BK Murli 4 February 2017 Nepali

bk murli today

Posted by: BK Prerana

BK Prerana is executive editor at bkmurlis.net and covers daily updates from Brahma Kumaris Spiritual University. Prerana updates murlis in English and Hindi everyday.
Twitter: @bkprerana | Facebook: @bkkumarisprerana
Share:






    BK Murli 4 February 2017 Nepali

    २०७३ माघ २२ शनिबार ०४-०२-२०१७ ओम् शान्ति प्रातः मुरली “बापदादा” मधुबन

    “मीठे बच्चे– शिरमा विकर्मको बोझ धेरै छ, त्यसैले अहिलेसम्म शारीरिक बिमारी आदि आउँछन्। जब कर्मातीत बन्छौ तब कर्मभोग चुक्ता हुन्छ।”  

    प्रश्न:

    सबैको अटेन्सन खिचाउनको लागि यस युनिभर्सिटीको कुनचाहिँ नाम हुनुपर्छ?

    उत्तर:

    सच्चा-सच्चा ज्ञान विज्ञान भवन, पाण्डव भवन। ज्ञान अर्थात् ज्ञानबाट वेल्थ र विज्ञान अर्थात् योगबाट हेल्थ मिल्छ त्यो पनि २१ जन्मको लागि। त्यसैले तिमी बच्चाहरूले मनुष्यलाई मुक्ति जीवनमुक्ति दिनको लागि ज्ञान-विज्ञानको प्रदर्शनी लगाउनुपर्छ। ज्ञान-विज्ञान भवन नाममा सबैको अटेन्सन जान्छ।

    गीत :–

    हमारे तीर्थ न्यारे हैं...........

    ओम् शान्ति।

    यस गीतमा एक लाइन आउँछ– चारैतिर लगायौं फेरा.... तीर्थमा चारै धामको फेरा लगाउँछन्। अब किन त्यसको फेरो लगाउँछन्? (यो चक्रको फेरो हो, सत्ययुग त्रेता आदि) यो फेरो हो। जति बाबालाई याद गर्छौ, चक्रलाई फिराउँछौ त्यति नै विकर्म विनाश हुन्छ। त्यसैले बाबालाई धेरै याद गर्नुपर्छ किनकि विकर्मको बोझ सिरमा धेरै छ। शारीरिक बिमारी त अन्त्यसम्म चल्छ। कर्मभोग त अन्त्यसम्म रहन्छ, यो निशानी हो। जबसम्म कर्मातीत अवस्थामा पुग्दैनौ तबसम्म केही न केही दुःख भइ नै रहन्छ। अन्त्यमा यी सबै खत्तम हुनेछन्। आफ्नो मुख्य हो ज्ञान र योग। दिल्लीमा ज्ञान-विज्ञान भवन छ। सच्चा-सच्चा ज्ञान-विज्ञान भवन त यो हो। ज्ञान मतलब नलेज, जीवनमुक्ति। विज्ञान मतलब मुक्ति। योगलाई विज्ञान भनिन्छ। विज्ञानबाट मुक्ति, ज्ञानबाट जीवनमुक्ति। त्यसैले ज्ञान-विज्ञान भवन, यो उनीहरूलाई सम्झाउनु पनि पर्छ। त्यसैले ज्ञान विज्ञानको प्रदर्शनी हुनुपर्छ। त्यस ज्ञान-विज्ञान भवनमा, त्यसैले सबै मनुष्य र विदेशी आदि आएर यो सहज योग र ज्ञानलाई बुझून्। मनुष्यले त परमात्मालाई सर्वव्यापी भन्छन्। जसरी हामी वास्तविक गीता भनेर लेख्छौं त्यसरी नै लेख्नुपर्छ– ज्ञान विज्ञान भवन। बाबा निर्देशन दिनुहुन्छ– वास्तविक ज्ञान विज्ञान भवन, पाण्डव भवन नाम लगाइदेऊ, त्यसले स्पष्ट हुनेछ। फेरि साथमा यो पनि लेख– ज्ञानबाट जीवनमुक्ति, एवरवेल्दी र विज्ञान अथवा योगबाट एवरहेल्दी कसरी बनिन्छ त्यो आएर बुझ्नुहोस्। जब बुझ्नेछन् तब भन्नेछन् वास्तवमा प्रेक्टिकलमा देवी-देवता पद सुख शान्तिको मिलिरहेको छ। एउटालाई बुझाउने कुरा होइन। यसमा प्रदर्शनी मेला गर्यौ् भने हजारौं आएर बुझ्नेछन्। बाबा युक्ति बताउनुहुन्छ, झट्ट कपडामा प्रिन्ट गर्योु अनि राखिदियो। केही पनि बनाउनमा समय लाग्दैन। चित्र हाम्रा धेरै राम्रा छन्। कुनै पनि देशी, चाहे विदेशी आएर बुझून्। बाबा भन्नुहुन्छ– सृष्टि चक्रको चित्र धेरै ठूलो बनाउनु पर्छ, त्यसको नजिकै फेरि विराट रूपको चित्र होस्। माथि चोटि। केवल शिव होइन, त्रिमूर्ति त अवश्य हुनुपर्छ किनकि सिद्ध गर्नु छ– ब्रह्माद्वारा स्थापना। यी ब्राह्मण नै पुनर्जन्ममा आउनेवाला छन्। ब्राह्मण नै देवता, देवता नै क्षेत्रिय... यो राम्रो चित्र बनाएर पकेटमा राख्नुपर्छ। तब सम्झाउनमा सहज हुन्छ। यस ज्ञान योगद्वारा कसरी स्वर्ग बन्छ, यी ब्राह्मणहरू एडाप्टेड छन्। प्रजापिता ब्रह्माद्वारा ब्राह्मण रचिए। बुझाउने बडो युक्ति चाहिन्छ। सबैलाई निमन्त्रण पठाउनुपर्छ। चित्रमा बुझाउन त धेरै सहज छ। परमपिता परमात्माद्वारा राजयोग सिकेर नयाँ राजधानी स्थापना भइरहेको छ। यी ब्रह्माकुमार ब्रह्माकुमारी करोडौंमा कोही मात्र बन्छन्। तिनमा पनि आश्चर्यवत् पसन्ति, सुनन्ति, कथन्ति र भागन्ती भएर जान्छन्। यहाँ गरिब पनि छन् भने साहुकार पनि छन् अनि बीचवाला पनि छन्। साहुकार छिटै उठ्न सक्दैनन्। 

    बाबाले त सम्झाउनु भएको छ– ज्ञान यज्ञमा अनेक प्रकारका विघ्न त पर्छन्। धेरै अत्याचार हुन्छन्। कामेशु, क्रोधेसु छ नि। विष पाएनन् भने पिट्छन्। कन्याहरूलाई पनि विवाहको लागि धेरै पिट्छन्। बाबा त भन्नुहुन्छ– जो श्रीमतमा चल्छन् उनीहरू श्रेष्ठाचारी बन्छन्। बाबा आउनुहुन्छ नै पतित भ्रष्टाचारी दुनियाँमा, यस रावणराज्यमा। पहिले काम महाशत्रु छ। श्रेष्ठाचारी राज्यलाई त भनिन्छ सम्पूर्ण निर्विकारी। उनमा विकार नै हुँदैन। त्यसैले यो प्रश्न पनि उठ्न सक्दैन– वहाँ कसरी पैदा हुन्छ? अरे! रामराज्यमा विष हुँदै हुँदैन। यो त रावण राज्य हो त्यसैले रावणलाई जलाउँछन्। यस समय श्रेष्ठाचारी कोही हुन सक्दैन। श्रेष्ठाचारी बनाउनु– एकै परमपिता परमात्माको नै काम हो। स्वर्ग त हो नै निर्विकारी दुनियाँ। वहाँ विष नै हुँदैन किनकि रावणराज्य नै हुँदैन। 

    अहिले तिमी राज्य लिन्छौ– योगबलद्वारा। अब रावण खत्तम हुनु नै छ। अहिले हो संगम। अहिले तिमी सम्पूर्ण बनिरहेका छौ। सत्ययुगको जब आदि हुन्छ, तब वहाँ एउटा पनि विकारी हुन सक्दैन। संगममा दुवै छन् नि। मैला पानी र स्वच्छ पानी, त्यसलाई नै संगम भनिन्छ। मैला जब जान्छ, अनि फेरि देख्दा पनि देखिँदैन। त्यसैगरी अहिले दुनियाँको पनि संगम हो। आत्मा र परमात्माको यो संगम हो। बाँकी नदी र सागरको संगम त परम्परादेखि चल्दै आउँछ। नदी त सागरमा नै जान्छ। बाँकी पानीको फरक त हुन्छ नै। बाबा सिवाए कोही पनि मनुष्यले त्रिकालदर्शी, त्रिलोकीनाथ बनाउन सक्दैन। त्रिकालदर्शी र त्रिलोकीनाथ तिमी नै बन्छौ। कृष्णलाई पनि भन्न सकिंदैन। त्रिलोकीनाथ, तीनै काललाई जान्नेवाला एउटै हुनुहुन्छ। त्रिलोकीनाथ, त्रिकालदर्शी परमपिता पमरात्मा सिवाए अरू कोही हुन सक्दैन। लक्ष्मी नारायणलाई त तीनै लोक अथवा तीनै कालको ज्ञान नै छैन। आदि मध्य अन्त्यको पनि ज्ञान छैन। अहिले त हामीसँग सारा ज्ञान छ। त्रिलोकीको पनि ज्ञान छ, जुन बाबाको टाइटल हो त्यो ब्राह्मणलाई पनि मिल्न सक्छ। देवताहरूलाई पनि यो ज्ञान छैन। तिमी धेरै उच्च छौ, जो बच्चाले आफूलाई त्रिलोकीनाथ, त्रिकालदर्शी सम्झन्छन् उनीहरू त अरूलाई आफूसमान बनाउनमा बिजी हुन्छन्। सबैलाई निमन्त्रणा दिनुपर्छ। हर धर्मकालाई लेख्नुपर्छ– ज्ञान विज्ञानद्वारा हेल्थ-वेल्थ कसरी मिल्छ? आएर बुझ्नुहोस्। दिल्लीमा ज्ञान विज्ञान भवनमा पनि यो चीज हुने हो भने कति विदेशी आएर ज्ञान लिन्थे । आखिर अन्त्यमा त सबैले बुझ्नु नै छ। विनाश पनि अवश्य हुनु नै छ। त्यसैले किन बाबालाई याद नगर्ने जसकारण विकर्म पनि विनाश होस्। जति-जति आत्मा शुद्ध हुँदै जान्छ त्यति पद पनि उच्च मिल्नेछ। सारा आधार छ– ज्ञान र विज्ञानमा। मुक्तिधाममा रहनेहरूले योग नै मन पराउँछन्। उनीहरूको आत्मामा पार्ट नै यस्तो छ र देवी-देवता धर्मकाले ज्ञानलाई नै मन पराउँछन्। 

    तिमी बच्चाहरूको दिन-प्रतिदिन उन्नति हुँदै जान्छ। तिमी माथि गइरहन्छौ, उनीहरू तल गिरिरहन्छन्। तिम्रो छ चढ्ती कला र अरू सबैको छ उत्रिने कला। सबै फर्केर जानु छ। त्यो त सामान्य कुरा हो। बाँकी वर्सा लिनु छ। यो पनि बुझिन्छ– कल्प पहिले जसले जुन पद पाएको छ, जुन प्रकारले पाएको छ त्यो सबै साक्षी भएर हेरिन्छ। आउन त धेरै आउँछन्। दिन- प्रतिदिन युक्तिहरू पनि राम्रा-राम्रा निस्किइरहन्छन्। ज्ञान विज्ञान भवन नाम होस् र राम्रा-राम्रा चित्र होऊन्। दुनियाँमा त धेरै फाल्तु चित्र छन् कुनै टेढा बाङ्गा, कृष्णका यस्ता आर्टका चित्र बनाइदिन्छन्, तिमीलाई त्यसको आवश्यकता नै छैन। वहाँ देवताले नृत्य गर्छन्, उनीहरू त खुसीमा खेलपाल गर्छन्। यो आर्ट आदि त यहाँको रिवाज हो। वहाँ त राजकुमार राकुमारी खेल्छन्। फिल्म आदि वहाँ केही पनि हुँदैन। यी सबै कुराहरूलाई तिमीले यहाँ नै जान्दछौ। बाबालाई पनि तिमीले नै जान्दछौ। मनुष्यको बुद्धिमा कहाँ बस्छ– यो को हो! किनकि नाम सुनेका छन्, श्रीकृष्णको। चित्र पनि फस्टक्लास छन्। नामै छ श्याम सुन्दर। काम चितामा बसेर श्याम बन्छन्। ज्ञान चितामा बस्नाले फेरि आधाकल्प गोरो बन्छन्। बुद्धिमा आउनुपर्छ– सत्ययुगमा २१ जन्म सुन्दर थिए। फेरि काम चितामा बसेर भिन्न नाम रूपमा आएर श्याम बनेका छन्। उनीहरूले त बुझ्न सक्दैनन् भने कालो किन बनाएका हुन्। तिमीलाई त थाहा छ– अब कसरी बुझाउने, कसको चित्र दिने। श्याम र सुन्दर यिनलाई नै भनिन्छ। यस्तो होइन, रामचन्द्रलाई पनि श्याम सुन्दर भनिन्छ। उनलाई कालो किन बनाइएको, यो बुझ्दैनन्। यस समय सबै काला नै काला छन्। यी धेरै राम्रा बुझ्नुपर्ने कुरा छन्। तर जब कसैले राम्रोसँग बुझोस्। प्रदर्शनीमा सिक्ने मौका धेरै राम्रो छ, हुन सक्छ राम्रा-राम्रा बच्चीहरू मैदानमा आउनेछन्। बाँकी अरूले सिक्दै गरुन्। निमन्त्रणा त सबैलाई दिनु छ। कसैले गाली गरे पनि, गाली त संगममा खानु नै छ। अच्छा!

    मीठे-मीठे सिकीलधे बच्चाहरूप्रति माता-पिता बापदादाको याद-प्यार एवं गुडमर्निङ्ग। रूहानी बाबाको रूहानी बच्चाहरूलाई नमस्ते। रूहानी बच्चाहरूको रूहानी बाबालाई गुडमर्निङ्ग, नमस्ते। 


    धारणाको लागि मुख्य सारः

    १) श्रीमतमा चलेर श्रेष्ठाचारी बन। काम महाशत्रु माथि विजयी बनेर सम्पूर्ण निर्विकारी बन। अत्याचारसँग डराउनु हुँदैन।

    २) योगबलद्वारा आत्मालाई शुद्ध बनाऊ। त्रिकालदर्शी, त्रिलोकीनाथ बनेर अरूलाई आफू समान बनाउने सेवामा व्यस्त रहने गर। सबै धर्मकालाई सन्देश अवश्य दिनुपर्छ।

    वरदान:

    मन बुद्धिको एकाग्रताद्वारा हर कार्यमा सफलता प्राप्त गर्ने कर्मयोगी भव:-  

    दुनियाँले सम्झन्छन्– कर्म नै सबै कुरा हो तर बापदादा भन्नुहुन्छ– कर्म अलग छैन, कर्म र योग दुवै साथ-साथ छन्। यस्तो कर्मयोगीले कर्म जस्तोसुकै भए पनि त्यसमा सहजै सफलता प्राप्त गर्छ। चाहे स्थूल कर्म गर्छौ, चाहे अलौकिक गर्छौ, कर्मको साथै योग छ मतलब मन र बुद्धिको एकाग्रता छ भने सफलता बाँधिएको हुन्छ। कर्मयोगी आत्मालाई बाबाको मदत पनि स्वतः मिल्छ।

    स्लोगन:

    बाबाको स्नेहको रिटर्न दिनको लागि भित्रैदेखि अनासक्त र मनमनाभव रहने गर।   

     

    ***OM SHANTI***