BK Murli 5 February 2017 Nepali

BK Murli 5 February 2017 Nepali

२०७३ माघ २३ आइतबार ५-०२-२०१७ ओम् शान्ति “अव्यक्त बापदादा” रिभाइज २२-०१-८२ मधुबन

बधाई र बिदाई देऊ


आज विश्व कल्याणकारी बापदादा विश्वको चारैतिरका बच्चाहरूलाई सम्मुख देखिरहनु भएको छ। सबै बच्चाहरू आफ्नो यादको शक्तिद्वारा आकारी रूपमा मधुबन पुगेका छन्। हरेक बच्चाहरू भित्र मिलन मनाउने शुभ संकल्प छ। बापदादा सबै बच्चाहरूलाई देखेर हर्षित भइरहनु भएको छ किनकि बापदादाले हरेक बच्चाहरूको विशेषतालाई जान्नुहुन्छ। त्यसै विशेषताको आधारमा हरेकले आ-आफ्नो विशेष पार्ट खेलिरहेका छन्। यही ब्राह्मण आत्माहरूको वा ब्राह्मण परिवारमा नवीनता हो, जहाँ एउटा पनि ब्राह्मण आत्मा साधारण छैन। सबै ब्राह्मण अलौकिक जन्मधारी, अलौकिक छन्। त्यसैले सबै अलौकिक अर्थात् कुनै न कुनै विशेषताको कारण विशेष आत्मा हुन्। विशेषताको अलौकिकता छ, त्यसैले बापदादालाई बच्चाहरू माथि गौरब छ, सबै विशेष आत्मा हौ। यस्तै आफूमा यस अलौकिक जन्मको, अलौकिकताको, रूहानियतको, मास्टर सर्वशक्तिमान्‌को नशा आफूमा सम्झन्छौ? यो नशाले सबै प्रकारका कमजोरीहरूलाई समाप्त गर्छ। त्यसैले सदाको लागि सबै कमजोरीहरूलाई बिदाई दिने मुख्य साधन– सदा स्वयंलाई र सबैलाई संगमयुगी विशेष आत्माको विशेष पार्टको बधाई देऊ। जस्तै कुनै पनि विशेष दिन हुँदा वा कुनै विशेष कार्य गर्दा के गर्छौ? उसलाई बधाई दिन्छौ नि, एक अर्कालाई बधाई दिन्छौ। त्यसैले सारा कल्पमा संगमयुगको हर दिन विशेष दिन हो र तिमी विशेष युगको विशेष पार्टधारी हौ। त्यसैले तिमी विशेष आत्माहरूको हर कर्म अलौकिक अर्थात् विशेष छ। सदा आपसमा पनि बधाई देऊ र स्वयंलाई पनि मुबारक देऊ, बधाई देऊ। जहाँ बधाई हुन्छ, वहाँ बिदाई भइ नै हाल्छ। यस डबल विदेशीहरूको सीजनको सार यही याद राख– “सदा बधाईद्वारा बिदाई दिनु छ।” यहाँ आएका हौ नै बिदाई दिएर बधाई मनाउनको लागि। त्यसैले “विदाई र बधाई” यही दुई शब्द याद राख। बिदाई दिनु छ– होइन, बिदाई दिइसकेँ। वरदान भूमिमा आउनु अर्थात् सदाको लागि कमजोरीहरूलाई बिदाई दिनु। रावणलाई त जलाउँछौ तर रावणको वंशले आफ्नो दाउ लगाउँछ। जस्तै तिम्रो साकारी दुनियाँमा कुनै धेरै सम्पत्तिवानले शरीर छोड्यो भने उसका हराएका सम्बन्धी पनि आइपुग्छन्। यसैगरी रावणलाई त मार्छौ, तर उसका वंश, जसले आफ्नो हक लिनको लागि सामना गर्छन्, त्यस वंशलाई विनाश गर्नमा कहिलेकाहीं कमजोर हुन्छौ। जस्तै काम, क्रोध, लोभ, मोह, अहंकार– यिनीहरूको वंश अर्थात् अंशले धेरै रोयल रूपमा आफ्नो बनाइदिन्छन्। जस्तै लोभको अंश हो– आवश्यकता। लोभ छैन तर आवश्यकता सबै छ। आवश्यकताको पनि हद हुन्छ। यदि आवश्यकता बेहदमा जान्छ भने लोभको अंश हुन जान्छ। 

त्यसो त काम विकार छैन, सदा ब्रह्मचारी छौ तर कुनै आत्मा प्रति विशेष झुकाव छ, जसको रोयल रूप स्नेह हो। तर एक्स्ट्रा स्नेह अर्थात् कामको अंश। स्नेह सही हो तर ‘एक्स्ट्रा’ अंश हो। 

यसैगरी क्रोधलाई पनि जित्यौ तर कुनै आत्माको कुनै संस्कार देखेर स्वयं भित्र ज्ञान स्वरूपबाट तल आउँछौ र त्यस आत्मासँग किनारा गर्ने प्रयत्न गर्छौ किनकि उसलाई देखेर उसको सम्पर्कमा रहँदा अवस्था तल-माथि हुन्छ। त्यसैले स्वभावलाई देखेर किनारा गर्नु, यो पनि घृणा अर्थात् क्रोधको नै अंश हो। जस्तै क्रोध अग्निद्वारा जल्नाको कारण टाढा रहन्छन्, त्यस्तै यो सूक्ष्म घृणा पनि क्रोधको अग्नि समान, किनारा गराइदिन्छ। यसको रोयल शब्द हो– आफ्नो अवस्थालाई खराब गर्नु, यसभन्दा त किनारा गर्नु राम्रो हो। न्यारा बन्नु अलग चीज हो, किनारा गर्नु अलग चीज हो। प्यारो बनेर न्यारा बन्छौ, त्यो सही हो। तर सूक्ष्म घृणा भाव– “यो यस्तो छ, यो त परिवर्तन नै हुँदैन।” यसरी सदाको लागि उसलाई सूक्ष्ममा श्रापित गर्छौ। सेफ रहने गर तर उसलाई सर्टिफिकेट फाइनल नदेऊ। यसरी विशेषतालाई देख्दै, सदा सबैप्रति श्रेष्ठ भावना र श्रेष्ठ कामना राख्दै यस अंशलाई पनि बिदाई देऊ। आफ्नो श्रेष्ठ भावना र श्रेष्ठ कामनालाई छोड्नु हुँदैन, आफ्नो बचाव गर्नको लागि अरू आत्मालाई गिराएर आफ्नो बचाव नगर। यो घृणा भाव अर्थात् गिराउनु। अरूलाई गिराएर आफूलाई बचाउनु– यो ब्राह्मणहरूको विशेषता होइन। खुदलाई पनि बचाऊ, अरूलाई पनि बचाऊ। यसलाई भनिन्छ– विशेष बन्नु र विशेषता देख्नु। यो साना-साना कुराले चल्दा-चल्दै दुई स्वरूप धारण गर्छ– एक निराशा र अर्को अलबेला। त्यसैले अब रावणको अंशलाई सदाको लागि बिदाई दिनको लागि यी दुवै रूपलाई बिदाई देऊ। सदा आफूमा बाबाद्वारा मिलेका विशेषतालाई हेर। मेरो विशेषता होइन, बाबाद्वारा मिलेको विशेषता हो। मेरो विशेषता सोच्यौ भने फेरि अहंकारको अंश आउँछ। मेरो विशेषताले काम किन लिइँदैन, मेरो विशेषतालाई चिनेकै छैनन्! ‘मेरो’ कहाँबाट आयो? विशेष जन्मको गिफ्ट हो– विशेषता प्राप्त गर्नु। त्यसैले जन्म दाताले गिफ्ट दिनुभयो– ‘मेरो’ कहाँबाट आयो? मेरो विशेषता, मेरो नेचर, मेरो दिलले यो भन्छ वा मेरो दिलले यो गर्छ... यो मेरी होइन वरी (चिन्ता) हो। तिमीहरूले भन्छौ नि– वरी, हरी, करी। बुझ्यौ? यही अंश समाप्त गरेर सदा बाबाद्वारा मिलेको स्वयंको विशेषता र सबैको विशेषता हेर अर्थात् सदा स्वयंलाई र सबैलाई बधाई देऊ। सर्वको अंश बुझ्यौ हैन? त्यस्तै मोहको अंश के हो? नष्टोमोहा भएका छैनौ र? 

मोहको रोयल रूप कुनै पनि वस्तु वा व्यक्ति राम्रो लाग्छ, यो-यो चीज मलाई राम्रो लाग्छ, मोह छैन तर राम्रो लाग्छ। यदि कुनै पनि व्यक्ति या वस्तु राम्रो लाग्छ भने सबै राम्रो लाग्नु पर्छ– टालेको कपडा पनि राम्रो, अनि महंगो कपडा पनि राम्रो। ३६ प्रकारको भोजन पनि राम्रो, अनि सुक्खा रोटी र गुड पनि राम्रो। हर वस्तु राम्रो, हर व्यक्ति राम्रो। यस्तो होइन– यो ज्यादा राम्रो लाग्छ! यो वस्तु ज्यादा राम्रो लाग्छ, यस्तो सम्झेर कार्यमा नलगाऊ। दबाई हो, दबाई ठीक छ खाऊ। तर राम्रो लाग्छ यसैले खाऊ, यस्तै नहोस्। राम्रो अर्थात् आकर्षण जान्छ। त्यसैले यो हो मोहको अंश। खाऊ, पिऊ, मौज गर तर अंशलाई बिदाई दिएर न्यारा बनेर प्रयोग गर्नमा प्यारो बन। बुझ्यौ? 

बापदादाको भण्डाराबाट स्वत: नै नियम प्रमाण सर्व प्राप्तिको साधन बनेको छ, खुब खाऊ तर बाबाको साथमा खाऊ, अलग नखाऊ। बाबासँग खान्छौ, बाबासँग मौज मनाउँछौ भने स्वत: नै सदा मर्यादाको रेखा भित्र अशोक वाटिकामा हुनेछौ, जहाँ रावणको अंश आउन सक्दैन। खाऊ, पिऊ, मौज गर तर रेखा भित्र र बाबाको साथमा। फेरि कुनै कुरा मुश्किल लाग्दैन। हर कुरा मनोरञ्जन अनुभव हुन्छ। बुझ्यौ– के गर्नु छ? सदा मनोरञ्जन गर। 

डबल विदेशीले सदा मनोरञ्जनको विधि बुझ्यौ? मुश्किल त लाग्दैन नि? बाबासँग बस्यौ भने कुनै मुश्किल छैन, हर घडी मनोरञ्जन अनुभव गर्नेछौ। हर सेकेण्ड स्व प्रति र सर्व प्रति बधाईको बोल निक्लिरहनेछ। बिदाई दिएर जानु छ नि। साथमा त लिएर जाँदैनौ हैन? यो सबै अंशलाई बिदाई दिएर बधाई मनाएर जाऊ। तयार छौ हैन– सबै डबल विदेशी? बापदादाले पनि यस्ता सदाकालको बिदाई दिनेहरूलाई बधाई दिइरहनु भएको छ। पद्म-पद्म बिदाईको बधाई। अच्छा! 

यस्तो सदा मनमनाभव अर्थात् सदा मनोरञ्जन गर्ने, सदा एक बाबामा सारा संसार अनुभव गर्ने, यस्तो विशेषता देख्ने विशेष आत्माहरूलाई बापदादाको याद-प्यार एवं नमस्ते। रूहानी बच्चाहरूको रूहानी बाबालाई गुडमर्निङ्ग, नमस्ते।

सेवाधारीहरूसँग:– सेवाधारीहरूलाई मधुबनबाट के सौगात मिल्यो? प्रत्यक्षफल पनि मिल्यो र भविष्य प्रारब्ध पनि जम्मा भयो। त्यसैले डबल सौगात भयो। खुशी मिल्यो, निरन्तर योगको अभ्यासी बन्यौ– यो प्रत्यक्षफल मिल्यो। तर यसको साथ-साथै भविष्य प्रारब्ध पनि जम्मा भयो। त्यसैले डबल चान्स मिल्यो। यहाँ रहँदै सहजयोगी, कर्मयोगी, निरन्तर योगीको अभ्यास भयो। यही संस्कार अब यस्तो पक्का गरेर जाऊ, जुन वहाँ पनि यही संस्कार रहोस्। जस्तै पुरानो संस्कार नचाहेर पनि कर्ममा आउँछन्, यसैगरी यो संस्कार पनि पक्का गर। संस्कारको कारण यो अभ्यास चलि नै रहन्छ। फेरि मायाले विघ्न पार्दैन किनकि संस्कार बन्यो। त्यसैले सदा यी संस्कारहरूलाई अन्डरलाइन गर्दै गर। फ्रेस गरिराख। यहाँ रहँदै निर्विघ्न बन, कुनै विघ्न त आउँदैन? कुनै मनबाट पनि आपसमा टक्कर आदि त भएन। संगठनमा भिन्न-भिन्न प्रकार भएर पनि “सी फादर” गर्यौं या “सी ब्रदर सिस्टर” पनि हुन गयो। जो सदा सी फादर गर्नेवाला छ, ऊ बापदादाको समीप बच्चा हो। जो सी फादरको साथ-साथै सी सिस्टर, ब्रदर गर्छन्, ऊ समीपको बच्चा होइन, टाढाको हो। त्यसैले तिमीहरू सबै को हौ? समीप वाला हौ नि? सदा यसै स्मृतिमा अगाडि बढ। बाहिर रहँदा पनि यही पाठ पक्का गर– “सी फादर या फलो फादर”, फलो फादर गर्नेवाला कहिल्यै पनि कुनै परिस्थितिमा डगमग हुँदैनन् किनकि फादर कहिल्यै डगमग हुनु भएन। त्यसैले सी फादर गर्नेवाला अचल, अडोल, एकरस रहन्छन्। अच्छा! सबै आशा पूरा भए? सबैले आ-आफ्नो सेवामा राम्रो पार्ट खेल्यौं। राम्रो पार्ट खेल्नेहरू निशानी हो– हर वर्ष आफैं निमन्त्रण आउँछ। यो हो यथार्थ यादगार बनाउनु। त्यो यादगार त बन्छ नै तर अहिले पनि बन्छ। कुनै राम्रो सेवा गरेर जान्छ भने सबैको मुखबाट यही निस्कन्छ– उहाँलाई नै बोलाउनुहोस्। यस्तो सबूत देखाउनुपर्छ– जो सेवाधारीबाट सदाको सेवाधारी बनेर जाऊ, सबैले भनून्– यिनलाई यहाँ नै राख्नुहोस्। अच्छा! 

मधुबन निवासीहरूसँग:– मधुबन निवासी त हौ नै सर्व प्राप्ति स्वरूप किनकि मधुबनको महिमा, मधुबनको विशेष पढाइ, मधुबनको विशेष सङ्ग, मधुबनको विशेष वायुमण्डल सबै तिमीहरूलाई प्राप्त छ। मधुबनमा बाहिर रहनेले आफ्नो सबै इच्छा पूर्ण गर्न आउँछन् र तिमी त यहाँ नै बसेका छौ। शरीरबाट पनि बापदादाको सदा साथ छौ किनकि मधुबनमा सबैले साथको अनुभव साकार रूपमा गर्छन्। त्यसैले शरीरबाट पनि साथ छौ अर्थात् साकारमा पनि साथ छौ र आत्मा त छ नै बाबाको साथमा। त्यसैले डबल साथ भयो नि! सर्व प्रकारको खानीमा बसेका छौ। त्यसैले सर्व खानीहरूको मालिक भयौ नि! मधुबन वालाको मनबाट हर सेकण्ड, हर श्वाँस यही गीत निक्लिनु पर्छ– जे पाउनु थियो त्यो पाएँ, अप्राप्त छैन कुनै वस्तु भण्डारामा। मधुबनवासी त सदा ताजा माल खानेवाला हौ। जो सदा ताजा खानेवाला हुन्छन्, उनीहरू कति हेल्दी होलान्। तिमीहरू सबै वरदानी आत्मा हौ, सदा बापदादाको पालनामा पालिएका छौ। बाहिर रहनेलाई त अरू वातावरणमा जानुपर्छ, त्यसैले खास उनीहरूलाई कुनै न कुनै वरदान दिनुपर्छ। तिमीहरू त वरदान भूमिमा बसेका छौ। बाहिर रहनेलाई त एक वर्षको लागि रिफ्रेशमेन्ट चाहिन्छ। यसैले तिमीहरूसँग एक-एक जनालाई बापदादाले के बोल्ने? उनलाई त भनिन्छ लाइट हाउस भएर रहनू, माइट हाउस भएर रहनू। के तिमीहरूलाई पनि यही भनौं? बाहिर रहनेलाई यस कुराको आवश्यकता छ किनकि यही उनको लागि कमलपुष्प बन्छ, जसबाट न्यारा र प्यारा बनेर रहन्छन्। यसै पनि घरमा कुनै आउँछ भने उसको ख्याल गर्नुपर्ने हुन्छ। तिमी त सदा नै घरमा छौ। उनीहरूलाई डबल पार्ट बजाउनु पर्छ, त्यसैले डबल फोर्स भर्नुपर्ने हुन्छ। उनीहरूको लागि यो एक-एक शब्द संसारको सागरमा नाउको काम गर्छ। तिमी त संसार सागरबाट निक्लेर ज्ञान सागरको बीचमा बसेका छौ। तिम्रो संसार नै बाबा हुनुहुन्छ। 

प्रश्न:– बाबामा नै संसार छ, यसको भाव के हो? 

उत्तर:– यसै पनि बुद्धि जाँदा संसारमा नै जान्छ नि! संसारमा दुई चीजहरू छन्– एक व्यक्ति, अर्को वस्तु। बाबा नै संसार हुनुहुन्छ अर्थात् सर्व व्यक्तिहरूसँग जुन प्राप्ति हुन्छ, त्यो एक बाबासँग छ। त्यस्तै जुन सर्व वस्तुहरूबाट तृप्ति हुन्छ, त्यो पनि बाबासँग हुन्छ। त्यसैले संसार भयो नि। सम्बन्ध पनि बाबासँग, सम्पर्क पनि बाबासँग। उठ्नु, बस्नु पनि बाबासँग। त्यसैले संसार नै बाबा हुनुभयो नि। अच्छा! 

अस्ट्रेलिया पार्टीसँग:– आज सबैले के संकल्प गर्यौ ? सबैले मायालाई बिदाई दियौ? जसले अझै पनि सोच्नु छ– उनले हात उठाऊ। यदि अहिले देखि नै भन्छौ– सोच्नेछु, यो पनि कमजोर फाउण्डेशन हुन गयो। सोच्नेछु अर्थात् कमजोरी। ब्रह्माकुमार कुमारीहरूको धन्धा नै हो मायाजीत बन्नु र बनाउनु। त्यसैले आफ्नो निजी धन्धा जो छ, त्यसको लागि सोचिन्छ र! भन– अवश्य भइहाल्छ। जस्तै हेर अघिल्लो वर्ष दृढ संकल्प राखेर गयौ– अनेक स्थानहरूमा सेवाकेन्द्र खोल्नेछौं, खुल्यो नि! अहिले कति सेन्टर छन्? (१७) जसरी यो संकल्प गर्यौम अनि पूरा भयो। यसैगरी मायाजीत बन्ने पनि संकल्प गर। बापदादाले त बच्चाहरूको हिम्मतमा पटक-पटक बधाई दिनुहुन्छ। अझै पनि सेवामा वृद्धि गर्दै जाऊ। सबै बापदादाको दिल पसन्द बच्चा हौ। बापदादा पनि तिमी साथीहरू बिना केही गर्न सक्नुहुन्न। तिमी धेरै धेरै मूल्यवान छौ। अच्छा! 


वरदान:

यथार्थ यादद्वारा सर्व शक्ति सम्पन्न बन्ने सदा शस्त्रधारी, कर्मयोगी भव:-  

यथार्थ यादको अर्थ हो सर्व शक्तिले सदा सम्पन्न रहनु। परिस्थिति रूपी दुस्मन आओस् अनि शस्त्र काममा नआओस्, उसलाई शस्त्रधारी भनिदैन। हर कर्ममा याद होस्, तब सफलता हुन्छ। जस्तै कर्म बिना एक सेकेण्ड पनि रहन सक्दैनौ, त्यसैगरी कुनै पनि कर्म योग बिना गर्न सक्दैनौ। त्यसैले कर्म-योगी, शस्त्रधारी बनेर समयमा सर्व शक्तिलाई अर्डर प्रमाण प्रयोग गर, तब भनिन्छ यथार्थ योगी।

स्लोगन:

जसको संकल्प र कर्म महान् छ, उही मास्टर सर्वशक्तिमान् हो।   

  

***OM SHANTI***

Google+ Followers