छ। बाबा सम्झाउनु हुन्छ– म तिम्रो माता-पिता हुँ, जसको लागि नै तिमी गाउँछौ– तिमी माता-पिता... मनुष्यहरूलाई त थाहा नै छैन, लक्ष्मी-नारायणको अगाडि पनि भन्छन्– तिमी माता-पिता... राधा-कृष्णको अगाडि पनि भन्छन्– तिमी माता-पिता... किनकि बाबालाई नै चिनेका छैनन्। बाबा रचयिता र उहाँका रचनालाई चिनेका छैनन्। यो सृष्टिको चक्र हो। मायाको चक्र भनिँदैन। माया ५ विकारहरूलाई भनिन्छ। धनलाई सम्पत्ति भनिन्छ। सम्पत्तिवान भव, आयुश्वान भव, पुत्रवान भव। यो आशीर्वाद बाबाले नै दिनुहुन्छ। बाँकी ती सबै त भक्तिमार्ग गुरु हुन्। ज्ञान सागर एकै हुनुहुन्छ, जसको लागि गायन गर्छन्। गीता सुनाएर फेरि भनिदिन्छन्– श्रीकृष्ण भगवानुवाच। अरे! कृष्ण कसरी भगवान् हुन सक्छन्! यो त माथि रहनेलाई बोलाउँछन्– रूप बदलेर आउनुहोस्। तिमी आत्माहरूले त रूप बदल्छौ। बाबा पनि त मनुष्य तनमा नै आउनुहुन्छ नि। बयलमा त आउनुहुन्न। तिमीले भन्दछौ– बाबा हजुर पनि हामी जसरी रूप बदलेर मनुष्य तनमा आउनुहोस्। म कुनै बयल वा कछुवा, माछामा आउँदिनँ। पहिला सुरुमा मनुष्य सृष्टि रचिन्छ, प्रजापिता ब्रह्माद्वारा। त्यसैले दुईवटा बाबा हुनुभयो– एक त परमपिता परमात्मा शिव, जसलाई भन्छन्– हे अनाथहरूलाई सनाथ बनाउने वाला बाबा आउनुहोस्, फेरि गाउँछन् ज्ञान सूर्य प्रगटा... ज्ञान सूर्य उहाँ बाबा नै हुनुहुन्छ, जो सबैभन्दा उच्च हुनुहुन्छ। यस खेललाई पनि बुझ्नुपर्छ नि। यहाँको नै खेल हो। बाँकी अरू उप-कथा हुन्। देवी-देवता धर्म नै श्रेष्ठ नम्बरवन हो। दैवी धर्म, दैवी कर्म श्रेष्ठ थिए। अब धर्म कर्म भ्रष्ट बनेका छन्।
बाबा सम्झाउनु हुन्छ– धर्म मुख्य चार छन्, सबैभन्दा पहिलो हो देवी-देवता धर्म। सत्ययुग स्थापनाको कर्तव्य एक बाबाले नै गर्नुहुन्छ। उहाँ हुनुहुन्छ हेभनली गड फादर। बाबा भन्नुहुन्छ– म कल्पको एकै संगमयुगमा आउँछु। तिमी बच्चाहरूलाई थाहा छ– हामी सनाथ बनिरहेका छौं। अनाथहरूलाई सनाथ बनाउने वाला एकै बाबा हुनुहुन्छ। मनुष्यले मनुष्यलाई त अल्पकालको नै सुख दिन सक्छन्। यो हो नै दु:खको दुनियाँ। त्राहि-त्राहि गरिरहन्छन्। भारतवर्ष सुखधाम थियो, अहिले दु:खधाम बनेको छ। हामी आएका हौं शान्तिधामबाट, अब नाटक पूरा हुन्छ। यो चोला पुरानो भएको छ, गृहस्थमा रहेर पवित्र बन्नु छ। म तिम्रो बाबा आएको हुँ पवित्र स्वर्ग स्थापना गर्न। पहिले पवित्र थियौ, अहिले अपवित्र छौ। आधाकल्प राम राज्य हुन्छ, आधाकल्प रावण राज्य हुन्छ। अहिले तिमी ईश्वरीय गोदीमा छौ। यो ईश्वरीय परिवार हो। हजुरबुवा हुनुहुन्छ शिवबाबा। प्रजापिता ब्रह्मा हुन् बाबा। यो वास्तविकता हो। तिमीलाई थाहा छ– निराकार बाबाले प्रवेश गर्नु भएको छ। मनुष्य तनमा आउनु भएको छ। उहाँ बाबा बसेर आत्माहरूसँग कुरा गर्नुहुन्छ। उहाँलाई रूहानी सर्जन भनिन्छ। रूहलाई इन्जेक्शन लगाउनुहुन्छ। यो जुन आत्मालाई निर्लेप भन्छन् तर आत्मा कसरी निर्लेप हुन सक्छ? आत्मामा नै संस्कार हुन्छ, जस अनुसार जन्म लिन्छ। अहिले तिमी बच्चाहरूले परमपिता परमात्मालाई चिनेका छौ। सबैले उहाँलाई नै याद गर्छन्– हे पतित-पावन परमपिता परमात्मा, हजुर यस मनुष्य सृष्टिको बीजरूप बाबा हुनुहुन्छ। चैतन्य हुनुहुन्छ, ज्ञानका सागर हुनुहुन्छ। सारा ज्ञान आत्मामा छ। फेरि संस्कार अनुसार पढाइद्वारा गएर तिमी राजा बन्छौ। बाबामा पनि ज्ञानको संस्कार छ नि। सृष्टिको आदि मध्य अन्त्यको ज्ञान छ। तिमीलाई पनि त्रिकालदर्शी बनाउनुहुन्छ। तिमीलाई थाहा छ– हामी आत्माहरू मूलवतनबाट आउँछौं। ब्रह्मलाई परमात्मा भन्न सकिँदैन। बाबा आएर जुन ज्ञान सुनाउनुहुन्छ, त्यसको नाम राखेका छन् गीता। बाबा नै आएर राजधानी स्थापना गर्नुहुन्छ। अरू कसैले राजधानी स्थापना गर्दैनन्। अहिले राजधानी स्थापना हुँदैछ, त्यसैले पवित्र बन्नु छ। अहिले बाबाले तिमी बच्चाहरूलाई ज्ञान दिएर पवित्र बनाएर सनाथ बनाउनुहुन्छ। ड्रामाको अक्षर पनि कसैले बुझेका छैनन्। यो अनादि अविनाशी ड्रामा हो। सबै आत्माहरूलाई अविनाशी पार्ट मिलेको छ। परमात्माको पनि पार्ट छ। बाबाले सम्झाउनु भएको छ– शिव कुनै यति ठूलो लिंग हुनुहुन्न। उहाँलाई भनिन्छ परमपिता परमात्मा। आत्माको रूप कस्तो छ? तारा जस्तो, लाइट, चम्किन्छ भृकुटीको बीच अजब सितारा, यति सानो आत्मामा कति ठूलो पार्ट छ। आश्चर्य छ नि। बाबा भन्नुहुन्छ– मेरो आत्मामा पनि पार्ट छ।
भक्ति मार्गमा मैले तिम्रो कति सेवा गर्छु। यस समय त बडो अद्भुत पार्ट छ। कल्प-कल्प तिमी बच्चाहरूको पार्ट चलिरहन्छ। कलाकारहरू पनि नम्बरवार हुन्छन्। सबैभन्दा पहिले हुनुहुन्छ बाबा। बाबाको पासमा जुन ज्ञान छ, त्यो सबैलाई दिनुहुन्छ। बाबा भन्नुहुन्छ– प्यारा बच्चाहरू! यो राजधानी स्थापना भइरहेको छ। अहिले पुरुषार्थ गरेर उच्च पद पाऊ, जो सीट चाहिन्छ लेऊ। पुरुषार्थ गर्नु छ प्रारब्धको लागि, बेहदका बाबाद्वारा बेहदको सुख लिनको लागि। जगत अम्बालाई भनिन्छ गडेज अफ नलेज। कहाँबाट ज्ञान मिल्यो? ब्रह्माद्वारा। ब्रह्मालाई कसले दियो? शिव परमात्माले। ब्रह्माद्वारा ब्रह्माकुमार कुमारीहरूलाई यो ज्ञान मिलिरहेको छ, जो ब्राह्मण फेरि यस यज्ञको निमित्त बन्छन्। यसलाई भनिन्छ– रूद्र ज्ञान यज्ञ, जसमा यो सारा पुरानो दुनियाँ खतम हुन्छ। चाड-पर्व सबै यस संगमका हुन्। शिवको बदलामा कृष्ण रात्रि भनेर, कृष्णको जन्म रातमा देखाएका छन्। शिवरात्रिको अर्थ पनि बुझेका छैनन्। कलियुग हो रात, सत्ययुग हो दिन। रातमा आएर दिन बनाउनुहुन्छ, यसलाई भनिन्छ शिव जयन्ती। बेहदको रात, बेहदको दिन हो। यो शिव शक्ति सेनाले विश्वलाई स्वर्ग बनाउँछ। हेर, कसरी गुप्त बसेर पढ्छौ। योगबलद्वारा राज्य लिन्छौ। प्राचीन राजयोग प्रसिद्ध छ, जसबाट विश्वको राजाई मिल्छ। सबै पावन हुन्छन्। यो ज्ञान आत्माले धारण गर्छ। आत्माको ज्ञान पनि कसैमा छैन। वहाँ आत्माको ज्ञान रहन्छ। बाँकी परमात्माको, रचनाको हुँदैन। यो ज्ञान केवल तिमी ब्राह्मणलाई नै छ। तिमी सबैभन्दा उच्च हौ, जसले रूहानी सेवा गर्छौ। एक यात्री आउनुहुन्छ, तिमी सजनीहरूलाई गोरो बनाउन। एक यात्री हुनुहुन्छ, बाँकी सबै हुन् सजनीहरू। प्रजा बन्ने वा मुक्तिधाममा निवास गर्नेवाला धेरै बरियाँत हुन्छन्। साजन आउनुहुन्छ नै सबैलाई शृंगार गरेर लिएर जान, सबै मच्छर सदृश्य जानेछन्। अच्छा!
मीठे-मीठे सिकीलधे बच्चाहरूप्रति माता-पिता बापदादाको याद-प्यार एवं गुडमर्निङ्ग। रूहानी बाबाको रूहानी बच्चाहरूलाई नमस्ते। रूहानी बच्चाहरूको रूहानी बाबालाई गुडमर्निङ्ग, नमस्ते।
धारणाको लागि मुख्य सारः
१) लाइट हाउस बन्नु छ। एक आँखामा शान्तिधाम, अर्को आँखामा सुखधाम घुमिरहोस्। यस दु:खधामलाई देखेर पनि देख्नु छैन।
२) बाबा समान ज्ञानमा फुल बनेर बेहद सुख लिनको लागि पूरा पुरुषार्थ गर। जुन ज्ञान मिलेको छ, त्यो अरूलाई पनि देऊ।
वरदान:
विशाल दिल राखेर सेवाको प्रत्यक्षफल निकाल्ने विश्व कल्याणकारी भव:-
जो बच्चाहरू विशाल दिल राखेर सेवा गर्छन्, सेवाको प्रत्यक्षफल पनि विशाल निस्कन्छ। कुनै पनि कार्य गर्दा स्वयं गर्नेमा पनि विशाल दिल र अरूलाई सहयोगी बनाउनमा पनि विशाल दिल होस्। स्वयं प्रति वा साथी सहयोगी आत्माहरू प्रति संकुचित दिल नराख। विशाल दिल राख्नाले माटो पनि सुन हुन पुग्छ, कमजोर साथी पनि शक्तिशाली बन्छन्, असम्भव सफलता, सम्भव हुन्छ। यसको लागि मै-मै को बलि चढाइदियौ भने विशाल दिलवाला विश्व कल्याणकारी बन्छौ।
स्लोगन:
कारणलाई निवारणमा परिवर्तन गर्नु नै शुभ-चिन्तक बन्नु हो।