BK Murli 3 February 2017 Nepali

bk murli today

Posted by: BK Prerana

BK Prerana is executive editor at bkmurlis.net and covers daily updates from Brahma Kumaris Spiritual University. Prerana updates murlis in English and Hindi everyday.
Twitter: @bkprerana | Facebook: @bkkumarisprerana
Share:






    BK Murli 3 February 2017 Nepali

    २०७३ माघ २१ शुक्रबार ०३-०२-२०१७ ओम् शान्ति प्रातः मुरली “बापदादा” मधुबन

    “मीठे बच्चे– संगमयुगमा बाबा आउनु भएको छ, तिमी बच्चाहरूलार्इ दिलोज्यानले सेवा गर्न। अब यो ड्रामा पूरा हुन्छ– तिमी सबैलार्इ फर्केर घर जानु छ।”  

    प्रश्न:

    अहिले तिमी बच्चाहरूको कर्मातीत अवस्था हुन सक्दैन, अन्त्यमा हुन्छ– किन?

    उत्तर:

    किनकि तिमी आत्मा जब कर्मातीत बन्छौ तब तिमीलार्इ पावन तत्वले बनेको शरीर चाहिन्छ। अहिले त यी ५ तत्त्व पतित छन्। जब तत्त्व पावन बन्छन्, तब कर्मातीत अवस्था हुन्छ। तिमी बच्चाहरू जब पूरा पावन बन्छौ, तब यहाँ रहन पनि सक्दैनौ। पावन बनेपछि पावन दुनियाँमा पावन शरीर चाहिन्छ। त्यसैले अहिले तिमी अपूर्ण छौ। अन्त्यमा तिम्रो पूरा बुद्धियोग पक्का हुन्छ, तिमी पावन बन्छौ। तिम्रो सबै विकर्म विनाश हुन्छ र तिम्रो कर्मातीत अवस्था हुन्छ।

    गीत:–

    दूर देश का रहनेवाला...

    ओम् शान्ति।

    टाढा रहनेवाला यात्री, जुन यात्रीलार्इ सबै मनुष्यमात्रले अथवा जीव आत्माहरूले याद गर्छन् अवश्य। वास्तवमा सबै जीव आत्माहरू यात्री हुन्। जसरी बाबालार्इ परमधामबाट आउनुपर्छ, त्यसैगरी तिमी बच्चाहरू पनि परमधामबाट आउँछौ– पार्ट खेल्न। मलार्इ त सारा कल्पमा एक पटक आउनु पर्ने हुन्छ। त्यसैले मेरो लागि भन्छन्– अवतरण। तिमी एक पटक यहाँ आउँछौ र यहाँ नै पुनर्जन्म लिइरहन्छौ। म एकै पटक बच्चाहरूको पासमा, बच्चाहरूलार्इ दिलोज्यानले, स्नेह र प्रेमले सेवा गर्न आउँछु। बाबालार्इ त सबै बच्चाहरू प्यारा छन् नि। यस्तो कुनै पिता हुँदैन, जसलार्इ बच्चाहरू प्रिय नहोस्। बच्चाहरूलार्इ नै बाबाबाट वर्सा मिल्छ। उनी हुन् हदका पिता, यहाँ हुनुहुन्छ बेहदका पिता। यो कसैले जान्दैन– बाबा कहिले आउनुहुन्छ? बाबा भन्नुहुन्छ– प्यारा बच्चाहरू! अब ड्रामा पूरा हुन्छ, फर्केर जानु छ। बाटो कसैले पनि जानेको नै छैन। केवल भनिदिन्छन्– वैकुण्ठवासी भए, पार निर्वाण गए। अहिले तिमीलाई थाहा छ– बीचमा कोही पनि फर्केर जान सक्दैन। जब सबैको पार्ट पूरा हुन्छ, तब बाबालार्इ आउनु पर्छ। तिमीलाई थाहा छ– हामी सबै आत्माहरू जब शरीरमा हुन्छौं, शरीरको नाताले भाइ-बहिनी हौं। हरेकले आ-आफ्नो पार्ट पूरा गर्नुपर्छ। फेरि सबैलार्इ आ-आफ्नो समयमा पार्ट दोहोर्या-उनु पर्छ। बाबालार्इ सबैले याद गर्छन्– हे पतित-पावन आउनुहोस्, हे सीताका राम आउनुहोस्। एक राम, एक सीताको लागि कहाँ आउँछन् र। सबै सीताका एक राम हुनुहुन्छ। सबै बच्चाहरूले याद गर्छन्, भक्ति गर्छन्। यो ड्रामा ५ हजार वर्षको छ। बाबा भन्नुहुन्छ– तिमीले आफ्नो जन्मलार्इ जान्दैनौ, मैले जान्दछु। लाखौं वर्षको कुरा त कसैले बताउन सक्दैन। मुख्य पहिलो कुरा हो– गीताको भगवान्‌ को हुनुहुन्छ? ड्रामा अनुसार बिर्सिए, त्यसैले त बाबा आउनुभयो। केवल गीता पढ्नाले केही हुँदैन। बाबा स्वयं आएर बच्चाहरूलार्इ राजयोग सिकाउनुहुन्छ। बाबा भन्नुहुन्छ– यो नयाँ-नयाँ कुरा, जुन मैले तिमीलार्इ सुनाउँछु, ती सबै प्रायः लोप हुन्छन्। यसको परम्परा चल्दैन। अरू जो आउँछन्, उनीहरूको ज्ञान त अन्त्यसम्म चल्छ। एकले अर्कालार्इ सुनाउँदै आउँछन्। यहाँ न सुन्नेवाला न सुनाउनेवाला रहन्छन्। सबै जान्छन्। वहाँ त यो पनि जान्दैनन्– हामी १६ कला सम्पूर्ण छौं। त्यो त हो नै प्रारब्ध। १६ कलाबाट फेरि १४ कला बन्छौं। 

    यो थाहा भयो भने फेरि राजार्इको खुशी नै जान्छ। बाबाले सम्झाउनुहुन्छ– सबै भन्दा उँच धर्मशास्त्र पहिला हुनुपर्छ। देवी-देवता धर्म स्थापना गर्नेलार्इ भुलेका छन्। जति गीताको महिमा छ, त्यो भन्दा धेरै ज्ञान सुनाउनेको महिमा छ। अरू कुनै धर्म स्थापन गर्नेलार्इ भगवान्‌ भनिँदैन। भगवान्‌ त एक निराकार नै हुनुहुन्छ, बाँकी सबै हुन् साकार। गायन पनि गरिएको छ– श्रीमत भगवत गीता। उहाँ सबैका सद्‌गति दाता हुनुहुन्छ। यतिबेला सबै तमोप्रधान, कब्रदाखिल छन्। फेरि बाबा आएर सबैलार्इ जगाउनुहुन्छ। यो पुरानो दुनियाँ त खतम हुनेवाला छ। तोरी जस्तै सबै पिसिन्छन्। सत्ययुगमा धेरै सानो दैवी वृक्ष हुन्छ। भगवान्‌लार्इ सबैले याद गर्छन्– हे भगवान्‌, हे सत्यखण्ड स्थापन गर्नेवाला... तर उहाँ कहिले आउनुहुन्छ, थाहा छैन। शास्त्रमा त लाखौं वर्ष लेखिदिन्छन्। यसलार्इ नै अन्धकार भनिन्छ। अहिले तिमीलाई थाहा छ– हाम्रो बाबा ज्ञानका सागर हुनुहुन्छ। अर्को कोही ज्ञानका सागर हुन सक्दैन। ज्ञानका सागर बाबा दूरदेश देखि हामी बच्चाहरूको पास आउनुहुन्छ। हामी सबै अन्धकारमा परेका थियौं। जानेका थिएनौं– ड्रामामा हामी सबै कलाकार हौं। सबै भन्दा उँच को हुनुहुन्छ? यो थाहा हुनुपर्छ। केवल सर्वव्यापी छन् भन्नु, यो ज्ञान भयो र? यदि सर्वव्यापी छन् भने फेरि त भक्ति गर्न सकिँदैन। यसलार्इ भनिन्छ अज्ञान। अहिले तिमीलाई थाहा छ– सबैका सद्‌गति दाता बाबा हुनुहुन्छ। उहाँको नाम नै छ परमपिता परमात्मा शिव। उहाँ पिताहरूका पनि पिता हुनुहुन्छ। जन्म-जन्म लौकिक पिताहरू मिल्दै आए। 

    सबैभन्दा उच्च बाबा हुनुहुन्छ, फेरि नम्बरवार आउँछन् । पहिला पहिला देवी-देवता कुलका उत्रिन्छन्। अब त्यो रचना बाबाले रचिरहनु भएको छ। ब्रह्माद्वारा ब्राह्मण कसरी रच्नुभयो? प्रजापिता ब्रह्माद्वारा एडप्ट गर्नुहुन्छ। बच्चाहरूले भन्छन्– बाबा हामी हजुरकै थियौं। अब हजुरकै हौं। पहिला सुरुमा हामी सत्ययुगमा आएका थियौं। 

    यतिबेला तिमी अपूर्ण छौ। शूद्रबाट ब्राह्मण बनिरहेका छौ। पूरा पवित्र, कर्मातीत अन्त्यमा बन्छौ। अन्त्यमा बुद्धियोग पूरा पक्का हुन्छ। विकर्म सबै भस्म हुन्छन्। फेरि पनि यहाँ तिमीलार्इ पावन भनिँदैन किनकि शरीर पतित छ। अहिले पतितबाट पावन बनिरहेका छौ। फेरि सत्ययुगमा शरीर पनि पावन मिल्छ। पूरा पावन बनेपछि फेरि यहाँ रहन सक्दैनौ। जब आत्मा पवित्र हुन्छ, फेरि त ५ तत्त्व पनि पवित्र हुन्छन्। अहिले तिमी बच्चाहरू संगममा छौ। सच्चा-सच्चा कुम्भको मेला यो यो। पानीको गंगामा जानु– यो हो भक्तिमार्ग। संन्यासीहरू स्नान गर्न जान्छन्, फेरि पनि भन्छन्– आत्मा निर्लेप छ। बाबा भन्नुहुन्छ– भक्तिमार्गमा तिमीले धेरै कुरा सुन्यौ। अब जाँच गर, सही के हो? यो हो अमरकथा, जसबाट तिमी अमरपुरीको मालिक बन्छौ। तिमीलार्इ कहिल्यै कालले खान सक्दैन। वहाँ कहिल्यै यस्तो भनिँदैन– फलाना मर्योि। यहाँ कति डर रहन्छ मृत्युको। वहाँ त केवल चोला बदलिन्छ। यहाँको महिमा धेरै भारी छ। जति बाबाको महिमा, त्यति स्वर्गको महिमा छ। यहाँ लक्ष्मी-नारायणका अहिलेसम्म पनि मन्दिर बनिरहेका छन्‌। तर बाबालार्इ जान्दैनन्– उहाँ कहिले आउनु भएको थियो? वास्तवमा सत्ययुगमा देवी-देवता थिए। सत्ययुगलार्इ लाखौं वर्ष दिएका छन्, त्यसैले उनीहरूको जनसंख्या अनगिन्ती हुनुपर्ने हो। कसैले पनि बुद्धिले काम लिँदैनन्। भन्छन्– गार्इको मुखबाट गंगा निस्किए। हुन् त सबै ज्ञानको कुरा। फेरि सूक्ष्मवतनमा बयल आदि कहाँबाट आयो? यी शास्त्रहरू आधा कल्पदेखि चल्दै नै आएका छन्। यी सबै कुरा अति प्यारा बाबाले बच्चाहरूलार्इ सम्झाउनुहुन्छ। हुन त सबै मेरा बच्चा हुन्। तर तिमी अति प्यारो बन्छौ। लक्ष्मी-नारायणको बारेमा थाहा छैन– उनीहरूले कहिले राज्य गरेर गए? राधा-कृष्णको जन्मदिन मनाउँछन्। लक्ष्मी-नारायणको केही थाहा छैन। रामलार्इ त्रेतामा देखाउँछन्। कृष्णलार्इ द्वापरमा। राधा-कृष्ण हुन् सत्ययुगका। यो सबै तिमीले नै जान्दछौ– सबै धर्म कसरी दोहोरिन्छन्, फलानो धर्म स्थापक कहिले आउँछन्? उनीहरूले सम्झन्छन्– धर्म स्थापन गरेर फर्केर जान्छन्। त्यसो भए फेरि पालना कसले गर्छ? हरेक मनुष्यले रचना रच्दछन् फेरि पालना पनि गर्छन्, विनाश गर्दैनन्। हदको रचना गर्नेवाला बाबाले अल्पकालको क्षणभंगुर सुख दिन सक्छन्। कसैको बच्चा भएन भने भन्छन्– हाम्रो कुलको वृद्धि कसरी हुन्छ? बाबा भन्नुहुन्छ– यतिबेला सबै पतित भ्रष्टाचारी छन्। एउटा गीत छ– भारतको के हाल भएको छ। फेरि अर्को गीतमा छ– हाम्रो भारत सबै भन्दा उँच छ। के अहिले उँच छ? छैन। अहिले त बिलकुल नै पतित छ। 

    बाबा भन्नुहुन्छ– प्यारा बच्चाहरू! धैर्य गर, यो पनि खेल हो। अब दु:खका दिन पूरा भएर सुखका दिन आइरहेका छन्। यो नर्कलार्इ स्वर्ग बनाउन परमधामका निवासी बाबा अर्काको देशमा आउनु भएको छ। बाबा भन्नुहुन्छ– मेरो यो जन्मस्थान हो। नत्र कसैले बताओस्– निराकार बाबा कहाँ आउनु भयो? कुन शरीरमा आउनु भयो? कहिले आउनु भयो? के गर्न आउनु भयो? कसैले बताउन सक्दैन। तिमी बच्चाहरूलाई थाहा छ– परमपिता परममात्मा आएर कसरी पतितलार्इ पावन बनाउनुहुन्छ! बाबा भन्नुहुन्छ– प्यारा बच्चाहरू! अरू कुनै मसँग उपचार छैन। प्यारा बच्चाहरू! तिमीले नै मलार्इ पतित-पावन भन्छौ, सर्व शक्तिमान् भन्छौ। अहिले तिमीलार्इ शक्ति चाहिएको छ, ५ विकारमाथि विजय पाउनको लागि। हिंसक लडार्इंको यहाँ कुरा छैन। यो हो गुप्त। केवल मलार्इ याद गर। यसलार्इ भनिन्छ– अजपाजप। अहिले सबैको वानप्रस्थ अवस्था छ। सबैलार्इ फर्केर जानु छ। त्यो हो शान्तिधाम। त्यहाँ देखि फेरि स्वत: नै तिमी सुखधाममा आउँछौ। शान्ति त तिम्रो स्वधर्म हो। मिल्न त यो रावण राज्यमा शान्ति मिल्न सक्दैन। बाँकी केही समयको लागि चाहान्छौ भने अशरीरी भएर बस। शान्ति त सबैलार्इ चाहिन्छ। यदि १०१ करोड शान्तिमा बसुन् तर पनि शान्ति हुन सक्दैन। यो हो नै अशान्तिको दुनियाँ। शान्तिको लागि कुनै उपाय निस्कन सक्दैन। यो त परमपिताको नै जिम्मेवारी हो। तिमीलाई थाहा छ– देवी-देवताहरूको राज्य थियो, जसलार्इ वैकुण्ठ भनिन्छ। अब कलियुगको अन्त्य दु:खधाम छ। त्यो हो शान्तिधाम, स्वीट होम। मीठा बाबा पनि वहाँ रहनुहुन्छ। त्यो हो सुखधाम, यो हो दु:खधाम। बीचमा अरू-अरू धर्म निस्कन्छन्। वृद्धि भइरहन्छ। उनीहरूले त कल्पको आयु लाखौं वर्ष भनिदिएका छन्। यसलार्इ भनिन्छ घोर अन्धकार, सत्ययुगमा हुन्छ सम्पूर्ण उज्यालो। मूलवतनमा छ अपार शान्ति। यहाँ हामी पार्ट खेल्न आएका हौं। 

    बाबा भन्नुहुन्छ– हे आत्माहरू! सुनिरहेका छौ आफ्नो कान रूपी अंगद्वारा? तिमीलार्इ याद छ– यो ड्रामाको चक्र कसरी घुम्छ? तिमी यतिबेला त्रिकालदर्शी हौ। तिमी ब्राह्मणहरू बाहेक कोही त्रिकालदर्शी हुँदैन। ऋषि-मुनिले भन्दथे– हामीले ईश्वरलार्इ जान्दैनौं, नास्तिक हौं। अहिले तिमी आस्तिक बनेका छौ। बाबा र सृष्टिचक्रको आदि-मध्य-अन्त्यलार्इ जान्दछौ। तिमीलार्इ तीनै लोकको ज्ञान मिलेको छ। तिमी बाहेक कसैलार्इ पनि यो ज्ञान छैन। लक्ष्मी-नारायणलार्इ न त्रिलोकीनाथ, न त्रिकालदर्शी भनिन्छ। त्रिलोकीनाथ मनुष्य हुन सक्दैन। तिमी तीनै लोकलार्इ र तीनै काललार्इ जान्नेवाला हौ। लक्ष्मी-नारायणलार्इ पनि त्रिलोकीको ज्ञान छैन। विष्णुलार्इ स्वदर्शन चक्रधारी देखाउँछन्। विष्णुका दुर्इ रूप हो– लक्ष्मी-नारायण। राधा-कृष्ण नै लक्ष्मी-नारायण बन्छन्। यतिबेला कति राम्रा यादगार मन्दिर बनाएका छन्। तर यिनीहरूको जीवनीलार्इ त जान्नुपर्छ। सबै भन्दा उँच भगवान्‌ एक हुनुहुन्छ, उहाँको नाम हो शिव। रुद्र पनि भन्दछन्। यो हो रुद्र ज्ञान यज्ञ, कृष्ण ज्ञान यज्ञ हुँदै–हुँदैन। कृष्ण त सत्ययुगका राजकुमार हुन्। उनले के यज्ञ रच्दछन्। रुद्र यज्ञद्वारा विनाश ज्वाला प्रज्वलित हुन्छ। सत्ययुगमा यज्ञ रच्ने अवश्यकता हुँदैन। यस ज्ञान यज्ञ बाहेक सबै हुन् भौतिक यज्ञ। बाबाले सम्झाउनु भएको छ– यसलार्इ यज्ञ किन भनिन्छ? यी सबै जुन पुरानो दुनियाँका सामग्री छन्, ती सबै यसमा स्वाह हुनेवाला छन्। त्यसैले भनिन्छ– परमपिता परमात्माले यज्ञ रच्नु भएको छ, जसद्वारा मनुष्य देवता बन्छन्। देवताहरूका पाउ पुरानो दुनियाँमा आउँदैन। तिमीलार्इ त बाबाले सबैथोक साक्षात्कार गराउनु भएको छ। अच्छा! 

    मीठे-मीठे सिकीलधे बच्चाहरूप्रति माता-पिता बापदादाको याद-प्यार एवं गुडमर्निङ्ग। रूहानी बाबाको रूहानी बच्चाहरूलाई नमस्ते। रूहानी बच्चाहरूको रूहानी बाबालाई गुडमर्निङ्ग, नमस्ते। 


    धारणाको लागि मुख्य सारः

    १) आफ्नो शान्त स्वधर्ममा सदा रहनु छ। यो वानप्रस्थ अवस्था हो। फर्केर घर जानु छ, त्यसैले बाबाको याद निरन्तर चलिरहोस्।

    २) कर्मातीत बन्नको लागि सम्पूर्ण पावन बन। जति पनि विकर्मका बोझ छन्, त्यसलार्इ यादको यात्रामा रहेर उतारिदेऊ। यादको शक्तिद्वारा विकारहरू माथि विजय प्राप्त गर।

    वरदान:

    बाबाको मदतद्वारा उमंग-उत्साह र अथकपनको अनुभव गर्ने कर्मयोगी भव:-  

    कर्मयोगी बच्चाहरूलार्इ कर्ममा बाबाको साथ हुने कारणले एक्स्ट्रा मदत मिल्छ। कुनै पनि काम जति पनि मुस्किल होस् तर बाबाको मदतले उमंग-उत्साह, हिम्मत र अथकपनको शक्ति दिन्छ। जुन कार्यमा उमंग-उत्साह हुन्छ, त्यो अवश्य सफल हुन्छ। बाबाले आफ्नो हातले काम गर्नुहुन्न तर मदत दिने काम अवश्य गर्नुहुन्छ। त्यसैले म र बाबा– यस्तो कर्मयोगी स्थिति छ भने कहिल्यै थकावट अनुभव हुँदैन।

    स्लोगन:

    मेरोपनमा नै आकर्षण हुन्छ, त्यसैले मेरोलार्इ तेरोमा परिवर्तन गर।   

      

    ***OM SHANTI***